सर्लाही समाचारदाता
हरिवन, असोज २० । हरिवनमा भईरहेको प्रथम हरिवन गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा सिम्रिक सरस्वती युवा क्ल्ब काठमाण्डौले एएफसी नारायणघाटलाई ३–१ गोलले पराजीत गरेको छ ।
जर्सी नं. २२ का धिरज श्रेष्ठले खेल सुरु भएको ८ मिनेटमै गोल गरेर सरस्वतीलाई अग्रता दिलाएका थिए । सरस्वतीकै जर्सी नं. ३ का गणेश विकले २७औं मिनेटमा १ गोल थपेपछि नारायणघाट २ गोलले पछि परेको थियो । ३९औं मिनेटमा जर्सी नं. ७ का कृष्ण श्रेष्ठले १ गोल गर्दै नारायणघाटलाई बराबरीतर्फ लम्काएपनि थप गोलले निरन्तरता पाएन ।
खेलको ५७औं मिनेटमा नारयाणघाटका गोलकिपरले डिबक्स लाईन भित्र बल दौडाउदै गरेका सरस्वतीका खेलाडीलाई फल खेलेपछि रेफ्रिले सरस्वतीलाई पेनाल्टी सुटआउटको मौका दिए । ३३ नम्बर जर्सीका अफ्रिकियन मुलका इब्राइमले पेनाल्टी अवसरलाई गोलमा परिणत गरी सरस्वतीको जीत सुनिश्चित गरे ।
खेलमा फर्कने निरन्तर प्रयास गरेपनि अग्रपंक्तीका खेलाडीहरुको तालमेल अभावमा नारायणघाट सरस्वतीसँग निरिह बन्न पुगेको थियो । सरस्वतीका प्ले मेकर इब्राइम म्यान अफ दि म्याच घोषित भए । सरस्वतीले ए डिभिजन लिग खेल्ने नेपाली खेलाडी सहित दुईजना अफ्रिकियन मुलका खेलाडीलाई उतारेको थियो भने नारायणघाटले पनि ए डिभिजन लिग एवं उमेर समुहमा राष्ट्रिय खेलाडीहरुलाई आÇनो तर्फबाट प्रस्तुत गरेको थियो ।
सोमबारदेखि प्रतियोगिता सेमिफाईनल चरणमा प्रवेश गरेको छ । सोमबार हुने पहिलो सेमिफाईनल खेल आजैको विजेता सिम्रीक सरस्वती युवा क्लब काठमाण्डौ र ब्वाईज युनियन क्लब काठमाण्डौबीच हुनेछ । दुवै टिम ए डिभिजन लिख खेल्ने क्बल रहेको आयोजकले दावी गरेका छन् ।
यसअघि खेल हेर्ने दर्शकहरुलाई टिकटको ३० रुपैया लिदै आइएकोमा सेमिफाइनल चरणबाट भने टिकद दर ५० पु¥याईएको प्रतियोगिताको आयोजक न्यु हरिवन युवा क्लबका अध्यक्ष निरोज कार्कीले बताए ।
No comments:
Post a Comment