समानुपातिकका नाम दिन डराए
सर्लाही समाचारदातामलंगवा, असोज १९ । आसन्न दोश्रो संविधान सभा निर्वाचनका लागि समानुपातिक उम्मेद्वारको रुपमा बन्दसुचीमा परेकाको नामावली दिन जिल्ला स्थित दलका नेताहरु डराएका छन् ।
समानुपातिक तर्फबाट असोज–१८ गते सबै दलहरुबाट उम्मेद्वारको नामावली निर्वाचन आयोगमा दर्ता भएपनि सो नामावली सार्वजनिक गर्न आनाकानी गरिएको छ । राजनैतिक दलहरुले सबैपक्ष, क्षेत्र तह तप्का समेटेर समानुपातिकमा नामावली राखिएको बताइरहेको अवस्थामा नाम सार्वजनिक गर्दा सबै आकांक्षीको नाम नपरेको पाइएमा निर्वाचन प्रभावित पर्ने हुनाले नाम सार्वजनिक गर्न दलहरु नमानेका श्रोतले जनाएको छ । एक नेताले भने –‘समानुपातिकमा ६५ जना समेतको नाम सिफारिस गरी केन्द्रमा पठाईएको छ तर त्यसमा दुईदेखि ५ जनासम्म मात्र बन्द सुचीमा पर्ने हुनाले नाम नपरेका व्यक्ति भाँडिने डरले समानुपातिकको नाम सार्वजनिक नगरिएको हो ।’ जिल्लाबाट समानुपातिकमा परेका उम्मेद्वारहरुको नामावली माग्दा एनेकपा माओवादीका जिल्ला इन्चार्ज अच्युतम काफ्ले, नेपाली कांग्रेसका सभापति लक्ष्मण राय, तमलोपाका जिल्ला अध्यक्र्ष जंगिलाल राय लगायतले आफुलाइ थाहा नभएको बताए । त्यस्तैगरी एमाले जिल्ला सचिव डिल्लीप्रसाद उप्रेतीले समानुपातिक उम्मेद्वारको नाम बताएपनि सो आधिकारीक रुपमा पुष्टि नभएको जनाए ।
पार्टी नेतृत्वले निर्वाचन आयोगमा दर्ता गर्छन भने सो नामावली आयोगले गोप्य राख्ने गर्छ । निर्वाचन पश्चात मत परिणाम अनुपातको आधारमा समानुपातिकमा भएका नामावली लाई समासद् बनाउने प्रकृया रहेको आयोगले जनाएको छ ।
No comments:
Post a Comment