सर्लाही, १९ असोज
सर्लाहीको हरिवनमा भईरहेको प्रथम हरिवन गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा हरैचा स्पोर्टस क्लब विराटनगरले एफसी इन्टरनेट हेटौडालाई ३-१ ले पराजीत गरेको छ ।
विराटनगरको तर्फबाट सन्तोष चौधरीले खेल सुरु भएको १० मिनेटमै गोलको खाता खोलेका थिए । सन्तोष चौधरीले ३५औं मिनेटमा गोल गरी विराटनगरलाई मध्यान्तर अघि २-सुन्यको स्थिती मा पुर्याए र ८५औं मिनेटमा जर्सी नं. १३ का सुरेश चौधरीले १ गोल गर्दै टिमको जीत सुनिश्चित गरे ।
हेटौंडाका तर्फबाट भने मध्यान्तर पछिको खेल सुरु हुनेवितिकै ४८औं मिनेटमा जर्सी नंं. ७ का अञ्जन विष्टले गोल गर्दै टिमको हौसला बढाएपनि त्यसले निरन्तरता पाएन । विष्ट यू १६ समुहका राष्ट्रिय टोलीका खेलाडी हुन् ।
खेलाडीहरुले प्राविधिक रुपमा राम्रो खेल प्रस्तुत गरेपनि शारिरिक रुपमा बलिया देखिएका हरैचाको अगाडी हेटौडाका खेलाडीको केही जोर चलेन । हेटौडाका खेलाडीले गरेको अधिकांश पोष्ट प्रहार केही टाढाबाटै बाहिरिएका थिए ।
३ हजार भन्दा बढी दर्शकहरु उपस्थित प्रतियोगिताको म्यान अफ दि म्याच हरैचाका सन्तोष घोषित घोषित भए । भोलीको खेल भने सिम्रीक सरस्वती युवा क्लब काठमाण्डौ र चितवनको नारायणघाट टिमबीच हुने आयोजक क्लबका अध्यक्ष निरोज कार्कीले बताए । सिम्रीक सरस्वती ए डिभिजन लिग खेल्ने क्लब हो ।
असोज २४ गते विहिबारसम्म चल्ने प्रतियोगिता प्रथम हुने टिमलाई १ लाख नगद तथा दोस्रो हुने टिमलाई ५० हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता हेर्न दर्शकहरुले भने ३० रुपैयाको टिकट काट्नुपर्नेछ । आज २५ सय टिकट विक्री भएको क्लबको उपाध्यक्ष युवराज भण्डारीले बताए ।
No comments:
Post a Comment