स्वतन्त्रमा ८६ जनाको मनोनयन
सर्लाही समाचारदातामलंगवा, असोज १८ । आसन्न संविधान सभा निर्वाचन–२ का लागि विहीबार भएको मनोनयनमा ८६ जनाले स्वतन्त्र उम्मेद्वारका रुपमा दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार स्वतन्त्र उम्मेद्वारमा सबैभन्दा बढी क्षेत्र नं. ६ मा २३ जना छन् भने क्षेत्र नं. ५ मा १८ जना रहेका छन् ।
त्यस्तै गरी स्वतन्त्रमा क्षेत्र नं. ३ मा १६, क्षेत्र नं. २ मा १३ तथा क्षेत्र नं. ४ मा ११ र सबैभन्दा कम क्षेत्र नम्बर १ मा ५ जना रहेका छन् ।
कुल २ सय ६४ जना उम्मेद्वार मनोनयन गरिएकाहरुमा २१ जना महिला रहेका छन् ।
क्षेत्र नं. १ र ३ बाट ६÷६ जना छन भने क्षेत्र नं. ६ बाट चार जना, क्षेत्र नं. २ र ५ बाट दुई÷दुई जना छन् ।
क्षेत्र नं. ४ बाट एकजना मात्र महिला उम्मेद्वारको मनोनयन पत्र दर्ता भएको जिल्ला निर्वाचन कार्याल्यका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
No comments:
Post a Comment