Wednesday, October 2, 2013

हरिवनमा आँखा जचाउँने १५ सय नाघे

हरिवनमा आँखा जचाउँने १५ सय नाघे 
सर्लाही समाचादाता
हरिवन, असोज १६ । हरिवनको सुखेपाखेरी स्थित चतुर्भुजेश्वर शिव मन्दिरमा भइरहेको निःशुल्क आँखा शिविरमा आँखा जचाउने एक हजार पाँचसय नाघेका छन् ।
विभिन्न संस्थाको आयोजनामा गत शनिबार देखि शुरु भएको निःशुल्क आँखा शिविरमा बुधबार पाचौं दिनसम्म एकअजार पाँचसय जनाले आँखा जचाएका आयोजक पक्षले जनाएको छ ।
स्थानीय आयोजक चतुर्भुजेश्वर सामुदायिक पुस्तकालयका अध्यक्ष यामिनी कुमार दीपका अनुसार बुधबारसम्ममा एकहजार पाँचसय भन्दा बढी व्यक्तिको आखाँ परिक्षण गरी छसयमा मोतिया विन्दु भेटिएको र बुधबारसम्म चारसय ५५ जनाको शल्यक्रिया गरिसकिएको छ । भरतपुर आँखा अस्पतालका डा. कमल खड्का र डा. मारिया गौतम लगायतका ११ जना स्वास्थ्यकर्मीद्वारा परिक्षण एवं शल्यक्रिया गरिएको शिविर विहिबारसम्म चल्ने जनाइएको छ ।
त्यस्तै निःशुल्क शिविर बयलबास र छतौनामा समेत संचालन भई सातसयको आँखा परिक्षण गरिएको र बयलबासयमा ७० र छतौनामा ३५ जना मोतियाविन्दु देखिएको दीपले जानकारी दिए । अन्यत्र स्थानमा आँखा परिक्षण गरिएता पनि शल्यक्रिया सुखेपोखरीमै गरिने बताइएको छ ।
शिविरबाट जिल्लाका विभिन्न गाविस लगायत छिमेकी जिल्लाहरु रौतहट, महोत्तरी, सिन्धुली, बारा लगायतका स्थानबाट सर्वसाधारणको भिड लागेको आयोजकले जनाएको छ ।
गाविस कार्यालय हरिवन, चतुर्भुजेश्वर सामुदायिक पुस्तकालय र चतुुर्भुजेश्वर मन्दिर व्यवस्थापन समितिका सह आयोजना तथा भरतपुर आँखा अस्पताल र नेपाल नेत्रज्योती संघको मुख्य आयोजनामा शिविर संचालन भएको थियो ।

No comments:

Post a Comment