प्रहरी भवन शिलान्यास हुँदै
सर्लाही समाचारदाता
हरिवन, फागुन ०४ । इलाका प्रहरी कार्यालय हरिवनका लागि निर्माण हुने भवनको सोमबार शिलान्यास हुँदैछ ।
प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरे र प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले संयुक्त रुपमा भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख महेश थापाले बताए । सोमबार विहान ९ बजे भवनको शिलान्यास गरिने प्रहरीले जनाएको छ ।
नमूना अस्पताल नजिक रहेको जग्गामा हरिवन प्रहरीका लागि भवन बनाउन सरकारले १ करोड ९७ लाखभन्दा बढी बजेट छुट्टयाएको छ भने भवन निर्माणका लागि ठेक्का समेत स्वीकृत भईसकेको छ । प्रहरी नायव उपरीक्षकको दरबन्दी पर्न सक्ने भएकाले सोही अनुसारका सुरक्षाकर्मीहरु अटाउन सक्ने गरी भवन निर्माण हुन लागेको प्रहरी स्रोतले जनायो ।
No comments:
Post a Comment