दुर्घटनामा तीन घाईते
सर्लाही समाचारदाता
हरिवन, असोज १४ । जिल्लाका विभिन्न भागमा भएका छुट्टाछुट्टै दुर्घटनामा सोमबार तीनजना घाइते भएका छन् ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हरिवन बजारमा मोटरसाईकल र स्कुटर ठोक्किदा दुईजना घाईते भएका छन् । ट्राफिक प्रहरी हबल्दार इन्द्रबहादुर घिसिङ्का अनुसार पूर्वबाट पश्चिमतर्फ गईरहेको बा. ४९ प ४३०९ नम्बरको मोटरसाईकलले विपरित दिशाबाट आईरहेको अनटेष्ट स्कुटरलाई ठक्कर दिादा दुवै सवारीका चालक गम्भिर घाईते भएका हुन् ।
हरिवन गाविस-९ निवासी विरविक्रम कार्कीले चलाएको मोटरसाईकलले हरिवन-९ कै निवासी कैलाश भन्ने पृथ्वी अधिकारीले चलाएको स्कुटरलाई ठक्कर दिएको हो । कार्कीले मादक पदार्थ सेवन गरेर चलाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । आÇनै साईडमा गुडिरहेको स्कुटरलाई कार्कीले चलाएको मोटरसाईकलले अपरान्ह पौने १ बजे ठक्कर दिएको हो । ठक्करबाट स्कुटरको अग्रभाग पूर्ण रुपले क्षति भएको ट्राफिक प्रहरी हबल्दार घिसिङले बताए । गम्भिर घाईते दुईजनालाई नै हरिवनको नमूना अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि भरतपुर भठाईएको छ । कार्कीको तुलनामा अधिकारीको स्वास्थ्य स्थिति थप गम्भिर रहेको बताइएको छ ।
त्यस्तै लालबन्दीबाट परवानीपुरतर्फ जाादै गरेको ना. २ ख ५५१६ नम्बरको ट्रकको ठक्करबाट परवानीपुर गाविस-१ बस्ने उद्धव मोक्तान घाईते भएका हुन् । पैदल हिडिरहेका मोक्तानलाई ट्रकले ठक्कर दिएको प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले बताए । दिउासो २ बजेतिर लागेको ठक्करबाट गम्भिर घाईते मोक्तानलाई उपचारका लागि काठमाण्डौं स्थित न्यूरो हस्पिटल पठाईएको र ठककर दिने ट्रक एवं त्यसका चालकलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment