एमाले कार्यकर्ता घाईते
सर्लाही समाचारदाताहरिवन, असोज १७ । पार्टीको उम्मेद्वार मनोनयन पत्र दर्ता कार्यक्रममा सहभागि भई घर र्फकदै गरेका नेकपा एमालेका दुई कार्यकर्ता विहिबार सााझ मोटरसाईकल दुर्घटनामा परी गम्भिर घाईते भएका छन् ।
सदरमुकाम मलंगवाबाट घरतर्फ मोटरसाईकलमा जाादै गरेका सुन्दरपुर चोहर्वा गाविस-९ का बाबुराम कार्की र रामबाबु कार्की घाईते भएका हुन् । बाबुरामको अवस्था गम्भिर रहेको ट्राफिक प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आउादै गर्दा उनीहरु चढेको ना. १८ प १०९४ नम्बरको मोटरसाईकलले हरिवन गाविस-९ स्थित कडरिया चोक नजिक सााझ पौने ७ बजे चटपटे बेच्ने ठेलामा ठक्कर दिएको थियो । मोटरसाईकल रामबाबुले चलाएका थिए भने बाबुराम पछाडी बसेका थिए । उनीहरु दुवैजना दाजुभाई रहेको ट्राफिक प्रहरी हबल्दार इन्द्रबहादुर घिसिङले बताए । हरिवन स्थित सर्लाही जिवन अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि उनीहरुलाई बाहिर पठाईएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment