Tuesday, October 1, 2013

यस्ता छन् सभासद् बन्ने सर्लाहीका उम्मेद्वार


यस्ता छन् सभासद् बन्ने सर्लाहीका उम्मेद्वार


कार्टुन चित्र
सर्लाही समाचारदाता
मलंगवा, असोज १५ । आगामी संविधान सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने दिन भोली विहिबार हो । त्यसैले मंगलबार यो समाचार तयार पार्दासम्म पनि उम्मेद्वार चयन गर्नका लागि मुख्य चार दलसहित निर्वाचनमा भाग लिने राजनैतिक पार्टीहरुको केन्द्रीय समितिको बैठक चलिरहेको छ । धेरैजसो दलको टुंगो लागिसकेको छ भने कुनै-कुनै दलको केही क्षेत्रमा भने राती अवेरसम्म पनि उम्मेद्वार छनौट निश्चित भईसकेको थिएन । सर्लाहीबाट उम्मेद्वारको टिकट पाईने आशामा काठमाण्डौ गएकामध्ये टिकट हातमा परेका कार्यकर्ताहरु हषिर्त बनेर राती सााढे १० बजे तिर जिल्ला र्फकने तरखरमा थिए भने टुंगो नलागिसकेको क्षेत्रका कार्यकर्ता आशातित -टिकट पाईन्छ की भनेर) बनेर पार्टी कार्यालयमै कुरिरहेका थिए । कसै-कसैले त आÇनो पार्टीबाट टिकट नपाएको झोकमा अर्कै पार्टीको टिका लगाउन समेत पछि परेनन् ।
नेकपा एमालेले सोमबार नै सबै क्षेत्रको उम्मेद्वार टुंगो लगाएर मंगलबार दिउासो सार्वजनिक गरिसकेको छ । उसको क्षेत्र नं. १ बाट राष्ट्रिय अध्यक्ष झलनाथ खनाल, २ मा सुरेन्द्र लामा, ३ मा हरि उप्रेती, ४ मा राजनारायण साह, ५ मा नरेन्द्र प्रसाद राय र ६ मा विभा ठाकुरलाई तोकेको हो । अन्य दलहरुको भने अझै केही क्षेत्रमा नमिलेकाले बुधबार मात्र सार्वजनिक हुने बताईएको छ । 
राती सााढे १० बजेसम्म नेपाली कांग्रेसले ५ वटा क्षेत्रमा मात्र टुंगो लगाएको छ । सर्लाही सभापति लक्ष्मण रायका अनुसार क्षेत्र नं. १ मा शुशिला कार्की, २ मा रामचन्द्र चौधरीले टिकट हातमा पाईसकेका छन् भने ३ नं. मा हरेश महतोको नाममा टिकट तय भएपनि राती अन्तिम समयमा मिना पाण्डेलाई तोकिएको चर्चा आएको छ । त्यसैले महतोले राती अवेरसम्म हातमा टिकट पाईसकेका छैनन् । 
त्यस्तै क्षेत्र नं. ४ मा जिल्ला सभापति लक्ष्मण राय, ५ मा नागेन्द्र राय र ६ मा डा. अमरेस सिंहले कांग्रेस उम्मेद्वारको टिकट पाएका छन् । उम्मेद्वारका टिकट हात लगाईसकेका र उनीहरुका समर्थक भने राती नै सर्लाहीतिर फर्किने तयारीमा थिए । 
त्यस्तै एकिकृत नेकपा माओवादीले भने राती अवेरसम्म टुंगो लगाईसकेको छैन । जिल्ला इन्चार्ज अच्यूतम काÇलेले मिथिला राज्य समितिका सर्लाही सहित ५ वटा जिल्लाको तय हुन बााकी रहेको बताए । 
त्यस्तै मधेशी जन अधिकार फोरम नेपालको ६ वटै क्षेत्रमा उम्मेद्वार निश्चित भईसकेका छन् । क्षेत्र नं. १ मा सावित्री महतो, २ मा रामनरेश राय, ३ मा अशोक सिंह कोइरी, ४ मा रामचन्द्र राय, ५ मा अशोक कुमार यादव र ६ मा रामबाबु भन्ने बाबुराम यादव तय भएका छन् । उनीहरुको टिकट पार्टीका नेता कृष्णदेव यादवले लिएर आएको जिल्ला उपाध्यक्ष गणेश यादवले बताए । 
त्यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीले भने जिल्लाका ५ वटा क्षेत्रमा मात्र उम्मेद्वारी दिने भएको छ । क्षेत्र नं. ४ मा मधेशवादी दलहरुबाट राष्ट्रिय अध्यक्षले नै उम्मेद्वारी दिने भएकाले सो पार्टीले आÇनो उम्मेद्वारी नदिएको जिल्ला अध्यक्ष जंगीलाल रायले बताए । क्षेत्र नं. १ मा गोपाल पंजीयार, २ मा विनय कुमार कर्ण, ३ मा रामबाबु राय यादव, ५ मा जंगीलाल राय र ६ मा राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर रहेको जिल्ला अध्यक्ष रायले दावी गरे । जिल्ला अध्यक्ष रायले दावी गरेपनि राष्ट्रिय अध्यक्ष ठाकुरको भने अझै टुंगो नलागिसकेको बताईन्छ । ठाकुरले गत सनिबार रोहुवामा भएको आमसभामा बाध्य पारिएपछि उम्मेद्वारी दिने घोषणा गरेका थिए । चिकित्सकहरुले स्वास्थ्यका कारण र पार्टीका केन्द्रीय नेताहरुले राष्ट्रव्यापी प्रचार प्रसारमा कुदाउनका लागि ठाकुरलाई उम्मेद्वारी नदिन दवाव दिईरहेको बताईन्छ ।
त्यसैगरी मधेशी जन अधिकार फोरम लोकतान्त्रिकको ६ वटै क्षेत्रमा उम्मेद्वार तोकिएको जिल्ला अध्यक्ष रामवली रायले बताए । ँँम जिल्ला स्थित सबै क्षेत्रका उम्मेद्वारको टिकट लिएर अहिले नै सर्लाही फर्किने तयारी गर्दैछु ।’’ काठमाण्डौमै रहेका रामवली रायले मंगलबार राती सााढे ९ बजे सर्लाही दैनिकसाग टेलिफोनमा भने-ँँभोली उम्मेद्वारहरुको हात-हातमा टिकट दिनेछु ।’’ सो पार्टीबाट क्षेत्र नं. १  मा शिवकुमार गुर्मछाने, २ मा इन्द्रदेव महतो, ३ मा रामवली राय, ४ मा सियाराम राय, ५ मा रामेश्वर राय यादव र ६ मा उर्मीला देवी महतो उम्मेद्वार चयन भएको अध्यक्ष रायले दावी गरे । ४ नं. क्षेत्रको टिकट खाली रहेको उल्लेख गर्दै अध्यक्ष रायले सियाराम रायसाग आÇनो कुरा भईसकेकाले उनी नै पार्टीको उम्मेद्वार रहेको दावी गरे । यसबारे बुझ्न खोज्दा सियारामसाग भने टेलिफोन सम्पर्क हुन सकेन । 
त्यस्तै तराई मधेश सद्भावना पार्टी नेपालले ५ वटा क्षेत्रमा उम्मेद्वार चयन गरिसकेको र ३ नं. मा भने बुधबारसम्म तोकिने जिल्ला अध्यक्ष रामचन्द्र सिंह कुशवाहले बताए । उक्त पार्टीबाट क्षेत्र नं. १ मा रामचन्द्र सिंह कुशवाह, २ मा कौशल किशोर यादव, ४ मा राष्ट्रिय अध्यक्ष महेन्द्र प्रसाद यादव, ५ मा खोभारी राय र ६ मा शिवपुजन राय तोकिएका छन् । क्षेत्र नं. ३ मा भने किरणदेवी राय वा होसनारायण राय मध्ये एकजनाको बारेमा कुरा चलिरहेको पार्टी स्रोतले बतायो । एमालेकी पूर्व सभासद् किरणदेवी पार्टी प्रवेश गरे तमसपा नेपालले क्षेत्र नं. ३ मा उनलाई नै उम्मेद्वार बनाउने बताईएको छ ।
त्यसैगरी सद्भावना पार्टीले ४ वटा क्षेत्रमा मात्र उम्मेद्वार चयन गरिसकेको छ । केन्द्रीय सदस्य राजाराम पासवानका अनुसार क्षेत्र नं. १ मा रुपनारायण सिंह, २ मा अब्जल हुसैन -बच्चाबाबु खान), ४ मा राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो र ५ मा जिल्ला अध्यक्ष प्रमोद साहको निश्चित भईसकेको छ । ँँक्षेत्र नं. ३ र ६ मा भने आज रातभरमा तय हुने छ ।’’ पासवानले मंगलबार राती सर्लाही दैनिकसाग भने । स्रोतका अनुसार कांग्रेसबाट टिकट नपाएको खण्डमा हरेश महतो आउने आशामा उक्त पार्टीले ३ नं. खाली राखेको हो ।
त्यस्तै अन्य विभिन्न पार्टीहरुले पनि आ-आÇना पार्टीका उम्मेद्वारहरु चयन गरिसकेका छन् । जति अहिले टिकट हत्याउन नेता कार्यकर्ताहरुको हानाथाप भईरहेको छ, त्यति जितेर गएपछि समग्र जिल्लाको विकास निर्माण एवं आम जिल्लाबासीको हितमा माथिल्लो निकायमा हानाथाप गरे सुगम भएपनि दुर्गम जिल्लाको उपमा भिर्न बाध्य सर्लाहीको कायापलट् हुनेमा दुईमत छैन । त्यसैले जिल्लाबासीहरुले हाम्रो मान्छे भन्दा पनि राम्रो मान्छे छानेर पठाउनुपर्ने आवश्यक्ता छ ।


श्रेष्ठले कांग्रेस छाडे
सर्लाही समाचारदाता
मलंगवा, असोज १५ । नेपाली कांग्रेसका महासमिति सदस्य शम्भुलाल श्रेष्ठ एकिकृत नेकपा माओवादी प्रवेश गरेका छन् ।
मंगलबार अपरान्ह लाजिम्पाटमा आयोजित एक कार्यक्रमबीच  एमाओवादी अध्यक्ष पुष्पकमल दहाल -प्रचण्ड) को हातबाट टिका लगाएर श्रेष्ठ सो पार्टी प्रवेश गरेका हुन् । संविधान सभा निर्वाचनका लागि कांग्रेसले क्षेत्र नं. १ मा शुशिला कार्कीलाई उम्मेद्वार तोकेपछि श्रेष्ठ आक्रोशित भएर एमाओवादी प्रवेश गरेको बताईएको छ । रानीगंज निवासी श्रेष्ठ कांग्रेसको तर्फबाट क्षेत्र नं. १ मा सभासद्को उम्मेद्वारका आकांक्षी थिए । श्रेष्ठले पार्टी छाडेको आफुले पनि जानकारी पाएको कांग्रेस सभापति लक्ष्मण रायले बताए । एमाओवादी सर्लाही इन्चार्ज अच्युतम काÇलेले श्रेष्ठ आÇनो पार्टीमा प्रवेश गरेको दावी गरे । एमाओवादी प्रवेशबारे बुझ्न श्रेष्ठसाग सम्पर्क प्रयास गर्दा उनको मोबाईल स्वीचअफ रहेकाले हुन सकेन । उनी ढुंगागिटी क्रसर उद्योग व्यवसायी संघ सर्लाहीका अध्यक्ष समेत हुन् । 


बाब्ु छोरालाई प्ुन ः म्याद थप
सर्लाही समाचारदाता
मलंगवा, असोज १५ । उद्योग वाणिज्य संघ मलगवाका अध्यक्ष रंगलाल अग्रवाल मृत अवस्थामा फेला परेको घटनामा संलग्नताको आशंका गर्दै जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेका द्ुईजनालाई प्ुनः दोस्रो पटक म्याद थप गरिएको छ । 
मलंगवा नगरपालिका-८ का शिवनाथ चौधरी र उनका छोरा भोला भन्ने अविनाश चौधरीलाई गत विहिबार प्रहरीले पक्राउ गरी ५ दिन म्याद थप गरेर थ्ुनामा राखेको थियो । उनीहरुलाई मंगलबार दोस्रो पटक जिल्ला अदालतबाट ७ दिनको लागि म्याद थप गरिएको हो । अग्रवालको हत्या भएको दावी गर्दै हत्यामा संलग्नताको आशंकाका साथ उनका छोरा रविले गत भदौ १८ गते मंगलबार जिल्ला प्रहरी कार्यालयमा ५ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीमा उल्लेख भएका मध्ये द्ुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु उद्योग वाणिज्य संघ मलंगवामै कार्यरत थिए । 
प्रहरी उपरीक्षक रविन्द्र बहाद्ुर धान्ुकले थ्ुन्ुवाहरुको बयान लिने काम एवं थप अन्ुसन्धान भईरहेको बाहेक थप केही बताउन चाहेनन्् । 
किटानी जाहेरीमा मलंगवा नगरापालिका-८ का संजय भन्ने स्ुगन्धक्ुमार ग्ुप्ता, मलंगवा-४ का रविन्द्र साह, मलंगवा-९ का सन्तोष साहको समेत नाम रहेपनि उनीहरुलाई  भने पक्राउ नगरिएकामा मृतक अग्रवालका परिवार एवं सदरम्ुकामबासीले ग्ुनासो गरेका छन्् ।
मलंगवा नगरपालिका-८ का ५५ बषिर्य रंगलाल अग्रवाल संघको निर्माणाधिन भवन नजिकै खेतमा भदौ १२ गते राती करिब नौ बजे मोटरसाइकल सहित लडेर मृत अबस्थामा फेला परेका थिए । संघको नेतृत्व चयनका लागि साधारणसभा आयोजना गरिएको अघिल्लो रात उनी मृत फेला परेका थिए । साधारण सभाको अघिल्लो रात उनको संकास्पद मृत्य्ु ह्ुन्ुले घटना रहस्यमय बनेको उनका आफन्तजन एवं उनी सम्बद्ध संघसंस्थाले दावी गर्दै आएका छन्् ।
संघको निर्वाचन ह्ुने भएकाले सााझ इश्वर ग्ुप्ताको घरमा आफ््नो पक्षका ब्यापारीसाग उम्मेद््वार वारे छलफल गर्न बसेका अग्रवाल सााढे आठबजे साथीहरुलाई छाडी छलफल स्थलवाट एक्लै निस्केर संघको निर्माणाधिन भवनमा गएका थिए । राती अबेर सम्म अग्रवाल घर नर्फकेपछि खोजतलास गर्दा संघको निर्माणाधिन भवन अघिल्तीर मृत अबस्थामा भेटिएका थिए । घटना भएको ३० दिनपछि प्रहरीले घटनामा संलग्न भएको आशंकाका साथ जाहेरीमा किटान गरिएका द्ुईजनालाई पक्राउ गरेको हो । स्थानीय प्रहरी प्रशासनले अन्ुसन्धानमा स्ुस्तता देखाएको र घटनालाई तोडमोड गर्ने प्रयास गरेको भन्दै मृतक अग्रवाल सम्बद्ध संघ संस्थाका पदाधिकारी, उद्योगी व्यापारी एवं परिवारजनले आरोप लगाउादै आएका छन्् ।

आर्केष्ट्रामा कार्वाही गरिने
सर्लाही समाचारदाता
मलंगवा, असोज १५ । चाडवाडको अवसरमा रमाईलो गर्न आर्केष्ट्रा नाच ल्याउने आयोजकलाई नै कार्वाही गर्ने स्थानीय प्रहरी प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेले आर्केष्ट्रा प्रदर्शनमा पूर्ण रुपले प्रतिबन्ध लगाईएको बताए । ँँशान्ति सुरक्षामा असर पुर्‍याउने भएकाले आर्केष्ट्रा प्रदर्शनमा रोक लगाईएको हो ।’’ प्रजिअ घिमिरेले भने-ँँकसैले प्रदर्शन गरे कार्वाही हुन्छ ।’’ केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा चाडबाडको समयमा आर्केष्ट्रा नाच देखाउने प्रचलन रोक्नुपर्ने कुरा उठेपछि स्थानीय प्रशासनले रोक लगाउने सोच बनाएको थियो । 
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले असुरक्षा र अपराधको पहिलो शुत्र आर्केष्ट्रा नै भएकाले पूर्ण प्रतिबन्ध लगाईएको बताए । ँँसामाजिक सुरक्षा खलबल्याउने पहिलो जड हो आर्केष्ट्रा ।’’ प्रहरी उपरीक्षक धानुकले भने-ँँत्यसैले यसको प्रदर्शनमा पूर्ण प्रतिबन्ध लगाईएको छ ।’’ आर्केष्ट्रा प्रदर्शन गरिए ल्याउने आयोजक र स्थानीय प्रहरी इकाईका प्रमुखलाई समेत कार्वाही गरिने प्रहरी उपरीक्षक धानुकले बताए ।स्रोतका अनुसार जिल्लाका केही इकाईका प्रहरी प्रमुखलाई स्थानीय स्तरमा आर्केष्ट्रा प्रदर्शनमा सहयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले कार्वाही गरेको छ । उच्छि्रंकल नृत्य प्रस्तुत हुने भएका कारण आर्केष्टा स्थलमा झै-झगडा बढ्ने गरेको स्थानीय जानकारहरु बताउाछन् । आर्केष्टा स्थलमा दर्शकहरुबीच नै वादविवाद बढ्ने र झैझगडा बढ्दै गएर मृत्युसम्मको घटना हुने गरेको छ । विजयादशमी लगायत चाडवाडको समयमा विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा आर्केष्ट्रा ल्याएर मनोरञ्जन लिने प्रचलन बढी छ । 
विशेषगरी संविधान सभाको निर्वाचन नजिकिदै गएकाले आकेष्ट्राकै कारण सुरक्षा व्यवस्थामा आाच आउन सक्ने आशंकाका साथ स्थानीय प्रहरी प्रशासन आर्केष्ट्रा प्रदर्शनप्रति आक्रामक बनेको बताईन्छ ।


हतियार बुझाउने थपिए
सर्लाही समाचारदाता
मलंगवा, असोज १५ । स्थानिय प्रशासनले आव्हान गरेको हतियार बुझाउने म्याद सखिएको भएपनि प्रहरी कार्यालयमा हात हतियार बुझाउने क्रम जारी रहेको छ । 
आगामी संविधान सभा निर्वाचन भाग-२ का लागि शान्ति सुरक्षा व्यवस्था सुदृढका लागि प्रशासनले अनुमति दिएका हतियार, निर्वाचन अवधि भरका लागि जिल्ला प्रशासनले पून माग गरेको थियो । प्रशासनको हतियार बुझाउने म्यादमा जिल्लाका विभिन्न प्रहरी इकाईमा गरी कुल २९ वटा हतियार जम्मा भएका तर हतियार सबै जम्मा नभएकाले हतियार बुझ्ने क्रम जारी राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । ओलीका अनुसार मंगलबारसम्ममा थप १३ थान हतियार संकलन भई जम्मा भएको हतियार संख्या ४२ पुगेको बताए । जिल्ला प्रशासन कार्यालयले जिल्लामा विभिन्न व्यक्तिहरुलाई नौ पेस्तोल सहित तीनसय ४१ थान बन्दुक उपलब्ध गराएको थियो । प्रवक्ता ओलीले भने -ँजिल्लाबाट आवश्यक हतियार संकलन नभएकाले जिल्ला सुरक्षा समितिको अर्काे निर्णय नआएसम्म हतियार बुझिरहने छौं । ’
यता प्रशासन श्रोतले हतियार बुझाउन आलटाल गर्ने व्यक्तिहरुलाई ँसर्च’ गरेर हतियार नियन्त्रणमा लिने र ँसर्च’ बाट हतियार भेटिएमा कारवाही गरी लाइसेन्स खोस्ने समेत सकिने बतायो । 
प्रशासनमा हतियार लिनेको तिनपुस्ते नामावली सहित ठेगाना हुने भएकाले हतियार लुकाएर नलुक्ने भएकाले निर्वाचन अवधि भरका लागि समयमै प्रशासनमा ल्याउनुपर्ने बताइएको छ । 


मानव अधिकार हनन्का ४० घटना
सर्लाही समाचारदाता
मलंगवा, असोज १५ । सन २०१३ को १० महिना अवधिमा जिल्लाका विभिन्न क्षेत्रमा ४० वटा मानव अधिकार उलंघनका घटना भएका छन् । 
इन्सेक वर्ष पुस्तक सन २०१३ को तयारीका लागि घटनाको पूर्ण रुप एवं एवं समिक्षाका लागि आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । इन्सेक सर्लाही प्रतिनिधी विदुर कुमार प्याकुरेलका अनुसार जिल्लामा महिला हिंसाका घटनाहरुमा क्रमशः वृद्धि हुदै गइरहेको छ भने पछिल्लो समयमा अराजकता बढेको उल्लेख छ । राज्यपक्षका घटनामा प्रहरीमा नायव उपरीक्षकबाट प्रहरी जवानमाथि कुटपिट, प्रहरी निरीक्षकबाट सर्वसाधारणबाट नागरिकमाथि दुव्र्यवहार, बलात्कारका प्रयास घटना तथा बलात्कार आरोपी प्रहरी नियन्त्रणमा रहेको अवस्थामा मृत्यु लगायतका घटनाहरु समावेश गरी सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश घिमिरे, प्रहरी उपरीक्षक रविन्द्र बहादुर धानुक, स्थानीय विकास अधिकारी उमेश बस्नेत, स्थानीय शान्ति समितिकी संयोजक भवानी कोइराला, एमाले पूर्व जिल्ला संयोजक रेवती पन्त, मधेशी जनअधिकार फोरमका विरेन्द्र राय, एमाओवादीका कमल बुढाथोकी, नेपाली कााग्रेसका जुगल साह लगायतले अन्तिम प्रतिवेदनमा छुटेका घटनाहरु थप गर्न सुझाव दिएका छन् । 


जिविसको कागज जाच्दैछन् विज्ञहरु
सर्लाही समाचारदाता
मलंगवा, असोज १५ । जिल्ला विकास समितिको कार्यालय मलंगवाको काम कारबाहीका बारेमा विज्ञहरुको टोलीले मंगलबारबाट कागजात परिक्षण गर्न सुरु गरेको छ ।
गत आर्थिक वर्ष ०६९/०७० मा  समयमै जिविस परिषद भए नभएको, परिषदमा सहभागिताको अवस्था, इलाका स्तरीय योजना तर्जूमा गोष्ठी भए नभएको, महिलाहरुको सहभागिता, सार्वजनिक लेखा परिक्षण भए नभएको, योजना कार्यान्वयन, पेश्की फछ्र्यौट लगायत कामहरु कार्य विधि अनुसार भए नभएको बारेमा टोलीले कागजात हेर्न सुरु गरेको हो । स्थानीय विकास मन्त्रालयले नियुक्त गरेका विज्ञहरुले न्यूनतम सर्त मापन अन्र्गत ९ वटा तथा कार्य सम्पादनका ४६ वटा बुादामा जिविसको काम कार्बाहीको लिखित कागजात चेकजााच गर्नेछन् । दुई/तीन दिन बसेर परिक्षण गर्ने उनीहरुले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा प्रतिवेदन बुझाउनेछन् ।
न्यूनतम सर्त मापन र कार्य सम्पादन दुवैमा पास भए जिविसले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट करोड भन्दा बढी अनुदान पाउनेछ । विगत वर्षहरुमा जिल्ला विकास समितिको कार्यालय विशेष गरी न्यूनतम सर्त मापन सूचकांकमा निरन्तर फेल हुादै आईरहेको छ । आर्थिक वर्ष ०६९/०७० मा भने स्थानीय विकास अधिकारी उमेश बस्नेतले आफै निरन्तर कार्यालयमा उपस्थित भई कार्यविधि अनुसार नै काम कार्वाही अगाडी बढाएको र जिल्ला परिषद लगायतका महत्वपूर्ण कामहरु तोकिएको समयभित्रै सम्पन्न गराएकाले आगामी नतिजामा जिविस सर्लाही पास हुने जानकारहरुले बताएका छन् । स्थानीय विकास अधिकारी बस्नेतले प्रमुखको कार्यभार सम्हालेदेखि नै जिविस सर्लाहीलाई पास गराएर छाड्ने आÇनो मुख्य ध्येय रहेको बताउादै आएका छन् । जिविसलाई पास गराउनका लागि आफूले सक्दो प्रयास गरेको र पास हुनेमा आशावादी रहेको स्थानीय विकास अधिकारी बस्नेतले बताए । 


सामाजिक सुरक्षा ३० गाविसमा
सर्लाही समाचारदाता
मलंगवा, असोज १६ । ज्येष्ठ नागरिक, अपांग लगायत सामाजिक सुरक्षा भत्ता शिर्षक अन्तर्गत को बजेट ३० वटा गाविसमा मात्र निकासा भएको छ ।
बााकी ६९ वटा गाविसले भने चालु आर्थिक वर्ष ०७०/०७१ का लागि गाविसमा भत्ता पाउनेको विवरण एवं पूरानो आर्थिक वर्षको  पेश्की फछ्र्यौट नगरेकाले निकासा नभएको जिविस लेखाप्रमुख सुदिप गौतमले बताए । निकासा हुने गाविसहरुमा लालबन्दी, नारायणखोला, रानीगंज, पत्थरकोट, भक्तिपुर, जब्दी, जिंगड्वा, नारायणपुर, पर्सा, नेत्रगंज, सासापुर, अत्रौली, चन्द्रनगर, हरिपुर, पिपरिया, सक्रौल, मूर्तिया, शंकरपुर, धनगढा, सहोड्वा, मधुवनगोठ, भगवतीपुर, अर्नाहा, मानपुर, सुन्दरपुर चोहर्वा, कर्मैया, भवानीपुर, गडहिया, अचलगढ, सुदामा लगायत रहेका छन् । 
ती गाविसहरुको प्रथम चौमासिक निकासा अन्तर्गत साउनदेखि ४ महिनाको सामाजिक सुरक्षा भत्ता शिर्षकमा जम्मा २ करोड ५८ लाख ७० हजार ४ सय रुपैया निकासा भएको हो । सामाजिक सुरक्षा भत्ता अन्तर्गत ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला, लोपोन्मुख आदिवासी, पूर्ण अपांग, आंशिक अपांग, दलित बालबालिका लगायतलाई मासिक ३ सय देखि १ हजार रुपैया भत्ता वितरण हुने गर्दछ । बााकी गाविसका सचिवहरुले पनि आवश्यक कागजात पेश गरेर निकासा गरे वडादशैंको मुखमा भत्ता वितरणको व्यवस्था मिलाए सम्बन्धित सर्वसाधारणहरु लाभान्वित हुनेमा दुईमत छैन । 


म्यादी प्रहरीको परीक्षा भोलीबाट जनकपुरमा 
सर्लाही समाचारदाता
मलंगवा, असोज १५ । जिल्ला प्रहरी कार्यालय मलंगवाले आव्हान गरेको म्यादी प्रहरीका लागि आवेदन दिएका उम्मेद्वारहरुको विहिबारबाट परीक्षा हुने भएको छ ।
म्यादी प्रहरीका लागि आवेदन दिएका उम्मेद्वारहरुको जनकपुरको मुझेलिया स्थित कभर्ड हलमा परिक्षा हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । १ हजार ४ सय ६५ जनाको लागि आव्हान भएकामा सर्लाहीमा ५ हजार १ सय ७४ जनाले आवेदन दर्ता गराएका छन् । जसमा २ सय ६६ जना महिला रहेका छन् ।
दर्ता नं. १ देखि १०२८ सम्मको विहिबार , दर्ता नं. १०२९ देखि २०५३ सम्मको शुक्रबार, दर्ता नं. २०५४ देखि ३०७७ सम्मको सनिबार, दर्ता नं. ३०७८ देखि ४५२० सम्मको आइतबार र दर्ता नं. ४५२१ देखि ६००९ सम्मको सोमबार परिक्षा हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओलीले बताए । विहान ९ बजेदेखि हुने परिक्षामा लिखित, शारिरिक तन्दुरुस्ती, स्वास्थ्य परिक्षण र अन्र्तर्वाता हुने छन् । परिक्षामा सहभागि हुने आवेदनकर्ता आफै तोकिएको समयमा जनकपुर पुग्नुपर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गाउाले अदालत गरिबलाई बरदान
सर्लाही समाचारदाता
मलंगवा, असोज १५ । खर्चको अभावमा म्ुद्दा लड््न नसक्ने गरिब सम्ुदायलाई गाउाघरमा ह्ुने मध्यस्थता कार्यक्रमले प्रभावकारी भ्ूमिका खेलेको छ ।
सम्प्ूर्ण नेपालीहरुको प्रभावकारी न्याय प्रणालीसम्म पह्ुाच प्ुर्‍याई सम्ूदायमा स्थिर तथा दीगो शान्ति कायम गर्ने उद्देश्यका साथ संचालन भएको साम्ुदायिक मेल मिलाप परियोजनाले गाउाघरमा  संचालन भएको साम्ुदायिक मेलमिलाप परियोजनाले गाउाघरका स-साना म्ुद्दा गाउामै मिलाउन थालेपछि प्राय गरिब सम्ुदाय लाभान्वित भएका ह्ुन ।
परियोजनाले पहिलो चरणमा जब्दी, बेला, अत्रौली, घ्ुर्काैली, हरिप्ुर, पिडारी, पिपरिया, किसनप्ुर, गौरीशंकर, औरही, मोतिप्ुर, खोरिया, भाडसर, म्ुसैली र ख्ुटौना गरी १५ गाविस र दोश्रो चरणमा थप भएका भेल्ही, पर्सा, बेल्वाजब्दी, सिमरा भगवतीप्ुर र सिसौटिया गरी क्ुल २० गाविसमा कार्य गरिरहेको छ ।
ग्रामीण साम्ुदायिक विकास केन्द्र ९ख्ऋम्ऋ० हरिप्ुरको समन्वयबाट संचालित कार्यक्रममा विगत तीनवर्षको समयावधिमा ३६ किसिमका एकहजार ६ सय ५८ विवाद दर्ता भई एकहजार चारसय ५१ मा मिलापत्र भएर अन्य मिलापत्रको प्रकृयामा रहेका संस्थाकी कार्यक्रम संयोजक निर्मला काफ््लेले जानकारी दिइन्् ।  परियोजनामा सवैभन्दा बढी  जग्गा किचलोमा ४ सय ६८ विवाद दर्ता भई तीनसय ९४ मा मिलापत्र र ७४ वटा मिलापत्रको प्रकृयामा रहेका छन्् । त्यस्तैगरी गाली बेइजती तर्फ चारसय ४४ दर्तामा चारसय २९ मिलापत्र, लेनदेनमा एकसय ६४ दर्तामा एकसय ४२ मिलापत्र, घरेल्ु हिंसा ९६ दर्तामा ८९ मिलापत्र, महिला हिंसामा ४२ दर्ता भएकोमा ३७ वटाको मिलापत्र भईसकेको कार्यक्रम संयोजक काफ््लेले जानकारी दिईन्् । त्यस्तै विवाह दर्ता, मानाचामल, अंश, बाली नोक्सानी, क्षतिप्ुर्ति, ल्ुटपिट, पानी निकास, सार्वजनिक सम्पत्ती सडक, नहर, पिउनेपानी लगायत घरभाडा, नागरिकता, सामान ल्ुकाएको, तलब लगायतका म्ुद्धाहरु समेत मिलापत्र गरिएको जानकारी दिइएको छ ।
परियोजनाबाट गाविस स्तरमा १५ सदस्यीय मेलमिलाप र १५ सदस्यीय नै महिला अधिकार सम्ूह तालिम सहित गठन भएको संस्थाले जनाएको छ । कार्य दौरानमा मेलमिलाप ऐन समयमा नआएको, जिल्ला अदालतमा दर्ता भएका म्ुद्धामा मेलमिलाप गराउने काम नभएको, मध्यस्थतकर्ताको आय स्तरमा वृद्धिको योजना खोजी गरिन्ुपर्ने लगायतका च्ुनौती रहेको उल्लेख छ । खर्चको अभावमा जिल्ला अदालतसम्म पह्ुच नप्ुग्ने गाउा घरका गरिब सम्ुदाय परियोजनाबाट बढी लाभान्वित भएका आयोजक संस्थाका सचिव यादव सरकारले बताए ।
परियोजनामा भए गरेका कार्य प्रत्येक ३/३ महिनामा जिल्ला सल्लाहकार समितिमा छलफल समेत गरिएको उल्लेख छ । नौ सदस्यीय जिल्ला सल्लाहकार समितिमा जिल्ला न्यायधिस, जिल्ला प्रशासन कार्यालय प्रम्ुख, जिल्ला प्रहरी कार्यालय प्रम्ुख, जिविस प्रम्ुख, महिला तथा बालबालिका विकास कार्यालय प्रम्ुख, नेपाल बार एसोसियसन प्रम्ुख, नेपाल पत्रकार महासंघ प्रम्ुख, गैर सरकारी संस्था महासंघ/समन्वय समिति प्रम्ुख र नागरिक समाजका प्रतिनिधी रहेका छन्् ।

ज्येष्ठ नागरिक दिवसमा कार्यक्रम
सर्लाही समाचारदाता
मलंगवा, असोज १५ । २३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मंगलबार जिल्लाका विभिन्न स्थानमा ज्येष्ठ नागरिकहरुलाई मिष्ठान भोजन एवं सम्मान गरिएको छ ।
महिला तथा बालबालिका कार्यालय एवं मलंगवा नगरपालिका कार्यालयको आयोजनामा सदरमुकाम मलंगवामा १२ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जिविस सभाहलमा भएको कार्यक्रममा मलंगवा नगरपालिका-८ का १० जना र मलंगवा-२ का २ जनालाई सम्मान गरिएको हो । मलंगवा नगरपालिकाले उर्मीला देवी थापा, अम्बीका आले, नम्रदा अग्रवाल, बेदकुमारी अग्रवाल, सुदिया यादव, धनुमाया थापा, कैश बहादुर परियार, सुमित्रा महतो, जहरि देवि, विश्वनाथ जयसवाल, बुद्धिलाल श्रेष्ठ र चुलिया देवीलाई जाडोमा ओडन प्रयोग हुने ब्ल्ााङकेट-कम्मल) बितरण गरी सम्मान गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेले ब्ल्ााङकेट प्रदान गरी सम्मान गरेको मलंगवा नगरपालीका प्रमुख रामचरित्र मेहताले बताए । कार्यक्रममा स्थानीय विकास अधिकारी उमेश बस्नेत, महिला बालबालिका कार्यालय प्रमुख निरुलक्ष्मी श्रेष्ठ, स्थानीय शान्ति समितिकी संयोजक भवानी कोइराला लगायतको उपस्थिती रहेको थियो ।
त्यस्तै मंगलबार अपरान्ह पदम्भुवनेश्वरी वृद्ध सेवाश्रम जुटपानीका ३५ जना वृद्धवृद्धालाई पनि मिष्ठान भोजन गराएर सम्मान गरिएको वृद्ध सेवाश्रमकी प्रबन्धक भवानी कोइरालाले बताईन् । स्थानीय विकास अधिकारी उमेश बस्नेतको हातबाट जुस, मिठाई लगायत मिष्ठान भोजन गराईएको र वृद्ध सेवाश्रमकी सबैभन्दा ज्येष्ठ भुवनेश्वरी कोइरालालाई सम्मान गरिएको कोइरालाले बताइन् ।


हरिवन सहकारीको कारोबार करोड नाघ्यो
सर्लाही समाचारदाता
हरिवन, असोज १५ । हरिवन बचत तथा ऋण सहकारी संस्था लि. को १५औं साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष शुशिला कार्कीको सभापतित्व एवं हरिवन गाविसका सचिव राजकुमार थापाको प्रमुख आतिथ्यता रहेको सभाको उद्घाटन सत्रमा कृष्णा पौडेल, विनोद कार्की, सुदर्शन पोखरेल, अरुण शर्मा, रामप्रसाद घिमिरे, केशव ढकाल, रेणुका पौडेल, रविन्द्र भट्टराई लगायतले मन्तव्य राखेका थिए । हरिवन गाविस-१, चापीनी स्थित चुरे जनता निमाविको प्रांगणमा भएको सभामा मुद्धतीतर्फ प्रकाश उपाध्याय, इन्द्रकुमारी घिमिरे, रामबहादुर भट्टराई, रामप्यारी भट्टराई, ज्ञानकुमारी कार्की, जोगमाया भट्टराई, मेघबहादुर भट्टराई तथा बाल बचततर्फ आयूष घिमिरे, गोनिता सुवेदी, सन्ध्या दवाडीलाई सबैभन्दा बढी बचत गरेको भन्दै सम्मान गरिएको थियो । त्यस्तै मासिक नियमित बचत गर्ने धर्मबहादुर पौडेल र उनकी श्रीमति विरमाया पौडेललाई पनि सम्मान गरिएको संस्थाका सचिव भरतकुमार कार्कीले बताए ।
संस्थाले गत आर्थिक वर्ष ०६९/०७० मा १ करोड २५ लाख ७७ हजार ९ सय ४० रुपैया कारोबार गर्दै ६ लाख ९६ हजार ९ सय ५७ रुपैया खुद् मुनाफा गरेको कर्मचारी तिलक खतिवडाले बताए । खतिवडाका अनुसार संस्थामा हाल ४ सय ३५ जना सेयर सदस्य रहेका छन् ।


सशस्त्रद्वारा कपडा बरामद
सर्लाही समाचारदाता
बाराउद्योरण, असोज १५ । सशस्त्र प्रहरीले भारतबाट अवैध रुपले भित्र्याइदै गरेको ५२ हजार बराबरको कपडा बरामद गरेको छ ।
वाराउद्योरण गाविस स्थित सशस्त्र प्रहरीको सिमाक्षेत्र अनुगमन टोलीले मंगलबार विहान उक्त कपडाहरु बरामद गरेको हो । विहान ४ बजे भारतबाट नेपाल भित्र्याइदै गरेको अवस्थामा ४ वटा कपडाका पोकाहरु बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक भरत बस्नेतले बताए । सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नेवितिकै कपडा बोकेका मान्छेहरु भने फरार भएको बस्नेतले बताए । बरामद् कपडामा कुर्ता सुरुवाल, साडी लगायत रहेका छन् ।  मंगलबार विहानै भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
नजिकिदो बडादशैं एवं दिपावलीका लागि तस्करहरुले अवैध रुपमा सामान भित्र्याउन सक्ने भएकाले सिमा क्षेत्रमा चेकजााच कडाई गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।


ब्रोइलरका चल्ला बरामद्
सर्लाही समाचारदाता
कौडेना, असोज १५ । जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले भारतबाट भित्र्याइरहेको अवस्थामा ब्रोइलर कुखुराका चल्ला बरामद् गरेको छ ।
मंगलबार विहान १ बजे -रातीको) कौडेनामा थुपार्दै गरेको अवस्थामा १ हजार २ सय ६० वटा चल्ला बरामद् भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । साईकलमा ओसारिरहेको अवस्थामा प्रहरीले २१ कार्टुन चल्ला बरामद् गरेको हो । चल्ला ओसार्ने मान्छेहरु भने प्रहरी टोलीलाई देख्ने वितिकै फरार भएको ओलीले बताए । बरामद् चल्ला मंगलबार नै पशु क्वारेण्टाईन चेक पोष्टको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । नेपाल सरकारले भारतबाट ब्रोइलर कुखुरा लगायत पंक्षी एवं पंक्षीजन्य सामग्रीहरु भित्र्याउन प्रतिबन्ध लगाएकाले उक्त चल्लाहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनायो ।

तमलोपामा प्र्रवेश कार्यक्रम सम्पन्न
सर्लाही समाचारदाता
नवलपुर, असोज १५ । तराई मधेश लोकतान्त्रिक पार्टीले मंगलबार गाउा कमिटी बैठक तथा पार्टी प्रवेशको कार्यक्रम सम्पन्न गरेको छ ।
नवलपुरमा पार्टीद्वारा आयोजित कार्यक्रममा सासापुर, अत्रौली, हरिपुर, नेत्रगंज लगायतका गाविसबाट विभिन्न पार्टी परित्याग गरि ६ सय कार्यकर्ता प्रवेश गरेको क्षेत्रिय अध्यक्ष धर्मेन्द्र झाले दावी गरे ।
तमलोपाका क्षेत्र नं २ का उम्मेद्वार तथा जिल्ला उपाध्यक्ष विनयकुमार कर्ण प्रमुख अतिथि रहेको कार्यक्रमा केन्दि्रय सदस्य उदयनारायण चौधरी, क्षेत्रिय कार्यवाहक अध्यक्ष डा. नागेन्द्र्रप्रसाद साह लगायत अतिथिमा रहेका थिए । तमलोपाको नेत्रगंज गाउा अध्यक्ष रामशमसेर पासवानको सभापतित्वमा भएको कार्यक्रममा नव प्रवेशी कार्यकर्ताहरुलाई केन्दि्रय सदस्य चौधरी तथा क्षेत्रिय कार्यवाहक अध्यक्ष साहले टिका लगाएर स्वागत गरेका थिए ।

मनोकामनाको नाफा २५ लाख ५० हजार
सर्लाही समाचारदाता
हरिवन, असोज १५ । मनोकामना सहकारी संस्था लि. ले आ.व. २०६९/०७० को अवधिमा कुल २५ लाख ५३ हजार आठसय ५८ रुपैया नाफा गर्न सफल भएको छ । अघिल्लो वर्ष २० लाख ६८ हजार ५ सय ५५ रुपैया नाफा गरेको संस्थाले यसवर्ष नाफमा चारलाख रुपैया भन्दा बढी नाफा गर्न सफल भएको हो । संस्थाको आठौं वाषिर्क साधारण सभाको अवसरमा सो जानकारी दिइएको हो ।
संस्थाका व्यवस्थापक कृष्णकुमार श्रेष्ठद्वारा प्रस्तुत प्रतिवेदनमा संस्थाका सातसय ८५ शेयर सदस्यबाट ७३ लाख १८ हजार शेयर पाूजी रहेकेा छ भने संस्थामा १२ करोड ४२ लाख ९० हजार ५ सय १९ बचत रहेको छ ।
त्यसैगरी संस्थाबाट सातकरोड २४ लाख ६२ हजार २२ रुपैया लगानी भएको र आ.व. ०६९/७० मा ३ करोड २ लाख एकहजार सातसय ७९ रुपैयाा असुल भएको प्रतिवेदनमा उल्लेख छ । संस्थाले कृृषि, जमानी व्यापार, स्वरोजगार, ऋण, हाइपो, सिलोन र ओभर ड्राफ्ट मार्फत ऋण लगानी भएको उल्लेख छ । त्यस्तैगरी संस्थाले आ.व. ०७१/७१ मा विभिन्न ११ शिर्षकमा १० करोड ८६ लाख ७० हजार दुईसय ४३ अनुमानित आय विवरण सार्वजनिक गरी २५ लाख ८९ हजार नौसय ९० खुद नाफा गर्न लक्ष्य लिएको प्रतिवेदनले उल्लेख छ ।
संस्थाले मलखाद र एलपी ग्यासको समेत कारोबार गरेको बताइएको छ । डिभिजन सहकारी प्रमुख रामलक्षण रायले उद्घाटन गरेका कार्यक्रमको संस्थाका अध्यक्ष शम्भुलाल श्रेष्ठले सभापतित्व गरेका थिए ।





No comments:

Post a Comment