Wednesday, October 2, 2013

सद्भावनाको छलफल हुँदै

सद्भावनाको छलफल हुँदै
सर्लाही समाचारदाता
मलंगवा, असोज १६ । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले बाँकी रहेका क्षेत्रमा उम्मेद्वार तोक्न बुधबार रातीसम्म छलफल जारी राखेको छ ।
पार्टीश्रोतका अनुसार छलफलबाट केही व्यक्तिको उम्मेद्वारी घोषणामा छलफल भइरहेको छ । जस अन्तर्गत क्षेत्र नं. १ बाट कपिलदेव धामी, २ बाट अब्जल हुसैन (बच्चाबाबु) क्षेत्र नं. ३ बाट संभावित (छलफल नसकिएको समाचार तयार पार्दासम्म) हरेश महतो, क्षेत्र नं. ४ बाट पार्टी अध्यक्ष राजेन्द्र महतो, क्षेत्र नं. ५ बाट जिल्ला अध्यक्ष प्रमोद साह र क्षेत्र नं. ६ बाट संभावित फकिरा महतो रहेका छन्
। अन्तिम समयमा आएर नेपाली कांग्रेसले क्षेत्र नं. ३ का लागि मिना पाण्डेलाई टिकटदिएपछि असन्तुष्ट बनेका हरेश महतो सद्भावनाबाट उम्मेद्वार बन्ने श्रोतको दावी छ । टिकटका आकांक्षीहरु टिकट नपाएका झोकमा पार्टी नै परित्यागर गरेर अर्काे पार्टीबाट भएपनि संविधान सभा निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

No comments:

Post a Comment