Monday, October 7, 2013

टेलिकमले छुटको घोषणा ग¥यो

टेलिकमले छुटको घोषणा ग¥यो
सर्लाही समाचारदाता
मलंगवा, असोज २० । नेपाल टेलिकमले विजया दशमी लगायत मुख्य चाडपर्वको उपलक्ष्यमा आÇना सेवाहरुमा छुट घोषणा गरेको        छ ।
घोषणा अनुसार असोज २४ देखि कात्तिक १ सम्म र कात्तिक १६ देखि २३ सम्म जिएसएम र सिडिएमएमार्फत टेलिकम नेटवर्कमा हुने एसएमएसमा आधा छुट हुने भएको छ । त्यसैगरी पिएसटिएन सि–फोनका ग्राहकलाई न्यूनतम महसुल दुई सय रुपैयाँमा दुई सय कल निःशुल्क उपलब्ध गराउने टेलिकमले जनाएको छ । यसअघि सो महसुलमा ग्राहकले १ सय ७५ कल निःशुल्क पाउँथे ।
त्यसैगरी जिएसएम र सिडिएमए प्रिपेड तथा पोस्टपेड मोबाइलको महसुलमा असोज २४ देखि कात्तिक १ सम्म र कात्तिक १६ देखि २३ गतेसम्म १० प्रतिशत छुट दिनेछ । असोज १८ देखि कात्तिक १ गतेसम्म एडिएसलको समय सकिने ग्राहकको हकमा कात्तिक ३ गतेसम्म समय बढाइएको छ ।
पिएसटिएन, सिडिएमए, प्रिपेड, पोस्टपेड, फिक्स्ड तथा भिस्याटबाट हुने अन्तरदेशीय कल महसुलमा असोज २४ देखि कात्तिक १ सम्म र कात्तिक १६ देखि २३ सम्म १० प्रतिशत छुट दिइनेछ । छुटपछि उक्त सेवाको महसुल दर प्रतिमिनेट ९० पैसा हुनेछ ।
सिडिएमए इभिडिओ, पिडिएसएन सेवाका ग्राहकलाई असोज १९ देखि कात्तिक १ सम्म र कात्तिक १६ देखि २३ सम्म विद्यमान महसुल दर ५० पैसा प्रति मेगाबाइटमा २० प्रतिशत छुट दिइएको छ । सिडिएमए प्रिपेड र पोस्टपेडका ग्राहकले असोज २४ देखि कात्तिक १ र कात्तिक १६ देखि २३ सम्म टेलिकमकै नेटवर्कमा फोन गर्दा खर्च भएको रकमको आधारमा बोनस पाउनेछन् ।
कम्पनीले १० रुपैयाँसम्म खर्च गर्नेलाई १ रुपैयाँ ११ देखि २० रुपैयाँसम्म खर्च गर्नेलाई २ रुपैयाँ, २१ देखि ३० सम्म खर्च गर्नेलाई तीन रुपैयाँ र ३० रुपैयाँभन्दा माथि खर्च गर्नेलाई ५ रुपैयाँका दरले बोनस दिनेछ । दसैंका बेला दैनिक खर्चको आधारमा पाइने बोनसको समय कात्तिक ८ सम्म र तिहार तथा छठपर्वको बेला पाइने बोनसको अवधि कात्तिक ३० सम्म कायम रहने बताईएको छ । बोनस रकमबाट कम्पनीकै नेटवर्कभित्र कल गर्न पाइन्छ ।
असोज २० देखि २४ सम्म वाइम्याक्स सेवाको कुनै पनि प्याकेज एकमुष्ट तीन महिनाको लागि खरिद गर्दा ५० प्रतिशत छुट पाइनेछ । असोज २४ देखि कात्तिक २३ सम्म अन्तर्राष्ट्रिय सेवा प्रदायकको नेटवर्कबाट कम्पनीको नेटवर्कमा टर्मिनेट हुने प्रत्येक अन्तर्राष्ट्रिय आगमन कलबापत प्रतिमिनेट ५० पैसा बोनस १५–१५ दिनमा उपलब्ध गराइने टेलिकमले बताएको छ ।
सेवामा छुटको घोषणा गरेर उपभोक्तालाई आकर्षित गर्ने प्रयास गरेपनि केही दिनदेखि टेलिकमका पिएसटिएन सहित मोबाईल फोन सेवाको गुणस्तर भने ह्वात्तै घटेको छ । मोबाईलमा फोन सम्पर्क गर्दा भरसक लाग्दै नलाग्ने, लागिहाले विचैमा कट्ने, कुरा नबुझिने लगायत समस्या केही दिनदेखि बढदै गएका कारण सर्लाहीका उपभोक्ताहरु मारमा पर्दै आएका छन् । पिएसटिएन सेवामा समेत आवाज नबुझिने समस्या पटक–पटक आईरहेको उपभोक्ताहरुले बताएका छन् ।

No comments:

Post a Comment