उम्मेद्वार सुरक्षामा छलफल
सर्लाही समाचारदातामलंगवा, असोज १८ । आसन्न संविधान सभा निर्वाचन भाग–२ को निर्वाचन आचार संहिता तथा उम्मेद्वारका सुरक्षा बारे शुक्रबार जिल्ला प्रशासन कार्यालयमा छलफल भएको छ ।
विहीबार मनोनयन पत्र दर्ता गराएका उम्मेद्वार, निर्वाचन अधिकृत र सुरक्षा निकाय विच छलफल भई निर्वाचन आचार संहिता र सुरक्षाको रणनीति बारे तय भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेले उम्मेद्वारलाई कही कतैबाट धम्की आएको सूचना आफुलाई आए तुरुन्त सुरक्षा प्रदान गरिने जानकारी दिएका थिए । निर्वाचन सम्बन्धि गतिविधी सबै उम्मेद्वारलाई जानकारी गराउने उल्लेख गरिएको सो कार्यक्रममा उपस्थित उम्मेद्वारहरुलाई प्रजिअ घिमिरेले वडा दशैंको शुभकामना समेत दिएका थिए । विहीबार मनोनय पत्र दर्ता भए अनुसार जिल्लाका छवटै क्षेत्रमा ९३ स्वतन्त्र, १८ महिला सहित कुल २ सय ६४ जना संविधान सभा २०७० का उम्मेद्वार रहेका छन् । मुख्य निर्वाचन अधिकृत सहित छवटै क्षेत्रका निर्वाचन अधिकृत, सुरक्षा निकाय प्रमुख लगायतका उम्मेद्वारहरुको सहभागिता थियो ।
No comments:
Post a Comment