Friday, October 4, 2013

हरिवन गोल्डकप ब्वाईज युनियन क्लबले जित्यो

टंक क्षेत्री
सर्लाही समाचारदाता
हरिवन, असोज १८
सर्लाहीको हरिवनमा भईरहेको प्रथम ऐतिहाासिक गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा ब्वाईज युनियन क्लब काठमाण्डौले आयोजक क्लब न्यू हरिवन यूवा क्लब निलोलाई ७-० ले पराजीत गरेको छ ।
अपरान्ह हरिवनको सुखेपोखरी स्थित खेलमैदानमा भएको प्रतिस्पर्धामा अपि|mकन मूलका स्ट्राइकर ८ नं. जर्सीका म्याक्स एक्लैले ब्वाईज युनियनको तर्फबाट ४ गोल गरेका थिए । आधा दर्जन अपि|mकी मूलका खेलाडी उतारेको ब्वाईज युनियन खेल अवधिभर हरिवनमाथि हावी भएको थियो । हरिवनका स्थानीय खेलाडीका तुलनामा ब्वाईज युनियनका खेलाडीहरु शारिरिक र प्राविधिक रुपले अब्बल दरिएका थिए । २ हजार भन्दा बढी दर्शकहरु उपस्थित खेलमा मध्यान्तर अघि ५ गोल गरेको ब्वाईज युनियनले दोस्रो हाफमा २ गोल थप्दै गोल संख्या ७ पुर्‍यायो ।
हरिवनका रक्षापंक्तिका खेलाडीले पटक-पटक गरेको गल्तीलाई ब्वाईज युनियनका स्ट्राईकरहरुले गोलको रुपमा सदुयोग गरेका थिए । हरिवन निलोका खेलाडीले गरेका आधा दर्जन पोष्ट प्रहार भने ब्वाईज युनियनका गोलकिपरले विफल पारेका थिए ।
प्रतियोगिताको म्यान अफ दि म्याच ४ गोल गर्ने ब्वाईज युनियनका म्याक्स घोषित भए  । विहिबारदेखि सुरु भएको प्रतियोगितामा सनिबारको खेल हरैचा स्पोर्टस क्लब मोरङ र एफसी इन्टरनेट हेटौंडाबीच हुने आयोजक क्लबका अध्यक्ष निरोज कार्कीले बताए ।
 असोज २४ गते विहिबारसम्म चल्ने प्रतियोगिता प्रथम हुने टिमलाई १ लाख नगद तथा दोस्रो हुने टिमलाई ५० हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता हेर्न दर्शकहरुले भने ३० रुपैयाको टिकट काट्नुपर्नेछ ।
जुमानु राई, भोलाराज सिलवाल लगायत राटि्रय टोलीका सहित अपि|mकन मूलका खेलाडीहरु समेत सहभागि एवं विराटनगर, नारायणघाट, हेटौडा लगायत शहरका टिमबाट खेल्ने खेलाडीहरुको खेल ७ दिनसम्म हेर्न पाउने भएपछि स्थानीय फुटवल प्रेमीहरु हषिर्त बनेका छन् ।

No comments:

Post a Comment