नगरपालिकाले सडकका महल भत्काउन सुरु ग¥यो
प्रमुख मेहताको प्रशंसा
| सडक भित्र परेको घर | डोजर प्रयोग गरी भत्काइदै । |
| मलंगवा नगरपालिका प्रमुख रामचरित्र मेहता । |
सर्लाही समाचारदाता
मलंगवा, असोज १८ । मलंगवा नगरपालिका कार्यालयले नगर क्षेत्रभित्रका सडक अतिक्रमण गरेर बनाईएका घरहरु भत्काउन सुरु गरको छ । शुक्रबार सडकको क्षेत्र भित्र परेको आÇनै कार्यालय भवन भत्काउन सुरु गरेर नगरपालिका कार्यालयले अतिक्रमण खाली गर्ने काम सुरु गरेको हो । सडक अतिक्रमण गरेर वर्षौंदेखि ठडिईरहेका महलहरु भत्काउने काम सुरु भएपछि नगरबासीहरुले ‘नरकपालिका’ को रुपमा परिचय बोकेको मलंगवा वास्तवीक नगरपालिका बन्नेतर्फ उन्मुख भएको आभास गरेका छन् । अतिक्रमण खाली गराउने काम सुरु गर्दा थेग्नै नसक्ने दवाव आएपनि आफू आँट गरेर अगाडी बढेको मलंगवा नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहताले बताए । ‘‘अतिक्रमण खाली गराउने कार्यको थेग्नै नसक्ने गरी फोनबाट तथा स्वयं उपस्थित भएर दवाव आयो ।’’ मेहताले सर्लाही दैनिकसँग शुक्रबार भने–‘‘तर मैले उनीहरुलाई ‘विकास चाहिदैन भन्नुहुन्छ भने मेरो सरुवाको लेटर ल्याईदिनोस्, एक मिनेट पनि बस्दिन’ भनेर जवाफ दिएँ ।’’
नगरपालिका कार्यालयले नगर क्षेत्रमा पक्की नाला सहितको ढल निर्माण कार्यका लागि डोजर लगाएर सडकको अतिक्रमण खाली गराउन सुरु गरेको हो । सडकको चौडाई १० मिटर पार्ने क्रममा उक्त क्षेत्रभित्र परेका घर समेत भत्काईएको प्रमुख मेहताले बताए । अतिक्रमण खाली गराउने क्रममा मलंगवा नगरपालिका कार्यालयका इन्जिनियर राजकपुर महतोको कार्यकक्ष, ग्यारेज समेत भत्किएको बताईएको छ ।
नगरपालिका कार्यालयबाट खानेपानी कार्यालयतर्फ आउने सडकमा अतिक्रमण हटाउन सुरु गरिएको हो । शुक्रबार दिनभरमा मलंगवा नगरपालिका–६ का नरेन्द्र श्रेष्ठ, सीता श्रेष्ठ, राधाकिशुन रौनियार,
ओमप्रकाश जयसवाल, कृष्णप्रसाद जयसवाल, बासुदेव जयसवाल, रामलोचन राय, गगनदेव राय, बन्तीलाल राय, लक्ष्मण राय, जयप्रकाश जयसवाल लगायतको घर भत्किएको छ । शुक्रबार विहान ९ बजेदेखि साँझ ५ बजेसम्म अतिक्रमण खाली गराउने काम भएको नगरपालिकाका कर्मचारी राजकुमार अधिकारीले बताए । चार महिनाभन्दा बढी समयदेखि मलंगवा नगरपालिका कार्यालयको प्रमुख सम्हालेर नगरको हितमा मात्र सोचमग्न बन्दै आएको मेहताको सडकको अतिक्रमण खाली गराउने कामको चौतर्फी प्रशंसा सुरु भएको छ । ‘‘नगर प्रमुख मेहताले सुरु गरेको काम अत्यन्त सह्रानीय छ ।’’ मलंगवा नगरबासी समेत रहेका नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले भने–‘‘वर्षौदेखि कसैले आँट गर्न नसकेको काम सुरु भएको छ, जुन विकासका लागि अत्यन्त आवश्यक छ ।’’
पक्की नाला सहितको ढल निर्माण कार्यका लागि नगरपालिका कार्यालयले खानेपानी ट्यांकी चोकबाट नगरपालिका कार्यालयबीचको सडक एवं नगरपालिका कार्यालयहुँदै बालमन्दिर चोकबाट कृष्णादेवी उमावि हृुँदै छेवैको सडकबाट रिङरोडसम्म करिब दुई किलोमिटर सडक आसपासका अतिक्रमण खाली गराउन लागेको हो । सडकलाई १० मिटर फराकिलो पारेर मात्र ढल निर्माण गरिने हुनाले सो क्षेत्रभित्र सडकमा रहेका अतिक्रमण खाली गराउन लागिएको मेहताले बताए । मेहताका अनुसार नाला निर्माण हुने सडक क्षेत्रमा ६५ जनाको घर लगायत विभिन्न सामग्री परेको र उनीहरु सबै सहभागि भेलाबाट निर्णय गराएर भत्काउने कार्य सुरु गरिएको हो । शुक्रबार अतिक्रमित घर भत्काउन सुरु गरिएपछि केही व्यक्तिहरुले राजनीति गरेर विरोधका लागि एकहुल नगरबासी नगरपालिका कार्यालय घेर्न पठाएपनि उनीहरुलाई सम्झाएर फिर्ता पठाएको नगर प्रमुख मेहताले बताए । ‘‘विरोधका लागि उचाल्नेहरुलाई पनि ‘राजनीति गर्ने भए हिजै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी मनोनयन दर्ता गर्नु पथ्र्यो, नगरपालिकामा राजनीति नगर्नोस्’ भनेर फिर्ता पठाएँ ।’’ नगर प्रमुख मेहताले शुक्रबार साँझ सर्लाही दैनिकसँग भने–‘‘मलंगवा नगरपालिकामा म रहुँञ्जेल विकासको मामलामा कदापी राजनीति हुन दिन्न ।’’
गत असोज १५ गते मंगलबारसम्म आफैले खाली नगराए असोज १६ गते बुधबारबाट डोजर लगाएर सडकको अतिक्रमण भत्काईने नगरपालिका कार्यालयले सूचना जारी गरेको थियो । केहीले भने आफैले अतिक्रमण खाली गराएपनि घर नै भत्काउने कार्य भने डोजरले गरेको थियो । हाल भत्काउन सुरु गरिएको सडकमा पक्कि ढल निर्माण कार्य सम्पन्न हुनासाथ अन्य क्षेत्रका सडकमा पनि ढल निर्माणका लागि माथिल्लो निकायबाट आवश्यक बजेटको व्यवस्था गराएर अतिक्रमण भत्काउन सुरु गरिने नगरपालिका प्रमुख मेहताले प्रतिवद्धता जनाए ।
No comments:
Post a Comment