ग्रामीण नारीको साधारण सभा
हरिपुर, असोज १९ । ग्रामीण नारी उत्थान सघं हरिपुरको २१औं बाषिर्क साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सस्थाकी अध्यक्ष सुधा चालिसेको अध्यक्षता एवं उमावि हरिपुरका अध्यक्ष रामचन्द्र चौधरी प्रमुख आतिथ्यता रहेको कार्यक्रमा विशिष्ठ अतिथिमा महिलानेत्री तथा पुर्व राज्यमन्त्री मिना पाण्डे रहेकी थिइन् । सभामा इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरिक्षक गोपाल प्रसाद पोखरेल, नेपाली कांग्रेसका जिल्ला सचिव नविन अधिकारी, हरिपुर क्याम्पस प्रमुख पुरुषोत्तम प्रसाद काफ्ले, समाजसेवी दिजेन्द्र कोइराला लगाएतले सस्थाले समुदायमा ल्याएको परिवर्तनप्रति सर्हाना गर्दै शुभकामना मन्तव्य प्रकट गरेका थिए ।
सभामा गत आव ०६९/०७० मा ७६ लाख २९ हजार पााचसय एक रुपैयाको आयव्यय विवरण एवं वाषिर्क प्रगती प्रतिबेदन प्रस्तुत गरिएको थियो । संस्थाले चालु आव ०७०/०७१ मा एककरोड आठलाख ४९ हजार एकसय ९९ को अनुमानित आयव्यय प्रस्तुत गरेको छ । कार्यक्रममा सर्लाही र रामेछाप जिल्लामा लक्षित समुदायमा पारेको प्रभावको झलकहरु श्रव्य दृश्य सामाग्रीका साथ प्रस्तुत गरिएको संस्थाका संयोजक विष्णु चालिसेले बताए ।
No comments:
Post a Comment