Saturday, November 30, 2013

सभासद्मा निर्वाचित सकसपूर्ण ‘घरदैलो’मा व्यस्त

सभासद्मा निर्वाचित सकसपूर्ण ‘घरदैलो’मा व्यस्त
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, मङ्सिर १५ । निर्वाचनको दिनभन्दा झण्डै महिनादिन अघिदेखि भोट माग्दै मतदाताको घरदैलोमा आउने विभिन्न राजनैतिक दलका उम्मेद्वारहरुको लर्को लामै थियो । आफू तथा आÇनो पार्टीलाई भोट हाल्न आग्रह गर्दै उम्मेद्वारहरु मतदाताको घर–घर अर्थात घरदैलोमा व्यस्त बनेका थिए । अन्ततः निर्वाचन पनि सकियो । हरेक क्षेत्रबाट १–१ जनाले जिते र बहुसंख्यकले हारे । तरपनि मतदाताको घरदैलोमा विभिन्न राजनैतिक दलका नेता कार्यकर्ताहरुको ओइरो टुटेको छैन । पहिला खाली निधार अनि खाली गलामा भोट माग्दै उम्मेद्वारहरु आउथे भने निर्वाचन सकिएपछि गलाभरी माला र अनुहारभरी अविर पहिरिएर संविधान सभा सदस्यको रुपमा धन्यवाद प्रकट गर्दै मतदाताको घर–घरमा पुगिरहेका छन्, जीत्ने उम्मेद्वार अनि सँगै हुन्छन राताम्मे नेता कार्यकर्ताहरु । विगतका निर्वाचनमा मत परिणाम आउने वितिकै निश्चित स्थानहरुमा विजय जुलुस सकेर जित्ने सभासद् तत्कालै राजधानीतर्फ हुईकिने परम्परा यसवर्ष भने ठ्याक्कै उल्टिएको छ । विजयी भएको झण्डै डेढ सातासम्म पनि जित्ने उम्मेद्वारहरु मतदाताकै घरदैलोमा भोट मागेजस्तै ‘जम्ल्याहा हात’ पारेर सकसका साथ डुलिरहेका भेटिन्छन् । ‘‘यो सभासद्मा विजयी भएपछि त खेतमा काम गर्ने खेताला भन्दा पनि गाह्रो भएको छ ।’’ तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष एवं क्षेत्र नं. ५ बाट विजयी जंगीलाल रायले भने–‘‘पहिला यस्तो देखिएको थिएन, अहिले त गाह्रो भयो ।’’
जिल्लाका ६ वटा निर्वाचन क्षेत्रबाट संविधान सभा सदस्यमा निर्वाचित सभासद्हरु अहिले गाउँ गाउँमा मतदातालाई धन्यवाद दिदै हिडिरहेका छन् । क्षेत्र नं. १ बाट विजयी एकिकृत नेकपा (माओवादी) का शम्भुलाल श्रेष्ठ, क्षेत्र नं. २ बाट विजयी नेपाली कांग्रेसका रामचन्द्र चौधरी, क्षेत्र नं. ३ बाट विजयी नेकपा (एमाले) का हरि उप्रेती, क्षेत्र नं. ४ बाट विजयी तराई मधेश सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादव र क्षेत्र नं. ५ बाट विजयी तराई मधेश लोकतान्त्रिक पार्टीका सर्लाही अध्यक्ष जंगीलाल राय ।
नेपाली राजनीतिको राष्ट्रिय तहमा सकृय हुनुपर्ने तमसपा नेपालका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादव समेत विजयी भएपछि आÇनो क्षेत्रका गाउँ–गाउँमा घुम्न व्यस्त रहेका छन् । उनी शुक्रबार साँझसम्म पनि जिल्लामै रहेका थिए । ‘‘मतदाताको माग अनुसार विजयोत्सव गर्न गाउँ–गाउँमा घुमिरहेको छु ।’’ शनिबार गम्हरियामा राताम्मे बनेर नेता कार्यकर्ताहरुले घेरिएर घुमिरहेका अध्यक्ष यादवले भने–‘‘भोट माग्न जाँदा अधिकांश मतदाताले जितेपछि गाउँ नफर्कने गरेको आरोप लगाएकाले पनि अहिले जितेका सबैलाई मतदाता समक्ष पुग्न दवाव भएको हो ।’’ आइतबार काठमाण्डौ जाने र बाँकी रहेका गाउँहरुमा केही समयपछि फर्किएर विजयोत्सव गर्ने अध्यक्ष यादवले बताए । १५ वटा गाविस रहेको उक्त क्षेत्रका अधिकांश गाविसमा अध्यक्ष रायले घुम्न बाँकी रहेको कार्यकर्ताहरुले बताएका छन् । अध्यक्ष यादवले मलंगवा नगरपालिका, गम्हरिया, ब्रम्हपुरी, भेल्ही लगायत केही गाविसमा मात्र विजयी भएपछि घुम्न भ्याएका छन् ।
१२ वटा गाविस रहेको क्षेत्र नं. १ मा विजयी एमाओवादीका उम्मेद्वार श्रेष्ठले अझै लालबन्दी, पथ्थरकोट, कालिञ्जोर लगायत गाविसका केही भागहरु घुम्न बाँकी रहेको बताए । ‘‘निरन्तर घुमिरहेको छु, अझै केही गाउँहरु बाँकी छ ।’’ उनले भने–‘‘चाँडै सकेर काठमाण्डौतर्फ जान हतारो छ ।’’
१४ वटा गाविस रहेको क्षेत्र नं. २ मा विजयी नेपाली कांग्रेसका रामचन्द्र चौधरीले अझै कविलासी, किशनपुर, हरिपुर, नेत्रगंज लगायत गाविसमा घुम्न बाँकी रहेको बताए । शनिबार हेमपुरमा घरदैलो गरिरहेका चौधरी दुई दिनभित्र सकेर काठमाण्डौ जाने तयारीमा छन् ।
त्यस्तै १३ वटा गाविस रहेको क्षेत्र नं. ३ मा विजयी नेकपा एमालेका हरि उप्रेतीले शंकरपुर, मूर्तिया, कर्मैया लगायत गाविस अन्तर्गत केही गाउँहरुमा घरदैलो गर्न बाँकी रहेको एमालेले जनाएको छ ।  २२ वटा गाविस रहेको क्षेत्र नं. ५ मा विजयी तमलोपाका जंगीलाल रायले सहोडवा र पडरिया गाविसमा घुम्न बाँकी रहेको बताए । ‘‘आजित भईसकियो, के गर्नु नजाउँ भने जितेर वेवास्ता ग¥यो भन्छन् ।’’ उनले भने–‘‘नेता कार्यकर्ताहरुको माग अनुसार गाउँगाउँमा विजायोत्सव गरिरहेको छु, चाँडै सकेर काठमाण्डौतर्फ पनि जानु छ ।’’
नागरिक समाजका अगूवा उग्रकान्त झाले निर्वाचन अघि भोट माग्न जाँदै मतदाताले उम्मेद्वारहरुलाई जित्ने वितिकै गाउँलाई चटक्कै विर्सने गरेको भन्दै आक्रोश व्यक्त गरेकाले जितेका अनुहारहरु गाउँ–गाउँमा घरदैलो गर्न बाध्य भएको बताउँछन् । निर्वाचनताका घरदैलोमा लम्पसार पर्न आउने र जित्ने वितिकै राजधानीतर्फ कुलेलाम ठोक्ने नेताहरुको व्यवहारबाट आजित बनेका मतदाताले यसपटक जितेका अनुहारहरु समेत घरआँगनमा दुवैहात जोडेर आईपुगेको देख्दा राजनैतिक दलका नेता कार्यकर्ताहरुले जनमतको महत्व बल्ल बुझ्न थालेको आभास गरेका छन् ।

अमरेस पनि क्षेत्र फर्किए

अमरेस पनि क्षेत्र फर्किए
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १५ । मतगणना सम्पन्न भएलगतै गत शुक्रबार राती विजयी भएको प्रमाणपत्र बुझेर काठमाण्डौतर्फ लागेका नेपाली कांग्रेसका नेता अमरेस कुमार सिंह पनि शनिबार विजयोत्सव मनाउन जिल्ला फर्किएका छन् ।
निर्वाचन अधिकृतबाट प्रमाणपत्र बुभ्mने क्रममा ६ नं. क्षेत्रबाट निर्वाचित विजयी सिंहले निर्वाचन प्रकृयाबाट सशंकित बनेको दल एमाओवादीका शिर्ष नेताहरुसँग भेटेर संवाद् अगाडी बढाउनका लागि तत्काल काठमाण्डौ जाने र केही दिनपछि क्षेत्र फर्किएर विजयोत्सव गर्ने बताएका थिए । कांग्रेस नेता सिंह ०६२÷०६३ को जनआन्दोलनताकाको सात दलिय मोर्चा र नेकपा माओवादीबीच भारतमा भएको १२ बुँदे समझदारी यता मुलुकको राष्ट्रिय राजनीतिमा समेत चर्चित रहदै आएका छन् ।
एकसाता काठमाण्डौ बसाईपछि उनी शनिबार अपरान्ह सर्लाही प्रवेश गरेका हुन् । अपरान्ह बरहथवा हुँदै प्रवेश गरेका सिंह साँझ आÇनो क्षेत्रमा प्रवेश गरेका थिए । आÇनो घर बलरा जाने क्रममा उनले बाटामा पर्ने गाउँहरुमा विजयोत्सव सहित मतादातासँग भेटघाट समेत गरेको बताईएको छ । २४ वटा गाविस रहेको क्षेत्रबाट विजयी सिंह पनि झण्डै साता दिनसम्म क्षेत्रमै घरदैलोमै रहने बताईएको छ ।

दुलाहाले हेलिकप्टरमा दुलही भित्र्याए

दुलाहाले हेलिकप्टरमा दुलही भित्र्याए
सर्लाही समाचारदाता
हरिपूर्वा, मङ्सिर १५ । दर्जनौं चारपाङग्रे सवारी साधन एवं मोटरसाईकलको लावा लस्कर सहित दुलाहा पक्ष वेहुलीको घर जाने र वैवाहिक परम्परा सकिएपछि वेहुलीलाई लिएर फर्कने प्रचलन नौलो हैन । तर शनिबार सम्पन्न एक विवाहमा भने दुलाहाले हेलिकप्टरमा बेहुली भित्र्याएका    छन् ।
सर्लाहीको मूर्तिया गाविस गंगापुर निवासी रामसिंहासन रायका छोरा विनोद रायले दुलही भित्र्याउने क्रममा हेलिकप्टरको प्रयोग गरेका हुन् । हरिपूर्वा गाविस–७ निवासी जगरनाथ रायकी छोरी गीतालाई विनोदले शुक्रबार साँझ हेलिकप्टरबाट आÇनो घर भित्र्याएका हुन् । दिनभरको वैवाहिक परम्परा सकिएपछि साँझ हेलिकप्टर मगाएर गीतालाई लगेको स्थानीय बासिन्दाले बताएका छन् । केश्वर गरिब उमावि हरिपूर्वाको चौरमा साँझ ५ बजेतिर उत्रिएको हेलिकप्टरले दुलाहा, दुलही र परिवारका केही सदस्यलाई लिएर उडेको हरिपूर्वा स्थित प्रहरी चौकीले जनाएको छ । विनोद डिभी परेर अमेरिका बस्ने गरेको र दुलही गीताले स्टाप नर्सको अध्ययन सकेको बताईएको छ ।

अनुदानको गहुँमा कालाबजारी

अनुदानको गहुँमा कालाबजारी
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १५ । राष्ट्रिय बिउ विजन कम्पनी हेटौडाले सर्लाही जिल्लामा रहेको डिलरलाई उपलब्ध गराएको ७० मेट्रिक टन अनुदान प्राप्त गहँुको बिउमा कालाबजारी भएको छ ।
        कम्पनीले ३६ रुपैया ५० पैसामा उपलब्ध गराएको बिउ जिल्लामा ढुवानी सहित ४० देखि ४२ रुपैयामा विक्रि गर्नुपर्नेमा डिलरहरुले ५५ देखि ६० रुपैया सम्म विक्रि वितरण गरेको कृषकहरुले बताएका छन् । जिल्ला कृषि विकास कार्यालय सर्लाहीका वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले डिलरले गहुँको बिउ भारतमा समेत चोरी निकासी गरेको जानकारी दिएका छन् । कृषि कार्यालयको सिफारिसमा उपलब्ध गराउनु पर्ने बिउ राष्ट्रिय बिउ विजन कम्पनी हेटौडाले डिलरहरुलाई मनोमानी ढंगले उपलब्ध गराउँदा यस किसिमको समस्या आएको होे । जिल्लामा गहुँको बिउ आएको खबर पाएपछि कृषि कार्यालयबाट डिलरको अनुगमनमा गएको टोलीले विक्रि गरेको बिउको बिल भरपाई नपाईएको र गहुँको बिउ भारतमा समेत निकासी गरिएको अनुगमन टोलीका एक सदस्यले जनाए ।
        जिल्लाका अधिकांश ठाउँमा अहिले पनि खेतमै धान रहेकोले अब केहि दिन पछि गहुँ लगाउने बेलामा जिल्लाको बिउ भारतमा चोरी निकासी भएपछि यहाँ बिउको अभाव हुने कार्यालयले जनाएको छ । राष्ट्रिय बिउ विजन कम्पनीले यस वर्ष यस जिल्लालाई १ सय ५० मेट्रिकटन गहुँको बिउ उपलब्ध गराएको छ । जस मध्ये कम्पनीले डिलरहरुलाई ७० मेट्रिक टन उपलब्ध गराई सकेको छ भने बाँकी रहेको ८० मेट्रिकटन गहुको बिउ कृषि कार्यालयले कृषक समुह, डिलर र सहकारी संघ संस्था मार्फत वितरण गर्ने निर्णय गरेको कृषि प्रसार अधिकृत बिजय मण्डले जानकारी दिए ।

अपहरणको आशंका

अपहरणको आशंका
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १५ । जिल्ला स्थित सुन्दरपुर गाविस निवासी एक व्यवासायी अपहरणमा परेको आशंका गरिएको छ ।
सदरमुकाम मलंगवाबाट शुक्रबार साँझ साढे ६ बजे घर फर्किदै गरेका सुन्दरपुर गाविस–९ का ३५ वर्षीय मोहमद मुस्ताकको अपहरण भएको आशंका गरिएको छ । शुक्रबार साँझदेखि सम्पर्क विहिन भएका मुस्ताकको खोजी कार्य तिब्र रुपमा भर्ईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार कँही कतैबाट फोन नआएकाले अपहरण हो वा के हो भन्ने थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले बताए । ‘‘अपहरणकारीले लगेको भए कतैबाट फोन आउनुपर्ने तर केही नआएको उनका परिवारले बताएका छन् ।’’ प्रनाउ भट्टराईले भने–‘‘अनुसन्धान व्यापक बनाएका छौं ।’’ मुस्ताक चढेको मोटर साइकल भने मलंगवा–२ बाट प्रहरीले बरामद गरिसकेको छ ।

करेन्टबाट महिलाको मृत्यु

करेन्टबाट महिलाको मृत्यु
सर्लाही समाचारदाता
जुटपानी, मङ्सिर १५ । विद्युत करेन्ट लागेर नेत्रगंज गाविस–२ जुटपानी निवासी एक महिलाको शनिबार साँझ मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३५ वर्षिया मनु परियार रहेकी प्रहरीले जनाएको छ । शनिबार दिउँसो करेन्ट लागेर गम्भिर घाईते भएकी परियारलाई उपचारार्थ हरिवनको नमुना अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । बाख्रालाई घाँस खुवाउन कटहरको रुखमाथि चढेर हाँगा काट्ने क्रममा ३३ हजार भोल्ट भएको विद्य्तिय तारमा काटिएको हाँगाले छुँदा उनलाई करेन्ट लागेको प्रत्यक्षदर्शिले बताए । प्रत्यक्ष दर्शिका अनुसार करेन्ट लागे पछि परियार रुख माथिबाटै भुईँमा बजारिएकी थिईन् ।

हारको कारण खोज्न खनालको निर्देशन

हारको कारण खोज्न खनालको निर्देशन
काठमाण्डौ, मङ्सिर १५ । नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले बलियो संगठन र जनउभार देखिएपनि सर्लाही क्षेत्र नं १ बाट आफू पराजित हुनाका कारण समीक्षा गर्न मातहतका कमिटीलाई निर्देशन दिएका छन् ।
अध्यक्ष खनालले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी जनकपुर अञ्चल समन्वय कमिटी, जिल्ला कमिटी सर्लाही र सम्बन्धित क्षेत्रीय कमिटीलाई यस्तो निर्देशन दिएका हुन् । उनले सर्लाही क्षेत्र नम्बर १ का १२ वटै गाविसमा एमालेको बलियो जनाधार रहेको भन्दै झिनो मतअन्तरको पराजयले जनताको मनलाई कहिल्यै पराजित गर्न नसक्ने र आफू सदैव सर्लाहीवासीका साथ रहने पनि उल्लेख गरेका छन् । इलामबाट निर्वाचित खनाल एमाओवादीका उम्मेद्वार शम्भुलाल श्रेष्ठबाट सर्लाहीमा पराजित भएका थिए । निर्वाचनका क्रममा सर्लाहीको एकीकृत विकाससम्बन्धी अवधारणामार्फत विकास निर्माण गर्ने प्रतिबद्धताबाट आफू पछि नहट्ने भन्दै अध्यक्ष खनालले आफूलाई मतदान गर्ने मतदाता, नेता कार्यकर्ता तथा आम जनतामा आभार पनि प्रकट गरेका छन् । –रासस

‘कृत्तिम शक्तिले संविधान निर्माणमा संकट’

‘कृत्तिम शक्तिले संविधान निर्माणमा संकट’
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १५ । तराई मधेस सदभावना पार्टी (तमसपा) नेपालका अध्यक्ष महेन्द्र राय यादवले संघीयता विरोधी दुई दलको कृत्रिम शक्तिले संविधान निर्माणमा संकट ल्याउने बताएका छन् ।
शनिबार लोकतान्त्रिक शिक्षक फेड्रेशनले आÇनो सम्मानमा आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै तमसपा नेपालका अध्यक्ष यादवले नया निर्वाचनबाट संघीयता बिरोधी एमाले र काँग्रेसको कृत्रिम शक्तिको उदय भएको बताए । यादवले भने–‘‘संघियता विषयमा सहमति नहुदा विगतमा संविधान सभा विघटन भयो । संघियताको विरोध गर्ने नै ठुलो दल भनेकोले संविधान निर्माणमा संकट छ ।’’
परिवर्तनका पक्षधर एमाओवादी र मधेसवादी दलहरुको पराजयका कारण संघीयता सहितको संविधान निर्माण संकट परेको यादवले बताए । ‘‘संघियता बिरोधिलाई पनि दुई तिहाइ नभएकाले सहमतिको विकल्प छैन ।’’ उनले भने–‘‘संविधान निमार्णमा सहमति नभए कठिन मोडमा रहेको देशमा संकट र गृहयुद्ध निम्तिन सक्छ ।’’
एमाओवादीको ढुलमुढे शैली र मधेसी दलको फुटले परिवर्तनका पक्षधर शक्ति कमजोर हुँदा संघीयता सहितको संविधान निर्माणमा संकट उत्पन्न भएको अध्यक्ष यादवले बताए । चुनाव अघि मोर्चा बन्दी हुन नसकेको संघियता पक्षधरको अब मोर्चाबन्दी हुनु पर्नेमा उनले जोड दिए ।
सदरमुकाम मलंगवा स्थित शिक्षक भवनमा फेड्रेशनका वयोवृद्ध सदस्य बलराम रायको सभापतित्वमा आयोजित कार्यक्रममा फेड्रेशनका अध्यक्ष रामेश्वर प्रसाद यादव लगायत वक्ताहरुले शिक्षा क्षेत्रको हित हुने गरी नयाँ संविधान जारी गर्नका लागि पहल गर्न नव निर्वाचित सभासद् एवं तमसपा अध्यक्ष यादवसमक्ष आग्रह गरेका थिए । शिक्षक लगायत शिक्षा सम्बद्ध व्यक्तित्वहरुले शिक्षा नीति सेवा मुलक नभएको गुनासो गरे ।

हरिवन कांग्रेसको धन्यवाद

हरिवन कांग्रेसको धन्यवाद
सर्लाही समाचारदाता
हरिवन, मङ्सिर १५ । संविधान सभाको दोस्रो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार रामचन्द्र चौधरीलाई विजयी गराउन अमूल्य मत प्रयोग गर्नुभएका सम्पूर्ण मतदाताहरुलाई कांग्रेस गाउँ समिति हरिवनले धन्यवाद प्रकट गरेको छ ।
गाउँ कमिटी हरिवनका सभापति डोरप्रसाद भट्टराईले कांग्रेसका २ नं. क्षेत्रका उम्मेद्वार चौधरीलाई आÇनो अमूल्य मत दिएर संविधान सभा सदस्यमा निर्वाचित गर्नुहुने सबै मतदातालाई धन्यवाद प्रकट गरेका हुन् । उनले भावि दिनमा नेपाली कांग्रेस समग्र क्षेत्र नं. २ सहित हरिवनको विकास निर्माणमा जुनुसुकै साथ दिन तयार रहेको समेत अध्यक्ष भट्टराईले प्रतिवद्धता जनाए । उनले कांग्रेसप्रति आस्थावान भई पार्टीका उम्मेद्वारलाई मत दिने र शुभेच्छा राख्ने सबैमा एकमुष्ट धन्यवाद समेत प्रकट गरेका छन् ।

विश्व एड्स दिवस उपलक्ष्यमा हाजीरिजवाफ

विश्व एड्स दिवस उपलक्ष्यमा हाजीरिजवाफ
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १५ । ‘एचआईभी को नयाँ संक्रमण र एड्सबाट हुने मृत्युलाई शुन्यमा पु¥याऔं’ भने मूल नाराका साथ २६आंै विश्व एड्स दिवसको सन्दर्भमा शनिबार मलंगवामा हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
        जिल्ला एड्स समन्वय समिति र जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीको आयोजना तथा विश्व जनसंख्या कोषको आर्थिक सहयोगमा भएको कार्यक्रममा एचआईभीको क्षेत्रमा काम गर्ने मोप्प नेपाल, निलहिरा समाज, परिवार नियोजन संघ, नमुना लालबन्दी आरडीएफ र सर्लाही प्लसको सहभागीता रहेको थियो । हाजरी जवाफ प्रतियोगितामा वि.डि एस, मिलीजुली, प्रवासी कामदार र सर्लाही प्लस गरी चार वटा समुह सहभागि भएका थिए । प्रतियोगितमा एचआईभी सम्बन्धी प्रश्न मात्र गरिएको थियो । जसमा विडिएस प्रथम, मिलीजुली दोश्रो, प्रवासी तेश्रो र सर्लाही प्लस सन्तवना पुरस्कार पाउन सफल भयो । विजेतालाई विश्व एड्स दिवस १ डिसेम्बर अर्थात आईतबार एक कार्यक्रमका बीच पुरस्कार वितरण गर्ने आयोजकले जनाएको छ ।

Friday, November 29, 2013

दोहोरो अंक नल्याउने दलको संख्या २०

क्षेत्र नं. १ को समानुपातिक मतपरिणाम
दोहोरो अंक नल्याउने दलको संख्या २०
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १४ । संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत सर्लाहीको क्षेत्र नं. १ मा समानुपातिकतर्फको मतपरिणाम अनुसार दोहोरो अंक प्राप्त गर्न नसक्ने राजनैतिक दलहरु २० वटा रहेका छन् । थारु जातीको बाहुल्य रहेको भनिएको उक्त क्षेत्रबाट थरुहट् तराई पार्टी नेपालले १ मत पनि पाएन भने प्रत्यक्षतर्फ पनि जीत हाँसिल गरेको एकिकृत नेकपा माओवादीले सबैभन्दा बढी ७ हजार दुई ७७ मत प्राप्त गर्यो ।
उक्त क्षेत्रमा १ हजारदेखि माथि मत ल्याउने दलहरु एमाओवादी सहित ८ वटा रहेका छन् । जसमा नेकपा ए(एमाले) ले ६ हजार ९ सय ६८, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ४ हजार ५ सय ९५, नेपाली कांग्रेसले ४ हजार १ सय २४, तराई मधेश सदभावना पार्टी नेपालले ३हजार ६ सय ३४, सद्भावना पार्टीले १ हजार ८ सय ५०, मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) ले १ हजार ३ सय ८६ र तराई–मधेश लोकतान्त्रिक पार्टीले १ हजार ३ सय ५७ मत पाए ।
त्यस्तै ९ मतसम्म पाउने दलहरुको संख्या १९ रहेको छ । जसमा लिम्बुवान मुक्ति मोर्चा नेपालको ९, नेपाली जनता पार्टीको ९, राष्ट्रवादी एकता पार्टीको ८, जनमोर्चा नेपालको ८, खस समावेशी राष्ट्रिय पार्टीको ७, राष्ट्रिय मधेश एकता पार्टी, नेपालको ६, राष्ट्रवादी जनता पार्टीको ५, नयाँ संघीयता जनधारणा पार्टीको ५, संघीय विकासवादी पार्टी नेपालको ५ र हरियाली नेपाल पार्टीको ५ मत मात्र रहेको छ ।
त्यस्तै तराई पहाड हिमाल समाज पार्टीको ५, राष्ट्रिय लोकतान्त्रिक युवा पार्टीको ५, नेपाल मधेशी जनता दल (समाजवादी) को ४, लोकतान्त्रिक जनता पार्टी नेपालको ४, श्रमिक जनता पार्टी–नेपालको ३ र नेपाल समाजवादी पार्टी (लोहियावादी) ले ३ मत पाएको छ ।
त्यसैगरी अखण्ड सुदूरपश्चिम पार्टी नेपालले ३, देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चाले २, संघीय लिम्बुवान राज्य परिषदले २ मत हाँसिल गरेको छ ।  १० देखि ४९ अंक ल्याउने दलहरु ५५ वटा, ५० देखि ९९ अंक ल्याउने दलहरु २१ वटा र १०० देखि ९ सय ३३ मत ल्याउने दलहरु १८ वटा रहेका छन् । ५१ हजार २ सय ७८ मध्ये ४० हजार २० सद्र मत गणना भएको निर्वाचन आयोगले जनाएको छ ।

न्यायाधिश र सिडिओले धन्यवाद दिए

न्यायाधिश र सिडिओले धन्यवाद दिए
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १४ । संविधान सभा निर्वाचन २०७० का क्रममा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी निर्वाह गरेका जिल्ला न्यायाधिश कृष्ण कमल अधिकारीले सफल रुपले निर्वाचन सम्पन्न गराउनका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् ।
‘‘निर्वाचन सफल रुपले सम्पन्न भयो, प्रत्यक्ष र समानुपातिकको मतगणना समेत सकियो ।’’ जिल्ला न्यायाधिश अधिकारीले शुक्रबार सर्लाही दैनिकसँग कुरा गर्दै भने–‘‘सबै पक्ष, तह र तप्काको सहयोग एवं समन्वयमा मुलुककै महाअभियानको रुपमा रहेको निर्वाचन सफल रुपले सम्पन्न भएको हो ।’’ निर्वाचन सफल पार्नका लागि अहोरात्र खट्नुहुने कर्मचारी, सुरक्षाकर्मी, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि, संचारकर्मी, नागरिक समाज, शिक्षा सम्बद्ध संघ संगठनका प्रतिनिधि लगायत सरोकारवाला सबैमा  न्यायाधिश अधिकारीले धन्यवाद प्रकट गरे ।
निर्वाचन सामग्रीहरु सम्बन्धित कार्यालयमा बुझाउने कामहरु समेत सकिएको न्यायाधिश अधिकारीले बताए । ‘‘के हो–कसो हो भन्ने आशंकाका बीच निर्वाचन सफल रुपले सम्पन्न भयो ।’’ न्यायाधिश अधिकारीले भने–‘‘निर्वाचनका क्रममा छिटफुट बाहेक अपृय घटना भएन ।’’ मुख्य निर्वाचन अधिकृत अधिकारी सहित निर्वाचन अधिकृतको जिम्मेवारी पाएका जिल्ला अदालत सर्लाहीका अन्य तीनजना न्यायाधिशले निर्वाचनको काम सकिएकाले शुक्रबारबाटै अदालती काम सुरु गरेका छन् ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेले पनि निर्वाचनका क्रममा आ–आÇनो जिम्मेवारी अनुसार खटिएका राष्ट्र सेवक कर्मचारी र विभिन्न निकाय एवं गैर सरकारी क्षेत्रका व्यक्तित्वहरुलाई धन्यवाद प्रकट गरे । शुक्रबार सर्लाही दैनिकसँग कुरा गर्दै प्रजिअ घिमिरेले छिटफुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको समेत दावी गरे ।

शान्ति समाजमा सिंह

शान्ति समाजमा सिंह
सर्लाही समचारदाता
मलंगवा, मङ्सिर १४। मानव अधिकार तथा शान्ति समाजको मलंगवामा शुक्रवार भएको जिल्ला अधिवेशनले श्याम प्रसाद सिंहको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवगठित समितिको उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस धिरेन्द्र कुमार मिश्र,शेष सहदुल्ला,उपेन्द्र राम र अमिरक राम रहेका छन । त्यसैगरी सदस्यहरुमा जुगल साह, मो.शेष अब्दुल्ला, रामचन्द्र प्रसाद साह, नवलकिशोर पाण्डे, शुशिलकुमार अग्रवाल, बद्रीनारायण प्रसाद थारु रहेका छन । समितिमा अन्य चार सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गरिने सभापति सिंहले बताए ।
निवर्तमान जिल्ला सभापति जुगल साहको सभापतित्व रहेको कार्यक्रममा केन्द्रिय सभापति ओमकान्त चौलागाइको प्रमुख आतिथ्य एवं संस्थापक जिल्ला सभापति लक्षमण रायको आथित्य रहेको थियो ।

Thursday, November 28, 2013

सर्लाहीमा कांग्रेस पहिलो, तमसपा दोस्रो


सर्लाहीमा कांग्रेस पहिलो, तमसपा दोस्रो
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १३ । संविधान सभा सदस्यको दोस्रो निर्वाचन अन्तर्गत सर्लाहीमा समानुपातिक तर्फको मतगणना विहिबार सकिएको छ । मुख्य निर्वाचन अधिकृत कृष्ण कमल अधिकारीले ६ वटै क्षेत्रको समानुपातिक मतगणना सकिएको बताए । प्राप्त मतपरिणाम अनुसार सर्लाहीमा समानुपातिकतर्फ सबैभन्दा बढी मत पाउने १० वटा दलहरुमा क्रमशः नेपाली कांग्रेस, तराई मधेश सद्भावना पार्टी नेपाल, नेकपा (एमाले), तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, एकिकृत नेकपा माओवादी, मधेशी जन अधिकार फोरम नेपाल, राप्रपा नेपाल, मधेशी जन अधिकार फोरम नेपाल (लोकतान्त्रिक) र राष्ट्रिय मधेश समाजवादी पार्टी रहेका छन् ।
प्रत्यक्षतर्फ पनि क्षेत्र नं. २ र ६ मा जीत हाँसिल गरेको नेपाली कांग्रेसले जिल्लाभर सबैभन्दा बढी ३४ हजार ३ सय १७ मत पाएको छ । प्रत्यक्ष र समानुपातिकतर्फ मुलुकभरमा सबैभन्दा ठूलो पार्टी बनेको कांग्रेसले सर्लाहीमा पनि प्रत्यक्ष र समानुपातिकतर्फ अग्रता कायम गरेको छ ।कांग्रेसले क्षेत्र नं. एकमा ४ हजार १ सय २४, दुईमा ४ हजार ४ सय ८३, तीनमा ५ हजार ४३ सय ९३, चारमा २ हजार ७ सय ९०, पाँचमा ३ हजार ७ सय ४२ र ६ मा १३ हजार ३ सय १७ मत प्राप्त गरेको छ ।
त्यस्तै प्रत्यक्षतर्फ क्षेत्र नं. ४ मा जीत हाँसिल गरेको तराई मधेश सद्भावना पार्टी नेपालले २८ हजार ५ सय ६५ मतका साथ दोस्रो स्थान हाँसिल गरेको छ । तमसपाले क्षेत्र नं. एकबाट ३ हजार ६ सय ३४, दुईबाट १ हजार २ सय ७७, तीनबाट २ हजार ६ सय ५२, चारबाट ९ हजार २ सय १३, पाँचबाट ३ हजार २ सय ७२ र ६ बाट ८ हजार ५ सय १७ मत ल्याएको छ  ।
त्यसैगरी प्रत्यक्षतर्फ क्षेत्र नं. ३ मा विजयी नेकपा (एमाले) ले २७ हजार ८ सय ४३ मत प्राप्त गरी तेस्रो स्थान हाँसिल गरेको छ । एमालेले क्षेत्र नं. एकमा ६ हजार ९ सय ६८, दुईमा ४ हजार ८ सय ६, तीनमा ८ हजार १ सय ५८, चारमा ५ हजार ९ सय ४५, पाँचमा ६ सय ९५ र ६ मा १ हजार २ सय ७१ मत ल्याएको छ ।
त्यस्तै प्रत्यक्षतर्फ क्षेत्र नं. ५ मा जीत हाँसिल गरेको तराई मधेश लोकतान्त्रिक पार्टीले समानुपातिकतर्फ भने जिल्लाभर २४ हजार ८ सय ४५ मत ल्याएको छ । तमलोपाले क्षेत्र नं. एकमा १ हजार ३ सय ५७, दुईमा ४ हजार १ सय ५, तीनमा २ हजार ७३, चारमा ७ सय ११, पाँचमा ८ सर्लाहीमा............
हजार ८२ र ६ मा ८ हजार ५ सय १७ मत ल्याएको छ ।
त्यसैगरी प्रत्यक्षतर्फ जिल्लाका सबै क्षेत्रमा हार व्यहोरेको सद्भावना पार्टीले २२ हजार ८ सय ४८ मत प्राप्त गरेको छ । सद्भावनाले क्षेत्र नं. एकमा १ हजार ८ सय ५०, दुईमा ३ हजार ३९, तीनमा १ हजार ७ सय ५६, चारमा ८ हजार २ सय २४, पाँचमा ५ हजार ५ सय ७८ र ६ मा २ हजार ४ सय १ मत पाएको छ ।
त्यस्तै प्रत्यक्षतर्फ क्षेत्र नं. १ मा जीत हाँसिल गरेको एकिकृत नेकपा माओवादीले समानुपातिकतर्फ भने जिल्लाभर २२ हजार २ सय ५६ मत ल्याउँदै छैठौं स्थान ओगटेको छ । एमाओवादीले क्षेत्र नं. एकमा ७ हजार २ सय ७७, दुईमा ४ हजार ४ सय २८, तीनमा ७ हजार २ सय ९, चारमा १ हजार ८ सय ३२, पाँचमा ९ सय ८४ र ६ मा ५ सय २६ मत ल्याएको छ ।
त्यसैगरी प्रत्यक्षतर्फ जिल्लाको सबै क्षेत्रमा हार व्यहोरेको मधेशी जन अधिकार फोरम नेपालले समानुपातिकतर्फ भने सातौ स्थानमा रहदै १५ हजार ४ सय २९ मत हाँसिल गरेको छ । फोरम नेपालले क्षेत्र नं. १ मा ३ सय २६, दुईमा २ हजार ६ सय ५९, तीनमा ३ हजार २ सय ६०, चारमा ३ हजार ९ सय ४२, पाँचमा ४ हजार ५ सय १७ र ६ नंं. मा ७ सय २५ मत मात्र पाएको छ ।
त्यस्तै प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको र समानुपातिकतर्फ चौथो शक्ति बनेको राप्रपा नेपालले सर्लाहीमा भने १४ हजार ४ सय ८ मत प्राप्त गरी आठौं स्थान ओगटेको छ । राप्रपा नेपालले क्षेत्र नं. एकमा ४ हजार ५ सय ९५, दुईमा ३ हजार ५ सय २५, तीनमा २ हजार ४ सय ८९, चारमा १ हजार ४ सय १५, पाँचमा १ हजार १ सय ६३ र ६ नं.मा १ हजार २ सय २१ मत पाएको छ ।
त्यसैगरी मुलुकभरमा प्रत्यक्षतर्फको संख्या र समानुपातिक मत परिणाम पाचौं शक्तिको रुपमा स्थापना भएको मधेशी जन अधिकार फोरम नेपाल (लोकतान्त्रिक) सर्लाहीमा भने समानुपातिकतर्फ ९ हजार ४ सय ४२ मत प्राप्त गरी नवौं स्थानमा रहेको छ । फोरम नेपाल (लोकतान्त्रिक) ले क्षेत्र नं. एकमा १ हजार ३ सय ८६, दुईमा ३ सय ८६, तीनमा १ हजार ३ सय ८, चारमा २ सय ३४, पाँचमा ५ हजार ६ सय ३८ र ६ नं. मा ४ सय ९० मत पाएको छ ।
त्यस्तै शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीले ४ हजार ३ सय ६९ मत ल्याउँदै सर्लाहीमा समानुपातिकतर्फ १०औं स्थान ओगटेको छ । रामसपाले क्षेत्र नं. १ मा ९ सय ३३, दुईमा ४ सय ८२, तीनमा ९ सय २३, चारमा १ हजार ६ सय ८, पाँचमा १ सय ४७ र ६ नं.मा २ सय ७६ मत पाएको छ ।
सर्लाहीबाट १ सय २२ वटै दलले क्षेत्रानुसार पाएको मतपरिणाम यस सर्लाही दैनिकले क्रमशः प्रकाशित गरिरहेको छ । यसअघि क्षेत्र नं. ३ को प्रकाशित गरिसकेको सर्लाही दैनिकले आज भने क्षेत्र नं. २ को विस्तृत मतपरिणाम पृष्ठ ३ मा प्रकाशित गरेको छ । पाठकहरुको सुविधालाई मध्यनजर गर्दै बाँकी क्षेत्र नं. १, ४, ५ र ६ को पनि क्रमशः प्रकाशित गरिने छ ।

उखुको मूल्य बढाउन माग

उखुको मूल्य बढाउन माग
सर्लाही समाचारदाता
हरिवन, मङ्सिर १३ । उखुको मूल्य बढाउन माग गर्दै मिलगेट उखु उत्पादक समिति हरिवनले विहिबार इन्दु शंकर चिनी उद्योगमा ज्ञापन पत्र बुझाएको छ ।
चालु सिजनमा उखुको मूल्य प्रति क्वीन्टल ६ सय २५ रुपैया हुनुपर्ने माग राखेर समितिले उद्योगका महाप्रबन्धक विजयकान्त झालाई ज्ञापन पत्र बुझाएको हो । गतवर्ष ४ सय ८१ रुपैया प्रतिक्वीन्टल रहेकामा उत्पादन लागत बढेको र अन्य विभिन्न नगदे तथा खाद्यान्न बालीको मूल्य समेत बढेकाले उखुको मूल्य बढाईनुपर्ने मागका साथ ज्ञापन पत्र बुझाईएको समितिका अध्यक्ष बेदबहादुर बुढाथोकीले बताए ।
उखु प्रबन्धत योगनारायण रजकका अनुसार उद्योगले आगामी मंसिर १९ गते डोंगा पूजा तय गरिसकेको छ । डोंगा पूजा गरेपछि उद्योग सञ्चालनको लागि तयार भएको बुझिन्छ ।
सर्लाहीमा झण्डै १७ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा उखु खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । इन्दु शंकरले वर्षेनी ३० लाख क्वीन्टल हाराहारीमा उखु क्रसिङ्ग गर्ने गरेको छ ।

‘एक नहुँदा मधेशवादीको पराजय’

‘एक नहुँदा मधेशवादीको पराजय’
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १३ । तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले चुनावी तालमेल हुन नसक्दा संविधान सभाको दोस्रो निर्वाचनमा मधेशवादी शक्तिहरु नराम्रोसँग पराजीत हुनुपरेको बताएका छन् ।
क्षेत्र नं. ४ मा प्रत्यक्षतर्फ सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोलाई पराजीत गर्न सफल तमसपा नेपालका अध्यक्ष यादवले मधेशवादी दलहरुबीच एकता हुन नसक्दा संघीयतावादी शक्ति हरुसमेत कमजोर भएको स्वीकार गरे । ‘‘मधेशवादी शक्तिहरु एकआपसमा मिल्न नसक्दा स्वभाविक रुपमा हामी कमजोर भएका छौं ।’’ विजयी भएपछि मलंगवा नगरपालिकामा घरदैलौ गर्दै गरेको यादवले सर्लाही दैनिकसँग विहिबार भने–‘‘तर हाँमी मधेशको मुद्धाप्रति संवेदनशिल छौं ।’’
जनताले चाहे अनुसारको निश्पक्ष रुपमा निर्वाचन नभएको समेत अध्यक्ष यादवले दावी गरे ।  ‘‘निर्वाचनमा जनताले चाहे अनुसारको निश्पक्षता अनुभुती गर्न सकेनन् ।’’ उनले भने–‘‘कतिपय ठाउँमा धाँधली भएको प्रमाण समेत भेटिएको छ, निश्पक्ष रुपमा छानवीन हुनुपर्छ ।’’ सर्लाहीको क्षेत्र नं. ३, ६  लगायतमा पनि धाँधली भएको उनको दावी थियो ।
सम्पन्न निर्वाचनबाट संघीयता पक्षधर शक्तिहरुको पराजयले केही अन्यौलता समेत छाएको अध्यक्ष यादवले बताए । ‘‘जातीय अग्राधिकार हैन, जातिय पहिचान मुख्य कुरा हो ।’’ एकल जातीय आधारमा आफूहरुले संघीयता नमागेको दावी गर्दै अध्यक्ष यादवले भने–‘‘जातीय पहिचानको मुद्धा हामी कहिल्यै पनि छाड्दैनौं ।’’ ठूला दलहरुले पनि जातीय मोर्चा खोलेर जातीय पहिचानको मुद्धालाई आत्मसाथ गरिसकेको उनले प्रश्ट्याए ।
जुनसुकै शक्तिको बहुमत वा दुईतिहाई पुगेपनि सहमतिको आधारमा नयाँ संविधान जारी हुनुपर्ने अध्यक्ष यादवको तर्क थियो । ‘‘सहमतिको आधारमा नयाँ संविधान बन्नुपर्छ ।’’ उनले भने–‘‘संघीयताको विषयमा समेत व्यापक छलफल हुनुपर्छ, आवश्यक परे संविधानको धार उपधार परिवर्तन गरेर पनि सहमतिय वातावरण तयार गर्नुपर्छ ।’’
आफूलाई विजयी बनाउने क्षेत्र नं. ४ का मतदातालाई धन्यवाद दिदै तमसपा अध्यक्ष यादवले समग्र मधेश र मधेशमा बसोबास गरिरहेका जनताको हक अधिकार सुनिश्चितताका लागि अनवरत लडिरहने बताए ।
उनले समग्र सर्लाही सहित क्षेत्र नं. ४ को विकास निर्माणमा समेत उचित ध्यान दिने प्रतिबद्धता जनाए ।

Wednesday, November 27, 2013

एक पूर्व प्रधानमन्त्री सहित नौ पूर्व मन्त्रीले हारे

एक पूर्व प्रधानमन्त्री सहित नौ पूर्व मन्त्रीले हारे


टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, मङ्सिर १२ । भर्खरै सम्पन्न भएको संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत सर्लाहीका विभिन्न क्षेत्रमा पत्यक्षतर्फ उम्मेद्वारी दिएका एक पूर्व प्रधानमन्त्री सहित ९ जना पूर्व मन्त्री (राज्य मन्त्री÷सहायक मन्त्री समेत भएका) व्यक्तित्वहरुले हारेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका राष्ट्रिय अध्यक्ष झलनाथ खनालले क्षेत्र नं. १ मा तथा विभिन्न समयमा मन्त्री भएका राजनैतिक व्यक्तित्वहरु महन्थ ठाकुर, राजेन्द्र महतो, बद्री न्यौपाने, मोहम्मद् रिजवान अन्सारी, मिना पाण्डे, रामचन्द्र राय यादव, रामेश्वर राय यादव, नागेन्द्र कुमार राय, खोभारी रायले आ–आÇनो क्षेत्रमा पराजीत व्यहोरेका हुन् । कतिपयको हार सम्मानजनक रहेको छ भने कतिपयले लाजमर्नु हार व्यहोरेका छन् ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनालले क्षेत्र नं. १ मा मुख्य प्रतिस्पर्धीको रुपमा हार व्यहोरे । ३६ जना उम्मेद्वार रहेको उक्त क्षेत्रमा एकिकृत नेकपा माओवादीका शम्भुलाल श्रेष्ठले ९ हजार ४ सय ७६ मत ल्याउँदै विजयी हाँसिल गरे भने मुख्य प्रतिस्पर्धी एमाले अध्यक्ष खनालले ८ हजार ७ सय ९१ मत ल्याए ।
त्यस्तै क्षेत्र नं. २ मा यसअघिको संविधान सभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट विजयी एवं पूर्व मन्त्री मोहम्मद् रिजवान अन्सारीले यसपटकको निर्वाचनमा जमानत समेत बचाउन सकेनन् । नेपाली कांग्रेसका रामचन्द्र चौधरीले ६ हजार ७ सय ४ मत ल्याएर विजयी भएको उक्त क्षेत्रमा संघीय समाजवादी पार्टीको तर्फबाट उम्मेद्वारी दिएका अन्सारीले २ हजार २ सय ८२ मत मात्र ल्याएर सातौं स्थान हाँसिल गरे । ४२ जनाले उम्मेद्वारी दिएको सोही क्षेत्रमा खडा भएका चुरे भावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष समेत रहेका पूर्व मन्त्री बद्री प्रसाद न्यौपाने १ हजार ३ सय ६५ मत प्राप्त गरी ११औं स्थानमा आए ।
त्यस्तै क्षेत्र नं. ३ मा नेपाली कांग्रेसकी नेतृ एवं पूर्व मन्त्री मिना पाण्डेले ४ हजार २ सय ८८ मत ल्याएर चौथो स्थान हाँसिल गरिन् । ४६ जनाले उम्मेद्वारी दिएको उक्त क्षेत्रमा नेकपा एमालेका हरि उप्रेतीले १२ हजार ८ सय ८ मत ल्याएर विजयी भएका छन् ।
त्यसैगरी दुई मधेशवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्व मन्त्रीहरु नै चुनावी मैदानमा उत्रिएका कारण मुलुकमै चर्चित बनेको क्षेत्र नं. ४ मा सद्भावना पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री राजेन्द्र महतो पराजीत भए । यसअघिको संविधान सभा निर्वाचनमा मुख्य प्रतिस्पर्धी उम्मेद्वार भन्दा झण्डै दोब्बर हाराहारी बढी मत ल्याएर जीत हाँसिल गरेका महतो यसपटकको निर्वाचनमा भने तराई मधेश सद्भावना पार्टी नेपालका अध्यक्ष एवं पूर्व मन्त्री महेन्द्र यादवसँग मुख्य प्रतिस्पर्धीको रुपमा चित्त बुझाउन बाध्य बने । ३८ जनाले उम्मेद्वारी दिएको उक्त क्षेत्रमा तमसपा अध्यक्ष यादवले ११ हजार ५ सय ३४ मत ल्याए भने सद्भावना अध्यक्ष महतोले ८ हजार ७ सय ९० मत मात्र प्राप्त गरे ।
त्यस्तै सोही क्षेत्रमा मधेशी जन अधिकार फोरम नेपालबाट उम्मेद्वारी दिएका पूर्व मन्त्री रामचन्द्र राय यादवले ५ हजार २० मत मात्र ल्याएर चौथो स्थान हाँसिल गरे । यसअघिको निर्वाचनमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट उम्मेद्वारी दिँदा उनी ८ हजार ७ सय ५२ मत प्राप्त गर्दै मुख्य प्रतिस्पर्धीको रुपमा रहेका थिए । त्यस्तै सोही क्षेत्रमा समेत उम्मेद्वारी दिएका संघीय समाजवादी पार्टीका उपाध्यक्ष एवं पूर्व मन्त्री मोहम्मद रिजवान अन्सारीले १ सय ४९ मत मात्र ल्याएर आÇनो जमानत समेत बचाउन सकेनन् । उनको १५ औं स्थान रह्यो ।
त्यसैगरी क्षेत्र नं. ५ मा मधेशी जन अधिकार फोरम नेपाल   (लोकतान्त्रिक) का वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव ७ हजार ४ सय ८३ मत प्राप्त गरी तेस्रो स्थानमा सिमित रहे । ४४ जनाले उम्मेद्वारी दिएको उक्त क्षेत्रमा तराई मधेश लोकतान्त्रिक पार्टीका जंगीलाल रायले ९ हजार ७ सय ६७ मत प्राप्त गरी विजय हाँसिल गरेका छन् । त्यस्तै सोही क्षेत्रमा नेपाली कांग्रेसबाट उम्मेद्वारी दिएका पूर्व मन्त्री नागेन्द्र कुमार रायले ४ हजार ६ सय ३८ मत मात्र प्राप्त गरी पाँचौ स्थान हाँसिल गरेका छन् । त्यस्तै यसअघिको निर्वाचनमा सद्भावना पार्टीबाट विजयी तथा हाल तराई मधेश सद्भावना पार्टी नेपालतर्फबाट उम्मेद्वारी दिएका पूर्व मन्त्री खोभारी रायले ३ हजार ८ सय ७५ मत मात्र ल्याएर आÇनो जमानत बचाउँन सकेनन् ।
त्यस्तै क्षेत्र नं. ६ मा मधेशवादी दल तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर पराजीत भएका छन् । नेपाली कांग्रेसका अमरेश कुमार सिंहले १७ हजार ४ सय मत प्राप्त गरी विजयी सो क्षेत्रमा तमलोपा अध्यक्ष ठाकुर ७ हजार ३२ मतका साथ तेस्रो स्थानमा रहे । यसअघिको संविधान सभा निर्वाचनमा मधेशी जन अधिकार फोरम नेपालको तर्फबाट खडा भएका शिवपुजन रायसँग पनि मुख्य प्रतिस्पर्धीको रुपमा पराजीत भएका तमलोपा अध्यक्ष ठाकुर यसपटकको निर्वाचनमा भने तेस्रो स्थानमा पुगे । उक्त क्षेत्रमा यसपटक ४९ जनाले उम्मेद्वारी दिएका थिए ।

५ क्षेत्रको समानुपातिक सकियो

५ क्षेत्रको समानुपातिक सकियो
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १२ । संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत सर्लाहीमा बुधबार रातीसम्म ५ वटा क्षेत्रको समानुपातिकतर्फको मतगणना सकिएको छ ।
क्षेत्र नं. १, क्षेत्र नं. ३, क्षेत्र नं. ४, क्षेत्र नं. ५ र क्षेत्र नं. ६ को मतगणना सकिएको हो । क्षेत्र नं. २ को मतगणना भने विहिबार मध्यान्हसम्म सकिने निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले बताए । प्रत्यक्षतर्फ जुन दलका उम्मेद्वारले जीत हाँसिल गरेका छन् सोही दलले समानुपातिकमा पनि बढी मत पाएको भेटिएको मुख्य निर्वाचन अधिकृत कृष्ण कमल अधिकारीले बताए । राप्रपा नेपालको गाई चिन्हमा भने प्रत्यक्षतर्फका उम्मेद्वार भन्दा समानुपातिकमा बढी मत खसेको छ । क्षेत्र नं. ३ को समानुपातिक तर्फको मतगणनाको परिणाम यस सर्लाही दैनिकलाई प्राप्त भईसकेकाले पृष्ठ ३ मा विस्तृत विवरण राखिएको छ । बाँकी क्षेत्रका समानुपातिक तर्फको मतपरिणामको विस्तृत विवरण पनि क्रमश प्रकाशित गरिने सर्लाही दैनिक परिवारले जनाएको छ ।

क्षेत्र नं. ३ मा ४ पार्टीलाई २ मत

क्षेत्र नं. ३ मा ४ पार्टीलाई २ मत
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १२ । संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत सर्लाहीको क्षेत्र नं. ३ मा समानुपातिकतर्फ सबैभन्दा कम २ मत मात्र पाउने ४ वटा पार्टी रहेका छन् ।
जसमा नेपाली जनता पार्टीको कमिला, राष्ट्रवादी जनता पार्टीको हाँगामा बसेको चरा, देशभक्त पर्यावरणिय सामाजिक मोर्चाको तिनपात र थारुहट तराई पार्टी नेपालको ढक्की चुनाव चिन्हमा २ मत मात्र परेको हो । उक्त क्षेत्रमा १० वा सो भन्दा कम मत पाउने दलहरुको संख्या २९ रहेको छ । जसमा जनयुनिटी को–अपरेटिभ पार्टी नेपालको कापी कलममा ४, नेपाल राष्ट्रिय विकास पार्टीको रेडियोमा ४, नेपाल न्यायिक दलको बलेको मैनबतीमा १०, नेपाल गौरवशाली पार्टीको स्याउमा १०, शान्ति पार्टी नेपालको षडकोणमा ९, लोकतान्त्रिक जनता पार्टी नेपालको हवाईजहाजमा ४, जनमोर्चा नेपालको हेलिकप्टरमा ३, हरियाली पार्टी नेपालको आँप ३, लिम्बुवान मुक्तिमोर्चा नेपालको कोट चिन्हमा ७ मत परेको छ ।
त्यस्तै राष्ट्रिय मधेश एकता पार्टी नेपालको ट्रयाक्टरमा ४, नेपाल आमा पार्टीको आमाको काखमा बच्चामा ४, संघीय लिम्बुवान राज्य परिषदको झण्डा भित्र फूलमा ४, नेपाल राष्ट्र सेवा दलको टेलिफोनमा ७, सहकारी पार्टी नेपालको माहुरीमा ७, लिग नेपाल शान्ति एकता पार्टीको घोडामा ५, नेपाल जनभावना पार्टीको पानसमा १०, नेपाल मधेशी जनता दल समाजवादीको ढोकामा ६, तराई पहाड हिमाल समाज पार्टीको पानीजहाजमा १०, राष्ट्रवादी एकता पार्टीको परेवामा ८, तामाङ्सालिङ राष्ट्रिय जनएकता पार्टीको बज्रमा ९, संघीय विकासवादी पार्टी नेपालको पुलमा ९, राष्ट्रिय लोकतान्त्रिक युवा पार्टीको पुतलीमा ३, देशभक्त समाजको जरायोमा ६, नयाँ संघीयता जनधारणा पार्टीको तवलामा ७, नेपाल श्रमजीवी दलको ओदान चुनाव चिन्हमा ९ मत परेको छ ।
त्यस्तै सबैभन्दा बढी मत नेकपा एमालेको सूर्य चिन्हमा ८ हजार १ सय ५८ मत परेको छ । उक्त क्षेत्रमा प्रत्यक्षतर्फ पनि एमालेकै उम्मेद्वारले जित हाँसिल गरेका हुन् ।
१ हजार भन्दा बढी मत पाउने अन्य दलहरुमा एकिकृत नेकपा माओवादीको गोलाकार भित्र हँसिया हतौडामा ७ हजार २ सय ९, नेपाली कांग्रेसको रुखमा ५ हजार ३ सय ९३, मधेशी जन अधिकार फोरम नेपालको हातले समातेको मसालमा ३ हजार २ सय ६०, तराई मधेश सद्भावना पार्टी नेपालको लठ्ठी लिएको पुरुषमा २ हजार ६ सय ५२, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको गाईमा २ हजार ४ सय ८९, तराई मधेश लोकतान्त्रिक पार्टीको जोडा गोरुमा २ हजार ७३, सद्भावना पार्टीको तिरमा १ हजार ७ सय ५६ र मधेशी जन अधिकार फोरम नेपाल (लोकतान्त्रिक) को नमस्कार गरेको हात चुनाव चिन्हमा १ हजार ३ सय ८ मत परेको छ ।
प्रत्यक्षतर्फ भने उक्त क्षेत्रमा एमालेका उम्मेद्वार हरि उप्रेतीले १२ हजार ८ सय ८ मत पाएर निर्वाचित भएका थिए । त्यस्तै एमाओवादीका उम्मेद्वार भरत थापाले ९ हजार १ सय १,  मधेशी जन अधिकार फोरम नेपालका अशोक कुमार सिंहले ५ हजार ५९, कांग्रेसकी मिना पाण्डेले ४ हजार २ सय ८८, तराई–मधेश लोकतान्त्रिक पार्टीका रामबाबु यादवले ३ हजार ५ सय २, तराई मधेश सदभावना पार्टी नेपालकी किरण कुमारी रायले २ हजार ९५, सद्भावना पार्टीका वलिराम चौधरीले १ हजार २ सय ५२, मधेशी जन अधिकार फोरम नेपाल           (लोकतान्त्रिक) का रामवली रायले १ हजार २ सय ३३, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रामशरण रायले ३ सय ३३ मत पाएका थिए ।
५४ हजार ८ सय १९ मतदाता रहेको उक्त क्षेत्रमा समानुपातिकतर्फ ४५ हजार ८ सय ७१ मतदान भएको छ । जसमा १ हजार ५ सय ११ मत बदर भएको क्षेत्र नं. ३ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

छात्रवृत्ति वितरण

छात्रवृत्ति वितरण
सर्लाही समाचारदाता
लालबन्दी, मङ्सिर १२ । शहिल इगल प्रावि लालबन्दीले बुधबार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
शैक्षिक शत्र २०७० मा प्राप्त छात्रवृत्ति रकम विद्यालयका विद्यार्थीलाई वितरण गरिएको प्रधानाध्यापक विमल प्रसाद देवकोटाले बताए । २५ जना विद्यार्थीहरुलाई ३ सय ५० का दरले छात्रवृत्ति वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद दाहाल (इश्वरी)को अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थापक भिमबहादुर जर्गा मगर, लेखराम जर्गा मगर, कुवेर जर्गा मगर तथा अभिभावकहरुको उपस्थितिमा छात्रवृत्ती वितरण गरिएको देवकोटाले बताए ।
देवकोटाका अनुसार कक्षा १ का पाँचजना दलित र चारजना अन्य, कक्षा २ का चारजना दलित र चारजना अन्य र कक्षा ३ का चारजना दलित र चारजना अन्य विद्यार्थीलाई छात्रवृत्ती  वितरण गरिएको थियो ।

पाँचदिनदेखि कविलासीमा अन्धकार

पाँचदिनदेखि कविलासीमा अन्धकार
सर्लाही समाचारदाता
कविलासी, मङ्सिर १२ ।  गाउँमा रहेको विद्युत ट्रान्सफर्मर फ्यूज जलेपछि कविलासी ८ र ९ सिर्सिया टोलका स्थानिय बिगत ५ दिन देखी अन्धकारमा बस्न बाध्य भएका छन् ।
  विद्युत सेवा बन्द हुँदा मिल सञ्चालन गर्न गर्न, मोवाईल चार्ज गर्न, रेडियो सुन्न, टेलिभिजन हेर्न समस्या भएको स्थानीय सञ्जय कुमार महताले गुनासो गर्नुभयो । अहिले स्थानीय २ सय भन्दा बढि घरधुरी अन्धकारमा बस्न बाध्य भएका स्थानिय राजिव साहले जनाएका छन् ।
ट्रान्सफर्मरको फ्यूज मर्मतका लागी प्राधिकरणमा खवर गरेपनि मर्मत गर्न चासोे नदिएको स्थानीयले आरोप लगाएका छन् । तर विद्युत प्राधिकरण शाखा मलंगवा सर्लाहीका प्रमुख दिपेन्द्रराज द्धिवेद्धीले सो समस्याको बारेमा आफुहरुलाई जानकारी नआएको दावि गरे । जानकारी आउन साथ आफुहरु मर्मतका लागी तत्काल पुग्ने विद्युत प्रमुख  द्धिवेद्धील बताए

फुटवल प्रतियोगिता जारी

फुटवल प्रतियोगिता जारी
सर्लाही समाचारदाता
पत्थरकोट, मङ्सिर १२ । पत्थरकोट –३ मा जारीरहेको गाविस स्तरिय फुटवल प्रतियोगितामा बुधबारको खेलमा पत्थरकोट ५ को  बाहुनी युवा क्लवलाई शुन्यका बिरुद्ध १ गोल गरेर पत्थरकोट ३ कै त्रिशक्ती युवा क्लव बिजयी भएको छ ।
जलकेश्वर युवा समाज पत्थरकोटको आयोजनामा मंसिर ८ गते बाट आयोजित प्रतियोगितामा लालबन्दी, पत्थरकोट र अत्रौलीका  ११ ओटा फुटवल क्लवले सहभागिता जनाएका छन् । मंसिर १७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा पहिलो र  दोस्रो हुने क्लवलाई मेडल, शिल्ड र प्रमाण पत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत  भोली नव लाङघाली युवा क्लव लालबन्दी र पत्थरकोट युवा समाजको ‘बि’ टिम बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Tuesday, November 26, 2013

बलात्कार आरोपमा पक्राउ

बलात्कार आरोपमा पक्राउ
सर्लाही समाचारदाता
कर्मैया, मङ्सिर ११ । पाँच वर्षिया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा ५६ वर्षिय एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी कार्वाही प्रकृया अगाडी बढाएको छ ।
कर्मैया गाविस–९ का मैतसिंह मोक्तानलाई बलात्कार उद्योग अन्तर्गत कार्वाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय हरिपुरले मंगलबार जिल्ला अदालतबाट ७ दिने म्याद लिएर मोक्तान विरुद्ध कार्वाही प्रकृया अगाडी बढाएको हो ।
५६ वर्षिय मोक्तानले छिमेकी ५ वर्षिया बालिकालाई बलात्कार प्रयास गरेको आरोप लगाईएको छ । स्थानीय गाउँलेहरुले बालिकालाई बलात्कार गरेको आरोप लगाउँदै मोक्तानलाई कुटपीट गरेर प्रहरी समक्ष बुझाएका थिए ।
दिशापिशाव गर्न गाह्रो मानेपछि अभिभावक लगायतले सोधपुछ गर्दा मोक्तानले नै दुई–तीन दिनदेखि आÇनो गुप्ताङ्गमा दुखाएको बालिकाले बताएकी थिईन् । आÇनी आमाको मृत्यु भएपछि बुवाले अर्की श्रीमति ल्याएकाले पीडित बालिका छिमेकी मोक्तानसँगै अधिकांश समय रहने गरेकी थिईन् । मंगलबार नै बालिका र मोक्तानलाई जिल्ला अस्पताल मलंगवा लगेर प्रहरीले परिक्षण गराएको छ ।
मोक्तानले भने मदिरा सेवन गरेको सुरमा आफूले के गरेको भन्ने थाहा नभएको बताउने गरेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक शंकरसिंह रावलले बताए । मोक्तानलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय हरिपुर पठाएको हो । बालिकाका बुवाले मोक्तान विरुद्ध किटानी जाहेरी दिएको प्रहरीले जनायो ।

१० भन्दा कम पाउने ४२ उम्मेद्वार

१० भन्दा कम पाउने ४२ उम्मेद्वार
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, मङ्सिर ११ । संविधान सभा सदस्यको निर्वाचनमा सर्लाहीबाट उम्मेद्वारी दिएका २ सय ५५ जनामध्ये ४२ जना उम्मेद्वारले शुन्य देखि १० मत मात्र पाएका छन् । निर्वाचन आयोगका अनुसार क्षेत्र नं. १ र ४ बाट त्यस्तो मत पाउनेमा १–१ जना रहेका छन् भने अन्य क्षेत्रबाट ५ जनाभन्दा बढी तथा क्षेत्र नं. ६ बाट सबैभन्दा बढी १७ जना उम्मेद्वार रहेका छन् । जानकारहरुका अनुसार कतिपय ठूला राजनैतिक दलका उम्मेद्वारहरुले ‘डमी’ (आफूलाई सवारी साधन लगायतमा सुविधा पु¥याउने उद्धेश्यले खडा गरिएको उम्मेद्वार) खडा गरेका कारण र जनमत नै नभएपनि हरेक निर्वाचनमा आफूखुसी उम्मेद्वारी दिदै आएका स्वतन्त्र उम्मेद्वारहरुले त्यस्तो मत पाएका हुन् । कतिपय नामै नसुनेका दलका उम्मेद्वारहरुले पनि अत्यन्त कम मत पाएका छन् ।
जसअन्तर्गत क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेद्वारी दिएका काइँयो छापका अशोक कुमार सिंहले ६ तथा ४ बाट स्वतन्त्रै उम्मेद्वारी दिएका काइँयो छापमै राम उगर राय यादवले ४ मत पाएका छन् । क्षेत्र नं. १ मा ३६ जना तथा क्षेत्र नं. ४ मा ३८ जनाले उम्मेद्वारी दिएका थिए ।
त्यस्तै क्षेत्र नं. २ मा ५ जना स्वतन्त्र उम्मेद्वारले त्यस्तो मत प्राप्त गरेका छन् । राम सिंह चौधरीले गङगटो छापमा १०, मिश्री लाल महतोले खुर्पी छापमा ८, हरि दास कथवनियाले भुईंकटहर छापमा ८, लक्ष्मी प्रसाद बरालले लाटोकोसेरो छापमा ५ र नवराज शर्मा भट्टराइले काइँयो छापमा १ मत मात्र हाँसिल गरेका छन् । यस क्षेत्रमा ४२ जनाले उम्मेद्वारी दिएका थिए ।
त्यस्तै क्षेत्र नं. ३ मा दुई पार्टी सहित ९ जना उम्मेद्वारले १० वा सो भन्दा कम मत पाएका छन् । जसअनुसार शिवसेना नेपाल पार्टीबाट खडा भएका रामवीर ठाकुरले डमरु छापमा १०, जनयुनिटी को–अपरेटिभ पार्टी नेपालबाट उम्मेद्वारी दिएका दिलिप सिंहले कापी कलम छापमा ६ मत मात्र पाएका छन् । अन्य स्वतन्त्र उम्मेद्वारहरु प्रेम रायले इस्त्री छापमा ९, शिव बहादुर थापाले खल छापमा ७, शंकर कुमार लामाले जाँतो छापमा ६, रामराज बस्नेतले पलङ्ग छापमा ५, मानबहादुर लामा घिसिङले इनार छापमा ५, परशुराम रायले  कालोपाटी छापमा ४ र गंगाराम राय यादवले काइँयो छापमा १ मत मात्र पाए । यस क्षेत्रमा ४६ जनाले उम्मेद्वारी दिएका थिए ।
त्यस्तै क्षेत्र नं. ५ मा त्यस्तो मत पाउनेमा एक पार्टीका सहित ९ जना उम्मेद्वारहरु रहेका छन् । जसअनुसार नेपाल मजदुर किसान पार्टीबाट खडा भएका किशोरी ठाकुरले मादल छापमा ७ मात्र पाएका छन् । स्वतन्त्र उम्मेद्वारहरुमा बिजय कुमार चौधरीले हेल्मेट छापमा १०, जगदिश प्रसाद महतोले प्रेसर कुकर छापमा १०, भिखारी ठाकुरले इनार छापमा ७, दिपेन्द्र कुमार साहले कुखुराको चल्ला छापमा ७, महादेव रायले खुर्पी छापमा ६, रामचन्द्र रायले स्वेटर छापमा ५, गायत्री यादवले ताल्चा साँचो छापमा ४ र सुनिता रायले ग्याँस चुलो छापमा १ मत मात्र पाए । यस क्षेत्रमा ४४ जना उम्मेद्वार रहेका थिए ।
त्यसैगरी क्षेत्र नं. ६ बाट अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढी १७ जना उम्मेद्वारले १० भन्दा कम मत पाएका छन् । जसमा दुईवटा पार्टीका सहित स्वतन्त्र उम्मेद्वार रहेका छन् । जसअनुसार जनयुनिटी को–अपरेटिभ पार्टी नेपालबाट कापी कलम छापमा उठेकी रेखा कुमारी चौधरीले ७ तथा सोसल रिपब्लिकन पार्टीबाट उठेका राम सोगारथ महतोले सलाईको बट्टा छापमा २ मत पाए ।
अन्य स्वतन्त्र उम्मेद्वारहरुमा प्रमोद चौधरी खुर्पी छापमा १०, मानकी सहनी ताल्चा साँचो छापमा १०, वैजनाथ सहनी पलङ्ग छापमा ९, अरविन्द्र कुमार ठाकुर हेल्मेट छापमा ८, मिना यादव झोला छापमा ८, सुभनारायण साह पेन्चिस छापमा ७, संजय कुमार यादव कारखाना छापमा ७, अजय कुमार महतो लट्टाई छापमा ६, मणि भूषण सिंह प्रेसर कुकर छापमा ६, सत्य नारायण हजारी स्वेटर छापमा ५, रतनेश कुमार सिंह बुरुस छापमा ५, आलोक कुमार शर्मा काइँयो छापमा ४, भोला महतो कोइरी ग्याँस चुलो छापमा ३, राम सिनेही राय इनार छापमा १ र रामदेव रायले कप छापमा शून्य मत पाएका छन् । यस क्षेत्रमा ४९ जना उम्मेद्वारहरु खडा भएका थिए ।

सर्लाहीमा पनि समानुपातिकमा गाईलाई बढी

सर्लाहीमा पनि समानुपातिकमा गाईलाई बढी
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ११ । संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत सर्लाहीमा पनि समानुपातिकतर्फ राप्रपा नेपालले प्रत्यक्षको तुलनामा बढी मत पाएको भेटिएको छ । मंगलबार रातीसम्म क्षेत्र नं. १ मा ६२ वटा मतपेटिकाको ३३ हजार ८ सय ३ मत गणना गरिएको छ । बाँकी १६ वटा मतपेटिकाको मतपत्र भने बुधबारसम्म गणना गरी सकिने निर्वाचन अधिकृत विदुर काÇलेले बताए । जारी मतगणना अनुसार एकिकृत नेकपा माओवादी ५ हजार ५ सय ८२, नेकपा एमाले ५ हजार ६ सय ४८, राप्रपा नेपालले ३ हजार ९ सय ३७ मत पाएको छ । राप्रपा नेपालका प्रत्यक्षतर्फका उम्मेद्वार नारायण श्रेष्ठले उक्त क्षेत्रमा २ हजार ७ सय २९ मत मात्र पाएका थिए । अझै मतगणना गर्न बाँकी रहेकाले राप्रपा नेपालको मत बढ्ने देखिएको छ ।
त्यस्तै क्षेत्र नं. १ मा नेपाली कांग्रेसले ३ हजार ५ सय ८, तराई मधेश सद्भावना पार्टी नेपाल २ हजार ८ सय ५६, सद्भावना १ हजार ३ सय ५७, मधेशी जन अधिकार फोरम लोकतान्त्रिक १ हजार ७९, तराई मधेश लोकतान्त्रिक पार्टीले १ हजार ५५ मत पाएका छन् । समानुपातिकमा सहभागि सबै १ सय २२ वटै दलको चुनाव चिन्हमा मत परेको निर्वाचन अधिकृत काÇलेले बताए । प्रत्यक्षतर्फ जितेको एमाओवादीले नै हालसम्म क्षेत्र १ मा समानुपातिक मत बढी पाएको छ ।
त्यस्तै क्षेत्र नं. २ मा पनि जारी मतगणनामा पछिल्लो परिणाम अनुसार राप्रपा नेपालले प्रत्यक्षको तुलनामा समानुपातिकमा तीन गुना बढी मत पाईसकेको छ । प्रत्यक्ष उम्मेद्वार ध्रुव बुढाथोकीले ७ सय ५८ मत पाएकामा समानुपातिक तर्फ राप्रपा नेपालले २ हजार २ सय २० मत पाईसकेको छ । ८८ वटा मतपेटिका मध्ये ५३ वटाको गणना हुँदा गाईमा यती मत परेको हो । बाँकी ३३ वटा मतपेटिकाबाट अझै गाईमा मत बढ्ने निश्चित छ ।
उक्त क्षेत्रमा हालसम्म सबैभन्दा बढी नेकपा एमाले ३ हजार १ सय २६, एकिकृत नेकपा माओवादी ३ हजार १४, नेपाली कांग्रेस २ हजार ७ सय ४५, तराई मधेश लोकतान्त्रिक पार्टी २ हजार ६ सय ५५, सद्भावना १ हजार ७ सय ७०, मधेशी जन अधिकार फोरम नेपाल १ हजार ५ सय २४, राप्रपा १ हजार ४ सय ८२, संघीय समाजवादी पार्टीले १ हजार १ सय ५४ मत पाएका छन् । प्रत्यक्षमा जितेको कांग्रेस समानुपातिकतर्फ भने उक्त क्षेत्रमा हालसम्म तेस्रो स्थानमा रहेको छ । निर्वाचन अधिकृत लालकाजी श्रेष्ठका अनुसार २६ हजार ६ सय ८० मत गणना हुँदा १ सय २२ वटै दललाई मत परेपनि ४५ वटा दलले भने १० भन्दा कम मत पाएका छन् ।
त्यस्तै क्षेत्र नं. ३ मा गणना भएको ३२ हजार ४ सय ७२ मत मध्ये सबैभन्दा बढी नेकपा एमालेले ५ हजार ५ सय २२, एकिकृत नेकपा माओवादीले ४ हजार ७ सय ७६, नेपाली कांग्रेसले ३ हजार ७ सय ४६, फोरम नेपालले २ हजार ४ सय ७९ मत ल्याएका छन् । प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको फोरम नेपाल हालसम्मको गणनामा समानुपातिकतर्फ भने चौथो स्थानमा रहेको छ । नेपाली कांग्रेसलाई उसको प्रत्यक्ष उम्मेद्वार मिना पाण्डेलाई भन्दा समानुपातिकमा बढी मत पर्ने देखिएको छ । मुख्य मत पाएका दलहरुको मात्र आफूसँग टिपोट रहेको र विस्तृतमा भने गणना सम्पन्न भईसकेपछि मात्र बताउन सकिने उक्त क्षेत्रका निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार ६० वटा मतपेटिकाको गणनामा १ सय १४ वटा दलले मात्र मत पाएको भेटिएको र अझै २४ वटा मतपेटिकाको गणना बाँकी रहेको छ ।
त्यस्तै क्षेत्र नं. ४ को मतगणनाको परिणाम भने थाहा हुन सकेन । राती अवेरसम्म भएको मतगणनाको परिणाम समेट्नका लागि फोन सम्पर्कबाट परिणाम लिन गरेको अथक प्रयास सफल हुन सकेन । मुख्य निर्वाचन अधिकृत कृष्ण कमल अधिकारीले प्रत्यक्षतर्फका विजेता दलले नै बढी मत ल्याएको भेटिएको र क्रमशः प्रत्यक्षमै दोस्रो, तेस्रो हुने दललाई बढी मत परेको भेटिएको बताए ।
त्यसैगरी क्षेत्र नं. ५ का निर्वाचन अधिकृत शंकर बरालका अनुसार ६० वटा मतपेटिकाको ३० हजार भन्दा बढी मतगणना अनुसार तराई मधेश लोकतान्त्रिक पार्टीले ५ हजार १ सय १५, मधेशी जन अधिकार फोरम लोकतान्त्रिक ४ हजार ४ सय ७२, सद्भावना ३ हजार ५ सय ६९, नेपाली कांग्रेस ३ हजार २१,  फोरम नेपाल २ हजार ६ सय ७२, तमसपा नेपाल २ हजार २ सय ९५, राप्रपा नेपाल ८ सय ४५, एमाओवादीलाई ६ सय ८७ लगायत मत परेको छ । प्रत्यक्षमा तेस्रो स्थानमा रहेको फोरम लोकतान्त्रिकलाई हालसम्मको गणनामा समानुपातिकमा दोस्रो बढी मत परेको छ भने प्रत्यक्षमा पाँचौ स्थानमा रहेको नेपाली कांग्रेस चौथो स्थानमा उक्लेको छ । प्रत्यक्षतर्फका उम्मेद्वार विन्ती प्रसाद चौधरीले ५ सय ५० मत मात्र पाएको राप्रपा नेपालले जारी गणनामै ८ सय ४५ पु¥याईसकेकाले समानुपातिकमा भने दोब्बर भन्दा बढी मत पाउने देखिएको छ । समानुपातिकमा सहभागि सबै १ सय २२ वटै दललाई मत परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुधबार साँझसम्म मतगणना सकिने निर्वाचन अधिकृतको कार्यालयले बतायो ।
त्यसैगरी क्षेत्र नं. ६ मा ६३ वटा मतपेटिकाको गणना सकिएको निर्वाचन अधिकृतको कार्यालयमा कार्यरत जिविसका कार्यक्रम अधिकृत पुष्करमणी घिमिरेले बताए । बाँकी २० वटा मतपेटिकाको मतगणना भोली सकिने उनले बताए । तथ्यांकहरु कार्यालयमै रहेकाले आÇनो साथमा नभएको उल्लेख गर्दै घिमिरेले प्रत्यक्षतर्फ बढी मत ल्याएर जित्ने दल तथा दोस्रो, तेस्रो हुने दलहरुले नै बढी मत पाएको बताए । उनले नेपाली कांग्रेस, तमलोपा, तमसपा नेपाल लगायतले ५–५ हजार भन्दा बढी मत ल्याईसकेका छन् । प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको तमलोपा समानुपातिकतर्फ भने हालसम्मको गणनामा दोस्रो स्थानमा रहेको बताईएको छ ।
दिनभर मतगणना गरिने र राती स्थगित गर्ने गरेकाले समानुपातिकको मतगणनामा केही ढिलाई भएको छ । ‘‘कर्मचारीहरु दिनरात गणनामा सहभागि हुनुपर्दा साह्रै गाह्रो भयो ।’’ क्षेत्र नं. १ का निर्वाचन अधिकृत विदुर काÇलेले भने–‘‘त्यसैले राजनैतिक दलका प्रतिनिधिको सहमतिमा दिउँसो गन्ने र राती स्थगित गर्ने गरिएको छ ।’’ प्रत्यक्षतर्फको मतगणनाको तुलनामा समानुपातिकमा भने राजनैतिक दलका प्रतिनिधिहरुले त्यति साह्रो विवाद नझिक्ने गरेको एक कर्मचारीले बताए ।

गाँजा बोक्ने महिलालाई म्याद थप

गाँजा बोक्ने महिलालाई म्याद थप
सर्लाही समाचारदाता
हरिपुर, मङ्सिर ११ । शरिरभरी गाँजा प्याक गरेर तथा झोलामा बोकेको अवस्थामा पक्राउ परेका तीनजना महिलालाई प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरेर कार्वाही प्रकृया अगाडी बढाएको छ ।
ईलाका प्रहरी कार्यालय हरिपुरले मंगलबार जिल्ला अदालतबाट १० दिने म्याद लिएर ती महिलाहरुमाथि कार्वाही प्रकृया अगाडी बढाएको हो । गत सोमबार सशस्त्र प्रहरीले तीनजना महिलालाई नयाँरोड–बरहथवा सडकखण्ड अन्तर्गत धरहरामा चेकजाँचका क्रममा करिब १० केजी गाँजा सहित तीनजना महिलालाई पक्राउ गरेको थियो । ना. १ ज २६४४ नम्बरको म्याजिक भ्यानमा नयारोडबाट बरहथवातर्फ गईरहेको अवस्थामा सक्रौल गाविस–९ निवासी करिब ३५ वर्षिया निर्मली सहनी, करिब ४० वर्षिया मनिता सहनी र करिब ४५ वर्षिया जक्तारण सहनी पक्राउ परेका हुन् ।
निर्मलीले भित्रबाट गाँजा राखेर बनाईएको कपडाको भोटो लगाएकी थिइन् भने मनिता गाँजा प्याक गरेर बनाईएको पोटुका पेटमा बाँधेको अवस्थामा फेला परेकी थिईन् । जक्तारणको शरिरबाट भने गाँजा फेला परेको थिएन । उनीहरु तीनैजनाले छुट्टाछुट्टै झोलामा समेत गाँजा बोकेका थिए ।
शरिरमा प्याक गरिएको गाँजा अरुले नदेखुन् भनेर पक्राउ परेका महिलाहरुले ठूला–ठूला ओड्ने समेत ओडेका थिए । आफूहरुलाई १–१ हजार दिन्छु भनेर अर्कै व्यक्तिले भारतसम्म गाँजा बोक्न लगाएको ती महिलाहरुले दावी गरेका छन् ।

आन्दोलनको निर्णय गर्न मतदान

आन्दोलनको निर्णय गर्न मतदान
सर्लाही समाचारदाता
हरिवन, मङ्सिर ११ । संविधान सभाको दोश्रो निर्वाचन सकिए लगतै यसको नक्कल अन्य क्षेत्रमा पनि पर्न थालेको छ ।
महत्वपूर्ण कार्यका लागि मतदानको प्रयोग गर्ने परिपाटीलाई पच्छ्याउँदै हरिवन स्थित एक उद्योगका मजदुर÷कामदार, कर्मचारीले आन्दोलन गर्ने वा नगर्ने बारे गोप्य मतदान मार्फत राय संकलन गरेको हो ।
हरिवन स्थित इन्दुशंकर चिनी उद्योगका मजदुर, कामदार र कर्मचारीले गोप्य मतदानबाट आन्दोलनको पक्षमा मतदान गरे ।
उद्योगमा कार्य गर्ने कर्मचारी, मजदुर÷कामदारले विभिन्न नौ सुत्रिय माग पुरा हुनुपर्ने मागका साथ आन्दोलन गर्नका लागि मतदान प्रणालीबाट सबैको राय बुझ्ने प्रक्रिया गरेको बताइएको छ । उद्योगका कामदार÷कर्मचारी विनय कर्णका अनुसार श्रमऐन २०४८ को दोश्रो संसोधन २०५४ को दफा ७६ बमोजिमको नियमबाट पारिश्रमिक एवं सुविधा वृद्धिका लागि ट्रेड यूनियन महासंघमा आवद्ध कामदारले माग गर्दै आन्दोलनमा उत्रने चेतावनी दिएका हुन ।
ट्रेड यूनियनमा आवद्ध ३ सय ८३ जना कर्मचारी मध्ये २ सय ७५ जना मतदानमा सहभागि भएका र आन्दोलनको पक्षमा २ सय ६१, नगर्ने पक्षमा १३ र १ मत बदर भएको थियो ।
आफ्ना सेवा सुविधा वृद्धिको माग सहित मंगलबारको मतदानको निर्णय अनुसार ३० दिने अल्टिमेटम (उद्योगलाई) दिइएको र सो अवधिमा माग पुरा नभए आन्दोलन गर्ने कर्णले जानकारी दिए ।

गाँजाले बेरिएका तीनजना महिला पक्राउ

गाँजाले बेरिएका तीनजना महिला पक्राउ
सर्लाही समाचारदाता
धरहरा, मङ्सिर १० । शरिरभरि गाँजा प्याक गरेर तथा झोलामा बोकेको अवस्थामा सोमबार सशस्त्र प्रहरीले तीनजना महिलालाई पक्राउ गरेको छ । नयाँरोड–बरहथवा सडकखण्ड अन्तर्गत धरहरामा चेकजाँचका क्रममा करिब १० केजी गाँजा सहित तीनजना महिला पक्राउ परेका हुन् । गाँजा बोकेर भारततर्फ गईरहेको अवस्थामा तीनजना महिला पक्राउ परेपछि नयाँरोड–बरहथवा सडकखण्ड हुँदै मधुवनी नाकाबाट भारततर्फ नियमित गाँजा तस्करी हुनेगरेको प्रहरीले अनुमान गरेको छ । पछिल्लो पटक गाँजा ओसार्ने महिलाहरुमात्र पक्राउ परेको र गाँजा कारोबारमा संलग्नहरुको पहिचान गरि आवश्यक कार्वाही प्रकृया अगाडी बढाउनका लागि घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
ना. १ ज २६४४ नम्बरको म्याजिक भ्यानमा नयारोडबाट बरहथवातर्फ गईरहेको अवस्थामा सक्रौल गाविस–९ निवासी करिब ३५ वर्षिया निर्मली सहनी, करिब ४० वर्षिया मनिता सहनी र करिब ४५ वर्षिया जक्तारण सहनी पक्राउ परेका हुन् । उनीहरुलाई सोमबार विहान साँढे ९ बजेतिर सशस्त्र प्रहरी वेस क्याम्प धरहराको टोलीले चेकजाँचका क्रममा धरहराबाट पक्राउ गरेको हो । झण्डै १४–१५ जना यात्रुहरु रहेको उक्त यात्रुबाहक म्याजिकमा यात्रा गरिरहेका ती महिलाहरुप्रति शंका लागेका कारण चेकजाँच गर्दा गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
निर्मलीले भित्रबाट गाँजा राखेर बनाईएको कपडाको भोटो लगाएकी थिइन् भने मनिता गाँजा प्याक गरेर बनाईएको पोटुका पेटमा बाँधेको अवस्थामा फेला परेकी थिईन् । जक्तारणको शरिरबाट भने गाँजा फेला परेको थिएन । उनीहरु तीनैजनाले छुट्टाछुट्टै झोलामा समेत गाँजा बोकेका थिए । शरिरमा प्याक गरिएको गाँजा अरुले नदेखुन् भनेर पक्राउ परेका महिलाहरुले ठूला–ठूला ओड्ने समेत ओडेका थिए ।
सशस्त्र प्रहरीले पक्राउ परेका महिलाहरुलाई इलाका प्रहरी कार्यालय हरिवनको जिम्मा लगाएको छ । उनीहरुले प्रति व्यक्ति १ हजार रुपैया दिन्छु भनेर आफुलाई गाँजा बोकाईएको दावी गरे । ‘‘भारतको सिमा क्षेत्रसम्म लगिदिनु १ हजार दिन्छु भनेर पठाए ।’’ निर्मलीले भनिन्–‘‘पैसाको लोभमा मनहरीबाट गाँजा बोकेर बरहथवा हुँदै भारतको सिमा क्षेत्रतर्फ जाँदै थियौं ।’’ मकवानपुरको मनहरी क्षेत्रबाट मुलुकभरका विभिन्न शहर एवं भारततर्फ समेत गाँजा तस्करी हुने  गरेको यसअघि पनि पटक–पटक पक्राउ परेका गाँजा सहित अभियुक्तहरुको बयानबाट खुलिसकेको छ । यसअघि पनि सर्लाहीका विभिन्न स्थानमा रहेका प्रहरी इकाईहरुले मकवानपुरको मनहरीबाट पूर्वतर्फ जाँदै गरेको ठूलो परिमाणको गाँजा सहितको ट्रक समेत बरामद् गरिसकेका छन् ।
पक्राउ परेका महिलाहरुले कसले गाँजा बोकेर पठाएको भने खुलाएनन् । ‘‘गाउँमा बोलाउने नाम अर्कै छ, उसको वास्तवीक नाम के हो के ?’’ मनिताले भनिन्–‘‘हाँमी त पैसा पाहिन्छ भनेपछि गाँजा बोकेर हिडेका हौं ।’’ पक्राउ परेका महिलाहरु हाल इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेका छन् । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका महिलाहरुको अवस्था हेर्दा उनीहरु स्वयं गाँजा तस्करी गर्ने नभई उनीहरुलाई गाँजा ओसारपसारमा संलग्न गराएको हुन सक्ने अनुमान गरिएको छ । पक्राउ परेका महिलाहरुको वयानबाट गाँजा तस्करीमा संलग्न मुख्य गिरोह नियन्त्रण गर्ने गरी कार्वाही प्रकृया अगाडी बढाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

निर्वाचित सभासद्हरु विजय उत्सव मनाउँदै

निर्वाचित सभासद्हरु विजय उत्सव मनाउँदै
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १० । संविधान सभा सदस्यको दोस्रो निर्वाचन अन्तर्गत गत मंगलबार सम्पन्न मतदानबाट निर्वाचित सर्लाहीका सभासद्हरु धमाधम गाउँ–गाउँमा विजयोत्सव मनाउँदैछन् ।
जिल्लाका ६ वटा क्षेत्रबाट निर्वाचित ६ जना सभासद् मध्ये ५ जनाले आ–आÇनो क्षेत्रमा विजयी ¥याली र मतदातालाई धन्यवाद ज्ञापनको काम तिब्र गतीमा अगाडी बढाईरहेका छन् । क्षेत्र नं. १ बाट निर्वाचित एकिकृत नेकपा माओवादीका शम्भुलाल श्रेष्ठ, क्षेत्र नं. २ मा निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र चौधरी, क्षेत्र नं. ३ मा निर्वाचित नेकपा एमालेका हरि उप्रेती, क्षेत्र नं. ४ मा निर्वाचित तराई मधेश सद्भावना पार्टी नेपालका महेन्द्र राय यादव, क्षेत्र नं. ५ मा निर्वाचित तराई मधेश लोकतान्त्रिक पार्टीका जंगीलाल राय निर्वाचित भएदेखि आ–आÇनो क्षेत्र अन्तर्गत पर्ने गाउँगाउमा विजयोत्सव मनाउन व्यस्त बनेका छन् । दुई दिनयता निर्वाचित सभासद्हरुलाई अविर माला लगाईदिने र स्वागत गर्नेहरुको गाउँगाउँमा लहर चलेको छ । विहान सवेरै घरबाट निस्कने निर्वाचित सभासद्हरु गाउँ–गाउँमा आयोजना हुने विजयी ¥यालीमा सहभागि भई राती अवेर मात्र घर पुग्ने गरेका छन् ।
क्षेत्र अन्तर्गतका सबै गाउँहरुबाट नेता कार्यकर्ताले विजयोत्सव मनाउन तत्काल बोलाएकाले निर्वाचित सभासद्हरु केही अÇठ्यारोमा समेत परेका छन् । ‘‘निर्वाचित भएको घोषणा लगतै गाउँगाउँबाट नेता कार्यकर्ताहरुले पहिला म कहाँ, पहिला म कहाँ भनेर बोलाईरहेका छन् ।’’ नेपाली कांग्रेसबाट क्षेत्र नं. २ मा निर्वाचित सभासद् रामचन्द्र चौधरीले भने–‘‘मिलाएर गाउँ गाउँमा नेता कार्यकर्ताहरुसँगै विजयी ¥यालीमा सहभागि भईरहेको छु ।’’
क्षेत्र नं. ६ मा नेपाली कांग्रेसबाट निर्वाचित सभासद् अमरेश सिंह भने मतगणना घोषणा भएको भोलिपल्ट अर्थात गत शनिबार विहानै काठमाण्डौतर्फ लागेका छन् । सिंह मतगणना घोषणा भएलगतै सदरमुकाम मलंगवामा शुक्रबार राती नै नेता कार्यकर्ताले आयोजना गरेको विजयी ¥यालीमा सहभागि भएका थिए भने शनिबार विहान काठमाण्डौतर्फ लागेका थिए । ०६२÷०६३ मा सात दल र तत्कालिन नेकपा माओवादीबीच भारतमा भएको १२ बुँदे समझदारी सहित विभिन्न दलिय सहमतिमा सकृय भूमिका निर्वाह गरिरहेका कांग्रेस नेता सिंहले मतगणना घोषणा कार्यक्रममा नै एमाओवादी अध्यक्ष प्रचण्ड लगायत उक्त पार्टीका शिर्ष नेताहरुसँग भेटेर दोस्रो संविधान सभा निर्वाचनको मतपरिणाम स्वीकार गर्दै आगामी संविधान सभामा सहभागि हुन आग्रह गर्नका लागि तत्कालै राजधानी काठमाण्डौतर्फ जाने बताएका थिए ।

पराजीत उम्मेद्वार लामाको ‘जितेको संस्कार’

पराजीत उम्मेद्वार लामाको ‘जितेको संस्कार’
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
जुटपानी, मङसिर १० । गत मङ्सिर ४ गते मंगलबार सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनका क्रममा खसेको मतदानका आधारमा प्रत्यक्षतर्फ २ सय ४० निर्वाचन क्षेत्र मध्ये हरेक क्षेत्रबाट १ उम्मेद्वारले जिते भने धेरैजसो उम्मेद्वाहरुले पराजीत व्यहोरे । सर्लाहीमा पनि ६ वटा क्षेत्रमा खडा भएका स्वतन्त्र सहित २ सय ५५ जना उम्मेद्वारहरु मध्ये ६ जनाले मात्र जीत हाँसिल गरेका छन् । बाँकी २ सय ४९ जनाले हार व्यहोरे । संविधान सभा सदस्यमा निर्वाचित उम्मेद्वारलाई  विजयोत्सव ¥याली मनाउँदैमा फुर्सद छैन भने पराजीत उम्मेद्वारहरु कुना पसेका छन् । अधिकांश पराजीत उम्मेद्वारहरुको हालको अवस्था भनेको, खोज्दा पनि नभेटिने गरी कता हो कता ?
तर सर्लाहीकै क्षेत्र नं. २ मा विजयी भएका नेपाली कांग्रेसका रामचन्द्र चौधरीसँग मख्य प्रतिस्पर्धी रहेका नेकपा एमालेका सुरेन्द्र लामा भने त्यसको अपवाद हुन् । हार व्यहोरेपनि उनी निर्वाचनको मतगणनाको परिणाम घोषणा भएको भोलीपल्टदेखि क्षेत्रमै सकृय देखिन्छन् । उनले सोमबार विहान आफूसँगै प्रतिस्पर्धी अनि विजयी भएका नेपाली कांग्रेसका चौधरीलाई दोसल्ला ओढाएर फुलमालाले स्वागत गर्दै बधाई समेत दिन भ्याए ।
नेत्रगंज गाविसको जुटपानी स्थित पदम् भुवनेश्वरी वृद्धसेवाआश्रममा आयोजित अनौपचारिक कार्यक्रमका बीच संविधान सभा निर्वाचनमा पराजीत उम्मेद्वार लामाले विजयी भएका चौधरीलाई थप सफलताको कामना दिए । ‘‘जनमतको कदर गर्दै म हार स्वीकार गर्दछु ।’’ विजयी भएका चौधरीलाई दोसल्ला सहित सम्मान गरेपछि उनले भने–‘‘विजयी हुनुभएका संविधान सभा सदस्य माननीय रामचन्द्र चौधरीलाई मुलुक, जनता अनि सर्लाही र त्यसमा पनि क्षेत्र नं. २ को जनमतको कदर गर्दै अगाडी बढ्न आग्रह गर्दछु ।’’
निर्वाचनका क्रममा नराम्रोसँग हार व्यहोरेपछि एकिकृत नेकपा माओवादी लगायत विभिन्न दल अनि तिनका उम्मेद्वारहरुले सम्पन्न भएको संविधान सभाको दोस्रो निर्वाचनमा व्यापक धाँधली भएको र षडयन्त्र पूर्वक हराईएको दावी गरिरहेका छन् । यस्ताखाले चर्चासँगै पराजित एमाले उम्मेद्वार लामाले भने जनमतको उचित कदर गर्दै निर्वाचनका क्रममा कुनै धाँधली र षडयन्त्र नभएको दावी गरे । ‘‘लोकतन्त्रमा जनमत सबैभन्दा ठूलो कुरा हो, त्यसैले मैले पनि जनमतको कदर गर्नै पर्दछ ।’’ उनले अगाडी थपे–‘‘हार्ने वितिकै हतास मनस्थिती बनाउँदै अनेकखाले आरोप लगाउने र जित्ने वितिकै विजयोन्माद् प्रदर्शन गर्नु अलोकतान्त्रिक संस्कार हो ।’’
पछिल्लो समय जातिय र क्षेत्रीय खालका नारा दिएर मुलुकमा जातिय भड्काव् ल्याउने, सद्भाव विगार्ने लगायत षडयन्त्र भईरहेको उल्लेख गर्दै लामाले त्यस्ता खतरातर्फ सजग भएर समग्र मुलुक र जनताको हित हुनेगरी नयाँ संविधान निर्माणमा एक कदम अगाडी बढेर पहलकदमी गर्न समेत निर्वाचित सभासद् चौधरीलाई आग्रह गरे । उनले २ नं. क्षेत्रमा मुलुक र जनताको हित अनुकुल काम गर्ने क्रममा आईपर्ने जुनसुकै सहयोग गर्न पछि नपर्ने प्रतिबद्धता समेत चौधरीसमक्ष व्यक्त गरे ।
संविधान सभा सदस्यमा निर्वाचत चौधरीले पनि जातिय, क्षेत्रिय जस्ता नाराको पछि नलागी समग्र मुलुक र जनताको हितमा लागिपर्ने र सोही अनुसार पार्टीको नीतिको परिधि भित्र रही संविधान निर्माणमा सकृय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । ‘‘यो पार्टी, उ पार्टी अथवा यो जात, उ जात भन्दा पनि अब हाँमी सबै नेपाली भएर समग्र मुलुक र जनताको हित हुनेगरी नयाँ संविधान जारी गर्नेतर्फ अगाडी बढ्नुपर्छ ।’’ निर्वाचित सभासद् चौधरीले लामाप्रति इंगित गर्दै भने–‘‘म र तपाईमा कुनै फरक छैन, विकास निर्माण अनि संविधान निर्माणमा आपसी सहयोगका साथ सँगै हातेमालो गरेर अगाडी बढ्न तयार छु र त्यसै गर्छु ।’’
अनौपचारिक कार्यक्रम भएपनि उपस्थित संचारकर्मी अनि दुवै पार्टी नेता कार्यकर्ता लगायत सबैले  संविधान सभा सदस्यमा निर्वाचित चौधरी र मुख्य प्रतिस्पर्धी पराजीत लामाको भनाई प्रति ताली बजाएर समर्थन  र खुसी व्यक्त गरेको आभास देखिन्थ्यो । हारेर पनि अपराजीत अनि उत्साहपूर्ण देखिने उनको व्यवहार देख्दा जो कसैले भन्न सक्छ–‘पराजीत लामाको जितेको संस्कार’ । ‘‘निर्वाचनमा हारेर पनि सुरेन्द्रजीले व्यवहारमा आफुले नै जितेको आभास गराए ।’’ नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष रोशन न्यौपानेले भने–‘‘प्रतिस्पर्धामा उत्रेपछि हारजीत त भईहाल्छ, जे भएपनि स्वीकार गर्नु नै सबैभन्दा ठूलो कुरा हो र लोकतान्त्रिक संस्कारको अनुपम नमूना हो ।’’ कार्यक्रममै एमालेकी जिल्ला सदस्य वेचि लुंगेलीले पनि निर्वाचित सभासद् चौधरीलाई खादा ओढाएर सम्मान गरिन् ।
गत मङ्सिर ४ गते मंगलबार सम्पन्न संविधान सभा सदस्यको दोस्रो निर्वाचन अन्तर्गत क्षेत्र नं. २ मा नेपाली कांग्रेसका रामचन्द्र चौधरीले ६ हजार ४ सय ७ मत प्राप्त गरी विजयी हाँसिल गरे भने बाँकी ४१ जना उम्मेद्वारहरुबीच नेकपा एमालेका सुरेन्द्र लामा ६ हजार ३ सय ५९ मत ल्याएर मुख्य प्रतिस्पर्धीको रुपमा रहेका थिए । निर्वाचनमा विजयी भएका कांग्रेसका चौधरी हाल विजयोत्सव ¥याली गर्दै क्षेत्र अन्तर्गत गाउँ–गाउँ घुमिरहेका छन् भने लामाले आफूलाई मत दिने क्षेत्रका सबै जनता एवं नेता कार्यकर्तालाई धन्यवाद् दिन र आगामी दिनमा पनि उल्लेख्य सहयोग गर्न आग्रह सहित क्षेत्र भ्रमण जारी रहेको बताए ।

प्रहरी प्रवक्तालाई पत्नी शोक

प्रहरी प्रवक्तालाई पत्नी शोक
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १० । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीलाई पत्नी शोक परेको छ ।
प्रवक्ता ओलीलाई एकसाथ सहोदर पत्नी सहित पारिवारिक शोक परेको हो । गत आइतबार सवारी दुर्घटनामा परेर उनकी पत्नी ३६ वर्षिया जमुना ओली तथा अन्य आफन्तको मुत्यु भएको बताईएको छ ।
ताप्लेजुङ्को प्रसिद्ध पाथिभरा मन्दिर दर्शन गरेर फर्कने क्रममा झापाको बुट्टाबारीमा मे. १ ज ११३७ नम्बरको भ्यान दुर्घटना हुँदा प्रवक्ता ओलीकी पत्नी सहित ४ जनाको मृत्यु भएको थियो ।
उनका एक छोरा र छोरी पनि दुर्घटनामा परेर घाईते भएको बताईएको छ । झापाको अनारमनी निवासी प्रवक्ता ओली केही महिना अघि मात्र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सरुवा भएर आएका थिए । प्रवक्ता ओलीको दुःखमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले समवेदना प्रकट गरेको छ ।

समानुपातिकको मतगणना जारी

समानुपातिकको मतगणना जारी
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १० । संविधान सभाको दोस्रो निर्वाचन अन्तगर्त गत मङ्सिर ४ गते मंगलबार सम्पन्न मतदानको समानुपातिक मतगणना जारी छ । सर्लाहीका ६ वटै क्षेत्रको मतगणना अनुसार प्रत्यक्षतर्फ जुन पार्टीको उम्मेद्वारले जितेको छ सोही पार्टीलाई बढी मत परेको देखिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश कृष्णकमल अधिकारीले बताए । ‘‘अहिलेसम्मको मतगणना अनुसार प्रत्यक्षतर्फ जुन पार्टीको उम्मेद्वार विजयी भएका छन्, समग्रमा सोही पार्टीले नै बढी मत पाएको भेटिएको छ ।’’ उनले सोमबार राती सर्लाही दैनिकसँग भने–‘‘सबै मतगणना भईसक्दा केही तलमाथि पनि पर्न सक्ला ।’’
क्षेत्र नं. १ र २ को जिल्ला जनस्वास्थ्य कार्यालयमा, ३ र ४ का मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ५ र ६ को जिल्ला विकास समितिको सभाहलमा मतगणना भईरहेको छ । क्षेत्र नं. १ का निर्वाचन अधिकृत विदुर काÇलेले सोमबार रातीसम्म ४० वटा मतपेटिकाको मतगणना भईसकेको बताए । उनका अनुसार १ सय २० दललाई मत परेको छ ।
त्यस्तै क्षेत्र नं. २ का निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले ३३ वटा मतपेटिकाको गणना सकिएको र ५३ वटाको बाँकी रहेको बताए । त्यसैगरी क्षेत्र नं. ३ को ४८ वटा मतपेटिकाको गणना सकिएको र ३६ वटा मतपेटिकाको गणना हुन बाँकी रहेको निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले बताए ।
त्यस्तै क्षेत्र नं. ४ मा सोमबार रातीसम्म ४२ वटा मतपेटिकाको गणना जारी रहेको मुख्य निर्वाचन अधिकृत कृष्ण कमल अधिकारीले बताए । उक्त क्षेत्रमा ८८ वटा मतदान केन्द्रका ८८ मतपेटिका तथा १ अस्थायी (मलंगवा स्थित कर्मचारीले कर्मचारीले मात्र मत खसालेको मतपेटिका) मतदान केन्द्रको मतपेटिका रहेका छन् । त्यहाँ हालसम्मको गणनामा तराई मधेश सद्भावना पार्टी नेपाल अगाडी रहेको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए ।
६ वटै क्षेत्रका समानुपातिकतर्फका मतगणना गत आईतबार दिउँसोदेखि सुरु भएको थियो । बुधबारसम्म सबै क्षेत्रको मतगणना सम्पन्न हुने अनुमान गरिएको छ ।

सर्लाहीमा २ सय ३२ जना उम्मेद्वारको जमानत जफत

सर्लाहीमा २ सय ३२ जना उम्मेद्वारको जमानत जफत
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, मङ्सिर ९ । संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत आएको मत परिणाम अनुसार सर्लाहीबाट ६ वटै क्षेत्रमा खडा भएका प्रत्यक्ष तर्फका उम्मेद्वारहरु मध्ये विजयी र मुख्य प्रतिस्पर्धी बाहेक २३ जनाले मात्र जमानत बचाउँन सकेका छन् । निर्वाचन आयोगको वेभसाईटमा उल्लेख भएअनुसार जिल्ला स्थित ६ वटा क्षेत्रबाट खडा भएका २ सय ५५जना उम्मेद्वार मध्ये २ सय ३२ जनाको जमानत जफत भएको छ । नियमानुसार क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशत भन्दा कम मत पाउने उम्मेद्वारको जमानत जफल हुन्छ । १० प्रतिशत भन्दा कम मत ल्याउने उम्मेद्वारले उम्मेद्वारी दिँदा जमानत बापत राखेको ३ हजार रुपैंया समेत फिर्ता हुँदैन । जमानत वापत राखिएको २ सय ३२ जना उम्मेद्वारहरुको ३ हजार फिर्ता गर्नु नपर्दा निर्वाचन आयोगलाई ६ लाख ९६ हजार आम्दानी समेत भएको छ ।
क्षेत्र नं। १ मा खसेको मध्ये ३८ हजार १ सय १६ मत सदर भएको छ । जसमा विजयी एकिकृत नेकपा माओवादीका शम्भुलाल श्रेष्ठले ९ हजार ४ सय ७६ तथा उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका राष्ट्रिय अध्यक्ष झलनाथ खनालले ८ हजार ७ सय ९१ मत हाँसिल गरेका छन् । त्यस्तै तराई मधेश सद्भावना पार्टी नेपालका रामचन्द्र सिंह कुशवाहले ४ हजार ५ सय ८८ र नेपाली कांग्रेसकी शुशिला कार्कीले ३ हजार ८ सय ९६ मत ल्याउँदै आ–आÇनो जमानत बचाउन सफल भएका छन् । क्षेत्र नं। १ मा स्वतन्त्र ५ सहित ३६ जना उम्मेद्वार मैदानमा खडा भएका थिए । जसमा ३२ जनाको जमानत जफत भएको छ ।
त्यस्तै क्षेत्र नं। २ मा खसेको मध्ये ४१ हजार ३ सय ७९ मत सदर भएको छ । जसमा विजयी नेपाली कांग्रेसका रामचन्द्र चौधरीले ६ हजार ७ सय ४ तथा उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र लामाले ६ हजार ३ सय ५९ मत हाँसिल गरेका छन् । त्यस्तै एकिकृत नेकपा माओवादीका राजकुमार रायले ४ हजार ७ सय ११ मत हाँसिल गरेर जमानत बचाएका छन् । उक्त क्षेत्रमा स्वतन्त्र ११ सहित ४२ जना उम्मेद्वार मैदानमा खडा भएका थिए । जसमा ३९ जनाको जमानत जफत भएको छ ।
त्यसैगरी क्षेत्र नं। ३ मा खसेको मध्ये ४२ हजार ६ सय ३ मत सदर भएको छ । जसमा विजयी नेकपा एमालेका हरि उप्रेतीले १२ हजार ८ सय ८ तथा उनका मुख्य प्रतिस्पर्धी एकिकृत नेकपा माओवादीका भरत कुमार थापाले ९ हजार १ सय १ मत हाँसिल गरेका छन् । त्यस्तै मधेशी जन अधिकार फोरम नेपालका अशोक कुमार सिंहले ५ हजार ५९ र नेपाली कांग्रेसकी मिना पाण्डेले ४ हजार २ सय ८८ मत ल्याउँदै आ–आÇनो जमानत बचाउन सफल भएका छन् । उक्त क्षेत्रमा स्वतन्त्र १५ सहित ४६ जना उम्मेद्वार मैदानमा खडा भएका थिए । जसमा ४२ जनाको जमानत जफत भएको छ ।
त्यस्तै क्षेत्र नं। ४ मा खसेको मध्ये ४२ हजार ३ सय ४१ मत सदर भएको छ । जसमा विजयी तराई मधेश सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादवलले ११ हजार ५ सय ३४ तथा उनका मुख्य प्रतिस्पर्धी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ८ हजार ७ सय ९० मत हाँसिल गरेका छन् । त्यस्तै नेकपा एमालेका राजनारायण साहले ८ हजार ३ सय ४८ र मधेशी जन अधिकार फोरम नेपालका रामचन्द्र राय यादवले ५ हजार २० ल्याउँदै आ–आÇनो जमानत बचाउन सफल भएका छन् । उक्त क्षेत्रमा स्वतन्त्र १० सहित ३८ जना उम्मेद्वार मैदानमा खडा भएका थिए । जसमा ३४ जनाको जमानत जफत भएको छ ।
त्यसैगरी क्षेत्र नं। ५ मा खसेको मध्ये ४१ हजार ८ सय १५ मत सदर भएको छ । जसमा विजयी तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष जंगीलाल रायले ९ हजार ७ सय ६७ तथा उनका मुख्य प्रतिस्पर्धी सद्भावना पार्टीका जिल्ला अध्यक्ष प्रमोद साहले ७ हजार ७ सय २३ मत हाँसिल गरेका छन् । त्यस्तै मधेशी जन अधिकार फोरम नेपाल ९लोकतान्त्रिक० का वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले ७ हजार ४ सय ८३, मधेशी जन अधिकार फोरम नेपालका जिल्ला अध्यक्ष अशोककुमार यादवले ४ हजार ९ सय ४७, नेपाली कांग्रेसका नागेन्द्र कुमार रायले ४ हजार ६ सय ३८ मत ल्याउँदै आ–आÇनो जमानत बचाउन सफल भएका छन् । उक्त क्षेत्रमा स्वतन्त्र १८ सहित ४४ जना उम्मेद्वार मैदानमा खडा भएका थिए । जसमा ३९ जनाको जमानत जफत भएको छ ।
त्यस्तै क्षेत्र नं। ६ मा खसेको मध्ये ४१ हजार ५ सय ९६ मत सदर भएको छ । जसमा विजयी नेपाली कांग्रेसका अमरेश कुमार सिंहले १७ हजार ४ सय तथा उनका मुख्य प्रतिस्पर्धी तराई मधेश सद्भावना पार्टीका शिवपुजन रायले १० हजार ३ सय ६५ मत हाँसिल गरेका छन् । त्यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले ७ हजार ३२ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा स्वतन्त्र २३ सहित ४९ जना उम्मेद्वार मैदानमा खडा भएका थिए । जसमा ४६ जनाको जमानत जफत भएको छ ।

सर्लाहीमा उठेका उम्मेद्वारहरु मध्ये क–कसले कति मत पाए ?

सर्लाहीमा उठेका उम्मेद्वारहरु मध्ये क–कसले कति मत पाए ?

जिल्ला: सर्लाही
 निर्वाचन क्षेत्र नं :      |     जम्मा मतदाता संख्या : ५१२७८     |     गणना भएको सदर मत : ३८११६
क्र.सं.
उम्मेदवारको नाम
उमेर
राजनैतिक दलको नाम / स्वतन्त्र
चुनाव चिन्ह
प्राप्त मत
कैफियत
शम्भु लाल श्रेष्ठ
५२
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
गोलाकारभित्र हँसिया हथौडा
९४७६
निर्वाचित
झल नाथ खनाल
६४
नेपाल कम्यूनिष्ट पार्टी (. मा. ले)
सूर्य
८७९१

रामचन्द्र सिंह कुशवाहा
५४
तराई मधेश सदभावना पार्टी नेपाल
लट्ठी लिएको पुरुष
४५८८

शुशिला कार्की
५९
नेपाली काँग्रेस
रुख
३८९६

नारायण श्रेष्ठ
५९
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
गाई
२७२९

गोपाल पजियार थारु
४८
तराईमधेश लोकतान्त्रिक पार्टी
जोडा गोरु
२०५०

रुप नारायण सिंह दनुवार
४६
सद्भावना पार्टी
तीर
१६१४

शिव कुमार गुर्मछाने
४२
मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)
नमस्कार गरेको हात
१३९९

जगत नारायण श्रेष्ठ
५४
राष्ट्रिय मधेश समाजवादी पार्टी
साइकल
११०७

१०
केदार बहादुर भुजेल
३५
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादीलेनिनवादी)
हँसिया तारा
७९५

११
गां वहादुर मोक्तान
४५
नेपाल कम्युनिष्ट पार्टी
घन कोदाला
१६७

१२
लाल बिर माझि
५५
राष्ट्रिय प्रजातन्त्र पार्टी
हलो
१५७

१३
सावित्री कुमारी महतो
३४
मधेशी जनअधिकार फोरम, नेपाल
हातले समातेको मसाल
१५२

१४
विन्दु साह
२७
संघीय सद्भावना पार्टी
राजहाँस
१५२

१५
ओम प्रकाश श्रेष्ठ
४७
राष्ट्रिय मधेश बहुजन समाजवादी पार्टी
हातमा धानको बाला
१३९

१६
कृत बहादुर लुङ्गेली
३५
नेपाल परिवार दल
साँचो
११७

१७
महेन्र्द जंग तामाङ्ग
५८
संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल
डम्फु
८२

१८
कल्प नाथ चौधरी
४५
मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)
रेल
६८

१९
रोहिणी ध्वज लामा
३४
नेपाल मजदुर किसान पार्टी
मादल
६२

२०
नसिम अन्सारी
३४
जनता पार्टी नेपाल
मसी कलम
५८

२१
रासवति देवि थरुनी
४१
मधेश तराई फोरम
बाल्टिन
५४

२२
लक्ष्मण कुमार मैनाली
४९
मातृभूमि नेपाल दल
गाग्रो बोकेकी महिला
५०

२३
पन्चराम लो तामाङ्ग
४३
राष्ट्रिय जनमुक्ति पार्टी
घर
४७

२४
देव राज वानिया
५४
जनयुनिटी कोअपरेटिभ पार्टी नेपाल
कापी कलम
४६

२५
वल विर माझी
४७
जनजागरण पार्टी नेपाल
टर्च लाइट
३९

२६
सुनील कुमार साह
३०
सोसल रिपब्लिकन पार्टी
सलाईको बट्टा
३८

२७
भेन्द्र वहादुर मैनाली
६२
अखण्ड नेपाल पार्टी
ध्वजा
३८

२८
अशोक कुमार स्याङ्वा
३१
राष्ट्रिय चुरेभावर पार्टी
चप्पल
३५

२९
धुप लाल चौधरी
४१
स्वतन्त्र
स्कुटर
३१

३०
निल प्रसाद न्यौपाने
४७
स्वतन्त्र
ताल्चा साँचो
२६

३१
फुल माया वराईली
६३
सहकारी पार्टी नेपाल
माहुरी
२५

३२
लंक बहादुर हेम्जन
५३
स्वतन्त्र
कप
२४

३३
भगवती माया लामा
५५
तामाङसालिङ राष्ट्रिय जनएकता पार्टी
बज्र
२४

३४
बु्द्ध सिंह लामा
४०
सङ्घीय समाजवादी पार्टी, नेपाल
गोलाकार भित्र छाता
२३

३५
वेग वहादुर कार्की
५१
स्वतन्त्र
पेन्चिस
११

३६
अशोक कुमार सिंह
४१
स्वतन्त्र
काइँयो




 निर्वाचन क्षेत्र नं :      |     जम्मा मतदाता संख्या : ५५०७९     |     गणना भएको सदर मत : ४१३७९
क्र.सं.
उम्मेदवारको नाम
उमेर
राजनैतिक दलको नाम / स्वतन्त्र
चुनाव चिन्ह
प्राप्त मत
कैफियत
राम चन्द्र चौधरी
६२
नेपाली काँग्रेस
रुख
६७०४
निर्वाचित
सुरेन्द्र कुमार लामा
४६
नेपाल कम्यूनिष्ट पार्टी (. मा. ले)
सूर्य
६३५९

राजकुमार राय यादव
४४
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
गोलाकारभित्र हँसिया हथौडा
४७११

विनय कुमार कर्ण
४९
तराईमधेश लोकतान्त्रिक पार्टी
जोडा गोरु
४१३४

अफजल हुसेन
५५
सद्भावना पार्टी
तीर
३८६०

रामनरेश राय
४१
मधेशी जनअधिकार फोरम, नेपाल
हातले समातेको मसाल
२९९९

मोहमद रिजवान
४६
सङ्घीय समाजवादी पार्टी, नेपाल
गोलाकार भित्र छाता
२२८२

किशोर वहादुर कार्की
४६
राष्ट्रिय प्रजातन्त्र पार्टी
हलो
१८०२

किरण कुमार पासमान
३१
दलित जनजाति पार्टी
जग
१७८६

१०
कौशल किशोर यादव
४२
तराई मधेश सदभावना पार्टी नेपाल
लट्ठी लिएको पुरुष
१५११

११
वद्री प्रसाद न्यौपाने
४२
चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल
सुदर्शन चक्र
१३६५

१२
ध्रुव बुढाथोकी
२९
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
गाई
७८५

१३
इदी मंसुर
३६
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादीलेनिनवादी)
हँसिया तारा
७२५

१४
त्रिभुवन महतो
४४
संघीय सद्भावना पार्टी
राजहाँस
२९९

१५
धर्म लाल राय
४३
राष्ट्रिय मधेश समाजवादी पार्टी
साइकल
२८१

१६
इन्द्र देव महतो
४१
मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)
नमस्कार गरेको हात
२७२

१७
वासुदेव निरौला
६३
चुरेभावर राष्ट्रिय पार्टी
बिजुलीको चिम
२४९

१८
चन्द्र कला देवी
२९
राष्ट्रिय जनता दल नेपाल
लालटिन
२१२

१९
निष्णु कुमार थिङ्ग
२५
राष्ट्रिय जनमोर्चा
गिलास
१४२

२०
डम्बर बहादुर पाख्रिन
३०
नेपाल परिवार दल
साँचो
१३७

२१
अकलु मण्डल
४३
गरीब एकता समाज पार्टी, नेपाल
नाङ्लो
९९

२२
राम प्रताप साह
२६
स्वतन्त्र
गितार
७९

२३
अनिता कुमारी उप्रेती
३८
जनजागरण पार्टी नेपाल
टर्च लाइट
७५

२४
इनुस मिया
४८
मधेश तराई फोरम
बाल्टिन
७५

२५
तुलसी दुषाध
३८
स्वतन्त्र
अर्ना भैंसी
६४

२६
शशि भुषण गुप्ता
२८
नेपाल सद्भावना पार्टी
हात
६४

२७
इन्द्र जित पासवान
३२
नेपाल मजदुर किसान पार्टी
मादल
४६

२८
राम विहारी महतो
४२
अखण्ड नेपाल पार्टी
ध्वजा
४५

२९
भोला रिजाल
३१
राष्ट्रिय शिवसेना पार्टी
सिपाही
३९

३०
नागेन्द्र राय
२८
नेपाल राष्ट्रिय विकास पार्टी
रेडियो
३२

३१
महन्थ राय
३८
स्वतन्त्र
सयपत्रि फूल
१९

३२
टंक प्रसाद मैनाली
४१
स्वतन्त्र
इस्त्री
१९

३३
धनराज पाख्रिन
४७
स्वतन्त्र
बकुल्ला
१६

३४
शेखइसराईल मोहम्मद मिया
४४
राष्ट्रिय जन विकास पार्टी
टेबुल
१६

३५
शिव प्रसाद रिमाल
३१
जनयुनिटी कोअपरेटिभ पार्टी नेपाल
कापी कलम
१६

३६
जोत नारायण गिरी
६४
सोसल रिपब्लिकन पार्टी
सलाईको बट्टा
१४

३७
मोहम्मद हुसेन
६२
स्वतन्त्र
इनार
१४

३८
राम सिंह चौधरी
३९
स्वतन्त्र
गङगटो
१०

३९
मिश्री लाल महतो
३९
स्वतन्त्र
खुर्पी

४०
हरि दास कथवनिया
३५
स्वतन्त्र
भुईंकटहर

४१
लक्ष्मी प्रसाद बराल
५४
स्वतन्त्र
लाटोकोसेरो

४२
नवराज शर्मा भट्टराइ
५७
स्वतन्त्र
काइँयो





 निर्वाचन क्षेत्र नं :      |     जम्मा मतदाता संख्या : ५४८१९     |     गणना भएको सदर मत : ४२६०३
क्र.सं.
उम्मेदवारको नाम
उमेर
राजनैतिक दलको नाम / स्वतन्त्र
चुनाव चिन्ह
प्राप्त मत
कैफियत
हरि प्रसाद उप्रेती
४६
नेपाल कम्यूनिष्ट पार्टी (. मा. ले)
सूर्य
१२८०८
निर्वाचित
भरत कुमार थापा
३५
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
गोलाकारभित्र हँसिया हथौडा
९१०१

असोक कुमार सिंह
४२
मधेशी जनअधिकार फोरम, नेपाल
हातले समातेको मसाल
५०५९

मिना पाण्डे
६१
नेपाली काँग्रेस
रुख
४२८८

रामवावु राय यादव
४५
तराईमधेश लोकतान्त्रिक पार्टी
जोडा गोरु
३५०२

किरण कुमारी राय
४६
तराई मधेश सदभावना पार्टी नेपाल
लट्ठी लिएको पुरुष
२०९५

वलिराम चौधरि
४१
सद्भावना पार्टी
तीर
१२५२

रामवली राय
४८
मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)
नमस्कार गरेको हात
१२३३

धन वहादुर राउत क्षेत्री
५४
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
हँसिया
६९५

१०
नविन कुमार काफ्ले
४२
राष्ट्रिय मधेश समाजवादी पार्टी
साइकल
३९३

११
रामशरण राय
४९
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
गाई
३३३

१२
रामहरी थापा
२९
राष्ट्रिय प्रजातन्त्र पार्टी
हलो
२७८

१३
विरेन्द्र राय यादव
३३
नेपाली जनता दल
पाङ्ग्रो
२५४

१४
सोम बहादुर लामा
५७
सङ्घीय समाजवादी पार्टी, नेपाल
गोलाकार भित्र छाता
२३६

१५
त्रिभुवन कुमार सिंह
४०
दलित जनजाति पार्टी
जग
२२६

१६
संगीता वाग्ले
४५
चुरेभावर लोकतान्त्रिक पार्टी
भकुण्डो
१०१

१७
एक राज खतिवडा
५०
नेपाल परिवार दल
साँचो
७६

१८
संजिव कुमार साह
२६
संघीय सद्भावना पार्टी
राजहाँस
७०

१९
विग लाल मोक्तान
४८
मंगोल नेशनल अर्गनाइजेशन
कुखुराको भाले
६८

२०
ज्ञानु लामा
४५
संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल
डम्फु
६१

२१
धन माया दंगाली
४६
जनजागरण पार्टी नेपाल
टर्च लाइट
५६

२२
रामनाथ राय
२८
स्वतन्त्र
अर्ना भैंसी
४९

२३
जय नारायण साह
३३
नेपाल सद्भावना पार्टी
हात
४४

२४
चन्द्र मोहन चौधरी
३७
नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)
डुङ्गा
३३

२५
शोभा देवी महतो
३२
राष्ट्रिय जनता दल नेपाल
लालटिन
३२

२६
सत्येन्द्र नारायणा यादव
३०
जनता पार्टी नेपाल
मसी कलम
२४

२७
रामजी राय यादव
३४
स्वतन्त्र
स्कुटर
२१

२८
विकाउ यादव
३४
स्वतन्त्र
हेल्मेट
२१

२९
किरण देवी पासमान
३३
नेपाल मजदुर किसान पार्टी
मादल
१९

३०
रामप्रवेश राय यादव
४५
राष्ट्रिय शिवसेना पार्टी
सिपाही
१८

३१
गौरी शंकर मिश्र
५३
स्वतन्त्र
भुईंकटहर
१७

३२
नवल किशोर झा
३५
सोसल रिपब्लिकन पार्टी
सलाईको बट्टा
१७

३३
बालकृष्ण राय
४१
स्वतन्त्र
टेन्ट
१७

३४
जुगेश्वर राय
५०
स्वतन्त्र
खुर्पी
१६

३५
महेन्द्र राय
३३
हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल
महिला
१३

३६
राजकिशोर राय यादव
३५
स्वतन्त्र
डालो
१३

३७
संजय प्रसाद
३६
स्वतन्त्र
सयपत्रि फूल
११

३८
रामवीर ठाकुर
२६
शिवसेना नेपाल
डमरु
१०

३९
प्रेम राय
४१
स्वतन्त्र
इस्त्री

४०
शिव बहादुर थापा
५१
स्वतन्त्र
खल

४१
दिलिप सिहं
४०
जनयुनिटी कोअपरेटिभ पार्टी नेपाल
कापी कलम

४२
शंकर कुमार लामा
५४
स्वतन्त्र
जाँतो

४३
रामराज बस्नेत
४८
स्वतन्त्र
पलङ्ग

४४
मानबहादुर लामा घिसिङ्ग
३८
स्वतन्त्र
इनार

४५
परशुराम राय
४२
स्वतन्त्र
कालोपाटी

४६
गंगाराम राय यादव
५१
स्वतन्त्र
काइँयो



 निर्वाचन क्षेत्र नं :      |     जम्मा मतदाता संख्या : ५४१४७     |     गणना भएको सदर मत : ४२३४१
क्र.सं.
उम्मेदवारको नाम
उमेर
राजनैतिक दलको नाम / स्वतन्त्र
चुनाव चिन्ह
प्राप्त मत
कैफियत
महेन्द्र राय यादव
७६
तराई मधेश सदभावना पार्टी नेपाल
लट्ठी लिएको पुरुष
११५३४
निर्वाचित
राजेन्द्र महतो
५५
सद्भावना पार्टी
तीर
८७९०

राज नारायण साह
४९
नेपाल कम्यूनिष्ट पार्टी (. मा. ले)
सूर्य
८३४८

रामचन्द्र राय यादव
६०
मधेशी जनअधिकार फोरम, नेपाल
हातले समातेको मसाल
५०२०

लक्ष्मण राय
५२
नेपाली काँग्रेस
रुख
२६०५

दिनेश राय
४०
राष्ट्रिय मधेश समाजवादी पार्टी
साइकल
१७१४

राम किशुन राय
४९
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
गोलाकारभित्र हँसिया हथौडा
१६०१

एजाउल मिया मुकेरी
४४
नेपाली जनता दल
पाङ्ग्रो
२८१

रबि भुसण कुमार यादब
४४
राष्ट्रिय प्रजातन्त्र पार्टी
हलो
२५९

१०
इस्लाम मन्सुरी
६३
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
गाई
२२९

११
कुर्बान शेख
५५
नेपाल परिवार दल
साँचो
१८०

१२
रामजी महतो कोइरी
३३
जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स
गोरुगाडा
१७९

१३
मोहम्मद नसिम मिक्ररानी
४२
तराईमधेश लोकतान्त्रिक पार्टी
जोडा गोरु
१७३

१४
राम बाबु सिंह
६३
मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)
नमस्कार गरेको हात
१७१

१५
मोहमद रिजवान
४६
सङ्घीय समाजवादी पार्टी, नेपाल
गोलाकार भित्र छाता
१४९

१६
शुशील कुमार साह
३४
दलित जनजाति पार्टी
जग
१४७

१७
शान्ति भन्ने सबनम
५९
संघीय सद्भावना पार्टी
राजहाँस
१२३

१८
खेमराज महतो कोइरी
४७
मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)
रेल
१२१

१९
बिरेन्द्र प्रसाद जयसवाल
५६
स्वतन्त्र
सयपत्रि फूल
७४

२०
दिपेश कुमार कर्ण
३१
सोसल रिपब्लिकन पार्टी
सलाईको बट्टा
७२

२१
राम बिनेश राय
३४
मधेश तराई फोरम
बाल्टिन
७०

२२
लाल बाबु साह
३८
जनजागरण पार्टी नेपाल
टर्च लाइट
६९

२३
रामा कान्त कापर
४२
नेपाल मजदुर किसान पार्टी
मादल
५४

२४
नागेन्द्र साह सोनार
६४
राष्ट्रिय शिवसेना पार्टी
सिपाही
४९

२५
रुदल राय
५०
स्वतन्त्र
स्कुटर
४२

२६
मनोज कुमार यादव
२६
नेपाल सद्भावना पार्टी
हात
३७

२७
रामसहाय राउत कुर्मि
३६
स्वतन्त्र
अर्ना भैंसी
३१

२८
भु्पनारायण राम दास
४९
नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)
डुङ्गा
३१

२९
शेख अखतर हुसैन
४९
राष्ट्रिय जनमुक्ति पार्टी
घर
२८

३०
रमेश साह
३९
जनता पार्टी नेपाल
मसी कलम
२६

३१
महेन्द्र महतो सुडी
६२
स्वतन्त्र
खुर्पी
२४

३२
लक्ष्मि कान्त प्रसाद
४१
स्वतन्त्र
सुराही
२३

३३
भोला राय यादव
४७
स्वतन्त्र
झोला
२२

३४
सर्व नारायण राय
२६
स्वतन्त्र
बकुल्ला
२०

३५
नथुनी साह तेली
४०
स्वतन्त्र
इनार
१६

३६
सिकिन्द्र कपडि
२९
जनयुनिटी कोअपरेटिभ पार्टी नेपाल
कापी कलम
१४

३७
नवी हसन मिया मुकेरी
५३
स्वतन्त्र
पङ्खा
११

३८
राम उगर राय यादव
३२
स्वतन्त्र
काइँयो



 निर्वाचन क्षेत्र नं :      |     जम्मा मतदाता संख्या : ५३१७१     |     गणना भएको सदर मत : ४२८१५
क्र.सं.
उम्मेदवारको नाम
उमेर
राजनैतिक दलको नाम / स्वतन्त्र
चुनाव चिन्ह
प्राप्त मत
कैफियत
जंगि लाल राय
५०
तराईमधेश लोकतान्त्रिक पार्टी
जोडा गोरु
९७६७
निर्वाचित
प्रमोद साह
३५
सद्भावना पार्टी
तीर
७७२३

रामेश्वर राय यादव
५८
मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)
नमस्कार गरेको हात
७४८३

अशोक कुमार यादव
३७
मधेशी जनअधिकार फोरम, नेपाल
हातले समातेको मसाल
४९४७

नागेन्द्र कुमार राय
६०
नेपाली काँग्रेस
रुख
४६३८

खोमारी राय
४८
तराई मधेश सदभावना पार्टी नेपाल
लट्ठी लिएको पुरुष
३८७५

नरेन्द्र राय यादव
५१
नेपाल कम्यूनिष्ट पार्टी (. मा. ले)
सूर्य
६७४

बिन्ती प्रसाद चौधरी
५२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
गाई
५५०

रामेन्द्र साह
५४
सङ्घीय समाजवादी पार्टी, नेपाल
गोलाकार भित्र छाता
४६५

१०
रविन्द्र प्रसाद यादव
५४
मधेश तराई फोरम
बाल्टिन
४३७

११
अबुल हसन नुरि
५१
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
गोलाकारभित्र हँसिया हथौडा
३५९

१२
जोगिन्द्र ठाकुर लोहार
६१
तराई मधेश पहाड हिमाल एकता पार्टी
सिसाकलम
३२७

१३
रामश्वार्थ प्रसाद साह
४८
संघीय सद्भावना पार्टी
राजहाँस
३१४

१४
रमेश राउत
२८
गरीब एकता समाज पार्टी, नेपाल
नाङ्लो
३०३

१५
अबदुल गफार
४९
नेपाल परिवार दल
साँचो
१४७

१६
लोहा पासवान
६६
नेपाली जनता दल
पाङ्ग्रो
७८

१७
झगरु दास तत्मा
३१
मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)
रेल
७२

१८
अकलु राय
६०
स्वतन्त्र
अर्ना भैंसी
६३

१९
राम करण ठाकुर
४१
स्वतन्त्र
गितार
५७

२०
बख्तियार अलि
३३
नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)
डुङ्गा
५७

२१
सोगारथ साह कानु
५८
राष्ट्रिय शिवसेना पार्टी
सिपाही
५२

२२
संजय कुमार चौधरी
३३
जनता पार्टी नेपाल
मसी कलम
४१

२३
प्रेम नारायण राय
३६
स्वतन्त्र
ढिकी
३८

२४
मोहमद अख्तर हुसैन
५३
समाजवादी जनता पार्टी
चन्द्रमा
३६

२५
महेन्द्र साह
३९
हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल
महिला
३६

२६
जवाहर लाल राय
२९
स्वतन्त्र
पेन्चिस
३१

२७
राम प्रबेस शाह रौनियार
३५
स्वतन्त्र
बुरुस
२८

२८
रुप नारायण ठाकुर
४६
जनयुनिटी कोअपरेटिभ पार्टी नेपाल
कापी कलम
२६

२९
विनोद भण्डारी
२७
सोसल रिपब्लिकन पार्टी
सलाईको बट्टा
२२

३०
रविन्द्र वहादुर थापा
४०
राष्ट्रिय मधेश समाजवादी पार्टी
साइकल
२१

३१
प्रेम राय यादव
४५
स्वतन्त्र
कप
२०

३२
बिरेन्द्र प्रसाद जयसवाल
५६
स्वतन्त्र
सयपत्रि फूल
२०

३३
जय प्रकाश साह
४४
स्वतन्त्र
काइँयो
१९

३४
रघुनाथ राय
४७
स्वतन्त्र
खल
१८

३५
राम प्रवेश यादव
३५
स्वतन्त्र
स्कुटर
१४

३६
बिजय कुमार चौधरी
३५
स्वतन्त्र
हेल्मेट
१०

३७
जगदिश प्रसाद महतो
३९
स्वतन्त्र
प्रेसर कुकर
१०

३८
भिखारी ठाकुर
४३
स्वतन्त्र
इनार

३९
दिपेन्द्र कुमार साह
३७
स्वतन्त्र
कुखुराको चल्ला

४०
किशोरी ठाकुर
४३
नेपाल मजदुर किसान पार्टी
मादल

४१
महादेव राय
६०
स्वतन्त्र
खुर्पी

४२
रामचन्द्र राय
७१
स्वतन्त्र
स्वेटर

४३
गायत्री यादव
५२
स्वतन्त्र
ताल्चा साँचो

४४
सुनिता राय
४०
स्वतन्त्र
ग्याँस चुलो


 निर्वाचन क्षेत्र नं :      |     जम्मा मतदाता संख्या : ५२१५५     |     गणना भएको सदर मत : ४१५९६
क्र.सं.
उम्मेदवारको नाम
उमेर
राजनैतिक दलको नाम / स्वतन्त्र
चुनाव चिन्ह
प्राप्त मत
कैफियत
अमरेश कुमार सिंह
४३
नेपाली काँग्रेस
रुख
१७४००
निर्वाचित
शिव पुजन राय
४३
तराई मधेश सदभावना पार्टी नेपाल
लट्ठी लिएको पुरुष
१०३६५

महन्थ ठाकुर
७१
तराईमधेश लोकतान्त्रिक पार्टी
जोडा गोरु
७०३२

फकिरा महतो
४३
सद्भावना पार्टी
तीर
३३२९

चन्दन प्रसाद सिंह
५९
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
गाई
५३३

रामबाबु राय
५८
मधेशी जनअधिकार फोरम, नेपाल
हातले समातेको मसाल
४०८

नन्द लाल राय यादव
५९
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
गोलाकारभित्र हँसिया हथौडा
३८९

उर्मिला देवी
५०
मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)
नमस्कार गरेको हात
२९३

ममता देवी राजपुत
२६
नेपाल कम्यूनिष्ट पार्टी (. मा. ले)
सूर्य
२९१

१०
हरीनन्दन प्रसाद यादव
६१
राष्ट्रिय मधेश समाजवादी पार्टी
साइकल
२५६

११
रामप्यारा हजारी
४१
नेपाली जनता दल
पाङ्ग्रो
१३९

१२
दिपेन्द्र चौधरी
२५
जन प्रजातान्त्रिक पार्टी
गैँडा
१३५

१३
राम सोगारथ महतो
४८
स्वतन्त्र
अर्ना भैंसी
१०४

१४
शैलेन्द्र प्रसाद सिंह
५४
राष्ट्रिय प्रजातन्त्र पार्टी
हलो
१०२

१५
फणिन्द्र कुमार मिश्र
३५
राष्ट्रिय स्वाभिमान पार्टी नेपाल
कँैची
९०

१६
सु्रेन्द्र महतो
३४
नेपाल सद्भावना पार्टी
हात
७५

१७
राम आश्रे राउत कुर्मी
६२
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
हँसिया
७३

१८
हरि नारायण राय यादव
४२
नेपाल परिवार दल
साँचो
६७

१९
बिरेन्द्र प्रसाद सिंह
३५
स्वतन्त्र
गितार
५८

२०
मोहन साह
४१
राष्ट्रिय एकता पार्टी
गदा
५८

२१
सोनु कुमार चौधरी
२८
स्वतन्त्र
ढिकी
३७

२२
सतिस कुमार पण्डित
३७
सङ्घीय समाजवादी पार्टी, नेपाल
गोलाकार भित्र छाता
३६

२३
राजकुमार पासमान
३४
दलित जनजाति पार्टी
जग
३३

२४
राजेश कुमार झा
२६
स्वतन्त्र
कालोपाटी
३२

२५
बिन्देश्वरी सिंह राजपुत
४०
संघीय सद्भावना पार्टी
राजहाँस
२७

२६
भूपनारायण राम दास
३९
नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)
डुङ्गा
२६

२७
राम पृत सहनि
४०
राष्ट्रिय शिवसेना पार्टी
सिपाही
२५

२८
अलि अकबर साह फकिर मिया
३०
स्वतन्त्र
स्कुटर
२१

२९
राज किशोर महतो
४६
मधेश तराई फोरम
बाल्टिन
२१

३०
राम कल्याण राय
६०
स्वतन्त्र
सयपत्रि फूल
१८

३१
जगन्नाथ ठाकुर
७३
स्वतन्त्र
पङ्खा
१४

३२
मायाशंकर प्रसाद यादव
३८
स्वतन्त्र
बकुल्ला
११

३३
प्रमोद चौधरी
३४
स्वतन्त्र
खुर्पी
१०

३४
मानकी सहनी
५३
स्वतन्त्र
ताल्चा साँचो
१०

३५
वैजनाथ सहनी
४५
स्वतन्त्र
पलङ्ग

३६
अरविन्द्र कुमार ठाकुर
३६
स्वतन्त्र
हेल्मेट

३७
मिना यादव
४३
स्वतन्त्र
झोला

३८
सुभनारायण साह
३९
स्वतन्त्र
पेन्चिस

३९
रेखा कुमारी चौधरी
३४
जनयुनिटी कोअपरेटिभ पार्टी नेपाल
कापी कलम

४०
संजय कुमार यादव
३२
स्वतन्त्र
कारखाना

४१
अजय कुमार महतो
३०
स्वतन्त्र
लट्टाई

४२
मणि भूषण सिंह
४२
स्वतन्त्र
प्रेसर कुकर

४३
सत्य नारायण हजारी
५१
स्वतन्त्र
स्वेटर

४४
रतनेश कुमार सिंह
४५
स्वतन्त्र
बुरुस

४५
आलोक कुमार शर्मा
३२
स्वतन्त्र
काइँयो

४६
भोला महतो कोइरी
४०
स्वतन्त्र
ग्याँस चुलो

४७
राम सोगारथ महतो
४५
सोसल रिपब्लिकन पार्टी
सलाईको बट्टा

४८
राम सिनेही राय
२७
स्वतन्त्र
इनार

४९
रामदेव राय
४६
स्वतन्त्र
कप



 (निर्वाचन आयोगको वेभसाईटबाट)