Wednesday, October 2, 2013

सशस्त्रद्वारा सामान बरामद्


सशस्त्रद्वारा सामान बरामद्
सर्लाही समाचारदाता
बाराउद्योरण, असोज १६ । सशस्त्र प्रहरीले बुधबार विभिन्न नाकाबाट ३९ हजार बराबरको अवैध सामान बरामद् गरेको छ । 
भारतबाट भन्सार छलेर ल्याईदै गरेको चिनी, तेल लगायत सामान तथा भारततर्फ लगिदै गरेको २९ किलो सुपारी, शिखर चुरोट सिमा सुरक्षा कार्यालय मलंगवाले बरामद् बरामद् गरेको सशस्त्र प्रहरी उपरीक्षक भरत बस्नेतले बताए । भन्सारमा बुझाईएका उक्त सामानहरुको २७ हजार ८ सय मुल्यांकन भएको बस्नेतले बताए । 
त्यस्तै भारतबाट भन्सार छलेर ल्याईदै गरेको अवस्थामा त्रिभुवननगर बिओपीले कस्मेटिक सामान, तोरीको तेल, नरिवलको तेल लगायत सामानहरु बरामद् गरेको छ । भन्सार बुझाईएको उक्त सामानहरुको ११ हजार २ सय रुपैया मुल्यांकन भएको सशस्त्र प्रहरीले जनाएको छ । 
नजिकिदो बडादशैं एवं दिपावलीका लागि तस्करहरुले अवैध रुपमा सामान भित्र्याउन सक्ने भएकाले सिमा क्षेत्रमा चेकजााच कडाई गरिएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताए । 

No comments:

Post a Comment