दलको उम्मेद्वार छनौट जारी
सर्लाही समाचारदातामलंगवा, असोज १६ । आसन्न संविधान सभा–२ को निर्वाचनका लागि बुधबार थप केही राजनैतिकदलले आफ्ना उम्मेदवार घोषणा गरेका छन् ।
विहीबार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गराउने दिन भएकाले दिन रात गरी केही दलले उममेदवारको घोषणा बुधबार दिउँसो गरेका र केही दल यो समाचार तयार पार्दा समेत (रातको १२ बजे) छलफल कार्यमा व्यस्त छन् ।
संघीय समाजवादी पार्टीले प्रत्यक्ष तर्फको उम्मेदवार बुधबार नाम सार्वजनीक गरी टिकट समेत प्रदान गरेको छ । संघीय समाजवादी पार्टीले बुधबार जिल्लाका सबै उम्मेद्वारलाई टिकट प्रदान गरी विहीबार हुने मनोनयन पत्रका लागि बाटो खुला गरेको छ । पार्टीका जिल्ला अध्यष गंगा लामाका अनुसार केन्द्रबाट टिकट लिएर आएका पार्टीका केन्द्रिय उपाध्यष मो. रिजवान अन्सारीले बुधबार अपरान्ह सबै उम्मेदवारलाई टिकट हस्तान्तरण गरेका थिए ।
टिकट पाउनेहरुमा क्रमशः क्षेत्र नं. १ बाट पूण बहादुर गोले, क्षेत्र नं. २ बाट मो. रिजवान अन्सारी, क्षेत्र नं. ३ बाट सोमबहादुर लामा, क्षेत्र नं. ४ बाट सिताराम साह, क्षेत्र नं. ५ बाट रविन्द्र साह र क्षेत्र नं. ६ बाट मौजे साह रहेका छन् ।
त्यस्तै मधेश तराई फोरमबाट क्षेत्र नं. १ बाट रासवती थरुनी, २ मा युनिस मिया, क्षेत्र नं. ३ मा निर्णय नभएको, क्षेत्र नं. ४ मा राम दिनेश यादव, क्षेत्र नं. ५ मा रविन्द्र राय यादव र क्षेत्र नं. ६ मा राजकिशोर महतो छन् । घोषित उम्मेद्वारलाई बुधबार नै टिकट दिइसकिएको पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष रविन्द्र प्रसाद यादवले बताएका छन् । त्यस्तै महेन्द्र राय नेतृत्वको तमसपा नेपालबाट बाँकी क्षेत्र नं. ३ मा किरण देवी राय चयन भएको जिल्ला अध्यक्ष रामचन्द्र सिंह दनुवारले बताए । किरणदेवी एमालेकी पूर्व सभासद् हुन ।
त्यसैगरी केशव प्रसाद मैनाली नेतृत्वको चुरेभावर राष्ट्रिय पार्टीको तर्फबाट क्षेत्र नं. २ मा बाशुदेव निरौलालाई पार्टीले उम्मेद्वारको रुपमा घोषणा गरेको छ । त्यस्तै सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टी श्रोतका अनुसार क्षेत्र नं. ३ का लागि जयनारायण साहलाई उम्मेद्वार घोषणा गरिएको छ भने अन्य क्षेत्रका लागि विहीबार विहान १० बजेसम्म गरिने बताइएको छ ।
No comments:
Post a Comment