Thursday, October 31, 2013

उम्मेद्वारलाई सास्ती–कार्यकर्तालाई मस्ती–मतदाता रनभुल्ल

उम्मेद्वारलाई सास्ती–कार्यकर्तालाई मस्ती–मतदाता रनभुल्ल
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, कात्तिक १३ । आगामी संविधान सभाको निर्वाचन नजिकिदोसँगै जिल्लामा चुनावी चहलपहल एवं सकृयता ह्वात्तै बढेको छ । ५४ वटा राजनैतिक दलबाट र स्वतन्त्र सहित २ सय ५५ जना उम्मेद्वारका लागि मत माग्दै घरदैलो गर्नमा नेताकार्यकर्ताहरुबीच भ्याईनम्याई छ । हरेक दिन विहान ६ बजेदखि राती १२ बजेसम्म उम्मेद्वारहरु मतदाताको घरदैलोमा भोट माग्ने र निकट कार्यकर्ताहरुसँग छलफल गरेर विताउने गरेका छन् । दुईसातादेखि दैनिक झण्डै १८ घण्टा भन्दा बढी निरन्तर खट्नुपर्दा र प्रचारप्रसारमा प्रयोग हुने सवारीसाधन सहित अघिपछि लाग्ने कार्यकर्तालाई पाल्नुपर्दा उम्मेद्वारहरुलाई कम्ता सास्ती भने छैन । दिनभर जीप र मोटरसाईकलमा विना खर्च घुम्न पाईने र साँझ परेपछि मदिरा सहितको यथेष्ट भोजनमा रम्न पाउँदा कार्यकर्ताहरुलाई भने ‘मस्ती’ नै भएको छ । चिनेका अनुहारहरु नै दैनिक फरक–फरक उम्मेद्वारका लागि भोट मागेर घरदैलोमै आउने भएका कारण सर्वसाधारण मतदाता भने कसलाई भोट दिने होला भनेर रनभुल्ल परेका छन् ।
अधिकांश उम्मेद्वारहरु विहान ६ बजेदेखि राती १२ बजेसम्म घरदैलो, पार्टी प्रवेश कार्यक्रम लगायतमा निरन्तर व्यस्त हुने गरेका छन् । प्रतिष्पर्धामा रहने उम्मेद्वारहरुले त झन अझ बढी खट्ने गरेका छन् । ‘‘विहान ६ बजेदेखि राती १२ बजेसम्म निरन्तर मतदाताको घरदैलोमा दौडिरहेको छु ।’’ मधेशी जन अधिकार फोरम नेपाल (लोकतान्त्रिक) का जिल्ला अध्यक्ष एवं क्षेत्र नं. ३ का उम्मेद्वार रामवली रायले भने–‘‘क्षेत्रका सबै मतदाताको घरमा पुग्ने हतारोले गर्दा भ्याई नभ्याई छ, खाना पनि आधा पेटमात्र खान भ्याईन्छ ।’’
रायले भनेजस्तै जिल्लाका अधिकाशं उम्मेद्वारहरुको दैनिकी यस्तै छ । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष एवं क्षेत्र नं. ५ का उम्मेद्वार जंगीलाल राय भन्छन्–‘‘अचेल हाम्रो सुत्ने र खाने ठेगान हुँदैन, भोट माग्दै जाँदा जहाँ पुग्यो, त्यही खाने र सुत्ने गर्छौं ।’’ आफू आधा पेट खाएर भनेपनि उम्मेद्वारहरुले सुरक्षा, प्रतिष्ठा, मतदातालाई प्रभाव पार्नुपर्ने लगायत कारणले अघिपछि नेताकार्यकर्ताहरुको लर्को नै राख्ने गरेका छन् । जीप, मोटरसाईकल जस्ता सवारी साधन पनि उतिकै हुन्छन् अघिपछि ।
आÇनो सास्तीका बाबजुद् उम्मेद्वारहरुले अघिपछि हिडने कार्यकर्ता र सवारी साधनहरुलाई भने पर्याप्त आहार दिनुपर्दछ, जुनकुरा आम सर्वसाधारण कसैबाट लुक्ने कुरै भएन । ‘‘सवारी साधनमा तेल, दैनिक भाडा त छँदैछ अघिपछि हिड्ने कार्यकर्ता मध्ये साँझ परेपछि मांसाहारीलाई मदिरा सहित मासुको परिकारका नास्ता र शाकाहारीलाई महंगा जुस सहितको नास्ता खुवाउने गरिएको छ ।’’ एक जानकारले भने–‘‘विशेषगरी घरदैलो कार्यक्रम गर्दा खाना, खाजा र सवारी साधनमा उल्लेख्य खर्च हुन्छ ।’’
दिनभर दुईहात जोडेर ‘जुमसुङ’ पर्दै नमस्कार मात्र गर्ने उम्मेद्वारहरुको अघिपछि हिड्ने नेता कार्यकर्ता भने चुरीफुरीले भरिपूर्ण हुन्छन् । ‘‘चुनाव त उम्मेद्वारलाई भन्दा नेता कार्यकर्तालाई लागेको छ ।’’ हरिवनका प्रेम महतले भने–‘‘जताततै नेता कार्यकर्ता चढेका जीप र मोटरसाईकलहरु राताम्मे बनेर हिडेका देखिन्छन् ।’’ जानकारहरुका अनुसार मोटरसाईकल हाँक्न नजान्नेहरुलाई सिक्ने, वरपरका ठाउँ नघुमेकाहरुलाई भ्रमण गर्ने, दैनिक मुख मिठ्याइलो खानेकुराको स्वाद लिने, जीपमा सरर.. चढेर हिड्ने लगायत अवसरहरुको उपयोग गर्छन कार्यकर्ताहरु । कतिपयले त आÇनै मोटरसाईकलको ट्यांकी ‘फूल’ गर्ने मौका समेत गुमाउँदैनन र मँसग ८–१० जना गाउँका अन्य केटाहरु पनि छन् भन्दै रकम समेत कुम्ल्याउँछन्, उम्मेद्वारहरुबाट ।
२४सै घण्टाजसो निकटका ८–१० जनाको समूहभित्र रहनुपर्ने हुनाले उम्मेद्वारहरुलाई भने बाहिरी अवस्था, विपक्षीको स्थान, चुनावी वातावरण आदिका बारेमा कम नै ज्ञान हुन्छ र उक्त समूहले भनेको कुरामा ढुक्क हुँदै विजयी हुने सपनाका साथ खर्चबर्चमा कुनै कञ्जुस्याँई गर्दैनन् उम्मेद्वारहरुले । विहान उठेदेखि राती अवेरसम्म जम्ल्याहा हात जोडेर मतदातासँग निहुरिने, जे भनेपनि हुन्छ मात्र भन्ने र नेता कार्यकर्ताले मागेको बेला खर्चबर्च दिने उम्मेद्वारहरुको दैनिकी नै छ, अचेल ।
दिनभर सुनसान रहने बजारका मदिरायुक्त होटलहरु साँझ छिप्पिदै गएपछि भरिभराउन हुने गरेको संग्रामपुर बजार स्थित मिठाई पसलकी सञ्चालिका सितादेवी साहले बताईन् । ‘‘मेरो मिठाई पसलमा विहान २–४ जना आउँछन् र दिनभर सुनसान नै हुन्छ ।’’ गत मंगलबार यस पंक्तिकारसँग साहले भनिन्–‘‘रातपरेपछि वरीपरीका भट्टीहरु उम्मेद्वारका अघिपछि हिड्ने नेता कार्यकर्ताले भरिभराउ हुन्छन् ।’’ संग्रामपुर जस्तो केही सानो बजारमा मिठाई पसल गरिरहेकी साहको भनाईले पनि उम्मेद्वारहरुको खर्च असिमित छ भन्ने कुरा प्रष्ट हुन्छ । सदरमुकाम मलंगवा, बरहथवा, इश्वरपुर, लालबन्दी, हरिवन, नवलपुर, नयाँरोड, कर्मैया लगायत स्थानका होटलहरु पनि साँझ परेपछि भरिभराउ नै हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । झण्डाबाल नेता कार्यकर्ताहरुले खाएको सम्पूर्ण बील सम्बन्धित उम्मेद्वारको खल्तीले कुरिरहेको हुन्छ । कतिपय केही बाठा उम्मेद्वारहरुले भने खाना र खाजा खाने थलो स्थायी रुपमा चुनेका छन्, क्याम्पीङको रुपमा । निश्चित स्थानमा संपूर्ण नेता कार्यकर्ताहरुलाई जम्मा पारेर आफैले पकाएको खाना र खाजा खुवाउने गरिएको छ ।
यता भोट मागेर दिनमै ५ जनासम्म उम्मेद्वारहरु घरदैलोमा आउने भएका कारण सर्वसाधारण मतदाता भने रनभुल्लमा पर्ने गरेका छन् । ‘‘हाम्रो गाउँबाट ४ जना उम्मेद्वार छन् ।’’ बबरगंजका रामनारायण महतोले भने–‘‘गाउँकै मान्छेलाई दिनुपर्ने त्यसमा पनि कसलाई दिने भन्दै मतदाता रनभुल्लमा परेका छन् ।’’ एउटै गाउँका नभएपनि लगातार रुपमा आइरहने फरक–फरक उम्मेद्वारहरुका कारण मतदाता कसलाई भोट दिनुहोला भनेर रनभुल्लमा पर्ने गरेका हुन् । अन्य बेलाको निर्वाचन भन्दा यसवर्ष अत्यन्त बढी उम्मेद्वार भएकाले पनि मतदाताहरु अन्यौलमा रहेको जानकारहरु बताउँछन् ।
जिल्लाका उम्मेद्वारले जति खर्च एवं तडकभडक गरेपनि २ सय ५५ जनाबाट ६ जनाले मात्र सभासद्को माला पहिरिने कटुसत्यलाई भने कसैले काट्न सक्ने अवस्था छैन ।

Wednesday, October 30, 2013

‘क्रान्तिकारीमा छुईन’

‘क्रान्तिकारीमा
छुईन’
सर्लाही समाचारदाता
लालबन्दी, कात्तिक १३ । सर्लाहीका विभिन्न संचार माध्यमबाट आफूलाई क्रान्तिकारी पत्रकार संघको सदस्य रहेको भनि आएको समाचार प्रति सामुदायिक रेडियो एकता लालबन्दीकी संचारकर्मी सचिता बुढाथोकीले गम्भिर ध्यानाकर्षण भएको जनाएकी छिन् ।
बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै बुढाथोकीले उक्त समाचारमा कुनै सत्यता नरहेको समेत दावी गरेकी छिन् । साथै उनले हचुवाको भरमा आÇनो नाम जोडेर संचारमाध्यममा समाचार प्रकाशन÷प्रशारण नगर्न समेत सम्बन्धित पक्षलाई सचेत गराएकी छिन् । मंगलबार हरिवनमा गठन गरिएको क्रान्तिकारी पत्रकार संघको सदस्यको रुपमा बुढाथोकीको नाम समेत विभिन्न सञ्चारमाध्यममा आएको थियो । आफू उपस्थित नै नभएको कार्यक्रमबाट गठन भएको संगठनको सदस्यमा नाम परेको देख्दा अचम्मित बनेको बुढाथोकीले बताईन् । बुढाथोकी नेपाली कांग्रेस निकट तरुण दल गाउँ कमिटी लालबन्दीकी सचिव हुन् ।

सर्लाहीका म्यादी रौतहट पठाईयो

सर्लाहीका म्यादी रौतहट पठाईयो
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक १३ । भागेका कारण अपुग भएपछि बुधबार सर्लाहीबाट ६० जना म्यादी प्रहरी रौतहट जिल्ला प्रहरी कार्यालयमा पठाईएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओलीका अनुसार वैकल्पिकमा नाम प्रकाशित भएका ६० जना म्यादी प्रहरीलाई नियुक्ति दिएर जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको हो । ‘‘तालिममा सहभागि म्यादीहरु भागेपछि अपुग भएका कारण माग भएअनुसार ६० जना आज पठायौं ।’’ प्रवक्ता ओलीले बुधबार सर्लाही दैनिकसँग भने–‘‘पहिला पनि ४१ जना वैकल्पिक म्यादीलाई नियुक्ति दिएर धनुषा र महोतरी पठाईसकेका थियौं ।’’  धनुषा र महोत्तरीबाट सर्लाही आएका एकहजार चारसय ६५ म्यादी प्रहरी मध्ये एकसय दुईजना भागेका छन् । अपुग भएपछि ८७ जना वैकल्पिक म्यादी मगाईपनि पूनः भागेका कारण हाल जिल्लामा एकहजार चारसय ५० जनामात्र म्यादी प्रहरीहरु रहेको प्रवक्ता ओलीले बताए ।
आवेदन लिने बेलामा भनिएको भन्दा कम सुविधा दिन लागिएको भन्दै म्यादी प्रहरीमा नियुक्ति लिएर तालिममा बसेकाहरु पनि भाग्ने क्रम जारी छ । पहिला नेपाल प्रहरीको जवानको दुईमहिना बराबरको संपूर्ण सेवा सुविधा दिने भनिएपनि हाल डेढ महिनाको मात्र दिने भनिएको र काम समेत अन्यत्रै जिल्लामा गर्नु परेको भन्दै म्यादी प्रहरी छाड्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको हो । एकहजार चार सय ६५ जनाको लागि भर्ना खुलेको भएपनि सर्लाहीमा ५ हजार भन्दा बढीले आवेदन भरेका थिए ।

घरदैलोमा व्यस्त उम्मेद्वारहरु

घरदैलोमा व्यस्त उम्मेद्वारहरु
सर्लाही समाचारदाता
हरिवन, कात्तिक १३ । आगामी संविधान सभा निर्वाचनका क्रममा बुधबार विभिन्न राजनैतिक दलका उम्मेद्वारहरुले घरदैलो र पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेका छन् ।
तराई मधेश सदभावना पार्टी नेपालका अध्यक्ष एवं क्षेत्र नं. ४ का उम्मेद्वार महेन्द्र राय यादव दुई दिनदेखि सदरमुकाम मलंगवामा भोट भाग्दै घरदैलो गरिरहेका छन् । सद्भावना अध्यक्ष राजेन्द्र महतो सहितका उम्मेद्वारहरुसँग प्रतिस्पर्धा रहेकाले यादव दुई सातादेखि क्षेत्रमै रहेर प्रचारप्रसारमा सक्रिय छन् । यादवको घरदैलो मलंगवा क्षेत्रमा अझै एक दुई दिन हुने सो पार्टीले जनाएको छ ।
त्यस्तै नेपाली कांगे्रस क्षेत्र नं. १ की उम्मेद्वार शुशिला कार्कीले बुधबार जब्दी र बसन्तपुरमा पार्टी प्रवेश सहित घरदैलो कार्यक्रम गरेकी छिन् । जब्दी गाविस–६ मा सम्पन्न कार्यक्रममा धनबहादुर घिसिङ, धनमाया घिसिङ, कृष्ण परियार, अजुध्य आचार्य र राजदेव महतो लगायत २० जना आफनो पार्टीमा प्रवेश गरेको कांगे्रसले दावी गरेको छ ।
त्यस्तै नेपाली कांगे्रस क्षेत्र नं. २ का उम्मेद्वार रामचन्द्र चौधरीले सासापुरमा घरदैलो गरेका छन् । सो अवसरमा मोटरसाईकल ¥याली समेत गरिएको कांग्रेसले जनाएको छ । त्यस्तै नेपाली काँगे्रसको आंयोजनामा भोली सर्लाहीको बबरगन्ज २ बडकुरुवामा आम सभा हुने भएको छ । चुनाव प्रचार प्रसार समिती क्षेत्र नम्वर ४ को आयोजनामा सभा हुन लागेको हो ।
त्यसैगरी नेपाली कांग्रेस सर्लाहीका सभापति एवं क्षेत्र नं. ४ का उम्मेद्वार लक्ष्मण रायले बबरगंजमा घरदैलो कार्यक्रम गरेका छन् । सद्भावना अध्यक्ष राजेन्द्र महतोको गाउँ बबरगंजमा विहिबार केन्द्रीय नेता धनराज गुरुङको प्रमुख आतिथ्यतामा क्षेत्रीय सभा समेत आयोजना गरिएको रायले बताए ।
त्यस्तै एकिकृत नेकपा माओवादी क्षेत्र नं. १ का उम्मेद्वार शम्भुलाल श्रेष्ठले जब्दीमा घरदैलो गरेका छन् । नेकपा एमालेका राष्ट्रिय अध्यक्ष झलनाथ खनाल समेत प्रतिष्पर्धामा रहेका श्रेष्ठको घरदैलोमा एमाओवादी सर्लाही इन्चार्ज अच्यूतम काÇले लगायत नेताहरुको उपस्थिती रहेको थियो ।
त्यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीका सर्लाही अध्यक्ष एवं क्षेत्र नं. ५ का उम्मेद्वार जंगीलाल रायले सिसौटियामा घरदैलो गरेका छन् । सिसौटियाको घरदैलो विहिबारसम्म जारी रहने अध्यक्ष रायले बताए ।
त्यस्तै राप्रपा क्षेत्र नं. २ का उम्मेद्वार किशोरबहादुर कार्कीले हरिवनमा घरदैलो गरेका छन् । विहानैदेखि लागेका उनी साँझ अबेरसम्म पनि घरदैलोमै क्रियाशिल थिए ।
५४ वटा दलबाट तथा स्वतन्त्र गरी जिल्लाभरका २ सय ५५ जना उम्मेद्वारहरु  हाल मतदाताको घरदैलोमा पुगेर भोट माग्ने कार्यमा भ्याईनभ्याई लागेका छन् ।

सिडिओ सहित सुरक्षा अधिकारीहरु सितामाढी जाने

सिडिओ सहित सुरक्षा अधिकारीहरु सितामाढी जाने
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक १३ । आगामी संविधान सभा निर्वाचनको सुरक्षा व्यवस्थालाई ध्यान दिदै विहिबार नेपाली र भारतीय सुरक्षा अधिकारीहरुबीच बैठक हुने भएको छ ।
सर्लाही सहित तीन जिल्लाका सुरक्षा अधिकारी र भारतको सितामाढी जिल्लाका सुरक्षा अधिकारीहरुबीच बैठक हुने प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले बताए । सितामाढीमा हुने बैठकमा महोत्तरी र रौतहटबाट पनि सुरक्षा अधिकारीहरुको सहभागिता रहनेछ । खुल्ला सिमाका कारण आगामी संविधान सभाको निर्वाचनका क्रममा हुन सक्ने आपराधिक घटनाहरु नियन्त्रण गर्नका लागि दुवै देशका सुरक्षा अधिकारीहरुबीच छलफल हुने प्रजिअ घिमिरेले बताए । हतियार ओसारपसार, अपराधिहरुले एक देशमा अपराधीक घटना गराएर अर्काे देशमा सुरक्षित ‘सेल्टर’ लिने जस्ता विषयहरुमा सुरक्षा व्यवस्थाबारे समन्वय गर्नका लागि सुरक्षा बैठक हुन लागेको बताईएको छ । १२ बजे सुरु हुने बैठकमा नेपालका तीनवटै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको सहभागिता रहने छ । बैठकले निर्वाचनको आसपासका तीन दिन सिमा क्षेत्रमा आवतजावत निषेध गर्ने लगायतका निर्णयहरु गर्ने बताईएको छ ।

डिआईजीद्वारा निरीक्षण

डिआईजीद्वारा निरीक्षण
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक १३ । आगामी संविधान सभा निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न बुधबार नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनका नायव महानिरीक्षक (डिआईजी) हरुले सर्लाहीमा निरीक्षण गरेका छन् ।
नेपाल प्रहरीको मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रमुख डिआईजी विज्ञानराज शर्माले जिल्ला प्रहरी कार्यालय मलंगवामा निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन समेत दिएका हुन । डिआईजी शर्माले निर्वाचनको सुरक्षा व्यवस्थाबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले बताए । अपरान्ह २ बजेतिर आएका डिआईजी शर्माले मलंगवामा आधा घण्टा विताएका थिए ।
त्यस्तै सशस्त्र प्रहरीको मध्य क्षेत्रीय कार्यालय पथलैयाका प्रमुख डिआईजी महावीर गुरुङले पनि बुधबार नै जिल्ला स्थित सशस्त्र प्रहरीका इकाईहरुको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन दिएका छन् । विहानै सर्लाही आएका गुरुङ साँझमात्र फर्केका थिए ।
‘‘डिआईजी साहेबबाट जिल्लाका ६ वटै क्षेत्रमा रहेका क्षेत्रीय निर्वाचन सुरक्षा वेसहरुको निरीक्षण भयो ।’’ सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय मलंगवाका नायव उपरीक्षक भरत बस्नेतले भने–‘‘निर्वाचनको सुरक्षाका लागि आवश्यक निर्देशन समेत दिनुभयो ।’’ सशस्त्र नायव महानिरीक्षक गुरुङले सशस्त्र प्रहरीको सर्लाही स्थित क्षेत्र नं. १ को सागरनाथ, २ को हरिवन, ३ को धरहरा, ४ को त्रिभुवननगर, ५ को सुन्दरपुर र ६ को बाराउद्योरण स्थित क्षेत्रीय निर्वाचन सुरक्षा वेसको समेत स्थलगत अवलोकन गरी जानकारी लिने र व्रिफिङको काम भएको नायव उपरीक्षक बस्नेतले बताए ।
निर्वाचनको विरोध गरिरहेको माओवादी बैद्यपक्ष सहितका दलहरुले पु¥याउन सक्ने अवरोध लगायतलाई मध्यनजर गर्दै नजिकिदो संविधान सभा निर्वाचनका लागि जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा निकायहरुले जनाएका छन् ।

द्वन्द्वपीडित बालबालिकालाई सहयोग

द्वन्द्वपीडित बालबालिकालाई सहयोग
सर्लाही समाचारदाता
घुर्कौली, कात्तिक १३ । चेतना सन्देश नेपालद्वारा घुर्कौलीमा सञ्चालित पञ्चइशाका द्वन्द्वपीडित बालगृहमा आश्रित बालिबालिका लाई वैदेशिक रोजगारीका क्रममा दुवईमा रहेका दुईजना दानविरले बुधबार सहयोग गरेका छन् ।
घुर्कौली गाविस–१ घर भई हाल रोजगारीका क्रममा दुवईमा रहेका कटक लामा एवं हरिवन गाविस–९ का विजय सुवेदीले बालबालिकाका लागि सहयोग गरेका हुन् । कटक लामाका १३ वर्षिय छोरा रोहित लामा र विजय सुवदीकी ३ वर्षिया छोरी प्रतिष्मा सुवदीबाट कलम कापि का साथै चामल , तिहारका सामाग्रीहरु हस्तान्तरण गरिएको बालगृहकी प्रिन्सिपल बेचि लुंगेलीले बताईन् ।

भट्टराईको घोषणा पत्र सार्वजनिक

भट्टराईको घोषणा पत्र सार्वजनिक
सर्लाही समाचारदाता
हरिवन, कात्तिक १३ । संविधान सभाका लागि क्षेत्र नं. २ का स्वतन्त्र उम्मेद्वार नवराज भट्टराईले बुधबार आÇनो घोषणा पत्र सार्वजनिक गरेका छन् ।
विहान गाविसको कार्यालय हरिवन परिसरमा रहेको पूर्व अध्यक्ष नारायण उप्रेतीको शालिकमा माल्यार्पण गर्दै घोषणा पत्र सार्वजनिक गरिएको भट्टराईले बताए । वामपन्थी आन्दोलनमा लामो समय विताएका भट्टराईले जिल्लाको विकास निर्माणमा प्रतिबद्धता सहितको घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
घोषणा पत्र सार्वजनिक अवसरमा विभिन्न शहिद परिवारका सदस्यहरुलाई समेत सम्मान गरिएको भट्टराईले बताए । कम्युनिष्ट योद्धा नारायण उप्रेतीकी आमा टिकालक्ष्मी उप्रेती, सहिद परिवारहरु केशव गौतम, लक्ष्मी गौतम, गणेशहरि अधिकारी लगायतलाई सम्मान गरिएको भट्टराईले जानकारी दिए । घोषणा पत्र भने पुराना कांग्रेस नेता एवं हाल जन कांग्रेसका कार्यवाहक अध्यक्ष शिवप्रसाद दहालले सार्वजनिक गरेका थिए ।
समग्र सर्लाही सहित विशेष गरी क्षेत्र नं. २ को विकास निर्माण एवं आम सर्वसाधारणको हकहितमा लड्ने प्रतिबद्धता जनाउँदै भट्टराईले आफूलाई अमूल्य मत दिएर विजयी गराउन समेत आग्रह गरे । उनको घोषणा पत्रमा राजनैतिक रणनीति, राज्य संचालन, शिक्षा र रोजगार, नागरिकता, औद्योगिक कार्यक्रम, स्वास्थ्य लगायत विषयमा प्रतिबद्धताहरु उल्लेख छन् । भट्टराई निरंकुश शासन कालमा भुमिगत बामपन्थी आन्दोलनमा सक्रिय थिए ।

मतपेटीका आयोे

मतपेटीका आयोे
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक १२ । मंसिर–४ गते हुने संविधान सभाको दोश्रो निर्वाचनका लागि प्रयोग हुने समानुपातिकको मत पेटिका जिल्लामा आएको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश अधिकारीका अनुसार समानुपातिक तर्फको मतदानका लागि प्रयोग हुने पाँचसय २८ थान मतपेटीका आएको छ । जिल्लामा पाँचसय पाँचवटा मतदान केन्द्र तोकिएकाले प्रत्येक केन्द्रमा एक÷एक वटा समानुपातिकको मत पेटिका र कर्मचारीलाई लक्षित गरी जिल्ला सदरमुकाममा एक गरी कुल पाँचसय छ वटा मत पेटिका प्रयोगमा आउने निर्वाचन कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए ।
प्रत्यक्षतर्फको मतदानका लागि भने जिल्ला मै मतपेटीका रहेको अधिकारीले बताए ।
निर्वाचनका लागि ७० भन्दा बढी सामग्रीको आइटम हुने भएको तर मतपत्र, स्वस्तिक छाप लगायत ५० वटा भन्दा बढी सामग्री आउन बाँकी रहेको निर्वाचन कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।
सेनाले खटिएको स्थानमा पाउने
नेपाली सेनाले खटिएकै स्थानबाट समानुपातिक तर्फ मतदान गर्न पाउने भएका छन् । निर्वाचनमा सेना फिल्डमै खटिएकाले पायक पर्ने मतदान केन्द्रमा गएर मतदान गर्न पाउने व्यवस्था भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
यसअघिको निर्वाचनमा नेपाली सेनाले नजिकको व्यारेकमा राखिएको मतपेटीका प्रयोग गर्नुपरेको थियो । निर्वाचनमा सम्बन्धित क्षेत्र (मतदाता नामावलीमा नाम समावेश भएका) मा भएका कर्मचारी, प्रहरी र सेनाले प्रत्यक्षतर्फको उम्मेद्वारलाई समेत मतदान गर्न पाउँछन् भने बाहिरकाले समानुपातिकमा मात्र मतदान गर्न पाउने छन् ।

आचारसंहिता पालना गर्न आग्रह

आचारसंहिता पालना गर्न आग्रह
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक १२ । जिल्ला न्यायाधिश एवं मुख्य निर्वाचन अधिकृत कृष्णकमल अधिकारीले निर्वाचनमा भाग लिएका राजनैतिक दल एवं उम्मेद्वारहरुलाई निर्वाचन आचारसंहिताको ख्याल गर्न आग्रह गरेका छन् ।
राजनैतिक दलहरु एवं उम्मेद्वारलाई निर्वाचन आचारसंहिताको ख्याल गरेर चुनाव प्रचारप्रसार गर्न आग्रह गर्दै पटक–पटक लिखित र मौखिक रुपमा सचेत गराईएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए । ‘‘आज विहान ‘मर्नीङ वाक’ जाने क्रममा एकजना उम्मेद्वारको पोष्टर जिल्ला अदालत भवनको कम्पाउण्ड वालमा टाँस्न भ्याईहालेछन् ।’’ जिल्ला न्यायाधिस समेत रहेका अधिकारीले भने–‘‘मैले तत्काल निर्वाचन अनुगमन अधिकृतलाई भनेर हटाउन लगाएँ ।’’
आचारसंहिता उल्लंघनका ठूला खाले घटनाहरु भएको जानकारीमा नआएको उल्लेख गर्दै मुख्य निर्वाचन अधिकृत अधिकारीले भएको थाहा पाईए र उजुरी परेमा कानून बमोजिम कार्वाही गरिने बताए । निर्वाचन आचारसंहिता पालनाबारे अनुगमन कार्य पनि जारी रहेको मुख्य निर्वाचन अधिकृत अधिकारीको भनाई थियो । राजनैतिक दल र उम्मेद्वारहरुबाट निर्वाचन प्रचारप्रसारमा प्रयोग हुने सवारी साधनको पास लिने क्रम पनि पहिलाको तुलनामा बढिरहेको अधिकारीले जानकारी दिए ।

माओवादीले भौतिक आक्रमण नगर्ने

माओवादीले भौतिक आक्रमण नगर्ने
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक १२ । नेकपा–माओवादी बैद्य पक्षले निर्वाचनको समयमा जिल्लामा कसैमाथि पनि भौतिक आक्रमण नगर्ने जनाएको छ ।
संविधान सभाको निर्वाचनमा सहमागि भएका उम्मेद्वारलाई निर्वाचनमा भाग नलिन बैचारिक रुपमा आग्रह गरिने तर भौतिक आक्रमण नगर्ने माओवादी जिल्ला ईन्चार्ज विश्वजीत डिसीले बताए । डिसीले भने –‘अन्यत्र जिल्ला के कारणले उम्मेद्वार माथि आक्रमण भयो भन्ने त्यो त्यहिको विषय होला तर सर्लाहीमा भने कसैमाथि पनि आक्रमण हुदैन ।’’ सहमति विनानै हुन लागेको संविधान सभा निर्वाचन नाटक मञ्चन मात्र भएको जनतालाई सम्झाउने र उम्मेद्वारलाई समेत चुनावमा भाग नलिन आग्रह गरिने डिसीको कथन छ ।
निर्वाचनमा भाग नलिन जिल्लाका सम्पूर्ण उम्मेद्वारहरुलाई पत्राचार गरिसकिएको उल्लेख गर्दै डिसीले अगाडि भने –‘अब पुनः साक्षत्कार र भेटघाट गर्ने कार्यक्रमलाई अगाडी बढाउछौं ।’ विगतमा भएको संविधान सभाको निर्वाचनले चार वर्षसम्म पनि संविधान बनाउन नसकेको उल्लेख गर्दै डिसीले ८० प्रतिशत काम सकिएको कुनै दलको घोषणा पत्रमा नसमेटिएकोले यो निर्वाचनले निकास ननिकाल्ने उल्लेख गरे । अघिल्लो संविधान सभामा दलहरु विच ९५ प्रतिशत सहमति भएको तर पाँच प्रतिशत कुरा नमिलेर सम्पूर्ण कार्य नै खराब भएकाले यसपाली अघिको सहमति सम्मपनि नपुग्ने डिसीले दावी गरे । गोलमेच सम्मेलनबाट निस्कीएको सहमतिसँगै संविधान सभाको निर्वाचन भएमा निर्वाचनको सार्थकता हुने नकपा–माओवादीको धारणा रहेको बताइएको छ ।

सुरक्षा समितिको बैठक सम्पन्न

सुरक्षा समितिको बैठक सम्पन्न
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक १२ । निर्वाचनको सुरक्षा व्यवस्था लगायत विषयमा मंगलबार जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न निर्णय गरेको छ ।
निर्वाचनसँग सम्बन्धी सामग्री मतदान केन्द्रसम्म ढुवानी, मतदात केन्द्र लगायतको सुरक्षा व्यवस्था लगायतमा विभिन्न निर्णय गरिएको समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले बताए ।
‘‘निर्वाचन सामग्री ढुवानी लगायत विषयमा छलफल गर्नुपर्ने भएकाले सुरक्षा समितिको बैठक बसेर विभिन्न निर्णय गरियो ।’’ प्रजिअ घिमिरेले भने ।
बैठकमा समितिका पदेन सदस्यहरु नेपाली सेनाको रिपुमद्र्धन गणका गणपति मनोज वैदवार, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक, सशस्त्र प्रहरीको सिमा सुरक्षा कार्यालय मलंगवाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डल, राष्ट्रिय अनुसन्धानका प्रमुख प्रनाउ माधव खतिवडा लगायतको उपस्थिती रहेको थियो ।
निर्वाचनको विषयमा छलफल एवं निर्णय गर्नुपर्ने भएकाले बैठकमा जिल्ला न्यायाधिस एवं मुख्य निर्वाचन अधिकृत कृष्ण कमल अधिकारी सहित ६ वटै क्षेत्रका निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश अधिकारी लगायतलाई पनि आमन्त्रित गरिएको प्रजिअ घिमिरेले बताए ।

नगरपालिकाले किला गाड्ने

नगरपालिकाले किला गाड्ने
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक १२ । मलंगवा नगरपालिका कार्यालयले केही दिनअघि अतिक्रमण हटाएको सडक क्षेत्रमा बुधबारबाट चार किल्ला तोक्ने भएको छ ।
पक्की ढल सहितको नाला निर्माण कार्यका लागि नगरपालिका कार्यालयले केही दिनअघि नगरपालिका कार्यालय देखि खानेपानी ट्यांकी सम्म सडकको क्षेत्रभित्र निर्माण गरिएका घर सहितका अतिक्रमित सामग्रही हटाएको थियो । अतिक्रमण हटाईएका उक्त सडक क्षेत्रमा नाला निर्माण कार्यका लाग सोमबारदेखि किल्ला गाडेर क्षेत्र छुट्याईने नगरपालिका प्रमुख रामचरित्र मेहताले बताए ।
‘‘अब तत्कालका लागि अतिक्रमण हटाईएका सडक किनारमा नाला निर्माण कार्य सुरु हुन्छ ।’’ नगरप्रमुख मेहताले भने–‘‘त्यताको निर्माण कार्य सकिएपछि अन्य क्षेत्रका सडक अतिक्रमणहरु पनि हटाउन सुरु हुन्छ ।’’ नाला निर्माण हुने सडक क्षेत्रमा रहेका अतिक्रमण सम्बन्धित नगरबासी स्वयंलाई हटाउन आग्रह गर्दै नगर प्रमुख मेहताले नहटाइए स्काभेटर लगाएर भत्काइने बताए ।

तीन अपाङ्ग समानुपातिकमा

तीन अपाङ्ग समानुपातिकमा
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक १२ । जिल्लाका तीन जना अपांगता भएका व्यक्तिहरु संविधान सभा–२ का लागि समानुपातिकमा सिफारिस भएका छन् ।
नेपाल लेवर पार्टीले तीन जना अपांगता भएका व्यक्तिलाई समानुपातिकमा राखेर नाम सिफारिस गरिएको पार्टी श्रोतले जनाएको छ ।
समानुपातिकमा रानिगंजका नारायण नेपाल, अत्रौलीका रेवती प्रसाद मैनाली र किशनपुरका सन्तोष यादव रहेका छन् । नाम सिफारिस भएका सन्तोष यादवले आफुहरुले मुख्य रुपमा अपांगता भएका व्यक्तिहरुको हक अधिकार स्थापित गर्ने कार्य गरिने बताए ।

रेडियो एकता चौथो वर्षमा

रेडियो एकता चौथो वर्षमा
सर्लाही समाचारदाता
लालबन्दी, कात्तिक १२ । सामुदायिक सञ्चार एकता सहकारी संस्था लिमटेडद्वारा सञ्चालित सामुदायिक रेडियो एकता ९२.४ मेगाहर्ज लालबन्दी  मंगलबारबाट चौँथो वर्षमा प्रवेश गरेको छ ।
समाजमा शान्ति, सदभाव र एकता कायम गर्ने उदेश्यका साथ २०६७ कात्तिक १२ गतेदेखि रेडियोको प्रसारण शुरु भएको रेडियोका अध्यक्ष बेनीबहादुर कार्कीले बताए । रेडियोका स्टेशन म्यानेजर कृष्ण थपलियाका अनुसार केही समयअघि ५ सय वाट क्षमतामा विस्तार गरिएको रेडियोबाट हाल १९ घण्टा नियमित प्रशारण भईरहेको छ

Monday, October 28, 2013

समानुपातिकमा नाम नपर्ने नेता कार्यकर्ता रुष्ट

समानुपातिकमा नाम नपर्ने नेता कार्यकर्ता रुष्ट
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ११ । समानुपातिक उम्मेद्वारको अन्तिम सूचीमा नाम नपरेपछि जिल्ला स्थित विभिन्न दलका नेता कार्यकर्ता रुष्ट बनेका छन् । अन्तिम सूची प्रकाशित नहुञ्जेल उत्साहपूर्ण ढंगले पार्टीको प्रचार प्रसारमा क्रियाशिल बनेका समानुपातिक उम्मेद्वारका आकांक्षी नेता कार्यकर्ताहरु हाल केही निष्क्रिय बनेका छन् भने कतिपयले त घरबाटै निस्कन छाडेको विभिन्न राजनैतिक दल सम्बद्ध स्रोतहरुको दावी छ ।
एकिकृत नेकपा (माओवादी), नेपाली कांग्रेस, नेकपा एमाले, मधेशी जन अधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, मजफो नेपाल लोकतान्त्रिक, सद्भावना लगायत जिल्लामा क्रियाशिल सम्पूर्ण पार्टीमा समानुपातिक उम्मेद्वारका आकांक्षी कार्यकर्ताहरु अन्तिम सूचीमा नाम नपरेपछि रुष्ट बनेको जानकारहरु बताउँछन् । प्राय दलहरुको ६ वटै क्षेत्रबाट ४० जनाभन्दा बढी      नेता कार्यकर्ताको नाम समानुपातिक उम्मेद्वारमा सिफारिस भएपनि अत्यन्त कम नामहरुमात्र अन्तिम सूचीमा परेका छन् । समानुपातिकमा नाम पारिदिने भन्दै जिल्ला नेतृत्वले विभिन्न पार्टीका नेता कार्यकर्तालाई आÇनो पार्टी प्रवेश गराएका थिए भने पार्टीको प्रचारप्रसारमा खटाएका थिए ।
एमाओवादीबाट जिल्ला इन्चार्ज अच्यूतम काÇले लगायत अधिकांश नेता कार्यकर्ताहरु समानुपातिक सूचीमा परेनन् । पार्टीका लागि लामो योगदान दिनुभएका नेताकार्यकर्ताहरुबाट समानुपातिक उम्मेद्वारको अन्तिम सूचीमा नामावली नपरेपछि गुनासो आउनु र चित्त दुःखाउनु स्वभाविक भएको इन्चार्ज काÇलेले बताए । ‘‘अन्य अवसरहरु पनि हुने हुनाले त्यस्ता नेता कार्यकर्ताहरुलाई स्थान दिईन्छ ।’’ काÇलेले भने । एमाओवादीबाट सर्लाही घर भएका काठमाण्डौमै क्रियाशिल प्रल्लाद बुढाथोकी तथा सर्लाहीमा क्रियाशिल ३ जना मात्र समानुपातिकको सूचीमा परेका छन् ।
नेपाली कांग्रेसबाट पूर्व सभापति एवं जिल्ला प्रचार प्रसार एवं अनुगमन निरीक्षण समितिका अध्यक्ष सत्यदेव सिंह दनुवार, पूर्व सभापतिहरु बाशुदेवशरण कोइराला, महेन्द्र साह, राष्ट्रिय सभाका पूर्व सदस्य भिखारी मन्सुर लगायत नेताहरु समानुपातिकका दावेदार आकांक्षी भएपनि अन्तिम सूचीमा परेनन् । उनीहरु समानुपातिक सूचीमा नपरेपछि रुष्ट बनेको पार्टी स्रोतले जनाएको छ । जिल्ला सभापति लक्ष्मण राय लगायतले जोडबल गरेपनि सत्यदेव सिंह दनुवार पार्टीको समानुपातिक सूचीमा परेनन् । ‘‘समानुपातिक सूचीमा पार्ने रणनीतिका साथ दनुवारलाई केही दिनअघि जिल्ला कार्यसमितिले गठन गरेको जिल्ला प्रचारप्रसार एवं अनुगमन समितिको अध्यक्ष बनाएको थियो ।’’ पार्टी स्रोतले भन्यो–‘‘सूचीमा नाम नपरेपछि हाल उनी केही निश्कृय समेत बनेका छन् ।’’ कांग्रेस सभापति राय लगायत नेता कार्यकर्ताले दनुवार तथा उनका समर्थक गाउँलेहरुलाई घरमै गएर सम्झाई बुझाई गरेको बताईएको छ ।  ‘‘धेरै साथिहरुबाट गुनासो आयो ।’’ कांग्रेस सभापति रायले भने–‘‘राजनीति गर्ने नेता कार्यकर्ताका लागि त्यस्ता अवसरहरु धेरै हुन्छन्, त्यसैले त्यस्ता अवसरहरुमा समेटौंला भन्दै सम्झाईएको छ ।’’ कांग्रेसबाट ३ जनामात्र समानुपातिक सूचीमा परेका छन् ।
नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति समेत रहेका दनुवार गत संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको उम्मेद्वार समेत रहेका थिए । सर्लाहीबाट कांग्रेसका समानुपातिक सूचीमा उपेन्द्र कुशवाह, हरेश महतो र कारोवती सिंह दनुवार मात्र परेका छन् । कांग्रेस नेतृ मिना पाण्डे र नेता अमरेश सिंहको सिफारिसमा मात्र उनीहरुको चयन भएको पार्टीस्रोतले बतायो ।
त्यस्तै एमालेबाट पनि जिल्ला स्तरमा क्रियाशिल कतिपय समानुपातिक उम्मेद्वारका आकांक्षी अन्तिम सूचीमा परेनन् । एमालेबाट ७ जनामात्र सुचिमा परेका छन् ।  ०६२÷०६३ को मधेश आन्दोलनताका लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेर सर्लाहीमा चर्चामा आएका हृदयनारायण चौधरी मधेशी जन अधिकार फोरम नेपालको समानुपातिक सभासद्को उम्मेद्वारमा परेनन् । फोरम नेपालको जिल्ला एवं केन्द्रीय नेताहरुसँगको वार्ताका क्रममा समानुपातिक उम्मेद्वार बनाउने सहमति भएपश्चात चौधरी केही समयअघि उक्त पार्टी प्रवेश गरेका थिए । अन्तिम समयमा आएर पार्टीले समानुपातिक उम्मेद्वार नबनाएपछि उनी रुष्ट बनेको निकट स्रोतहरुले जनाएका छन् । ‘‘उहाँले फोरम नेपालमा आर्थिक रुपले समेत योगदान दिनुभएको थियो ।’’ निकट स्रोतले भन्यो–‘‘तर पनि समानुपातिक उम्मेद्वारमा नाम नपरेपछि उहाँ दुःखीत्् हुनुहुन्छ ।’’ फोरम नेपालले सर्लाहीबाट विदेय क्षेत्र इन्चार्ज कृष्णदेव यादव बाहेक सम्पूर्ण ७ जना समानुपातिक उम्मेद्वार महिलालाई राखेको छ ।
मधेश आन्दोलनताका चर्चामा आएका चौधरीले ६ सय १ जना सभासद्ले नयाँ संविधान लेख्न नसकेकोप्रति व्यंग्य गर्दै आफू एक्लैले लेखेर मस्यौदाको रुपमा संविधानको खाका समेत सार्वजनिक गरेका थिए ।
अन्य विभिन्न पार्टीहरुबाट पनि समानुपातिक उम्मेद्वारको अन्तिम सूचीमा नाम नपरेपछि नेता कार्यकताहरु दुःखीत र रुष्ट बनेको बताईएको छ । नेता कार्यकर्ता भड्किने डरले कतिपय राजनैतिक दलहरुले भने समानुपातिक उम्मेद्वारको नामावली नै भन्न चाहिरहेका छैनन् । कतिपय नामहरु विभिन्न अन्य जिल्लाका नामसँग मिल्ने भएकाले जिल्ला नेतृत्वले ‘तपाईकै नाम हो’ भन्दै नेता कार्यकर्तालाई थम्थम्याउने गरेको जानकारहरु बताउँछन् ।

एमाओवादी इन्चार्ज नै छुटे

एमाओवादी इन्चार्ज नै छुटे
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ११ । एकिकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज अच्युतम काÇले नै फोटो सहितको मतदाता नामावलीमा परेका छैनन् ।
निर्वाचन कार्यालयको कमजोरीका कारण आÇनो नाम मतदाता नामावलीमा नपरेको काÇलेले बताए । मतदाता नामावलीमै नाम नभएकाले आफु पार्टीको समानुपातिक उम्मेद्वारको अन्तिम सूचीमा पर्नबाट वञ्चित भएको समेत काÇलेको भनाई थियो ।
‘‘मैले २०६८ साल असार २७ गते निर्वाचन कार्यालयमै गएर फोटो खिचाएको थिए ।’’ इन्चार्ज काÇलेले भने–‘‘तर खै के गरी हो मतदाता नामावलीमा मेरो नाम नै छैन ।’’
यसवर्ष काÇले मात्र हैनन् जिल्लाका अन्य नेताहरु पनि मतदाता नामावलीमा नपरेको बताईएको छ । आÇनो पार्टीका उम्मेद्वारलाई मत हाल्न मतदाताहरुमाझ आग्रह गर्दै हिड्ने जिम्मेवार नेता नै मतदाता नामावलीमा नहुँनुले सर्वसाधारण अचम्मित समेत बनेका छन् ।

सशस्त्रले कपडा समात्यो

सशस्त्रले कपडा समात्यो
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक १० । सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर ल्याउदै गरेको कपडा बरमद् गरेको छ ।
बोर्डर आउट पोष्ट      (बीओपी) खुटौनाको टोलीले मलंगवा नगरपालिका–१, भेडियाही नाका भएर साइकलमा ल्याउदै गरेको कपडा मुसैली चोकबाट पक्राउ गरीएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र झाले बताए । झाका अनुसार दुईवटा साइकलमा ल्याइएको करिब ५० हजार बराबरको कपडा सोमबार नै मलंगवा भन्सार कार्यालयमा बुझाइएको छ ।
सीमा सुरक्षा कार्यालय मलंगवाले चाडवाडको समयमा तस्करहरुले अबैध रुपमा पैठारी गर्ने हुनाले त्यस विरुद्ध कडा निगरानी सुरु गरिएको जनायो ।

कालाज्वर विरुद्ध ‘स्प्रे’ सम्पन्न

कालाज्वर विरुद्ध ‘स्प्रे’ सम्पन्न
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ११ । जिल्लाको कालाजार प्रभावित क्षेत्रमा लामखुट्टे नियन्त्रणका लागि ‘स्प्रे’ गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कालाज्वर प्रभावित क्षेत्रमा लामखुट्टे नियन्त्रणका लागि औषधी छर्कने कार्य (स्प्रे) गरिएको हो ।
कार्यालयका किटजन्य रोग नियन्त्रण फाँट प्रमुख पल्टु रायका अनुसार जिल्लाका हरिवन, राजघाट र बत्रौल गाविसमा ८२ जना व्यक्ति परिचालन गरी औषधि छर्कने कार्य गरिएको थियो । सेन्टफ्लाई नामक भुसुनाको टोकाइबाट कालाज्वर हुने र पानी जमेको खाल्डा, खुल्डी र ओसिलो ठाउँमा बस्ने सो भुसुना छ फिटको उचाईभन्दा माथि जान नसक्ने यादवले जानकारी दिए ।
यता स्प्रे गर्न आउने व्यक्तिले चामल, दाल, तरकारी माग्ने गरेको जनगुनासो आउने गरेको छ । घरघरमा स्प्रे गर्ने व्यक्तिले स्प्रेकार्य सकेपछि चामल, दाल, तरकारी माग्ने र नदिएमा गाली गर्ने गरेको हरिवनका एक गृहिणीले बताइन् ।
औषधि छर्कन प्रयोग गरिएका व्यक्तिलाई कार्यालयले दैनिक चारसय रुपैयाका दरले ज्याला उपलब्ध गराइएकोले सर्वसाधारण जनताले केही दिनु नपर्ने उल्लेख गर्दै किटजन्य रोग नियन्त्रण फाँट प्रमुख यादवले दुःख दिने व्यक्तिको नाम सहित उजुरी दिन आव्हान गरेका छन् ।

आचारसंहिता नियम उल्लंघन सच्चिएन

आचारसंहिता नियम उल्लंघन सच्चिएन
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ११ । मूलुकको कानून निर्माण गर्न जान लागेका राजनैतिक दल र उम्मेद्वारहरुले सामान्य नियम समेत पालना नगरेको पाइएको छ ।
देश र जनताका अधिकार संस्थागत गर्न संविधान लेखनका लागि संविधान सभाको निर्वाचनमा होमिएका दलहरुले नै निर्वाचन आयोगको आचारसंहित उल्लंघन गरिरहेका छन् ।
मंसिर–४ गते हुने निर्वाचनका लागि एक महिना अघि कात्तिक–४ गते देखिनै उम्मेद्वार र दललाई आचारसंहिता लागु भएको भएपनि सो पालना भने नभएको देखिएको छ । निर्वाचन आचारसंहितामा एक दलले दुईवटा र उम्मेद्वारले दुईवटा सवारी साधन निर्वाचनका लागि प्रयोग गर्न पाउने तर निर्वाचन अधिकृतको कार्यालयबाट स्वीकृती लिनुपर्ने भएकोमा जिल्लामा सोको कार्यान्वयन हुनसकेको छैन । जिल्लामा ५४ दलका र स्वतन्त्र गरी कुल दुईसय ५५ उम्मेद्वारहरुको मूख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालयमा रेकर्ड रहेता पनि सवारी अनुमति लिने संख्या न्यून रहेको छ । नियमानुसार ५४ दलको एकसय आठ र दुईसय ५५ उम्मेद्वारको पाँचसय दश गरी कुल छसय १८ सवारी साधन प्रयोग गर्न सकिने भएको तर आचारसंहिता लागु भएको आठ दिन वितिसक्दा समेत मुस्किलले ७५ वटा सवारी साधनको मात्र अनुमति भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयलले जनाएको छ । सवारी अनुमति नलिनेमा केही मूख्य दल सहितका केही स्वतन्त्र उम्मेद्वारहरु समेत रहेका कार्यालयले जनाएको छ ।
संविधान सभा निर्वाचनमा सहभागि एक पार्टी श्रोतका अनुसार अधिकांश उम्मेद्वार एवं दलहरुले भारतीय नम्बरका सवारी साधन प्रयोग भएकाले सबैको अनुमति लिन महँगो पर्ने भएका कारण सवारी अनुमति संख्यामा कमि आएको जनाएको छ ।
श्रोत भन्छ –‘भारतीय नम्बरको गाडीलाई अनुमति लिन भंसार काटेर जानुपर्छ र भंसार काट्दा एक÷दुई वटाको मात्र काटेर भंसार नकाटीएका सवारी ग्रामीण क्षेत्रमा संचालन हुन्छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र बहादुर धानुकले प्रहरीले एक÷दुई दिनपछि निर्वाचनमा खटिएका सवारी साधनको चेकजाँच गरिने र अनुमति प्राप्त नगरेका सवारी साधनलाई कारवाही गरिने बताए ।
आचारसंहिता पूर्ण रुपले पालना गर्न सोमबार राजनैतिक दललाई पत्राचार गरिसकिएको र नियम पालना नगरेको पाइएमा कारवाही गरिने निर्वाचन अनुगमन अधिकृत एवं मलंगवा नगरपालिका कार्यालयका कार्यकारी अधिकृत रामचरित्र मेहताले बताए । जिल्ला न्यायधिस एवं मुख्य निर्वाचन अधिकृत कृष्ण कमल अधिकारीले पहिलाको तुलनामा सवारीको पास लिने क्रम बढेको र त्यसमा मिडियाबाट पनि ठुलो सहयोग मिलेको बताए ।

‘परिवर्तनलाई नयाँ शक्ति आवश्यकता’

‘परिवर्तनलाई नयाँ शक्ति आवश्यकता’
सर्लाही समाचारदाता
लालबन्दी, कात्तिक ११ । संघीय गणतान्त्रिक समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष परशुराम तामाङले मुलुकमा भएका परिवर्तन संस्थागत गर्नका लागि नयाँ शक्तिहरुको आवश्यकता रहेको बताएका छन् ।
एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, मधेशवादी दलहरु जस्ता पुराना शक्तिहरुबाट मुलुकमा भएका परिवर्तनहरु संस्थागत हुन नसक्ने तामाङको दावी थियो । ‘‘गणतन्त्र, समानुपाति–समावेशी प्रणाली, धर्मनिरपेक्षता लगायत परिवर्तनहरु संस्थागत गर्न पनि नयाँ शक्तिहरुको आवश्यकता छ।’’सोमबार सर्लाही दैनिकसँग कुरा गर्दै अध्यक्ष तामाङले दावी गरे–‘‘उत्पीडित जातजाती र श्रमजीविहरुलाई समेट्दै हामी मुलुकको स्थिती समृद्ध पार्नेछौं ।’’
एकात्मक शासन प्रणालीको अन्त्य गर्दै जातिय र ऐतिहाँसिक आधारमा ९ वटा प्रान्त निर्माण गर्ने आÇनो पार्टीको धारणा रहेको तामाङले बताए । उत्पीडित वर्ग एवं श्रमिकहरुको हकहित सहित मुलुकको आमूल परिवर्तनका लागि स्थापना भएको आÇनो पार्टीले मुलुकभरका ४३ वटा जिल्लामा प्रत्यक्षतर्फ उम्मेद्वारी दिएको र समानुपातिक समेत जम्मा १६६ जना उम्मेद्वारहरु रहेको तामाङले बताए । तामाङ घेदुङका पूर्व राष्ट्रिय अध्यक्ष समेत रहेका तामाङले सर्लाहीबाट प्रत्यक्षतर्फ पार्टीका उम्मेद्वारहरुलाई सहयोग गर्न समेत अपिल गरे ।

परवानीपुरको ‘स्टुल’ काठमाण्डौ

परवानीपुरको ‘स्टुल’ काठमाण्डौ
सर्लाही समाचारदाता
परवानीपुर, कात्तिक ११ । परवानीपुरमा देखिएको झाडापखालाका विरामीबाट ‘स्टुल’ (दिसा) संकलन गरी परिक्षणका लागि काठमाण्डौ पठाईएको छ ।
सोमबार स्वास्थ्य सेवा विभागको रोग नियन्त्रण महाशाखा टेकुबाट आएको टोलीले परवानीपुरमै गएर विरामीहरुबाट ‘स्टुल’ संकलन गरेर लगेको लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट रोशन चौधरीले बताए ।  दुईजना ल्याब टेक्निसियनको टोली परवानीपुर आएको बताईएको छ । स्थानीय ल्याबबाट झाडापखालाको स्पष्ट कारण खुल्न नसकेपछि परिक्षणका लागि काठमाण्डौबाट टोली आएको हो ।
परवानीपुर गाविस–१, सतभैयामा गत शनिबारदेखि फैलिएको झाडापखालाको प्रकोप सोमबारबाट नियन्त्रणमा आएको चौधरीले जानकारी दिए । गत शनिबार लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्रमा आएका १७ जना विरामीमध्ये आईतबार १२ जना घर फर्किएका थिए भने सोमबार विहान बाँकी ५ जना विरामी पनि स्वास्थ्य सुधार पश्चात घर फर्किएका छन् । परवानीपुर गाउँमै स्वास्थ्य उपचारको लागि खटिएको टोली पनि फर्किसकेको चौधरीले बताए ।

सर्लाहीमा पनि स्काई प्रो सिम

सर्लाहीमा पनि स्काई प्रो सिम
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ११ । नेपाल टेलिकम मलंगवाले उच्चगतिको इन्टरनेट सेवा सहितको सिडिएमए स्काई प्रो सिम वितरण सुरु गर्ने भएको छ ।
२–४ दिन भित्रबाट उक्त सिम वितरण हुने टेलिकम मलंगवाका सिडिएमए शाखा प्रमुख सरोज महतोले बताए । स्काई प्रो का सिमहरुमा इन्टरनेट सेवा उच्चगतिले चल्ने बताईएको छ । पहिलाका सिडिएमए स्काई सिममा पनि इन्टरनेट सेवा चल्ने भएपनि गति कम रहेकाले नयाँ स्काई प्रो सिम उपभोक्ताहरुबीच लोकप्रीय हुने विश्वास महतोले व्यक्त गरे
त्यस्तै सिडिएमए (फिक्सड) सेट वितरण पूनः सुरु हुन लागेको समेत महतोले जानकारी दिए । प्रिपेड सिडिएमए सेट पनि २–४ दिनभित्र वितरण सुरु हुने महतोले बताए । पहिला ७ हजार ९ सय ९९ पर्ने सिडिएमएलाई ४ हजार ९ सय १० रुपैया पर्ने बताईएको छ । सिडिएमए लिन नागरिकता प्रमाणपत्रको प्रतिलिपि र १ प्रति फोटो समेत चाहिने महतोले बताए । नयाँ सिडिएमए लिँदा डाटा केबुल र डाटा एक्टिभेसनका लागि छुट्टै शुल्क नलाग्ने टेलिकमले जनाएको छ ।

चुनाव बहिस्कारका लागि अपिल

चुनाव बहिस्कारका लागि अपिल
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ११ । नेकपा    (एकिकृत) ले नजिकिदो संविधान सभा निर्वाचन बहिस्कार गर्न अपिल गरेको छ ।
मंसिर–४ को निर्वाचन नाटक मञ्चन मात्र भएकाले आफु लगायत ३३ दलिय मोर्चा विपक्षमा रहेको जनाएको छ । गोलमेच सम्मेलन मार्फत राष्ट्रिय सहमति गरी निर्वाचन प्रकृयामा सहमति मार्फत जानुपर्नेमा सो विपरित गएकाले मूलुकमा द्वन्द्व निम्त्याउने र ठुला भनाउँदा दलले एकाधिकार लाद्ने प्रवृतीबाट निर्वाचनको नाटक मञ्चन गरिएको पार्टीद्वारा जारी अपिलमा उल्लेख छ ।
देशभक्त, जनतान्त्रिक, अग्रगामी र क्रान्तिकारी सबैलाई पार्टीले यो निर्वाचन बहिस्कार गरी र राष्ट्रिय सहमतिका आधारमा संविधान सभाको निर्वाचन मार्फत देशको नयाँ संविधान निर्माणका लागि बातावरण बनाउन बहिस्कार आन्दोलनलाई सहयोग शुरु गर्न सबैमा आव्हान गरी अपिल सार्वजनिक गरेको छ । त्यस्तैगरी निर्वाचन बहिस्कारमा उत्रिएको नेकपा–माओवादी (बैद्यपक्ष) ले निर्वाचन बहिस्कारका तुलहरु विभिन्न क्षेत्रमा टाँगिन थालिएको जनाएको छ ।

परवानीपुरमा झाडापखालाको प्रकोप ः दुई दर्जन विरामी

परवानीपुरमा झाडापखालाको प्रकोप ः दुई दर्जन विरामी
सर्लाही समाचारदाता
परवानीपुर, कात्तिक १० । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित परवानीपुर गाविस–१, सतभैया गाउँमा शनिबारदेखि झाखा पखालाको प्रकोप फैलिएको छ । निरन्तर पखाला हुने, पेट दुख्ने, ज्वरो आउने, वान्ता हुने लगायतका लक्षण सहित उक्त गाउँका दुई दर्जन सर्वसाधारण विरामी भएका छन् । आईतबार साँझसम्म प्रकोपको कारण खुल्न सकेको छैन । बेलैमा झाडापखालाको प्रकोप नियन्त्रणमा नआए महामारीको रुप लिने सक्ने भयले स्थानिय बासिन्दा त्रसित छन् । ‘‘ल्याब परिक्षणका क्रममा ‘ब्याक्टेरिया इन्फेक्सन’ देखिएपनि स्पष्ट कारणहरु अझै खुल्न सकेको छैन ।’’ जिल्ला जन स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख सचिदानन्द देवले आइतबार सर्लाही दैनिकसँग भने–‘‘रोग नियन्त्रण महाशाखा काठमाण्डौमा जानकारी गराईसकेका छौं, उताबाट माग भएपछि विरामीको दिशा परिक्षण गर्न पठाउनेछौं ।’’
शनिबार विहानदेखि एक्कासी टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने र पखाला लाग्ने क्रम सुरु भएको थियो । दुषित पानीको कारण झाडापखाला रोग फैलिएको अनुमान गरिएपनि आधिकारिक रुपमा त्यसको पुष्टि हुन सकेको छैन । प्रकोप बढेपछि शनिबार विहानदेखि स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर समेत उपचार गरिरहेको जिल्ला जनस्वास्थ्य प्रमुख देवले बताए । ‘‘गाउँमै पनि औषधी सहित टोली खटिरहेको छ ।’’ देवले भने–‘‘लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्र ल्याईएका विरामीको पनि उपचार भैरहेको छ ।’’
लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराउन १७ जना आएको र आईतबार राती पनि ५ जना विरामी उपचाररत रहेका हेल्थ असिस्टेण्ट रोशन चौधरीले बताए । चौधरीका अनुसार परवानीपुर गाविस–१, सतभैयाका १७ वर्षिया होमकुमारी बम्जन, २४ वर्षिया चमेली माया, १८ वर्षिय कृष्णबहादुर दर्लामी, २५ वर्षिय टलकबहादुर राना र २३ वर्षिय भिमबहादुर दर्लामी अझैपनि लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्रमा परवानीपुर..........
उपचाररत छन् । उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । अन्य विरामी भने आइतबार दिउँसो घर फर्कीएका छन् । घर फर्किएका विरामीहरुलाई आइतबार रातीबाट पूनः टाउको दुख्ने, बान्ता हुने, पखाला लाग्ने, पेट दुख्ने समस्या देखिएको खबर आएको चौधरीले बताए । चौधरीका अनुसार परवानीपुर उपस्वास्थ्य चौकीका प्रमुख जयचन्द्र राय र लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्रका अहेब दिनेश कुमार सिंहको टोलीले गाउँमै रहेर केही विरामीको उपचार गरिरहेको छ । ‘‘पुरै गाउँमा एकै पटक झाडा पखाला फैलियो ।’’ स्थानीय दिलवहादुर रेग्मीले भने–‘‘टाउको दुख्ने, बान्ता हुने र पखाला लाग्ने भयो ।’’ एक्कासी धेरै बिरामी परेपछि चुनाव प्रचारप्रसारमा पुगेका उम्मेद्वारका गाडीमा उनीहरुलाई लालबन्दी स्थित अस्पताल ल्याईएको थियो । ‘‘चुनाव प्रचारका गाडी नभएको भए के हुन्थ्यो भन्न सकिन्न ।’’ रेग्मीले भने–‘‘धेरै जना बिरामी भएकाले आत्तिएर हामी त सोच्नै नसक्ने भएका थियौं ।’’
गाउँलेले प्रयोग गर्ने साझा इनारको पानी दुषित भएर झाडा पखाला फैलिएको अनुमान छ । बिरामी भई अस्पतालमा उपचारार्थ भर्ना भएका टलकबहादुर रानाले सधैं झैं खानेकुरा खाएकाले पानीकै कारण पखाला फैलिएको हुन सक्ने अनुमान गरे । ‘‘गाउँमा रहेको इनारको पानी खाने तल्लो टोलका मात्र सवैजसो बिरामी प¥यौं ।’’ रानाले भने–‘‘धाराको पानी खाने माथ्लो टोलका कोहीपनि विरामी भएका छैनन् ।’’
झाडा पखाला फैलिएको थाहा हुनासाथ स्वास्थ्यकर्मीको टोली गाउँमै खटिएकाले थप विरामी उपचारको लागि नआएको लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । सतभैयाको माथिल्लो टोलमा धाराको पानी प्रयोग हुने भएकाले बिरामी भएका छैनन् । इनार प्रयोग गर्नेमात्र बिरामी भएकाले पानी दुषित भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।
विरामीहरुको उपचार प्रकृया चलिरहेकाले प्रकोप पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । ‘‘झाडापखालाको प्रकोप थप फैलन नपाओस् भनेर स्वास्थ्यकर्मीको टोली गाउँमै खटाईएको छ ।’’ जनस्वास्थ्य प्रमुख देवले भने–‘‘माथिल्लो निकायमा पनि निरन्तर सम्पर्कमा छौं ।’’ उक्त इनारको पानी प्रयोग गर्ने सबैजना विरामी नभएकाले दुषित पानी नै भन्ने ठोकुवा गर्न नसकिएको जनस्वास्थ्य प्रमुख देवले बताए ।

सेनाको ‘स्ट्याण्डबाई’ टोली

सेनाको ‘स्ट्याण्डबाई’ टोली
सर्लाही समाचारदाता
नवलपुर, कात्तिक १० । आगामी संविधान सभा निर्वाचनका लागि दुईसयजनाको ‘स्ट्याण्डबाई’ टोली सहित सुरक्षा व्यवस्था मिलाईएको नेपाली सेनाको नेवलपुर स्थित रिपुमद्र्धन गणका गणपति मनोज वैदवारले बताएका छन् ।
‘‘गण अन्तर्गत नेत्रगंजको पाँचकुमारीमा सयजना तथा मलंगवामा सयजनाको टोली ‘स्ट्याण्डबाई’ राखिएको छ ।’’ गणपति वैदवारले भने–‘‘निर्वाचन विरुद्ध केही हुनेवितिकै उक्त टोली परिचालन हुनेछ ।’’  त्यस्तै निर्वाचनको सुरक्षाका लागि क्षेत्र नं. १ अन्तर्गत इश्वरपुरको वयलबास बजारमा, २ नं. क्षेत्रका लागि नेत्रगंज स्थित पाँच कुमारीमा, ३ नं. क्षेत्र अन्तर्गत कर्मैया गुल्म, ४ नं. क्षेत्रका लागि मलंगवा सेमु, ५ नं. क्षेत्रका लागि सुन्दरपुर र ६ नं. क्षेत्रका लागि खैर्वामा क्याम्प खडा गरेर सेनाको टोली परिचालन गरिएको गणपति वैदवारले बताए ।
पाँच कुमारी, कर्मैया र मलंगवामा सेनाको टोली यसअघि नै कार्यरत रहेको भएपनि सुन्दरपुर, खैर्वा र बयलवासमा भने नयाँ क्याम्प खडा गरिएको हो । हरेक क्याम्पमा ४० जनाको दरले रहेका सेनाको टोलीले निर्वाचन सुरक्षाको काम सुरु गरिसकेको गणपति वैदवारले बताए ।

‘मुलुक टुक्र्याउनबाट जोगाउने अन्तिम अवसर’

‘मुलुक टुक्र्याउनबाट जोगाउने अन्तिम अवसर’
सर्लाही समाचारदाता
हरिवन, कात्तिक १० । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई टुक्रिनबाट जोगाउन र हिन्दु राष्ट्र कायम राख्नका लागि आगामी संविधान सभा अन्तिम अवसर भएको बताएका छन् ।
मेची–महाकली राष्ट्रिय एकता रथयात्राका क्रममा आइतबार अपरान्ह हरिवनमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकको राष्ट्रिय एकता, अखण्डता एवं सार्वभौमिकता जोगाउनका लागि आगामी संविधान सभा नै अन्तिम अवसर भएको बताए । ‘‘जातीय आधारमा संघीय राज्य बनाएर देशलाई टुक्रयाउने प्रयास भईरहेको छ ।’’ अध्यक्ष थापाले भने–‘‘जातिय, धार्मिक, भाषिक रुपले मुलुकलाई एक बनाउने हाम्रो अभियान र लडाँई जारी छ, मुलुकलाई एक बनाईराख्ने हो भने हामीलाई सहयोग गर्ने तपाईहरुको अन्तिम अवसर हो, नत्र मुलुक कहाँ पुग्छ ठेगान छैन ।’’
जातीय आधारमा संघीय राज्य एवं हिन्दु राष्ट्रको अस्तित्व मेटिएको संविधान निर्माण भए त्यसलाई परिवर्तन गर्न करिब–करिब असम्भव रहेकाले बेलैमा त्यसप्रति सजग हुन समेत उनले आग्रह गरे । आम नेपाली जनतालाई सजग र सचेत बनाउँदै झकझक्याउन पनि चुनावको मुखैमा रथयात्रा गर्नु परेको उनले वताए । वैदेशिक शक्तिहरुले आÇनो धर्म र संस्कृतिको प्रभाव जमाउनका लागि खेल खेलीरहेको र त्यसमा प्रमुख दलहरुले साथ दिएकाले आम नेपालीको धार्मिक, साँस्कृतिक सहिष्णुता जोगाउन राप्रपा नेपाल निरन्तर लागिरहेको थापाको भनाई थियो । संसदबाट प्रधानमन्त्री छान्दा भारतको आर्शिवाद थाप्ने प्रमुख दलहरुको चलन रहेकोले उक्त प्रचलन तोड्नका लागि आम जनताको प्रत्यक्ष मतबाट कार्यकारी प्रधामन्त्री छनौट गरिनुपर्ने थापाको कथन थियो ।
गणतन्त्र, संघियता र धार्मिक स्वतन्त्रताको साझा एजेन्डामा ९५ प्रतिशत सहभागिता हुँदापनि गत संविधान सभाबाट नयाँ संविधान दिन नसक्ने दलहरु पूनः जनताको घरदैलोमा निर्लज्ज बनेर भोट माग्न आएको उनले बताए । उनले ठूला भनिने चार दलले मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाए ।
ठूला चारदलले शान्ति र संविधानको नाममा गरिब देशका गरिब जनताको करबाट संकलित एवं वैदेशिक ऋणबाट सय अर्ब भन्दा बढी बजेट स्वाहा पारेको अध्यक्ष थापाले दावी गरे ।  सत्ता र पैसाका लागि प्रमुख दलहरु लागि परेका कारण मुलुक परिवर्तन  र संविधान विहिन बनेको थापाको आरोप थियो । ‘‘लोडसेडिङको मार व्यहोरिरहेको मुलुकमा कुलेखानी जस्ता तीन ठूला योजना र अर्काे पूर्व पश्चिम राजमार्ग बन्न सक्ने बजेट स्वाहा पारियो ।’’ अध्यक्ष थापाले भने–‘‘फेरी पनि उहि एजेण्डा बोकेर ति तपाईहरु माँझ आएका छन् ।’’ चार ठूला दलले भोट माग्नआए पहिला सयचोटी कान समातेर उठबस् गराउन समेत थापाले आग्रह गरे ।
कार्यक्रममा बोल्दै पूर्व नायव बडागुरुज्यू एवं प्रध्यापक माधव भट्टराईले नेपालीको धार्मिक, सांस्कृतिक पहिचान गुम्ने अवस्थामा पुगेको उल्लेख गर्दै मुलुकको एकता, अखण्डता एवं सार्वभौमिकता सहित कला संस्कृतिको अस्तित्व जोगाउनका लागि आगामी संविधान सभाको निर्वाचनमा राप्रपा नेपाललाई सहयोग गर्न आग्रह गरे । ‘‘राष्ट्रिय एकतामा बाँधिएको नेपाललाई जातिय नाममा काँक्रोको चिरा जसरी टुक्र्याउन खोजिदै छ ।’’ भट्टराईले भने–‘‘मुलुकलाई टुक्र्याउनबाट जोगाउने अन्तिम अवसर आगामी संविधान सभाको चुनाव हो ।’’
सभामा राप्रपा नेपालका २ नम्बर क्षेत्रका उम्मेद्वार ध्रुव बुढाथोकीले स्वागत गरेका थिए । कार्यक्रममा पूर्व मन्त्री सोनेलाल राय, केन्द्रीय सदस्य नारायण श्रेष्ठ, राप्रपा नेपालका जिल्ला अध्यक्ष प्रभाकर सिंह लगायत जिल्लाका विभिन्न क्षेत्रका उम्म्देवारहरुको समेत उपस्थिती रहेको थियो । सभा पश्चात अध्यक्ष थापा नेतृत्वको रथयात्रा पूर्व मेचीतर्फ लागेको छ ।

सुरक्षाकर्मीहरुको काज फिर्ता

सुरक्षाकर्मीहरुको काज फिर्ता
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक १० । जिल्लामा कार्यरत नेपाल प्रहरीका विभिन्न ईकाईबाट आइतबार तीन दर्जन भन्दा बढी सुरक्षाकर्मीहरुलाई दरबन्दी भएकै स्थानमा रवाना दिईएको छ ।
‘‘आइतबारमात्र जिल्लाका विभिन्न स्थानबाट ३५ जना हाराहारीमा रवाना दिईएको छ ।’’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले भने–‘‘दुई–तीनदिनदेखि रवाना दिने काम भईरहेको छ ।’’ सर्लाही दरबन्दी भएका सुरक्षाकर्मीहरु पनि अन्यत्रबाट आउने क्रम केही दिनमै सुरु हुने उनले अपेक्षा गरे । ‘‘आउनेहरु पनि बाटैमा आउँदै होलान् ।’’ प्रहरी निरीक्षक ओलीले भने–‘‘काजमा रहेका अधिकांशलाई पठाई सकियो, अत्यन्त जरुरी पोष्टमा रहेका केहीलाई भने रवाना दिईएको छैन ।’’
प्रहरी प्रधान कार्यालयले निर्वाचन अघि नै काजमा रहेका सुरक्षाकर्मीलाई दरबन्दी भएको स्थानमा पठाउन निर्देशन दिएपछि नेपाल प्रहरीको मुलुकभरका ईकाईमा काज फिर्ताको लहर नै चलेको छ ।

मोटरसाईकल ठक्करबाट उम्मेद्वारका छोरा घाईते

मोटरसाईकल ठक्करबाट उम्मेद्वारका छोरा घाईते
सर्लाही समाचारदाता
इश्वरपुर, कात्तिक १० । मोटरसाईकलको ठक्करबाट राष्ट्रिय मधेश समाजवादी पार्टीका क्षेत्र नं. १ का उम्मेद्वार विन्दु साहका छोरा घाईते भएका छन् ।
आइतबार विहान साँढे १० बजे फूलजोर–इश्वरपुर सडकखण्ड  अन्तर्गत इश्वरपुर–४ मा बा. २३ प ९८६१ नम्बरको मोटरसाईकलले उम्म्देवार साहका ४ वर्षिय छोरा मनिषलाई ठक्कर दिएको थियो । इश्वरपुर गाविस–२ का २२ वर्षिय नविन लामाले चलाएको मोटरसाईकलले ठक्कर दिँदा मनिष गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । प्रहरीका अनुसार टाउकोमा चोट लागेका मनिषलाई उपचारका लागि वीरगंज स्थित मेडिकल कलेज लगिएको छ ।
त्यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्गर्त रानीगंजमा आइतबार विहान भएको मोटरसाईकल दुर्घटनामा एक महिला सहित दुईजना घाईते भएका छन् । पश्चिमबाट पूर्व गईरहेको बा. ४७ प १३४८ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा पैदल यात्री लक्ष्मिनिया–८, महोत्तरीकी ४२ वर्षिया इन्द्रकुमारी गोले घाईते भएकी छिन् भने मोटरसाईकल चालक अम्मले–९, सिन्धुली निवासी रमेश सुनुवार पनि घाईते भएका छन् । घाईते दुवैजनालाई लालबन्दीमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि भरतपुरतर्फ पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओलीले बताए ।

भौगोलिक आधारमा संघीयता

भौगोलिक आधारमा संघीयता
सर्लाही समाचारदाता
अत्रौली, कात्तिक १० । चुरे भावर राष्ट्रिय एकता पार्टीले आइतबार अत्रौलीमा सभा गरेको छ ।
सभालाई पार्टीका राष्ट्रिय अध्यक्ष एवं क्षेत्र नं. २ का उम्मेद्वार बद्री न्यौपानेले सम्बोधन गरेका थिए । जातिय आधारमा मुलुक टुक्र्याउन खोजिएकाले त्यसका विरुद्धमा पार्टी निरन्तर लडिरहेको अध्यक्ष न्यौपानेले बताए । संघीय राज्य निर्माण गर्दा जातीय आधारमा नभई भौगोलिक आधारमा गर्नुपर्ने पार्टीको अडान रहेको पूर्व मन्त्री समेत रहेका न्यौपानेले बताए ।
मुलुकलाई जातीय आधारमा गरिन लागिएको विखण्डन रोक्नका लागि आगामी चुनावमा चुरे भावर राष्ट्रिय एकता पार्टीलाई सहयोग गर्न समेत अध्यक्ष न्यौपानेले आग्रह गरे । कार्यक्रममा भावरका अन्य विभिन्न नेता कार्यकर्ताहरुले समेत मुलकुको हितका लागि अध्यक्ष न्यौपानेलाई जिताउनुपर्ने मन्तव्य राखेका थिए ।

गाविसको न्यूनतम शर्त मापन

गाविसको न्यूनतम शर्त मापन
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक १० । गाविसको न्यूनतम शर्त मापन तथा कार्य सम्पादन सम्बन्धि जानकारी दिदै आइतबार एकदिने कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको ९९ गाविसका न्यूनतम शर्त मापनका लागि छनौट भएका २५ जना मूल्यांकनकर्ता तथा सम्पूर्ण गाविस सचिव सहित सहभागि गराई कार्य सम्पादन बारे जानकारी दिइएको थियो ।
स्थानिय विकास मन्त्रालय अन्तर्गत वित्तिय आयोग सचिवालयका उपसचिव सालिग्राम सापकोटाको प्रमुख आतिथ्य एवं स्थानिय विकास अधिकारी उमेश बस्नेतको सभापतित्वमा संचालित कार्यक्रममा न्यूनतम शर्तमापन तथा कार्य सम्पादन गर्ने प्रकृयाको बुँदागत रुपमा जानकारी दिइएको थियो ।
कार्यक्रममा जिल्लाका आर्थिक रुपले सम्पन्न ठुला गाविसहरु बरहथवा, ईश्वरपुर र हरिवनमा न्यूनतम शर्त तथा कार्य सम्पादन सहितको मूल्यांकन सुचांकका आधारमा गरिनुपर्ने र बाँकी रहेका ९६ गाविसमा न्यूनतम शर्त मापनको मात्र मूल्यांकन गरिनुपर्ने जानकारी कार्यक्रमबाट पाइएको गाविस हकहित संरक्षण केन्द्रका अध्यक्ष हरिकान्त लाल कर्णले जानकारी दिए । गाविसको शर्त मापनका लागि छनौट भएका मुल्यांकनकर्ताले तुरुन्त कार्य संचालन गर्ने र उनीहरुको प्रतिवेदनको आधारमा गाविसको अवस्था (पास, फेल) छुट्टीने स्थानिय विकास अधिकारी बस्नेतले जानकारी दिए ।

चारदिनदेखि ठप्प नवलपुर–मलंगवा सडकखण्ड सुचारु

चारदिनदेखि ठप्प नवलपुर–मलंगवा सडकखण्ड सुचारु
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०९ । सडकखण्ड मर्मतको माग राखेर यातायात व्यवसायी हड्तालमा उत्रिएका कारण चार दिन ठप्प नवलपुर–मलंगवा सडकखण्ड शनिबार साँझबाट सुचारु भएको छ ।
शनिबार अपरान्हबाट नवलपुर–मलंगवा सडकखण्डमा मर्मतको काम सुरु भएकाले सार्वजनिक यातायातका साधनहरु चलाउन सुरु गरिएको सर्लाही बस व्यवसायी संघका सचिव रोशन अधिकारीले बताए । नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत अत्यन्त खाडलहरु बनेको कविलासी गाविस स्थित सिर्सियामा मर्मतको काम सुरु भएकाले सार्वजनिक यातायात सुरु गरिएको सचिव अधिकारीले जानकारी दिए ।
सर्लाही बस व्यवसायी संघले नवलपुर–मलंगवा सडकखण्डमा मर्मत संभारका लागि ग्रेडर सहितका उपकरणहरु चलाउन सुरु नभएसम्म सार्वजनिक यातायात बन्द राख्ने निर्णय गरेको थियो । सडकमा यातायात नै चलाउन नहुने गरी भएको खाल्डा खुल्डी मर्मत नभएसम्मका लागि २५ किलोमिटर नवलपुर–मलंगवा सडकखण्डमा कुनैपनि भाडाका सवारी साधन नचलाउने निर्णय सर्लाही यातायात व्यवसायी संघले गत मंगलबार गरेको थियो । संघको निर्णय अनुसार बुधबारदेखि उक्त सडकखण्डमा सार्वजनिक सवारी साधन चलेका थिएनन् ।
सडक पूर्ण रुपमा जिर्ण भएपनि सम्बन्धित निकायले मर्मतका लागि कुनै वास्ता नगरेपछि यातायात व्यवसायी अनिश्चित हड्तालमा उत्रिएका कारण गत बुधबारदेखि नवलपुर–मलंगवा सडकखण्डमा सार्वजनिक सवारी साधन चलेका थिएनन् । चारदिनदेखि सार्वजनिक सवारी साधन नचलेका कारण उत्तरी क्षेत्रबाट सरकारी काम परेर सदरमुकाम मलंगवा जानुपर्ने सर्वसाधारण तथा दैनिक कार्यालयमा काम गर्न जानुपर्ने कर्मचारी एवं दक्षीणी क्षेत्रबाट पूर्व–पश्चिम राजमार्ग क्षेत्रतर्फ आउनुपर्ने सर्वसाधारण मारमा परेका थिए । शनिबारसाँझदेखि सार्वजनिक सवारी साधन सुचारुसँगै जिल्लाका आमसर्वसाधारणले राहत महसुस गरेका छन् ।
नवलपुरदेखि मलंगवासम्मको २५ किलोमिटर दुरीमा आधा घण्टा मात्र समय लाग्नुपर्ने भएपनि जिर्ण सडकका कारण दुई घण्टासम्म लाग्ने गरेको र सवारी साधनमा टुट्फुट् एवं दुर्घटना समेत बढेका कारण अनिश्चितकालिन हड्तालमा उत्रनु परेको सर्लाही बस व्यवसायी संघका अध्यक्ष शिवशंकर रायले बताए । बुधबारदेखि सुरु भएको यातायात व्यवसायीको हड्तालका कारण नवलपुर–मलंगवा सडकखण्डमा निजी सवारी साधनमात्र सुचारु थिए । उक्त सडकखण्डामा ओहोरदोहोर गर्ने सार्वजनिक सवारी साधनहरु नवलपुर तथा मलंगवामै थन्केर बसेका थिए ।
जिर्ण सडकका कारण आगामी संविधान सभा निर्वाचनको सुरक्षा व्यवस्थामा समेत गम्भिर कठिनाई परेको जनाउँदै गत असोज १४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले समेत सडक मर्मतका लागि पहल गर्न गृहमन्त्रालय समक्ष माग गरेको थियो । प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले सडक खण्ड जीर्ण भएका कारण सुरक्षा व्यवस्थामा नै कठिनाई परेकाले मर्मत संभारका लागि माथिल्लो निकायमा लिखित निर्णय नै गरेर आग्रह गर्नु परेको बताए ।
नागरिक समाज सर्लाहीका अगूवा उग्रकान्त झाले नेपाल सरकारका सम्बन्धित निकाय तथा उक्त सडक पुनर्निर्माणको जिम्मेवारी लिएको भारतीय ठेकेदारको लापरवाही एवं उदासिनताका कारण तोकिएको समयमा काम नभएको आरोप लगाए । ‘‘तोकिएको समयभित्र सडक निर्माणको काम नहुनुमा नेपाल सरकार र भारतीय ठेकेदार दुवैपक्षबाट उतिकै कमजोरी देखिएको छ ।’’ झाले भने–‘‘दुवैपक्षले गम्भिर भएर अगाडी बढे २५ किलोमिटर सडक निर्माणको काम गर्न कुनै गाह्रो छैन ।’’
गत विहिबार भौतिक योजना तथा निर्माण मन्त्रालयमा नेपाल र भारत सरकारका सहसचिव नेतृत्वको टोलीबीच भएको बैठकमा पनि हालसम्मको प्रगति एवं कामको मुल्यांकन र समिक्षा भएको थियो । नवलपुर–मलंगवा सडकखण्ड सहित तराईमा निर्माण कार्य सुरु भईरहेको सडकहरुको नेपाल सरकारको तर्फबाट काम हेर्ने हुलाकी राजमार्ग आयोजनाका प्रमुख विरेन्द्र वादे श्रेष्ठले भारत सरकारबाट नवलपुर–मलंगवा सहित काम रोकिएका सडकखण्डहरुमा तत्काल मर्मतको काम सुरु गराउने प्रतिबद्धता आएको बताए ।
३० महिनाभित्र उक्त सडक निर्माण कार्य सक्नेगरी नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुसार २०६८ साल वैशाख २९ गतेबाट भारतीय ठेकेदार कम्पनी भिश्वा कन्ट्रक्सनले काम सुरु गरेको थियो । तर काम सुरु भएको झण्डै २९ महिना वित्न लाग्दा समेत २५ किलोमिटर सडकखण्डको २ प्रतिशत पनि काम भएको   छैन । सम्झौता अनुसार उक्त ठेकेदार कम्पनीले आगामी कातिक २६ गते भित्र सडक निर्माणको काम सक्नुपर्ने हुन्छ । तर हालसम्म सडक नाप्ने र कतै कतै खोतल्ने काम मात्र भएको तथा केही महिनादेखि त ठेकेदारले पूर्ण रुपमा काम नै रोकेकाले सम्झौता अवधी भित्र सडक निर्माणको काम सम्पन्न नहुने निश्चित भएको छ । तलब नपाएका कारण हाल उक्त कम्पनिका मजदुरले समेत काम छाडेको बताईएको छ ।

मःमः पसलबाट हजारौं आम्दानी गर्छन् दिदीबहिनी

मःमः पसलबाट हजारौं आम्दानी गर्छन् दिदीबहिनी
सर्लाही समाचारदाता
हरिवन, कात्तिक ०९ ।  कमाउनका लागि वैदेशिक रोजागारीमा जाने लहर नै चलेको छ । स्वदेश तथा आÇनो ठाउँमा केही काम पाईएन वा गर्न सकिएन भन्दै कामका लागि विदेशिने पुरुषको लहर अनगिन्ती नै छ र महिलाहरु समेत उल्लेख्य संख्यामा विदेशिरहेका छन् ।
तर त्यस्ता महिलाहरुलाई हरिवन स्थित एकै घरका दिदीबहिनी मःमः पसल सञ्चालनबाट मासिक हजारौं आम्दानी गरेर उदाहरणीय बनेका छन् । हरिवन गाविस–२ स्थित एकै घरमा जेठानी र देउरानी क्रमशः लक्ष्मी भट्टराई र पुजा भट्टाराईले घुम्ती मःमः पसल सञ्चालन गरी मासिक एकलाख भन्दा बढीको कारोबार गर्ने गरेका छन् । ‘‘दिनको तीन हजार ३५ सयको व्यापार हुन्छ ।’’ लक्ष्मीले भनिन्–‘‘दैनिक १५ सय देखि दुईहजारसम्म नाफा हुन्छ ।’’
स्थानीय हरिवन बजार र गाउँहरुमा ठेला घुमाएर चलाउने उनीहरुको पसलमा मःमः र चाउमिन पाईन्छ, त्यो पनि साकाहारी मात्र । ‘‘दिउँसो २ बजेदेखि घरबाट निस्कन्छौं ।’’ पुजाले भनिन्–‘‘साँझ ७ बजेतिर घर फर्कन्छौं ।’’ तीन महिनादेखि सुरु गरेको उनीहरुको घुम्ती पसलमा जुनसुकै चोक चौराहामा मःमः र चाउमिन खानेको भिड लागिहाल्छ । दुवैजना गाह्रो नमानिकन हाँसी–हाँसी मिजासिलो व्यवहारमा ग्राहकको सन्तुष्टिमा जुट्ने गर्दछन् ।
२५ हजार रुपैयाबाट व्यवसाय सुरु गरेको लक्ष्मीले बताईन् । लागत कम मिहिनेत बढी लाग्ने उनीहरु दुवैजना यो व्यवसायबाट सन्तुष्ट पनि छन् । ‘‘घर व्यवहार चलाउन मज्जाले पुगेको छ ।’’ दुवैजनाले हँसिलो अनुहारमा भने । उनीहरुले पोखरामा बस्दा मःमः र चाउमिन बनाउन सिकेका हुन् । सँगै मःमः पसल चलाउँने उनीहरु दुवैजनाका श्रीमानहरु पनि विदेशमा सँगै काम गर्ने गर्दछन् ।
एउटै घरका जेठानी देउरानीबीच झैझगडा एवं कपाल भुत्लाभुत्ली समेत हुने गरेका अनेकौं उदाहरणबीच अत्यन्त मिलनसार बनेर व्यवसाय गर्दै लक्ष्मी र पुजा सामाजिक रुपले अनुपम नमूना बनेका छन् । ‘‘अधिकांश घरमा जेठानी र देउरानीबीच झैझगडा हुने गर्दछ ।’’ हरिवनमा थापा वैष्णव होटल चलाईरहेका चन्द्रबहादुर थापाले भने–‘‘यी जेठानी–देउरानीले भने असाध्यै मिलेर पसल चलाईरहेको देख्दा अचम्म लाग्छ ।’’
ठूला–ठूला सपना देख्ने र सानो खालका काम गर्न हिच्किचाउने प्रचलन बढ्दै गएकाले वेरोजगारको समस्या बढ्दै गएको जानकारहरु बताउँछन् । काम सानो हुँदैन, खाली बसेर मानो भरिदैन भन्ने भनाईलाई मनन् गर्ने हो भने आÇनै गाउँ घरमा पनि स्वरोजगार बन्न सकिने दिदीबहिनीको मःमः पसल स्पष्ट उदाहरण हो ।

बैंकमा चोरी

बैंकमा चोरी
सर्लाही समाचारादाता
मलंगवा, कात्तिक ०९ । बैंकको सामान चोरी गर्दै गर्दा मलंगवाका एक यूवक पक्राउ परेका छन् । सदरमुकाम मलंगवा स्थित डेभलपमेन्ट बैंक लि. को सामग्री चोर्दै गर्दाको अवस्थामा मलंगवा–२ का मुकेश यादव पक्राउ परेका हुन् ।
अभियुक्त यादवले बैंकको मूल गेटको ताल्चा खोलेर कार्यालय भित्र पसी कम्प्युटर निकाल्दै गरेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वी नारायण ओलीका अनुसार खुकुरीको सहायताले यादवले बैंकको लकर खेल्ने प्रयास गरेको भएपनि असफल भएका थिए । बैंकको सुरक्षाकर्मी (गार्ड) को लापरवाहीका कारण बैंकमा चोरीको प्रयास भएको उल्लेख गर्दै प्रहरी प्रवक्ता ओलीले बैंकमा ठुलो चोरीको प्रयास भएको तर यादव एक्लै भएर विफल भएको बताए ।
एक साता अघि पनि प्रहरीले लागुऔषध दुव्र्यसनीका रुपमा यादवलाइ पक्राउ गरेको तर घर परिवारले काठमाण्डौं स्थित कलेजमा पढ्ने र दशैंमा घरमा आएको उल्लेखगरी तुरुन्त काठमाण्डौं पठाउने शर्तमा छोडिएको प्रहरी श्रोतले बतायो ।
यादवले शुक्रबार घरमा ल्यापटप, कम्प्युटर किन्न अभिभावकलाई आग्रह गरेका तर उनलाई सामान किन्न परिवारले अस्वीकृत गरेपछि शनिबार विहानै घर छोडेका खुलेको प्रहरी निरीक्षक ओलीले जानकारी दिए । जिल्लामा बढ्दो लागुऔषधको प्रयोगले खासगरी यूवाहरुमा असर परेको र दुव्र्यसनी भएपछि विभिन्न अपराध गर्ने उदृत हुने गरेकोको बताइएको छ ।

दुध उत्पादक किसान मर्कामा

दुध उत्पादक किसान मर्कामा
सर्लाही समाचारदाता
हरिवन, कात्तिक ०९ । दुधको उचित बजार नभएका कारण जिल्लाका दुध उत्पादक किसान मर्कामा परेका शनिबार हरिवनमा आयोजित एक कार्यक्रममा उल्लेख गरिएको छ ।
पशुपंक्षी प्रवद्र्धन निर्देशानलय हरिहर भवन ललितपुरले आयोजना गरेको असल
दुध उत्पादन र उपयोग प्रवद्र्धनका लागि क्षेत्रिय सचेतना गोष्ठीमा सो कुरा उल्लेख गरिएको हो । जिल्लाका दुग्ध उत्पादक किसान, दुग्ध सहकारी संस्थाका प्रतिनिधी, दुधडेरी संचालक लगायत सहभागि कार्यक्रममा जिल्लामा दुधको बजार नभएका कारण किसानले पानी भन्दा सस्तोमा दुध बेच्नुपरेको बताएका थिए । दुधको बजार तथा जिल्लाका दुध खपतका लागि सरकारले पाउडर दुध उद्योग स्थापना गरिनुपर्ने कार्यक्रममा माग गरिएको थियो । किसानको मागलाई सम्बोधन गर्दै पशुपंक्षि प्रर्बद्धन निर्देशनालयका निर्देशक केशव प्रसाद प्रेमीले दुध चिस्यान, प्रसोधन केन्द्र स्थापनाका लागि कात्तिक–१३ गते भित्र जिल्ला पशुसेवा कार्यालय मलंगवामा आवेदन दिन आग्रह गरेका थिए ।
निवेदन पश्चात छानविन, अध्ययन गरेर कार्य गर्न सकिने उल्लेख गर्दै प्रेमीले दुध चिस्यान केन्द्रका लागि ऋणमा तीन प्रतिशत र दुध प्रशोधन केन्द्रका लागि ५० प्रतिशतसम्म सरकारले अनुदान दिने जानकारी दिए । पशुसेवा कार्यालयका प्रमुख डा. जगविर यादवको सभापतित्वमा संचालन भएको कार्यक्रममा क्षेत्रिय पशुपंक्षी प्रवद्र्धन मध्यमाञ्चल निर्देशक दामोदर सेडाई, वरिष्ठ पशु विकास अधिकृत माधव प्रसाद अर्याल, मलंगवा नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहता, हरिवन गाविस सचिव राजकुमार थापा लगायतका व्यक्तिहरुको उपस्थिती थियो ।

नागरिक समाजको जिम्मा झालाई

नागरिक समाजको जिम्मा झालाई
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०९ । सदरमुकाम मलंगवामा शनिबार भएको भेलाले नागरिक समाज सर्लाहीको सम्पूर्ण जिम्मेवारी अगूवा उग्रकान्त झालाई दिएको छ ।
कृष्णादेवी उमावि मलंगवा परिसरमा शनिबार विहान भएको भेलाले नागरिक समाज सर्लाहीको तर्फबाट हुने सम्पूर्ण कामहरुको जिम्मेवारी आफूलाई दिएको झाले बताए । झाका अनुसार कार्यक्रममा नागरिक समाज सर्लाहीका संयोजक नन्दलाल राय, उपसंयोजक रामदेव ठाकुर लगायतले वर्तमान परिस्थितीमा राजनैतिक कार्यभार सम्हाल्नु परेकाले तत्कालका लागि नागरिक समाज सर्लाहीको पदभारबाट मुक्त गर्न आग्रह गरेका थिए । राय एमाओवादी को तर्फबाट क्षेत्र नं. ६ मा उम्मेद्वार बनेका छन् भने ठाकुर राजेन्द्र महतो नेतृत्वका सद्भावनाको चुनाव प्रचारप्रसारमा क्रियाशिल छन् । ठाकुर सद्भावना सम्बद्ध बुद्धिजीवी मञ्चका अध्यक्ष हुन् ।
भेलाले आगामी संविधान सभाको निर्वाचन सम्पन्न नभएसम्मका लागि नागरिक समाज सर्लाहीको संपूर्ण जिम्मेवारी झालाई दिने निर्णय गरेको थियो। भेलामा मानवअधिकारकर्मी मुकेश मिश्र, खुटौनाका यूवा दिलीप साह लगायतले स्वतन्त्र ढंगले निर्वाचन अनुगमनमा सहयोग पु¥याउने प्रतिबद्धता समेत जनाएको झाले बताए । निर्वाचनको गतिविधी लगायत आचारसंहिताको उल्लंघन लगायत विषयमा नागरिक समाज सर्लाहीले प्रभावकारी अनुगमन गर्ने समेत झाको प्रतिबद्धता थियो ।

सामाजिक परिचालन तालिम सम्पन्न

सामाजिक परिचालन तालिम सम्पन्न
सर्लाही समाचारदाता
चन्द्रनिगाहपुर, कात्तिक ०९ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रा (यूएनडिपी) को सहयोगमा सञ्चालित शान्तिका लागि जीविकोपार्जन कार्यक्रम अन्तर्गतका सामाजिक परिचालकहरुको तालिम सम्पन्न भएको छ ।
रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न पाँच दिवसीय तालिममा सर्लाहीका विभिन्न ३२ वटा गाविसमा सञ्चालन भईरहको जीविकोपार्जन कार्यक्रम अन्तर्गतका ३२ जना सामाजिक परिचालक सहभागि रहेका थिए । युएनडीपिको सहयोगमा सर्लाहीका विभिन्न ३२ वटा गाविसमा कार्यक्रम सञ्चालन गरिरहेको ग्रामीण विकास संस्था हरिवन–६, नयारोडका अध्यक्ष गजेन्द्र साहका अनुसार कार्यक्रम संयोजक रमा पौडेल र अधिकृत नरेन्द्र झाले समेत तालिम लिएका थिए । कार्यक्रममा यूएनडीपिका सामाजिक परिचालन विशेषज्ञ देवेन्द्र यादव र रौतहट जिल्ला संयोजक जफिर अन्सारीले सहजिकरण गरेका थिए ।

झलनाथलाई जिताउने भेला

झलनाथलाई जिताउने भेला
सर्लाही समाचारदाता
लालबन्दी, कात्तिक ०९ । नेकपा एमालेका राष्ट्रिय अध्यक्ष झलनाथ खनाललाई जिताउन शनिबार लालबन्दीमा सम्बद्ध जनवर्गीय संगठनहरुको भेला सम्पन्न भएको छ ।
लालबन्दीमा भएको भेलाले क्षेत्र नम्बर १ बाट एमालेको तर्फबाट उम्मेद्वारी दिएका राष्ट्रिय अध्यक्ष खनाललाई जिताउनका लागि व्यापक प्रचारप्रसार गर्ने निर्णय गरेको हो । भेलामा एमाले सम्बद्ध यूवा, विद्यार्थी, बुद्धिजीवी, दलित, महिला लगायत जनबर्गीय संगठनका प्रमुखहरुको उपस्थिती रहेको बताईएको छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य परशुराम मेघी गुरुङ, एमाले नेतृ रामकुमारी झाँक्री, एमाले अञ्चल नेता लक्ष्मण पौडेल, जिल्ला अध्यक्ष मनोज देवकोटा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम एमाले क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय लालबन्दी प्रांगणमा भएको थियो ।

कांग्रेसको प्रचारसमिति

कांग्रेसको प्रचारसमिति
सर्लाही समाचारदाता
नेत्रगंज, कात्तिक ०९ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ का उम्मेद्वार रामचन्द्र चौधरीलाई जिताउनका लागि नेत्रगंज गाविसमा शनिबार प्रचारप्रसार समिति गठन गरिएको छ ।
नेत्रगंज गाविस–३ स्थित कांग्रेसका वयोवृद्ध नेता एवं पूर्व जिल्ला सभापति बासुदेवशरण कोइरालाको निवासमा भएको भेलाले एकसय पाँच सदस्यीय प्रचारप्रसार समिति गठन गरेको हो । नेत्रगंज गाउँ समितिका अध्यक्ष उद्यव पौडेलको सभापतित्वमा भएको भेलाले इस्किलाल पासवानको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको कांग्रेस नेतृ भवानी कोइरालाले बताईन् । समितिको उपसंयोजकमा हस्तबहादुर खड्का रहेका छन् भने बासुदेव शरण कोइराला, मेघराज कोइराला, निर्माण कुमार चालिसे लगायत एकसय पाँचजना सदस्य रहेका छन् ।
भेलामा बोल्ने वक्ताहरुले नेपाली कांग्रेसका उम्मेद्वार रामचन्द्र चौधरीलाई अत्याधिक बहुमत दिलाएर जिताउनका लागि व्यापक प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाएका थिए । प्रचारप्रसार समितिले गरेको कामको मूल्यांकन एवं समिक्षाका लागि आगामी कात्तिक १६ गते भेला समेत राखिने नेतृ कोइरालाले बताईन् ।

चुनाव प्रचारप्रसारको नयाँ शैली फेसबुक

चुनाव प्रचारप्रसारको नयाँ शैली फेसबुक
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०८ । आÇना गतिविधि प्रस्तुत गर्ने तथा विचारहरु तत्काल व्यक्त गर्ने माध्यमको रुपमा प्रयोग गरिने सामाजिक सञ्जाल फेसबुकलाई आगामी संविधान सभा निर्वाचनका उम्मेद्वारले प्रचारप्रसारको माध्यमको रुपमा प्रयोग गर्नका थालेका छन् । विभिन्न राजनैतिक दल तथा शुभेच्छुकहरुले उम्मेद्वारहरुको फोटो, नारा, प्रतिबद्धता सहित फेसबुकमा प्रचार प्रसार तिब्र बनाएका छन् । अचेल फेसबुक खोल्ने वितिकै अधिकांश ‘एकाउण्ट’मा उम्मेद्वारहरुकै प्रचार प्रसार देखिन्छ । सर्लाहीका कतिपय उम्मेद्वारहरुको प्रचार प्रसारमा पनि फेसबुक ‘एकाउण्ट’ प्रयोग हुन थालेका छन् ।
चुनावी प्रचारप्रसारको नयाँ शैलीको रुपमा सामाजिक सञ्जाल फेसबुकको प्रयोग व्यापक बन्दै गएको छ ।  साथीहरुबीच सम्पर्क स्थापित गरी जानकारी आदानप्रदान गर्ने उद्देश्यले सञ्चालित फेसबुकलाई यतिखेर विभिन्न राजनीतिक दल, उम्मेद्वार र उम्मेदवारका शुभेच्छुकले प्रचारप्रसारको नयाँ शैलीको रुपमा प्रयोग गरिने माध्यम अपनाईएको छ । विभिन्न राजनैतिक दलले आ–आÇना फेसबुक ‘एकाउण्ट’बाट केन्द्रीय रुपमै थालेको प्रचार प्रसार अभियान  जिल्ला  जिल्लामा  र
उम्मेद्वार स्वयं वा शुभेच्छुक नेता कार्यकर्ताहरुले पनि आ–आÇनो ‘एकाउण्ट’लाई प्रयोगको माध्यम बनाउन सुरु गरेका छन् । सर्लाहीमा पनि यस्तो प्रचारको शैली बढ्दो छ ।
एक दशकअघिसम्म ग्रामीण भेगका मतदातालाई आकर्षित पार्नका लागि उम्मेदवारले नाच गर्ने टोलीको माध्यमद्वारा प्रचारप्रसार गराउने गर्थे । ती टोलीले उम्मेदवारको चरित्रका साथै गरिने विकास कार्य गीतको माध्यमबाट गाउँदै मतदातालाई रिझाउने प्रयास गर्थे । उतिखेर कुन उम्मेदवारद्वारा सञ्चालित नाच राम्रो, गल्ली गल्लीमा म्याकिङ प्रचारको शैली कसको राम्रो भन्ने विषयमा आमनागरिकले चर्चा गर्ने गर्दथे । कसको साईकल ¥यालीको लस्कर लामो ? जस्ता कुराहरु चर्चाको विषय बन्थे । त्यसकारण उम्मेदवारले त्यस्ता माध्यमबाट मतदातालाई खुसी पार्न प्रयासरत रहन्थे ।
समयले कोल्टे फेर्दै गएसँगै प्रचार प्रसारमा संचार प्रविधिको प्रयोग पनि थपिएको छ । पूराना प्रचार प्रसारका शैली हराउँदै नयाँ शैलीको रुपमा फेसबुकको प्रयोग थप भएको छ । समयको परिवर्तनसँगै शिक्षा र इन्टरनेट सञ्जालको विकास भएपछि यसको भरमग्दुर फाइदा उठाउँदै शिक्षित मतदातासमक्ष आÇना विचार पु¥याउनका लागि राजनीतिक दल, उम्मेदवार र शुभेच्छुकले यसको महत्व सम्झेर फेसबुकको सदुपयोग गर्न थालेका छन् ।  आधुनिक मोबाइल फोनमा इन्टरनेटको सुविधा रहेकाले अधिकांश मोबाइल प्रयोगकर्ताले फेसबुक चलाउने गर्छन् । साथीहरुको कुरा पढेर सम्बन्ध बनाउने माध्यमको रुपमा परिचित फेसबुकले त्यस्ता मतदातालाई आकर्षित गर्न सकिने मनसायका साथ यसको प्रयोग गर्न थालिएको हो ।
नेकपा एमाले क्षेत्र नं. २ का उम्मेद्वार सुरेन्द्र लामाले शुभेच्छुकहरुले फेसबुकबाट पनि प्रचार प्रसार गरिरहेको बताए । जिल्ला स्थित अन्य उम्मेद्वारहरुले पनि प्रचारप्रसारको माध्यम फेसबुकलाई बनाउन सुरु गरेका छन् । आर्थिक रुपमा नाममात्रैको खर्च लाग्ने र निर्वाचन आचारसंहिताले समेत नछोएकाले फेसबुक प्रयोग बढेको जानकारहरु बताउँछन् । अचेल प्रायसँग ल्यापटप, स्मार्टफोन, कम्प्यूटर जस्ता फेसबुक खोल्न प्रयोग हुने साधनहरु हुने भएकाले पनि फेसबुक प्रचारप्रसार प्रभावकारी बन्दै गएको छ ।
प्रचारप्रसारको माध्यम फेसबुकलाई अपनाउनु सकारात्मक भएको नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष रोशन न्यौपाने बताउँछन् । ‘‘प्रविधिको सदुपयोग गर्नु सकारात्मक कुरा हो ।’’ अध्यक्ष न्यौपानेले भने–‘‘इन्टरनेटको सहजता बन्दै गएपछि यसको प्रयोगले थप व्यापकता पाउनेछ र तडकभडक खालका प्रचारप्रसार शैली हराउँदै जानेछन् ।’’ पश्चिमा देशहरुमा इन्टरनेट लगायत संचार साधनलाई उपयोग गर्ने बाहेक तडकभडकयुक्त शैली हराउँदै गएको उल्लेख गर्दै अध्यक्ष न्यौपानेले नेपालमा पनि इन्टरनेट सेवा सहज बन्दै गए यस्तो शैलीले थप व्यापकता पाउँदै जाने बताए ।

काठ ल्याउँदा प्रहरी बीच कुटाकुट

काठ ल्याउँदा प्रहरी बीच कुटाकुट
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०८ । काठको विषयलाई लिएर विहिबार राती प्रहरी विच कुटाकुट भएको छ ।
इलाका प्रहरी कार्यालय ईश्वरपुरको टोलीले वनबाट दाउरा ल्याउँदा फुलजोर प्रहरीले रोकेपछि बढेको विवाद पश्चात सामान्य कुटाकुट भएको स्थानीय एक प्रत्यक्षदर्शीले बताए ।
प्राप्त जानकारी अनुसार दाउराको रुपमा केही ठुला काठ समेत रहेकाले फुलजोर प्रहरीले रोकेपछि विवाद बढेको थियो ।
दाउराभन्दा ठुलो काठ कार्यालयको सामाग्री बनाउन प्रयोग गरिनका लागि ल्याइएको प्रहरी श्रोतले जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वी नारायण ओलीले प्रहरी बीच कुटाकुट नभएको र सामान्य घटनालाई अतिरंजित गरि प्रचार गरिएको बताए ।
शुक्रबार फुलजोर प्रहरीले चारवटा सालका काँचा लाथ्रा जिल्ला वन कार्यालयमा बुझाएको निमित्त जिल्ला वन अधिकृत विनोद सिंहले बताए ।

आचारसंहिता उल्लंघन जारी ः प्रहरी मुकदर्शक

आचारसंहिता उल्लंघन जारी ः प्रहरी मुकदर्शक
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०८ । निर्वाचन आचार संहिता लागू भएको ४ दिन वितिसक्दा समेत सर्लाहीका राजनैतिक दल र उम्मेद्वारहरुले सवारी साधनको अनुमति नलिएर त्यसको उल्लंघन गरेका छन् ।
निर्वाचन आयोगले गत कात्तिक ४ गते सोमबारदेखि आचार संहिता लागू गरेको भएपनि जिल्लामा क्रियाशिल राजनैतिक दल र उम्मेद्वारहरुले सवारी साधनको पास लिनेजस्तो सामान्य कामको समेत उल्लंघन गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी भरत घिमिरेका अनुसार शुक्रबारसम्म पनि सबै दल र उम्मेद्वारले सवारी साधनको पास लगेका छैनन् । दुई दर्जन हाराहारीमा मात्र राजनैतिक दल र उम्मेद्वारहरुले सवारी साधनको पास लिएका छन् ।
गत असोज २२ गते मंगलबार पत्रकारिता विकास प्रतिष्ठानद्वारा मलंगवामा आयोजित ‘संविधान सभा निर्वाचन ः सुरक्षा र चुनौती’ विषयक अन्तरक्रियामा आचारसंहिताको पूर्ण पालना गर्ने जिल्ला स्थित मुख्य राजनैतिक दलका प्रमुखहरुले प्रतिबद्धता व्यक्त गरेका भएपनि लागू भएको ४ दिनसम्मपनि सवारीसाधनको पास नलिएर आचार संहिता उल्लंघन जारी राखेका छन् ।
‘‘जिल्ला स्थित निर्वाचनमा भाग लिएका राजनैतिक दलहरुलाई आचारसंहिता पालना गर्न आग्रह गर्दै केही दिनअघि नै पत्राचार गरिसकेका छौं ।’’ मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश कृष्ण कमल अधिकारीले सर्लाही दैनिकसँग भने–‘‘जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पनि पास लिएको सवारी साधनको विवरण सहित बोधार्थ गरेका छौं ।’’ उनले सबैले सवारी साधनको पास नलगेका भएपनि लिन आउने क्रम बढिरहेको बताए । ‘‘शुक्रबार पनि सवारी साधनको पास लिन आउने क्रम बढिरहेको थियो ।’’ उनले भने–‘‘आचार संहिता उल्लंघनबारे अनुगमन अधिकृत नै थप गरेर अगाडी बढ्ने प्रयास भईरहेको छ ।’’
प्रचार प्रसारका लागि एउटा राजनैतिक दलले २ वटा तथा एक उम्मेद्वारले २ वटाका दरले हल्का सवारी साधन प्रयोग गर्न पाउने आचारसंहितामा उल्लेख छ । सर्लाहीमा ५४ वटा दलले उम्मेद्वारी दिएका छन् भने स्वतन्त्र सहित जम्मा २ सय ५५ जना उम्मेद्वार कायम छन् । आर्थिक व्ययभार लगायत विविध कारणले कतिपय उम्मेद्वारले सवारी साधन प्रयोग नगर्ने भएपनि जिल्लाका अधिकांश राजनैतिक दल तथा उम्मेद्वारले पार्टीको झण्डा र चुनाव चिन्हले रंगीचंगी बनाएर प्रचारप्रसारमा जीपहरु प्रयोग गरिरहेको सबैको सामुन्ने छर्लंग छ । झण्डा नटाँगिएका मोटरसाईकल त मुस्किलले भेटिन्छ ।
जिल्ला प्रहरी कार्यालयले दुईदिन भित्र सवारी साधनको पास नलिए कार्वाही प्रकृया अगाडी बढाउने भनेर गत बुधबार र विहिबार दिनभर सदरमृकाम मलंगवामा माइकिङ र सार्वजनिक सूचना टाँस गरेको थियो । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट पास नलिएको सवारी साधन भेटिए शुक्रबारदेखि कार्वाही गर्ने प्रतिवद्धता सहित अगाडी बढेको जिल्ला प्रहरी कार्यालयले त्यसतर्फ प्रभावकारी कदम चाल्न सकेको छैन । आÇनै अगाडी पास नलिएका दर्जनौं सवारी साधनहरु ठूला–ठूला झण्डा र पोष्टर टाँगेर गुडिरहेपनि प्रहरी प्रशासन मुकदर्शक बनेको सर्वसाधारणले गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले शुक्रबारबाट धमाधम पास लिने र भारतीय सवारी साधनको भन्सार काट्ने काम भईरहेकाले केही लचकता अपनाईएको बताए ।
नागरिक समाज सर्लाहीका सदस्य उग्रकान्त झाले जिल्लामा राजनैतिक दल र उम्मेद्वारहरुबाट आचार संहिताको चरम उल्लंघन भईरहेको बताए । ‘‘राजनैतिक दल र उम्मेद्वारहरुबाट आचार संहिताको चरम उल्लंघन भईरहेको छ ।’’ झाले सर्लाही दैनिकसँग शुक्रबार भने–‘‘सम्बन्धित निकायले गम्भिर भएर आचार संहिता लागू गराउनुपर्छ, नत्र स्वच्छ र भयरहित निर्वाचन कागजमा मात्र सिमिति हुन्छ ।’’ झाले नागरिक समाज सर्लाहीमा आबद्ध गाउँ–गाउँमा रहेका नागरिक समाजका सदस्यहरुलाई समेत आचार संहिता उल्लंघन लगायत निर्वाचन गतिविधिको बारेमा जिल्ला शाखामा जानकारी गराउन आग्रह गरेका छन् । निर्वाचनको गतिविधि, आचार संहिता उल्लंघन लगायत बारेमा छलफल गर्न शनिबार विहान मलंगवामा नागरिक समाजको भेला राखिएको झाले बताए ।
मुलुकको मूल कानून बनाउने माध्यमको रुपमा रहेको संविधान सभाको निर्वाचनमा सहभागि राजनैतिक दल र कानून बनाउने सभासद्मा निर्वाचित हुन प्रतिष्पर्धा गरिरहेका संविधान सभाका उम्मेद्वार स्वयंले निर्वाचन आयोगद्वारा जारी आचारसंहिता (नियम) को उल्लंघन गरेर लज्जाजनक व्यवहार प्रस्तुत गरेको सर्वसाधारणले महसुस गरेका छन् ।

ढिस्कोले पुरिएर युवकको मृत्यु

ढिस्कोले पुरिएर युवकको मृत्यु
सर्लाही समाचारदाता
रानीगंज, कात्तिक ०८ । तिहारमा घर पोत्नका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर शुक्रबार साँझ सर्लाहीको रानीगंजका एक युवकको मृत्यु भएको छ ।
रानीगंज गाविस–४ का १८ वर्षिय रमेश महतोको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । उनीसँगै माटो लिन गएका १९ वर्षिय शुशिल महतो भने ढिस्कोले पुरिएर घाईते भएका छन् । उनलाई उपचारका लागि महोतरीको बर्दिबासतर्फ लगिएको प्रहरीले जनाएको छ ।
रानीगंज गाविस–२ स्थित चक्रे खोला किनारमा माटो खन्ने क्रममा साँझ साँढे ४ बजेतिर दुईजनालाई माटोको ढिस्कोले पुरेको थियो । प्रहरीका अनुसार उनीहरु दुईजना टायरगाढा लिएर तिहारमा घर पोत्नका लागि माटो लिन गएका थिए ।

Sunday, October 27, 2013

कामसुरु नभएसम्म यातायात बन्द

कामसुरु नभएसम्म यातायात बन्द
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०८ । सडकखण्ड मर्मतको माग राखेर यातायात व्यवसायी हड्तालमा उत्रिएका कारण तेस्रो दिन शुक्रबार पनि नवलपुर–मलंगवा सडकखण्डमा सार्वजनिक सवारी साधन चलेनन् ।
सडक पूर्ण रुपमा जिर्ण भएपनि सम्बन्धित निकायले मर्मतका लागि कुनै वास्ता नगरेपछि यातायात व्यवसायी अनिश्चित हड्तालमा उत्रिएका हुन् । तीनदिनदेखि सार्वजनिक सवारी साधन नचलेका कारण उत्तरी क्षेत्रबाट सरकारी काम परेर सदरमुकाम मलंगवा आउनुपर्ने र दक्षिणी क्षेत्रबाट पूर्वपश्चिम राजमार्ग क्षेत्रमा जानुपर्ने सर्वसाधारण तथा सदरमुकाम मलंगवा स्थित कार्यालयमा दैनिक काम गर्न आउनुपर्ने कर्मचारी मारमा परेका छन् ।
मर्मत संभारका लागि ग्रेडर सहितका उपकरणहरु चलाउन सुरु नभएसम्म यातायात बन्द जारी रहने सर्लाही बस व्यवसायी संघका अध्यक्ष शिवशंकर रायले बताए । सडकमा  काम..........
यातायत नै चलाउन नहुनेगरी भएको खाल्डा खुल्डी मर्मत नभएसम्मका लागि २५ किलोमिटर नवलपुर–मलंगवा सडकखण्डमा कुनैपनि भाडाका सवारी साधन नचलाउने निर्णय सर्लाही यातायात व्यवसायी संघले गत मंगलबार गरेको थियो । संघको निर्णय अनुसार बुधबारदेखि उक्त सडकखण्डमा सार्वजनिक सवारी साधन चलेका छैनन् । नवलपुरदेखि मलंगवासम्मको २५ किलोमिटर दुरीमा आधा घण्टा मात्र समय लाग्नुपर्ने भएपनि जिर्ण सडकका कारण दुई घण्टासम्म लाग्ने गरेको र सवारी साधनमा टुट्फुट् एवं दुर्घटना समेत बढेका कारण अनिश्चितकालिन हड्तालमा उत्रनु परेको अध्यक्ष रायले बताए ।
बुधबारदेखि सुरु भएको यातायात व्यवसायीको हड्तालका कारण नवलपुर–मलंगवा सडकखण्डमा निजी सवारी साधनमात्र सुचारु थिए । मलंगवा जाने सार्वजनिक बस तथा सवारी साधनहरु नवलपुरमै थन्केर बसेका छन् भने नवलपुरतर्फ आउने सार्वजनिक सवारी साधन मलंगवामै थुप्रेर बसेका छन् ।
जिर्ण सडकका कारण आगामी संविधान सभा निर्वाचनको सुरक्षा व्यवस्थामा समेत गम्भिर कठिनाई परेको जनाउँदै गत असोज १४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले पनि सडक मर्मतका लागि पहल गर्न गृहमन्त्रालय समक्ष माग गरेको थियो ।
नवलपुर–मलंगवा सडकखण्डमा आगामी आइतबारबाट भारतीय ठेकेदार कम्पनी भिश्वा कन्स्ट्रक्शनले मर्मत संभारको काम सुरु गर्ने प्रतिबद्धता जनाएको छ । बिहिबार भौतिक योजना तथा निर्माण मन्त्रालयमा भएको बैठकमा भारतीय ठेकेदार कम्पनी भिश्वाका प्रतिनिधिले आगामी आइतबारदेखि नवलपुर–मलंगवा सडकखण्डमा मर्मत संभारको काम सुरु गर्ने प्रतिबद्धता जनाएका हुन् । मन्त्रालय अन्गर्त हुलाकी राजमार्ग आयोजनाका प्रमुख विरेन्द्र वादे श्रेष्ठले नवलपुर–मलंगवा सडकखण्ड सहित तराईका हुलाकी राजमार्ग पुनर्निर्माण कार्य हेर्ने दुवै देशका सम्बन्धित अधिकारीहरु रहने ‘स्टेरिङ’ कमिटीको बैठकमा भारतीय ठेकेदारले प्रतिबद्धता जनाएको बताए ।
३० महिनाभित्र उक्त सडक निर्माण कार्य सक्नेगरी नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुसार २०६८ साल वैशाख २९ गतेबाट ठेकेदार कम्पनी भिश्वा कन्ट्रक्सनले काम सुरु गरेको थियो । तर काम सुरु भएको झण्डै २९ महिना वित्न लाग्दा समेत २५ किलोमिटर सडकखण्डको १ प्रतिशत पनि काम भएको   छैन । सम्झौता अनुसार उक्त ठेकेदार कम्पनीले आगामी कातिक २६ गते भित्र सडक निर्माणको काम सक्नुपर्ने हुन्छ । तर हालसम्म सडक नाप्ने र कतै कतै खोतल्ने काम मात्र भएको तथा केही महिनादेखि त ठेकेदारले पूर्ण रुपमा काम नै रोकेकाले सम्झौता अवधी भित्र सडक निर्माणको काम सम्पन्न नहुने निश्चित भएको छ । तलब नपाएका कारण हाल उक्त कम्पनिका मजदुरले समेत काम छाडेको बताईएको छ ।

शान्ति समितिको सहयोग परिक्षण

शान्ति समितिको सहयोग परिक्षण
सर्लाही समाचारदाता
बरहथवा, कात्तिक ०८ । द्वन्द्वपीडितलाई जिल्ला शान्ति समिति मार्फत उपलब्ध गराइएको सहयोग बारे शुक्रबार बरहथवामा सामाजिक परिक्षण भएको छ । १२ वर्षे जनयुद्धका समयमा द्वन्द्वबाट पीडित व्यक्तिलाई प्रदान गरिएको सहयोग रकमको राष्ट्रिय वातावरण तथा स्वास्थ्य अनुसन्धान अध्ययन केन्द्र र गोरखाली मनकामना अध्ययन अनुसन्धान केन्द्र सानोठिमी भक्तपुरको टोलीले परिक्षण गरेको हो । अनुसन्धान केन्द्रका प्रतिनिधी ध्रुवबहादुर श्रेष्ठका अनसार स्थानिय २० जना द्वन्द्वपीडित सहभागि भएको कार्यक्रममा द्वन्द्व पीडित एकल महिलाले पाएको आर्थिक सहायता तथा रोजगार÷स्वरोजगार कार्यक्रम सम्पादन बारे अध्ययन गरिएको थियो ।  कार्यक्रममा द्वन्द्व पीडितहरुले सहायता रकम समयमै प्राप्त भएकोले समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन भएको, सहयोगले तत्कालको समस्या समाधान गर्न सहयोग गरेको बताएका थिए । अध्ययनका क्रममा एकल महिलाले पाउने आर्थिक सहयोग केहीले पाउन बाँकी रहेको भेटिएको श्रेष्ठले जानकारी दिए । सामाजिक परिक्षण कार्यक्रममा स्थानिय शान्ति समिति सर्लाहीका कार्यालय सचिव केदार काफ्लेको समेत उपस्थिती रहेको थियो ।

न्यायधिसद्वारा मतदान केन्द्र निरीक्षण

न्यायधिसद्वारा मतदान केन्द्र निरीक्षण
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०८ । जिल्ला न्यायाधिश एवं मुख्य निर्वाचन अधिकृत कृष्ण कमल अधिकारी नेतृत्वको टोलीले शुक्रबार क्षेत्र नं. १ का विभिन्न मतदान केन्द्रहरुको निरीक्षण गरेको छ ।
भौतिक पूर्वाधारको स्थिती, सुरक्षा अवस्थाका लागि अपनाउनुपर्ने रणनीति लगायत अवस्थाका बारेमा जानकारी लिन क्षेत्र नं. १ का विभिन्न मतदान केन्द्रहरुको स्थलगत अवलोकन एवं निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले बताए । टोलीमा प्रजिअ घिमिरे सहित प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक, सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डल, राष्ट्रिय अनुसन्धानका प्रहरी नायव उपरीक्षक माधव खतिवडा लगायतको पनि सहभागिता रहेको थियो ।
क्षेत्र नं. १ अन्तर्गतका पत्थरकोट लगायत पूर्व–पश्चिम राजमार्ग उत्तरका केही गाविसमा रहेका मतदान केन्द्रहरुको भने निरीक्षण गर्न बाँकी रहेको प्रजिअ घिमिरेले बताए । ५१ हजार दुईसय ६९ मतदाता संख्या रहेको क्षेत्र नं. १ मा ५० स्थानमा ७८ वटा मतदान केन्द्रहरु रहेका छन् ।

चुनावका लागि मेची–महाकाली यात्रा

चुनावका लागि मेची–महाकाली यात्रा
सर्लाही समाचारदाता
हरिवन, कात्तिक ०८ । पार्टीलाई भोट माग्दै नेपाली कांग्रेसका दुई कार्यकर्ताले मेची–महाकाली साइकल यात्रा शुरु गरेका छन् ।
संविधान सभाको सफलताका लागि नेपाली कांगेसलाई मतदान गरौं भन्ने मूल नाराका साथ कार्तिक–५ गते मंगलबार मेची पूलबाट यात्रा शुरु गरेका साइकल यात्री शुक्रबार अपरान्ह हरिवन आइपुगेका हुन् ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पस र संघको काठमाण्डौं पूर्व जिल्ला सभापति सुवोधराज आचार्य र उनका सहयोगी आशिषराज खनालले १५ दिने मेची–महाकाली साइकल यात्रा शुरु गरेका बताए ।
यात्राका क्रममा कांग्रेसले उच्छृंखल आन्दोलनबाट टाढा रहनुपर्ने, मूलुकलका प्रमुख बजारहरु साइकल मैत्री बनाई बढ्दो प्रदुषण नियन्त्रण र बढ्दो फजुल खर्च नियन्त्रण गरिनुपर्नै चेतना फैल्याउदै यात्रा गरिएको यात्री आचार्यले जानकारी दिए ।
नेपाली कांग्रेसको सन्देश प्रत्यक्ष रुपमा गाउँ–गाउँ पु¥याउने कार्यलाई साइकल यात्राले सार्थकता दिएको आफुले बुझेको आचार्यको कथन छ । पार्टीको मत र गतिविधि बुझ्दै दैनिक ४० देखि ५० किलोमिटर यात्रा गरिने कार्यक्रम रहेको आचार्यले बताए ।दुई यात्री हरिवन आइपुग्दा नेविसंघका पूर्व जिल्ला सभापति एवं नेपाली कांग्रेसका यूवा नेता निरमूनि मैनालीले स्वागत गरेका थिए ।
हरिवनमा एकघण्टाको बसाइ पश्चात यात्रा शुरु गरेका आचार्य र खनालले शुक्रबार बाराको निजगढसम्म जाने बताए । पार्टीको प्रचारका साथ मत माग्ने यो नौलो प्रकृया भएको स्थानिय बासिन्दाहरुको कथन रहेको छ ।

अधिकारी एन्फाको केन्द्रीय सदस्यमा चयन

अधिकारी एन्फाको केन्द्रीय सदस्यमा चयन
सर्लाही समाचारदाता
लालबन्दी, कात्तिक ०८ । जिल्ला फूटवल संघ सर्लाहीका अध्यक्ष पुरुषोतम अधिकारी अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्यमा चयन भएका छन् ।
विहिबार अवेर सम्पन्न एन्फाको १४ औं साधारण सभाबाट अधिकारी पूनः केन्द्रीय सदस्यमा चयन भएका हुन् । एन्फाको यसअघिको कार्यकालमा पनि लालबन्दी निवासी अधिकारी केन्द्रीय सदस्य रहेका थिए । अधिकारी लामो समयदेखि सर्लाही जिल्ला फूटवल संघको अध्यक्षमा क्रियाशिल छन् । नयाँ जिम्मेवारी थपभएसँगै सर्लाहीको फूटबल विकासमा लागि पर्ने अधिकारीले बताए ।
साधारणसभाले गणेश थापाको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । साधारण सभाले उपाध्यक्षमा कर्माछिरिङ शेर्पा, किशोर राई झापाली, ललितकृष्ण श्रेष्ठ र विजयनारायण मानन्धर चयन गरेको छ । त्यसैगरि अन्य सदस्यहरूमा भने रत्नकुमार श्रेष्ठ, रमेश रायमाझी, पंकज नेम्वांग, बसन्त अर्याल, गणेशबहादुर चन्द, दिनेश व्यन्जनकार, महम्मद सामी उल्लाह पनि पुरानै अनुहारबाट परेका छन् ।
चयन भएका नयाँ सदस्यहरुमा भने प्रकाश पंगेनी, प्रजेशसिंह राठौर र देवेन्द्रमान सिंह बस्नेत रहेका छन् । त्यस्तै गरि महिला सदस्यमा कसैको पनि मनोनयन नपरेपछि कल्पना पिया श्रेष्ठलाई नियुक्त गरिएको छ ।
संघको महासचिव र कोषाध्यक्ष पदमा भने नयाँ कार्यसमितिको पहिलो बैठकले चयन गर्ने बताइएको छ । यसअघि कार्य समिति ३१ सदस्यीय बनाउने भनिएको थियो तर फुटबलको सर्वोच्च संस्था फिफाले १७ सदस्यीय भन्दा बढी नबनाउनका लागी निर्देशन दिएको थियो ।

Friday, October 25, 2013

यस्ता छन् सर्लाहीबाट समानुपातिक उम्मेद्वार

यस्ता छन् सर्लाहीबाट समानुपातिक उम्मेद्वार
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०७ । आगामी संविधान सभा निर्वाचनका लागि निर्वाचन आयोगले समानुापतिक निर्वाचन प्रणाली अन्तर्गतका उम्मेद्वारहरुको नामावाली बुधबार प्रकाशित गरेको छ । जसअनुसार सर्लाहीबाट मात्र सयजना भन्दा बढीको नाम समानुपातिक उम्मेद्वारमा परेको अनुमान गरिएको छ । जानकारी गराईए अनुसार सर्लाहीबाट सबैभन्दा बढी तराई मधेश लोकतान्त्रिक पार्टीबाट समानुपातिकमा नाम परेको छ । एकिकृत नेकपा (माओवादी), नेपाली कांग्रेस, नेकपा (एमाले), मधेशी जन अधिकार फोरम नेपाल, मधेशी जन अधिकार फोरम नेपाल (लोकतान्त्रिक), तराई मधेश लोकतान्त्रिक पार्टी लगायतका जिल्ला नेतृत्वबाट निर्वाचन आयोगद्वारा प्रकाशित नामावलीमा सर्लाहीबाट समेटीएका बारेमा जानकारी प्राप्त भएपनि अन्य विभिन्न पार्टीहरुसँग सम्पर्क हुन सकेन भने केही दलका जिल्ला नेतृत्वले बताउन सकेन ।
निर्वाचन आयोगले प्रकाशित गरेको समानुपातिक उम्मेद्वारहरुको नामावली अनुसार एकिकृत नेकपा माओवादीबाट सर्लाहीका ४ जना समेटिएका छन् । जसअनुसार प्रल्लाद बुढाथोकी, माया बल, सुरज कुमारी यादव (विनिता) र शम्भु पासवान रहेका छन् । समानुपातिकमा नाम सिफारिस भएका प्रल्लाद बुढाथोकी पार्टीको केन्द्रीय कार्यालय सचिव हुन् । विहिबार सर्लाही दैनिकलाई बुढाथोकीले बताएअनुसार बल हरिवन र विनिता लालबन्दीकी हुन् । पासवानको भने ठेगाना खुल्न सकेको छैन । एमाओवादी क्षेत्र नं. ३ की इन्चार्ज समेत रहेकी बल पार्टीले क्षेत्र नं. ३ मा खडा गरेको उम्मेद्वारको विषयमा असन्तुष्ट बन्दै सार्वजनिक रुपमै विरोधमा उत्रेकी थिईन् । पार्टीका उम्मेद्वारको विरोध गरेपछि थमथम्याउन उनलाई समानुपातिक उम्मेद्वारको रुपमा उभ्याएको हुनसक्ने जानकारहरु बताउँछन् ।
त्यस्तै नेपाली कांग्रेसबाट भने समानुपातिक उम्मेद्वारमा तीनजना मात्र पर्न सफल भएका छन् । जिल्ला सभापति लक्ष्मण रायका अनुसार हरेस महतो, उपेन्द्र कुशवाह र कारोवती सिंह दनुवार रहेका छन् । जिल्लाबाट नाम नै सिफारिस नभएपनि महतो समानुपातिकको उम्मेद्वारको नामावलीमा परेका छन् । क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ उम्म्देवार बन्ने दौडमा रहेका महतोलाई समानुपातिकमा नाम राख्ने आश्वासन दिदै कांग्रेसले मिना पाण्डेलाई प्रत्यक्षतर्फ उम्मेद्वार खडा गरेको थियो । कांग्रेसकी केन्द्रीय स्तरकी नेतृ समेत रहेकी पाण्डे तथा नेता विमलेन्द्र निधिको दवावमा महतोलाई समानुपातिकमा पारिएको कांग्रेस सर्लाहीका नेताहरुले बताएका छन् । त्यस्तै कारोवतीलाई पनि पाण्डेकै पहलमा समानुपातिक उम्मेद्वारमा पारिएको जानकारहरु बताउँछन् । कुशवाहलाई भने कांग्रेसमा पछिल्लो समय हावी बन्दै गएका डा. अमरेश कुमार सिंहको दवावमा समानुपातिक उम्मेद्वार बनाईएको बताईन्छ ।
त्यसैगरी नेकपा (एमाले) बाट सर्लाहीका ७ जना समानुपातिक उम्मेद्वारमा परेका छन् । एमाले जिल्ला सचिव डिल्लीप्रसाद उप्रेतीका अनुसार रविन्द्र बैठा (संग्रामपुर), कमलादेवी महतो (सिमराभगवतीपुर), लक्ष्मण पौडेल (कर्मैया), रञ्जना सरकार (हरिपुर), सुमन धामी(हरिपुर), सरनारायण महतो (गौरिशंकर) र ललिता चौधरी (मलंगवा) रहेका   छन् । ‘‘मेरो जानकारी अनुसार अहिलेसम्म यति नामावली मात्र थाहा   छ ।’’ बिहिबार सर्लाही दैनिकलाई उपे्रतीले बताए । जानकारहरुका अनुसार तीन प्रमुख दलहरु एनेकपा माओवादी, कांग्रेस र एमाले मध्ये राष्ट्रिय अध्यक्ष झलनाथ खनाल नै सर्लाहीको क्षेत्र नं. १ बाट उम्मेद्वार बनेकाले एमालेबाट समानुपातिक उम्मेद्वारमा जिल्लाबाट बढी परेका छन् ।
त्यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीबाट सर्लाहीका १२ जना समानुपातिक उम्मेद्वारको नामावलीमा परेको जिल्ला अध्यक्ष जंगीलाल रायले दावी गरे । ‘‘पार्टीबाट हाम्रो जिल्लालाई १२ जनाको कोटा नै थियो ।’’ जिल्ला अध्यक्ष रायले विहिबार सर्लाही दैनिकसँग दावी गरे–‘‘कोटा अनुसार नै नाम परेको छ ।’’ पत्रिका हेर्न नपाएकाले को–को परे भन्ने बारे आफुलाई थाहा नभएको विहिबार साँझ रायले बताए । तमलोपा स्रोतका अनुसार भर्खरै तमलोपा प्रवेश गरेका केदारनन्दन चौधरी, उदयनारायण चौधरी पनि समानुपातिक उम्मेद्वारको नामावलीमा परेका छन् । त्यस्तै केन्द्रीय सदस्य प्रदिपनारायण यादव, पूर्व सहायक मन्त्री चन्दा चौधरी, डा. नागेन्द्रप्रसाद साह, भैरव झा, रामप्रवेश वैठा, कुस्मादेवी, कृष्णकुमार यादव लगायत सर्लाहीबाट १२ जना समानुपातिक उम्मेद्वार रहेको बताईएको छ ।
त्यसैगरी मधेशी जन अधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट ११ जना समानुपातिक उम्मेद्वारको नामावलीमा समावेश भएको जिल्ला अध्यक्ष रामवली रायले दावी गरे । भर्खरै मजफो लोकतान्त्रिक प्रवेश गरेका बरहथवाका रामचन्द्र महतो नुनिया पनि समानुपातिक उम्मेद्वारको रुपमा पार्टीले नाम समावेश गरेको छ । त्यस्तै महेन्द्र सहनी (हथियौल हाल हजरिया), अन्तोष दास (हजरिया), गोपीकान्त दास (सुन्दरपुर), रामइश्वर राय (सुन्दरपुर), शेष नुर महम्मद् (हरिवन), वैजनाथ महतो (अर्नाहा), जवाहरलाल यादव (सिमरा), सुवेदार चौधरी (इश्वरपुर), कृष्णादेवी महतो (मूर्तिया) र मुनेश्वर राय (हरिपुर) रहेका छन् ।
त्यस्तै मधेशी जन अधिकार फोरम नेपालबाट सर्लाहीका आठ जना समानुपातिक उम्मेद्वारको नामावलीमा परेका छन् । कृष्णदेव यादव (सर्लाही क्याम्पस पूर्व प्रमुख), विद्या सिन्हा (बलरा), सुनैना चौधरी (सलेमपुर), विना सिन्हा (खैर्वा), सिमा सिंह (छतौना) रहेका छन् । पार्टीका विदेय क्षेत्र इन्चार्ज एवं समानुपातिक उम्मेद्वार कृष्णदेव यादवका अनुसार अन्य समानुपातिक उम्मेद्वारहरुमा रोशन आरा           (मलंगवा), मुद्रिका पासवान (हेमपुर) र नाजिमा खातुन (भाँडसर) रहेका छन् । फोरम नेपालबाट समानुपातिक उम्मेद्वारमा परेका आठजना मध्ये सातजना महिला रहेका छन् ।
अन्य विभिन्न पार्टीहरुबाट समेत समानुपातिक उम्मे्दवारमा परेका भएपनि सम्पर्क हुन नसकेका कारण र जिल्ला नेतृत्वले बताउन नसकेका एवं नचाहेका कारण यस सर्लाही दैनिकलाई नामावली उपलब्ध हुन सकेन । प्राप्त भएका नामावलीहरु पनि सम्बन्धित पार्टीका जिल्ला नेतृत्वसँग टेलिफोन सम्पर्कका भरमा लिईएकाले निर्वाचन आयोगबाटै पुष्टि भएका नाम भने हैनन् । निर्वाचन आयोगले प्रकाशित गरेको नामावलीमा ठेगाना उल्लेख नभएकाले र एउटै नाम अन्य जिल्लाका नेता कार्यकर्तासँग पनि मिल्ने भएकाले सर्लाहीबाट परेका भनेर किटानी गर्न सकिएन । समानुपातिक उम्मेद्वारको रुपमा नाम पारिदिउँला भन्दै विभिन्न नेता कार्यकर्ताहरुलाई प्रलोभन देखाईएको र पार्टी नै प्रवेश गराईएकाले जिल्ला नेतृत्वले नामावली दिन नचाहेको जानकारहरु बताउँछन् । ठूला मानिएका एनेकपा माओवादी, नेपाली कांग्रेस र एमालेमा लामो योगदान दिएका र जिल्लामा उच्च तहमा काम गरिरहेका नेताकार्यकर्ताहरु समेत समानुपातिक उम्मेद्वारको नामावलीमा परेका छैनन् ।

पत्थरकोटबाट २ थान बन्दुक बरामद

पत्थरकोटबाट २ थान बन्दुक बरामद
सर्लाही समाचारदाता
पत्थरकोट, कात्ति ०७ । पत्थरकोट प्रहरी चौकीको टोलीले बुधबार राती दुईनाल बारुद भरिएको अवस्थाका भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीका अनुसार पत्थरकोट गाविस–७ स्थित कोइरी टोला नजिक लखन्देही खोला किनारबाट दुईवटा भरुवा बन्दुक बरामद भएको हो । पत्थरकोट प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक महेश आचार्यको नेतृत्वमा खटिएको प्रहरी टोलीले २ नाल बन्दुकका साथै १ थान खुकुरी, उक्त बन्दुकमा प्रयोग हुने बारुदका पोका, चप्पल र झोला बरामद् गरेको हो ।
प्रहरी गस्ती टोलीले राती सबा ९ बजे तिर लखन्देही खोला किनारबाट ती सामानहरु बरामद गरेको हो । प्रहरी टोलीलाई देख्नेवितिकै भाग्दै गरेका ३–४ जनाको समूहले उक्त बन्दुक र सामान फालेको प्रहरीले जनाएको छ । प्रसनी आचार्यको नेतृत्वमा यसअघि पनि पत्थरकोटबाट एकजना हतियारसहित पक्राउ परेका थिए ।

एमाओवादी र संघीय समाजवादीमा प्रवेश

एमाओवादी र संघीय
समाजवादीमा प्रवेश
सर्लाही समाचारदाता
इश्वरपुर, कात्तिक ०७ । एकिकृत नेकपा (माओवादी) र संघीय समाजवादी पार्टीले बिहिबार भएको छुट्टाछुट्टै कार्यक्रममा कार्यकर्ता प्रवेश गरेको दावी गरेका छन् ।
एमाओवादी क्षेत्र नं. १ को कमिटीले इश्वरपुरमा आयोजित कार्यक्रममा विभिन्न पार्टीबाट ४० जनाभन्दाबढी नेता कार्यकर्ता प्रवेश गरेको दावी गरेको छ । पार्टीका क्षेत्र नं. १ का प्रचारप्रसार समिति संयोजक इन्द्र योञ्जनका अनुसार सद्भावना पार्टीका जिल्ला सदस्य खालीन अन्सारीको नेतृत्वमा ४० जना कार्यकर्ताहरु एमाओवादी प्रवेश गरेका छन् ।
एमाओवादी गाउँ कमिटी इन्चार्ज रामबाबु सिंहको अध्यक्षामा भएको कार्यक्रम क्षेत्र नं. १ निर्वाचन मूल समारोह समितिका संयोजक एवं पूर्व जिल्ला इन्चार्ज लुमडी धिमालको प्रमुख आतिथ्यतामा भएको थियो ।
त्यस्तै हरिवनमा भएको एक कार्यक्रममा विहिबार विभिन्न पार्टी परित्याग गरी २९ जना नेताकार्यकर्ताहरु संघीय समाजवादीमा प्रवेश गरेको सो पार्टीले दावी गरको छ । पिपरियाका सीताराम ठाकुर, हेमपुरका महेश राय, पिडारीका राजेन्द्रदेव साह लगायत २९ जना विभिन्न पार्टीबाट संघीय समाजवादी पार्टीमा प्रवेश गरेको बताईएको छ । पार्टीका यूवा नेता शेख मेहबुबको अध्यक्षता एवं जिल्ला अध्यक्ष गंगा लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा रामनरेश राय, गोविन्द साह, अमरनाथ भगत लगायत नेताहरुको उपस्थिती रहेको थियो । नवप्रवेशीहरुलाई प्रमुख अतिथी जिल्ला अध्यक्ष लामा, नेता राय लगायतले अबिर लगाएर स्वागत गरेको बताईएको छ ।

नेपाली कांग्रेसको कार्यक्रम

नेपाली कांग्रेसको कार्यक्रम
सर्लाही समाचारदाता
वेला, कात्तिक ०७ । नेपाली कांग्रेसको वेला गाविसमा विहिबार भेला सम्पन्न भएको छ ।
भेलाले १ सय १ सदस्यीय प्रचार प्रसार समिति र ५ सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ । भेलामा नेपाली कांग्रेस महासमिति सदस्य वेनि बहादुर कार्की, क्षेत्रिय सभापति प्रमोद बराल, महाधिवेशन प्रतिनिधि दिपक अधिकारी, विष्णु मणि घिमिरे, महेन्द्र महतो, जिल्ला कार्य समिति सदस्य जोगनारायण चौधरी, नेविसंघका उपाध्यक्ष विश्वामित्र रिजाल, नेता शुरेन्द्र न्यौपाने, सिताराम दहाल, विश्व लक्ष्मी लगायतको उपस्थिति रहेको थियो ।
गाउँ सभापति रामेश्वर साहको सभापतित्व तथा क्षेत्र नम्बर १ का उम्मेदवार शुशिला कार्कीको प्रमुख आतिथ्यतामा भेला सम्मपन्न भएको हो । भेलामा वोल्ने वतmाहरुले क्षेत्र नम्बर १ का उमेदवार शुशिला कार्कीलाई भारि बहुमतले जिताउने प्रतिवद्धता जनाएका थिए ।
यसैबीच भक्तिपुरको चौलीखा बजारमा पनि बिहिबार नै नेपाली काँगे्रसको गाउँ भेला सम्पन्न भएको छ । पार्टीका गाउँ सभापती बल बहादुर किङरिङको सभापतित्व तथा नेपाली काँगे्रस क्षेत्र नम्वर १ का उमेदवार सुशिला कार्र्कीको प्रमुख आतिथ्यतामा भेला  सम्पन्न भएको हो । भेलामा सिताराम दाहाल, मन्जुर अन्सारी, हरि लुङ्गेली, जतन बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।

साईकल चालक खोज्दै प्रहरी

साईकल चालक खोज्दै प्रहरी
सर्लाही समाचारदाता
बरहथवा, कात्तिक ०७ । घरअगाडी खेलिरहेका बरहथवा गाविस–५ का दुईवर्षिय बालक साइकलको ठक्करबाट गम्भिर घाईते भएका छन् ।
बिहिबार साँझ साँढे ५ बजे अनिल सिंहका छोरा नितेश सिंहलाई घरअगाडी खेलिरहेको अवस्थामा एक साइकलले ठक्कर दिएको थियो । टाउकोमा चोट लागेका नितेशलाई स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पश्चात साँझ नै थप उपचारका लागि वीरगंतर्फ लगिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक  पृथ्वीनारायण ओलीका अनुसार बालकलाई ठक्कर दिएपछि साईकल चालक साईकल नै छाडेर भागेका छन् । ठक्कर दिने साईकल स्थानीय प्रहरीको नियन्त्रणमा रहेको र फरार साइकल चालकको खोजी कार्य भईरहेको प्रहरी निरीक्षक ओलीले बताए ।

काम गर्ने भारतीय ठेकेदारको प्रतिबद्धता

काम गर्ने भारतीय ठेकेदारको प्रतिबद्धता
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०७ । नवलपुर–मलंगवा सडकखण्डमा आगामी आइतबारबाट भारतीय ठेकेदार कम्पनी भिश्वा कन्स्ट्रक्शनले मर्मत संभारको काम सुरु गर्ने भएको छ ।
बिहिबार भौतिक योजना तथा निर्माण मन्त्रालयमा भएको बैठकमा भारतीय ठेकेदार कम्पनी भिश्वाका प्रतिनिधिले आगामी आइतबारदेखि नवलपुर–मलंगवा सडकखण्डमा मर्मत संभारको काम सुरु गर्ने प्रतिबद्धता जनाएका हुन् । मन्त्रालय अन्तर्गत हुलाकी राजमार्ग आयोजनाका प्रमुख विरेन्द्र वादे श्रेष्ठले नवलपुर–मलंगवा सडकखण्ड सहित तराईका हुलाकी राजमार्ग पुनर्निर्माण कार्य हेर्ने दुवै देशका सम्बन्धित अधिकारीहरु रहने ‘स्टेरिङ’ कमिटीको बैठकमा भारतीय ठेकेदारले प्रतिबद्धता जनाएको बताए ।
‘‘पूनर्निर्माणको जिम्मेवारी लिएको भारतीय ठेकेदारका प्रमुखले आगामी आइतबारबाट पुनर्निर्माण हैन तत्कालिन मर्मत संभारको काम सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।’’ बैठकमा सहभागि श्रेष्ठले सर्लाही दैनिकसँग भने–‘‘मर्मत संभारका लागि भारतीय सरकारले नै बजेट उपलब्ध गराउने छ ।’’ तत्कालका लागि सवारी साधन गुड्न सहज हुनेगरी खाडलहरु पुरेर सम्याउने काम गर्ने भारतीय ठेकेदारबाट प्रतिबद्धता आएको श्रेष्ठले बताए । ‘‘आइतबारबाट हामी मर्मतको लागि उपकरणहरु परिचालन गर्छौं ।’’ ठेकेदारको भनाई उद्धृत गर्दै श्रेष्ठले भने–‘‘कुनै कारणबस सोमबार वा मंगलबार पनि हुन सक्छ ।’’
बैठकमा भौतिक योजना तथा निर्माण मन्त्रालयका भौतिक पूर्वाधार तथा यातायात शाखा हेर्ने सहसचिव सुदर्शन राम भण्डारीको नेतृत्वमा सम्बन्धित सरकारी निकायका प्रमुख तथा भारतीय सरकारको तर्फबाट सहसचिव अभय ठाकुरको नेतृत्वको टोली सहित तराईका विभिन्न सडक पूनर्निर्माण गर्ने ठेक्का लिएका भारतीय ठेकेदार, भारतीय कन्सल्ट्यान्ट्सका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । दुईपक्षबीच नियमित रुपमा बस्ने स्टेरिङ कमिटीको छैठौं बैठक बिहिबार झण्डै चार घण्टा चलेको थियो ।
उक्त सडकहरु पुनर्निर्माणका लागि भारतीय ठेकेदारलाई हस्तान्तरण गरिसकिएकाले नेपाल सरकारको तर्फबाट चाहेरपनि कुनै काम गर्न नसकिने भएकाले मर्मत संभारका लागि पनि भारतीय पक्षलाई आग्रह गर्नुपरेको आयोजना प्रमुख श्रेष्ठले बताए । श्रेष्ठका अनुसार बैठकमा नेपाल सरकार र भारतीय ठेकेदार दुवैपक्षबाट कमि कमजोरी भएको औंल्याईएको र आगामी दिनमा त्यस्ता कमि कमजोरीहरुलाई सुधार गर्ने सहमति भएको छ । नेपाल सरकारकातर्फबाट समयमै सडक पुनर्निर्माण स्थल खाल नगराईनु कमजोरीको रुपमा औंल्याईएको थियो । निरन्तर काम सुरु गर्न नपाउँदा दैनिक हजारौं पर्ने उपकरणहरु त्यसै खाली राख्नु परेकाले ठेकेदारलाई पनि समस्या परेको बैठकमा समिक्षा भएको बताईएको छ । ‘‘नियमित काम गर्न नपाउँदा व्ययभार लगायत कारणले आर्थिक समस्या परेको भारतीय ठेकेदारबाट कुरा आयो ।’’ श्रेष्ठले भने । बैठकमा हुलाकी रामार्ग आयोजना अन्तर्गत योजना कार्यालय जनकपुरका प्रमुख किशोरी रायको पनि सहभागिता रहेको थियो ।
पुनर्निमार्ण नहुँदा नवलपुर–मलंगवा सहित हुलाकी सडकखण्डहरु जीर्ण भएकाले आगामी संविधान सभा निर्वाचनको सुरक्षा व्यवस्थामा समस्या परेको भन्दै जिल्ला सुरक्षा समितिको गत असोज १४ गते बसेको बैठकले समेत निर्वाचन अघि नै सो खण्ड मर्मतका लागि पहल गर्न गृह मन्त्रालयसँग माग गरेको थियो । नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले सडक पुनर्निर्माणका काम समयमै नहुँदा आम जिल्लाबासी मारमा परेको बताए । ‘‘भारतीय ठेकेदारको लापरवाहीका कारण आम सर्लाहीबासी सहित उक्त सडक प्रयोग गर्ने जो कोहीले पीडा बहन गर्नुपरिरहेको छ ।’’ चौधरीले भने ।
३० महिनाभित्र उक्त सडक निर्माण कार्य सक्नेगरी नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुसार २०६८ साल वैशाख २९ गतेबाट ठेकेदार कम्पनी भिश्वा कन्ट्रक्सनले काम सुरु गरेको थियो । तर काम सुरु भएको झण्डै २९ महिना वित्न लाग्दा समेत २५ किलोमिटर सडकखण्डको १ प्रतिशत पनि काम भएको   छैन । सम्झौता अनुसार उक्त ठेकेदार कम्पनीले आगामी कातिक २६ गते भित्र सडक निर्माणको काम सक्नुपर्ने हुन्छ । तर हालसम्म सडक नाप्ने र कतै कतै खोतल्ने काम मात्र भएको तथा केही महिनादेखि त ठेकेदारले पूर्ण रुपमा काम नै रोकेकाले सम्झौता अवधी भित्र सडक निर्माणको काम सम्पन्न नहुने निश्चित भएको छ । तलब नपाएका कारण हाल उक्त कम्पनिका मजदुरले समेत काम छाडेको बताईएको छ ।

बन्दबाट बिहिबार पनि यातायात ठप्प

बन्दबाट बिहिबार पनि यातायात ठप्प
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०७ । सडकखण्ड मर्मतको माग राखेर यातायात व्यवसायी हड्तालमा उत्रिएका कारण दोस्रो दिन बिहिबार पनि नवलपुर–मलंगवा सडकखण्डमा सार्वजनिक सवारी साधन चलेनन् ।
सडक पूर्ण रुपमा जिर्ण भएपनि सम्बन्धित निकायले मर्मतका लागि कुनै वास्ता नगरेपछि यातायात व्यवसायी अनिश्चित हड्तालमा उत्रिएका हुन् । सडकमा यातायत नै चलाउन नहुनेगरी भएको खाल्डा खुल्डी मर्मत नभएसम्मका लागि नवलपुर–मलंगवा २५ किलोमिटर सडकखण्डमा कुनैपनि भाडाका सवारी साधन नचलाउने निर्णय गरिएको सर्लाही यातायात बस व्यवसायी संघका अध्यक्ष शिवशंकर रायले बताए । नवलपुरदेखि मलंगवासम्मको २५ किलोमिटर दुरीमा आधा घण्टा मात्र समय लाग्नुपर्ने भएपनि जिर्ण सडकका कारण दुई घण्टासम्म लाग्ने गरेको र सवारी साधनमा टुट्फुट् एवं दुर्घटना समेत बढेका कारण अनिश्चितकालिन हड्तालमा उत्रनु परेको अध्यक्ष रायले बताए ।
३० महिनासम्ममा सो सडक पीच गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने शर्तका साथ भारतीय निर्माण कम्पनी भिस्वा कन्स्ट्रक्सनले सम्झौता गरेको भएपनि समय सकिन १७ दिनमात्र बाँकी रहदा सडकमा पीच त परै जाओस् कतै–कतै खोतल्ने र नाँपजाप गर्ने काममात्र भएको यातायात व्यवसायीले गुनासो गरेका छन् । सडक जिर्ण हुँदा यातायात व्यवसायी र सर्वसाधारण यात्रुको कठिनाई एवं धुलो उडेर आसपासका बस्तीहरु समेत प्रभावित भएकाले थप कठिनाई भोग्नु परिरहेको यातयात व्यवसायीले बताए ।
यातायात व्यवसायीको हड्तालका कारण पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट अत्यावश्यक काम परेर सदरमुकाम मलंगवा जानुपर्ने सेवाग्राहीहरु समस्यामा परेका थिए भने सरकारी कार्यालयमा काम गर्ने कर्मचारीले पनि कठिनाई भोग्नु परेको छ । बुधबारदेखि सुरु भएको यातायात व्यवसायीको हड्तालका कारण नवलपुर–मलंगवा सडकखण्डमा निजी सवारी साधनमात्र सुचारु थिए । मलंगवा जाने सार्वजनिक बस तथा सवारी साधनहरु नवलपुरमै थन्केर बसेका छन् भने नवलपुरतर्फ आउने सार्वजनिक सवारी साधन मलंगवामै थुप्रेर बसेका छन् ।
जिर्ण सडकका कारण आगामी संविधान सभा निर्वाचनको सुरक्षा व्यवस्थामा समेत गम्भिर कठिनाई परेको जनाउँदै गत असोज १४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले समेत सडक मर्मतका लागि पहल गर्न गृहमन्त्रालय समक्ष माग गरेको थियो । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले निर्वाचन अघि नै जिर्ण सडक मर्मतको माग गरिएको बताए । दुईदेशिय सम्झौता अनुसार भारतीय निर्माण कम्पनीले सडक बनाउने ठेक्का लिएपछि सो सडकमा जिल्ला स्तरका सम्बन्धित सरकारी निकायले पनि काम गर्न नमिल्ने भएको र ठेकेदारले समयमै कार्य सम्पन्न गर्न नसक्दा समस्या आएको घिमिरेले जानकारी दिए ।