एमाओवादी सर्लाहीमा असन्तुष्ट कार्यकतार्लले वागी उम्मेद्वार खडा गर्ने
नवलपुर, असोज १६ । आगामी संविधान सभा निर्वाचनमा पार्टीले गलत व्यक्तिलाई उमेद्वार बनाएको भन्दै एकिकृत नेकपा (माओवादी) सर्लाहीमा तिब्र विवाद उब्जेको छ । बुधबार साँझ नवलपुरमा पत्रकार सम्मेलन गरी एमाओवादी सर्लाहीका असन्तुष्ट नेता कार्यकर्ताहरुले लामो त्याग, तपस्या बलिदानी र योगदान एवं पार्टीको सर्वहारा वर्गीय निष्ठा, विचार, दृष्टान्तप्रति प्रतिवद्ध कार्यकर्तालाई वेवास्ता गरी जमिन्दार तथा दलाल पूँजीपतिहरुलाई पार्टीले उम्मेद्वार बनाएको भन्दै रोष प्रकट गरे । उनीहरुले पार्टीले उठाएका उम्मेद्वार विरुद्ध ६ वटै क्षेत्रमा ‘बागी’ उम्मेद्वार खडा गर्ने बताएका छन् ।| पार्टीले उम्मेद्वार तय गरेपछि त्यसको विरोधमा नवलपुरमा पत्रकारहरुलाई भेलाको निर्णय सुनाउँदै पूर्व जिल्ला इन्चार्ज लोचन र साथमा अन्य नेता कार्यकर्ताहरु ।सर्लाही समाचारदाता |
एकिकृत नेकपा माओवादीले सर्लाहीमा क्षेत्र नं. १ बाट शम्भुलाल श्रेष्ठ, २ बाट राजकुमार राय, ३ बाट भरत थापा, ४ बाट रामकिशुन राय, ५ बाट अबुल हसन नुरी र ६ बाट नन्दलाल रायलाई उम्मेद्वार बनाएको छ । विवादका कारण एमाओवादीले अन्य ठूला पार्टीको तुलनामा धेरै पछिमात्र सर्लाहीमा उम्मेद्वारहरु तय गरेको हो । ढिलाई गरेर निर्णय गर्दा एमाओवादी भित्र झन ठूलो विवाद सतहमै छचल्किएको छ ।
बुधबार साँझ नवलपुरमा पत्रकार सम्मेलन गरी असन्तुष्ट नेता कार्यकर्ताहरुले पार्टीले गलत व्यक्तिहरुलाई उम्मेद्वार चयन गर्न लागेको भन्दै निर्णय नसच्चाईए राजीनामा दिने तथा बागी उम्मेद्वार उठाउने सम्मका धम्की दिएका थिए । तर पत्रकार सम्मेलन गरी धम्की दिएको केही समयपछि नै राती ८ बजेतिर एमाओवादी केन्द्रीय कार्यालयले असन्तुष्ट कार्यकर्ताको माग विपरित नै उम्मेद्वार चयनको निर्णय सार्वजनिक गरेको हो ।
असन्तुष्ट कार्यकर्ताहरुको समुहले बुधबार दिउँसो हरिपुरमा बैठक बसेर पार्टीले उमेद्वारमा चुन्न लागेका व्यक्तिहरुको विरोध गरेको हो । जनयुद्ध कालमा सर्लाहीमा पार्टीको नेतृत्व गरेका र पहिलो संविधान सभा निर्वाचनमा क्षेत्र नं. १ मा निकटतम प्रतिस्पर्धी बनेका लुमणी प्रसाद धिमाल (लोचन) को नेतृत्वमा असन्तुष्ट कार्यकर्ताहरुको भेला भएको थियो । साँझ पत्रकार सम्मेलनमा बोल्दै लोचनले पार्टीले निर्णय नसच्याए ५ सय भन्दा बढी नेता कार्यकर्ताले राजीनामा दिने दावी गरे । पत्रकार सम्मेलनमा ५
२ नं. क्षेत्रका इन्चार्ज अर्जुन पन्त, महिला नेतृ माया बल लगायत दुई दर्जन नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । उनीहरुले उपलब्ध गराएको भेलाको निर्णयमा लोचन, केदार खत्री, रमेश बुढाथोकी (कमल), टिकाबहादुर दर्लामी, भिमबहादुर तामाङ, मेघराज फुयाँल, किशोरी राय, इन्द्र पाठक, किशोरी महतो, ध्रुव ढकाल, फेकु चौधरी, सुनिल बुढाथोकी, इन्द्र योञ्जन लगायत ७२ जना नेता कार्यकर्ताको नाम लेखिएको छ भने ५ सय भन्दा बढी नेता कार्यकर्ताहरुको पार्टी निर्णयप्रति असन्तुष्टि रहेको दावी गरिएको छ ।
‘‘पार्टी केन्द्रले जिल्ला र क्षेत्रका कार्यकर्तालाई समन्वय गर्नुपर्नेमा पुरै वाईपास ग¥यो ।’’ जिल्ला हेडक्वाटर सदस्य एवं राज्य समिति सदस्य समेत रहेका लोचनले भने–‘‘जसले गर्दा कार्यकर्ता अत्यन्त आक्रोशित बनेका छन्, निर्णय सच्चिएन भने विचार र संगठनको रक्षाका लागि असन्तुष्ट कार्यकर्ताहरुले छुट्टै उम्मेद्वार खडा गर्ने तयारी गरेका छन् ।’’
जनयुद्धकालदेखि माओवादीमा सकृय एवं हाल एमाओवादी क्षेत्र नं. ३ की इन्चार्ज तथा क्रान्तिकारी महिला संघकी अध्यक्ष माया बलले पार्टीलाई ठेकेदार, सामन्ती जस्ता पैसावालाले चलाउन लागेको भन्दै आफूहरुको तर्फबाट बागी उम्मेद्वार खडा हुने दावी गरिन् । ‘‘एउटा पनि गाउँ कमिटी पक्षमा नभएकालाई र जनयुद्ध कालमा पुलिस प्रशासन लगाएर कार्यकर्ता मार्न लगाउनेलाई नै उम्मेद्वार बनाईएको छ ।’’ उनको आरोप थियो–‘‘जिल्ला नेतृत्वले पार्टी बेचेर खाए ।’’ १० वर्षे जनयुद्धदेखि हालसम्म निरन्तर पार्टीमा योगदान पु¥याइरहेका नेता कार्यकर्तालाई पाखा लगाएर एक दिनअघि पार्टी प्रवेश गरेका व्यक्तिलाई उम्मेद्वार बनाईएको भन्दै वलले आक्रोश व्यक्त गरिन् । वलका अनुसार पार्टीले उठाएका उम्मेद्वारहरु विरुद्ध क्षेत्र नं. १ मा लुमणी धिमाल (लोचन), २ मा सुनिल बुढाथोकी र ३ मा केदार खत्रीलाई बागी खडा गरिने छ भने ४, ५ र ६ मा पनि विहिबार विहानसम्म टुंगो लगाईने छ ।
क्षेत्र नम्बर १, २ र ३ मा पार्टीले तय गरेका उम्मेद्वारप्रति उनीहरुले तिब्र आपत्ति जनाएका हुन् । क्षेत्र नं. १ मा कांग्रेस छाडेर मंगलवार मात्र प्रवेश गरेका शम्भुलाल श्रेष्ठलाई टिकट दिएको, २ मा क्षेत्र बाहिरका राजकुमार रायलाई दिएको र ३ मा पार्टीका लागि कुनै योगदान नदिएका र विसुद्ध ठेकेदारी पेशामा क्रियाशिल व्यक्ति भरत थापालाई टिकट दिएको भन्दै भेलामा तीव्र आलोचना भएको थियो । क्षेत्र नं. १ का उमेद्वार श्रेष्ठलाई जनयुद्धकालमा पार्टीले कारबाहीको सूचीमा राखेको थियो । कांग्रेसको महासमिति सदस्य समेत रहेका श्रेष्ठ पार्टीले टिकट नदिएपछि मंगलबार मात्र प्रचण्डको हातबाट टिका लगाएर माओवादी प्रवेश गरेका थिए । ‘‘जनयुद्ध कालमा मेरै नेतृत्वमा पार्टीले कार्वाही गरेको र पार्टीका कार्यकर्तालाई मार्न प्रहरी प्रशासन लगाउने व्यक्तिलाई उम्मेद्वार बनाइएको छ ।’’ पार्टीले टिकट दिएका श्रेष्ठप्रति इंगित गर्दै लोचनले भने–‘‘पार्टी नेतृत्वको यस्ता क्रियाकलापले पार्टीप्रति निष्ठावान एवं इमान्दार कार्यकर्ताहरुको धैर्यको बाँध टुटेको छ ।’’ त्यस्तै ५ नं. क्षेत्रमा पर्ने सलेमपुर घर भएका रायलाई २ नं. को उम्मेद्वार बनाईएकोमा आपत्ती जनाईएको हो ।
केन्द्रले जिल्ला र क्षेत्रसँग कुनै समन्वय नगरी एकतर्फी ढंगले उम्मेद्वार खडा गरेर कमिटी प्रणालीको औचित्य समाप्त गरेको लोचनले बताए । जसका कारण असन्तुष्ट बनेका ५ सय भन्दा बढी कार्यकर्ताहरुले बागी उम्मेद्वार नै खडा गर्ने तयारी गरिसकेको लोचनको दावी थियो । ‘‘क्षेत्र नं. १ मा मलाई नै उठ्नुपर्छ भनेर दवाव दिईरहेका छन् ।’’ बुधबार राती सर्लाही दैनिकसँग उनले भने–‘‘माथिल्लो स्तरका नेताहरुसँग समन्वयको प्रयास गरिरहेको छु, भोली विहानसम्ममा पार्टीको निर्णय नसच्चिए असन्तुष्ट नेता कार्यकर्ताहरुले बागी उम्मेद्वार खडा गर्ने निश्चित छ ।’’
यसबारे थप बुझ्न पत्रकार सम्मेलनमा नाम उल्लेख भएका केही अन्य नेता कार्यकर्ताहरुसँग बुधबार राती ११ बजेसम्म सम्पर्क प्रयास गरिएपनि हुन सकेन । कमल बुढाथोकीको स्वीचअफ रहेको थियो भने केदार खत्रीको फोन उठेन । अन्य केही कार्यकर्ताहरुको पनि फोनमा सम्पर्क हुन सकेन ।
जिल्ला इन्चार्ज अच्युतम काÇलेले कार्यकर्ता भएपछि पार्टीको आदेश मान्नुपर्ने बताए । ‘‘यस्तो वेलामा साथिहरु तरंगीत हुनुलाई म स्वभाविक मान्दछु ।’’ बुधबार राती उनले भने–‘‘निर्णय प्रकृयामा चित्त नबुझे पार्टी भित्रै छलफल गर्नुपर्छ ।’’ चित्त नबुझेका कुरामा पार्टी भित्रै अन्तरसंघर्ष गर्ने, मतभिन्नता राख्ने अधिकार रहेको उल्लेख गर्दै जिल्ला इन्चार्ज काÇलेले बाहिर गएर पार्टी निर्णय विपरित बोल्नु गलत भएको बताए । हरिपुर भेलामा उपस्थित भनेर दावी गरिएका कतिपय नेता कार्यकर्तासँग आफुले सम्पर्क गर्दा त्यस्तो केही कुरा नआएको समेत उनले दावी गरे ।
No comments:
Post a Comment