Friday, October 4, 2013

दिनभर गुञ्जायमान बन्यो सदरमुकाम मलंगवा

दिनभर गुञ्जायमान बन्यो सदरमुकाम मलंगवा
-टंकबहादुर क्षेत्री/सर्लाही दैनिक
मलंगवा, असोज १७ । आगामी संविधान सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुको मनोननय पत्र दर्ता गराउने क्रममा विभिन्न पार्टीहरुले गरेको तामझाम अनि हजारौंको भिडभाडका कारण सदरमुकाम मलंगवा विहिबार दिनभर गुञ्जायमान बन्यो ।
विहान १० बजेदेखि नै उम्मेद्वारको मनोननय पत्र दर्ताको क्रम सुरु भएकाले सदरमुकामबासी सहित जिल्लाका अधिकांश सर्वसाधारणको ध्यान पुरानो जिल्ला अदालतको भवन स्थित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय र त्यस आसपासमै केन्द्रीत थियो । सर्वसाधारणहरुको भिडको लर्को जिविस चोकदेखि बालमन्दिर चोकसम्म र बैंक चोकदेखि नगरपालिका चोकसम्म अटुट् थियो । कसैलाई कसैको वास्ता थिएन त्यहाा, सबै आ-आÇनै धुन र तालमा मस्त थिए ।
अन्य दिन जिल्लाका विभिन्न स्थानमा हुने कार्यक्रम, विभिन्न सरकारी कार्यालय अनि समाचार स्रोतहरुकामा धाउने संचारकर्मीहरु पनि विहिबार दिनभर भ्याई-नभ्याई अनि हस्याङ र फस्याङ गर्दै निर्वाचन अधिकृतको कार्यालय भित्र र बाहिर अनि पार्टी कार्यालयहरु भएका स्थानमा दौडादौड गरिरहेका थिए । अनलाईन, टेलिभिजन र रेडियोका प्रतिनिधि संचारकर्मीलाई झन बढी ताकेता थियो-आÇनो संचारमाध्यममा ँलाइभ अपडेट’ गराउनलाई । ँँबाहिर भित्र गर्न नै गाह्रो थियो, एक हुलको खिच्दा खिच्दै अरु कतिपय हुलको भिजुवल खिच्न छुट्यो ।’’ नेपाल पत्रकार महासंघका अध्यक्ष रोशन न्यौपानेले भने-ँँविहान १० बजेदेखि सुरु भएको दौडादौड राती ९ बजेसम्म निरन्तर जारी     रह्यो ।’’
मुख्य निर्वाचन अधिकृत अनि निर्वाचन अधिकृतको कार्यालयका प्रमुखको जिम्मेवारी सम्हालिरहेका जिल्ला न्यायाधिश र न्याय क्षेत्रका कर्मचारी अनि त्यहाा खटिएका अन्य कर्मचारीहरुलाई उम्मेद्वारहरुको मनोननय पत्र चेकजााच, तथ्यांक राख्ने र हस्ताक्षर गर्दैमा फुर्सद मिलेको थिएन । राती ७ बजेसम्म पनि उनीहरु मनोनयन गर्ने उम्मेद्वारहरुको तथ्यांक रुजु र सुरक्षीत गर्न भिडिरहेका थिए । ँँभिड अचाक्ली थियो ।’’ सर्लाही जिल्ला अदालतका १ नं. न्यायाधिश एवं मुख्य निर्वाचन अधिकृत कृष्ण कमल अधिकारीले विहिबार सर्लाही दैनिकसाग भने-ँँकाम सक्ने मेलोले आज दिनभर भोक पनि लागेन ।’’  दर्ताका लागि ५ बजेभित्र नाम टिपाईसकेर लाईनमा बसेका उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने र कागजात मिलाउने काम राती ८ बजेसम्म चलेको थियो । दिनभरीको तामझाम बारे प्रमुख जिल्ला अधिकारीले भने-ँँधेरै भिड थियो, रमाईलो र धपेडी दुवै एकसाथ         थियो ।’’
सुरक्षाकर्मीहरुको झन के कुरा, निर्वाचनमा सहभागि हुने दलका नेता कार्यकर्ता र मनोनय पत्र दर्ता गर्न आउने उम्मेद्वारको सुरक्षा अनि मनोनयन पत्र दर्ता गर्ने कार्यालय स्थलको सुरक्षा व्यवस्था मिलाउने मात्र हैन निर्वाचन विरोधी नेकपा-माओवादी सहितका दलहरुले कुनै उपद्रो त मच्चाउने हैनन् भन्ने तर्फ पनि छड्के नजर लगाउनुपर्ने अवस्था थियो, उनीहरुलाई ।
निर्वाचन अधिकृतको कार्यालय आसपासमा नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वी नारायण ओलीको नेतृत्वमा १ सय ५० सुरक्षाकर्मी खटिएका थिए भने सशस्त्र प्रहरीका नायव उपरीक्षक   -डिएसपी) भरत बस्नेतको नेतृत्वमा ८० जना सशस्त्र प्रहरीहरु खटिएका थिए । उनीहरुलाई ँमास’ कन्ट्रोल गर्न हम्मे-हम्मे परेको थियो । सुरक्षाका कारण देखाउादै निर्वाचन अधिकृतको कार्यालयतर्फ आउने बाटोहरुको नगरपालिका चोक, वकिलगल्ली, बालमन्दिर चोक स्थित अस्पताल हुादै र जिविसचोक हुादै आउने नाकामा नै कार्यकर्ता र सर्वसाधारणलाई सुरक्षा निकायले रोक लगाएको थियो । त्यो चौघेरा भित्र पस्नका लागि मनोनयन पत्र दर्ता गर्ने उम्मेद्वार, प्रस्तावक र समर्थक अनि संचारकर्मीले मात्र अनुमति पाएका थिए, त्यो पनि पैदल । ँँयस्तो भिड त कहिल्यै महसुस गरेको थिइन ।’’ प्रहरी निरीक्षक ओलीले भने-ँँदिनभर अचम्मकै भिड थियो ।’’
जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम गएका नेता कार्यकर्ता अनि सर्वसाधारणको भिड पहिला आफु सम्बद्ध पार्टी कार्यालयमा, त्यसपछि उम्मेद्वारलाई लिएर मनोनय पत्र दर्ता गराउन जाादा निर्वाचन अधिकृतको कार्यालय आसपासमा र जुलुस सहित फर्किएपछि पार्टी कार्यालयमा लागेको थियो । मनोनयन पत्र दर्ताको काम सकिएपछि कतिपय नेता कार्यकर्ताहरुको भिड भने सदरमुकाम मलंगवा स्थित विभिन्न होटलमा समेत जमेको थियो । सााझ अवेर खाजा खान खोज्नेहरु भोकभोकै बाटो तताउन बाध्य बने । उत्साहित बनेर विहिबार विहानै सदरमुकाम मलंगवामा उपस्थित भएका नेता कार्यकर्ताहरु दिनभरको नारा जुलुस, रंंगी विरंगी स्वरुप अनि दौडधुपका कारण सााझ घर फर्किने क्रममा लखतरान अनि थकित बनेको उनीहरुको हाउभाउबाट स्पष्ट हुन्थ्यो ।
कसैले आÇनो पार्टीको चुनाव चिन्हकै स्वरुप धारण गरेर उम्मेद्वारी मनोनयन दर्ता गराए त कोहि झााकी, रामलिला प्रदर्शन गर्दै मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । तराई मधेश सद्भावना पार्टी नेपाल, सद्भावना पार्टी, मधेशी जन अधिकार फोरम नेपाल -लोकतान्त्रिक), फोरम नेपाल लगायत पार्टीहरुको जुलुस बालमन्दिर चोकतर्फ तथा तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाली कांग्रेस लगायत दलहरुको हजारौं सहभागि जुलुस नगरपालिका चोकतर्फबाट आएको थियो । केही साना दलका उम्मेद्वारहरु भने प्रस्तावक र समर्थक खोज्दै हिडेको पनि भेटिएका थिए ।
०६२/०६३ को दोस्रो जनआन्दोलनको अन्तिमतिर सदरमुकाममा उपस्थित भएका आन्दोलनको जनलहरलाई विहिबारको उभारले निकै पछि पारेको थियो । दिनभर बाजागाजा, नारा जुलुस, भिडभाड आदिले सदरमुकाम मलंगवा गुञ्जायमान बनेको थियो । राती ७ बजेसम्म पनि बालमन्दिर हुादै जिविस चोकतर्फ र नगरपालिका चोक हाुदै बैंकरोडसम्मको सडक उतिकै खचाखच थियो । दिनभर पसल बन्द गरेर उम्मेद्वारको मनोनयन पत्र दर्ता प्रकृयाको तामझाम हेरिहेका मलंगवाको बालमन्दिर स्थित गुप्ता पुस्तक पसल एवं पत्रपत्रिका सेन्टरका सञ्चालक संजय गुप्ताले भने-ँँम त पसल नै बन्द गरेर दिनभर तामझाम हेरेर बसेा ।’’
तामझामका बीच सदरमुकाम मलंगवा स्थित निर्वाचन अधिकृतको कार्यालय बाहेक अन्य सरकारी कार्यालयहरु सुनसान् बने । जसका कारण साधै सेवाग्राहीहरुले घेरिएर बस्ने कर्मचारीले निकै राहत महसुस गरेका थिए । ँँहिजो अस्ती भन्दा सेवाग्राहीको भिड आज निकै कम छ ।’’ जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत पवन सुवेदीले भने-ँँसबै उम्मेद्वारको मनोनयन पत्र दर्ता गराउने प्रकृयाको रमाईलो हेर्नै लागेका होलान् ।’’ जिल्लाका अन्य स्थानबाट सरकारी काम गराउन सेवाग्राहृयी बनेर सदरमुकाम जाने सर्वसाधारण, नेता अनि कार्यकर्ता उम्मेद्वारको मनोननयन पत्र दर्ताको जुलुस अनि तामझाममा सहभागि बनेका थिए । जिल्ला विकास समितिको कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, भूमिसुधार कार्यालय लगायत सेवाग्राहीको अत्याधिक चाप रहने कार्यालयहरु सुन्सान् जस्तै देखिन्थे ।
विहिबार दिनभर सदरमुकाम मलंगवाको तामझाम अनि वातावरण हेर्दा नेतालाई मात्र लागेको ठानिएको आगामी निर्वाचनको प्रकृयाले कार्यकर्ता र सर्वसाधारणलाई समेत आकषिर्त गरेको स्पष्ट भान हुन्थ्यो । आगामी निर्वाचन तोकिएको समयमा कसैले टार्न र धकेल्न सक्दैनन् भन्ने स्पष्ट सन्देश विहिबार सदरमुकाम मलंगवामा दिनभर घन्कीएको राजनैतिक नारा जुलुस र जताततै फहराईएका पार्टीका झण्डा अनि हजारौंको भिडले दिएको थियो भने सदरमुकाम नजानेहरुको पनि को-को ले उम्मेद्वारी दिए ? कुन-कुन दलबाट बागी उम्मेद्वार उठे ? ठूला-ठूला ठानिएका नेताहरुले कुन-कुन क्षेत्रमा उम्मेद्वारी दिए ? जस्ता कुराहरुप्रति कम्ता चासो थिएन ।

No comments:

Post a Comment