Friday, October 4, 2013

एमाओवादीमा बागी उम्मेद्वार

एमाओवादीमा बागी उम्मेद्वार
सर्लाही समाचारदाता
मलंगवा, असोज १७ । एकिकृत नेकपा माओवादीको क्षेत्र नं. ३ का उम्मेद्वार विरुद्ध सोही पार्टीका एक जिल्ला नेताले बागी उम्मेद्वारी दिएका छन् ।
पार्टीले उठाएको उम्मेद्वारप्रति चित्त नबुझेकाले बागी उम्मेद्वार खडा गरिएको क्षेत्र नं. ३ की इन्चार्ज माया वलले बताईन् । एमाओवादीले क्षेत्र नं. ३ मा भरत थापालाई उम्मेद्वार बनाएको छ । थापालाई टिकट दिएर पार्टीले इमान्दार, योग्य र पार्टी प्रति निष्ठावान कार्यकर्ताको भावनामा ठेस पुर्‍याएको भन्दै एमाओवादी कार्यकर्ता केदार खत्री बागी उम्मेद्वारको रुपमा खडा भएको वलले दावी गरिन् । यसको आधिकारिक पुष्टी भने भएको छैन ।
सााझ सााढे ६ बजेतिर सर्लाही दैनिकले फोन गर्दा खत्रीले भने-ँँम अहिले उम्मेद्वारी दर्ता गर्ने प्रक्रियामा निर्वाचन अधिकृतको कार्यालयमा छु, पछि म आफै फोन गर्छु नी ।’’ पछि उनीसाग सम्पर्क प्रयास गर्दा फोनमा कुरा हुन सकेन । क्षेत्रीय इन्चार्ज लामाले भने  सर्लाही दैनिकसाग आफूहरुको उम्मेद्वार खत्री नै भएको दावी गरिन् । उनले भनिन्-ँँहामी असन्तुष्ट कार्यकर्ताहरुको उम्मेद्वार केदार खत्री नै हुन्, क्षेत्र नं. १ मा पनि बागी खडा भएको सुनेको छु ।’’
पार्टीले क्षेत्र र जिल्ला कमिटीको भावना विपरित उम्मेद्वार तोकेको भन्दै बुधबार पूर्व जिल्ला इन्चार्ज एवं जिल्ला हेडक्वाटर सदस्य लुमणि धिमाल    -लोचन) को नेतृत्वमा बुधबार हरिपुरमा बसेको एमाओवादी नेता कार्यकर्ताहरुको भेलाले पार्टीको निर्णय नसच्चिए ५ सय कार्यकर्ताले राजिनामा दिने धम्कि दिएको थियो । उनीहरुको धम्कीका बाबजुद् पार्टीले तिनै उम्मेद्वारलाई टिकट निश्चित गरेपछि राती नै उनीहरुले पार्टीको उम्मेद्वार विरुद्ध बागी उम्मेद्वार खडा गर्ने दावी गरेका थिए । विशेषगरी क्षेत्र नं. १, २ र ३ मा पार्टीले टिकट दिएका उम्मेद्वारहरुप्रति उनीहरुको असन्तुष्टि थियो ।

No comments:

Post a Comment