सुरक्षा व्यवस्था कडा
सर्लाही समाचारदाता
मलंगवा, असोज २० । आगामी संविधान सभा निर्वाचन लक्षित गर्दै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी दिनेश घिमिरेले बताएका छन् ।
‘‘उम्मेद्वारमा मनोनयन दर्ता गराएका व्यक्तिहरुलाई पनि सामुहिक रुपमा कार्यक्रम राखेर सजग रहन अनुरोध गरिसकेका छौं ।’’ प्रजिअ घिमिरेले भने–‘‘सुरक्षानिकायको सकृयता पनि चुस्त दुरुस्तताका साथ व्यापक बनाईएको छ ।’’ बारामा उम्मेद्वारी मनोनयन गराएका एमाले केन्द्रीय सदस्य महमुद आलममाथि गोली प्रहार भएपछि स्थानीय प्रहरी प्रशासन जिल्ला स्थित उम्मेद्वारी मनोनयनकर्ताहरुको सुरक्षामा बढी सजग बनेको हो । भारतिय क्षेत्रमा सिमा जोडिएका कारण विषेश निगरानी बढाएर सुरक्षा व्यवस्था मिलाईएको स्थानिय प्रहरी प्रशासनले जनाएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले उम्मेद्वारहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको बताईएको छ । प्रहरी अधिकृतहरुलाई नै सकृय रुपमा गस्तीमा खटाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment