मूर्ति बनाएर लाखौं आम्दानी गर्छन् पण्डित
| मलंगवाको जिविस चोकमा भगवतीको मुर्ति बनाउँदै पण्डित (दायाँ) |
मलंगवा, असोज १८ । भारतको सितामाढी जिल्ला स्थित भुतही निवासी सुरेश पण्डितले विभिन्न चाड पर्वमा प्रयोग हुने देवी देवताका मूर्ति बताएरै लाखौं आम्दानी गरिरहेका छन् ।
‘‘वर्षमा २ लाख भारु सम्म कमाएको छु ।’’ पण्डितले सर्लाही दैनिकसँग भने–‘‘मूर्ति बनाउनै सर्लाहीको सदरमुकाम मलंगवा मात्र हैन इश्वरपुर, हरिवन, त्रिभुभवननगर लगायत ठाउँहरुमा पनि गएको छु ।’’ चाडपर्व अनुसार स्थानीय बासिन्दाले बनाउने मण्डपमा राखिने विभिन्न देवी देवताका मूर्तिहरु बनाउँछन्, ४५ वर्षिय पण्डित । ‘‘विश्वकर्मा बाबा, देवी दुर्गा भगवती, गणेश भगवान, आनन्द भगवान, सलेश भगवान, ५२ अवतार लगायतको मूर्तिहरु बनाउछु ।’’ गत साता सदरमुकाम मलंगवा स्थित जिविस चोकमा र्दुर्गा पूजाका लागि मूर्ति बनाईरहेका पण्डितले भने–‘‘३० वर्षदेखि यस्तो काम गर्दै आईरहेको छु ।’’
जिविस चोकमा बनाएको दुर्गा मण्डपका मूर्ति बनाउन २५ हजार भारु लिएको उनले बताए । नगरपालिका चोक स्थित मन्दिरभित्र बनाएको देवीका मूर्तिहरुको भने २२ हजार भारु लिएको उनले बताए । ‘‘पहिला नगरपालिका चोकको मन्दिरबालाले बोलाएर बनाउन लगाएकाले त्यहाँ सस्तो भयो ।’’ जिविस चोकको मण्डपमा मूर्ति बनाउदै गरेका उनले भने–‘‘भ्याउँदिन भन्दा पनि आग्रह गरेपछि अन्तैको कामा छोडेर पनि जिविस चोकमा बनाएन थालेकाले यहाँ केही महंगो लिएँ ।’’ दुर्गा मण्डपमा देवी भगवती लगायत विभिन्न ७–८ वटा मूर्तिहरु बनाईने उनले बताए । पण्डितका अनुसार उक्त मूर्तिहरु बनाउन एकसाता लाग्ने छ ।
मूर्ति बनाउने काममा उनलाई सितामाढी दिघ्घीकै सुनील पण्डितले सहयोग गरिरहेका छन्, ७ वर्षदेखि । ‘‘एक्लैले काम गर्न गाह्रो हुन्छ ।’’ उनले भने–‘‘त्यसैले उसलाई (सुनिलतिर ईंगित गर्दै) पनि काममा सहयोग गर्न सँगै हिडाउँछु ।’’ यसवर्षको दुर्गा पूजाका लागि मात्र उनले सदरमुकाम मलंगवाका जिविस चोक, नगरपालिका चोक स्थित मन्दिरका अलावा सर्लाहीकै त्रिभुवननगर र आÇनै गाउँ सोनवर्षामा मूर्तिहरु बनाउने भएका छन् । विश्वकर्मा पूजा, गणेश पूजा लगायत पर्वमा पनि विभिन्न स्थानमा मूर्ति बनाएको उनले बताए ।
मूर्ति बनाएर उनले बाबु–आमा सहित १ श्रीमति र ३ सन्तान रहेको परिवारको जीविका चलाईरहेका छन् । ‘‘फुर्सदको समयमा घरमै माटोका भाँडाहरु पनि बनाउँछु ।’’ उनले भने–‘‘मूर्ति बनाउने काम त सिजन र चाडबाड अनुसार मात्र हुन्छ ।’’ सुत्रीको डोरी, माटो, पराल, बाँसको सहयोगमा पण्डितले बनाउने कलात्मक मूर्तिहरु रंगाएपछि भने धपधपी बलिरहेका जस्ता देखिन्छन् ।
No comments:
Post a Comment