Monday, May 19, 2014

jestha 06, 2071 (Sarlahi dainik 245)

jesth 05, 2071 (Sarlahi dainik 244)

jesth 04, 2071 (Sarlahi dainik 243)

jesth 04, 2071 (Sarlahi dainik 243)

jesth 03, 2071 (Sarlahi dainik 242)

jesth 02, 2071 (Sarlahi dainik 241)

jesth 01, 2071 (Sarlahi dainik 240)

baishakh 31, 2071 (Sarlahi dainik 239)

baishakh 30, 2071 (Sarlahi dainik 238)

baishakh 29, 2071 (Sarlahi dainik 237)

Baishakh 28, 2071 (Sarlahi Dainik-236)

Friday, April 4, 2014

नेपाली सेनामा महिला क्रेज ः


नेपाली सेनामा महिला क्रेज ः नेत्रगंज गाविसको पाँचकुमारी स्थित नेपाली सेनाको रिपुमर्दन गणमा खुलेको सैन्य (सैनिक जवान) पदमा भर्ना हुन आएका युवतीहरुको परीक्षण गरिंदै । सेनामा भर्ना हुन फारम भरेका एकसय ७२ जना महिलाहरुको शुक्रबार प्रि–मेडिकल र बेरिङ परिक्षण गरिएको गणका गणपति मनोज वैदवारले बताए । महिला समावेशीतर्फ १३ जनासहित जम्मा एकसय ५० जना सैन्य (सैनिक जवान) र ६ जना नाउ (कपाल काट्ने) मा भर्ना खुलेकामा एकसय ७२ जना महिला सहित जम्मा एकहजार तीनसय १७ जनाले आवेदन दिएका छन् । सर्लाही सहित तराईका विभिन्न जिल्लाबाट मधेशी समुदायका महिलाहरुले समेत आवेदन दिएको गणले जनाएको छ । गणपति वैदवारका अनुसार शुक्रबारसम्म प्रि–मेडिकल र वेरिङ परीक्षण सम्पन्न भएको र त्यसमा उत्तीर्ण हुनेहरुको आइतबारदेखि फिजिकल (शारीरिक क्षमता) परीक्षण हुनेछ । (तस्वीर ः  टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक)

शौचालय नबनाउने कर्मचारीको तलब रोकिने

सर्लाही समाचारदाता
मलंगवा, चैत २१ । जिल्ला सरसफाइ स्वच्छता समन्वय समिति सर्लाहीको शुक्रबार बसेको बैठकले दुई बुँदे निर्णय गरेको छ ।
आगामी मिति २०७१ साल जेठ मसान्त भित्र आ–आÇनो घरमा शौचालय नबनाउने कर्मचारीलाई आगामी २०७१ साल असार १ गतेबाट सम्पूर्ण सरकारी सेवा सुविधा रोक्का गर्ने निर्णय भएको छ । समितिका अध्यक्ष स्थानीय विकास अधिकारी उमेश बस्नेतको सभापतित्व एवं प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेको प्रमुख आतिथ्यतामा बसेको बैठकले आÇनो घरमा शौचालय नबनाउने कर्मचारीहरुको अभिलेख राखेर आगामी असार १ गतेबाट तलब भत्ता सहित सरकारबाट पाउने सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरेको हो । उक्त निर्णय सरकारी तलब भत्ता खाने निजामति, शिक्षक, अर्ध सरकारी लगायत सम्पूर्ण कर्मचारीको हकमा लागू हुने समेत बैठकले निर्णय गरेको छ । समितिका सदस्य सचिव एवम् खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्त प्रमुख विकास काफ्लेको समेत उपस्थिती रहेको बैठकले गत माघ २४ र २५ गते सम्पन्न जिल्ला सरसफाई सम्मेलनले जारी गरेको घोषणापत्र अनुसार जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्नका लागि आवश्यक कदमहरु चाल्ने निर्णय समेत गरेको छ ।

ट्रयाक्टरले किचेर वृद्धको मृत्यु

सर्लाही समाचारदाता
औरही, चैत २१ । ट्रयाक्टरले किचेर शुक्रवार औरही गाविसमा  एक वृद्धको मृत्यु भएको छ । सिमराबाट उखु लोड गरेर इन्दुशंकर चिनी उद्योग हरिवन तर्फ आउँदै गरेको ज. १ त ६३६१ नम्बरको ट्रयाक्टरले किचेर औरही गाविस ४ का ७२ वर्षीय रामवृक्ष रायको मृत्यु भएको हो ।
वृद्धको शवलाई पोष्टमार्टको लागि जिल्ला अस्पताल पठाई ट्रयाक्टर र चालकलाई  नियन्त्रणमा लिएको प्रहरी चौकी औरहीका सहायक निरीक्षक हरेन्द्र राउत कुर्मीले जानकारी दिए ।

विद्युत आपूर्तिको माग गर्दै ज्ञापन


सर्लाही समाचारदाता
हरिवन, चैत २१ । नियमित विद्युत आपूर्तिको माग गर्दै शुक्रवार ईलाका प्रशासन कार्यालय हरिवनमा ज्ञापन पत्र बुझाईएको छ । उद्योग वाणिज्य संघ हरिवनले नियमित विद्युत आपूर्ति र थप लोडसेडिङ् हटाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
चैत २३ गते भित्रमा आफुहरुको माग पुरा नभएमा संघर्षको कार्यक्रम तय गरिएको संघ शाखाका अध्यक्ष रामभक्त प्रधानले बताए । २४ गतेदेखि संघर्षको कार्यक्रम अन्तर्गत पसल व्यवसाय बन्द गरेर बिहान ८ बजेदेखि ९ बजेसम्म यातायात ठप्प पारिने प्रधानले जानकारी दिए ।

नवलपुरमा सडक क्षेत्रको स्तरोन्नती हुने

सर्लाही समाचारदाता
नवलपुर, चैत २१ । दुई दिन लगाएर अतिक्रमण खाली गराइएको नवलपुर बजारलाई व्यवस्थित बनाउनका लागि पहल सुरु भएको छ ।
शुक्रबार नेत्रगंज गाविसका सचिव गोपाल थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल खत्री, नवलपुर बजार अतिक्रमण खाली गराउने समितिका संयोजक इस्किलाल पासवान, नवलपुर व्यापार कल्याणकारी समितिका अध्यक्ष शुशिल चालिसे, भिम पौडेल लगायत स्थानीय अगूवाहरुको टोलीले डिभिजन सडक कार्यालय मुझेलियामा त्यसबारे जानकारी गराएको हो । डिभिजन सडक कार्यालय मुझेलिया धनुषाका प्रमुख देवेन्द्र साहले अतिक्रमण खाली गराईएपछि अव्यवस्थित बनेको सडक आसपासको क्षेत्र व्यवस्थित बनाउन तत्कालै काम सुरु गरिने आश्वासन दिएको नेत्रगंज गाविसका सचिव थापाले बताए ।
सचिव थापाका अनुसार सडक छेउमै रहेका विद्युत पोलहरु हटाउने, खाल्डाखुल्डी सम्याउने, सडकको क्षेत्रफलमा सिमांकन गर्ने लगायत कामहरु तत्काल सुरु गर्ने डिभिजन सडक कार्यालयबाट आश्वासन आएको छ । ‘‘सडक कार्यालयका प्रमुखज्यूले एकदुई दिनभित्रै सडक छेउछाउ सम्याउन ग्रेडर पठाउने आश्वासन दिनु भएको छ ।’’ सचिव थापाले भने–‘‘सडकको अन्तिम किनारामा पिलर गाडेर सिमांकन समेत हुने भएको छ ।’’
सडक कार्यालयले अतिक्रमण खाली गराइएपछि अव्यवस्थित बनेको नवलपुर बजारलाई व्यवस्थित बनाउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरण सर्लाहीलाई समेत पत्र लेखेको छ ।
नवलपुर बजार स्थित पूर्व–पश्चिम राजमार्गको दायाँवायाँ साँढे ८२ फिट एवं नवलपुर–मलंगवा सडकखण्डको दायाँबायाँ ५० फिट गत सोमबार र मंगलबार खाली गराइएको थियो ।

गाविस सचिवको राजिनामा स्वीकृत

सर्लाही समाचारदाता
मलंगवा, चैत २१ । कविलासी गाविसका सचिव मो. अस्फाकले सचिव पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
स्थानीय विकास अधिकारी उमेश बस्नेतले सचिव अस्फाकले दिएको राजिनामा स्वीकृत गरिएको बताए । ‘‘वैशाख १ गतेबाट लागू हुनेगरी सचिवको राजिनामा स्वीकृत गरिएको छ ।’’ स्थानीय विकास अधिकारी बस्नेतले भने–‘‘जति सम्झाउँदा पनि नमानेपछि बाध्य भएर राजिनामा स्वीकृत गरेको हुँ ।’’
स्थानीय विकास अधिकारी बस्नेत सहित सरोकारवाला अधिकारीहरुले अनियमित कार्य नगर्न आग्रह गर्दा उल्टै उनले धम्की स्वरुप केही दिनअघि पदबाट राजीनामा दिएको बताइएको छ । हेमपुर, बबरगंज लगायत विभिन्न गाविसहरुमा समेत विवादित बनेका अस्फाकले कविलासी गाविसको सम्पूर्ण २५ लाख बजेट गाविसका प्रत्येक घरधुरीलाई सातहजारका दरले वितरण गर्ने निर्णय गरेपछि त्यसो नगर्न भन्दा उल्टै राजीनामा दिएको जिविस स्रोतले जनायो ।
‘‘खुला दिशामुक्त अभियान अन्तर्गत उनले गाविसका सबै घर परिवारलाई सातहजारका दरले शौचालय बनाउन दिने निर्णय गरेछन् ।’’ गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष हरिकान्तलाल कर्णले भने–‘‘गरिब एवं अति न्यून आर्थिक स्थिती भएका परिवारलाई, त्यो पनि केही सहयोग गर्नुपर्नेमा ठूलाबडा र हुनेखाने परिवारलाई समेत समान ढंगले हुनेगरी सम्पूर्ण बजेट बाँड्ने निर्णयमा बद्नियत देखिन्छ ।’’ सचिव अस्फाकले गत मंगलबार नै योजना अधिकृत होमबहादुर थापाको रोहबरमा राजिनामा पत्रको सनाखत समेत गरेको बताइएको छ ।
सचिव अस्फाकले आवेशमा आएर राजिनामा दिएको हुन सक्ने भन्दै स्थानीय विकास अधिकारी बस्नेतले केही दिन राजिनामा स्वीकृत नगरी राखेका थिए । जति सम्झाउँदा पनि उनले नमानेपछि स्थानीय विकास अधिकारी बस्नेतले वैशाख १ गतेबाट लागू हुनेगरी अस्फाकको राजिनामा स्वीकृत गरेका छन् । अस्फाकलाई हाल जिविसमै तानिएको छ भने कविलासीमा अर्कै सचिव खटाइएको छ ।
यसबारे विस्तृतमा बुझ्न खोज्दा राजिनामा दिएका गाविस सचिव अस्फाकसँग भने सम्पर्क हुन सकेन ।

जनज्योतिमा विद्यार्थीको बिदाई

सर्लाही समाचारदाता
लालबन्दी, चैत २१ । जनज्योति उमावी लालबन्दीमा कक्षा १२ का विद्यार्थीहरुलाई शुक्रवार बिदाई गरिएको छ । विद्यालयमा साँस्कृतिक कार्यक्रमको आयोजना गरी १२ कक्षामा अध्ययनरत दुई सय ५० जना विद्यार्थीहरुलाई बिदाई गरिएको हो ।
विद्यालयका संयोजक विष्णु खड्काको अध्यक्षता तथा प्रधानाध्यापक चन्द्रनारायण सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनज्योति बहुमुखी क्याम्पसका प्रमुख वीरेन्द्र चौधरी, विद्यालयका शिक्षक भीमबहादुर जर्गा लगायत अतिथी रहेका थिए ।
कक्षा ११ का विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई अविर लगाएर बिदाई गरिएको कार्यक्रम सञ्चालक शिक्षक सीपी पौडेलले जानकारी दिए । कक्षा १२ को परीक्षा आगामी बैशाख १९ गतेबाट सञ्चालन हुँदैछ ।

Thursday, April 3, 2014

सामुदायिक शौचालयले मुसहर समुदाय खुसी

निर्माण भएको सामुदायिक सौचालय हेर्दै स्थानीय बासिन्दा ।

टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
हरिपुर, चैत २० । ‘यसरी हाम्रो घर आगनमै तपाईंहरु आएर राम्रो काम गर्नुहुन्छ भन्ने मैले सोचेकै थिइन, घर बनाउन एकधुर जग्गा पनि नहुने हामीहरु जस्ताका लागि सामुहिक शौचालय बनाइदिएर ठूलो गुन लगाउनु भएको छ, यहाँहरु सबैलाई मुरी–मुरी धन्यवाद अनि स्वागत गर्दछु ।’’ मालती देवी नमूना महिला समूहकी अध्यक्ष शकुन्ती देवीले विहिबार खुसी प्रकट गरिन् । हरिपुर गाविस–१ स्थित मुसहर बस्तीमा निर्माण भएको सामुदायिक शौचालयको उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै शकुन्तीले त्यस्तो खुशी प्रकट गरेकी हुन् ।
विहिबार एक समारोहबीच १२ कोठे उक्त शौचालय भवनको स्थानीय विकास अधिकारी उमेश बस्नेत र फिनल्याण्डको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था फेलम (ँभ्ीः) की प्रतिनिधि अन्न लिनाले संयुक्त रुपमा उद्घाटन गरेका छन् । शौचालय निर्माण समितिका अध्यक्ष फौदी माझीको सभापतित्व एवं स्थानीय विकास अधिकारी बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । शौचालय निर्माणबाट उक्त बस्तीका ४० घरधुरीका बासिन्दा लाभान्वित हुने भएका छन् । उद्घाटन समारोहमा शकुन्ती जस्तै उपस्थित सबै मुसहर समुदाय हर्षित देखिएका थिए । खुला दिसा गर्ने क्रममा पटक–पटक बारी धनीले कुटपीट गरेको र शौच गर्नका लागि रात नै पर्नुपर्ने लगायत कठिनाइबाट मुक्ति पाउने भएपछि आफूहरु निकै खुसी भएको मुसहर टोलका बासिन्दाले बताए ।
घर बनाउन पनि एकधुर जग्गा नहुने मुसहर समुदायलाई सामुहिक शौचालय निर्माणमा सामरी उत्थान सेवाले पहल गरेको थियो । सामरीको प्रस्तावलाई फेलमले सहजै स्वीकार गरेपछि तीनवर्ष अघि दुईलाख ५५ हजारमा खरिद गरिएको जग्गामा १४ लाख ५६ हजार लागतमा १२ कोठे शौचालय भवन निर्माण गरिएको सामरीकी संयोजक विमला गायकले बताइन् । भवनको निर्माण कार्य (फिनिसिङ) बाँकी नै भएपनि सहयोगी संस्था फेलमकी प्रतिनिधि अन्ना लिना र स्थानीय विकास अधिकारी लगायतको समय अभावका कारण उद्घाटन गरिएको गायकले प्रश्ट्याइन् ।
कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी बस्नेतले वि.सं. २०७२ सालसम्म सर्लाहीलाई खुला दिसा मुक्त बनाउने अभियानमा मुसहर बस्तीको सामुदायिक शौचालयको निर्माणले ठूलो टेवा दिएको बताए । ‘‘हामीले केही समयअघि जिल्ला सरसफाई सम्मेलन गरेर २०७२ सालभित्र सर्लाहीलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने १३ बुँदे घोषणा पत्र सार्वजनिक गरेका थियौं ।’’ कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी बस्नेतले भने–‘‘उक्त अभियानलाई यस्तै गरी हुने शौचालय निर्माणबाट ठूलो टेवा पुग्छ र अभियान सफल हुन्छ ।’’
कार्यक्रमकी विशेष अतिथि एवं फेलमकी प्रतिनिधि अन्ना लिनाले शौचालय निर्माण भन्दा पनि संरक्षण र सहि प्रयोग ठूलो कुरा भएको बताइन् । उनले शौचालय प्रयोगसँगै मुसहर समुदायलाई सफा गरि हात धुने बानीको समेत विकास गराउनु र बालबालिकालाई शिक्षाप्रति धकेल्नु आवश्यक रहेको सुझाइन् ।
हरिपुर गाविसका सचिव जनार्दन चालिसेले मुसहर बस्तीमा खानेपानी सेवाका लागि तत्काल दुईवटा ट्यूबबेल एवं विद्यालय जाने बालबालिकालाई तीनमहिनाको ट्यूसन (अतिरिक्त पढाई) को व्यवस्था गरिदिने प्रतिबद्धता जनाए । गाविसको कार्यालयले मुसहर बस्तीका समुदायको शिक्षा, स्वास्थ्य र राज्यद्वारा दिइने विभिन्नखाले भत्ताहरुका लागि पहल गर्ने समेत सचिव चालिसेको भनाई थियो ।
कार्यक्रममा दलित जनजाती पार्टीका केन्द्रीय सदस्य राधेश्याम पासवानले मुसहर जस्तो पिछडिएको दतिल समुदायका लागि हित हुनेगरी सामुदायिक शौचालय निर्माण सहितका विभिन्न सेवा सुविधा उपलब्ध गराउने  जिविस, गाविस, दातृ निकाय एवं सामरी संस्थालाई धन्यवाद प्रकट गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका सल्लाहकार विद्यानन्द राय लगायतले निर्माण भएको शौचालयको सहि सदुपयोग हुनुपर्ने धारणा राखेका थिए ।

चोरी पैठारी विरुद्ध गस्ती बढाइने

सर्लाही समाचारदाता
मलंगवा, चैत २० । स्थानीय राजश्व चुहावट नियन्त्रण समितिको बैठकले जिल्लामा हुने चोरी पैठारी रोक्नका लागि सुरक्षाकर्मी सहित सरोकारवाला निकायको गस्ती बढाउने निर्णय गरेको छ ।
विहिबार प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेको अध्यक्षतामा बसेको बैठकले खुला सिमानाका कारण हुने चोरी पैठारी रोक्न गस्ती बढाउने निर्णय गरेको हो । भन्सार कार्यालय लगायत राजश्व संकलन गर्ने विभिन्न निकायहरुमा लक्ष्य अनुरुप राजश्व संकलन भय नभएको बारेमा अध्ययन गर्ने र राजश्व संकलन प्रभावकारी बनाउन पहल गर्ने समेत बैठकले निर्णय गरेको छ । बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक, सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डल, भन्सार प्रमुख टिकाराम भुषाल लगायतको सहभागिता रहेको थियो ।

नव जिवनको बैठक

सर्लाही समाचारदाता
जुटपानी, चैत २० । नेत्रगंजको जुटपानी स्थित नव जिवन विद्याश्रम व्यवस्थापन समितिको विहिबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेको अध्यक्षतामा विद्यालय भवनमै बसेको बैठकले विद्यालयले पाउनुपर्ने वक्यौता रकम उठाउनका लागि पहल गर्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने  लगायत निर्णयहरु गरेको छ । प्रजिअ घिमिरेका अनुसार बैठकले आर्थिक विनियमावली पारित गर्नुका साथै आर्थिक लेखा परीक्षण प्रतिवेदन तयार पार्ने निर्णय समेत गरेको छ । ‘‘विद्यालयको आर्थिक पक्ष निकै गोलमाल रहेछ, उठाउनुपर्ने वक्यौताहरु धेरै बाँकी देखिएका छन् ।’’ प्रजिअ घिमिरेले भने ।
बैठकले आर्थिक प्रतिवेदन तयार पारेर वैशाखको पहिलो शनिबार अभिभावक भेला समेत बोलाउने निर्णय गरेको छ ।

सहकारी दिवसमा सम्मान र भजन

सर्लाही समाचारदाता
मलंगवा, चैत २० । ५७औं राष्ट्रिय सहकारी दिवसका अवसरमा विहिबार सदरमुकाम मलंगवामा विविध कार्यक्रमहरु भएका छन् ।
सहकारी क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने १२ जना सहकारीकर्मी, दुईवटा सहकारी संस्था, एकजना डिभिजन सहकारी कार्यालयका कर्मचारी र उत्कृष्ट भजन प्रस्तुत गर्ने सहकारी संस्थालाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा सहकारी क्षेत्रमा उत्कृष्ट कार्य गरेका भन्दै शिवशक्ति बचत तथा ऋण सहकारी संस्था हरिपुरका अध्यक्ष विष्णु चालिसे, साहारा मल्टिपर्पस बचत तथा ऋण सहकारी संस्था मलंगवाका अध्यक्ष डा. वसी अहमद् मिकरानी, अखण्डदिप बचत तथा ऋण सहकारी संस्था कर्मैयाका अध्यक्ष गोविन्द बाँनिया, न्यू हरिवन बचत तथा ऋण सहकारी संस्था हरिवनका अध्यक्ष नवराज उप्रेती, सामुदायिक बहुमुखी सहकारी संस्था शंकरपुरका अध्यक्ष जवाहरलाल कुशवाहा, हाम्रो महिला बचत तथा ऋण सहकारी संस्था सिसौटकी अध्यक्ष जयलस देवीलाई सम्मान गरिएको छ ।
त्यस्तै मौसम महिला बचत तथा ऋण सहकारी संस्था रोहुवाकी अध्यक्ष प्रभाकुमारी पासवान, मनोकामना महिला बचत तथा ऋण सहकारी संस्था ईश्वरपुरकी अध्यक्ष पद्म कुमारी, भुवनेश्वरी दुग्ध उत्पादक सहकारी सुन्दरपुर चोहर्वाका अध्यक्ष गोविन्द उप्रेती, जनहित स्वाबलम्बन बचत तथा ऋण सहकारी अचलगढका अध्यक्ष जयकिशुन महतो, जिवन ज्योति स्वाबलम्बन बचत तथा ऋण सहकारी सिसौटका खेहरु दास, जिल्ला सहकारी संघका धु्रबनाथ ढकाललाई समेत सहकारी क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको छ । ओम शान्ति साना किसान कृषि सहकारी संस्था सिसौट–२ र मनोकामना बहुद्देश्यीय सहकारी संस्था हरिवन–९ उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित भएका छन् ।
त्यस्तै डिभिजन सहकारी कार्यालय मलंगवामा ३० वर्षदेखि सेवा पु¥याउँदै आएका नायव सुब्बा वैजनाथ सिंहलाई नगद दुईहजार सहित पुरस्कृत गरिएको छ । कार्यक्रममा सहकारी सम्बन्धि उत्कृष्ट खैंजडी भजन प्रस्तुत गरेको भन्दै शिवशक्ति बचत तथा ऋण सहकारी संस्था हरिपुरलाई पनि सम्मान गरिएको छ ।
सहकारी मार्फत दिगो आर्थिक विकास तथा सामाजिक न्याय भन्ने मूलनाराका साथ भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरे प्रमुख अतिथि रहेका थिए भने सभासद् शम्भुलाल श्रेष्ठ विशिष्ट अतिथि रहेका थिए । जिल्ला सहकारी संघका अध्यक्ष हरिनारायण राउतको सभापतित्व रहेको कार्यक्रममा डिभिजन सहकारी कार्यालय मलंगवाका प्रमुख रामलक्षण यादवले स्वागत गरेका थिए । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे, चमेली बचत तथा ऋण सहकारी संस्था ईश्वरपुरका अध्यक्ष भरत साह, दसहारा लोन सेविंग्स एण्ड को.आ. सो. ली. मलंगवाका नागेन्द्र चौधरी, शिवशक्तिका अध्यक्ष विष्णु चालिसे लगायतले सहकारी क्षेत्रको बारेमा मन्तव्य राखेका थिए । वैजनाथ सिंहको सञ्चालनमा भएको कार्यक्रममा सहकारी क्षेत्र सम्बन्धि चेतना मूलक सांस्कृतिक कार्यक्रमहरु पनि गरिएको थियो भने सहकारी संस्थाहरुले ल्याएका व्यानरहरु मध्ये हरि बचत तथा ऋण सहकारी संस्था सिसौट–१ को व्यानरलाई उत्कृष्ट घोषणा गरिएको थियो ।

प्रावि ढुंग्रेखोलाको प्रअमा स्याङ्तान

सर्लाही समाचारदाता
ढुंग्रेखोला, चैत २० । प्रावि ढुंग्रेखाला–८ को प्रधानाध्यापकमा सन्तबहादुर स्याङ्तान कायम भएका छन् ।
विहिबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले स्याङ्तानलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरेको हो । व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर गोलेको अध्यक्षतामा बसेको बैठकले स्याङ्तानलाई प्रअको जिम्मेवारी दिने निर्णय गरेको बताइएको छ । चतुर्भूजेश्वर जनता उमावि सुखेपोखरीका शिक्षकमा कार्यरत स्याङ्तानको गत सोमबार प्रावि ढुंग्रेखोलामा सुरुवा भएको थियो । गत सोमबार एक समारोहबीच स्याङ्तानले प्रावि ढुंग्रेखोलाको शिक्षकमा पदस्थापन गरेका थिए ।

महायज्ञमा चारलाख भन्दा बढी सहयोग संकलन

सर्लाही समाचारदाता
सासापुर, चैत २० । एबुलेन्स खरिद गर्ने उदेश्यले सासापुर–९ मा बुधबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सहयोग जुट्ने क्रम जारी रहेको छ ।
महायज्ञमा विहीबारसम्म ४ लाख ८२ हजार ३ सय ८६ रुपैँया संकलन भएको आयोजक समितिले जनाएको छ । विहीबार दोस्रो दिन सबैभन्दा बढी सासापुरका पे्रम योञ्जनले ५० हजार ५ सय सहयोग प्रदान गरेका बताइएको छ ।
त्यस्तै बाबुकाजी योञ्जनले ३१ हजार र देवीमाया पन्तले ३० हजार सहयोग प्रदान गरेका छन् । एकलाख सहयोग गर्ने प्रतिबद्धता सहित सभासद् एवं तराई मधेश सदभावना पार्टी नेपालका केन्द्रीय अध्यक्ष महेन्द्र रायले बुधबार महायज्ञको उद्घाटन गरेका थिए ।

बाख्रापाठालाई पीपीआर रोगको भ्याक्सीन

सर्लाही समाचारदाता
मलंगवा, चैत २० । जिल्लामा ५० हजार बाख्रापाठालाई निःशुल्क पीपीआर रोग बिरुद्धको भ्याक्सीन लगाईएको छ ।
जिल्ला पशु सेवा कार्यालयले भ्याक्सीन लगाउनको लागि रोगको उच्च जोखिम रहेको ५२ गाविसहरुमा दुई दर्जन पशु कार्यकर्ताहरुलाई खटाएको छ । जिल्लामा यसवर्ष ७५ हजार डोज बराबरको भ्याक्सीन आएको मध्ये हालसम्म ५० हजार बाख्रापाठालाई भ्याक्सीन लगाईसकिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
रोगको उच्च जोखिम रहेको बाँकी गाविसहरु पनि छनौट गरेर भ्याक्सीन लगाउने काम भैरहेको कार्यालयले जनायो । भ्याक्सीन लगाउनको लागि बाख्रापाठाको धेरै आवतजावत हुने हाटबजार र सीमा क्षेत्रका गाविसहरु छनौट गरिएको छ । रोगको उच्च जोखिम रहेको गाविसहरुमा किसानहरुको घरैमा समेत गएर पशु कार्यकर्ताहरुले भ्याक्सीन लगाई रहेका छन् ।
अघिल्ला वर्षहरुमा जिल्लामा ३० हजार डोज मात्र भ्याक्सीन आउने गरेको भएपनि गएको वर्ष पीपीआरले महामारीको रुप लिएपछि सर्लाहीमा थप ४५ हजार डोज भ्याक्सीन आएको हो ।

Wednesday, April 2, 2014

हामी पनि सेना बन्ने ः


हामी पनि सेना बन्ने ः नेत्रगंज गाविसको पाँचकुमारी स्थित नेपाली सेनाको रिपुमर्दन गणमा खुलेको सैन्य (सैनिक जवान) पदमा भर्ना हुन आएका युवाहरुको परीक्षण गरिंदै । बुधबार दर्ता नं. पाँचसयदेखि नौसय ५२ सम्मका उम्मेद्वारहरुको प्रि–मेडिकल एवं वेरिङ परीक्षण गरिएको छ । गणका गणपति मनोज वैदवारका अनुसार एकसय ५० जना सैन्य र ६ जना नाउ (कपाल काट्ने) पद्मा भर्ना खुलेकामा जम्मा एकहजार तीनसय १७ जनाले फारम भरेका छन् । बुधबारदेखि सुरु भएको प्रि–मेडिकल र वेरिङ परीक्षण शुक्रबारसम्म हुनेछ भने आइतबारदेखि फिजिकल (शारीरिक क्षमता) परीक्षण हुने गणले जनाएको छ । (तस्वीर ः टंकबहादुर क्षेत्री≈सर्लाही दैनिक)

ट्रकको ठक्करबाट घाइते महिलाको मृत्यु

सर्लाही समाचारदाता
नवलपुर, चैत १९ । ट्रकको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
मंगलबार साँझ नवलपुर चोकमा ना. ४ ख ३९७५ नम्वरको ट्रकको ठक्करबाट घाइते भएकी लालबन्दी गाविस–६ की ४३ वर्षीय सुनमाया अधिकारीको राती मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रकको ठक्करबाट घाइते अधिकारीको हरिवनमा नमूना अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भरतपुरतर्फ लैंजादै गर्दा बाटैमा मृत्यु भएको हो । साँझ सबापाँच बजे पूर्वबाट पश्चिमतर्फ आइरहेको ट्रकले पैदल यात्री अधिकारीलाई नेत्रगंजा गाविस–६ स्थित नवलपुर चोकमै ठक्कर दिएको थियो ।
घटना लगतै नियन्त्रणमा लिइएका ट्रक चालक इन्द्रबहादुर भण्डारीलाई मंगलबार नै सवारी ज्यान अन्तर्गत जिल्ला अदालतबाट पाँच दिने म्याद लिएर कार्वाही प्रकृया अगाडी बढाइएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।

सचिव अस्फाकले राजिनामा दिए

सर्लाही समाचारदाता
मलंगवा, चैत १९ । कविलासी गाविसका सचिव मो. अस्फाकले सचिव पदबाट राजीनामा दिएका छन् ।
स्थानीय विकास अधिकारी उमेश बस्नेत लगायत सरोकारवाला अधिकारीहरुले अनियमित कार्य नगर्न आग्रह गर्दा उल्टै उनले धम्की स्वरुप पदबाट राजीनामा दिएको बताइएको छ । हेमपुर, बबरगंज लगायत विभिन्न गाविसहरुमा समेत विवादित बनेका अस्फाकले कविलासी गाविसको सम्पूर्ण २५ लाख बजेट गाविसका प्रत्येक घरधुरीलाई सातहजारका दरले वितरण गर्ने निर्णय गरेपछि त्यसो नगर्न भन्दा उल्टै राजीनामा दिएको जिविस स्रोतले जनायो ।
‘‘खुला दिशामुक्त अभियान अन्तर्गत उनले गाविसका सबै घर परिवारलाई सातहजारका दरले सौचालय बनाउन दिने निर्णय गरेछन् ।’’ जिविसका एक कर्मचारीले भने–‘‘गरिब एवं अति न्यून आर्थिक स्थिती भएका परिवारलाई, त्यो पनि केही सहयोग गर्नुपर्नेमा ठूलाबडा र हुनेखाने परिवारलाई समेत समान ढंगले हुनेगरी सम्पूर्ण बजेट बाँड्ने निर्णयमा बद्नियत देखिन्छ ।’’
सचिव अस्फाकले मंगलबार नै योजना अधिकृत होमबहादुर थापाको रोहबरमा राजिनामा पत्रको सनाखत समेत गरेको बताइएको छ । स्थानीय विकास अधिकारी उमेश बस्नेतले तत्काल आवेशमा आएर राजिनामा दिएको हुन सक्ने भन्दै बुधबार साँझसम्म पनि स्वीकृत नगरेको जिविस स्रोतले जनायो । राजिनामा दिएका अस्फाकलाई हाल जिविसमै तानिएको छ भने कविलासीमा अर्कै कर्मचारीलाई सचिवको रुपमा खटाइएको छ ।
गाविस सचिव हकहित संरक्षण केन्द्र सर्लाहीका अध्यक्ष हरिकान्तलाल कर्णले गाविस सचिव मो. अस्फाकले राजिनामा दिएपनि हालसम्म उक्त राजिनामा स्वीकृत नभएको बताए । यसबारेमा बुझ्न खोज्दा स्थानीय विकास अधिकारी बस्नेतसँग बुधबार राती सम्पर्क हुन सकेन ।

कृष्णादेवीको विवादमा सहमति

सर्लाही समाचारदाता
मलंगवा, चैत १९ । सदरमुकाम मलंगवा स्थित श्रीमति कृष्णादेवी माविको प्रधानाध्यापक नियुक्तिको विषयमा केही दिनदेखि चर्कदै आएको विवादमा बुधबार विहान सहमति भएको छ ।
विहान जिल्ला प्रशासन कार्यालयमा बसेको विभिन्न शिक्षक संघ संगठनहरुको बैठकले तत्काललाई रामकुमार शर्मालाई नै निमित्त प्रअको रुपमा मान्ने तथा व्यवस्थापन समितिको चयन भएपछि नियमानुसार हुने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले बताए । प्रअको विषयमा दुईपक्षीय शिक्षक संगठनका नेताहरुबीच विवाद बढ्दै गएपछि र विद्यार्थीहरुको परीक्षा नै प्रभावित हुनेभएपछि प्रजिअ घिमिरेले बुधबार विहान विभिन्न शिक्षक संगठन सहित सरोकारवालाहरुलाई डाकेर छलफल गराएका थिए । उक्त विवादका कारण गत सोमबारदेखि सो विद्यालयमा सुरु भएको जिल्ला स्तरीय सहित कक्षा १ देखि ९ सम्मको परीक्षा समेत प्रभावित बन्दै आइरहेको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष नरेन्द्र यादवले सरुवा भई आएका रामकुमार शर्मालाई प्रअ भन्दा पनि निमित्तको रुपमा मान्ने निर्णय भएको बताए । ‘‘तत्काललाई शर्मा सरलाई निमित्त मान्ने र पछि व्यवस्थापन समितिको निर्णय अनुसार हुने सहमति भएको छ ।’’ यादवले भने–‘‘शिक्षा कार्यालयले सरुवा गर्दा एउटा विद्यालयका प्रअ अर्कोमा जाँदा शिक्षकको रुपमा हुने व्यवस्था छ ।’’ विद्यालयमा प्रधानाध्यापक हुँदाहुदै जिल्ला शिक्षा कार्यालयले नियम विपरित अर्को प्रधानाध्यापक नियुक्त गरेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल लोकतान्त्रिक शिक्षक फेडरेशन, अखिल नेपाल शिक्षक संगठन, नेपाल क्रान्तिकारी शिक्षक संघ, शिक्षक फोरम, नेपाल लोकतान्त्रिक शिक्षक युनियन लगायत विभिन्न शिक्षक संगठनका नेताहरुले मंगलबार जिल्ला प्रशासन कार्यालयमा विरोध स्वरुप ज्ञापन पत्र दिएका थिए । विद्यालयमा रामनिवास साह निमित्त प्रअ हुँदाहुँदै नियम विपरित रामकुमार शर्मालाई प्रधानाध्यापक पदमा पठाएको भन्दै विरोध गरेको ती संगठनहरुको दावी छ ।
वरिष्ठताका आधारमा रामनिवास साहले निमित्त प्रअको जिम्मेवारी सम्हालेका र उनीभन्दा वरिष्ठ रामकुमार शर्मालाई शिक्षा कार्यालयले कृष्णादेवीमा सरुवा गरेपछि प्रअको विषयमा अनावश्यक बखेडा निकाल्नु गलत भएको नेपाल शिक्षक संघका अध्यक्ष कौशलकिशोर रायले बताए । केही शिक्षक नेताहरुले विद्यालयका विद्यार्थीहरुलाई समेत उचालेपछि परीक्षा समेत प्रभावित बनेको एक शिक्षकले बताए । प्रजिअ घिमिरेलाई ज्ञापन बुझाउन जाँदा शिक्षक नेताहरुले विद्यार्थीहरुलाई समेत सहभागि गराएका थिए । कृष्णादेवीका केही शिक्षकहरुले प्रअको विवादमा आÇनो प्रभाव जमाउनका लागि विद्यार्थीलाई  परीक्षा नहुने र वहिष्कार गरिएको भन्दै उचालेर आन्दोलनमा पठाएको ती शिक्षकले बताए ।
नेपाल शिक्षक युनियनका अध्यक्ष नवलकिशोर रायले प्रअको विषयमा केही शिक्षक संगठनका नेताहरु एवं सोही विद्यालयका केही शिक्षकले राजनीतिकरण गरेर विद्यार्थीहरुको परीक्षा नै प्रभावित हुनेगरी वातावरण धुमिल्याउने खोजिएको गुनासो गरे । ‘‘प्रअको विषयमा यति धेरै विवाद खडा गर्ने र विद्यार्थीको परीक्षा नै प्रभावित हुनु हुदैनथ्यो ।’’ उनले भने–‘‘यस्ता कार्यहरु शिक्षकहरुकै लागि घातक हुन्छ ।’’
यसैबीच जिल्ला प्रशासन कार्यालयमा विहान सहमति गरेर आएपनि प्रअको रुपमा रामनिवास साह नै हुनुपर्ने माग गर्दै दिउँसो मलंगवा बजारमा ढुंगामुढा गर्ने एवं टायर बालेर विरोध प्रदर्शन गर्ने कृष्णादेवीका आधा दर्जन विद्यार्थीहरुलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको छ । प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराइले विहान भएको सहमति विद्यार्थीलाई जानकारी गराउने एवं वातावरण मिलाउने तिर सम्बन्धित विद्यालयका शिक्षकहरुले नलागेको देखिएको बताए । प्रअको विषयमा विवाद खडा गरेर बजारमा शान्ति सुरक्षाको अवस्था खल्बल्याउने र परीक्षा नै प्रभावित पार्न खोज्नेहरुमाथि कडा कार्वाही गर्ने समेत प्रनाउ भट्टराईले चेतावनी दिए ।

बोक्सी आरोपमा कुट्ने पक्राउ

सर्लाही समाचारदाता
हरिपुर, चैत १९ । स्थानीय महिलालाई बोक्सीको आरोपमा अमानवीय दुव्र्यवहार गर्ने हरिपुर गाविस–६, चितायनका एकजनालाई इलाका प्रहरी कार्यालय हरिपुरले नियन्त्रणमा लिएको छ ।
स्थानीय रामवृक्ष धामीका ३२ वर्षिय छोरा महेसी धामीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका धामीलाई बुधबार नै जिल्ला अदालतबाट पाँचदिने म्याद लिएर कार्वाही प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई मुलुकी ऐन अन्तर्गत बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा कार्वाही प्रकृया अगाडी बढाइएको छ ।
गत चैत ३ गते राती हरिपुर–६, चितायन निवासी असर्फी चौधरीकी ४५ वर्षीया श्रीमती ललियादेवीलाई बोक्सीको आरोपमा अमानवीय दुव्र्यवहार गरेको आरोपमा प्रहरीले कार्वाही प्रकृया अगाडी बढाएको हो । पीडितले स्थानीय दुईजना महिला र महेसी सहित तीनजना विरुद्ध किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीमा ललियादेवीलाई कुटपीट गर्नुका साथै उनकी २० वर्षीया छोरी मन्जुलाई समेत दुव्र्यवहार गरेको दावी गरिएको छ । जाहेरीपछि फरार रहेका धामीलाई सासापुर र हरिवन गाविस जोड्ने पुल निर्माण भईरहेको क्षेत्रबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनायो । उनले स्काभेटर चलाउने काम गर्ने गरेको बताइएको छ । जाहेरीमा किटान गरिएका अन्य दुई महिलाहरु फरार रहेको प्रहरीले जनाएको छ । स्थानीय गाउँले समेतको कुटपीटपछि ललियादेवी परिवार दुईदिनसम्म गाउँबाट विस्थापित भएको थियो । चैत ५ गते प्रहरीले दोषिलाई कार्वाही गर्ने प्रतिबद्धता जनाएपछि उनीहरु आÇनो घरमा फर्किएका थिए ।

एम्बुलेन्सका लागि महायज्ञ

सर्लाही समाचारदाता
सासापुर, चैत १९ । एम्बुलेन्स खरिद गर्ने उद्धेश्यले सासापुर गाविस–९ मा बुधबारदेखि श्रीमद् भागवत सप्ताह महायज्ञ सुरु भएको छ ।
एबुलेन्स खरिद गर्ने उदेश्यले सुरु गरिएको महायज्ञको बुधबार सभासद् एवं तराई मधेश सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्र रायले उद्घाटन गरेका छन् । २६ गते सम्म सञ्चालन हुने महायज्ञमा आज पहिलो दिन सभासद् यादवले एक लाख र सरस्वती पाठकले दश हजार दुई सय सहयोग दिने प्रतिबद्धता जनाएको बताइएको छ । महायज्ञमा पंडित प्रमेश्वर काफ्लेले सुमधर शैलिमा कथा बाचन गर्नुहुने बताईएको छ ।
महायज्ञ सञ्चालन गर्नका लागी पूर्व गाविस अध्यक्ष बमबहादुर मोक्तानको संयोजकत्वमा एक सय एक सदस्यीय आयोजक समिति गठन गरिएको छ ।

विद्यालयको बार्षिकोत्सव

सर्लाही समाचारदाता
हजारविगाह, चैत १९ । जानकीनगर गाविस–३ हजारबिगाहामा रहेको श्री पाँचकुमारी मावीको बुधबार ३५ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
वार्षिकोत्सवको अवसरमा विद्यालयमा सबैभन्दा कम गतीमा साईकल चलाउने अर्थात साईकल स्लो रेश  प्रतियोगिता सम्पन्न गरिएको छ । प्रतियोगितामा गोबिन्द बैठा प्रथम, सरोज महतो दोस्रो र श्रवण देवकोटा तृतीय भएका छन् । विद्यालयमा निमित्त प्रधानाध्यापक टेकबहादुर थापाको अध्यक्षता तथा व्यवस्थापन समितिका सदस्य सुकवीर लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अहिले विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भैरहकाले धेरै कार्यक्रम गर्न नसकिएको बताईएको छ ।

खाने तेल बरामद्

सर्लाही समाचारदाता
मलंगवा, चैत १९ । सशस्त्र प्रहरीले बुधबार विहान सदरमुकाम मलंगवाबाट एक सय ५० लिटर खानेतेल बरामद गरेको छ ।
सशस्त्र प्रहरी हवल्दार सत्यदेव यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले अवैधरुपमा भारतबाट ल्याएको खानेतेल बरामद गरेको हो । खानेतेल ल्याउने व्यक्ति भने प्रहरीलाई देख्नासाथ फरार भएका छन् । बरामद् खानेतेलको १२ हजार मुल्यांकन गरेर बुधबार नै जिल्ला भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

दुई वटा सामुदायिक वनमा आगलागी

सर्लाही समाचारदाता
लालबन्दी, चैत १९ । लालबन्दी स्थित दुईवटा सामुदायिक वनमा बुधबार अपरान्ह सुरु भएको आगलागी नियन्त्रणमा लिइएको छ ।
राधाकृष्ण सामुदायिक वन र जनज्योति सामुदायिक वनमा अपरान्ह भएको आगलागी नियन्त्रणमा लिईएको हो । लालबन्दी गाविस–५ मा रहेको राधाकृष्ण सामुदायिक वनमा फैलिएको आगलागी नियन्त्रण गर्नका लागी मलंगवा नगरपालिकको दमकल समेत झिकाईएको थियो । नेपाली सेना, प्रहरी, स्थानीय सर्वसाधारण लगायतको सक्रियतामा आगलागी नियन्त्रणमा आएको हो ।
आगलागीबाट वन क्षेत्रममा भएको क्षतिको बिवरण भने आउन सकेको छैन् । वडा नम्वर ५ मा रहेको ईलाका प्रहरी कार्यालय र बस्तीहरुमा आगो फैलन सक्ने खतरा भएपछि तत्काल सबैको सक्रियातामा आगलागी नियन्त्रणमा लिईएको थियो ।
त्यस्तै लालबन्दीकै जनज्योति सामुदायिक वनमा फैलिएको आगलागी पनि नियन्त्रणमा लिईएको छ । आगो गाउँ तिर आउन लागेपछि वडा नम्वर ८ बस्तीपुरका स्थानीय सर्वसाधारणले पानी र सेउलाको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।

Tuesday, April 1, 2014

भन्सारमा गोरु र मोटरसाइकलको लस्कर




लिलाम विक्रीका लागि भन्सार कार्यालयमा मंगलबार राखिएका गोरुहरु (माथि)। भारततर्फ लैंजादै गरेको अवस्थामा सर्लाहीको अर्नाहा गाविस–९ स्थित नाकाबाट इलाका प्रहरी कार्यालय बलराको टोलीले सोमबार राती ११ वटा गोरु नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाएको थियो । उक्त गोरुहरु मंगलबार एकलाख ५० हजारमा लिलाम विक्री भएको भन्सार प्रमुख टिकाराम भुषालले बताए । प्रहरीले चारलाख ४० हजार मुल्यांकन गरेर पठाएको भएपनि सड्ने मालबस्तु भएकाले एकलाख ५० हजारमै लिलाम विक्री गरिएको भन्सार कार्यालयले जनाएको छ ।
त्यस्तै ब्रोइलर कुखुराका चल्ला ओसार्ने क्रममा सशस्त्र प्रहरीले पक्राउ गरि भन्सार कार्यालयमा बुझाएको मोटरसाईकलहरु (तल) । भारतबाट अवैध रुपमा १२ सय कुखुराको चल्ला भित्र्याइरहेको अवस्थामा सशस्त्र प्रहरीको त्रिभुवननगर बोर्डर आउट पोष्टले नोकेल्वा गाविस–१ सखुअवा बाट उक्त भारतीय मोटरसाईकल नियन्त्रणम लिएको हो । चल्ला भने मंगलबार विहान नष्ट गरिएको छ । सशस्त्र प्रहरीले ३ लाख मुल्यांकन गरि मोटरसाइकलहरु भन्सार कार्यालयमा बुझाएको छ । सशस्त्र प्रहरीले बुझाएका मोटरसाइकहरु नियमानुसार लिलाम विक्री गरिने भन्सार कार्यालयले जनायो ।

फित्तामा बेरिएर वृद्धको ज्यान गयो

सर्लाही समाचारदाता
वाराउद्योरण, चैत १८ । भारतसँग सीमा जोडिएको बहादुरपुरमा उखु क्रसरको फित्तामा बेरिएर एक वृद्धको ज्यान गएको छ । बाराउद्योरण गाविस वडा नम्वर १ बेल्वा घर भएका ७० वर्षीय बृद्ध बेचन सिंहको ज्यान गएको हो ।
उखु पेलेको रस खाने क्रममा सिंहले लगाएको धोती फित्तामा बेरिएपछि उनको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटना पश्चात उखु क्रसरका सञ्चालक  सुन्दरपुरचुहर्वा गाविस वडा नम्वर ३ का रामआश्रय महतोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश सिंहले जानकारी दिए । घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रअको विषयमा कृष्णादेवीमा विवाद

सर्लाही समाचारदाता
मलंगवा, चैत १८ । प्रधानाध्यापक नियुक्तिको विषयमा विवाद हुँदा  सदरमुकाम मलंगवामा रहेको श्रीमती कृष्णादेवी माविमा शैक्षिक गतिविधि प्रभावित भएको छ । विद्यालयमा प्रधानाध्यापक हुँदाहुदै जिल्ला शिक्षा कार्यालयले नियम विपरित अर्को प्रधानाध्यापक नियुक्त गरेको भन्दै विभिन्न शिक्षक  संगठनहरुले विरोध गरेका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल लोकतान्त्रिक शिक्षक फेडरेशन, अखिल नेपाल शिक्षक संगठन, नेपाल क्रान्तिकारी शिक्षक संघ, शिक्षक फोरम, नेपाल लोकतान्त्रिक शिक्षक युनियनहरुले नियम विपरित रामकुमार शर्मालाई प्रधानाध्यापक पदमा नियुक्ति गरेको भन्दै विरोध गरेका हुन् । नियुक्ति खारेजको माग गर्दै प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेलाई मंगलवार ज्ञापनपत्र समेत बुझाईएको छ । प्रजिअ घिमिरेलाइ ज्ञापन बुझाउन जाँदा शिक्षक नेताहरुले विद्यार्थीहरुलाई समेत सहभागि गराएका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष नरेन्द्र प्रसाद यादवले प्रधानाध्यापकको नियुतिm नसच्याए कडा आन्दोलनमा जाने बताए । विद्यालयमा मंगलवारको परीक्षा समेत प्रभावित भएको छ ।
विद्यालयको कलहलाइ शान्तिपुर्ण अवतरण गरी दुवै पक्षलाइ सहमति गराएर परिक्षा संचालन गरिने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेले जानकारी दिए । सामान्य विवादमा विद्यार्थीको परीक्षा नै प्रभावित पार्नु गलत भएको प्रजिअ घिमिरेले बताए ।

बगदहको परिषद्मा विवाद कायमै

सर्लाही समाचारदाता
बगदह, चैत १८ । गाविस भित्रकै दुई गाउँका बासिन्दाबीचको विवादका कारण मंगलबार पनि बगदह गाविसको परिषद् हुन सकेन ।
गाउँलेहरुबीचको हानाथापका कारण सोमबार हुन नसकेको परिषद् मंगलबारलाई पुन राखिएको थियो । बगदह गाउँ स्थित गाविस कार्यालयमा गाउँ परिषद गर्नेक्रममा बकैनियाका स्थानीयले आफुहरुको क्षेत्रमा परिषद् गर्न माग गर्दै बिवाद झिकेपछि सोमबार हुन नसकेको परिषद् मंगलबार समेत हुन नसकेको हो । दुइपक्षबीच सहमति गरेर परिषद् गर्न आग्रह गरिएको स्थानीय विकास अधिकारी उमेश बस्नेतले बताए । ‘‘गाउँले–गाउँले बीचको टसलका कारण बगदहको परिषद हुन सकेको छैन ।’’ स्थानीय विकास अधिकारी बस्नेतले भने–‘‘गाउँलेहरु नै मिलेर नआए परिषद् हुदैन र गाविसको सबै बजेट फ्रिज (फिर्ता) हुन्छ ।’’
गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष हरिकान्तलाल कर्णले मंगलबार पनि दुवैपक्षबीच सहमति हुन नसक्दा लेखिएको माइन्यूटमा हस्ताक्षर नभएको बताए । ‘‘हिजो बगदह गाविस कार्यालयमा परिषद् गर्न खोज्दा बकैनिया गाउँका बासिन्दाले विवाद झिकेपछि हुन सकेन ।’’ मंगलबार सर्लाही दैनिकसँग कर्णले भने–‘‘आज मलंगवामा सहमति गराउन पहल गर्दा पनि हुन सकेन ।’’ बगदह गाविसका पूर्व अध्यक्ष एवं बकैनिया निवासी रामएकवाल रायको नेतृत्वमा बकैनिया गाउँका बासिन्दाले गत आवको आयव्यय सार्वजनिक गर्न र गाउँ परिषद् वकैनियामै गर्न माग गर्दै विवाद झिकेपछि परिषद् हुन नसकेको बताइएको छ । साथै वगदह र वकैनिया गाउँलाई आधाआधा बजेट बाँड्न समेत उनीहरुले माग गरेको कर्णले बताए । गाविसको कार्यालयमा हुन लागेको परिषद् अन्तै गर्न भनेपछि विवाद बढेको कर्णले जानकारी दिए । कर्णका अनुसार सरुवा भएका तत्कालिन सचिव रामनारायण साहले बरबुझारथ नगरेका कारण हालका सचिव सुनिललाल श्रीवास्तवले गत आवको आयव्यय देखाउन सकेका छैनन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पुस मसान्त भित्र गाविस कार्यालयहरुको गाउँ परिषद् गर्नुपर्ने तोकिएको भएपनि जिल्ला स्थित सातवटा गाविसको हुन सकेको थिएन । जसमध्ये मोहनपुर र रामवनको केही दिनअघि तथा बहादुरपुरको सोमबार परिषद् सम्पन्न भइसकेको छ भने सुदामामा बुधबार मिति तोकिएको छ । सलेमपुर र मोतिपुर गाविसको परिषद् बारेमा भने अझै टुंगो लाग्न सकेको छैन । राजनैतिक विवादका कारण र स्वयं गाविस सचिवको अक्षमताका कारण सर्लाहीमा कतिपय गाविसको गाउँ परिषद् हुन नसक्ने गरेको जानकारहरु बताउँछन् ।

एलडिओ अनुगमन गर्दै

सर्लाही समाचारदाता
मलंगवा, चैत १८ । गाविस कार्यालयहरु अनुगमन कार्य तिब्र रुपमा भईरहेको स्थानीय विकास अधिकारी उमेश बस्नेतले बताएका छन् ।
यसक्रममा मंगलबार तीनवटा गाविसको अनुगमन गरिएको स्थानीय विकास अधिकारी बस्नेतले जानकारी दिए । ‘‘आज बबरगंज, रानीगंज र मोतीपुर गाविसको अनुगमन गरिएको छ ।’’ स्थानीय विकास अधिकारी बस्नेतले भने–‘‘अनुगमनका क्रममा गाविसमा सचिवको उपस्थिती, सेवाग्राहीले पाउने सेवा सुविधा लगायत हेरिन्छ ।’’
पछिल्लो समय स्थानीय विकास अधिकारी बस्नेत आफै विभिन्न गाविसको अनुगमनमा सकृय रुपले हिड्ने गरेका छन् । जिविस कार्यालयले केही समय अघि जिल्लाका ६ वटै क्षेत्रमा गाविस कार्यालयको स्थलगत अनुगमन गर्नका लागि जिविसका ६ जना अधिकृतलाई खटाउने निर्णय गरेको थियो ।

हरिवनका तीनजनालाई म्याद थप

सर्लाही समाचारदाता
मलंगवा, चैत १८। लागूऔषध सहित पक्राउ परेका हरिवनका तीनजना युवालाई मंगलबार जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतबाट म्याद लिएर कार्वाही प्रकृया अगाडी बढाएको छ ।
हरिवन गाविस–८ निवासी शेष समिर, शेष अरसद् र महम्मद् हुसैनलाई गत सोमबार साँझ सदरमुकाम मलंगवाबाट लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश सिंहले बताए । प्रहरीले पक्राउ परेका तीनैजनालाई लागूपदार्थ नियन्त्रण ऐन अनुसार जिल्ला अदालतबाट पाँच दिने म्याद लिई कार्वाही प्रकृया अगाडी बढाएको छ । मलंगवा नगरपालिका–८ बाट साँझ ४ बजेतिर लागूऔषधको रुपमा प्रयोग हुने ३० थान नाइट्रोजेपाम नामक ट्याब्लेट सहित तीनजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनायो । पछिल्लो समय लागूऔषध प्रयोग, कारोबार लगायतमा प्रहरीले व्यापक कडाइ गर्दै आएको छ । भारतसँगको खुला सिमाका कारण सरकारले प्रतिबन्धित लगाएपनि लागूऔषधको रुपमा प्रयोग हुने औषधीहरु सदरमुकाम मलंगवा सहित जिल्लाका विभिन्न नाकाबाट नेपालतर्फ भित्रिने गरेको जानकारहरु बताउँछन् ।

नवलपुरको सडक सफाई सकियो

सर्लाही समाचारदाता
नवलपुर, चैत १८ । नेत्रगंज गाविसको नवलपुर बजार स्थित राजमार्गमा भएको अतिक्रमण हटाउने काम मंगलबारबाट सम्पन्न भएको छ ।
सोमबार विहानैबाट सुरु भएको सरसफाई कार्य मंगलबार साँझबाट सकिएको हो । नवलपुर बजार स्थित पूर्व–पश्चिम राजमार्ग र नवलपुर–मलंगवा सडकखण्डको दायाँबायाँ रहेका अतिक्रमणहरु हटाउन सोमबार र मंगलबार दिनभर स्काभेटर लगाइएको थियो । अतिक्रमण हटाउने क्रममा स्काभेटरले एकदर्जन भन्दा बढी घरहरु भत्काउनुका साथै टहरा, निर्माण सामग्री, साइन बोर्ड, रुख विरुवा लगायत राजमार्ग अतिक्रमण गरेर राखिएका सामग्रीहरु पन्छाएको छ । सडक अतिक्रमण हटाइएसँगै नवलपुर बजार निकै सफा हुनुका साथै निकै टाढासम्म पनि बजारको दृष्यहरु देख्न मिल्ने भएको छ ।
गत शनिबार बसेको स्थानीय सर्वपक्षीय बैठकको निर्णय अनुसार नवलपुर बजार स्थित पूर्व–पश्चिम राजमार्ग र नवलपुर–मलंगवा सडकखण्ड दायाँबायाँको अतिक्रमण सोमबारबाट हटाउन सुरु गरिएको हो । सर्वपक्षीय बैठकले सडकको अतिक्रमण हटाउन स्थानीय इस्किलाल पासवानको संयोजकत्वमा नौ सदस्यीय समिति समेत चयन गरेको थियो । सोही समितिको अगुवाइमा सोमबार विहानबाट अतिक्रमण खाली गराउन सुरु भएको थियो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्व तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय भवनदेखि पश्चिम लखन्देही पुलसम्म तथा नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत नवलपुरचोक देखि दक्षिण लर्डब्राइट बोर्डीङ स्कुलसम्म सफाई गरिएको समितिका संयोजक पासवानले बताए । पूर्व–पश्चिम राजमार्गमा दायाँबायाँ साँढे ८२ फिट तथा नवलपु–मलंगवा सडकखण्डमा ५० फिटसम्मका अतिक्रमण खालि गराइएको हो ।
संयोजक पासवानले सडक सरसफाई कार्यमा सहयोग गर्ने सबैपक्षलाई धन्यवाद दिदै दोस्रो चरणमा विद्युत पोल समेत सार्नका लागि पहल सुरु गरिने बताए । ‘‘सडक नजिकै रहेका विद्युत पोल पनि पूर्व–पश्चिम राजमार्गमा साँढे ८२ फिट तथा नवलपुर–मलंगवा सडकखण्डमा ५० फिट पर सार्नुपर्ने देखिएको छ ।’’ उनले भने–‘‘अब चाँडै सर्वपक्षीय बैठक राखेर दोस्रो चरणमा उक्त काम गर्ने तथा हाल अतिक्रमण हटाउने क्रममा भत्काइएका संरचनाका कारण फोहोर देखिएको बजारलाई व्यवस्थित समेत बनाउने काम सुरु गरिने छ ।’’
नेत्रगंज गाविसका सचिव गोपाल थापाले सडक सरसफाईका क्रममा राजनैतिक दलका स्थानीय नेता, उद्योगी व्यापारी, समाजसेवी, सर्वसाधारण सबै पक्ष, तह र तप्काबाट सहयोग पाइएको र आगामी दिनमा समेत गाविसबाट हुने काममा सहयोग पु¥याउन आग्रह गरे । सडक सरसफाइमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, सशस्त्र प्रहरी वेश क्याम्प हरिवन र इलाका प्रहरी कार्यालय नवलपुरले समेत विशेष सहयोग पु¥याएको समितिका संयोजक पासवानले बताए । सडक अतिक्रमण खाली गराउने क्रममा छेउछाउ रहेका रुख विरुवाहरु समेत नष्ट गरेको प्रति भने कतिपय स्थानीय बासिन्दा रुष्ट बनेका छन् ।

ट्रकको ठक्करबाट तीन घाईते

सर्लाही समाचारदाता
हरिवन, चैत १८ । जिल्लाकोे दुई छुट्टा–छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा  तीनजना घाईते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हरिवन–९ बासाटोलमा दुइ र नेत्रगंज–६ मा ट्रकको ठक्करबाट एकजना गम्भीर घाईते भएका हुन् । विराटनगरबाट काठमाण्डौतर्फ जाँदै गरेको को. १३ प ४४ नम्वरको मोटरसाईकलाई वीरगंजबाट लहानतर्फ आउँदै गरेको ना ३ ख ३३१  नम्बरको ट्रकले हरिवनमा ठक्कर दिदा दुईजना गम्भीर घाईते भएका हुन् । ट्रकको ठक्करबाट विराटनगर १६ बस्ने २५ वर्षीय शिवनारायण यादव र उहाँको श्रीमती २३ वर्षीय जयन्ती कुमारी यादव गम्भीर घाईते भएका छन् । घाइतेहरुको काठमाण्डौको बीएण्डबी अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।
त्यस्तै नेत्रगंज ६ मा  ट्रकको ठक्करबाट एक महिला गम्भीर घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ३९७५ नम्वरको ट्रकले ठक्करबाट लालबन्दी ६ की ४३ वर्षीय सुनमाया अधिकारी गम्भीर घाईते भएकी हुन् । अधिकारीको हरिवनमा नमूना अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौ रिफर गरिएको प्रहरीले जनाएको छ । घाईते अधिकारीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । चालक र ट्रकलाई ईलाका प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा राखिएको छ ।

वृद्धवृद्धाहरुलाई भोजन

सर्लाही समाचारदात
नवलपुर, चैत १८ । पद्म भुवनेश्वरी वृद्धाश्रम जुटपानीमा आश्रित वृद्धवृद्धाहरुलाई मिष्ठान भोजन गराएको छ । जब्दी ५ का मनमाया थापाले आफ्नो स्वार्गिय श्रीमान् सिद्धीबिक्रम थापाको ३२ औँ पुण्य तिथीको अवसरमा वृद्धवृद्धाहरुलाई मिष्ठान भोजन गराएकी हुन् ।
आश्रममा भोजन गराउनको लागि मनमायाका छोराहरु नबराज र बिनोद बुहारीहरु शोभा, सन्जु र मनुको उपस्थिती थियो । स्वार्गीय पिताको भनाईलाई अनुशरण गरेर वृद्धवृद्धाहरुलाई मिष्ठान्न भोजन गराएको छोरा नबराजले जानकारी दिए ।

Monday, March 31, 2014

नवलपुरका घर–घरमा स्काभेटर कुदाइयो

नवलपुर स्थित एक स्थानीयको घर भत्काउँदै स्काभेटर ।
सर्लाही समाचारदाता
नवलपुर, चैत १५ । नेत्रगंज गाविसमा पर्ने नवलपुर बजार स्थित राजमार्गमा भएको अतिक्रमण हटाउन सोमबारबाट स्काभेटर लगाइएको छ । सोमबार विहानैबाट नवलपुर बजार स्थित पूर्व–पश्चिम राजमार्गको दायाँबायाँमा रहेको अतिक्रमणहरु हटाउन सुरु गरेको गाविसको कार्यालय नेत्रगंजले जनाएको छ । अतिक्रमण हटाउने क्रममा स्काभेटरले एकदर्जन भन्दा बढी घरहरु भत्काउनुका साथै टहरा, निर्माण सामग्री, साइन बोर्ड लगायत राजमार्ग अतिक्रमण गरेर राखिएका सामग्रीहरु पन्छाएको छ । सडक अतिक्रमण हटाउन सुरु गरेसँगै नवलपुर बजार निकै सफा समेत देखिएको छ ।
गत शनिबार बसेको स्थानीय सर्वपक्षीय बैठकको निर्णय अनुसार नवलपुर बजार स्थित पूर्व–पश्चिम राजमार्ग र नवलपुर–मलंगवा सडकखण्ड दायाँबायाँको अतिक्रमण सोमबारबाट हटाउन सुरु गरिएको हो । सर्वपक्षीय बैठकले सडकको अतिक्रमण हटाउन स्थानीय इस्किलाल पासवानको संयोजकत्वमा नौ सदस्यीय समिति समेत चयन गरेको थियो । सोही समितिको अगुवाइमा सोमबार विहानबाट अतिक्रमण खाली गराउन सुरु भएको हो । नियमानुसार सडक दायाँबायाँको अतिक्रमण हटाउन सुरु गरिएको समितिका संयोजक पासवानले बताए । ‘‘सडक दायाँबायाँ रहेका अतिक्रमणहरु हटाउन हिजोसम्मको अन्तिम म्याद दिएर सम्बन्धितलाई यसअघि नै पटक–पटक सार्वजनिक सूचना जारी गरिसकेका थियौं ।’’ पासवानले सोमबार भने–‘‘ज–जसले सूचनाका आधारमा अतिक्रमण खाली गरेनन्, उनीहरुको स्काभेटरले खाली गराउन सुरु गरिएको छ ।’’
सोमबार साँझसम्म समितिले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालयदेखि लखन्देही पूलसम्म उत्तरी क्षेत्रको अतिक्रमण खाली गराएको छ । त्यस्तै लखन्देही पुलबाट पूर्व–पश्चिम राजमार्गको दक्षिण भागमा समेत अतिक्रमण खाली गराउन सुरु गरिएको र नियमानुसार सडकको जग्गा भित्र पर्ने सबैखाले अतिक्रमण खाली गराइने संयोजक पासवानले बताए ।
नेत्रगंज गाविसका सचिव गोपाल थापाले शनिबार विहान जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बसेको सर्वपक्षीय बैठकले आगामी सोमबारबाट स्काभेटर लगाएर अतिक्रमण हटाउने निर्णय गरेको बताए । सर्वपक्षीय बैठकले पूर्व–पश्चिम राजमार्गको केन्द्र भागबाट साँढे ८२ फिट तथा नवलपुर–मलंगवा सडकखण्डको केन्द्रभागबाट दायाँबायाँ ५० फिट क्षेत्रफलमा रहेका अतिक्रमण खाली गराइने निर्णय गरेको गाविस सचिव थापाले बताए । समितिले नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत भने दक्षिण लर्डब्राइट बोर्डिङ स्कुलसम्म दायाँबायाँका अतिक्रमण खाली गराउने निर्णय गरेको छ ।
हरिवन र लालबन्दी बजारमा यसअघि नै नियमानुसार पूर्व–पश्चिम राजमार्गमा राखिएका अतिक्रमण हटाएर केहि व्यवस्थित गरिएको भएपनि नवलपुर बजारमा भने अतिक्रमणका कारण बजारको स्वरुप नै विग्रेको भन्दै स्थानीय अगूवाहरु अतिक्रमण हटाउने अभियानका लागि जुर्मुराएका हुन् । सोमबार विहान केहीबेर स्थानीयले अतिक्रमण हटाउने अभियानको विरोध गरेपछि सशस्त्र प्रहरी बल हरिवन बेस क्याम्पका सुरक्षाकर्मीहरु समेतको उपस्थितीमा स्काभेटर लगाउन सुरु गरिएको हो ।

लालबन्दी र हरिवन उस्तै

अव्यवस्थित देखिएको लालबन्दी बजार ।
सर्लाही समाचारदाता
हरिवन, चैत १७ । केही समयअघि पूर्व–पश्चिम राजमार्गको अतिक्रमण खाली गराइएका लालबन्दी र हरिवन बजार पुन अतिक्रमणको चपेटामा पर्न थालेका छन् ।
दुवै बजारमा राजमार्गको दायाँबायाँ ७५–७५ फिटका दरले अतिक्रमणहरु खाली गराइएपनि हाल पुनः अतिक्रमण सुरु भएको स्थानीय व्यापारीहरुले गुनासो गरेका छन् । स्थानीय बजार व्यवस्थापन समिति, गाउँ विकास समितिको कार्यालय, उद्योग वाणिज्य संघ लगायत सरोकारवाला निकायले उचित ध्यान नदिँदा बजारको स्वरुप विग्रदै गएको स्थानीय व्यापारीहरुको गुनासो छ । लालबन्दीमा केही वर्षअघि र हरिवन बजारमा गत कात्तिकमा पूर्व–पश्चिम राजमार्गको दायाँबायाँ डोजर लगाएर अतिक्रमण खाली गराइएको थियो । अतिक्रमण खाली गराउने क्रममा ७५–७५ फिटभन्दा भित्र कुनैपनि खाले टहरा निर्माण हुन नदिने, साइनबोर्डहरु राख्न नदिने, निर्माण सामग्री राख्न नदिने लगायत भनिएपनि हाल पुन बजार क्षेत्र अव्यवस्थित बन्दै गएको छ ।
पूर्व–पश्चिम राजमार्गसँगै सटाएर राखिने निर्माण सामग्री, टहरा, सवारी साधन पार्किङ लगायतले दुर्घटनाको जोखिम मात्र हैन बजारकै स्वरुप समेत विग्रेको उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष बाबुकाजी प्रधानले बताए । ‘‘अतिक्रमण खाली गराएपछि बजार समिति, गाविसको कार्यालय लगायत सरोकारवाला निकायहरुबाट नियमित अनुगमन नहुँदा बजारहरु पूनः ‘कुरुप’ बन्न थालेका छन् ।’’ प्रधानले भने–‘‘सटरमा व्यापार थालेका पसले आफैले अगाडीपट्टी सडकको जग्गामा निश्चित भाडा लिएर ठेला, टहरा आदिमा पसल राख्न दिने प्रवृत्तिले अव्यवस्थितको समस्या बढेको छ, तरकारी बजारका कारण तत्काल लालबन्दीको अव्यवस्था समाधान गर्न समस्या भइरहेको छ ।’’
लालबन्दीको एकिकृत बजार व्यवस्थापन समितिका अध्यक्ष गोविन्द महतले तरकारी बजार सार्नका लागि पहल भईरहेको र उक्त बजार नसारेसम्म लालबन्दी स्थित पूर्व–पश्चिम राजमार्गको सबैखाले अतिक्रमण एवं अव्यवस्थित बजारको समाधान नहुने बताए । उद्योग वाणिज्य संघ लालबन्दीका उपाध्यक्ष एवं स्थानीय व्यापारी नवराज मिश्रले पूर्व–पश्चिम राजमार्ग क्षेत्र स्थित सटर भाडामा लिएर व्यवसाय गरिरहेका व्यापारीहरु स्वयंले आÇनो अगाडी ठेलागाढा, टहरा राख्न लगाएर मासिक भाडा उठाउने प्रचलनले बजार अव्यवस्थित बन्दै गइरहेको बताए । उक्त समस्या लालबन्दी, हरिवन, नवलपुर सहित जिल्लाका मुख्य सबै व्यापारिक केन्द्रहरुमा कायम रहेको जानकारहरु बताउँछन् ।

परिषद्मा विवाद

सर्लाही समाचारदाता
बगदह, चैत १७ । गाउँ परिषद् गर्ने क्रममा दुईपक्ष बीच विवाद भएपछि सोमबार बगदह गाविसको परिषद् हुन सकेन ।
गाविस कार्यालयमा गाउँ परिषद गर्नेक्रममा बकैनियाका स्थानीयले आफुहरुको क्षेत्रमा परिषद् गर्न माग गरेपछि बिवाद भएको हो । परिषद् गर्न जिल्ला विकास समितिका योजना अधिकृत होमबहादुर थापा र गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष हरिकान्तलाल कर्ण दिँउसो बगदह गाविसमा पुगेका थिए । परिषद्मा दुई पक्षबीच बिवाद उत्पन्न भएपछि आफुहरु त्यहाँबाटै त्यसै फर्किएको कर्णले जानकारी दिए ।
बगदह गाविसका सविच सुनिललाल श्रीवास्तको अध्यक्षतामा गाउँ परिषद् गर्ने तयारी गरिहेको बेला गाविस कार्यालयलमा गाउँ परिषद् गरेको भन्दै अन्य वडाका सर्वसाधरणले बिरोध जनाएका हुन् । सोमबार विवाद भएपछि हुन नसकेको गाउँ परिषद् मंगलबार पुन बोलाईएको गाविस कार्यालयले जनाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पुस मसान्त भित्र गाविस कार्यालयहरुको गाउँ परिषद् गर्नुपर्ने तोकिएको भएपनि जिल्ला स्थित सातवटा गाविसको हुन सकेको थिएन । जसमध्ये मोहनपुर र रामवनको केही दिनअघि परिषद् सम्पन्न भइसकेको छ भने बहादुरपुर, सलेमपुर, मोतिपुर, सुदामा गाविसको परिषद् हुन बाँकी छ । वगदह गाविसको भने सोमबार हुने भनिएको परिषद् विवादका कारण हुन सकेन । राजनैतिक विवादका कारण र स्वयं गाविस सचिवको अक्षमताका कारण सर्लाहीमा कतिपय गाविसको गाउँ परिषद् हुन नसक्ने गरेको जानकारहरु बताउँछन् ।

सिडिओलाई तीनथरी ज्ञापन पत्र

सर्लाही समाचारदाता
मलंगवा, चैत १७ । प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेलाई सोमबार मात्र विभिन्न संघ संगठनले तीनवटा छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका छन् ।
सद्भावना पार्टी, एकिकृत (माओवादी) सम्बद्ध किसान संगठन र सदरमुकाम मलंगवा स्थित जनसागर बजारमा पसल गरिरहेका व्यापारीहरुले छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका हुन् । सद्भावनाले आÇना राष्ट्रिय उपाध्यक्ष एवं सभासद् संजय साहलाई सुनियोजित ढंगले फसाउन खोजिएको र साह निर्दोष रहेको दावी गर्दै प्रजिअ घिमिरे मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापत्र पत्र पठाएर ध्यानाकर्षण गराएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार सद्भावना अध्यक्ष प्रमोद साह नेतृत्वको टोलीले सभासद् साहलाई जनकपुर स्थित रामानन्द चोकमा भएको बम विष्फोट घटनामा सुनियोजित ढंगले खडा गरिएका व्यक्तिको बयानका आधारमा फसाउन खोजिएको भन्दै ध्यानाकर्षण सहितको ज्ञापन पत्र दिएको हो ।
त्यस्तै एकिकृत           (माओवादी) सम्बद्ध किसान संगठनले कृषि क्षेत्रको विकासका लागि उचित ध्यान दिन माग गर्दै प्रजिअ घिमिरेमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पठाएको छ । एमाओवादी इन्चार्ज अच्युतम काÇले समेतको उपस्थिती रहेको टोलीले उखु मुल्य निर्धारण लगायत कृषि क्षेत्रमा उचित ध्यान दिन समेत आग्रह सहितको ज्ञापन पत्र बुझाएको हो ।
त्यस्तै मलंगवा नगरपालिका कार्यालयले जनसागर बजार स्थित व्यापारीहरको टहरा केही दिनअघि खाली गराएर उक्त स्थानमा पक्की भवन निर्माण सुरु गरेपछि सोही विषयमा सम्बन्धित व्यापारीहरुले प्रजिअ घिमिरे समक्ष ज्ञापन पत्र बुझाएका छन् । पक्की भवन निर्माण सम्पन्न भएपछि आफूहरुलाइ नै व्यापारका लागि कोठा उपलब्ध गराउन माग गर्दै व्यापारीहरुले ज्ञापन पत्र बुझाएको प्रजिअ घिमिरेले बताए ।

लागुऔषध सहित तीनजना पक्राउ

सर्लाही समाचारदाता
मलंगवा, चैत १७ । लागूऔषध सहित सोमबार सदरमुकाम मलंगवाबाट तीनजना पक्राउ परेका छन् ।
मलंगवा नगरपालिका–८ बाट साँझ ४ बजेतिर तीनजनालाई लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नरेश सिंहले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार  हरिवन गाविस–८ निवासी शेष समिर, शेष अरसद् र महम्मद् हुसैनलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई लागूऔषधको रुपमा प्रयोग हुने ट्याब्लेट सहित पक्राउ गरिएको प्रहरी निरीक्षक सिंहले बताए । ‘‘तीनजना लागूऔषध सहित पक्राउ परेका छन् ।’’ प्रहरी निरीक्षक सिंहले भने–‘‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’’

गाउँ–गाउँमा सुधारिएको चुलो

सुनिल ठाकुर÷सर्लाही दैनिक
औरही, चैत्र १७ । अव्यवस्थित चुलोको प्रयोग गर्दा लाग्ने विभिन्न प्रकारको श्वासप्रश्वास सम्बन्धी रोगलाई न्युनीकरण गर्नका लागि सर्लाहीको विभिन्न गाविसमा अहिले सुधारिएको चुलो निर्माण सम्बन्धि तालिम संचालन गरिएको छ ।
नविकरणिय उर्जा खानेपानी तथा सरसफाई प्रवद्र्धन केन्द्र चन्द्रनिगाहपुरले हालै सर्लाहीको औरहीमा सुधारिएको चुलो निर्माण सम्बन्धि ७ दिने तालिम संचालन गरेको छ । १० गाविसका ३२ जना महिलालाई चुलो निर्माण सम्बन्धि तालिम सुरु गरिएको कार्यक्रमका प्रशिक्षक जितेन्द्र प्रसाद सिंहले जानकारी दिए ।
श्री जनता माध्यमिक विद्यालय औरही ४ मा संचालन गरिएको तालिममा औहरी, खोरिया, सुन्दरपुर, मोतीपुर, सेखौना, पडरिया, सिसौटिया, बेल्ही, सहोडवा तथा धनगढा गाविसका महिलाहरुको सहभागिता रहेको छ । प्रशिक्षणमा महिलाहरुलाई कसरी चुलो बनाउने भन्ने बारेमा जानकारी दिई, प्रशिक्षण स्थलमै बनाउन समेत लगाउने गरिएको छ । प्रत्येक गाविसबाट आएका महिलाले तालिम लिई आफ्नो गाउँघरमा अन्यलाई प्रशिक्षण दिने उदेश्य राखिएको प्रशिक्षक सिंहको कथन छ । तालिम निःशुल्क रुपमा दिइएको सिंहले बताए । सुधारिएको चुलो निर्माणले निमोनिया, दम, क्षयरोग तथा विभिन्न श्वासप्रश्वासको रोगबाट बच्नुको साथै दाउराको बचत र छिटो खाना पाक्ने भएकोले तालिम संचालन गरिएको हो । यस कार्यक्रम अन्तर्गत जिल्लाको ९९ गाविसमा चुलो निर्माण सम्बन्धि तालिम दिने संस्थाको योजना रहेको सिंहले बताए । कार्यक्रममा सिंहका साथै बच्चु पासवानले पनि प्रशिक्षण दिने गरेका छन् ।

वन अतिक्रमित घर भत्काईयो

सर्लाही समाचारदाता
कालिन्जोर, चैत १७ । कालिन्जोरको घारिबथान क्षेत्रमा पर्ने फूलजोर बाबा साझेदारी वन क्षेत्रमा बनाईएको दुई वटा घर सोमबार बिहान भत्काईएको छ ।
सहायक जिल्ला वन अधिकृत केदारबहादुर कार्कीको नेतृत्वमा गएको कर्मचारीहरुको टोलीले वनक्षेत्रको जग्गामा अतिक्रमण गरेर बनाइएको घर भत्काएको हो । घर बनाउँदै गरेको अवस्थामा कालिन्जोर गाविस–५ का नीरबहादुर वाइवालाई पनि आफुहरुले नियन्त्रणमा लिएको बाँके ईलाका वन कार्यालयले बताए । वन क्षेत्रमा घर नबनाउन आग्रह गरेको भएपनि अटेर गरेकाले वाईवालाई नियन्त्रणमा लिएको जिल्ला वन कार्यालय सर्लाहीले जनाएको छ ।
घारिबथानको अन्य क्षेत्रमा पनि वनको जग्गा अतिक्रमण गरेर बनाईएको घरहरु हटाउन आग्रह गरिसकिएकाले अटेर गरेमा भत्काईने वन कार्यालयको भनाई छ । वन क्षेत्रमा भएको अतिक्रमण निरीक्षण गर्नका लागी दैनिक हेरालुहरु खटाएको कार्यालयले जनाएको छ ।

हुरी बतासका कारण विद्युत अवरुद्ध

सर्लाही समाचारदाता
हरिवन, चैत १७ । केहि दिनयता चलेको हुरी बतासका कारण सर्लाहीको विभिन्न गाविसहरुमा विद्युत अवरुद्ध भएको छ ।
हुरी बतासले केहि ठाउँमा तारहरु चुटिएकाले विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । विद्युत अवरुद्ध हुँदा सेवाग्राहीहरुलाई भने विद्युतीय समाग्री सञ्चालन गर्न निकै समस्या भएको छ । विद्युत अवरुद्ध हुँदा कुटानपीसान, मोवाईल चार्ज, सिँचाई लगायत विद्युतीय उपकरण चलाउन समस्या भएको उपभोक्ताहरुले बताएका छन् । पूर्व पश्चिम राजमार्गको लालबन्दी देखि हरिवन सम्म बिच्छेद भएका तारहरु मर्मत गरिसकेको नेपाल विद्यूत प्राधिकरण शाखा लालबन्दीका प्रमुख जयानन्द झाले जानकारी दिए । अन्य क्षेत्रको विद्युत पनि छिटै मर्मत गर्ने काम भैरहेको झाले बताए ।
गत शनिबारदेखि दिउँसो–दिउँसो हुरी बतास चल्ने गरेका कारण सर्वसाधारणहरु अत्यन्त मारमा पर्दै आएका छन् । हुरी बतासले उडाउने धुलोका कारण समेत सर्वसाधारणको जनजिवन अत्यन्त प्रभावित बनेको छ ।

जिल्ला स्तरीय परीक्षा सुरु

सर्लाही समाचारदाता
मलंगवा, चैत १७ । सर्लाहीमा सोमबारबाट जिल्ला स्तरीय अर्थात कक्षा ८ को परीक्षा सुरु भएको छ ।
जिल्ला शिक्षा कार्यालयका अनुसार परीक्षामा सामुदायिक विद्यालयहरुबाट ८ हजार ४ सय ८० र संस्थागत विद्यालयहरुबाट १७ सय ७४ परीक्षार्थीहरु सहभागी भएका छन् । परीक्षालाई मयार्दित बनाउन यस वर्ष पनि सबै विद्यालयहरुको लागी प्रश्नपत्र जिल्ला शिक्षा कार्यालय आफैले छपाएको छ ।
परीक्षामा निरीक्षण गर्नका लागी जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्मा र परीक्षा शाखाका अधिकृत कवीराज उपे्रती नेतृत्वमा टोली खटिने भएको बताइएको छ । परीक्षा सञ्चालन गर्नका लागी प्रत्येक विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी तोकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । परीक्षा अन्तर्गत सोमबार पहिलो दिन अनिवार्य अंगे्रजी विषयको परीक्षा सम्पन्न भएको छ ।

Sunday, March 30, 2014

सुधारको बाटोमा मलंगवा नगरपालिका

–टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, चैत १६ । विकास भन्दा पनि क्रमशः विनासतर्फ उन्मुख अनि आर्थिक रुपले जर्जर बन्दै गएको मलंगवा नगरपालिका पछिल्लो समय उन्नतीको बाटोमा लम्किन थालेको छ । ०४७ सालमा स्थापना भएको मलंगवा नगरपालिका गत जेठ ११ गतेबाट २८औं कार्यकारी अधिकृतको रुपमा रामचरित्र मेहताले प्रमुखको रुपमा जिम्मेवारी सम्हालेपछि क्रमशः सुधारको बाटोमा अगाडी बढिरहेको छ । राजनैतिक हस्तक्षेप, नगरपालिका क्षेत्रका सिमित समूहको स्वार्थ, स्थानीय कर्मचारीहरुको जिम्मेवारी विहिनता लगायत कारणले मलंगवा नगरपालिका ग्रसित हुँदै आइरहेको थियो । तर पछिल्लो समय कार्यकारी अधिकृतको रुपमा मेहता आएपछि मलंगवा नगरपालिका विकास र उन्नती अनि सुधारको बाटोमा लम्किरहेको चौतर्फी रुपमा देखिएको प्रशंसाले पुष्टि गरिसकेको छ ।
गत जेठमा कार्यकारी अधिकृतको रुपमा मेहता आएपछि मलंगवा नगरपालिकामा विकासको लहर सुरु भएको स्वयं राजनैतिक दलका नेताहरु बताउँछन् । ‘‘रामचरित्र सर आएपछि मलंगवा नगरपालिकाले विकास पाटोमा ह्वातै फड्को मारेको छ ।’’ विगतमा मलंगवा नगरपालिकामा एमालेका तर्फबाट प्रतिनिधिको रुप्मा समेत जिम्मेवारी सम्हालेका र हाल एमालेका जिल्ला कमिटि सदस्य समेत रहेका देवेन्द्र रायले भने–‘‘इमान्दारिताका साथ कसैको भनाईमा नलागेर नगर क्षेत्रको हितमा लाग्यो भने सकिन्छ भन्ने स्पष्ट उदाहरण दिनुभएको छ, रामचरित्र सरले ।’’
सँधै विवादको अखडा, तिर्नुपर्ने वक्यौताको चाङ अनि कर्मचारीको तलब दिन नसक्ने नगरपालिकाको रुपमा परिचित मलंगवा पछिल्लो समय सुधारको बाटोमा उन्मुख हुँदै गएको आभास नगरबासी सहित आम सरोकारवालाहरुले महसुस गरेका छन् । मलंगवा नगरपालिका अन्तर्गत जनसागर बजारमा डिपार्टमेन्टर स्टोर निर्माण कार्य, भारतीय सरकारको सहयोग रहेको पक्की नाला सहितको सडक निर्माण, पक्की ढलान सडक निर्माण लगायत कार्यहरुले द्रुत गतिमात्र पाएका छैनन्, कर्मचारीहरुको तलब भत्ता वितरणमा समेत केही सुधार सुरु भएको छ । मलंगवाका राजेश साहले कार्यकारी अधिकृतको रुपमा रामचरित्र मेहता आएपछि मलंगवा नगरपािलकाले निकै फड्को मारेको बताए ।
कार्यकारी अधिकृत मेहताले पछिल्लो समय मलंगवा बसपार्क नजिक जनसागर बजारमा डिपार्टमेन्टल स्टोर निर्माणको काम अगाडी बढाएका छन् । सडक र बजारको जग्गा अतिक्रमण गरेर बनाइएका व्यापारिक टहराहरु हटाएर नगरपालिकाले तत्कालका लागि २३ कोठाको पक्की भवन निर्माण सुरु गरेको कार्यकारी अधिकृत मेहताले बताए । कार्यकारी अधिकृत मेहताका अनुसार कुल ७० लाख लागतमा सुरु भएको उक्त भवन निर्माण कार्यमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ६० प्रतिशत तथा नगरपालिकाले ४० प्रतिशत बेहोर्ने छ । आगामी असार मसान्त भित्र निर्माण कार्य सम्पन्न गरि २३ वटै सटर सहितको कोठाहरु साउन १ गतेबाट भाडामा लगाइने कार्यकारी अधिकृत मेहताको दावी थियो । आगामी वर्षहरुमा उक्त भवनको माथिल्लो तलामा समेत कोठाहरु थप गरिने र क्रमशः उक्त भवनलाई डिपार्टमेन्टल स्टोरको रुपमा विस्तार गर्ने कार्यकारी अधिकृत मेहताले बताए ।
त्यस्तै विगत ४ वर्षअघि नै भारतीय सरकारबाट बजेट छुट्टयाइएपनि कार्यकारी अधिकृतको अक्षमता, राजनैतिक खिचातानी लगायत कारणले काम सुरु हुन नसकेको पक्की नाला सहितको सडक निर्माण कार्य समेत मेहताको नेतृत्वमा सुरु भएको छ । भारतीय सरकारको चारकरोड २८ लाख सहयोग रहेको उक्त योजना सडक अतिक्रमण हटाउने सहितका कामहरु सम्पन्न गर्न नसक्दा नगरपालिकाले अगाडी बढाउन सकेको थिएन । तर कार्यकारी अधिकृतको रुपमा मेहता आउने वितिकै खानेपानी ट्यांकीदेखि मलंगवा नगरपालिका कार्यालय नजिक हुँदै बालमन्दिरबाट श्रीमति कृष्णादेवी माविको पछाडीबाट रिंगरोड जोड्नका लागि पक्की नाला सहितको ढलान सडक निर्माण कार्य सुरु भईसकेको कार्यकारी अधिकृत मेहताले बताए । त्यस्तै मलंगवा नगरपालिकाले पछिल्लो समय जिल्ला प्रहरी कार्यालय अगाडी, कृष्ण चोक र नगरपालिका चोकबाट उत्तरको सडकमा पक्की ढलान समेत गरिसकेको छ ।
त्यसैगरी पछिल्लो समय कर्मचारीहरुलाई तलब भत्ता खुवाउने काममा समेत सुधार भएको कार्यकारी अधिकृत मेहताले बताए । मेहताका अनुसार नगरपालिकाले कर्मचारीलाई मंसिरसम्मको तलब भत्ता खुवाइसकेको तथा पुस र माघको तलब भत्ता आगामी चैत मसान्त भित्र खुवाइने छ । हाल बढेको तलब अनुसार कर्मचारीलाई तलबभत्तामा मलंगवा नगरपालिकाले वार्षिक एककरोड ५६ लाख बहन गर्नुपर्नेछ । नगरपालिकामा हाल ५८ जना कर्मचारी कार्यरत छन् । विगतमा ६–७ महिनासम्म कर्मचारीहरुले तलबभत्ता नपाएर कार्यालयमा काम बन्द लगायत आन्दोलन समेत गर्ने गर्दथे ।
विगत केही समय पहिलासम्म प्राय ठप्प रहने नगरपालिकाको दमकल सेवा हाल सुचारु भएको छ । स्वयं नगरपालिका कार्यालयको रुप रंग समेत परिवर्तन भएको मात्र छैन नगर क्षेत्रको सरसफाई, नगरबासीलाई कार्यालयबाट दिइने सेवा सुविधामा चुस्ततामा समेत निकै सुधार भएको जानकारहरु बताउँछन् । एकवर्ष अघिसम्म नगरबासी सहित आम सरोकारवालाहरुले ‘नरकपालिका’ को रुपमा चरितार्थ गर्दै आएका मलंगवा नगरपालिका हाल सुधारको बाटोमा अगाडी बढेको आभास आम सरोकारवालाले महसुस गरेका छन्

‘श्रोत र साधनको सहि परिचालन हुनुपर्छ’

कार्यकारी अधिकृत रामचरित्र मेहता ।

सर्लाही समाचारदाता
मलंगवा, चैत १६ । मलंगवा नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहताले सिमित स्रोत र साधन भएपनि सहि रुपमा परिचालन गरिए सार्थक रुप दिने बताएका छन् ।
‘‘उपलब्ध स्रोत र साधनलाई सहि ढंगले परिचालन गरिए पक्कै सुधार हुन्छ ।’’ आइतबार सर्लाही दैनिकसँग कुरा गर्दै कार्यकारी अधिकृत मेहताले भने–‘‘गलत मनसाय राखेमा जतिसुकै स्रोत र साधन भएपनि केही हुँदैन ।’’ वर्षौंदेखि आर्थिक रुपले जर्जर बनेको मलंगवा नगरपालिकामा तत्काल कुनै भयावह अवस्था नरहेको समेत कार्यकारी अधिकृत मेहताले दावी गरे ।
स्थानीय राजनैतिक दलका नेता, विभिन्न समूह, स्वयं नगरबासीहरुको हेलचक्र्याई, स्वार्थ, गैर जिम्मेवारीपन लगायत कारणले मलंगवा नगरपालिकाको विकास निर्माण कार्यले गति लिन नसकेको उल्लेख गर्दै कार्यकारी अधिकृत मेहताले हाल आफूले सबै पक्ष, तह र तप्काबाट उचित सहयोग समेत पाइरहेको दावी गरे । ‘‘मलंगवा नगरपालिकाका स्वयं कार्यकारी अधिकृतले इमान्दारीताका साथ नगर क्षेत्रको हक हितका लागि अगाडी बढ्नु पर्दछ ।’’ उनले भने–‘‘त्यसमा स्थानीय राजनैतिक दल, नगरबासी लगायत सरोकारवाला सबैले साथ दिनु पर्दछ, अनि मात्र नगर क्षेत्रको उन्नती सम्भव छ ।’’ विगतमा कार्यकारी अधिकृत सहित सम्बन्धित सबै पक्ष, तह र तप्काबाट इमान्दारिता एवं जिम्मेवारी बोध नहुँदा मलंगवा नगरपालिकाको जर्जर अवस्था भएको समेत मेहताले बताए ।
बजार ठेक्का, पोखरी ठेक्का, सवारी कर लगायतबाट आउने आन्तरिक आम्दानी बापतको झण्डै एककरोड, स्थानीय विकास शुल्क बापत मन्त्रालयबाट आउने एककरोड १० लाख, कृषि सडकको १५ लाख, सडक बोर्डको १८ लाख, जगेडा कोषको सशर्त अनुदान एककरोड २० लाख सहित चारकरोड भन्दा बढी बजेट खेलाउने नगरपालिकामा बजेटको सहि सदुपयोग हुने हो भने विकास निर्माणले निकै फड्को मार्ने समेत कार्यकारी अधिकृत मेहताले बताए । ‘‘जिम्मेवार अधिकारीले इमान्दारिताका साथ दृढ इच्छाशक्ति राखेर अगाडी बढ्नुपर्छ र त्यसमा सबैले साथ दिए उन्नतीको बाटोमा लम्कनका लागि कसैले रोक्न सक्दैन ।’’ उनले दावी गरे–‘‘म मलंगवा नगरपालिकालाई उन्नतीको बाटोमा लम्काउन त्यसैगरी अगाडी बढिरहेको छु, त्यसमा सबैले साथ दिनु आवश्यक छ ।’’
०६२÷०६३ को जन आन्दोलन तथा मधेश आन्दोलन पश्चात स्थानीय राजनैतिक खिचातानी, भूमिगत समूहको धम्की, कर्मचारीको असहयोग, विभिन्न समूहहरुको दवाव लगायत कारणले भरसक मलंगवा नगरपालिकाको कार्यकारी अधिकृतको रुपमा कोही अधिकृत पनि आउन मान्दैन थे । आइहालेपनि यावत समस्याका कारण कार्यालयमै बस्न नसक्ने, निस्वार्थ ढंगले काम गर्न नसक्ने र गर्न खोजे व्यापक धम्की, दवाव लगायतको सामना गर्नुपर्ने अवस्थाका कारण कोही कार्यकारी अधिकृतपनि टिक्न सकेका थिएनन् । तर गत जेठ ११ गते हाँजिर भएका मेहताले भने जिम्मेवारी अनुसार इमान्दारिताका साथ नगरपालिकाको विकास निर्माणमा गति मात्र दिएका छैनन्, मुहार परिवर्तनको दिशामा नै अगाडी बढेका छन् ।

बन्दुक सहित पाँच जना पक्राउ

सर्लाही समाचारदाता
हजरिया, चैत १६ ।  हजरिया गाविस ३ बाट प्रहरीले भरुवा बन्दुक सहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले गस्तीको क्रममा बाग्मती खोलाको किनारमा शंका लागी चेकजाँच गर्ने क्रममा युवाहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हजरिया ३ का २७ वर्षीय रमा लामा, १८ वर्षीय आकाश लामा, १९ वर्षीय विशाल लामा, १६ वर्षीय सुमन लामा र हजरिय १ का ३० वर्षीय जगत मोक्तान रहेका छन् ।
गोली लोड गरेर तयारी अवस्थामा रहेको भरुवा बन्दु भने बाग्मती खोलाको किनारमा लुगाई छोपेर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । युवाहरुको साथमा एन्जेशील नामक विषादी समेत बरामत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेको पाँचै जना युवाहरुलाई  ईलाका प्रहरी कार्यालय बरहथवाले म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।

आप्रवासनको अन्तरक्रिया

सर्लाही समाचारदाता
मलंगवा, चैत १६ । सुरक्षित आप्रवासन परियोजनाले आइतबार जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि रहेका सहायक प्रमुख जिल्ला अधिकार प्रकाशचन्द्र अधिकारीले वैदेशिक रोजगारका क्रममा सर्लाहीबाट बढी ठगिमा परेको गुनासो आउन थालेपछि परियोजनाले अझ प्रभावकारी ढंगबाट कार्यक्रम संचालन गर्न आग्रह गरे ।
उनले भने ‘नेपाल सरकारले बैदेशिक रोजगारीमा जानेलाई बार्षिक २० हजार व्यक्तिलाई शिपमुलक तालिम दिने भएतापनि दैनिक एकहजार भन्दा बढी बैदेशिक रोजगारमा जाने गरेकाले शिप सिक्न सरकारको मात्र आशा नगरी स्वयं जागरुक हुनुपर्ने बताए ।
कार्यक्रममा जिविसका सूचना अधिकृत पुस्कमणि घिमिरेले सूचनाबाट नै सबैलाई जागृत
गर्नुपर्ने भएकाले बैदेशिक रोजगार
बारे गाविस स्तरिय बडा नागरिक मञ्च मार्फत पनि शिक्षा प्रदान गरिनुपर्ने बताए ।
कार्यक्रममा परियोजना जिल्ला संयोजक विजय ठाकुर, आप्रवासी संजाल हकहित संरक्षण केन्द्रका जिल्ला अध्यक्ष रामनाथ साह लगायत गाविस सचिव, संचारकर्मी, स्थानिय समाजसेवी तथा बैदेशिक रोजगारबाट पीडित भई परियोजनाको सहयोगमा उद्धार भएका व्यक्तिहरुको उपस्थिति थियो ।
‘सकेसम्म स्वदेशमै रोजगार गरौं, विदेश जाने नै भए सिप सिकेर सूचना लिएर मात्र जाऔं’ भन्ने मूलनाराका साथ संचालनभएको कार्यक्रममा बैदेशिक रोजगारमा जानु अघि गरिनुपर्ने कार्यको भिडियो दृश्य र पीडितका आफन्तको कथन र पिडा प्रदर्शन गरिएको थियो ।
सामी हेल्भेटासको सहयोगमा स्थानिय गैर सरकारी संस्था ग्रामीण नारी उत्थान संघ, सहयोगी समाज र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले परियोजना संचालन गरेका छन् ।