Tuesday, October 1, 2013

एमालेले सर्लाही-१ मा अध्यक्ष खनाललाई तोक्यो

एमालेले सर्लाही-१ मा अध्यक्ष खनाललाई तोक्यो 
सर्लाही समाचारदाता
हरिवन, असोज १४ । दुईसाता लामो चर्चा परिचर्चा पछि अन्ततः नेकपा एमालेका राष्ट्रिय अध्यक्ष झलनाथ खनालले आगामी संविधान सभाको निर्वाचनमा सर्लाहीको क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ उम्मेद्वारी दिने भएका छन् । सोमबार एमालेले टुंग्याएको मुलुकभरका प्रत्यक्षतर्फका उम्मेद्वारहरुको सूची अनुसार अध्यक्ष खनाल क्षेत्र नं. १ बाट भाग लिने निश्चित भएको स्रोतले बतायो । खनाल सर्लाहीका अलाबा इलाम क्षेत्र नं. १ बाट पनि उठ्नेछन् । मधेशवादी दलहरु तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको गृह जिल्ला एवं हरेकजसो निर्वाचनमा उनीहरुको उम्मेद्वारीका कारण मुलुकभर चासोको विषय बन्ने सर्लाहीमा एमाले अध्यक्ष खनालको उम्मेद्वारीले थप चासो र रौनकता थपिने भएको छ । 
सोमबार सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले मुलुकभरका प्रत्यक्षतर्फका उम्मेद्वारहरु तय गर्ने काम सकेको हो । सो पार्टीले मंगलबारमात्र पत्रकार सम्मेलन गरेर नामावली सार्वजनिक गरिने बताएको छ । यसअघि ३३ जिल्लाको उम्मेद्वार तोकेको एमालेले सोमबार सर्लाही सहित बााकी जिल्लाको उम्मेद्वार छानेको हो ।
क्षेत्र नं. १ मा जिल्ला अध्यक्ष मनोज देवकोटा र जिल्ला कमिटी सदस्य एवं पूर्व इलाका सदस्य धु्रव गौतमबीच प्रत्यक्षतर्फको उम्मेद्वार बन्नका लागि होडबाजी भएकाले सर्वसम्मत उम्मेद्वारीका लागि राष्ट्रिय अध्यक्ष खनाललाई ल्याउन पार्टी भित्रकै तेस्रो पक्षले प्रयास गरेको थियो । ँँजिल्ला अध्यक्ष देवकोटा र गौतम कमरेडबीच प्रत्यक्षतर्फ उम्मेद्वार बन्न हानाथाप भएको छ, त्यसैले सर्वसम्मत रुपमा तेस्रो व्यक्ति चयन गर्दा राष्ट्रिय अध्यक्षको विकल्प नदेखिएपछि पार्टीले सोही निर्णय गरेको हो ।’’ काठमाण्डौमै रहेका एक एमाले नेताले भने-ँँअध्यक्ष स्वयंको उम्मेद्वारीले जिल्लामा पार्टीको साख हृवात्तै बढ्ने निश्चित छ ।’’ 
एमाले सर्लाहीका नेता कार्यकर्ताले अध्यक्ष खनालको उम्मेद्वारीले उनीमात्र हैन जिल्ला स्थित पार्टीका अन्य उम्मेद्वार एवं छिमेकी जिल्लालाई समेत फाइदा पुग्ने विश्वास लिएका छन् । क्षेत्र नं. १ मा एमाओवादी, कांग्रेस तथा मधेशवादी दलहरुबाट तोकिईसकेका र उम्मेद्वारहरुका लागि सिफारिस भएका नामहरुको व्यक्तित्व कमजोर रहेकोले अध्यक्ष खनालले जित्नेमा एमाले सर्लाहीका अधिकांश कार्यकर्ताहरु ढुक्क प्राय छन् । 
यसबारे पार्टीका सर्लाही नेतृत्वको धारणा बुझ्न सोमबार राती प्रयास गर्दा जिल्ला अध्यक्ष मनोज देवकोटा र सचिव डिल्ली उप्रेतीको मोबाईल स्वीच अफ रहेकाले प्रतिक्रिया लिन सकिएन । पूर्व जिल्ला संयोजक रेवती पन्तले राष्ट्रिय अध्यक्ष स्वयंको उम्मेद्वारीले जिल्लाका नेता कार्यकर्तामा उत्साह र उमंग ल्याउने बताए । ँँमैले पनि भर्खरै राष्ट्रिय अध्यक्ष कमरेडको उम्मेद्वारी तय भएको अनौपचारिक खबर सुनेको छु, भोली मात्र सार्वजनिक गर्ने भनिएको छ ।’’ सोमबार राती सर्लाही दैनिकसाग उनले भने-ँँअध्यक्ष कमरेडको उम्मेद्वारीले जिल्लाका अन्य क्षेत्रमात्र हैन आसपासका जिल्लामा पनि फाईदा पुग्नेछ ।’’ अध्यक्ष खनालको जीत सुनिश्चित रहेको दावी गर्दै नेता पन्तले विकास निर्माणमा पछि परिरहेको सर्लाहीलाई उनको जीतले कोशेढुंगा सावित हुने दावी गरे । 
यसअघि पार्टीको जिल्ला कमिटीले उम्मेद्वारका लागि सिफारिस गरेका नेता कार्यकर्ताहरुबीच हानाथाप एवं होडबाजी देखिएपछि केही कार्यकर्ताले अध्यक्ष खनालको नाम अगाडी ल्याएका थिए । क्षेत्र नं. १ को बैठकले केन्द्रीय स्तरका नेता आएमा अन्य सिफारिस भएका उम्मेद्वारले छाड्नुपर्ने निर्णय गरेपछि अध्यक्ष खनाललाई उठ्न बाटो खुलेको थियो । क्षेत्र नं. १ बाट क्षेत्रीय कमिटी हुादै जिल्ला कमिटीले मनोज देवकोटा, धु्रव गौतम, रामबहादुर खड्का, रामविनोद महतो, मानबहादुर खड्कालाई प्रत्यक्षतर्फको उम्मेद्वारमा सिफारिस गरेको थियो ।
स्रोतका अनुसार क्षेत्र नं. २ मा सुरेन्द्र लामा, ३ मा हरि उप्रेती, ४ मा राजनारायण साह, ५ मा नरेन्द्र यादव र ६ मा कमलादेवी महतोलाई उम्मेद्वार तोकिएको छ ।
क्षेत्र नं. २ मा  आईतबारको बैठकसम्म गणेश प्रसाईको नाम अगाडी आएपनि सोमबारको बैठकबाट भने सुरेन्द्र लामाले उम्मेद्वारी उछिट्टयाउन भ्याए । जिल्ला स्थित उम्मेद्वारहरुको जातीय समिकरण मिलाउने क्रममा पनि जनजाती समुदायबाट लामाले अवसर पाएको बताईन्छ । प्रसाईलाई पार्टीका प्रभावशाली नेता केपी ओली तथा लामाको पक्षमा वरिष्ठ नेता माधव कुमार नेपालले लविङ गरेको स्रोतले बतायो । जिल्ला कमिटीले क्षेत्र नं. २ का लागि डिल्ली प्रसाद उप्रेती, गणेश प्रसाई, सुरेन्द्र लामा, रामनरेश राय, रेणुका पौडेल, जमरुद्धिन मन्सुर र गीतानाथ मैनालीलाई सिफारिस गरेको थियो । 
त्यस्तै क्षेत्र नं. ३ मा भने हरि उप्रेतीको एकल नाम सिफारिस भएको थियो । पार्टी केन्द्रले उनलाई नै तोकेको छ । त्यस्तै क्षेत्र नं. ४ मा उपाध्यक्ष राजनारायण साह, जयप्रकाश यादव र ललितादेवी चौधरीलाई सिफारिस गरेको थियो । क्षेत्र नं. ५ मा नरेन्द्र राय, रामएकवाल मण्डल, सावित्री देवी पासवान, रामनरेश मण्डल, रामनारायण साह, महम्मद जुल्पिmकार अलि र उपेन्द्र रायको नाम सिफारिस भएको    थियो ।
त्यस्तै क्षेत्र नं. ६ मा सिफारिसमै नपरेकी कमलादेवी महतोलाई एमालेले उम्मेद्वार तय गरेको छ । ६ नं. मा जिल्ला कमिटीबाट रामबाबु राय, सञ्जिव सिंह, फकिरा महतो, विवा ठाकुर र लक्ष्मी पासवानको नाम सिफारिस भएको थियो ।

No comments:

Post a Comment