टेलिफोन अवरुद्ध
सर्लाही समाचारदातामलंगवा, असोज १९ । जिल्लामा सुरक्षाको अवस्था मजबुद बनाउने समयमा दुरसंचार भने अवरुद्ध भएको छ ।
शनिबार मलंगवाका मोबाइल तथा टेलिफोनहरु अवरुद्ध भएपछि आम सर्वसाधारणहरु साथै संचारकर्मी तथा नेपाल प्रहरी समेत समस्या परेका थिए ।
टेलिफोन तथा मोबाईलबाट जिल्ला भित्र र बाहिर सम्पर्क गर्न खोज्दा पहिलो त घण्टी नै नजाने, बल्ल तल्ल घण्टी गएपनि आवाज नसुनिने समस्या भएको स्थानीय जगरनाथ सिंह बालकले बताए । नजिकिदो चाडवाड तथा संविधान सभा–२ को उम्मेद्वार मनोनयन सँगै जिल्लामा सुरक्षाको अवस्था मजबुद गरिने स्थानीय प्रशासनको आश्वासन भएपनि संचार सुविधा नभएपछि जिल्लामा समन्वय तथा सम्पर्क हुन नसकेको बताइएको छ । टेलिफोन तथा मोबाइल अवरुद्ध भएपछि शनिबार राती सर्लाही दैनिकले समेत समाचार पुष्टिका लागि सम्बन्धित निकायमा सम्पर्क गर्ने कार्य विफल भयो । मोबाईल लगायत संचार सुविधा सबैको हातहातमा पुगिसकेको २१औं शताब्दीको यो समयमा संचारमा भएको गडबडीले १६औं शताब्दीको झल्को दिएको छ ।
No comments:
Post a Comment