सर्लाहीमा ५३ वटा दलबाट उम्मेद्वारी मनोनयन
सर्लाही समाचारदातामलंगवा, असोज १९ । आसन्न संविधान सभा निर्वाचन–२ का लागि सर्लाहीमा ५३ वटा राजनैतिक दलबाट उम्मेद्वारहरुले मनोनयन गराएका छन् । पार्टी कार्यालय स्थापना एवं नेता कार्यकर्ताहरुको सकृयतालाई आधार मान्ने हो भने अन्य समयमा दुई दर्जन हाराहारीमा मात्र राजनैतिक दलहरु सर्लाहीमा क्रियाशिल भएपनि निर्वाचनको वेला दुईगुणा बढी दलहरु प्रकट भएका छन् ।
उम्मेद्वारको मनोनयन दर्ता गराउनेहरुमा एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, मधेशी जन अधिकार फोरम नेपाल, मधेशी जन अधिकार फोरम नेपाल लोकतान्त्रिक, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश सद्भावना पार्टी नेपाल, सद्भावना पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, संघीय समाजवादी पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, मधेश तराई फोरम, नेपाल मजदुर किसान पार्टी, संघीय सद्भावना पार्टी, नेकपा माले रहेका छन् ।
त्यस्तै जनजागरण पार्टी नेपाल, तामाङ्सालिन राष्ट्रिय जनएकता पार्टी, राष्ट्रिय जनमोर्चा, चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल, दलित जनजाती पार्टी, चुरे भावर राष्ट्रिय पार्टी, राष्ट्रिय चुरेभावर पार्टी, नेपाल सद्भावना पार्टी सरिताले पनि मनोनयन गराएका छन् । त्यसैगरी मातृभुमीनेपाल दल, राष्ट्रिय जनमुक्ती पार्टी, जन यूनिटी को–अपरेटीभ पार्टी नेपाल, ने.क.पा., संघीय गणतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल परिवार दल, अखण्ड नेपाल पार्टी, रा.म. बहुजन समाजवादी पार्टी, जनता पार्टी नेपाल, सहकारी पार्टी नेपालले पनि उम्मेद्वारको मनोनयन गराएका छन् ।
त्यस्तै सोसल रिपब्लिकन पार्टी, नेपाल राष्ट्रिय विकास पार्टी, राष्ट्रिय जनता दल, राष्ट्रिय शिवसेना पार्टी, राष्ट्रिय जनविकास पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी), नेकपा संयुक्त, चुरे भावर लोकतान्त्रिक पार्टी, हिन्दु प्रजातान्त्रिक पार्टी नेपाल, राष्ट्रिय जनता दल नेपाल, शिवसेना नेपाल, जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स, तराई मधेश पहाड हिमाल एकता पार्टी, गरिब एकता समाज पार्टी नेपाल, समाजवादी जनता पार्टी, राष्ट्रिय स्वाभिमान पार्टी, राष्ट्रिय एकता पार्टी, जन प्रजातान्त्रिक पार्टी लगायत पार्टीले पनि आÇनोतर्फबाट उम्मेद्वारको मनोनयन दर्ता गराएका छन् । यि दलहरु मध्ये केही दलले ६ वटै क्षेत्रमा मनोनयन गराएका छन् भने अधिकांशले १ देखि ३ वटा क्षेत्रमा उम्मेद्वारको मनोनयन गरेका छन् ।
८६ जना स्वतन्त्र गरी जम्मा २ सय ६४ जनाले गत विहिबार उम्मेद्वारीका लागि मनोनयन पत्र दर्ता गराएका छन् । महिलाहरुमा भने २१ जनाले मनोनय गराएका छन् । जसमा १६ जना विभिन्न राजनैतिक दल बाट तथा ५ जना स्वतन्त्र रुपले मनोनयन गराएका हुन् ।
No comments:
Post a Comment