Monday, October 7, 2013

तस्करी सामग्री पक्राउ

तस्करी सामग्री पक्राउ
सर्लाही समाचारदाता
मलंगवा, असोज २० । नजिकिदो चाडवाडसँगै जिल्लामा भारतीय बजारबाट अबैद्य रुपमा सामग्री भित्रने कमिले तिब्रता पाएको छ । महान चाड विजया दशमी, शुभ दिपावली, छठपर्व एवं बकरइदको अवसरमा उपभोक्ताले अत्याधिक सामग्री खरिद गर्ने भएकाले तस्कर व्यापारीले भंसार राजश्व छलेर व्यापक रुपमा सामग्री नेपाल ल्याउने क्रम बढेको छ ।
आइतबार सोहि योजना अन्तर्गत सामग्री ल्याउने क्रममा सिमा सुरक्षा कार्यालयका मोबाइल टोलीले भेल्हीबाट ४५ हजार रुपैया बराबरको कपडा पक्राउ गरेको हो । सिमा सुरक्षा कार्यालय मलंगवाका सशस्त्र नायब उपरीक्षक भरत बस्नेतका अनुसार त्रिभुवननगर नाकाबाट भित्र्याइएको कुर्ता सुरुवाल तथा तन्ना लगायत कपडा भेल्हीबाट पक्राउ गरी भंसार कार्यालय बुझाइएको छ ।
साईकलमा ल्याउदै गरेको अवस्थामा कपडा नेपाल भित्र्याउने तस्कर प्रहरी देख्ने वित्तिकै सामग्री छोडेर भागेको नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

No comments:

Post a Comment