विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो
सर्लाही समाचारदाता
सागरनाथ, असोज १९ । सागरनाथ मावि भक्तिपुरमा अध्ययनरत विद्यार्थीहरुले हालसम्म पनि पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् ।
सो विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुले अहिले सम्म सम्पुर्ण पुस्तक नपाएको गुनासो गरेका हुन् । शैक्षिक सत्र शुरु भएको साँढे ६ महिना वितिसक्दा पनि सम्पुर्ण पुस्तक नपाउँदा पठनपाठन गर्न निकै समस्या भैरहेको विद्यार्थीहरुको भनाई छ । आफुहरुले अहिले सम्म लेखा, जनसंख्या, र ऐच्छिक गणित विषयको पुस्तक नपाएको उनीहरुको गुनासो छ । कक्षा ९ मा ७० जना विधार्थीहरु अध्ययनरत छन् । पुस्तक नहुँदा अहिलेसम्म विषय वस्तु राम्रोसँग पढन नपाएको विद्यार्थीहरुले बताएका छन् ।
यता यस विषयमा विद्यालयका प्रधानाध्यापक महेन्द्र यादवले भने साझा प्रकाशनलाई पुस्तक पठाउनको लागि बिल काटेर पठाएको भएपनि अहिले सम्म पुस्तकहरु नपठाएको बताए । पुस्तक अब केहि दिन भित्रमा आउने उनको दावी छ । कक्षा ८ सम्ममात्र अनुमती भएपनि ९ र १० कक्षा सञ्चालन गरेकाले पाठ्यपुस्तकको समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।
यसैबीच रानीगन्ज गाविस–४ स्थित कालिन्जोर माविले बुधबार आÇना विद्यार्थीहरुलाई छात्रावृति वितरण गरेको छ । विद्यालयका प्रधानाध्यापक दुर्गानन्द झाको रोहवरमा विधालयका दलित, जनजाति, जेहेन्दार र छात्रा गरि जम्मा २ सय ५५ जना विद्यार्थीहरुलाई छात्रावृति वितरण गरिएको हो । छात्रावृति स्वरुप विद्यार्थीहरुलाई विद्यालय पोषाक वितरण गरिएको विद्यालयले जनाएको छ ।
No comments:
Post a Comment