वैद्य माओवादी निष्प्रभावी
सर्लाही समाचारदातामलंगवा, असोज १७ । निर्वाचनको विरोध गर्दै आईरहेको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी सहितको ३३ दलिय मोर्चाले विहिबार सदरमुकाम मलंगवामा कुनै कार्यक्रम गरेन ।
निर्वाचनमा भाग लिने दलहरुको उम्मेद्वारी मनोनयन दर्ता कार्यक्रममा ठूलो जनलहर उपस्थित भएपछि माओवादी लगायत निर्वाचन विरोधी दलहरुले कुनै कार्यक्रम गर्न नसकेको एक जानकारले बताए । ँँनिर्वाचनको पक्षमा जनसागर उर्लिएको थियो ।’’ मलंगवाको वातावरण दिनभर हेरेका एक स्थानीय बासिन्दाले भने-ँँत्यसैले उनीहरले निर्वाचन विरोधी कुनै कार्यक्रम गर्न सकेनन् ।’’
नेकपा-माओवादी सर्लाहीका इन्चार्ज विश्वजीत डिसिले बुधबार सर्लाही दैनिकसाग कुरा गर्दै शुक्रबार सदरमुकाम मलंगवामा उच्चस्तरीय राजनैतिक संयन्त्रमा रहेका ४ दलका प्रमुख नेताहरुको पुत्ला दहन गर्ने कार्यक्रम रहेको बताएका थिए । यस सर्लाही दैनिकले विहिबार अपरान्ह फोन गर्दा इन्चार्ज डिसिले सााझ तिर कार्यक्रम गर्ने बताएका थिए । कार्यक्रम गर्ने बेला फोन गर्छु भनेका डिसिले कुनै सम्पर्क गरेनन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वी नारायण ओलीले पनि निर्वाचन विरोधी दलहरुले कुनै कार्यक्रम गरेको जानकारी नआएको बताए ।
No comments:
Post a Comment