जुमानुको दुई गोलले हरिवन विजयी
सर्लाही समाचारदाताहरिवन, असोज १७ । राष्ट्रिय स्ट्राइकर जुमानु राईको दुई गोल मद्दतले प्रथम हरिवन गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत विहिबार भएको उद्घाटन खेलमा आयोजक न्यू हरिवन युवा कलब -रातो) विजयी भएको छ ।
अपरान्ह हरिवनको सुखेपोखरी स्थित खेलमैदानमा भएको प्रतिस्पर्धामा सिराहा-११ लाई शुन्य का विरुद्ध चार गोल गर्दै हरिवन विजयी भएको हो । प्रतियोगिताको मध्यान्तरपछि खेल सुरु भए लगतै जुमानुले लगातार २ गोल गरेका थिए । त्यस्तै गणेश केसी र दिपेन्द्र श्रेष्ठले १-१ गोल गरे । श्रेष्ठले पेनाल्टी सुटआउटमा गोल गरेका हुन् ।
प्रतियोगिताको म्याद अफ दि म्याच जुमानु राइलाई घोषित गरियो । हरिवन निवासी राई स्थानीय बासिन्दाको आग्रहमा आयोजक टिमको तर्फबाट खेलेका हुन् । उनीसागै काठमाण्डौबाट आएका भोलाराज सिलवाल, रविन श्रेष्ठ, सुमन सुवेदी, टेकबहादुर बुढाथोकी लगायत खेलाडीहरु खेलिरहेको न्यू हरिवन युवा क्लबका उपाध्यक्ष युवराज भण्डारीले बताए । हरिवन रातोले अब आगामी असोज १९ गते शनिबार हुने हरैचा स्पोर्टस क्लब मोरंग र एफसी इन्टरनेट हेटौंडाबीच हुने खेलका विजेता टिमसाग सेमिफाईनलमा प्रतिस्पर्धा गर्नेछ ।
असोज २४ गते विहिबारसम्म चल्ने प्रतियोगिता अन्तर्गत १८ गते शुक्रबार ब्वाईज युनियन क्लब काठमाण्डौ र आयोजक न्यू हरिवन यूवा क्लब निलोबीच हुनेछ । ब्वाईज युनियनबाट आधा दर्जन अपि|mकी मूलका खेलाडी रहेकाले खेल आकर्षक हुने आयोजकले दावी गरेका छन् । प्रथम हुने टिमलाई १ लाख नगद तथा दोस्रो हुने टिमलाई ५० हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता हेर्न दर्शकहरुले भने ३० रुपैयाको टिकट काट्नुपर्नेछ । एउटा टिकट किन्दा दर्शकलाई स्मार्ट सेलको सिमकार्ड सितैमा दिईने आयोजकले बताएका छन् । सेमिफाईनल प्रतिस्पर्धामा भने टिकटको दर बढाईने उपाध्यक्ष भण्डारीले बताए । विहिबारको उद्घाटन खेलमा २ हजार हाराहारी दर्शकहरुको उपस्थिती रहेको आयोजकले दावी गरेका छन् ।
यसअघि हरिवन गाविस सचिव राजकुमार थापाले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा एनेकपा माओवादीका जिल्ला इन्चार्ज अच्युतम काÇले लगायत विभिन्न राजनैतिक दलका नेता, उद्योगी व्यापारी, स्थानीय समाजसेवी, बुद्धिजीवी लगाएतको उपस्थिती रहेको थियो ।
जुमानु राई, भोलाराज सिलवाल लगायत राष्ट्रिय स्तरका खेलाडीहरु एवं विराटनगर, नारायणघाट, हेटौडा लगायत शहरका टिमबाट खेल्ने खेलाडीहरुको खेल ७ दिनसम्म हेर्न पाउने भएपछि स्थानीय फुटवल प्रेमीहरु हषिर्त बनेका छन् ।
No comments:
Post a Comment