Monday, October 7, 2013

बारुण यन्त्र बन्यो

बारुण यन्त्र बन्यो
सर्लाही समााचारदाता
मलंगवा्, असोज २० । झण्डै दुईवर्ष अघि विग्रीएर थन्केको मलंगवा नगरपालिकाको बारुणयन्त्र पूनः संचालनमा आएको छ ।
पानीतान्ने पम्प लगायतका उपकरण विग्रीएर थन्किएको बारुणयन्त्र मर्मत पछि पुनः संचालनमा आएको मलंगवा नगरपालिका कार्यालयका कार्यकारी अधिकृत रामचरित्र मेहताले जानकारी दिए ।
विरगंज पठाएर मर्मत गरिएको सो बारुण यन्त्रमा तीन लाख रुपैया खर्च भएको उल्लेख गर्दै कार्यकारी अधिकृत मेहताले जिल्ला विकास सकिति र मलंगवा नगरपालिकाको कुल ५ लाख लागतमा बारुणयन्त्र मर्मत गरिएको बताइएको छ ।
बारुणयन्त्र संचालन तथा व्यवस्थापन समितिमा मलंगवा नगरपालिकाका कार्यकारी अधिकृतको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय प्रतिनिधी, जिविस, रेडक्रस, गाविस सचिव हकहित संरक्षण मञ्चका प्रतिनिधी सदस्य छन् ।

No comments:

Post a Comment