Thursday, October 3, 2013

नक्कली परीक्षार्थी पक्राउ

नक्कली परीक्षार्थी पक्राउ
सर्लाही समाचारदाता
मलंगवा, असोज १७ । अर्काको नाममा परिक्षा दिईरहेका नक्कली परिक्षार्थीलाई विहिबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वी नारायण ओलीका अनुसार मलंगवा नगरपालिका-९ का २२ वषिर्य मुकेश गुप्तालाई पक्राउ गरिएको हो । सर्लाही क्याम्पस मलंगवामा विहिबार भईरहेको व्यवस्थापन संकायतर्फ स्नातक प्रथम वर्षको अंग्रेजी विषयको परीक्षामा कनककुमार झाको नाममा परीक्षा दिईरहेको अवस्थामा गुप्तालाई पक्राउ गरिएको प्रहरी निरीक्षक ओलीले बताए । उनले झाको प्रवेश पत्रमा आÇनो फोटो टाासेर परीक्षामा सहभागि बनेका थिए । उनलाई परिक्षाको मर्यादा भंग गरेको आरोपमा कार्वाही प्रकृया अगाडी बढाईने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment