Saturday, October 5, 2013

म्यादीमा चौथाई मात्र

म्यादीमा चौथाई मात्र
सर्लाही समाचारदाता
मलंगवा, असोज १९ । आसन्न संविधान सभा निर्वाचन भाग–२ का लागि आव्हान गरिएको म्यादी प्रहरीमा आवेदन दर्ता गराइएमा उम्मेद्वार मध्ये एक चौथाई मात्र छनौट भएका बताइएको छ । श्रोतका अनुसार दैनिक एकहजार जना (दर्ताको आधारमा) को छनौटमा दुईसय ५० जना उम्मेद्वारहरु छनौट भएका छन् ।
श्रोत अगाडी भन्छ –‘दैनिक क्रमशः एकहजारसम्मको दर्ता अनुसार छनौट कार्यगर्दा ५० प्रतिशत (५ सय) मात्र उपस्थित हुने र त्यस मध्ये पनि ५० प्रतिशत (दुईसय ५०) मात्र छनौटका लागि योग्य छन् ।’ छनौट प्रकृयामा सहभागि महिलाहरु भने सबै छनौट भएका बताइएको छ ।
हालसम्म तीनहजारसम्मको दर्ता नम्बरका छनौट प्रकृयामा लगभग सातसय ५० जना उम्मेद्वार म्यादी प्रहरीका लागि छनौट भएका र छनौटमा ३० जना महिला रहेका छन् ।
जिल्लाका लागि चाहिने एकहजार चारसय ७५ जना म्यादीका लागि पाँचहजार एकसय भन्दा बढीको दरखास्त दर्ता भएको थियो । जनकपुरमा जारी छनौट कार्य सोमबार साँझसम्म सकिने छनौट समितिले जनाएको छ ।

No comments:

Post a Comment