Friday, January 31, 2014

उमावि छतौनालाई दुतावासको साँढे ४ करोड

उमावि छतौनालाई दुतावासको साँढे ४ करोड
सर्लाही समाचारदाता
हरिवन, माघ १७ । नेपालका लागि भारतीय दुतावासले सर्लाहीको एक विद्यालयलाई नयाँ भवन निर्माणका लागि करोडौ सहयोग गर्ने भएको छ । यसअघि नै सर्लाहीका आधा दर्जन हाराहारी विद्यालयमा भवन निर्माणका लागि सहयोग दिईसकेको दुतावासले उमावि छतौनाको लागि झण्डै साँढे ४ करोड सहयोग गर्ने भएको हो । उक्त विद्यालयको भवन निर्माण कार्यका लागि शुक्रबार जिल्ला विकास समितिको कार्यालयसँग भारतीय दुतावासले लिखित सम्झौता समेत गरेको छ ।
दुतावास अन्तर्गत आर्थिक विभागका काउन्सिलर पियूष श्रीवास्तव र जिल्ला विकास समितिको कार्यालय सर्लाहीका स्थानीय विकास अधिकारी उमेश बस्नेतबीच शुक्रबार सुधा राजेश्वर उमावि छतौनाको विद्यालय भवन निर्माणका लागि सहयोग रकम आदानप्रदान बारे सम्झौता भएको छ । सम्झौता अनुसार दुतावासले विद्यालय भवनका लागि ४ करोड ३४ लाख ३७ हजार रुपैया उपलब्ध गराउने छ ।
१८ कोठे विद्यालय भवन, फर्निचर, शिक्षक–कर्मचारी एवं छात्र र छात्राको छुट्टाछुट्टै सौचालय, खानेपानी, कम्पाउण्ड पर्खाल लगायत निर्माणका लागि दुतावासको सहयोग रकम खर्च हुने स्थानीय विकास अधिकारी बस्नेतले बताए । ‘‘अब विद्यालयको नयाँ भवन निर्माणको प्रकृया चाँडै सुरु गर्छौं ।’’ बस्नेतले सर्लाही दैनिकसँग टेलिफोनमा भने–‘‘मुल्यांकन, लगत इस्टमेट लगायतका कामहरु सकेर भवन निर्माणका लागि टेण्डर आव्हान गर्नेछौं ।’’
निर्माण कार्य जिविसकै मातहतमा हुनेछ । निर्माण कार्य सुरु भएको १५ महिनाभित्र काम सक्ने सम्झौतामा उल्लेख भएको स्थानीय विकास अधिकारी बस्नेतले बताए । सहयोग रकम उपलब्ध गराउने सम्बन्धि सम्झौतामा भारतीय दुतावास काठमाण्डौमा दुतावासका काउन्सिलर श्रीवास्तव र स्थानीय विकास अधिकारी बस्नेतबीच हस्ताक्षर भएको हो ।
दुईपक्षबीच सम्झौतामा हस्ताक्षर हुँदा भर्खरै सम्पन्न संविधान सभामा सर्लाहीको क्षेत्र नं. ६ बाट प्रत्यक्षतर्फ निर्वाचित नेपाली कांग्रेसका सभासद् डा. अमरेशकुमार सिंहको समेत उपस्थिती रहेको थियो । सभासद् डा. सिंहकै पहलमा दुतावासले सो सहयोग उपलब्ध गराएको बताईएको छ । उमावि छतौना क्षेत्र नं. ६ अन्तर्गत नै पर्दछ ।

विद्यार्थीले शिक्षकलाई सम्मान गरे

विद्यार्थीले शिक्षकलाई सम्मान गरे
सर्लाही समाचारदाता
हरिवन, माघ १७ । महादेव जनता उमावि हरिवनका विद्यार्थीहरुले शिक्षकलाई सम्मान गरेका छन् ।
सो विद्यालयबाट २०५७ सालमा एसएलसी दिएर बाहिरिएका विद्यार्थीहरुको समूहले आÇना गुरुहरुलाई सम्मान गरेका हुन् । शुक्रबार रौतहटको नुनथरमा आयोजना गरिएको ‘पिक्निक’ कार्यक्रममा विद्यार्थीहरुले शिक्षकलाई सम्मान गरेका थिए ।
आफूहरुलाई जिम्मेवारी अनुसार शिक्षाको ज्योति फैलाउने गुरुवरहरुलाई सम्मान गरिएको विक्रम महतले बताए । महतका अनुसार विभिन्न क्षेत्रमा छरिएर रहेपनि उक्त व्याचका ३५ जना विद्यार्थीहरु जम्मा भएका थिए । विद्यार्थीहरुले शिक्षकहरुलाई खादा पहिरिएर तथा मिष्ठान भोजन गराएर सम्मान अर्पण गरे ।
विद्यालयबाट बाहिरिएको १३ वर्षपछि पनि विद्यार्थीहरुले सामुहिक कार्यक्रम नै राखेर गरिएको सम्मानप्रति शिक्षकहरुले खुशी व्यक्त गरेको महतले बताए । त्यतिखेर अध्यापन गराउने र हाल अवकाश पाईसकेका शिक्षकहरुलाई समेत विद्यार्थीले कार्यक्रममा बोलाएर सम्मान गरेका थिए ।

चिसोले बिरामी बढे

चिसोले बिरामी बढे
सर्लाही समाचारदाता
हरिवन, माघ १७ । केहि दिन अघिदेखी बढेको चिसोका कारण सर्वसाधारणको जनजिवत कष्टकर बनेको छ ।
केहीदिन घाम लागेर राहत महसुस गरेका सर्वसाधारण तीनदिन देखि पूनः चिसो बढेपछि कष्टपूर्ण दैनिकी गुजार्न बाध्य बनेका छन् । जाडो बढेसँगै घर तथा चोक चौराहामा आगो तापेर बस्ने गरेका सर्वसाधारण बाक्लै भेटिन थालेका छन् । जाडो बढेसँगै जिल्लाका स्वास्थ्य संस्थाहरुमा चिसोबाट उत्पन्न हुने बिरामीको चाप समेत बढन् थालेको छ ।
चिसोका कारण बालबालिका र बृद्धबृद्धामा निमोनिया, कोल्ड डाईरिया, रुखाखोकी, टन्सिल लगायतको समस्या देखा परेको चिकित्सकको कथन छ ।  चिसोका कारण दैनिक ५० देखी ५५ जना बिरामी अस्पताल आईरहेका जनाइएको छ ।
अस्पताल आउने विरामीमा अधिकांश वृद्धवृद्धा र पाँच वर्ष मुनिका बालबालिका  रहेका हरिवनका स्वास्थ्यकर्मी श्याम कुशवाहले बताए ।

तमाङ समुदायले ल्होछार मनाए

तमाङ समुदायले ल्होछार मनाए
सर्लाही समाचारदाता
हरिवन, माघ १७ । तमाङ समुदायले आÇनो महान पर्व सोनाम ल्होछार शुक्रबार विविध कार्यक्रम गरेर मनाएका छन् ।
२८५०औं ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ लालबन्दी गाउँ कमिटीले विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । लाबलन्दी गाविस–५ स्थित खेलमैदानमा तामाङ समुदायका विभिन्न झाँकी प्रदर्शन एवं साँस्कृतिक कार्यक्रम गरिएको थियो ।
त्यस्तै भक्तिपुर गाविस–२ मा पनि ल्होछारको अवसरमा सामुहिक भोजन गरिएको
छ । बौद्ध छोईलिङ् गुम्वाको आयोजनामा भएको कार्यक्रममा सर्लाहीको क्षेत्र नम्वर १ बाट बिजयी सभासद सम्भुलाल श्रेष्ठ , एमाले जिल्ला अध्यक्ष मनोट देवकोटा लगायत सहभागी भएका थिए । त्यस्तै ढुंग्रेखोला, घुर्कौली, मुर्तिया, कर्मैया लगायत गाविसहरुमा पनि ल्होछारका अवसरमा शुक्रबार विहान देखि नै राती अवेरसम्म साँस्कृतिक कार्यक्रमहरु गरिएको छ ।
तामाङ समुदायले शुक्रबारबाट सर्प वर्षलाई बिदा गरेर घोडा वर्ष सुरु भएको अवसरमा सोनाम ल्होछार मनाएका हुन् । हरेक वर्ष माघ शुल्क प्रतिपदाका दिन ल्होछार मनाउने गरिन्छ । ल्होछारका दिन तामाङ समुदायले बौद्ध गुम्बा तथा स्तुपामा बौद्ध परम्पराअनुसार पुजापाठ गर्ने र घरघरमा बैद्ध परम्परा अनुसार दज्र्यु फेर्ने गर्दछन् । सो अवसरमा परम्परागत खाना खाप्से र फपरको रोटी लागयतका अन्य मिठा परिकारहरु खाने प्रचलन छ ।
यस अघि गुरुङ समुदायले पुस १५ गते ल्होछार मनाइसकेका छन् भने शेर्पा समुदायले फागुनमा ल्होछार मनाउने गर्छन् ।

भारत लागिएका बालबालिकाको उद्धार

भारत लागिएका बालबालिकाको उद्धार
सर्लाही समाचारदाता
हरिवन, माघ १७ ।  कामकालागि भनेर भारत लागिएका सात बालबालिकालाई प्रहरीले उद्धार गरेको छ । नारायणखोलाको बाटो हुँदै भारत लैजान लालबन्दी ल्याईएका सिन्धुली कल्पवृक्षका ६ जना बालक र एक बालिकालाई प्रहरीले उद्धार गरेको हो ।
अविभावकहरुले नै भातरको गया भन्ने ठाउँमा माग्ने कामका लागी लागेका ८ देखी १२ वर्ष सम्मका बालबालिकालाई प्रहरीले लाबलन्दी बजारबाट उद्धार गरेको हो । चार जना अविभावक सहित उद्धार गरिएको बालबालिकालाई शुक्रवार अविभावकहरुले पुन यस्तो कार्य नगर्ने भनेपछि कागज गरि घर फर्काएको प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापाले जानकारी   दिए ।
विपन्न र अशिक्षीत परिवारका अविभावकहरुले भारतमा बच्चा लगेर माग्ने काममा लगाउने व्यक्तिहरु सँग मासिक एक÷दुई हजार लिने गरेको बताएका छन् । उनीहरुले वर्षेनी साना–साना बालबालिका भारतमा माग्ने कामको लागी लाने गरेको समेत स्वीकार गरेका छन् ।
यसअघि पनि भारतको सोही ठाउँमा भिक्षुको भेषमा माग्नको लागी लगिएका एक दर्जन बालबालिका बालसंरक्षण संस्था लालबन्दीले उद्धार अभिभावकको जिम्मा लगाएको थियो । जिल्लाको विकट गाविस नारायणखोला र सिन्धुलीको चुरे क्षेत्रमा पर्ने विभिन्न गाविसबाट भारतमा श्रम गर्न बालबालिका लाने क्रम बढ्दै गएको छ ।

नईन नेत्र प्रतिष्ठनद्वारा पाँचजना सम्मानित

नईन नेत्र प्रतिष्ठनद्वारा पाँचजना सम्मानित
सर्लाही समाचारदाता
कर्मैया, माघ १७ । कर्मैया गाविस–४ हरिहर क्षेत्रमा रहेको नईन नेत्र
प्रतिष्ठानले शुक्रवार समाजमा उत्कृष्ट योगदान पु¥याउने पाँच जनालाई
सम्मान गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष बेनी बहादुर कार्कीले आफ्ना स्वर्गिय
मातापिताको स्मरणमा सम्मान कार्यक्रमको आयोजना गरेका हुन ।
पिता माताको पहिलो र तेस्रो पुण्यतिथीको अवसरमा विभिन्न क्षेत्रमा
योगदान पु¥याउने लाई २ हजार ५ सय नगद सहित प्रशंसा पत्र दिएर
सम्मान गरिएको थियो ।
धार्मिक क्षेत्रमा विशेष योगदान पु¥याउने आत्मनन्द गिरी,
कानुन क्षेत्रमा योगदान पु¥याउने बिनिता कार्की, ईन्जिनियरिङ क्षेत्रमा
योगदान पु¥याउने मिथिलेस मिश्र, विद्यार्थी लालबहादुर खड्का लगायतलाई
सम्मान गरिएको हो । मुडुला कार्की कुलायन व्यवस्थापन समिति
सर्लाहीका अध्यक्ष रामबहादुर कार्कीको प्रमुख आतिथ्यतामा आयोजना
गरिएको कार्यक्रममा निर्मला हमाल, महेश बराल, रमा भट्राई, सत्यदेव
सिंह लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै बक्ताहरुले पछिल्लो समयमा आफ्ना
आमा बुवालाई बुृद्धा आश्रममा लगेर छाड्ने क्रम बढिरहेको अवस्थामा
आमा बुवाको स्मरणमा प्रतिष्ठानले गरेको कार्यक्रमको प्रशंसा गरेका
थिए ।

Thursday, January 30, 2014

उखुका सवारीको अनियमित पार्किङले दुर्घटना

उखुका सवारीको अनियमित पार्किङले दुर्घटना
सर्लाही समाचारदाता
हरिवन, माघ १६ । इन्दु शंकर चिनी उद्योगमा उखु बोकेर आउने सवारी साधनहरु अनियमित रुपमा पार्किङ गरिदा पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको छ । विहिबार उखु बोकेर आएको ट्रयाक्टर र ट्रक पूर्व–पश्चिम राजमार्गमै अव्यवस्थित पार्किङ गरिदा विहिबार विहान ३ बजे सडक दुर्घटना भएको छ । दुर्घटनाबाट ३ जना घाईते भएका छन् ।
पोखराबाट सिन्धुलीतर्फ जाँदै गरेको ना. ३ ख ४७०१ नम्बरको यात्रुबसले ना. ३ ख १०८३ नम्बरको उखु बोकेको ट्रकलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उक्त ट्रक पल्टिएको थियो भने बसमा यात्रारत ३ जना घाईते भएका छन् । राजमार्गमै रोकेर राखेको उखु बोकेको ट्रयाक्टरलाई छलेर अगाडी बढ्न खोज्दा सो बस गलत दिशामा नजिकै रोकेर राखेको उखु नै बोकेको ट्रकमा ठोक्किन पुगेको थियो ।
उखु बोक्ने सवारी साधनले अव्यवस्थित पार्किङ गर्दा सवारी दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीले जनाएको छ । इन्दु शंकर चिनी उद्योगको पार्किङ स्थलमा स्थान अभाव भएपछि उखु बोकेर आएका ट्रक र ट्रयाक्टरले पूर्व–पश्चिम राजमार्गमै ट्राफिक नियम विपरित पार्किङ गरेपछि दुर्घटना निम्तिने गरेको जानकारहरु बताउँछन् ।
ट्राफिक प्रहरी हरिवन पोष्टका इन्चार्ज इन्द्र घिसिङले उखु बोकेर आउने सवारी साधन व्यवसायी एवं मजदुरहरुलाई पटक–पटक सचेत गराउँदा पनि पूर्व–पश्चिम राजमार्गमै नियम विपरित पार्किङ गर्ने प्रचलन नछाड्दा दुर्घटनाको जोखिम बढ्ने लगायत विविध समस्या देखिएको बताए । ‘‘कुनै कारणले केहीबेर उद्योग बन्द हुने वितिकै उखु बोकेर आउने सवारी साधनहरुको लाईन पूर्व–पश्चिम राजमार्गमै आईपुग्दो रहेछ ।’’ उनले भने–‘‘त्यस्तो समयमा नजिकैको सुर्ती विकासको चौरमा पार्किङ गर्ने लगायतमा विकल्प खोजिदा उद्योग र स्थानीयबाट उचित सहयोग नपाउँदा अव्यवस्थित पार्किङको समस्या देखिएको छ ।’’ नियम विपरित राजमार्गमै रोकेर राख्ने ट्रयाक्टरको पछाडीपट्टी टेलरमा स्पष्ट देखिने गरि नम्बर प्लेट तथा ‘लाईट रिफ्लेक्टिङ’ नहुने गरेका कारण पनि र्दुघटना निम्तिने गरेको घिसिङले बताए ।
इन्दु शंकर चिनी उद्योगका महाप्रबन्धक विजयकान्त झाले उखु बोकेका सवारी साधनहरुको पूर्व–पश्चिम राजमार्गमै अव्यवस्थित पार्किङ नहोस् भनेर आफू सचेत रहेको बताए । ‘‘सुरु–सुरुमा उद्योगमा देखिएको प्राविधिक गड्बडीका कारण नियमित उखु क्रसिङ नहुँदा उखु बोकेर आएका सवारी साधनहरुको लाम पूर्व–पश्चिम राजमार्गसम्म पुगेको थियो ।’’ झाले दावी गरे–‘‘तर हाल त्यस्तो समस्या देखिएको   छैन ।’’
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख एवं प्रहरी निरीक्षक कमल खत्रीले नियम विपरित पार्किङ नगर्नका लागि सवारी साधन सम्बद्ध मजदुर एवं व्यवसायीलाई पटक–पटक सचेत गराईएको बताए । ‘‘उखु बोकेर आउने सवारी साधनलाई आÇनो उद्योग परिसरमै पार्किङ गराउनका लागि उचित व्यवस्था मिलाउन समेत इन्दु शंकर चिनी उद्योगलाई पटक–पटक आग्रह गरिरहेका छौं ।’’ ट्राफिक प्रमुख खत्रीले भने–‘‘सचेत गराउँदा गराउँदै पनि पूर्व–पश्चिम राजमार्गमै नियम विपरित पार्किङ गर्नेलाई कानून बमोजिम कडा कार्वाही गर्नेछौं ।’’

धमिराले उखु सखाप

धमिराले उखु सखाप
सर्लाही समाचारदाता
घुर्कौली, माघ १६ । धमिराले खेतमा नै उखु खाएर सखाप पार्न थालेपछि घुर्कौलीका किसानहरु चिन्तित भएका छन् ।
उखु बिक्रीका लागी उद्योगमा लैजाने समयमा धमिराले उखुमा नोक्सानी पु¥याउन थालेपछि त्यस क्षेत्रका किसानहरु चिन्तित भएका हुन् । धमिराले घुर्कौली वडा नम्वर १ र ४ मा लगाईएको करिव ८ बिगाह जमिनको उखुमा क्षती पु¥याएको छ । केहि दिन यता धमिरालेगर्दा उखुको बोटै मर्न थालेको किसानहरुको गुनासो छ । गतकात्तिक देखी नै उखुमा धमिराले सामान्य क्षति पु¥याएको भएपनि अहिले आएर व्यापक मात्रामा धमिरा लाग्न थालेको किसानहरुले बताएका     छन् । किसानहरुले धमिराले उखु बारीमा क्षति पु¥याएको इंन्दु शंकर चिनी उद्योग हरिवनमा जानकारी गराएपछि विहिवार उद्योगका सहायक उखु प्रवन्धक दिवाकर पौडेलको नेतृत्वामा स्थलगत अनुमगन गरिएको छ । अनुगमनका क्रममा आफुहरुले उखु बारीमा निकै क्षती पु¥याएको पाएकाले किसानहरुलाई तत्काल उखु काटेर उद्योगमा बिक्रीका लागी ल्याउन सल्लाह दिएको पौडेलले बताए । लगातार एउटै जग्गामा उखु खेती गरेको र हल्का माटोका कारण धमिरा लागेको हुन सक्ने टोलीले बतायो ।

गाई–गोरु नियन्त्रण

गाई–गोरु नियन्त्रण
सर्लाही समाचारदाता
संग्रामपुर, माघ १६ । भन्सार छलेर भारत लान लागिएको १४ वटा गाईगोरु  सशस्त्र प्रहरीले विहिबार संग्रामपुर नाकाबाट नियन्त्रणमा लिएको छ ।
तस्करीको माध्यमबाट भारत तर्फ लैजान लागिको ७ वटा गोरु र ७ वटा गाई नियन्त्रण्मा लिईएको हो । नियन्त्रणमा लिएको गाई र गोरुहरु १ लाख २० हजार मुल्यांकन गरी भन्सारमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ । गाई र गोरुहरु लाने व्यक्तिहरु भने प्रहरीलाई देख्नासाथ फरार भएको बताइएको छ ।

गाउँ कमिटी पुर्नगठन

गाउँ कमिटी पुर्नगठन
सर्लाही समाचारदाता
अत्रौली, माघ १६ ।  मोहन वैद्य अध्यक्ष रहेको नेकपा माआवादीले अत्रौलीमा गाउँ कमिटी पुर्न गठन गरेको छ । विहिवार भएको पार्टी कार्यकर्ताको भेलाले धनिकलाल महतो नेतृत्वमा ९ सदस्यिय गाउँ कमिटी पुर्न गठन गरिएको हो । कार्यक्रममा नेताहरु जगदेव महतो, रीता मैनाली लगायत अतिथी रहेका थिए ।

सहिद दिवसमा विभिन्न कार्यक्रम सम्पन्न

सहिद दिवसमा विभिन्न कार्यक्रम सम्पन्न
सर्लाही समाचारदाता
हरिवन, माघ १६ । सहिद दिवस विहिवार जिल्लाभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । प्रजातन्त्र र स्वतन्त्रता प्राप्तिका लागि आफ्नो ज्यान बलिदान दिने सहिदहरूको सम्झनागर्दै  दिवस मनाईएको हो ।  दिवसको अवसरमा नेपाली काँगे्रस गाउँ समिति हरिवनको कार्यालयमा ज्ञात अज्ञात सहिदको सम्झनामा मौन घारण गरी दिप प्रज्वलन समेत गरिएको थियो ।  काँगे्रस गाउँ सभापती डोरप्रसाद भट्राईको अध्यक्षतामा  कार्यक्रम गरी सहिदहरुको सम्झना गरिएको थियो ।
कार्यक्रममा कांग्रेसका शम्भु उप्रेती, मो. कमुरुद्धीन, राजेन्द्र भट्टराई, दिलीप राजभण्डारी, बिनोद कार्की लागत मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै काँगे्रस गाउँ समिति हरिवन, नेविसंघ र तरुण दलको संयुतm आयोजनामा हरिवन बजारमा शहिदको तस्वीरमा माल्यापर्णका साथै दिप प्रज्वलन गरिएको थियो ।
त्यस्तै नेपाली काँगे्रस गाउँ समितिले लालबन्दीमा पनि सहिदको सम्झना गरेको छ । समितिको कार्यालयमा भएको कार्यक्रममा स्वार्गिय विपिको तस्विरमा माल्याअर्पणका साथै सहिदहरुको सम्झानामा एक मिनेट मौन धारण गरिएको नेपाली काँगे्रस लालाबन्दीले जनाएको छ । शिक्षक चेत बहादुर मगरले स्वागत गरेको कार्यक्रम पार्टीका गाउँ सभापती कृष्ण दाहालको अध्यक्षता तथा क्षेत्रिय सभापती प्रमोद बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । मोहन कोईरालाले सञ्चालन गर्नु भएको कार्यक्रममा नेपाली काँगे्रसका नेताहरु कुवेर अचार्य, शिव न्यौपाने, पद्म बहादुर वाईवा, उद्धव पौडेल, देवराज पौडेल, बासु अधिकारी, सुशिल शर्मा, विष्णुमणी घिमिरे, महिला नेतृ जानदेवी अधिकारी लगायतले मन्तव्य राखेको थिए ।
त्यस्तै नेकपा एमाले जिल्ला कमिटीले पनि सदरमुकाम मलंगवामा विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाएको छ । जिल्ला अध्यक्ष मनोज देवकोटोको अध्यक्षता तथा बैकल्पिक केन्द्रिय सदस्य रविन्द्र बैठाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी सहिद दिवस मनाईएको थियो ।
यसैबिच  सरस्वती उमावी भक्तिपुर, सहयोगी बाल क्लव र रुपान्तरण नेपाल को संयुक्त आयोजनामा  भक्तिपुरमा विभिन्न कार्यक्रम गरिएको छ । सहिदहरुको सम्झना गर्दै ¥याली, सभा,  श्रद्धाञ्जली प्रदान गरिएको उमावीका विद्यालयका प्रधानाध्यापक विन्देश्वर सिंहले जानकारी दिए । स्थानीय समाजसेवी ध्रुव प्रसाद ढकालको अध्यक्षता तथा श्रोत व्यक्ति जयनारायण साहको प्रमुख आतिथ्यतामा सहिदहरुको सम्झना गरिएको हो । कार्यक्रममा गाविस सचिव कपिमुनी पोखरेल, शिक्षा प्रेमी रामचन्द्र कार्की, सिताराम दाहाल, प्रेमराज आचार्य लगायतले मन्तव्य राखेका थिए ।
त्यसैगरी  नेपाल विद्यार्थी संघले क्षेत्र नम्वर १ ले लालबन्दीमा रहेको जनज्योति बहुमुखी क्याम्पसमा र क्षेत्र नम्वर २ ले सुखेपोखरीमा रहेको चर्तुरभुजेश्वर बहुमुखी क्याम्पसमा  सहिदहरुको सम्झना दिप प्रज्वलन गरेको छ । त्यस्तै नेपाली काँगे्रस गाँउ समिती कर्मैयाले पनि सर्वदलिय कार्यक्रम गरी सभापती दिपक रानाभाटको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरेको शंकर थापाले जानकारी दिए ।

स्तम्भ भत्कने अवस्थामा

स्तम्भ भत्कने अवस्थामा
सर्लाही समाचारदाता
जानकीनगर, माघ १६ ।  सहिदहरुको सम्झानामा विहिवार जिल्लाभर सहिद दिवस मनाई रहँदा  जानकीनगर–३ मा रहेको सहिद स्तम्भ भने भत्कने अवस्थामा पुगेको छ ।
२०४४ सालमा निमार्ण गरिएको स्तम्भ अहिले संरक्षणको अवस्थामा जिर्ण भएको स्थानीयको भनाई छ । संरक्षण तर्फ कसैले चासो नदिँदा स्तम्भ भत्कन लागेको स्थानीय शिक्षक अर्जुन थापाले बताए ।
जहानियाँ राणाशासनको अन्त्यका लागि ज्यानको बाजी लगाएका सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झनामा स्तम्भ निमार्ण गरिएको थियो । सो स्तम्भको तत्काल संरक्षण गर्न कसैले चासो नदिए त्यसको अस्तित्व नै हराएका जाने जानकीनगरवासीको भनाई छ । जनताको लागी ज्यान दिएका सहिदको स्तम्भ संरक्षण गर्न गाविस कार्यालयले पनि चासो नदिएको पाईएको छ ।  स्तम्भ हजरियाबाट एकसय मिटर दक्षिण खुल्ला स्थानमा रहेको छ ।

मौरीपालकमा देवकोटा चयन

मौरीपालकमा देवकोटा चयन
सर्लाही समाचारदाता
नबलपुर, माघ १६ ।  नेपाल मौरीपालक महासंघको १५ बार्षिक साधरणसभा एवं आठौ महाधिवेशनबाट पुनः महासचिवमा भक्तिपुर निवासी हेमराज देवकोटा चयन भएका छन ।
कपिलबस्तुको लुम्बीनीमा भएको अधिवेशनले थोरै नयाँ अनुहार सहित पुरानै कार्य समितिलाई निरन्तरता दिने क्रममा देवकोटा पनि महासचिवमा चयन भएका बताइएको छ । त्यस्तै महासंघको लेखा समिति सदस्यमा सर्लाहीका टिकाराम अधिकारी चयन भएका छन् । माहासंघको अध्यक्षमा पुनः नवलपरासीका राजेन्द्र गौतम सर्वसम्मत रुपमा चयन भएका छन ।  सभामा भाग लिन सर्लाहीका पनि २७ जना प्रतिनिधी त्यहाँ पुगेका थिए ।

पहिलो कृत्ति ‘प्रयास’ को बिमोचन

पहिलो कृत्ति ‘प्रयास’ को बिमोचन
सर्लाही समाचारदाता
लालबन्दी, माघ १६ । लालबन्दीमा विहिवार साहित्यीक कविता पुस्तक बिमोचन गरिएको छ । लालबन्दी गाविस–८ निवासी ४४ वर्षिया मीना देवकोटाद्धारा लिखित ‘पहिलो प्रयास’ पुस्तकको एक कार्यक्रम बीच विमोचन गरिएको हो । लाबलन्दी गाविसका निवर्तमान गाविस अध्यक्ष टंकप्रसाद पोखरेलको अध्यक्षता तथा चलचित्र निर्माता  रन्जु प्रधानको प्रमुख आतिथ्यतामा डुमडुमे मन्दिर परिसरमा भएको कार्यक्रममा पुस्तक विमोचन गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका बिष्णु भट्राई, श्रीमत भागवत प्रचार संघ लालबन्दीका सचिव माधव खरेल, साँस्कृतिक मञ्चका बिन्देश्वर सिंह, देवकोटा समाजका हेमलाल देवकोटा, बाल संरक्षण संस्था अध्यक्ष राधा घिमिरे, पालुङ एफएम हेटौडाका स्टेशन म्यानेजर कुमार नेगी लगायतले साहित्यको बारेमा चर्चा गरेका थिए ।
साहित्यको माध्यमबाट समाजमा रहेको विकृती तथा विसङ्गतीलाई चोटिलो प्रहार गर्दै कविताको मार्फत समाज सुधार परिवर्तन ल्याउन सकिने बक्ताहरुले उल्लेख गरेका थिए । कार्यक्रममा साहित्यिक क्षेत्रमा नव प्रवेशी साहित्यिकर्मीहरुले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका थिए ।

भागवत सप्ताह महायज्ञ शुरु

भागवत सप्ताह महायज्ञ शुरु
सर्लाही समाचारदाता
लालबन्दी, माघ १६ । शान्ति क्षेत्र नेपालको कामना गर्दै लालबन्दीमा श्रीमत भागवत सप्ताह ज्ञानमहायज्ञ शुरु भएको छ ।
विहिवार लालबन्दीको जनावादी चोक देखी डुमडुमे पुल सम्म कलस यात्रा गरी महायज्ञ शुरु गरिएको हो । महायज्ञमा पंडित शिरोमणी दिपकप्रसाद पौडेलले कथा वाचन गरेका छन ।
शान्ति बाटिक निमार्ण सहयोगार्थका लागि यसअघि हरिवन र बरहथवामा पंडित पौडेलले महायज्ञ सम्पन्न गराएका थिए ।

प्रहरीले खोज्न थाल्यो फरार अभियुक्तहरु

प्रहरीले खोज्न थाल्यो फरार अभियुक्तहरु
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, माघ १५ । पछिल्लो सयम अपराधिक घटना बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले आÇनो सकृयता बढाएको छ । माघको पहिलो दिनमै अपहरणमा परेका बबरगंजका एक सर्वसाधारणको शव खाडलमा पुरिएको अवस्थामा गत आईतबार फेला परेपछि सो घटनाका साथै क्रियाक्लापमा संलग्न फरार अभियुक्तहरुलाई नियन्त्रणमा लिनका लागि जिल्ला स्थित प्रहरी नेतृत्वले विशेष अभियान नै शुरु गरेको छ । अपराधीक घटना न्यूनिकरणका लागि फरार अभियुक्त नियन्त्रणमा अभियान नै चलाईएको प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले बताए । ‘‘फौजदारी मुद्धाका फरार अभियुक्तहरु पक्राउ गर्न विशेष टोली नै परिचालन गरेका छौं ।’’ प्रहरी उपरीक्षक धानुकले भने–‘‘अभियुक्त जो सुकै भएपनि नियन्त्रणमा लिएर कार्वाही प्रकृया अगाडी बढाईने छ ।’’
पछिल्लो समय अपहरण, लुटपाट लगायतका घटना श्रंखलाबद्ध रुपमा हुन थालेपछि जिल्ला प्रहरी कार्यालयले विशेष टोली परिचालन गरेको छ । २०४३ सालदेखि विभिन्न अपराधीक घटनामा संलग्न भई फौजदारी मुद्धामा फरार रहेका अभियुक्त पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले विशेष टोली नै खटाएको हो ।
प्रहरी नायव निरीक्षक गोविन्दलाल कर्णको नेतृत्वमा ‘फरार अभियुक्त’ पक्राउ टोली खटाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टोलीले बुधबारबाटै काम सुरु गरिसकेको छ । कर्ण नेतृत्वको टोलीले बुधबार नै दुई–चारजनालाई पक्राउ गरेर अनुसन्धानका लागि ल्याएको स्रोतले जनाएको छ । पक्राउ गरेर ल्याएकाहरुबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी उपरीक्षक धानुकले पनि फरार अभियुक्त पक्राउ गर्नका लागि खटाईएको विशेष टोलीले आधा दर्जन हाराहारीमा अभियुक्तहरुलाई पक्राउ गरेको बताए । ‘‘टोलीले सकृय रुपमा काम थालिसकेको छ ।’’ उनले भने–‘‘जिल्लाव्यापी रुपमा फरार अभियुक्त पक्राउ अभियान सुरु गरेका छौं ।’’ कर्तव्य ज्यान, बलात्कार, विष्फोटक पदार्थ, हातहतियार, ज्यान मार्ने उद्योग, डकैती लगायत फौजदारी अभियोग सम्बन्धि सम्पूर्ण अभियोग अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएका र अदालत एवं जिल्ला प्रशासन कार्यालयमा पेश भएका फाईलका फरार अभियुक्तहरु नियन्त्रण अभियान सुरु गरिएको प्रहरी उपरीक्षक धानुकले बताए ।
फरारहरुको संपूर्ण सूची संकलन गरेर जिल्ला प्रहरी कार्यालयले मातहतका इकाईहरुमा समेत लिखित निर्देशन पठाउने तयारी गरेको छ । ‘‘विभिन्न मुद्धाका अभियुक्तहरुले विना कार्वाही उन्मुक्ति पाउँदा दण्डहिनता मौलाउँदै गएको महसुस गरेका छौं ।’’ प्रहरी उपरीक्षक धानुकले भने–‘‘जसले गर्दा अपराधिक क्रियाक्लापमा बढावा पुगेको छ, त्यसैले फरार रहेका सबै अभियुक्तहरुलाई नियन्त्रणमा लिएर कार्वाही अगाडी बढाउने गरी टोली परिचालन गरेका छौं ।’’
हाल सर्लाहीमा २०४३ सालयता फौजदारी अभियोग अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता भएका तथा अदालतमा मिसिल पेश भएका अपराधीक घटनामा आरोपित ५ सयजना भन्दा बढी अभियुक्तहरु फरार रहेको अनुमान गरिएको छ । केही दिनभित्र फरार अभियुक्तहरुको एकिन संख्या निकालिने र पक्राउ अभियानलाई अझ प्रभावकारी बनाईने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला स्थित प्रहरी नेतृत्वले उचित निर्देशन नदिँदा मिसिलमा फरार देखिएका अभियुक्तहरु जिल्ला प्रहरी कार्यालयमै छाती फुलाएर हिडिरहेको एक सुरक्षाकर्मीले बताए । ‘‘एसपी साहेबले स्पष्ट रुपमा फरार सबै अभियुक्तलाई नियन्त्रणमा लिएर कार्वाही प्रकृया अगाडी बढाउने आदेश नदिँदा काम गर्नै गाह्रो भईरहेको छ ।’’ जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक सुरक्षाकर्मीले भने–‘‘मिसिलमा फरार अभियुक्त देखिएकाहरु कार्यालयमै आएर हामीलाई उल्टै थर्काउँछन् ।’’ फरार अभियुक्त नियन्त्रणका लागि हालै प्रहरी उपरीक्षक धानुक सहितका जिल्ला स्थित उच्च सुरक्षा अधिकृतहरुको सकृयताले निरन्तरता पाउनेतर्फ भने ती सुरक्षाकर्मीले आशंका व्यक्त गरे । ‘‘तत्काल देखिएका घटना र विभिन्न माथिल्लो निकायबाट आएको दवावका कारण एसपी साहेबको सकृयता बढेको हो ।’’ उनले भने–‘‘एवंरितले यसअघिका र अहिलेका प्रमुखले पनि आउने वितिकैदेखि काम सुरु गरेको भए धेरै सुधार भईसक्थ्यो ।’’

कर्मचारी खोज्दा, मदिराका खाली बोतल !

कर्मचारी खोज्दा, मदिराका खाली बोतल !
सर्लाही समाचारदाता
मूर्तिया, माघ १५ । वन विभागका उपमहानिर्देशक रेशमबहादुर डाँगीले बुधबार इलाका वन कार्यालय मूर्तियाको स्थलगत निरीक्षण गरेका छन् ।
विभाग अन्तर्गत सामुदायिक वन महाशाखा प्रमुख समेत रहेका डाँगीले निरीक्षण गर्दा इलाका वन कार्यालयमा अधिकांश कर्मचारीहरु फेला परेनन् । विहान साँढे ११ बजेतिर कार्यालयमा पुग्दा प्रशासन फाँटका दुईजना र केही वन रक्षकबाहेक अधिकांश कर्मचारीहरु उपमहानिर्देशकको छड्केमा फेला परेका थिएनन् ।
उपमहानिर्देशक डाँगीले अरु कर्मचारीहरु खै त ? भन्ने प्रश्न राख्दा प्रशासन फाँटमा कार्यरत कर्मचारीले केही विदामा र केही गस्तीमा गएको बताएका थिए । उपमहानिर्देशक डाँगीले हाँजीरि पुस्तिका हेर्दा कार्यालयमा नभेटिएका कर्मचारीहरुले विदा जनाएको र फिल्डमा गएको तथ्यांक भने फेला पार्न सकेनन् ।
निरीक्षणका क्रममा कर्मचारीहरु फेला पार्न नसकेका उपमहानिर्देशक डाँगीले कार्यालय परिसरमै मदिरा खाएर छाडिएका खाली बोतलहरुको चांग भने देख्न भ्याए । कार्यालयमा कर्मचारीहरु नभेटेर केही क्रुद्ध बनेका उपमहानिर्देशक डाँगी कार्यालय छेउमै मदिराका छरपस्ट खाली बोतलहरु देखेपछि थप क्रुद्ध बनेका थिए । उनले उपस्थित कर्मचारीहरुलाई आइन्दा यस्तो नगर्न समेत चेतावनी दिएका थिए ।उपमहानिर्देशक डाँगीले माओवादी द्वन्द्वका क्रममा विष्फोटबाट क्षति पुगेको भवनको निरीक्षण समेत गरेका थिए ।
उक्त अवसरमा केही वर्षअघि सोही कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका र हाल संयुक्त राष्ट्र संघीय कृषि तथा खाद्य संगठन कार्यालय पुल्चोकमा कार्यरत डा. राजेन्द्र केसी, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका परामर्शदाता छोटेलाल चौधरी लगायतको पनि उपस्थिती रहेको थियो ।
जिल्ला स्थित वन कार्यालयका प्रायजसो कर्मचारीहरु फिल्डमा खटिएको भन्दै कार्यालय र काममा नजाने गरेको जानकारहरु बताउँछन् । सामुदायिक वन र साझेदारी वन तथा सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र पर्ने उक्त इलाकाले प्रत्यक्ष हेर्ने राष्ट्रिय वन क्षेत्र भने थोरै मात्र रहेपनि कर्मचारीहरु भने दिनभर ड्यूटीमा फिल्ड खटिएको भन्दै आ–आÇनो काममा व्यस्त हुने गरेको स्थानीय बासिन्दाले बताए । ‘‘अधिकांश वनहरु स्थानीय उपभोक्ताले संरक्षण गर्दै आएका छन् ।’’ एक स्थानीयले भने–‘‘तर वनका कर्मचारीहरु भने दिनभर फिल्डमा जाने भनेर आÇनै काममा व्यस्त हुने गर्दछन् ।’’
टोलीले स्थानीय विहानी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रको समेत स्थलगत निरीक्षण गरेको थियो । उपमहानिर्देशक डाँगी नेतृत्व टोलीका सदस्यले उक्त सामुदायिक वनले वन क्षेत्रमा गरेको जडिबुटी खेती, डाले एवं भूँई घाँस खेती तथा त्यसबाट समूहका उपभोक्तामा पुगेको आयआर्जनको अवस्था लगायत बारेमा समूहका अगूवा दिनेश थापासँग जानकारी लिएका थिए । निरीक्षणका अवसरमा नेपाली कांग्रेसका नेता एवं गैरकाष्ठ वन पैदावार प्रवद्र्धन सञ्जालका राष्ट्रिय अध्यक्ष सिताराम दाहाल लगायतको पनि उपस्थिती रहेको थियो ।

गाउँ परिषदमा दोहोरो तथ्यांक

गाउँ परिषदमा दोहोरो तथ्यांक
सर्लाही समाचारदाता
मलंगवा, माघ १५ । नियमानुसार गत पुस मसान्तभित्र परिषद सक्नुपर्ने भएपनि सर्लाहीका कतिपय गाविसहरुले अझै गाउँ परिषद गर्न सकेका छैनन् ।
जिल्ला विकास समितिको कार्यालयको तथ्यांक अनुसार ४४ वटा गाविसले गाउँ परिषद गर्न बाँकी छ भने गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष हरिकान्तलाल कर्णका अनुसार २८ वटा गाविसले परिषद गर्न बाँकी छ । स्थानीय विकास अधिकारी उमेश बस्नेतले ५५ वटा गाविसले मात्र परिषद सम्पन्न गरेको आफूलाई जानकारी आएको बताएका छन् । गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष कर्णका अनुसार ७१ वटा गाविसको परिषद सम्पन्न भईसकेको छ ।
माघ १५ गते अर्थात बुधबार भित्र गाविस कार्यालयले गाउँ परिषद सम्पन्न भएको लिखित जानकारी जिल्ला विकास समितिको कार्यालयमा गराउनु पर्दछ । तर स्थानीय विकास अधिकारी बस्नेतको भनाई अनुसार ५५ वटा गाविसको मात्र परिषद सम्पन्न भएको जानकारी आएको बताएका छन् ।
नियमानुसार गाउँ परिषद नगर्ने गाविसहरु न्यूनतम शर्त मापन सूचकमा फेल हुने र थप अनुदान पाउनबाट वञ्चित हुने जिविसले जनाएको छ । जसअनुसार ४४ वटा गाविसहरु एमसिपिएममा फेल हुने भएका छन् । १७ वटै इलाकामा गत मंगलबार नै इलाका स्तरीय योजना तर्जूमा गोष्ठी सम्पन्न भईसकेकाले ४४ वटा गाविसहरुले अगाडीकै मितिमा परिषद सम्पन्न गरेपनि अब मान्य नहुने जिविस स्रोतले जनाएको छ ।
बबरगंज, मोहनपुर, भेल्ही, कविलासी, हेमपुर, जमुनिया, सलेमपुर, जानकीनगर लगायत गाविसहरुमा अझै गाउँ परिषद हुन नसकेको जिविस स्रोतले जनायो । राजनैतिक विवाद र गाविस सचिवको सरुवा लगायत कारणले ती गाविसहरुमा गाउँ परिषद हुन नसकेको बताईएको छ ।
गाउँ परिषद सम्पन्न गर्नुपर्ने अन्तिम समयतिर गाविस सचिवहरुको सरुवा भएका कारण पनि गाविसहरुको परिषद प्रभावित बनेको एक गाविस सचिवले     बताए ।

अवैध सामान बरामद

अवैध सामान बरामद
सर्लाही समाचारदाता
त्रिभुवननगर, माघ १५ । सशस्त्र प्रहरीको एक टोलीले बुधबार त्रिभुवन नगर नाकाबाट अवैध ढंगले आयात भईरहेको माल सामान बरामद् गरेको छ ।
भारतबाट भन्सार  छलेर ल्याउँदै गरेको ७० लिटर खानेतेल र एक बोरा चप्पल प्रहरबरामद् गरिएको हो । सामान ल्याउँने व्यक्ति भने सुरक्षाकर्मीलाई देख्नासाथ फरार भएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट त्रिभुवन नगरले जनाएको छ ।
२० हजार मुल्य बराबरको सो सामान जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाईएको छ । पछिल्लो समयमा सर्लाहीको दक्षिणी क्षेत्रका नाकाहरुबाट भन्सार छलि विभिन्न माल सामान ल्याउने क्रम बढ्दै गएकाले चेकजाँचमा कडाई गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Tuesday, January 28, 2014

‘हत्यारा’ खोज्दै सर्लाही प्रहरी काठमाडौंमा

‘हत्यारा’ खोज्दै सर्लाही प्रहरी काठमाडौंमा
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, माघ १४ । केहीदिन अघि खाडलमा गाडिएको अवस्थामा शव फेला परेका बबरगंज गाविसका जगन्नाथ महतोको हत्यामा संलग्नहरु खोज्दै सर्लाही प्रहरीको एकटोली काठमाण्डौतर्फ गएको छ ।
मृतकका परिवारले किटानी जाहेरी दिएपछि महतोको हत्यामा संलग्न आशंकित अभियुक्तहरु खोज्दै प्रहरी टोली काठमाण्डौ गएको हो । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओली सहितका सुरक्षाकर्मीहरु काठमाण्डौतर्फ गएका हुन् । किटानी जाहेरीमा नाम रहेका सहित संलग्न अभियुक्तहरु काठमाण्डौमा नै हुन सक्ने अनुमानका साथ प्रहरी टोली त्यसतर्फ लागेको हो ।
प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले महतोको हत्यामा संलग्न अभियुक्तहरुको खोजवीन चौतर्फी रुपमा भईरहेको बताए । ‘‘खोजवीन व्यापाक बनाएका छौं ।’’ प्रनाउ भट्टराईले सर्लाही दैनिकसँग भने–‘‘मुलुक भित्र र भारतमा समेत सम्भावित स्थानहरुमा खोजवीन टोली परिचालन गरेका छौं ।’’
बबरगंज गाविस–८ का रामविर साह सहितले हत्या गरेको भन्दै मृतकका भाई विश्वनाथ महतोले सोमबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरीमा अन्य केहीको नाम भएपनि प्रहरी नेतृत्वले सार्वजनिक गर्न चाहेन । बाह्र दिनदेखि वेपत्ता बबरगंज गाविस–८ निवासी करिब ४२ वर्षिय जगन्नाथ महतोको शव गाउँ नजिकै आँपको बगैचामा गाडिएको अवस्थामा आईतबार साँझ फेला परेको थियो ।
गत माघ १ गते बुधबार राती साँढे ८ बजे रामविर साहले फोन गरेर बोलाएपछि घरबाट बाहिरिएका मृतक महतो वेपत्ता भएका थिए । फोनबाट बोलाएर नियन्त्रणमा लिई साहले नै हत्या गरेको किटानी जाहेरीमा दावी गरिएको छ ।
मृतक महतोको हत्या कसरी भयो भन्ने बारेमा भने पोष्टमार्टम प्रतिवेदन नआई भन्न नसकिने जिल्ला प्रहरी कार्यालयले  जनाएको छ । लासको अवस्था हेर्दा ९–१० दिनअघि नै हत्या गरेर गाडेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
गाउँका बालबालिका खेल्दै जाने क्रममा खाल्डो खनेर गाडिएको स्थानमा हात मात्र बाहिर निस्केको देखेपछि खनेर हेर्दा महतोको शव फेला परेको हो । खाल्डो खनेर माटोले पुरेको शवलाई स्यालले खनेपछि एउटा हात बाहिर निस्केको अनुमान गरिएको छ । दुर्गा जनता मावि छेउमा रहेको बँगैचा स्थित जरा सहित आपको बोट उखालेको खाडलमा उनलाई पुरिएको थियो । प्रहरीले पछि पहिचान गराउँदा आफन्तहरुले जगन्नाथकै शव भएको बताएका थिए ।

१७ ईलाकाको गोष्ठी सम्पन्न

१७ ईलाकाको गोष्ठी सम्पन्न
सर्लाही समाचारदाता
मलंगवा माघ १४ । आर्थिक वर्ष ०७१÷०७२ को लागि जिल्लामा हुने विकास निमार्ण कार्यको योजना छनोट गर्न सर्लाहीको १७ स्थानमा मंगलबार ईलाका स्तरीय गोष्ठी सम्पन्न भएको छ ।
जिल्लामा यसवर्ष पहिलो पटक ईलाका गोष्ठी एकसाथ भएको जिल्ला विकास समिति सर्लाहीले जनाएको छ । गोष्ठीमा समितिका कर्मचारीहरु प्रत्येक ईलाकामा पुगेर योजनाहरु छनोट गरिएको सुचना अधिकृत पुष्करमणी घिमिरेले जानकारी दिए ।
गाविसमा माग भएका ठुला–ठुला योजनाहरु गाविसले गर्न नसक्ने हुँदा ईलाकामा छनोट गरी जिविसमा पेश गर्ने बताईएको छ ।
जिविसबाट संचालन हुने योजनाहरु ईलाका गोष्ठीबाटै आउनुपर्ने स्थानिय विकास अधिकारी उमेश बस्नेतले बताए ।

साक्षरतामा एकसय ६ को आवेदन

साक्षरतामा एकसय ६ को आवेदन
सर्लाही समाचारदाता
मलंगवा, माघ १४ । जिल्ला शिक्षा कार्यालयले सञ्चालन गर्न लागेको साक्षरता अभियान अन्तर्गत साक्षरता कक्षाका लागि १ सय ६ वटा गैर सरकारी संस्था एवं सामुदायिक अध्ययन केन्द्रहरुले आवेदन गरेका छन् ।
स्रोत केन्द्रहरु रहेको ११ वटा गाविसमा साक्षरता कक्षा सञ्चालन गर्नका लागि आव्हान भएको सूचना अनुसार आवेदन परेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । गडहिया डुमरिया, गोडैता, मलंगवा, बरहथवा, मदनपुर, हरिपुर, हरिपूर्वा, भक्तिपुर, सुखेपोखरी, इश्वरपुर र परवानीपुर स्रोतकेन्द्र रहेका ११ गाविसहरुमा सञ्चालन गरिने साक्षरता कक्षाका लागि १ सय ६ वटा संस्थाहरुबाट आवेदन परेको हो ।
शिक्षा कार्यालयले माघ १० गतेबाट कक्षा सञ्चालन गर्नेगरी गत पुस ११ गते सूचना प्रकाशित गरेको भएपनि साक्षरता कक्षाका लागि आवश्यक पर्ने किताव लगायतका सामग्री तयार नभईसकेकाले आगामी फागनु १ गतेबाट सुरु गर्ने तयारी भएको बताईएको छ । निकै वर्षदेखि नविकरण नभएका संस्थाहरुले समेत साक्षरता कक्षाका लागि तत्काल नविकरण गरेर आवेदन दिएको शिक्षा कार्यालयले जनाएको छ ।
शिक्षा कार्यालयले आवेदन दिएका संस्थाहरुले साक्षरता कक्षा सञ्चालनका लागि सम्बन्धित गाविसको निरक्षरहरुको नामावली, पछिल्लो आवको लेखा परिक्षण प्रतिवेदन, सम्बन्धित निकायबाट पछिल्लोपटक नविकरण गरेको प्रमाण, कम्तीमा ३० प्रतिशत निरक्षरलाई साक्षर बनाउनका लागि संस्थाले बेहोर्ने आर्थिक ग्यारेन्टी लगायतको कागजातहरु पेश गर्नुपर्ने र सो नभएका संस्थाहरुलाई साक्षरता कोटा नदिईने कार्यालयले बतायो । अन्य कागजात परिक्षणका साथै आर्थिक ग्यारेण्टीका लागि संस्थाहरुको खातामा कति रकम छ भन्ने बारेमा नेबैली लगायत वितिय संस्थाहरुमा बुझ्ने काम भईरहेको शिक्षा कार्यालयले जनाएको छ । आवेदन दिएका १ सय ६ वटा मध्ये ६० वटा हाराहारी संस्थाहरुलाई मात्र साक्षरता कोटा पर्ने शिक्षा कार्यालय स्रोतले जनायो ।
११ गाविसका जम्मा २५ हजार ९ सय ६१ जनालाई साक्षर बनाउने गरी शिक्षा कार्यालयबाट साक्षरता अभियान सुरु हुन लागेको हो । जसमध्ये आवेदन दिएका संस्थाहरु स्वयंले आप्mनो लगानीमा ७ हजार ७ सय ९१ जनालाई साक्षर बनाउनु पर्नेछ । साक्षरता कक्षाका लागि मासिक दुईहजार पाउने गरी जम्मा १ हजार २ सय ९८ जना स्वयं सेवक परिचालन हुने र सम्बन्धित संस्थाहरुले ३ सय ९३ जना स्वयंसेवकहरुको आर्थिक व्ययभार बहन गर्नुपर्ने शिक्षा कार्यालयले जनाएको छ । ३ महिनो उक्त साक्षरता अभियान सकिएपछि ११ वटा गाविसलाई निरक्षर मुक्त गाविस घोषणा गरिनेछ ।

ईटा उद्योगको अनुगमन शुरु

ईटा उद्योगको अनुगमन शुरु
सर्लाही समाचारदाता
मलंगवा माघ १४ । गैर कानुनी रुपमा सञ्चालनमा रहेका जिल्लाका ईटा उद्योगहरुको मंगलवारबाट स्थलगत  अनुगमन शुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको पहलमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोलीले अनुगमन शुरु गरेको हो । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नभई सञ्चालनमा रहेका ईटा उद्योगहरुको विवरण पत्ता लगाई कारवाही अगाडि बढाउन अनुगमन शुरु गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख  मधुकर कुमार साहले बताए ।
कार्यालयबाट प्रमाण पत्र नलिईकन सञ्चालनमा रहेको ईटा उद्योगहरु फेला परेमा तत्काल बन्द गरिने साहले जनाए । त्यस्ता ईटा उद्योगहरुलाई तत्काल कार्यालयमा दर्ता गरी सञ्चालन गर्न आग्रह गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लामा  एक सय ईटा उद्योगहरु सञ्चालनमा रहेका मध्ये ४० भन्दा बढी गैर कानुनी रुपमा सञ्चालन भईरहेको गुनासो आएको  कार्यालयले जनाएको छ ।

जडिबुटी सम्बन्धि अन्तरक्रिया सम्पन्न

जडिबुटी सम्बन्धि अन्तरक्रिया सम्पन्न
सर्लाही समाचारदाता
लालबन्दी, माघ १४ । जडिबुटी संकलन भण्डारण तथा प्रशोधन तालिम एवं सरोकारवालाहरुको अन्तरक्रिया गोष्ठी मंगलबार सम्पन्न भएको छ ।
दुई दिने कार्यक्रममा जिल्ला स्थित विभिन्न सामुदायिक, कबुलियती लगायत वन क्षेत्रमा जडिबुटी खेती गर्ने कृषक एवं सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कृषि वन तथा वातावरण संरक्षण समाज सर्लाहीको आयोजनामा भएको गोष्ठीको समापन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै वन विभागका उपमहानिर्देशक रेशमबहादुर डाँगीले स्थानीय स्तरमा चाँडोभन्दा चाँडो फाईदा पाउन सक्ने व्यवसाय भएकाले जडिबुटी (गैरकाष्ठ वन पैदावार) खेती गर्न आग्रह गरे । सरकारले गैरकाष्ठ वन पैदावारको क्षेत्रलाई सरकारले नीतिगत रुपमा पनि प्राथमिकतामा राखेको उल्लेख गर्दै उपमहानिर्देशक डाँगीले समुदाय र नीजि क्षेत्रको साझेदारीमा अगाडी बढे यो व्यवसाय अझ फस्टाउने बताए ।
गैरकाष्ठ वन पैदावार प्रवद्र्धन सञ्जालका राष्ट्रिय अध्यक्ष सिताराम दाहालको सभापतित्व रहेको समापन समारोहमा जिल्ला वन अधिकृत केदारप्रसाद दाहाल विशेष अतिथि रहेका थिए । समारोहमा संयुक्त राष्ट्र संघीय कृषि तथा खाद्य संगठन कार्यालय पुल्चोकमा कार्यरत डा. राजेन्द्र केसी लगायतले जडिबुटी खेती प्रवद्र्धनका बारेमा मन्तव्य राखेका थिए । केसी केही वर्ष पहिला जिल्ला वन कार्यालयमा सहायक वन अधिकृतको रुपमा समेत कार्यरत रहेका थिए । सञ्जालका अध्यक्ष एवं कार्यक्रमका सभापति सिताराम दाहालले सर्लाहीमा जडिबुटी खेतीको अवस्था, भावि रणनीति, अवसरहरु लगायत बारेमा कार्यपत्र समेत प्रस्तुत कार्यक्रम लालबन्दी स्थित होटल साईनोको सभाहलमा सम्पन्न भएको हो । समापन कार्यक्रम संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका परामर्शदाता छोटेलाल चौधरीले सञ्चालन गरेका थिए ।

तस्करी कपडा बरामद

तस्करी कपडा बरामद
सर्लाही समाचारदाता
मलंगवा, माघ १४ । भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको कपडा मंगलवार सशस्त्र प्रहरीले बरामद गरेको छ
भन्सार राजश्व छलेर ल्याइएको ५० हजार २ सय ९० रुपैँया बराबरको सो कपडा मलंगवा ९ बाट बरामद गरिएको हो । कपडा ल्याउने व्यक्ति (तस्कर)  प्रहरीलाई देख्ने साथ फरार भएका थिए ।
सशस्त्र प्रहरी हवल्दार सत्यदेव यादवको नेतृत्वामा खटिएको प्रहरीले टोलीले साईकलमा ल्याउँदै गरेको अवस्थामा कपडा बरामत गरेको थियो । बरामद कपडा सर्लाही भंसारमा बुझाइएको स–शस्त्र प्रहरीले जनाएको छ ।
यसैविच मलंगवाका मुकेश यादवको घरबाट केहि दिन अघि चमेरीको आशंकामा बरामद गरिएको डब्लु बी ०२ जेड ४९७५ नम्वरको गाडी मंगलवार नै भन्सार कार्यालयमा नै बुझाईएको छ ।

व्यवस्थापन हस्तान्तरण

व्यवस्थापन हस्तान्तरण
सर्लाही समाचारदाता
परवानीपुर, माघ १४ । परवानीपुर र रानीगंजमा रहेको महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई मंगलबार साना किसान कृषि सहकारी संस्था जब्दीले व्यवस्थापन हस्तान्तरण गरेको छ ।
साना किसान कृषि सहकारी संस्था जब्दीका अध्यक्ष मान बहादुर खड्काको अध्यक्षता तथा क्षेत्रिय कृषि विकास बैंक जनकपुरका कार्यालयका प्रमुख गोविन्द लाल कर्णको प्रमुख आतिथ्यतामा व्यवस्थापन हस्तान्तरण गरिएको थियो । सहकारीका महिलाहरुलाई प्रशिक्षण दिएर व्यवस्थापन हस्तान्तरण गरेको सहकारी कार्यालयले जनाएको छ ।
कार्यक्रममा कृषि विकास बैंक जनकपुरका शाखा अधिकृत सत्यदेव राउत, साना किसान ईलाका कार्यालय जनाकपुरका राजकुमार यादव, परवानीपुर सहकारीकी  अध्यक्ष रेणु थापा लगायत अतिथीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटनगर्दै प्रमुख अतिथी कर्णले महिलाहरु एक भएर सहकारीको माध्यमबाट अगाडि बढे सफल हुने धारण राखेका थिए । व्यवस्थापन हस्तान्तरण गरिएको सहकारी महिलाहरुमात्रले सञ्चालन गरेका थिए ।

लुटपाट बढ्यो

लुटपाट बढ्यो
सर्लाही समाचारदाता
बरहथवा माघ १४ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हरकठ्वा ९ र सिसौटिया ६ को सीमानामा सोमवार राती लुटपाट भएको छ ।
हरकठ्वा बजारबाट किनमेल गरी घर तर्फ जाँदै गर्दा सिसौटियाका आधा दर्जन भन्दा बढी व्यक्तिहरु लुटपाटमा परेका हुन् ।  घर तर्फ जाँदै गर्दा बाटोमा लुकेर बसेका ६÷७ जनाको समुहमा रहेका लुटेराहरुले मोवाईल सेट, नगद र बा ६ प २३४६ नम्वरको मोटरसाईकलको कागजात लुगेर लगेका कताइएको छ । घटना पश्चात लुटेराहरुको खोजी कार्य जारी राखिएको प्रहरी निरीक्षक नरेश सिंहले जानकारी दिए ।

राष्ट्रिय कराँतेमा सर्लाहीका चौधरी प्रथम

राष्ट्रिय कराँतेमा सर्लाहीका चौधरी प्रथम
सर्लाही समाचारदाता
हरिवन, माघ १३ । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप तथा तेस्रो राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७० मा सर्लाहीका नरेश चौधरी प्रथम भएका छन् ।
नेपाल क्योकुशिन बुदोकाई कराते सर्लाहीका चौधरी नेपाल प्रहरीबाट पुरुष ६० केजी तौल समुहमा प्रथम भएका हुन् । चितवनको भरतपुर स्थित कभर्डहलमा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगितामा देशभरीबाट छनौट भएर आएका खेलाडीहरु सहभागी रहेका थिए ।
राष्ट्रिय प्रतियोगिता अन्तर्गत सोमबार भएको फाईनल खेलको ६० केजी माथि पुरुष खुला तौल समुहमा नेपाली सेनाका बिरमान लामा प्रथम भएका छन् । त्यसैगरी अन्य तौल समुह अन्तरगत ५० केजी मुनिमा पश्चिमाञ्चलका पुर्ण थापा मगर प्रथम भएका छन् । महिला ५० केजी माथि तौल समुहमा पश्चिमाञ्चलकी बिन्दु पुन मगर प्रथम भएकी छिन् भने ५० केजी मुनि तौल समुहमा पश्चिमाञ्चलकी सुष्मा थापा मगर प्रथम भएकी छिन् । बिजयी खेलाडीहरुलाई फुलकन्ट्याक्ट महासंघका उपाध्यक्ष जगतप्रसाद गौचनले शिल्ड, मेडल तथा प्रमाण पत्र बितरण गरेका थिए ।

कहाँ–कहाँ हुदैछन् जिविसको योजना गोष्ठी ?

कहाँ–कहाँ हुदैछन् जिविसको योजना गोष्ठी ?
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, माघ १३ । आगामी आर्थिक वर्ष ०७१÷०७२ मा जिल्लामा हुने विकास निर्माण कार्यका लागि योजना छनौट गर्न मंगलबार १७ वटै इलाकामा योजना तर्जूमा गोष्ठी हुँदैछ । जिविसले पहिलोपटक एकसाथ १७ वटै इलाकामा योजना तर्जूमा गोष्ठी आयोजना गरेको स्थानीय विकास अधिकारी उमेश बस्नेतले बताए । यसपटकको इलाका गोष्ठीमा जिल्ला स्तरीय राजनैतिक संयन्त्रबाट समेत एक–एकजना प्रतिनिधि पठाउने तयारी गरिएको बस्नेतले जानकारी दिए । योजना पार्नका लागि जिविस धाउनुभन्दा पनि आÇनो गाउँ क्षेत्रमा हुन गईरहेको इलाका स्तरीय योजना तर्जूमा गोष्ठीबाट योजना छनौट गराउनका लागि सकृय सहभागिता गर्न सम्बन्धित सबै सरोकारवालाहरुलाई स्थानीय विकास अधिकारी बस्नेतले आग्रह गरेका छन् ।
जिल्ला विकास समितिको कार्यालयका अनुसार इलाका नं. १ अन्तर्गत पर्ने कालीञ्जोर, लालबन्दी, नारायणखोला, परवानीपुर, पत्थरकोट, रानीगंजको गोष्ठी पत्थरकोटमा हुनेछ । इलाका नं. २ मा पर्ने भक्तिपुर, धनकौल पू., गौरीशंकर, ईश्वरपुर र जब्दी गाविसको भक्तिपुरमा हुँदैछ । त्यस्तै इलाका नं. ३ मा पर्ने बसन्तपुर, हरिपूर्वा, जिंगड्वा, नारायणपुर, पर्सा र संग्रामपुरको जिंगड्वामा हुनेछ ।
त्यसैगरी इलाका नं. ४ को योजना तर्जूमा गोष्ठी नेत्रगंजमा हुनेछ । जुन इलाकामा अत्रौली, घुर्कौली, हरिवन, नेत्रगंज र सासापुर रहेका छन् । त्यस्तै इलाका नं. ५ को लक्ष्मिपुर को. मा गोष्ठी हुनेछ । जुन इलाकामा बबरगंज, बेला, चन्द्रनगर, हरिपुर र लक्ष्मिपुर को. गाविस पर्दछन् ।
इलाका नं. ६ को गोष्ठी भने मोहनपुरमा हुनेछ । जुन इलाकामा भेल्ही, ब्रम्हपुरी, किशनपुर, मोहनपुर, नौकेल्वा र त्रिभुवननगर गाविस पर्दछन् । त्यस्तै इलाका नं. ७ को गोष्ठी पिपरियामा हुनेछ । जहाँ हेमपुर, जमुनिया, जानकीनगर, खोरिया, मोतीपुर, पिडारी र पिपरिया रहेका छन् ।
इलाका नं. ८ को योजना तर्जूमा गोष्ठी फरहद्वामा हुनेछ । जुन इलाकामा औरही, फरहद्वा, गम्हरिया, कविलासी, मलंगवा नगरपालिका र सलेमपुर रहेका छन् । त्यस्तै ९ नं. इलाकाको गोष्ठी भाँडसरमा हुने जिविसले जनाएको छ । जुन इलाकामा भाँडसर, खुटौना, कौडेना, बारा उद्योरण, सक्रौल, मुसैली र सिमरा गाविस रहेका छन् ।
इलाका नं. १० को गोष्ठी भने मूर्तियामा हुनेछ । जुन इलाकामा बरहथवा, ढुंग्रेखोला, लौकठ, मूर्तिया, शंकरपुर र श्रीपुर गाविस पर्दछन् । त्यस्तै ११ नं. इलाकाको योजना तर्जूमा गोष्ठी सुन्दरपुरमा हुनेछ । उक्त इलाकामा बेल्ही, धनगढा, पडरिया, सहोड्वा, सिसौटिया र सुन्दरपुर गाविस रहेका छन् ।
इलाका नं. १२ को गोष्ठी फुलपरासीमा हुनेछ । जुन इलाकामा बहादुरपुर, बत्रौल, वेल्वाजब्दी, फूलपरासी, गोडैता, लक्ष्मिपुर सु. र मधुवनगोठ गाविस रहेका छन् । त्यस्तै इलाका नं. १३ को गोष्ठी डुमरियामा हुने जिविसका कार्यक्रम अधिकृत पुष्करमणी घिमिरेले बताए । जुन इलाकामा अर्नाहा, भगवतीपुर, डुमरिया, मधुवनी, रामवन, बगदह र रोहुवा गाविस रहेका छन् ।
१४ नं. इलाकाको गोष्ठी भने सुन्दरपुर चोहर्वामा हुनेछ । उक्त इलाकामा कर्मैया, मानपुर, राजघाट, हजरिया र सुन्दरपुर चोहर्वा रहेका छन् । इलाका नं. १५ को गोष्ठी धनकौल पश्चिममा हुनेछ । जुन इलाकामा भवानीपुर, धनकौल प., हरकठवा, महिनाथपुर र सेखौना गाविस पर्दछन् ।
त्यस्तै इलाका नं. १६ को गोष्ठी खैर्वामा हुनेछ । उक्त इलाकामा छटौल, गडहिया, खैर्वा, रामनगर बहुअर्वा र सिसौट रहेका छन् । इलाका नं. १७ को योजना तर्जूमा गोष्ठी भने छतौनामा हुनेछ । सो इलाकामा अचलगढ, बलरा, छतौना, हथियौल, सुदामा र मिर्जापुर गाविस पर्दछन् ।
आगामी आर्थिक वर्षमा स्थानीय योजनाहरुका लागि बजेट पार्न इलाका स्तरीय योजना तर्जूमा गोष्ठीबाटै छनौटमा परेर आउनुपर्ने स्थानीय विकास अधिकारी बस्नेतको कथन छ । ‘‘यो पटकटदेखि कसैको गोजीबाट वा जिविसमा सिधै निवेदन दिएको भरमा योजना पर्दैन ।’’ स्थानीय विकास अधिकारी बस्नेतले भने–‘‘प्रकृया विपरितका कुनैपनि योजना सञ्चालन गर्दैनौं ।’’
जिविसले यसअघि नै माघ दोस्रो साताभित्र इलाका स्तरीय योजना तर्जूमा गोष्ठी गर्ने तालिका सार्वजनिक गरिसकेको थियो । इलाका गोष्ठीमा जिविसका कर्मचारी, गाविस सचिव, स्थानीय राजनैतिक दलका प्रतिनिधि, लक्षित वर्गका प्रतिनिधि, विषयगत कार्यालय एवं गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहने गर्दछ ।

जगन्नाथको हत्या भन्दै किटानी जाहेरी

जगन्नाथको हत्या भन्दै किटानी जाहेरी
सर्लाही समाचारदाता
मलंगवा, माघ १३ । खाडलमा गाडिएको अवस्थामा शव फेला परेका बबरगंज गाविसका जगन्नाथ महतोको हत्यामा संलग्न रहेको दावी सहित जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेको छ ।
बबरगंज गाविस–८ का रामविर साह सहितले हत्या गरेको भन्दै मृतकका भाई विश्वनाथ महतोले सोमबार किटानी जाहेरी दिएका हुन् । बाह्र दिनदेखि वेपत्ता बबरगंज गाविस–८ निवासी करिब ४२ वर्षिय जगन्नाथ महतोको शव गाउँ नजिकै आँपको बगैचामा गाडिएको अवस्थामा आईतबार साँझ फेला परेको थियो ।
गत माघ १ गते बुधबार राती साँढे ८ बजे रामविर साहले फोन गरेर बोलाएपछि घरबाट बाहिरिएका मृतक महतो वेपत्ता भएका थिए । फोनबाट बोलाएर नियन्त्रणमा लिई साहले नै हत्या गरेको किटानी जाहेरीमा दावी गरिएको छ ।
मृतक महतोको हत्या कसरी भयो भन्ने बारेमा भने पोष्टमार्टम प्रतिवेदन नआई भन्न
नसकिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । ‘‘लास गलिसकेको अवस्थामा भएकाले बाहिरबाट देखिएको भरमा हत्या के गरी भएको थियो भन्ने खुल्न सकेको छैन ।’’ ओलीले भने–‘‘पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुन्छ ।’’ लासको अवस्था हेर्दा ९–१० दिनअघि नै हत्या गरेर गाडेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
मृतकका आफन्तका अनुसार गाउँका बालबालिका खेल्दै जाने क्रममा खाल्डो खनेर गाडिएको स्थानमा हात मात्र बाहिर निस्केको देखेपछि खनेर हेर्दा महतोको शव फेला परेको हो । खाल्डो खनेर माटोले पुरेको शवलाई स्यालले खनेपछि एउटा हात बाहिर निस्केको अनुमान गरिएको छ । प्रहरीले पछि पहिचान गराउँदा आफन्तहरुले जगन्नाथकै शव भएको बताएका थिए । दुर्गा जनता मावि छेउमा रहेको बँगैचा स्थित जरै सहितको आँपको बोट काट्दा खनेको खाडलमा उनलाई पुरिएको थियो ।
हत्यामा संलग्नहरुको तिब्र रुपमा खोजी भईरहेको प्रवक्ता ओलीले बताए । ‘‘दुईचार दिनभित्रै हत्यामा संलग्नहरु नियन्त्रणमा आउनेछन् ।’’ ओलीले दावी गरे ।
सोमबार अपरान्ह मृतक महतोको परम्परा अनुसार झिम नदीमा दाहसंस्कार गरिएको उनका आफन्त मेनीचन्द्र महतोले बताए । मेनीचन्द्रका अनुसार मृतक महतोका दुवै छोरा वैदेशिक रोजगारीका क्रममा मलेशियामा रहेकाले उनका भतिजा किरियापुत्रीको रुपमा बसेका छन् ।

आगो ताप्न दाउरा वितरण

आगो ताप्न दाउरा वितरण
सर्लाही समाचारदाता
फूलजोर, माघ १३ । फुलजोर बाबा साझेदारी वनले सर्लाहीको विभिन्न ठाउँमा शीत लहर प्रभावितहरुलाई प्रहरीको सहयोगमा दाउरा वितरण भईरहेको जनाएको छ ।
लालबन्दीमा ईलाका प्रहरी कार्यालयको र त्रिभुवननगरमा सशस्त्र प्रहरीको सहयोगमा दाउरा वितरण गर्ने क्रम जारी रहेको छ ।  शीत लहर प्रभावितहरुलाई जिल्ला प्रशासन कार्यालयको आग्रह तथा जिल्ला वन कार्यालय सँग समन्वय गरी दाउरा वितरण गरिएको सो साझेदारी वनले जनाएको छ ।
अत्याधिक मात्रामा चिसोबढेको अवस्थामा आगो ताप्नको लागी दाउरा पाएपछि सर्व साधरणहरु भने निकै खुशी भएका छन् । केहि दिनदेखि बढेको अत्याधिक चिसोका कारण सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ ।

मुआब्जामा सिडिओ गुहार्दै जब्दीबासी

मुआब्जामा सिडिओ गुहार्दै जब्दीबासी
सर्लाही समाचारदाता
मलंगवा, माघ १३ । मेची महाकाली रेल सेवा सञ्चालन गर्नका लागि सर्भेको काम सुरु भएपछि जब्दी गाविसका बासिन्दाहरुले उचित मुआव्जा माग्दै सोमबार प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
जब्दी गाविस अन्तर्गत भाग्यमानी चौडी तथा आसपासका जग्गाहरु ऐलानी भएकाले राज्यले उचित मुआब्जा दिनुपर्ने माग राखेर स्थानीय बासिन्दाले सोमबार प्रजिअ दिनेश घिमिरेलाई ज्ञापन पत्र पेश गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले मेची महाकाली रेल सेवाको काम सुरु गर्ने क्रममा लालबन्दी, जब्दी, रानीगंज लगायत गाविसमा अधिग्रहण गर्ने नम्बरी जग्गाहरुको मुआब्जाको सूचना प्रकाशित गरिसकेको छ ।
उक्त क्षेत्रमा वर्षौदेखि भोगचलन हुँदै आएका ऐलानी जग्गाहरु रहेकाले रेलसेवाको काम सुरु गर्दा त्यस्ता जग्गावालाहरुलाई भने मार पर्ने भएको बताईएको छ ।
नम्बरी जग्गाको राज्यले मुआब्जा दिने र ऐलानी जग्गाको हकमा भने मुआब्जाको कानूनी व्यवस्था नभएकाले स्थानीय बासिन्दाले उचित व्यवस्था मिलाउन आग्रह सहित ज्ञापन पत्र बुझाएका हुन् । प्रजिअ घिमिरेले मुआब्जाको लागि उचित व्यवस्था मिलाउन आग्रह गर्दै स्थानीय बासिन्दाहरुको प्रतिनिधि मण्डल आएको बताए ।

नेफ्स्कून हरिवन फिल्डको वैठक

नेफ्स्कून हरिवन फिल्डको वैठक
सर्लाही समाचारदाता
हरिवन, माघ १३ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को हरिवन फिल्ड कार्यालय व्यवस्थापन उपसमितिको पहिलो पूर्ण वैठक सम्पन्न भएको छ ।
संयोजक कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न वैठकले हरिवन फिल्ड कार्यालयको व्यवस्थापनलाई प्रभावकारी बनाउदै कार्यक्षेत्रभित्र रहेका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिन्धुलीका बचत तथा ऋण सहकारीहरुलाई सशक्त, गुणात्मक र प्रभावकारी बनाउन सहयोग पु¥याउने निर्णय गरेको छ । नेफ्स्कूनको सदस्यता, बचत परिचालन, अन्तरलगानी र शिक्षा तथा तालीमका कार्यक्रमहरुमा सहभागी हुन वैठकले सबै बचत तथा ऋण सहकारीहरुलाई आह्वान गरेको छ । सदस्य संस्थाहरुको सशक्तीकरण, सीप र प्रविधिको हस्तान्तरण र क्षमता विकासका लागि जिल्लामा विभिन्न तालीम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन र संयोजनसमेत गर्ने निर्णय वैठकले गरेको छ ।
नेफ्स्कून केन्द्रीय कार्यालयले सञ्चालक कृष्ण पौडेलको संयोजकत्वमा हरिवन फिल्ड कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि पाँच सदस्यीय व्यवस्थापन समिति गठन गरेको हो ।
सदस्यहरुमा सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे र उपाध्यक्ष हरेन्द्र राउत, समाज बचत तथा ऋण सहकारी संस्था, बर्दिवासका अध्यक्ष कृष्णकलादेवी सिंह र सगुन बचत तथा ऋण सहकारी संस्था चन्द्रनिगाहपुरका अध्यक्ष बिभु पोखरेललाई मनोनयन गरिएको छ । नेफ्स्कूनले आफ्नो सेवा विस्तार र प्रभावकारी बनाउन हरिवनलगायत मुलुकका आठ स्थानमा फिल्ड कार्यालय सञ्चालन गरिरहेको छ ।

लालबन्दीमा टाटाको सोरुम उद्घाटन

लालबन्दीमा टाटाको सोरुम उद्घाटन
सर्लाही समाचारदाता
लालबन्दी, माघ १३ । सवारी साधन उत्पादन गर्ने विश्वप्रसिद्ध भारतीय कम्पनी टाटाको सोरुम लालबन्दीमा सञ्चालन हुने भएको छ ।
सोमबार एक समारोहबीच लालबन्दीमा सिप्रदी मनकामना अटो मोबाइल्स नामक सोरुमको उद्घाटन गरिएको छ । सोरुम सञ्चालक उपेन्द्र चौधरीको सभापतित्वमा भएको कार्यक्रमबीच उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष बाबुकाजी प्रधान र टाटा इण्डिया कम्पनीका नेपाल एवं भुटान कण्ट्री मेनेजर पदमेन्दु सचनले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सोरुम उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधी, सञ्चारकर्मी , स्थानीय प्रतिष्ठित व्यक्तिहरु लगायतको उपस्थिती रहेको थियो ।
टाटा कम्पनीबाट उत्पादन हुने व्यवसायिक प्रयोगका चार चक्के पिकअप, विंगर, सुपर एस, म्याजिक, मिनिबस, मिनिट्रक लगायत साना सवारी साधनहरु खरिदका लागि उपलब्ध हुने सोरुमका सञ्चालक उपेन्द्र चौधरीले बताए ।

हेपटाईटिस ‘बी’ विरुद्ध चेतनामूलक कार्यक्रम

हेपटाईटिस ‘बी’ विरुद्ध चेतनामूलक कार्यक्रम
सर्लाही समाचारदाता
किशनपुर, माघ १३ । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार किसनपुर गाविस–१ मा हेपटाईटी बी रोग विरुद्ध चेतनामूलक कार्यक्रम गरेको छ ।
केहि दिनको अन्तरालमा गाउँमा एक दर्जन भन्दा बढी मानिसहरुमा यसको संक्रमण देखापरेपछि जिल्ला जन स्वास्थ्य कार्यालयले चेतनामूलक कार्यक्रम आयोजना गरेको हो । यो रोग लागेका बिरामीहरुले जथाभावी दिशापिसाव नगर्ने, सरसफाईमा ध्यान दिने, रोगीले प्रयोग गरेको ओछ्¥यान अन्यले प्रयोग नगर्ने लगायतको बारेमा स्थानीयलाई जानकारी गराईएको छ । केहि दिन अघि एक जनामा देखा परेको रोग अहिले त्यस बस्तीका एक दर्जन भन्दा बढी व्यक्तिहरुमा देखा परेपछि स्थानीय बासिन्दा भयभित बनेका छन् । दलित बस्तीका अधिकांश मानिसहरु बैदेशिक रोजगारीका लागी भारत पुगेकाले भारतका काम गर्ने सिलसिलामा रो सरेको हुन सक्ने चिकित्सहरुको भनाई छ ।
कार्यालयमा प्रमुख सचितानन्द देवको उपस्थितीमा चेतनामूलक कार्यक्रम गरी बिरामीहरुलाई ल्याव परिक्षणका लागी अन्यत्र पठाउने र केहि खर्च बिरामी तथा केहि खर्च कार्यालयले बेहोर्ने निर्णय समेत गरिएको बताईएको छ ।

कार्तिकेय बालप्रतिभा पुरस्कार घोषणा

कार्तिकेय बालप्रतिभा पुरस्कार घोषणा
सर्लाही समाचारदाता
हरिवन, माघ १३ । सर्लाहीको हरिवन गाविस–२ निवासी कार्तिकेय घिमिरेद्वारा स्थापीत कार्तिकेय बालप्रतिभा पुरस्कार–२०७० बाट विभिन्न बालबालिका पुरस्कृत हुने भएका छन् । उक्त पुरस्कार विगत ११ वर्षदेखि प्रदान गरिँदै आएको छ ।
वर्षकै सबैभन्दा बढी साहित्यिक कृति अध्ययन गर्ने उत्कृष्ट प्रतिभाको रुपमा ज्वाला ढकाल (कक्षा ६, सेन्ट मेरिज स्कुल, जावलाखेल, ललितपुर) पुरस्कृत भएकी छिन् । उनी कक्षा १ देखि नै विद्यालयमा सँधै प्रथम हुँदै आएकी छिन् । उनका दुईवटा कृति प्रकाशित छ । उनलाई सिर्जनशील, मेहनती एवं प्रतिभावान् छात्राको रुपमा छनोट गरी नगद दश हजार एक रुपैया र ताम्रपत्रसहित पुरस्कृत गरिने भएको छ ।
त्यस्तै नृत्य तर्फको कार्तिकेय बालप्रतिभा पुरस्कारबाट प्रतिष्ठा पौडेललाई पुरस्कृत गरिने भएको छ । उनी ओम ज्ञान मन्दिर स्कुल, कौशलटार, भक्तपुरमा कक्षा १० मा पढ्छिन् । उनलाई पाँच हजार एक रुपियाँ नगद र ताम्रपत्रसहित यो पुरस्कार प्रदान गरिने छ ।
त्यसैगरी कार्तिकेय बालसाहित्य प्रवद्र्धन पुरस्कारबाट नेपाल भाषाको मासिक बालपत्रिका ‘ईलोहं ’लाई प्रदान गरिने भएको छ । यो पत्रिकाका प्रधान सम्पादक नरेशवीर शाक्य हुन् । विगत १४ वर्षदेखि प्रकाशित यस पत्रिकाका हालसम्म १५७ अंक प्रकाशित छ । नगद पाँचहजार एक र ताम्रपत्रसहित यो पुरस्कार प्रदान गरिन्छ । यो पुरस्कार हरेक वर्ष बालसाहित्य प्रवर्धनका लागि समर्पित व्यक्तित्व, संघसंस्था वा मिडियालाई प्रदान गरिँदै आएको छ । त्यस्तै प्रयास नेपालसँगको सहकार्यमा कोषले इटाभट्टामा काम गर्ने श्रमिकका छोराछोरीमा पठन संस्कृतिको विकासका लागि र सन्ध्या पुस्तकालय, सिफल, काठमाडौंलाई बालसाहित्यका पुस्तकहरु सहयोग गर्ने भएको छ ।
त्यस्तै विगत ५ वर्षदेखि वितरण हुँदै आएको प्रारम्भ बालप्रतिभा पुरस्कार  वि. सं. २०६९ र २०७० का लागि क्रमशः सुशान्तमान सिंह मास्के (कक्षा ८, नोवेल एकेडेमी) र विज्ञता कार्की (कक्षा ६, एम्बिसन स्कुल) लाई प्रदान गरिने भएको छ । दुवै प्रतिभालाई जनही नगद पाँच हजार एक रुपैंया सहित पुरस्कृत गरिने छ । यो पुरस्कारका संस्थापक संस्थापक लेखक÷समालोचक महेश पौड्याल प्रारम्भ हुन् । यो लेखक पौड्यालको लेखकस्वबाट स्थापित पुरस्कार हो ।
पुरस्कृत बालक सुशान्तमान सिंह मास्के रेडियो नेपालका कान्छा समाचारवाचक हुन् । उनको अँध्यारोमा जूनकिरी र भक्तपुर घुम्दाको मज्जा नामक दुईवटा कृति प्रकाशित भएको छ । विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित उनले लेखेका लेखहरुको संग्रह प्रकाशनको तयारीमा रहेको कुरा उनले बताएका छन् ।
विज्ञता कार्की सानै उमेरदेखि विलक्षण क्षमता प्रस्तुत गर्न सफल प्रतिभा हुन् । उनी चित्रकलामा सिपालु छिन् । उनले चित्रकलामा पुरस्कारहरु जितेकी छिन् । उनको चित्र भित्र लुकेको शब्द र यात्री सिंह गरी दुईवटा कृतिहरु प्रकाशित भएको छ ।
त्यसै गरी यस वर्ष गोविन्द बहादुर मल्ल गोठाले पुरस्कार अन्जना राजवंशी लिखित कृति सृष्टिको कथा लाई नगद एघार हजार एक सय एघार रुपैया र ताम्रपत्रसहित प्रदान गरिने भएको छ । यो पुरस्कारको अक्षयकोशको दाता साहित्यकार जलेश्वरी श्रेष्ठ हुन् ।
प्रतिभा छनोटका लागि सिफारिस आब्हान गरिए अनुसार विभिन्न २३ वटा विद्यालय तथा संघसंस्थाहरुबाट प्राप्त सिफारिसहरुमध्ये उत्कृष्ट छनोट गरी पुरस्कृत गरिएको हो । कोषका अध्यक्ष मोहन कार्की, उपाध्यक्ष  पारस श्रेष्ठ, कोषाध्यक्ष भगवती पौडेल र केटाकेटी मिडियाका सल्लाहकार डा. रुबनलालसहितको पाँच सदस्यीय मूल्याकंन समितिको निर्णयका आधारमा उत्कृष्ट बालप्रतिभाहरु र पत्रिकाको छनोट गरिएको   हो । पुरस्कार फागुन २०७० मा बितरण गरिने कार्यक्रम रहेको कोषले जनाएको छ । कार्तिकेय वाल प्रतिभा पुरस्कारका संस्थापक कार्तिकेय घिमिरे सर्लाहीको हरिवन गाविस–२ निवासी हुन् र हाल उनी काठमाण्डौमा रहेर वाल साहित्यको क्षेत्रमा क्रियाशिल छन् ।

Sunday, January 26, 2014

वेपत्ता जगन्नाथको गाडिएको शव फेला प¥यो

वेपत्ता जगन्नाथको गाडिएको शव फेला प¥यो
सर्लाही समाचारदाता
मलंगवा, माघ १२ । बाह्र दिनदेखि हराईरहेका बबरगंज गाविसका एक सर्वसाधारणको गाडिएको अवस्थामा आईतबार शव फेला परेको छ । बबरगंज गाविस–८ निवासी करिब ४२ वर्षिय जगन्नाथ महतोको शव गाउँ नजिकै खेतमा गाडिएको अवस्थामा फेला परेको हो । मृतक महतो गत माघ १ गते बुधबार राती साँढे ८ बजेबाट परिवारसँग सम्पर्क विहिन भएका थिए । उनलाई अपहरण गरिएको आशंकामा परिवारजनले गत माघ ८ गते प्रहरीमा लिखित निवेदन दर्ता गराएका थिए । घटनाबारे विस्तृतमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आईतबार साँझ साँढे ६ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । शव पोष्टमार्टमका लागि राती नै सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल ल्याईएको छ ।
मृतकका आफन्तका अनुसार गाउँका बालबालिका खेल्दै जाने क्रममा खाल्डो खनेर गाडिएको स्थानमा हात मात्र बाहिर निस्केको देखेपछि खनेर हेर्दा महतोको शव फेला परेको हो । खाल्डो खनेर माटोले पुरेको शवलाई स्यालले खनेपछि एउटा हात बाहिर निस्केको अनुमान गरिएको छ ।
प्रहरीका अनुसार वेवारिसे शव गाडेको अवस्थामा फेला परेको खबरसँगै मृतकका आफन्तले उक्त शव महतोकै भएको पहिचान गरेका थिए । ‘‘मान्छे वेपत्ता भएको हुलिया परेकाले गाडेको अवस्थामा वेवारिसे शव फेला पर्ने वितिकै सम्बन्धित परिवारजनलाई चिनाउँदा सनाखत भएको छ ।’’ जिल्ला प्रहरी प्रवक्ता ओलीले भने–‘‘घटनाबारे गम्भिर ढंगले अनुसन्धान भईरहेको छ, संलग्नहरु चाँडै नियन्त्रणमा आउनेछन् ।’’
मृतकका आफन्त एवं जिल्ला अस्पताल मलंगवाका पूर्व स्वास्थ्यकर्मी मेनीचन्द्र महतोका अनुसार जगन्नाथ आएसँगै गत माघ १ गते बुधबार राती ८ बजेतिर घरबाट बाहिरिएका थिए । गाउँकै रामविर साह तेलीले फोन गरेर बोलाएपछि मृतक महतो घरबाट बाहिरिएको र परिवारसँग सम्पर्क विहिन भएको मेनीचन्द्रले बताए । ‘‘राती घरबाट बाहिरिएपछि लगातार उनको मोबाईलमा फोन ग¥यौं, कहिले घण्टी जाने र नउठ्ने त कहिले उठाएर केही पनि नबोल्ने हुन्थ्यो ।’’ मेनीचन्द्रले सर्लाही दैनिकसँग भने–‘‘फोन गरेर बोलाउने रामविर र मृतक जगन्नाथ दुवैजना एकसाथ गाउँबाट वेपत्ता भएका थिए ।’’
मेनीचन्द्रका अनुसार रामविरले अपहरण गरेको हुन सक्ने आशंकाका साथ मृतकका परिवारजनले इलाका प्रहरी कार्यालय केशरगंजमा लिखित उजुरी दिएका थिए । शव केही गलिसकेको अवस्थामा फेला परेकाले ५–७ दिनअघि नै हत्या गरेर गाडिएको हुन सक्ने अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओलीले भने घटनामा संलग्नताको बारेमा एकिन नभईसकेको र गम्भिर ढंगले अनुसन्धान अगाडी बढाईएको बताए । एक श्रीमति सहित दुई छोराका पिता जगन्नाथ गाउँमा ट्रेक्टर व्यवसाय गर्थे भने केही वर्षअघिसम्म उनको गाउँमा धान कुट्ने सेलर मिल समेत रहेको थियो । उनका एक छोरा वैदेशिक रोजगारीमा छन् भने एक छोरा गाउँमै बस्ने गर्दछन् ।
परिवारजनका अनुसार रामवीरसँग जगन्नाथको जग्गा सम्बन्धी किचलो रहेको थियो । मेनीचन्द्रका अनुसार रामवीरले ऋण लिएबापत भारतका एक व्यापारीलाई पास गरिदिएको जग्गा जगन्नाथले किन्ने प्रकृया अगाडी बढाएपछि रामविर जगन्नाथसँग रिसाएका थिए । जगन्नाथ वेपत्ता हुनु १० दिनअघिदेखि रामविरले उनीसँग गहिरो हिमचिम बढाएको र सोही विश्वासमा राती फोनमा बोलाउने वितिकै उनी गएको परिवारजनले बताएका छन् ।

नवजात शिशुको शव फेला

नवजात शिशुको शव फेला
सर्लाही समाचारदाता
मलंगवा, माघ १२ । मुसैली–३ स्थित पोखरीको किनारामा आइतबार एक नवजात शिशुको शव भेटिएको छ ।
पोखरीको नजिकै ठुला–ठुला परालको कुनिउँ रहेका कारण सोही ठाउँमा शिशु जन्माएर शनिबार राती नै फालेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । विहान साँढे ११ बजे फेला परेको छोरीजातिको शवलाई जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टमका लागी ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए ।
सदरमुकाम मलंगवासँगै जोडिएको सो गाविस स्थित पोखरी किनारमा आइतबार शिशुको शव देखा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीय क्षेत्रका मानिसहरुले शिशु फालेको नभई अन्य ठाउँका मानिहरुले फालेको स्थानीय बासिन्दाको कथन छ । शिशु फाल्ने अज्ञात व्यक्तिलाई कर्तव्य ज्यान मुद्धा दायर गरी खोजी कार्य अगाडी बढाउने प्रहरीले जनाएको छ ।

किसानलाई उखु काट्न समस्या

किसानलाई उखु काट्न समस्या
सर्लाही समाचारदाता
कविलासी, माघ १२ । कविलासी आसपासका किसानहरुलाई उखु काट्ने समयमा खेतभरी पानी पसेपछि उखु काट्न समस्या भएको छ ।
बाग्मती सिँचाई आयोजनाको नहरबाट निस्केको पानी खेतभरी पस्दा उखु काट्न समस्या भएको किसानहरुको गुनासो छ । धमाधम उखु काट्ने समयमा खेतभरी पानी जमेपछि आफुहरुमा निकै मर्कामा परेको कविलासीका किसान संजय महतोले बताए । खेतभरी पानी जमेकाले उखुको पात सुक्दै गएको किसानहरुको भनाई छ । खेतभरी पानी जमेकाले चलान लिई सकेको भएपनि आफुहरुले उखु काट्न नपाएको किसानहरुको गुनासो छ । किसानहरुले बाँग्मती सिँचाई आयोजनासँग तत्काल नहरमा पानी बन्द गरी उखु काट्ने वातावरण सिर्जना गर्न माग गरेका छन् । आयोजनाले भने अहिले धमाधम गहुँ बालीमा पानी पटाउनु परेकाले पानी बन्द गर्न नसक्ने जनाएको छ ।

भन्सार प्रमुख कुटपीटमा तीन पुगे

भन्सार प्रमुख कुटपीटमा तीन पुगे
सर्लाही समाचारदाता
मलंगवा, माघ १२ । सर्लाही भन्सार कार्यालय प्रमुख टिकाराम भुसालमाथि कुटपीट गरेको आरोपमा प्रहरीले आइतबार थप दुईजनालाई पक्राउ गरेको छ । योसँगै उक्त अभियोगमा पक्राउ पर्नेहरु तीनजना पुगेका छन् ।
मलंगवा नगरपालिका–२ निवासी २४ वर्षिय सुवोधकुमार साह र २२ वर्षिय धिरेन्द्र साहलाई सदरमुकाम मलंगवा स्थित बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओलीले बताए । यसअघि गत शुक्रबार मलंगवा नगरपालिका–२ निवासी करिब ३० वर्षिय नागेन्द्र ठाकुरलाई प्रहरीले सोही अभियोगमा पक्राउ गरिसकेको छ ।
पक्राउ परेका तीनजनालाई आइतबार नै जिल्ला प्रशासन कार्यालयबाट सात दिन म्याद थप गरेर सार्वजनिक अपराध ऐन अन्तर्गत कार्वाही प्रकृया अगाडी बढाईएको प्रवक्ता ओलीले बताए । कुटपीटमा संलग्न अन्यको पनि खोजी कार्य तिब्र रुपमा भईरहेको जिल्ला प्रहरी कार्यालयले जनायो ।
आप्mनो कार्यकक्षमा बसिरहेको अवस्थामा गत सोमबार दिउँसो १ बजे १८÷२० जनाको समूहले आफूमाथि कुटपीट गरेको भन्दै भन्सार प्रमुख भुसालले जिल्ला सुरक्षा समितिमा नै लिखित जानकारीदिएको थिए । कार्यालय प्रमुखमाथि हातपात सहित दुव्र्यवहार भएको भन्दै भन्सारका कर्मचारीहरु विरोधमा उत्रिएका थिए । कार्यालय प्रमुखमाथि हातपात गर्ने दोषिमाथि कार्वाही नभएसम्म अनिश्चित कालका लागि काम बन्द गरिएको सूचना कार्यालयको मूलगेटमा टाँस गरेर भन्सारका कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए । कर्मचारी आन्दोलनका कारण चारदिनसम्म ठप्प रहेको भन्सार विहिबार साँझ ४ बजेबाट सुचारु भएको थियो । गृह सचिव, अर्थ सचिव, भन्सार विभागका महानिर्देशक, सर्लाही भन्सार प्रमुख भुषाल, भन्सार कार्यालय सम्बद्ध कर्मचारी ट्रेड युनियन सम्बद्ध नेताहरु लगायतको संयुक्त बैठकमा कुटपीटमा संलग्न दोषिहरु नियन्त्रणमा लिएर कार्वाही गर्ने प्रतिवद्धता आएपछि आन्दोलन तत्कालका लागि स्थगीत भएको थियो ।
आईतबार राति जिल्ला भन्सार कार्यालयको गस्ति टोलीले त्रिभुवन नगर स्थीत छोटी भन्सार ईलाकाबाट लुकाई छिपाई नेपाल भित्र्याईदै गरेको ४ पोका कपडा पक्राउ गरेको थियो । उक्त पोकाहरु छाड्नका लागि दवाव दिन आएको समूहले भुसालमाथि दुव्र्यबहार गर्नुको साथै कुटपिट समेत गरेको बताईएको छ । कुटपीटमा अवैध ढंगले भारतबाट सामानहरु भित्र्याउने ‘तस्कर’ हरुकै समूह रहेको भन्सारका कर्मचारीहरु बताउँछन् ।
भन्सार प्रमुख भुषालले आप्mनै माथिल्लो निकायमा दिएको नामका आधारमा अभियुक्तहरुलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । भुषालले भन्सार विभागका महानिर्देशकलाई दिएको नामका आधारमा गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयबाट आएको निर्देशन अनुसार ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले बतायो । भुषालले सर्लाही स्थित प्रहरी प्रशासनलाई भने सामान्य हुलिया बाहेक कुटपीटमा संलग्नहरुको नामावली दिएका थिएनन् ।
पक्राउ परेका तीनजना नै ठाकुर भारतबाट नेपालतर्फ सामान तस्करी गर्ने काममा संलग्न रहेको प्रहरी स्रोतले दावी गरेको छ । स्रोतका अनुसार प्रहरीले सदरमुकाम मलंगवाबाट पक्राउ परेको भनेपनि उनीहरुलाई भारतीय प्रहरीको समन्वयमा सोनवर्षा क्षेत्रबाट नियन्त्रणमा लिईएको हो ।
‘‘भन्सार प्रमुख भुषालमाथि कुटपीट भएकै राती उनीहरु सोनवर्षा स्थित एक व्यापारीको घरमा पार्टी गरिरहेको खबर आएको थियो ।’’ प्रहरी स्रोतले भन्यो–‘‘भारतीय प्रहरीसँग समन्वय गरेर राती नै छापा हान्ने प्रयास गर्दा त्यहाँ त सितामाढी जिल्लाका प्रहरी प्रमुखले समेत आँट गर्न नसक्ने घर पो रहेछ ।’’ लामो कसरत पछि भारतीय प्रहरीकै समन्वयमा सोनवर्षा वजार क्षेत्रमा घुमिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको एक सुरक्षाकर्मीले बताए । ‘‘आधिकारिक रुपमा भारतीय क्षेत्रमा पक्राउ गरेको देखाउन नमिल्ने हुनाले बसपार्क क्षेत्र देखाईएको हो ।’’ ती सुरक्षाकर्मीले भने–‘‘अपराधपछि भारतमा नै लुकेर बस्नेहरुलाई पनि पक्राउ गर्न हामी पछि पर्दैनौं ।’’

भोली जिविसको इलाका गोष्ठी हुने

भोली जिविसको इलाका गोष्ठी हुने
सर्लाही समाचारदाता
मलंगवा, माघ १२ । इलाका स्तरीय योजना तर्जूमा गोष्ठी तयारीका लागि जिल्ला विकास समितिको कार्यालयले आईतबार अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
आगामी मंगलबार १७ वटै इलाकामा एकसाथ हुने गोष्ठीका लागि राजनैतिक दलका नेता र जिविसका कर्मचारीहरुलाई अभिमुखिकरण गराईएको स्थानीय विकास अधिकारी उमेश बस्नेतले बताए । योजनाको प्राथमिकिकरण, छनौटको प्रकृया, सहभागिताको विषय लगायतमा राजनैतिक दलका नेता तथा जिविसका कर्मचारीलाई जानकारी गराईएको हो ।
योजना तर्जूमा गोष्ठीमा १७ वटै इलाकामा जिविसका एक–एकजना कर्मचारी जाने गर्दछन् । यसपटक जिविसलाई सल्लाह सुझाव दिने जिल्ला स्तरीय राजनैतिक संयन्त्रबाट समेत १७ वटै इलाकामा हुने गोष्ठीमा एक–एकजना प्रतिनिधित्व गराउने व्यवस्था मिलाईएको स्थानीय विकास अधिकारी बस्नेतले बताए ।
यसपटकदेखि जिविसबाट सञ्चालन गरिने योजनाहरुका लागि इलाका स्तरीय योजना तर्जूमा गोष्ठीबाटै छनौटमा परेर आउनुपर्ने स्थानीय विकास अधिकारी बस्नेतले जानकारी दिए । ‘‘यो पटकटदेखि कसैको गोजीबाट वा जिविसमा सिधै निवेदन दिएको भरमा योजना पर्दैन ।’’ स्थानीय विकास अधिकारी बस्नेतले भने–‘‘प्रकृया विपरितका कुनैपनि योजना सञ्चालन गर्दैनौं ।’’
अभिमुखिकरण बैठकमा स्थानीय विकास अधिकारी बस्नेतले ठोस कामहरु गर्नका लागि राजनैतिक दलका नेताहरुसँग आग्रह गरेपनि उनीहरुले इन्कार गरेको जिविसका एक कर्मचारीले बताए । ‘‘एलडिओ साहेबले कम्तिमा ६ वटा क्षेत्रका ६ स्थानमा कालोपत्रे गर्ने लगायत देखिने खालका ठोस काम गर्नुपर्ने सहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।’’ ती कर्मचारीले भने–‘‘तर राजनैतिक दलका नेताज्यूहरुले मान्नुभएन, त्यसबाट एलडिओ साहेव केही खिन्न हुनुभएको छ, खुद्रे काम गरेर बजेट त्यसै सकाउने भन्दापनि ठोस खालका योजनाहरु अगाडी बढाउनुपर्ने उहाँको आशय थियो ।’’
स्थानीय विकास अधिकारी बस्नेतले इलाका गोष्ठीबाट ठोस योजनाहरुलाई प्राथमिकतामा राखेर छनौट गर्न आफूले अभिमुखिकरण कार्यक्रममा आग्रह गरेको बताए । जिविसले यसअघि नै माघ दोस्रो साताभित्र इलाका स्तरीय योजना तर्जूमा गोष्ठी गर्ने तालिका सार्वजनिक गरिसकेको थियो । इलाका गोष्ठीमा जिविसका कर्मचारी, गाविस सचिव, स्थानीय राजनैतिक दलका प्रतिनिधि, लक्षित वर्गका प्रतिनिधि, विषयगत कार्यालय एवं गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहने गर्दछ । यसपटक भने जिल्ला स्तरीय राजनैतिक संयन्त्रबाट समेत एक–एकजना प्रतिनिधि राख्ने व्यवस्था मिलाईएको छ ।

शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
सर्लाही समाचारदाता
मलंगवा, माघ १२ । नेपाल भारत मैत्री सम्वन्ध अमर रहोस् भन्ने मुल नाराका साथ आइतबार सदरमुकाम मलंगवामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
भारतको ६५ औँ गणतन्त्र दिवसको अवसरमा नेपाल भारत मैत्री संघ सर्लाही शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । शाखाका जिल्ला अध्यक्ष रामदेव ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा भारतिय सुरक्षा निकाएका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने अतिथीहरुले नेपाल भारत बिचको सम्वन्ध निकै सुमधर रहेको बताएका सञ्चारकर्मी मनोज यादवले जानकारी दिए । कार्यक्रममा केहिदिन अघि सम्पन्न भएको अन्तर नगर विद्यालय नृत्य, निवन्ध र चित्रकला प्रतियोगितका बिजेताहरुलाई नगद र पुरस्कार पनि प्रदान गरिएको छ ।

विषादी छर्कन कृषि कार्यालयको आग्रह

विषादी छर्कन कृषि कार्यालयको आग्रह
सर्लाही समाचारदाता
मलंगवा, माघ १२ । जिल्ला कृषि विकास कार्यालय सर्लाहीले तरकारी बालीलाई डडुवा रोगबाट बचाउन समयमा नै विषादी प्रयोग गर्न किसानहरुलाई आग्रह गरेको छ ।
अत्याधिक मात्रामा कुहिरो लागेकाले डडुवा रोगको संक्रमण बढि हुने भन्दै कार्यालयले किसानहरुलाई यस्तो आग्रह गरेको हो । अहिले तापक्रम निकै कम भएकाले तरकारी बालिमा डडुवा रोग लाग्ने सम्भावना उच्च हुने बाली विकास अधिकृत रामप्रकाश महतोले बताए । उनका अनुसार तापक्रम १० डिग्री भन्दा कम भएपछि तरकारीमा डडुवा रोग लाग्ने गर्छ । अहिलेको मौसममा आलु तथा गोलभेडामा डढुवा रोग लाग्ने कृषि प्राविधिकहरुको भनाई छ । प्राविधिकहरुले बिषादीको प्रयोग गर्ने बेलामा तरकारी बालीको पात मुनी पनि नोजल घुमाएर औषधी छर्कन आग्रहगरेका छन् । जिल्ला कृषि कार्यालयले पनि जुन सुकै क्षेत्रमा तरकारी बालिमा डढुवा रोगको महामारी फैलिए प्राविधिक पठाउने दावी गरेको छ ।

विद्यार्थीलाई कपडा र पुस्तक

विद्यार्थीलाई कपडा र पुस्तक
सर्लाही समाचारदाता
घुर्काैली, माघ १२ । घुर्कौली–४ स्थित जनसेवा माविका विद्यार्थीहरुलाई आइतबार न्यानो कपडा र पुस्तक वितरण गरिएको छ ।
सासापुर निवासी गायक हेमन्त मोक्तान प्रमुख रहेको मानव जीवन संरक्षण मञ्चले विधार्थीहरुलाई कपडा र पुस्तक वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर पाख्रिनको उपस्थितीमा विद्यार्थीहरुलाई सो सामाग्री वितरण गरिएको थियो  ।
चिसो प्रभावित ४० जना विद्यार्थीलाई कपडा र विद्यालयमा पुस्तकालय सञ्चालन गर्नका लागी पुस्तकहरु वितरण गरिएको मञ्चले जनाएको छ । यस अघि पनि मानव संरक्षण मञ्चले सर्लाहीको विभिन्न ठाउँमा असहाय तथा अशक्तहरुलाई सहयोग गर्दै आएको थियो ।

Saturday, January 25, 2014

यातायातले लालबन्दीमा सवारीको जाँचपास ग¥यो

यातायातले लालबन्दीमा सवारीको जाँचपास ग¥यो
सर्लाही समाचारदाता
लालबन्दी, माघ ११ । यातायात व्यवस्था कार्यालय जनकपुरले शनिबार लालबन्दीमा स्थानीय सवारी साधनहरुको जाँचपासको काम गरेको छ । स्थानीय यातायात व्यवसायीहरुलाई सुलभ होस् भन्ने अभिप्रायले लालबन्दीमा एकदिनका लागि जाँचपासको काम गरिएको यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख रामकाजी खनालले बताए । ‘‘५० रुपैया राजश्व तिरेर जाँचपास गराउनका लागि व्यवसायीले हजारौं रुपैंया खर्च गर्नुपर्ने अवस्था छ ।’’ यातायात प्रमुख खनालले भने–‘‘प्रत्येक ६–६ महिनामा जाँचपास गराउन अञ्चल सदरमुकाम जनकपुर आउनुपर्ने सर्लाहीका यातायात व्यवसायीहरुको सुलभताका लागि हामी आफै आएर काम गरेका हौं ।’’
आफूहरुको आग्रह अनुसार यातायात कार्यालयबाट टोली आएर स्थानीय स्तरमा जाँचपासको काम गरेको जनकपुर यातायात जीप टेम्पो व्यवसायि संघका अध्यक्ष राजकुमार मैनालीले बताए । ‘‘५० रुपैंया राजश्व बुझाएर जाँचपास गराउनका लागि सवारी व्यवसायीहरुले जनकपुरसम्म सवारी साधन नै लिएर जानुपर्दा हजारौं रुपैया खर्च हुन्छ ।’’ मैनालीले भने–‘‘त्यसैले हामीले संस्थागत रुपमै यातायात व्यवस्था कार्यालयलाई आग्रह ग¥यौं र उहाँहरु लालबन्दी आउनुभएको हो ।’’
शनिबार जीप, टेम्पो र म्याजीक लगायत ३२ वटा साना सवारी साधनहरुको जाँचपास गरिएको यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख खनालले बताए । ‘‘हाँमी यसरी नियमित आउँदैनौं र यसरी काम गर्ने व्यवस्था पनि छैन ।’’ खनालले शनिबार सर्लाही दैनिकसँग भने–‘‘व्यवसायी साथीहरुबाट अनुरोध आएपछि आज विदाको दिन पनि भएकाले लालबन्दी आएर जाँचपासको काम ग¥यौं ।’’ नियममा यसरी गर्नुपर्ने नभएपनि समय मिलेको खण्डमा अन्य बेलामा समेत स्थानीय स्तरमा नै कर्मचारी आएर जाँचपास गर्न सकिने प्रमुख खनालले बताए ।
जीप टेम्पो व्यवसायी संघका अध्यक्ष मैनालीले यातायात कार्यालयले घरगाउँमै सेवा दिएर सुलभता प्रदान गरेकोप्रति खुसी व्यक्त गरे । ‘‘एउटा सवारी साधनको जाँचपास गराउन जनकपुर लिएर जानुपर्दा त्यसको दिनभरको कमाई, तेलमा लाग्ने खर्च सहित गर्दा हजारौं रुपैया व्यवसायीलाई घाटा हुन्छ ।’’ उनले भने–‘‘कर्मचारीहरु नै यहाँ आएर सो कार्य गर्दा व्यवसायीको आर्थिकदेखि समयको समेत बचत भएको छ ।’’
प्राविधिक कर्मचारी सहितको टोलीले सवारी साधनको अवस्था हेरेर चलाउन मिल्ने भनेर लिखित प्रतिवेदन दिएपछि यातायात कार्यालयले सवारी साधनहरुको जाँचपास दिने गर्दछ । शनिबार यातायात प्रमुख खनालको नेतृत्वमा मेकानिकल इन्जिनियर सहित ३ जनाको टोली लालबन्दी आएको थियो । टोलीले बत्ति, इन्जिनको आवाज लगायत सवारी साधनहरुको अवस्थाबारेमा एक–एकगरी चेकजाच गरेको थियो ।

पोलियो थोपा खुवाईयो

पोलियो थोपा खुवाईयो
सर्लाही समाचारदाता
मलंगवा, माघ ११ । राष्ट्रव्यापी अभियान अन्तर्गत सर्लाहीका पाँच वर्ष मुनिका बालबालिकालाई पनि शनिबार पोलियो थोपा खुवाईएको छ ।
पोलियो थोपा खुवाउने अभियानको दोस्रो चरण अन्र्तगत शनिबार पोलियो थोपा खुवाईएको र आइतबार पनि छुटेका बालबालिकालाई खुवाईने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सर्लाहीमा पाँच वर्ष मुनिका १ लाख ५१ हजार ८ सय बालबालिका रहेका र शनिबार खुवाउँदा छुटेकालाई आईतबार समेत खुवाईने बताईएको छ ।
जिल्लाको ९९ गाविस र एक नगरापालिकामा पोलियो थोपा खुवाउनको लागी २ हजार स्वयमसेविका, ३ सय ५० स्वास्थ्यकर्मी खटाईएको छ । जिल्लाभरमा पोलियो थोपा खुवाउनको लागी ९ सय ७५ ओटा खोप केन्द्र तोकिएको जिल्ला स्वास्थ्य कार्यालयले बतायो । शनिबार पोलियो थोपा खुवाउन छुटेकालाई आइतबार  स्वास्थ्यकर्मी र स्वयंसेविका घरघरै गएर पोलियो थोपा खुवाउने छन् ।

पूजाका लागि सडकमा चन्दा आतंक

पूजाका लागि सडकमा चन्दा आतंक
सर्लाही समाचारदाता
हरिवन, माघ ११ । आउँदै गरेको सरस्वती पूजाका लागि भन्दै सर्लाहीका विभिन्न राजमार्गहरुमा चन्दा आतंक बढेको छ ।
पूर्व पश्चिम राजमार्गका साथै ग्रामीण सडकमा समेत सरस्वती पूजाको लागी भन्दै जथाभावी रकम असुल्ने क्रम केही दिनदेखि बढेको स्थानीय बासिन्दा तथा यातायात व्यवसायीहरुले गुनासो गरेका छन् । सडकमा गुडिरहेका सवारी साधनलाई जबरजस्ती रोकी तोकेर नै रकम असुल्ने क्रम बढेको हो । सरस्वती पूजा नजिकिए सँगै यस्तो कार्यले तिव्रता पाएको नवलपुर–मलंगवा सडकखण्डमा चल्ने एक यात्रुबसका चालकले बताए ।
विशेषगरी नवलपुर–मलंगवा सडकखण्डमा यस्तो चन्दा उठाउने काम ठाउँठाउँमा हुने गरेको यातायात व्यवसायीले गुनासो गरेका छन् । विभिन्न विद्यालयका विद्यार्थीहरुले यातायातका साधनलाई रोकी जबरजस्ती रकम माग्ने गरेका र नदिएमा यातायातका साधनमा नै ढुङ्गामुडा गर्ने गरेको चालकहरुको भनाई छ । सरस्वती पूजाको लागी सहयोग भन्दै विद्यार्थीहरुले ठाउँ ठाउँमा यातायातका साधनहरु रोकेर रकम मागेर आफुहरुलाई हैरान बनाएको चालकहरुको गुनासो छ । सडकमा विद्यालयका ब्यानर तथा ढाट तेस्राएर रकम लिने गरेको पाईएको छ ।
आÇना विद्यार्थीहरुले सडकमा गएर जथाभावी गएर रकम माग्दा समेत विद्यालयले भने कुनै वास्ता गरेका छैनन् । स्थानीय प्रहरीले पनि जबर्जस्ती रुपमा चन्दा उठाउने कार्यलाई रोक्नेतर्फ सकृयता देखाएका छैनन् ।

शिक्षक संघको क्षेत्रीय नेतृत्व चयन

शिक्षक संघको क्षेत्रीय नेतृत्व चयन
सर्लाही समाचारदाता
इश्वरपुर, माघ ११ । नेपाल शिक्षक संघ सर्लाहीको क्षेत्रीय समिती गठन भएको छ ।
शनिबार इश्वरपुरमा भएको क्षेत्र नं. १ को भेलाले संघको क्षेत्रीय समिति चयन गरेको हो । साँझ अवेरसम्म चलेको भेलाले लालबन्दी गाविस– ३ स्थित निमाविका शिक्षक अशोक डुमजुङको अध्यक्षतामा १० सदस्यीय क्षेत्रीय नेतृत्व चयन गरेको संघका जिल्ला अध्यक्ष कौशल किशोर रायले बताए ।
अन्य पदहरुमा दिउँसै सर्वसम्मत रुपमा चयन गरिएपनि अध्यक्ष पदमा भने तीनजना आकांक्षी हुँदा केही ढिलाई भएको थियो । लक्ष्मी बाँनिया, गणेश कार्की र डुमजुङले अध्यक्ष बन्ने चाहना देखाएपछि निर्वाचन समिति गठन गरेर निर्णय गरिएको थियो । तीनैजना आकांक्षीले निर्वाचन समितिले गरेको निर्णय मान्य हुने लिखित सहमति जनाएपछि समितिले डुमजुङलाई चयन भएको हो ।
प्रधानाध्यापक विन्देश्वर सिंह नेतृत्वमा ऋषिराम तिमल्सिना, अर्चना खरेल तथा मध्यस्थता व्यक्ति नरेन्द्र भट्टराई रहेको समितिले डुमजुङलाई चयन गरेको थियो । समितिमा उपाध्यक्ष संगीता श्रेष्ठ चौधरी, सचिव रामविनय झा, सहसचिव आशा घिमिरे, कोषाध्यक्ष मिथिला कोइराला तथा सदस्यहरुमा भक्तिमाया विक, छत्रबहादुर रखाल, सुरेश पासवान, अजित पोखरेल र निजी स्रोतका शिक्षकबाट बुद्ध बराल चयन भएका छन् ।
यसअघि क्षेत्रीय समितिका निवर्तमान अध्यक्ष महेश बरालको सभापतित्वमा अधिवेशन उद्घाटन समारोह संघकी केन्द्रीय सदस्य सरस्वती ढुंगानाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति लक्ष्मण राय विशिष्ट अतिथी रहेको थिए भने जिल्ला सचिव नविन अधिकारी, रविनन्दन चौधरी, नेपाल शिक्षक संघका सर्लाही अध्यक्ष कौशलकिशोर यादव लगायतले मन्तव्य राखेका थिए ।

Friday, January 24, 2014

भन्सार प्रमुखलाई कुटेको आरोपमा पक्राउ

भन्सार प्रमुखलाई कुटेको आरोपमा पक्राउ
सर्लाही समाचारदाता
मलंगवा, माघ १० । सर्लाही भन्सार कार्यालय प्रमुख टिकाराम भुसालमाथि कुटपीट गरेको आरोपमा प्रहरीले शुक्रबार एकजनालाई पक्राउ गरेको छ ।
मलंगवा नगरपालिका–२ निवासी करिब ३० वर्षिय नागेन्द्र ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओलीले बताए । ठाकुरलाई अपरान्ह मलंगवाबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कुटपीटमा संलग्न अन्यको पनि खोजी कार्य तिब्र रुपमा भईरहेको जिल्ला प्रहरी कार्यालयले जनायो । पक्राउ परेका ठाकुरमाथि आवश्यक सोधपुछ सहित घटनाबारे गम्भिर ढंगले अनुसन्धान भईरहेको जिला प्रहरी कार्यालयले जनायो ।
आप्mनो कार्यकक्षमा बसिरहेको अवस्थामा गत सोमबार दिउँसो १ बजे १८÷२० जनाको समूहले भन्सार प्रमुख भुसालमाथि हातपात सहित दुव्र्यवहार गरेको भन्दै भन्सारका कर्मचारीहरु विरोधमा उत्रिएका थिए । कार्यालय प्रमुखमाथि हातपात गर्ने दोषिमाथि कार्वाही नभएसम्म अनिश्चित कालका लागि काम बन्द गरिएको सूचना कार्यालयको मूलगेटमा टाँस गरेर भन्सारका कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए । कर्मचारी आन्दोलनका कारण चारदिनसम्म ठप्प रहेको भन्सार विहिबार साँझ ४ बजेबाट सुचारु भएको थियो । गृह सचिव, अर्थ सचिव, भन्सार विभागका महानिर्देशक, सर्लाही भन्सार प्रमुख भुषाल, भन्सार कार्यालय सम्बद्ध कर्मचारी ट्रेड युनियन सम्बद्ध नेताहरु लगायतको संयुक्त बैठकमा कुटपीटमा संलग्न दोषिहरु नियन्त्रणमा लिएर कार्वाही गर्ने प्रतिवद्धता आएपछि आन्दोलन तत्कालका लागि स्थगीत भएको हो ।
आईतबार राति जिल्ला भन्सार कार्यालयको गस्ति टोलीले त्रिभुवन नगर स्थीत छोटी भन्सार ईलाकाबाट लुकाई छिपाई नेपाल भित्र्याईदै गरेको ४ पोका कपडा पक्राउ गरेको थियो । उक्त पोकाहरु छाड्नका लागि दवाव दिन आएको समूहले भुसालमाथि दुव्र्यबहार गर्नुको साथै कुटपिट समेत गरेको बताईएको छ । कुटपीटमा अवैध ढंगले भारतबाट सामानहरु भित्र्याउने ‘तस्कर’ हरुकै समूह रहेको भन्सारका कर्मचारीहरु बताउँछन् ।
भन्सार प्रमुख भुषालले आप्mनै माथिल्लो निकायमा दिएको नामका आधारमा ठाकुरलाई अपरान्ह पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । भुषालले भन्सार विभागका महानिर्देशकलाई दिएको नामका आधारमा गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयबाट आएको निर्देशन अनुसार ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले बतायो । भुषालले सर्लाही स्थित प्रहरी प्रशासनलाई भने सामान्य हुलिया बाहेक कुटपीटमा संलग्नहरुको नामावली दिएका थिएनन् ।
ठाकुर भारतबाट नेपालतर्फ सामान तस्करी गर्ने काममै संलग्न रहेको प्रहरी स्रोतले दावी गरेको छ । ‘‘उनी त्रिभुवननगरमा भन्सार प्रमुखज्यूले बरामद् गरेका सामानधनीकै मुख्य कामदार हुन् ।’’ प्रहरी स्रोतले भन्यो–‘‘कुटपीटमा पनि उनी सहितका तस्करीमा संलग्न हुनेहरु थिए ।’’ नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरु उपस्थित रहेकै अवस्थामा भन्सार प्रमुख भुषालमाथि कुटपीट भएको खबर बाहिर आईरहेको अवस्थामा ठाकुरलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयले घटनाप्रति सकृयता देखाएको महसुस सरोकारवालाहरुले गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले कुटपीटमा संलग्नहरुको खोजीकार्यका लागि प्रहरीलाई आवश्यक निर्देशन दिईएको बताए । ‘‘कार्यकक्षमै कार्यरत कर्मचारीमाथि कुटपीट गरिनु गलत हो ।’’ प्रजिअ घिमिरेले भने–‘‘घटनामा संलग्न दोषिहरु तुरुन्त नियन्त्रणमा लिनका लागि प्रहरी परिचालन गरेका छौं ।’’ दोषि देखिएकाहरुमाथि कडा कार्वाही गरिने समेत प्रजिअ घिमिरेले बताए ।

डिआईजी अर्याल निर्देशन दिँदै फर्किए

डिआईजी अर्याल निर्देशन दिँदै फर्किए
सर्लाही समाचारदाता
मलंगवा, माघ १० । नेपाल प्रहरीका मध्यमाञ्चल क्षेत्रीय प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) प्रकाश अर्यालले शुक्रबार जिल्ला स्थित विभिन्न मातहतका निकायमा स्थलगत निरीक्षक एवं आवश्यक निर्देशन दिएका छन् ।
महोत्तरी र धनुषाबाट फर्कने क्रममा डिआईजी अर्यालले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाही स्थित विभिन्न प्रहरी इकाईमा स्थलगत निरीक्षण एवं त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएका हुन् । सुरक्षाकर्मीलाई आचरण नसुधारे कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडा फर्कने क्रममा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फूलजोर प्रहरी चौकी, इलाका प्रहरी कार्यालय लालबन्दी, इलाका प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय हरिवनमा डिआईजी अर्यालले स्थलगत निरीक्षण एवं त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएको प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले बताए ।
निर्देशनका क्रममा डिआईजी अर्यालले आचरणमा सुधार गर्न र अनियमित कार्य नगर्न निर्देशन दिएको बताईएको छ । गत मंगलबार साँझ इलाका प्रहरी कार्यालय बरहथवा, हरकठवा, गढैया र बलरामा स्थलगत निरीक्षण एवं निर्देशन दिँदै राती जिल्ला प्रहरी कार्यालय मलंगवा पुगेका डिआईजी अर्याल बुधबार विहान मलंगवाबाट महोत्तरीतर्फ लागेका थिए । महोत्तरी र धनुषाबाट हेटौंडातर्फ फर्कने क्रममा पूर्व–पश्चिम राजमार्ग क्षेत्रका प्रहरी इकाईहरुमा निरीक्षण एवं निर्देशन दिएका हुन् ।

तीन इलाकामा नयाँ ‘इन्सपेक्टर’

तीन इलाकामा नयाँ ‘इन्सपेक्टर’
सर्लाही समाचारदाता
हरिवन, माघ १० । जिल्ला स्थित  तीनवटा इलाका प्रहरी कार्यालयमा प्रमुखको रुपमा नयाँ प्रहरी निरीक्षक (इन्सपेक्टर) आउने भएका छन् ।
इलाका प्रहरी कार्यालय हरिवन, हरिपुर र लालबन्दीमा प्रमुखको रुपमा नयाँ इन्स्पेक्टरहरु आउने भएका हुन् । शुक्रबार प्रहरी प्रधान कार्यालयले गरेको सरुवा अनुसार इलाका प्रहरी कार्यालय हरिवनमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान व्यूरोबाट महेश थापा, हरिपुरमा प्रहरी प्रधान कार्यालय आपूर्ति महाशाखाबाट शम्भु पोखरेल र लालबन्दीमा महानगरीय प्रहरी पहरा गण त्रिपुरेश्वरबाट विष्णुप्रसाद सोती प्रमुखको रुपमा आउने भएका हुन् ।
हरिवनमा कार्यरत प्रहरी निरीक्षक शंकरसिंह रावलको महानगरीय प्रहरी आयुक्तको कार्यालय काठमाण्डौ अन्तर्गत शान्ति सुरक्षा महाशाखामा, हरिपुरका गोपालप्रसाद पोखरेलको महानगरीय सशस्त्र प्रहरी गण नं. २ को गुल्म नम्बर ४ महाराजगंज तथा लालबन्दीका लक्ष्मणबहादुर थापामगरको महानगरीय प्रहरी पहरा गण त्रिपुरेश्वरमा सरुवा भएको छ । माघ महिनाको तलब भत्ता खाने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको प्रहरी कितावखानामा लेखेको पत्रमा उल्लेख छ ।

फित्तामा बेरिएर एकको मृत्यु

फित्तामा बेरिएर एकको मृत्यु
सर्लाही समाचारदाता
खैर्वा, माघ १० ।  सदरमुकाम मलंगवाबाट पश्चिमी क्षेत्रमा पर्ने खैर्वा गाविसमा जेनेरेटरको फित्तामा बेरिएर एक बालकको मृत्यु भएको छ ।
स्थानिय बावुनन्द रायको घरमा भएको पूजाको लागी जनेरेटर चलिरहेको अवस्थामा फित्तामा बेरिएर सोही ठाउँका रामजनम रायका ६ वर्षिय छोरा विका रायको मृत्यु भएको हो । खेलिरहेको अवस्थामा बालक जेनेरेटर छेउमा पुगेकाले बेरिएर मृत्यु भएको स्थानीयले बताएका छन् । फित्तामा बेरिएका बालकको शव छेद्–बिच्छेद भएको थियो । शवलाई जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता पृथ्वी नारायण ओलीले जानकारी दिए ।

मलंगवामा मन्टेश्वरीको कार्यक्रम

मलंगवामा मन्टेश्वरीको कार्यक्रम
सर्लाही समाचारदाता
मलंगवा, माघ १० । एम मन्टेश्वरी एजुकेशन स्कुल मलंगवाले शुक्रबार विद्यालय परिसरमा विविध कार्यक्रम गरेको छ ।
मलंगवा नगरपालिका–८ स्थित मन्टेश्वरीले निवृत्तिभरण पाएका शिक्षकहरुलाई सम्मान एवं विभिन्न प्रतियोगितामा विजयी भएका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । मन्टेश्वरीका प्रिन्सिपल नागेन्द्र मिश्रको सभापतित्व एवं शिक्षा मन्त्रालयका सहसचिव डा. कमलेश्वर सिन्हाको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन समारोह भएको थियो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्मा विशिष्ट अतिथी रहेका थिए भने नागरिक समाजका शिवचन्द्र चौधरी, अधिवक्ता मुद्रिका सिंह लगायत अतिथि रहेका थिए ।
कार्यक्रमका अवसरमा आयोजना गरिएको खुला नृत्य प्रतियोगितामा इच्छा शर्मा प्रथम, अमन विश्वकर्मा द्वितिय र अग्रता चालिसे तृतिय भएका थिए । प्रथम विजयी शर्मालाई दुईहजार पाँचसय नगद सहित पुरस्कृत गरिएको मन्टेश्वरीका सञ्चालक मनोज सिंहले बताए । त्यस्तै मन्टेश्वरीले आयोजना गरेको चित्रकला प्रतियोगितामा भने सृजनाकुमारी साह प्रथम, नविन मण्डल द्वितिय र फिर्दोस आलम तृत्तिय भएका छन् ।
कार्यक्रमको उद्घाटन समारोहमा शिक्षक उमेशराज उपाध्याय, कुशम पाण्डे लगायतलाई सम्मानपत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा अभिभावक उमेश राउत लगायतले मन्तव्य राखेका थिए । २०६८ सालमा स्थापीत मन्टेश्वरीले विद्यार्थीहरुलाई विशेष गरी मनोवैज्ञानिक ढंगले व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ ।

पशुमा खोरेत रोगको औषधी आयो

पशुमा खोरेत रोगको औषधी आयो
सर्लाही समाचारदाता
मलंगवा, माघ १० । जिल्ला पशु सेवा कार्यालय सर्लाहीमा लामो समय पछि खोरेत रोग बिरुद्धको औषधी आएको छ
पशु चिकित्सक कृष्ण भुषण मेहताका अनुसार जिल्लामा खोरेत रोग विरुद्धको औषधी सहज रुपमा पाईने भएको छ । औषधी आएपछि जिल्लाको दक्षिणी क्षेत्र हरिपुर्वा, हरकठवा, फेनरा, सिमरा, धनगढा लगायत क्षेत्रमा तीन साता अघिबाट फैलिएको खोरत रोग पनि विस्तारै नियन्त्रणमा आउन थालेको छ ।
सदरमुकाम मलंगवा आसपासका गाविसहरुमा खोरेत रोग फैलिएकाले नियन्त्रण लिने प्रयास भइरहेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

विद्युत अवरुद्ध जारी रहने

विद्युत अवरुद्ध जारी रहने
सर्लाही समाचारदाता
लालबन्दी, माघ १० ।  जिल्लाको  कालिन्जोर देखी कर्मैया सम्म केहि दिन बिहान र दिउँसो  विद्युत अवरुद्ध हुने भएको छ । नवलपुर–मलंगवा सडकखण्डमा पोल सार्नका लागी विद्युत अवरुद्ध गर्नु परेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरण प्रशाखा लालबन्दी फिडर अन्तर्गतका एकदर्जन गाविसमा विद्युत अवरुद्ध हुने प्राविधिक मोहन श्रेष्ठले बताए । बिहान र दिउँसो विद्युत अवरुद्ध भएपनि रातको समयमा भने लोडसेडिङ् तालिका अनुसार नै विद्युत सुचारु हुने श्रेष्ठले जानकारी दिए । नवलपुर–मलंगवा सडकखण्ड वर्षौ देखी जिर्ण रहेका कारण हुलाकी सडक आयोजनाले  विस्तार र कालोपत्रे गर्ने कार्यका लागि विद्युत पोल सार्ने काम भईरहेको हो । यसअघि विद्युत पोल नसारेकै कारण भारतीय ठेकेदारले काम हुन नसकेको बताएको थियो ।

रेडबुल लिगको फाइनलमा एभरेष्ट र लालबन्दी भिड्ने

रेडबुल लिगको फाइनलमा एभरेष्ट र लालबन्दी भिड्ने
सर्लाही समाचारदाता
इश्वरपुर, माघ १० ।  ईश्वरपुर–२ स्थित नारायण उमाविको खेल मैदानमा भएको रेडबुल जिल्ला स्तरिय फुटवल प्रतियोगितमा शुक्रवार सेमी फाईनलका खेल सम्पन्न भएका छन् ।
प्रतियोगिताकोे पहिलो सेमी फाईनल खेलमा एभरेष्ट फुटवल एकेडेमी जब्दीले युनिभर्सल युवा क्लव मनर्वालाई शुन्यका विरुद्ध तीन गोल गरेर फाईनलमा प्रवेश गरेको छ ।
त्यस्तै दास्रो सेमी फाईनल खेलमा आयोजक फुलजोर युवा क्लव बयलवासलाई शुन्यका बिरुद्ध पाँच गोल गरेर लालबन्दी स्पोर्टस क्लव फाईनलमा प्रवेश गरेको छ । आइतवार हुने प्रतियोगिताको फाईनल खेल एभरेष्ट फुटवल एकेडेमी जब्दी र लालबन्दी स्पोर्टस क्लव बिच हुने प्रशिक्षक अर्जुन चौधरीले जानकारी दिए ।

रेल चलाउन क्षतिपूर्ती दिनुपर्ने माग

रेल चलाउन क्षतिपूर्ती दिनुपर्ने माग
सर्लाही समाचारदाता
लालबन्दी, माघ १० ।  राज्य तथा सरकारले जग्गाको मुआब्जा तथा क्षतीपूर्ति एकल निर्णयले मात्र नभई सम्वन्धित सरोकारवाला तथा चलन चल्ती मुल्य अनुसार दिनुपर्ने बताइएको छ ।
शुक्रवार लालबन्दीमा भएको जग्गा प्राप्ती तथा क्षतीपूर्ति मुआब्जा प्रचलित कानुनी संसोधन २०३४ तथा एकिकरण संसोधन २०७० सम्वन्धी अन्र्तक्रिया कार्यक्रमका वत्ताहरुले सो धारणा व्यक्त गरेका  हुन् ।
राज्यले क्षतिपूर्ति तथा मुआब्जा दिने काममा ढिलाई गर्न नहुने र सम्वन्धित निकाय तथा सरोकारवाला सहितको दवाव समिति गठन गरी सरकारलाई दवाव दिनुपर्ने समेत धारणा समेत राखेका थिए ।
ओमन एक्ट तथा सामुदायिक सारथीको सहयोग तथा चेतनाको लहर आमा समुह लालबन्दी–८ को आयोजनामा भएको कार्यक्रममा जिल्लामा बन्न लागेको मेट्रो रेलवे लाईनको क्षेत्रमा पर्ने जग्गाको मुआब्जा भन्दा पनि क्षतिपूर्ति लिनु पर्नेमा जोड दिएका थिए । मेट्रो रेल्बे लाईन विस्तार विभागले जब्दीमा रेल्वे स्टेशन समेत बनाउने बताएपछि करिव ४२ विगाहमा क्षेत्रफलमा रहेकोे चौडीमा बस्ती रहेको भएपनि नापी विभागले बुट्यान, झाडी लगायत नाम राखी एैलानी जमिन भन्दै त्यस क्षेत्रमा रेल्वे स्टेशन राख्न लागेको जानकारहरुको भनाई रहेको छ ।
रेल्वे स्टेशन राख्दा सयौँ घर परिवार जग्गा विहिन हुने हुँदा उनीहरुलाई उचित चलन चल्ती मुल्य अनुसार क्षतिपूर्ति दिएर मात्र हटाउनु पर्ने भनाई रहेको      छ ।
कार्यक्रममा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष बावुकाजी प्राधान, समाजसेवी गोविन्द महत, बासु अधिकारी, भुमी अधिकार मञ्चका मदन विक, जिल्ला मालपोत कार्यालयका अधिकृत राम जिनिस राउत, जिल्ला वन कार्यालयका केदारनाथ दाहाल, गाविस सचिव सम्भु ठाकुर लगायतले धारणा राखेका थिए ।

काठ तस्करी रोक्न छलफल

काठ तस्करी रोक्न छलफल
सर्लाही समाचारदाता
कर्मैया, माघ १० ।  कर्मैया गाविसको चुरे क्षेत्र बाट भईरहेको अवैध काठ तस्करी रोक्न शुक्रवार स्थानीय सरोकारवाला संग छलफल भएको छ ।
हरिहर सामुदायिक वनका अध्यक्ष भिम थापाको अध्यक्षता तथा  ईलाका वन कार्यालयका सहायक वन अधिकृत नरेश यादवको प्रमुख आतिथ्यतामा छलफल भएको हो । छलफलमा राजनीतिक दलका प्रतिनिधी, स्थानीय वासिन्दा लगायतले वन क्षेत्रमा भैरहेको अवैध तस्करी रोक्ने विषयमा छलफल भएको थियो । वन क्षेत्रमा भैरहेको अवैध चोरी निकासीका साथै प्रस्तावित पार्वती सामुदायिक वन लाई सामुदायिक वनमा परिणत गर्ने विषयमा छलफल भएको बताइएको छ ।
छलफलमा नेपाली काँग्रेसका दिपक रानाभाट, रमेशराज काफ्ले, शंकर थापा, एमालेका रेवती पन्त, एकिकृत नेकपा माओवादीका भरत थापा, नेकपा माओवादीका टंक प्रसाई लगायतको सहभागिता रहेको    थियो ।

हरिवनमा ६ लाखको चोरी

हरिवनमा ६ लाखको चोरी
सर्लाही समाचारदाता
हरिवन, माघ १० ।  हरिवन–८ मा शुक्रवार अलि हुसेन मियाको घरमा चोरी भइ छ लाख बराबरको धनमाल हराएको छ ।
बिहान साढे दुई बजेको समयमा घरमा बाहिरबाट सुरुङ् खनी चोरी भएको बताइएको छ ।  चोरले घर भित्र बाकसमा राखेको पाँच तोला सुन, सय तोला चाँदी, दुई लाख तीस हजार नगद चोरेर लगेको पीडितको भनाई छ ।
घटना पश्चात ईलाका प्रहरी कार्यालय हरिवनले केहि युवाहरुलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको र अनुसन्धान भइरहकाले उनीहरुको नमा खुलाउन नमिल्ने प्रहरी निरीक्षक शंकर सिंह रावलले बताए ।

हरिवन उमाविमा मास्के

हरिवन उमाविमा मास्के
सर्लाही समाचारदाता
हरिवन, माघ १० । हरिवन गाविस–२ स्थित महादेव जनता उमाविको शुक्रबार भएको अभिभावक भेलाले घनश्याम मास्केको अध्यक्षतामा नौ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।
सर्वसम्मत रुपमा चयन गरिएको समितिमा क्रमशः मोहन श्रेष्ठ, प्रकाशप्रसाद पौडेल, केदार खड्का, श्याम कार्की, कमलविक्रम कार्की र गिता चालिसे सदस्य रहेका छन् । त्यसैगरी शिक्षक प्रतिनिधिबाट माधव सरकार सदस्य एवं विद्यालयका निमित्त प्रधानाध्यापक जयशंकर सिंह सदस्य सचिव रहेका छन् ।

ट्रान्सफर्मर बिग्रिएपछि गाँउनै अन्धकार

ट्रान्सफर्मर बिग्रिएपछि गाँउनै अन्धकार
सर्लाही समाचारदाता
भक्तिपुर, माघ १० । भक्तिपुर–७ स्थित शंकर चोकमा रहेको एकसय केभिको ट्रान्सफर्मर ४ दिन देखी विग्रिएपछि स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।  
विद्युत अवरुद्ध हुँदा कुटान पिसान मिल सञ्चालन गर्न, मोवाईल चार्ज गर्न लगायतका कार्यमा समस्या भएको हो ।
विद्युत मर्मतका लागी प्राधिकरण लाई पटक पटक जानकारी गराएको भएपनि कुनै वास्ता नगरेको स्थानीय सन्तोष आर्चायले गुनासो गरे । विद्युत अवरुद्ध हुँदा स्थानीय तीनसय भन्दा बढी घर धुरी अन्धकारमा बस्न बाध्य अर्चायको भनाई छ ।

Thursday, January 23, 2014

डेढसय बढी सहकारी खारेजीमा पर्ने

डेढसय बढी सहकारी खारेजीमा पर्ने
सर्लाही समाचारदाता
मलंगवा, माघ ०८ । डिभिजन सहकारी कार्यालय मलंगवाले दर्ता भई सर्लाहीमा कायम रहेका तर निष्कृय रहेका सहकारी संस्थाहरुको दर्ता खारेज प्रकृया अगाडी बढाएको छ । जिल्लामा हाल आठसय ६ वटा सहकारी संस्थाहरु कायम छन् । जसमध्ये एकसय ५० वटा भन्दाबढी सहकारी संस्थाहरु खारेजीमा पर्ने डिभिजन सहकारी कार्यालयले जनाएको छ । हालसम्म सर्लाहीमा आठसय ९५ वटा विभिन्न सहकारी संस्थाहरु दर्ता भएकामा ८९ वटा सहकारी संस्थाहरुको दर्ता भने गतवर्ष नै खारेजी भईसकेको छ ।
सहकारी विभागबाट निष्कृय सहकारी संस्थाको दर्ता खारेजी प्रकृया अगाडी बढाउन परिपत्र आएको र सोही अनुसार कार्वाही अगाडी बढाईएको डिभिजन सहकारी कार्यालय मलंगवाका प्रमुख रामलक्ष्ण रायले बताए । ‘‘नियमित मासिक प्रतिवेदन नबुझाउने, वार्षिक लेखापरिक्षण प्रतिवेदन नबुझाउने गरेका सहकारी संस्थाहरुलाई खारेज गरिनेछ ।’’ रायले भने– ‘‘गाउँघरमा राम्रैसँग चलिरहेका तर डिभिजन सहकारी कार्यालयमा नियमित प्रतिवेदनहरु नबुझाउने संस्था पनि कार्वाहीमा पर्नेछन् ।’’
एकदुईदिन भित्रै कार्यालयबाट अनुगमनका लागि दुईजनाको टोली गाउँ–गाउँमा खटिने र त्यसको प्रतिवेदनका आधारमा खारेजी प्रकृया अगाडी बढाईने रायले जानकारी दिए । ‘‘हालसम्मको प्रारम्भिक जानकारी अनुसार एकसय ५० वटा भन्दा बढी सहकारी संस्थाहरु खारेजीमा पर्ने देखिएको छ ।’’ उनले भने–‘‘अनुगमन टोलीले गाउँ–गाउँमा गएर बुझेपछि पेश गर्ने प्रतिवेदनबाट केही तलमाथि पनि हुनसक्छ ।’’ नियमित संचालनमा रहेका तर कार्यालयमा प्रतिवेदन नबुझाउने गरेको सहकारीहरुलाई भने अन्तिम पटक मौका दिईने र केही दिनभित्र प्रतिवेदन नबुझाए डेढसय.........
त्यस्ता सहकारी संस्थाहरुलाई पनि खारेजी प्रकृया अगाडी बढाईने प्रमुख रायले बताए ।
अनुगमन पश्चात आगामी चैत मसान्त भित्र खारेजीको सूचना प्रकाशित गर्ने र असार मसान्त भित्र त्यस्ता सहकारी संस्थालाई खारेज गर्ने डिभिजन सहकारी कार्यालयले जनाएको छ । विशेषगरी दुग्ध उत्पादन सहकारी संस्थाहरु निष्कृय देखिएको रायले बताए । ‘‘दुग्ध उत्पादन सहकारी संस्थाहरु बढी संख्यामा निष्कृय देखिएका छन् ।’’ उनले भने–‘‘बचत तथा ऋण सहित अन्य केही सहकारी संस्थाहरु पनि निष्कृय नै देखिएका छन् ।’’ विभिन्न दातृ निकायबाट रकम भित्र्याउनैका लागि भनेर सहकारी संस्था दर्ता गर्ने तर नियमित संचालन नगर्ने एवं कार्यालयमा नियमित प्रतिवेदन पेश नगर्ने प्रचलन बढेकाले खारेजी प्रकृया अगाडी बढाईएको डिभिजन प्रमुख रायले बताए । रायका अनुसार सहकारी संस्थाहरुले हरेक महिनाको ७ गते भित्र मासिक प्रतिवेदन र साधारण सभा सम्पन्न गरि वार्षिक लेखापरिक्षण प्रतिवेदन वर्षको एकपटक पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
जिल्ला स्थित बहादुरपुर गाविस बाहेक ९८ वटा गाविस र मलंगवा नगरपलिकामा हाल आठसय ६ वटा विभिन्न सहकारी संस्था कायम छन् । जसमा बचत तथा ऋण सहकारी संस्था दुईसय ४५, कृषि सहकारी एकसय ८३, दुग्ध उत्पादक सहकारी एकसय ५२, सानाकिसान कृषि सहकारी ६६, बहुउद्देशिय सहकारी ६१, उपभोक्ता सहकारी ५० र बाँकी विद्युत, संचार लगायत अन्य सहकारी संस्था रहका छन् ।

आज विद्युत अवरुद्ध हुने

आज विद्युत अवरुद्ध हुने
सर्लाही समाचारदाता
लालबन्दी, माघ ०९ । लालबन्दी फिडर (जिल्लाका उत्तरी क्षेत्र) अन्र्तगतका गाविसहरुका शुक्रवारदिनभर विद्युत लाईन अवरुद्ध हुने भएको छ ।
नवलपुर–मलंगवा सडक खण्डमा विद्युतपोल सार्ने कामका लागी विद्युत अवरुद्ध गर्नु परेको प्राविधिक प्रशाखाका  लालबन्दीले जनाएको छ । कार्यालयका अनुसार शुक्रवार बिहान ६ बजेदेखी साँझ ६ बजे सम्म लाईन नआउने भएको हो ।
साँझ पछि पुन लोडसेडिङ् तालिका अनुसार विद्युत लाईन वितरण गरिने प्राधिकरण जनाएको छ । नवलपुर मलंगवा सडक खण्डमा मंसिर महिना देखी नै सडक छेउका पोल सार्ने काम गरिरहेको र प्राधिकरणले माघ महिना भित्र नै काम सकिसक्नु पर्ने जिम्मा पाएको भएपनि स्थानीयको बिरोध र सामाग्रीको अभावमा काम सुस्त गतिमा भईरहेको जनाइएको छ ।

चारदिनदेखि ठप्प भन्सार खुल्यो

चारदिनदेखि ठप्प भन्सार खुल्यो
सर्लाही समाचारदाता
मलंगवा, माघ ०९ । कार्यालय प्रमुख टिकाराम भुसालमाथि कुटपीट भएको विरोधमा कर्मचारीहरुले काम नगरेपछि ४ दिनदेखि ठप्प सर्लाही भन्सार कार्यालय विहिबार साँझबाट सुचारु भएको छ ।
भन्सार प्रमुख भुसालमाथि कुटपीट गर्ने दोषिहरुलाई यथाशिघ्र पक्राउ गरी कार्वाही गर्ने, कुटपीट हुँदा भन्सार कार्यालयमा ड्यूटीमा रहेका सुरक्षाकर्मीहरुलाई कार्वाही गर्ने लगायतमा स्थानीय प्रहरी प्रशासनले प्रतिबद्धता जनाएपछि भन्सारको कामकार्वाही सुचारु गरिएको बताईएको छ ।
भन्सार प्रमुख भुसाल, अर्थमन्त्री शंकर कोइराला, अर्थ सचिव, भन्सार विभागका महानिर्देशक, गृह सचिव लगायतको विहिबार काठमाण्डौमा भएको छलफल पछि ठप्प रहेको भन्सार खुलाउने सहमति गरिएको हो । काठमाण्डौमा भएको छलफलमा विभिन्न कर्मचारी संगठनका नेताहरुको समेत सहभागिता रहेको थियो ।
‘‘जनताले दुःख पाउने अवस्था नआओस् र दोषिहरुमाथि कार्वाही होस् भन्ने अभिप्रायका साथ भन्सारको काम कार्वाही सुचारु गर्ने निर्णय भएको छ ।’’ भन्सार प्रमुख भुसालले भने–‘‘१५ दिननभित्र दोषिहरु पक्राउ नपरेमा पूनः आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने गरी हाललाई काम कार्वाही सुचारु गर्ने निर्णय भएको हो ।’’ भन्सार प्रमुख भुसालले अर्थ मन्त्री, सचिव एवं गृह मन्त्रालयका सचिव सहित भन्सार विभागका महानिर्देशक एवं सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट घटनाबारे गम्भिर ढंगले कार्वाही प्रकृया अगाडी बढाईएको प्रतिबद्धता आएपछि १५ दिनसम्मका लागि कार्यालयका कामकार्वाही सुचारु गर्ने निर्णय भएको बताए ।
४ दिनदेखि भारतबाट सामान बोकेर नेपाल भित्रिने क्रममा सिमा क्षेत्रमै रोकिएर बसेका मालबाहक सवारी साधनहरु विहिबार साँझ ४ बजेबाट भन्सार सुचारु भएसँगै भित्रिएका छन् ।  १० वटा कोईला बोकेका ट्रक, आलु बोकेका २ वटा र माछा बोकेका २ वटा ट्रकहरु नेपालतर्फ भित्रिएका हुन् । त्यसबाट ३ लाख ५० हजार भन्दाबढी राजश्व संकलन भएको समेत भन्सार कार्यालयले जनायो ।
कार्यकक्षमा बसिरहेको अवस्थामा सोमबार दिउँसो १ बजे १८÷२० जनाको समूहले भन्सार प्रमुख भुसालमाथि हातपात सहित दुव्र्यवहार गरेको भन्दै कर्मचारीहरु विरोधमा उत्रिएका थिए ।  कार्यालय प्रमुखमाथि हातपात गर्ने दोषिमाथि कार्वाह नभएसम्म अनिश्चितकालका लागि काम बन्द गरिएको सूचना कार्यालयको मूलगेटमा टाँस गरेर भन्सारका कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए ।
आईतबार राति जिल्ला भन्सार कार्यालयको गस्ति टोलीले त्रिभुवन नगर स्थीत छोटी भन्सार ईलाकाबाट लुकाई छिपाई नेपाल भित्र्याईदै गरेको ४ पोका कपडा पक्राउ गरेको थियो । उक्त पोकाहरु छाड्नका लागि दवाव दिन आएको समुहले भुसालमाथि दुव्र्यबहार गर्नुको साथै कुटपिट समेत गरेको बताईएको छ । कुटपीटमा अवैध ढंगले भारतबाट सामानहरु भित्र्याउने ‘तस्कर’ हरुकै समूह रहेको भन्सारका कर्मचारीहरु बताउँछन् ।