ब्वाईज युनियनले सात गोल गर्यो
| म्यान अफ दि म्याच घोषित म्याक्सलाई पुरस्कृत गरिदै । |
हरिवन, असोज १८ । प्रथम ऐतिहासिक गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा ब्वाईज युनियन क्लब काठमाण्डौले आयोजक क्लब न्यू हरिवन यूवा क्लब निलोलाई ७-० ले पराजीत गरेको छ ।
अपरान्ह हरिवनको सुखेपोखरी स्थित खेलमैदानमा भएको प्रतिस्पर्धामा अपि|mकन मूलका स्ट्राइकर ८ नं. जर्सीका म्याक्स एक्लैले ब्वाईज युनियनको तर्फबाट ४ गोल गरेका थिए । आधा दर्जन अपि|mकी मूलका खेलाडी उतारेको ब्वाईज युनियन खेल अवधिभर हरिवनमाथि हावी भएको थियो । हरिवनका स्थानीय खेलाडीका तुलनामा ब्वाईज युनियनका खेलाडीहरु शारिरिक र प्राविधिक रुपले अब्बल देखिएका थिए । २ हजार भन्दा बढी दर्शकहरु उपस्थित खेलमा मध्यान्तर अघि ५ गोल गरेको ब्वाईज युनियनले दोस्रो हाफमा २ गोल थप्दै गोल संख्या ७ पुर्यायो ।
प्रतियोगिताको म्यान अफ दि म्याच ४ गोल गर्ने ब्वाईज युनियनका म्याक्स घोषित भए । उनले खेल सुरु भएकै दुई मिनेटमा पहिलो गोल गरेका थिए भने त्यसपछि ७ र १५ मिनेटमा लगातार गोल थप्दै प्रतियोगिताकै पहिलो हृयाटि्रक गरे । २३ मिनेटमा पुन बललाई पोष्टको दिशा दिदै म्याक्सले गोलसंख्या ४ पुर्याएका थिए । त्यस्तै १० नं. जर्सीका अपि|mकन मुलका खेलाडी पि्रतिकले ४० औं मिनेटमा गोल गर्दै ब्वाईज युनियनको गोलसंख्या ५ पुर्याए । जर्सी नं. ७ का कमल श्रेष्ठले ६६औं तथा २६ नं. जर्सीका सिद्धि श्रेष्ठले ७६औं मिनेटमा गोल थप्दै ब्वाईजयुनियनको नाममा ७ गोल पुर्याए । ब्वाईज युनियनका रोवेन निक जेमले ७०औं मिनेटमा पहेालो कार्ड पाएका थिए । विपक्षी गोलपोष्टतर्फ वल लैजादै गरेका हरिवनका खेलाडीलाई लडाएपछि ब्वाईज युनियनको रक्षापंक्ति सम्हालिरहेका उनले पहेालो कार्ड पाएका हुन् । विशेषगरी अपि|mकन मुलका खेलाडीहरुको खेल कौशल एवं हाउभाउले दर्शकलाई थप रोमाञ्चित पारेको थियो ।
हरिवनका रक्षापंक्तिका खेलाडीको कमजोरीलाई सदुपयोग गर्दै ब्वाईज युनियनका स्ट्राईकरहरुले गोलको वषर्ा गरेका थिए । हरिवन निलोका खेलाडीले गरेका आधा दर्जन पोष्ट प्रहार भने केही ब्वाईज युनियनका गोलकिपरले विफल पारेका थिए भने केही प्रहार पोष्टको बारबाट केही परबाट बाहिरिएका थिए ।
शनिबारको खेल हरैचा स्पोर्टस क्लब मोरङ र एफसी इन्टरनेट हेटौंडाबीच हुने आयोजक क्लबका अध्यक्ष निरोज कार्कीले बताए । असोज २४ गते विहिबारसम्म चल्ने प्रतियोगिता प्रथम हुने टिमलाई १ लाख नगद तथा दोस्रो हुने टिमलाई ५० हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ । जुमानु राई, भोलाराज सिलवाल लगायत राटि्रय टोलीका सहित अपि|mकन मूलका खेलाडीहरु समेत विराटनगर, नारायणघाट, हेटौडा लगायत शहरका टिमबाट खेल्ने खेलाडीहरुको खेल ७ दिनसम्म हेर्न पाउने भएपछि स्थानीय फुटवल प्रेमीहरु हषिर्त बनेका छन् ।
No comments:
Post a Comment