Wednesday, October 2, 2013

के गर्दैछ वैद्य माओवादी ?

के गर्दैछ वैद्य माओवादी ?
सर्लाही समाचारदाता
मलंगवा, असोज १६ । चुनावको विरोध गर्दै आईरहेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सहितको ३३ दलिय मोर्चाले विहिबार सदरमुकाम मलंगवामा पुत्ला दहन गर्ने भएको छ ।
माओवादी इन्चार्ज विश्वजीत डिसीले उच्चस्तरीय राजनैतिक संयन्त्रमा रहेका ४ दलका प्रमुख नेताहरुको पुत्ला दहन गर्ने बताए । ‘‘केन्द्रको निर्णय अनुसार राष्ट्रव्यापी रुपमा हुन लागेको पुत्ला दहन कार्यक्रम हामी पनि सदरमुकाम मलंगवामा गर्नेछौं ।’’ बुधबार राती सर्लाही दैनिकसँग डिसीले भने–‘‘उम्मेद्वारीको मनोनयन पत्र दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा आउनेलाई सम्झाउने छौं ।’’
डिसीका अनुसार विहिबार एकदिनका लागि भारतीय नम्बर प्लेटका सवारी साधन गुड्न पनि रोक लगाईने छ । ‘‘भारतको ग्राण्डडिजाईनमा चुनाव हुन लागेकाले, भारतीय नम्बर प्लेटका सवारी साधन जिल्लामा गुड्न रोक लगाउने निर्णय भएको छ ।’’ डिसीले भने–‘‘क्रमशः चुनाव विरोधी गतिविधि व्यापक बनाईदै लगिनेछ ।’’
तत्काल मतदातालाई सचेतना, उम्मेद्वारलाई आग्रह गर्ने लगायतका कामहरु हुने र पछि पार्टीको निर्णय अनुसार कडा संघर्षका कार्यक्रमहरु ल्याईने डिसीले जानकारी दिए ।

No comments:

Post a Comment