Saturday, October 5, 2013

विराटनगरले हेटौंडालाई हरायो

विराटनगरले हेटौंडालाई हरायो
सर्लाही समाचारदाता
हरिवन, असोज १९ । हरिवनमा भईरहेको प्रथम हरिवन गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा हरैचा स्पोर्टस क्लब विराटनगरले एफसी इन्टरनेट हेटौडालाई ३-१ गोलले पराजीत गरेको छ ।
विराटनगरको तर्फबाट २ नम्बर जर्सीका नविन चौधरीले खेल सुरु भएको १० मिनेटमै गोलको खाता खोलेका थिए । १२ नम्बर जर्सीका सन्तोष चौधरीले ३५औं मिनेटमा गोल गरी विराटनगरलाई मध्यान्तर अघि २ गोलले अग्रता दिलाए भने ८५औं मिनेटमा जर्सी नम्बर १३ का सुरेश चौधरीले १ गोल गर्दै टिमको जीत सुनिश्चित गरे ।
हेटौंडाका तर्फबाट भने मध्यान्तर पछिको खेल सुरु हुनेवितिकै ४८औं मिनेटमा जर्सी नम्बर ७ का अञ्जन विष्टले गोल गर्दै टिमको हौसला बढाएपनि थप गोलले निरन्तरता पाएन र हार्न बाध्य बन्यो । विष्ट यू १६ समुहका राष्ट्रिय टोलीका खेलाडी हुन् ।
खेलाडीहरुले प्राविधिक रुपमा राम्रो खेल प्रस्तुत गरेपनि शारिरिक रुपमा बलिया देखिएका हरैचाको अगाडी हेटौडाका खेलाडीको केही जोर चलेन । हेटौडाका खेलाडीले गरेको अधिकांश पोष्ट प्रहार केही टाढाबाटै बाहिरिएका थिए । ३ हजार भन्दा बढी दर्शकहरु उपस्थित प्रतियोगिताको ँम्यान अफ दि म्याच’ हरैचाका सन्तोष घोषित भए  । भोलीको खेल भने सिम्रीक सरस्वती युवा क्लब काठमाण्डौ र चितवनको नारायणघाट टिमबीच हुने आयोजक क्लबका अध्यक्ष निरोज कार्कीले बताए । सिम्रीक सरस्वती ए डिभिजन लिग खेल्ने क्लब हो ।
असोज २४ गते विहिबारसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख नगद तथा दोस्रो हुने टिमलाई ५० हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ ।  प्रतियोगिता हेर्न दर्शकहरुले भने ३० रुपैयाको टिकट काट्नुपर्नेछ । आज २५ सय टिकट विक्री भएको क्लबको उपाध्यक्ष युवराज भण्डारीले बताए ।

No comments:

Post a Comment