Tuesday, October 1, 2013

नवलपुर-मलंगवा सडकखण्ड पुनर्निर्माण कार्य सिडिओ र एसपीको टाउको दुःखाई

नवलपुर-मलंगवा सडकखण्ड पुनर्निर्माण कार्य
सिडिओ र एसपीको टाउको दुःखाई

सर्लाही समाचारदाता
मलंगवा, असोज १५ । मर्मत संभार अभावमा नवलपुर-मलंगवा सडकखण्ड जीर्ण बन्दा सुरक्षा व्यवस्थामा समस्या परेको भन्दै जिल्ला सुरक्षा समितिले संविधान सभा निर्वाचन अघि नै सो खण्ड मर्मतका लागि पहल गर्न गृह मन्त्रालयसाग माग गरेको छ ।
सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त सडक सहित मर्मत अभावमा जीर्ण बनेका जिल्लाका अन्य सडकहरु मर्मतका लागि समेत उचित पहल गर्न गृह मन्त्रालय समक्ष आग्रह गरेको हो । ँँनवलपुर-मलंगवा सडकखण्ड, पूर्व संग्रामपुरदेखि पश्चिम छतौनासम्मको हुलाकी राजमार्ग लगायत मर्मत अभावमा जीर्ण बनेका अन्य सडकहरु तत्काल मर्मत संभार गर्न माग गर्दै गृह मन्त्रालय समक्ष आग्रह गरेका छौं ।’’ समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले भने-ँँसडकमा ठूला-ठूला खाडलहरु हुादा सुरक्षा व्यवस्थामा कठिनाई भएकाले त्यस्तो माग गरिएको हो ।’’ 
जीर्ण सडकका कारण निर्वाचनको सुरक्षामा नै प्रभाव पर्ने भएकाले बाध्य भएर गृह मन्त्रालयसमक्ष पहलका लागि समितिकै निर्णयबाट माग गरिएको प्रजिअ घिमिरेले बताए । ँँपुनर्निर्माणको जिम्मेवारी लिएको भारतीय ठेकेदार कम्पनीको लापरवाहीका कारण नवलपुर-मलंगवा सडकखण्ड तोकिएको समयमा निर्माण नहुादा आम सर्वसाधारणलाई मात्र हैन सुरक्षा व्यवस्थामा समेत प्रभाव परेको छ ।’’ प्रजिअ घिमिरेको गुनासो थियो-ँँठेकेदारको लापरवाही थाहा हुादा हुादै पनि दुईदेशको कुरा भएकाले माथिल्लो निकायमा जानकारी तथा ताकेता गर्ने बाहेक कुनै कार्वाही प्रकृया अगाडी बढाउन सकिएन ।’’
समितिका सदस्य एवं प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले सडकको दुराअवस्थाका कारण सुरक्षामा प्रतिकुल असर परिरहेको बताए । ँँमाथिल्लो निकायले मलंगवाबाट नवलपुर पुग्ने सुरक्षा टोलीको समय २५ मिनेट राखेको हुन्छ, तर हामीलाई डेढ घण्टा लाग्ने गरेको छ ।’’ प्रहरी उपरीक्षक धानुकले भने-ँँघटना हुनेवितिकै थाह भएपनि सडकमा ठूला-ठूला खाडल भएका कारण समयमै सुरक्षाकर्मीको टोली पुग्न सक्दैनन् र सुरक्षा व्यवस्थामा प्रतिकुल असर परिरहेको छ ।’’ आगामी संविधान सभा निर्वाचनमा समेत सुरक्षा व्यवस्था मिलाउन जीर्ण सडकहरुका कारण कठिनाई हुने प्रहरी उपरीक्षक धानुक बताउछन् । 
बैठकमा नवलपुुर-मलंगवा सडकखण्ड निर्माण कार्यका लागि नेपाल सरकारको तर्फबाट तोकिएको निकाय हुलाकी राजमार्ग आयोजना अन्तर्गत योजना कार्यालय जनकपुरका प्रमुख किशोरी रायलाई समेत डाकिएको थियो । रायबाट सडक निर्माणको प्रगति बुझ्दा भारतीय ठेकेदारले नबनाउने पक्का देखिएपछि सुरक्षा समितिले गृह मन्त्रालयमा सडक निर्माणको लागि पहल गर्न माग गरेको हो । बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका अधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।
३० महिनाभित्र उक्त सडक निर्माण कार्य सक्नेगरी नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुसार २०६८ साल वैशाख २९ गतेबाट ठेकेदार कम्पनी भिश्वा कन्ट्रक्सनले काम सुरु गरेको थियो । तर काम सुरु भएको झण्डै २९ महिना वित्न लाग्दा समेत २५ किलोमिटर सडकखण्डको १ प्रतिशत पनि काम भएको छैन । सम्झौता अनुसार उक्त ठेकेदार कम्पनीले आगामी कातिक १२ गते भित्र सडक निर्माणको काम सक्नुपर्ने हुन्छ । तर हालसम्म सडक नाप्ने र कतै कतै खोतल्ने काम मात्र भएको तथा केही दिनदेखि त ठेकेदारले पूर्ण रुपमा काम नै रोकेकाले सम्झौता अवधी भित्र सडक निर्माणको काम सम्पन्न नहुने निश्चित भएको छ । 

No comments:

Post a Comment