Tuesday, December 31, 2013

को–को भए सर्लाहीबाट सभासद् ?

को–को भए सर्लाहीबाट सभासद् ?
सर्लाही समाचारदाता
हरिवन, पुस १६ । निर्वाचन आयोगमा विभिन्न २८ राजनैतिक दलहरुले बुझाएको नामावली अनुसार सर्लाहीबाट ९ जना समानुपातिक सभासद्मा चयन भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, एकिकृत नेकपा माओवादी, तराई मधेश सद्भावना पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीले सर्लाहीबाट समेत समानुपातिकमा सभासद् चयन गरेका छन् । जसअनुसार प्रत्यक्षबाट निर्वाचित ६ जनासहित हालसम्म समानुपातिकमा सिफारिस भएका समेत गरी सर्लाहीबाट १५ जना सभासद् चयन भएका छन् । मधेशी जन अधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीले समानुपातिक सभासद्को नामावली बुझाउन बाँकी रहेकाले ती दुईदलबाट समेत सर्लाहीका नेताकार्यकर्ता पर्न सक्ने सम्भावना रहेको ती पार्टी निकटले बताउँदै आएका छन् ।
सोमबार बुझाएको सूची अनुसार नेपाली कांग्रेसबाट हरेश महतो, एमाओवादीबाट शम्भु पासवान हजारी, तराई मधेश लोकतान्त्रिक पार्टीबाट केदारनन्दन चौधरी, सद्भावना पार्टीबाट सहिलदेवी महतो परेका छन् । तराई मधेश सद्भावना पार्टी नेपालबाट नरेन्द्र साह र अमृका कुमारी समानुपातिक सभासद्मा चयन भएका छन् । त्यस्तै एमालेबाट यसअघि नै कमलादेवी महतो, रञ्जना सरकार र दुलारी देवी समानुपातिक सभासद्मा परिसकेका छन् ।
कांग्रेस बाट समानुपातिक सभासद्मा परेका महतोको घर बरहथवा हो । उनी २०६४ को संविधान सभा निर्वाचनमा क्षेत्र नं. ३ बाट कांग्रेसको तर्फबाट उम्मेद्वार रहेका थिए । यसपटकको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रत्यक्षमा उम्मेद्वार हुने प्रयासमा रहेका महतोलाई समानुपातिक सभासद्मा पार्ने आश्वासन सहित महिला नेतृ मिना पाण्डेलाई काँग्रेस नेतृत्वले प्रत्यक्षतर्फ उम्मेद्वार बनाएको थियो ।
त्यस्तै एमाओवादीबाट समानुपातिक सभासद्मा परेका शम्भु पासवान हजारी बग्दह गाविस निवासी हुन् । उनी एमाओवादीका ६ नं. क्षेत्रीय संयोजक समेत हुन् । त्यस्तै तमलोपाबाट समानुपातिकमा परेका केदारनन्दन् चौधरीको घर अचलगढ गाविसमा पर्दछ । उनी तमलोपा अध्यक्ष महन्थ ठाकुरका विश्वासपात्र एवं केन्द्रीय प्रतिनिधि हुन् ।
त्यसैगरी तमसपा नेपालबाट समानुपातिक सभासद्मा परेका नरेन्द्र साह हिरापुर घर भएका र हाल काठमाण्डौ बस्दै आएका व्यापारिक पृष्ठभूमिका व्यक्ति हुन् । उनका बाबुआमा लगायत आफन्तहरु हालपनि हिरापुरमै बस्दै आएको बताईएको छ । त्यस्तै सोही पार्टीबाट समानुपातिक सभासद्मा परेकी अमृका कुमारीको घर गढैया गाविस–१ मा पर्दछ । उनी क्षेत्र नं. ६ का उम्मेद्वार शिवपुजन रायकी सहोदर भाउजु एवं रामसिंहासन रायकी पत्नी हुन् । त्यस्तै सद्भावना पार्टीबाट समानुपातिकमा परेकी सहिलदेवी महतो बबरगंज गाविस–८ निवासी हुन् । उनी सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोकी श्रीमती हुन् ।
यसैप्रकार केही दिनअघि नै नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको सूची अनुसार सर्लाहीबाट कमलादेवी महतो, रञ्जना सरकार र दुलारी देवी समानुपातिक सभासद्मा चयन भएका छन् । सिमरा भगवतीपुर निवासी महतो एमालेकी वैकल्पीक केन्द्रीय सदस्य समेत हुन् । त्यस्तै हरिपुर निवासी सरकार पार्टीको यूवा क्षेत्रमा सकृय र ब्रम्हपुरी निवासी दुलारी दलित अगूवा हुन् ।
संविधान सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट एमाओवादीका शम्भुलाल श्रेष्ठ, २ बाट काँग्रेसका रामचन्द्र चौधरी, ३ बाट एमालेका हरि उप्रेती, ४ बाट तमसपा नेपालका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादव, ५ बाट तमलोपाका जिल्ला अध्यक्ष जंगीलाल राय र ६ बाट काँग्रेसका चर्चित नेता अमरेश सिंह निर्वाचित भईसकेका छन् । २०६४ को निर्वाचनबाट प्रत्यक्षमा ६ सहित सर्लाहीमा १७ जना सभासद् पुगेका थिए ।

बलात्कार आरोपी प्रहरीलाई धरौटी

बलात्कार आरोपी प्रहरीलाई धरौटी
सर्लाही समाचारदाता
मलंगवा, पुस १६ । एक किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका तीनजना प्रहरीलाई जिल्ला अदालतले एक–एकलाख धरौटी मागेको छ ।
मंगलबार जिल्ला न्यायाधिश शंकरराज बरालको इजलासले एक–एकलाख धरौटी माग गरेको हो । जिल्ला प्रहरी कार्यालयले प्रहरी जवानहरु संजीत कार्की, राजकुमार कुमाल र अरवीन्द महतोलाई गत शुक्रबार जिल्ला अदालतमा पेश गरेको थियो । थुनछेकको बहसका क्रममा न्यायाधिश बरालको इलजासले मुद्धामा आरोपीत अन्य अभियुक्तहरुलाई भने पक्राउ वारेन्ट जारी गरेको अदालत स्रोतले बतायो । धरौटी जमानतका लागि आफन्तहरुले जग्गाधनी पूर्जा लगायत पेश गरेका भएपनि समय अभावका कारण जग्गाको मूल्यांकन लगायत प्रकृया नपूगेका कारण आरोपीतहरु पहरी हिरासतमै रहन बाध्य भएको बताईएको छ ।
गत मंसिर १८ गते मंगलबार विहानदेखि १९ गते बुधबार विहानसम्म सदरमुकाम मलंगवा स्थित विभिन्न लज र भारतको सोनवर्षामा समेत एक किशोरीमाथि सामुहिक रुपमा जबर्जस्ती करणी भएको भन्दै किटानी जाहेरी परेपछि सो कार्यमा संलग्न भएको आरोपमा तीनजना प्रहरीहरु पक्राउ परेका हुन् । सिन्धुपाल्चोक निवासी पीडित किशोरीको भनाईका आधारमा महिला तथा बालबालिका कार्यालय मलंगवा अन्तर्गत महिला शान्ति केन्द्रले तीनजना प्रहरी एवं रात्रीबसका मजदुरहरुको केही नाम सहित १२ जनाले सामुहिक बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएको थियो । किटानी जाहेरीमा नाम उल्लेख भएका अन्य भने फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मंसिर १९ गते बुधबार हिमालय लजबाट उद्धार गरिएकी ति किशोरीलाई महिला तथा बालबालिका कार्यालयले एकसातासम्म आश्रय दिएर राखेको थियो । घर जान नमानेपछि उनलाई काठमाण्डौ स्थित शक्ति समूहको संरक्षणमा रहने गरी पठाईएको छ । आÇनै दाजु लिन आएपनि किशोरीले घर जान नमानेपछि उनलाई लालनपालन एवं शिक्षा लगायत संरक्षण दिने जिम्मेवारी सहित शक्ति समूहले संरक्षणमा लिएको हो । करिब १६ वर्षिया उनलाई मलंगवा–काठमाण्डौ चल्ने रात्रीबसका एक मजदुरले काठमाण्डौबाट फकाएर मलंगवा ल्याएको र दुईदिनसम्म जबर्जस्ती करणी गरेको बताईएको छ ।

कर्मैयाका युवकको मृत्यु दुर्घटनाबाटै

कर्मैयाका युवकको मृत्यु दुर्घटनाबाटै
सर्लाही समाचारदाता
कर्मैया, पुस १६ । शंकास्पद मृत्युको आशंकामा वागमति नदि किनारबाट सोमबार राती प्रहरीले नियन्त्रणमा लिएका युवकको शव दुर्घटनामै मृत्यु भएको खुलेको छ ।
सिन्धुलीको क्यानेश्वर क्षेत्रमा ‘पिक्निक’ गएर फर्किने क्रममा मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ । कर्मैया गाविस–२ निवासी सुमन श्रेष्ठको शव दाहसंस्कार गर्ने क्रममा सोमबार राती प्रहरीले वागमति नदी किनारबाटै उठाएर सदरमुकाम मलंगवा पठाएको थियो । उक्त मृत्यु शंकास्पद देखिएपछि राती ८ बजेतिर शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा पठाईएको प्रहरीले जनाएको छ । प्रहरीको एक टोलीले मंगलबार विहान घटनास्थल पुगेर प्रतिवेदन बनाएको थियो । घटनाबारे थप अनुसन्धानका लागि सर्लाही प्रहरीले कर्मैया गाविस–४ बस्ने अच्युत प्रसाई, किस्मत मैनाली, नवराज रिजाल, इश्वर श्रेष्ठ र राजु लामालाई मंगलबार विहानै जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाएको छ ।
फर्कने क्रममा ना. २५ प ३७१ नम्बरको पल्सर मोटरसाईकल चलाईरहेको अवस्थामा कर्मैया गाविस–२ निवासी करिब २५ वर्षिय सुमन श्रेष्ठ दुर्घटनामा परेका थिए । पछाडी बसेका ईश्वर श्रेष्ठ र मोटरसाईकल सडकमै रहेपनि चालक श्रेष्ठ भने सडकबाट तल खसेको पिक्नीक खान गएका व्यक्तिहरुको वयानबाट खुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएपछि श्रेष्ठलाई हरिवन स्थिन नमूना अस्पतालमा ल्याईएको र त्यहाँ उपचार हुँदाहुँदै उनको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओलीले पोष्टमार्टम रिपोर्ट लगायतका कागजातहरु एकदुईदिन भित्रै सिन्धुली प्रहरीसमक्ष पठाईने बताए । नियमानुसार प्रकृया पु¥याए सवारी दुर्घटनामा मृत्यु भएका परिवारले विमाबाट क्षतिपूर्ति पाउन सक्ने भएकाले मसानघाटमा पु¥याईएको शव नियन्त्रणमा लिएर प्रकृयामा लगिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार दुर्घटनामा घाईते भएका श्रेष्ठलाई एमाओवादी नेता भरत थापाको जीप लगेर घटनास्थलबाट नमूना अस्पतालसम्म र अस्पतालबाट मृतकको घर पु¥याईएको थियो । केही महिनाअघि मात्र विवाह गरेका मृतक श्रेष्ठ स्काभेटर चालक रहेको प्रहरीले जनाएको छ ।

मानव अधिकार उल्लंघनका घटनामा बृद्धी

मानव अधिकार उल्लंघनका घटनामा बृद्धी
सर्लाही समाचारदाता
लालबन्दी, पुस १६ ।  यसवर्ष सर्लाहीमा मानव अधिकार उल्लंघनका घटनामा बृद्धी भएको एक कार्यक्रममा जनाइएको छ ।
मानव अधिकारका क्षेत्रमा काम गरिरहेको इन्सेक सर्लाहीले दिएको जानकारी अनुसार यसवर्ष सर्लाहीमा गतवर्षको भन्दा १९ वटा बढी मानव अधिकार उल्लंघनका घटना भएका छन् ।
०६९ पौष १५ देखी ०७० पौष १५ सम्ममा जिल्लामा ७३  मानव अधिकार उल्लंघनको
घटना भएको ईन्सेक सर्लाहीका प्रतिनिधी विदुर प्यकुरेलले जानकारी दिए  । जिल्लामा गतवर्ष ५ जनाको हत्या, ३ वटा बहुविवाह, ५ वटा बलात्कारको प्रयास, २ वटा बलात्कार, गैर कानुनी तवरले प्रहरीद्धारा १६ जना गिरफ्तार, प्रहरी अधिकृतद्धारा १ जना प्रहरी जवानमाथि कुटपिट लगायत घटना रहेका छन् ।
त्यस्तै अखिल तराई मुक्ति मोर्चाद्धारा नापी कार्यालयमा बम विष्फोट गराउँदा ११ जना घाईते र संविधान सभा निवार्चन क्रममा धनकौल, बलरा, रामवन र गोडैतामा विभिन्न राजनीतिक दलबिच झडप हुँदा ४७ जना घाईते भएका घटनालाई गम्भिर किसिमको मानव अधिकार उल्लंघनको घटनाको रुपमा लिईएको छ ।

विकास गर्ने सभासद्हरुद्धारा प्रतिवद्धता

विकास गर्ने सभासद्हरुद्धारा प्रतिवद्धता
सर्लाही समाचारदाता
नवलपुर, पुस १६ । जिल्लाका नवनिर्वाचित सभासदहरुले समाज विकासको काममा लागी रहने प्रतिवद्धता जनाएका छन् । मंगलवार नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रले गरेको स्वागत तथा अन्तक्रियामा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
केन्द्रलाई कसरी व्यवस्थित गरी सहयोग जुटाउँदै लैजाने भन्ने बारेमा गरिएको अन्तक्रिया कार्यक्रममा सर्लाही क्षेत्र नम्वर २ का नवनिर्वाचित सभासद रामचन्द्र चौधरीले सर्पदंश उपचार केन्द्र नाफामुखी संस्था नभएर सेवामुखी संस्था भएकाले आफु पनि यसैक्षेत्रको भएका कारण केन्द्रको सफलताका लागी आफुलाई थप जिम्मेवारी रहेको बताए ।
कार्यक्रममा नेकपा विकास एमाले सर्लाही क्षेत्र नम्वर ३ का नवनिर्वाचित सभासद् हरि उपे्रतीले केन्द्र चलाउनको लागी गैर सरकारी संस्थाको मुख ताक्नुभन्दा आफ्नै आन्तरिक स्रोत साधनलाई व्यवस्थित रुपले सञ्चालन गर्नुपर्नेमा जोड दिए । त्यसैगरी  सर्लाही क्षेत्र नम्वर १ का एकिकृत नेकपा माओवादीका सभासद सम्भुलाल श्रेष्ठले केन्द्रको क्षमता विस्तार गर्दा दरवन्दी सहितको हुनुपर्ने बताए । कार्यक्रममा संस्था प्रति सहयोगको प्रतिवद्धता जनाउँदै तीनजानै नवनिवार्चित सभासदहरुले ५ हजार १ सय रुपैयाँको आजिवन सदस्यता समेत लिएका थिए ।
गतसाउनबाट सञ्चालनमा आएको केन्द्रले हालसम्म सर्लाही सहित आसपासका ७ जिल्ला र भारतको विहारका समेत गरी ३ सय ८८ जना सर्पदंशका बिरामीलाई सफल उपचार गर्न सफल भएको केन्द्रका सचिव सुब्बा खत्रीले जानकारी गराएका थिए । कार्यक्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधी,नागरिक समाज, बुद्धिजिवी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

कांगे्रसको कार्यालय उद्घाटन

कांगे्रसको कार्यालय उद्घाटन
सर्लाही समाचारदाता
नवलपुर, पुस १६ । नेत्रगन्जमा  नेपाली काँगे्रस गाउँ समिति कार्यालयको उद्घाटन गरिएको छ ।
मंगलवार सर्लाही क्षेत्र नम्वर २ का नवनिर्वाचित सभासत रामचन्द्र चौधरीले कार्यालय भवनको उद्घाटन गरेका हुन । केहि दिन अघिबाट नै कार्यालय भाडामा लिएर सञ्चालन गरिएको भएपनि मंगलवार विधिवत रुपमा उद्घाटन गरिएको हो ।
गाउँ समिति सभापति उद्धव पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली काँगेसका जिल्ला सभापती लक्ष्मण राय, पुर्व जिल्ला सभापतीहरु बासुदेवशरण कोईराला, भिखारी मन्सुर, महादिवेशन प्रतिनिधी रामप्रसाद मैनाली, केन्द्रिय सदस्य ईस्कीलाल पासवान, नेता मेघराज कोईराला लगायत अतिथी रहेको थियो ।

छात्रवृत्ति वितरण

छात्रवृत्ति वितरण
सर्लाही समाचारदाता
जब्दी, पुस १६ । जब्दीमा रहेको मनपुरन निम्न माध्यमिक विद्यालयले मंगलवार विद्यालयका १ सय ७६ जना छात्रछात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेन्हा चौधरीको अध्यक्षतामा विद्यार्थीहरुलाई जनही ४ सयका दरले छात्रवृत्ति वितरण गरिएको हो । आर्थिक वर्ष ०६९÷०७० मा प्राप्त रकमबाट छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक रविन्द्र कुमार कर्णले जानकारी दिए । सम्पूर्ण विद्यार्थीहरुलाई ७० हजार ४ सय रकम छात्रवृत्ति स्वरुप वितरण गरिएको विद्यालयले जनाएको छ ।

Monday, December 30, 2013

मसानघाट पु¥याईएको शव प्रहरीले खोस्यो

मसानघाट पु¥याईएको शव प्रहरीले खोस्यो
सर्लाही समाचारदाता
कर्मैया, पुस १५ । वागमती नदी किनारमा दाहसंस्कारका लागि तयारी अवस्थामा राखिएको एक शव सोमबार राती प्रहरीले हस्तक्षेपत गरेर खोसेको छ । कर्मैया गाविस–२ का एक युवकको मृत्यु शंकास्पद देखिएको र विना खबर शव जलाउने तयारी भएको थाहा पाएपछि हस्तक्षेप गरिएको प्रहरीले जनाएको छ ।
सिन्धुलीको क्यानेश्वर क्षेत्रमा ‘पिक्निक’ गएर फर्किने क्रममा मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएका भनिएका सुमन श्रेष्ठको शव दाहसंस्कार गर्ने क्रममा सोमबार राती प्रहरीले खोसेको हो । राती ८ बजेतिर शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा पठाईएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
स्थानीय बासिन्दाहरुको भनाई उदृत गर्दै प्रहरीका अनुसार सोमबार विहानै कर्मैया क्षेत्रबाट पिक्निक खान युवाहरुको एक समूह सिन्धुलीको क्यानेश्वर क्षेत्रमा गएको थियो । फर्कने क्रममा आफैले चलाएको मोटरसाईकल सडकबाट खस्दा कर्मैया गाविस–२ निवासी करिब २५ वर्षिय सुमन श्रेष्ठ घाईते भएको र हरिवन स्थिन नमूना अस्पतालमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको जानकारी आएको प्रहरीले बताएको छ ।
स्थानीय बासिन्दा सहित पिक्निक गएका युवाहरुको समूहले सुरक्षा निकायमा खबरै नगरी श्रेष्ठको दाहसंस्कार गर्न खोज्दै गर्दा शव उठाएर सदरमुकाम मलंगवा तर्फ पठाईएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । ना. २५ प ३७१ नम्बरको मोटरसाईकल सडकबाट धेरै तल खसेको अपुष्ट जानकारी आएको प्रहरीले जनाएको छ ।
‘‘मोटरसाईकल चलाउने मान्छे मोटरसाईकल दुर्घटनामा परि मृत्यु हुनु, पछाडी बसेका मान्छे सामान्य घाईते हुनु र दुर्घटना भएपछि प्रहरीलाई कुनै खबर नगरिनुले घटना शंकास्पद देखिएको छ ।’’ प्रहरी स्रोतले भन्यो–‘‘नियमानुसार प्रकृया पु¥याए सवारी दुर्घटनामा मृत्यु भएका परिवारले क्षतिपूर्ति पाउँछन्, तर यस घटनामा त रातारात कतै खबर नगरी दाहसंस्कार गर्ने प्रयास भएको छ ।’’ मोटरसाईकलको पछाडी बस्ने स्थानीय इश्वर श्रेष्ठ रहेको र उनी सामान्य घाईते भएको अपुष्ट जानकारी आएपनि विस्तृतमा केही थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार दुर्घटनामा घाईते भई मृत्यु भएका भनिएका श्रेष्ठलाई एमाओवादी नेता भरत थापाको जीप लगेर घटनास्थलबाट नमूना अस्पतालसम्म र अस्पतालबाट मृतकको घर पु¥याईएको थियो । मृतकका आफन्तमा रुवाबासी बढेकाले हतारमा दाहसंस्कार गरिएको स्थानीय गाउँलेहरुले बताएको प्रहरी स्रोतले जनाएको छ । थापाकै जीपमा शव सदरमुकाम मलंगवातर्फ पठाईएको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले सिन्धुली जिल्लाको क्यानेश्वरमा पिक्नीक खाएर फर्किने क्रममा मोटरसाईकल दुर्घटनामा मृत्यु भएको भन्ने प्रारम्भिक जानकारी बाहेक विस्तृतमा थाहा हुन नसकेको बताए । मंगलबार विहान घटनास्थलतर्फ अनुसन्धानका लागि टोली जाने प्रहरीले जनाएको छ । दुर्घटना भएको भनिएको मोटरसाईकलको पछाडी बस्ने श्रेष्ठको खोजी भईरहेको र पिक्नीकमा को–को गएको भन्ने कुरा विस्तृतमा थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

इन्दुशंकरले उखु पेल्न थाल्यो

इन्दुशंकरले उखु पेल्न थाल्यो
सर्लाही समाचारदाता
हरिवन, पुस १५ । इन्दु शंकर चिनी उद्योगले सोमबार अपरान्हबाट चालु सिजनको लागि उखु क्रसिङ सुरु गरेको छ ।
पौने ४ बजेबाट उखु क्रसिङ सुरु भएको महाप्रबन्धक विजयकान्त झाले बताए । ‘‘साँझ पौने ४ बजेबाट उखु क्रसिङ सुरु भयो ।’’ महाप्रबन्धक झाले सोमबार सर्लाही दैनिकसँग भने–‘‘विहान ६ बजेबाट चलाउने भनिएपछि प्राविधिक कठिनाईका कारणले साँझबाट मात्र सञ्चालनमा आयो ।’’
साँझबाट सञ्चालनमा आएको उद्योग पूनः रातीबाट प्राविधिक गड्बडीका कारण अवरुद्ध बनेको छ । ‘‘केहीबेर चलेपछि प्राविधिक गड्बडीका कारण उद्योग पूनः बन्द भएको छ ।’’ महाप्रबन्ध झाले भने ।
गतवर्षहरुमा दैनिक ३० हजार क्वीन्टल क्रसिङ गर्दै आएको उद्योगले यसवर्ष ५० हजार क्वीन्टल पु¥याएको छ । ‘‘उद्योगलाई दैनिक ५० हजार क्वीन्टल उखु क्रसिङ गर्ने क्षमतामा पु¥याएका छौं ।’’ महाप्रबन्धक झाले भने–‘‘कम्तिमा दैनिक ४० देखि ४५ हजार क्वीन्टल उखु क्रसिङ हुन्छ ।’’ यसअघिका सिजनहरुमा एउटामात्र डोंगा चल्दै आएकामा यसवर्ष भने उद्योगले दुईवटा डोंगा सञ्चालनमा ल्याउने भएको छ ।
यसवर्ष ४० लाख क्वीन्टल भन्दा बढी उखु क्रसिङ गर्ने लक्ष्य राखिएको समेत महाप्रबन्धक झाले बताए । गतवर्ष पुस ३ गतेबाट सञ्चालनमा आएको इन्दु शंकरले २६ लाख ५० हजार क्वीन्टल उखु क्रसिङ गरेको थियो ।

कपडा बरामद

कपडा बरामद
सर्लाही समाचारदाता
मलंगवा, पुस १५ । सर्लाहीको मलंगवा नाकाबाट प्रहरीले सोमवार ८० थान कुर्था सरुवालको कपडा बरामत गरेको छ ।
भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको अवस्थामा सिमा सुरक्षा कार्यालय मलंगवा सर्लाहीको प्रहरी टोलिले कपडा बरामत गरेको हो । कार्यालयका हवल्दार उपेन्द्र महतोको नेतृत्वमा गएको प्रहरीको टोलिले कपडा बरामत गरेको हो । ६८ हजार मुल्य बराबरको बरामत गरिएको कपडा जिल्ला भन्सार कार्यालय मलंगवा सर्लाहीमा बुझाईएको छ ।

समानुपातिक सभासद्मा नौ जना

समानुपातिक सभासद्मा नौ जना
सर्लाही समाचारदाता
हरिवन, पुस १५ । निर्वाचन आयोगमा सोमबार साँझसम्म विभिन्न २८ राजनैतिक दलहरुले बुझाएको नामावली अनुसार सर्लाहीबाट ७ जना समानुपातिक सभासद्मा चयन भएका छन् ।
सोमबार बुझाएको सूची अनुसार नेपाली कांग्रेसबाट हरेश महतो, एमाओवादीबाट शम्भु पासवान, तराई मधेश लोकतान्त्रिक पार्टीबाट केदारनन्दन चौधरी, सद्भावना पार्टीबाट सहिलदेवी महतो परेका छन् । त्यस्तै तराई मधेश सद्भावना पार्टी नेपालबाट नरेन्द्र साह र सोही पार्टीका क्षेत्र नं. ६ का उम्मेद्वार शिवपुजन रायकी भाउजु परेको अपुष्ट खबर प्राप्त भएको छ । कांग्रेस, सद्भावना र तमलोपाको नाम भने पार्टीका नेताहरुबाटै पुष्टी भईसकेको भएपनि अन्य नामहरु आधिकारिक रुपमा थाहा हुन सकेको छैन ।
कांग्रेसका महतोको घर बरहथवा हो । उनी २०६४ को संविधान सभा निर्वाचनमा क्षेत्र नं. ३ बाट कांग्रेसको तर्फबाट उम्मेद्वार रहेका थिए ।
त्यस्तै तमलोपाका चौधरीको घर अचलगढ गाविसमा पर्दछ । उनी तमलोपा अध्यक्ष महन्थ ठाकुरका विश्वासपात्र एवं केन्द्रीय प्रतिनिधि हुन् ।
त्यस्तै सद्भावना पार्टीकी सहिलदेवी राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोकी श्रीमती हुन् । अनौपचारिक जानकारी अनुसार एमाओवादीबाट समानुपातिक सभासद्को नामवलीमा शम्भु पासवान पनि रहेकाले उनी सर्लाहीकै हुन सक्ने अनुमान गरिएको छ । एमाओवादीले निर्वाचन अघि सर्लाहीबाट पासवान सहित तीनजनालाई समानुपातिक उम्मेद्वार बनाएको थियो ।
त्यस्तै तमसपा नेपालको नामावली गोप्य राखिएकाले आधिकारिक जानकारी पाउन सकिएको छैन । पार्टीले साँझ अवेर नामावली बुझाएको र सर्लाहीबाट दुईजना परेको खबर आफूले पाएको जिल्ला अध्यक्ष रामचन्द्र सिंह कुशवाहले बताए । उनका अनुसार क्षेत्र नं. ६ का साह र प्रत्यक्षतर्फका उम्मेद्वार रायको भाउजु परेका छन् ।
नेकपा एमालेले यसअघि नै निर्वाचन आयोगमा बुझाएको सूची अनुसार सर्लाहीबाट कमलादेवी महतो, रञ्जना सरकार र दुलारी देवी समानुपातिक सभासद्मा परिसकेका छन् । मधेशी जन अधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीले सूची बुझाउन बाँकी रहेको र अन्य विभिन्न पार्टीको नामावली विस्तृतमा थाहा हुन नसकेकाले सर्लाहीबाट समानुपातिक सभासद्मा अझै केही संख्या बढ्न सक्ने पनि जानकारहरु बताउँछन् ।

मौरी चराउन कपिलवस्तुमा

मौरी चराउन कपिलवस्तुमा
सर्लाही समाचारदाता
हरिवन, पुस १५ । सर्लाहीका मौरिपालक किसानहरु मौरी चराउन कपिलवस्तु पुगेका छन् ।
गतअसोजमा चिउरी मह उत्पादन गर्न प्युठान पु¥याईएका मौरी चिउरी सकिएपछि कपिलवस्तु लगिएको हो । हाल कपिलवस्तुमा तोरी र तोरा खेती निकै भईरहेको र मह धेरै उत्पादन गर्ने लक्ष्यले आफुहरुले मौरी कपिलवस्तु लगेको नेपाल मौरिपालक महासंघ सर्लाहीका महासचिव हेमराज देवकोटाले जानकारी दिए ।
देवकोटाका अनुसार कपिलवस्तुमा मौरी चराउनको लागी सर्लाहीबाट साँढे ४ सय मौरीको घार लगिएको छ । मौरी चराउनका लागी ११ जना किसानहरु त्यहाँ पुगेका छन् । माघ महिना भरी मौरी चराउने र फागुनको दोस्रो हप्ता आफुहरु घर फर्कने किसानहरुले बताएका छन् ।

Sunday, December 29, 2013

अधिकांश उम्मेद्वरले खर्च विवरण बुझाएनन्

अधिकांश उम्मेद्वरले खर्च विवरण बुझाएनन्
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, पुस १४ । संविधान सभा सदस्यको निर्वाचन २०७० मा सर्लाहीबाट भाग लिएका प्रत्यक्षतर्फका अधिकांश उम्मेद्वारहरुले आचारसंहिता अनुसार आ–आÇनो खर्च विवरण बुझाएनन् । मत परिणाम घोषणा भएको ३५ दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा उम्मेद्वारहरुले आ–आÇनो खर्च विवरण बुझाउनु पर्ने संविधान सभा निर्वाचन–२०७० को आचारसंहितामा उल्लेख छ । जसअनुसार सर्लाहीमा पुस १२ गतेभित्र उम्मेद्वारहरुले खर्च विवरण बुझाईसक्नु पर्ने हुन्छ । तर आइतबारसम्म ६६ जना उम्मेद्वारले मात्र खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुलुकको मूल कानून संविधान बनाउन प्रतिष्पर्धामा उत्रिएका उम्मेद्वारहरुले निर्वाचन आयोगको आचारसंहिताको पालना नगरेर ‘लज्जाजनक’ व्यवहार देखाएका छन् ।
जिल्लाका ६ वटै क्षेत्रमध्ये क्षेत्र नं. २ को सबैभन्दा ढिला मंसिर ८ गते मतपरिणाम घोषणा भएको थियो । अन्य क्षेत्रको त त्यसअघि नै घोषणा भएको थियो । प्रत्यक्षतर्फ सभासद्भा निर्वाचित ६ वटै क्षेत्रका उम्मेद्वारहरुले खर्च विवरण बुझाएका छन् भने ४ जना राष्ट्रिय अध्यक्षहरुले पनि बुझाएका छन् ।
क्षेत्र नं. १ का शम्भुलाल श्रेष्ठले ९ लाख ९५ हजार ७ सय २८, क्षेत्र नं. २ का रामचन्द्र चौधरीले ८ लाख ७६ हजार, क्षेत्र नं. ३ का हरि प्रसाद उप्रेतीले ९ लाख ९६ हजार एकसय २५, क्षेत्र नं. ४ का महेन्द्र राय यादवले ८ लाख ३९ हजार ८ सय, क्षेत्र नं. ५ का जंगीलाल रायले ९ लाख ९३ हजार र क्षेत्र नं. ६ का डा. अमरेशकुमार सिंहले ९ लाख ४४ हजार एकसय ९७ रुपैंया खर्च भएको विवरण पेश गरेका छन् । क्षेत्र नं. ४ मा प्रतिष्पर्धी उम्मेद्वारहरुबाट पैसाको खोलो नै बगाईएको चर्चा चलेपनि त्यहाँबाट निर्वाचित भएका तराई मधेश सद्भावना पार्टी नेपालका राष्ट्रिय अध्यक्ष समेत रहेका यादवले जिल्लामा विजयी भएका उम्मेद्वारहरुमध्ये सबैभन्दा कम खर्च भएको विवरण पेश गरेका छन् ।
त्यस्तै क्षेत्र न.ं १ का उम्मेद्वार नेकपा एमालेका राष्ट्रिय अध्यक्ष झलनाथ खनालको ९ लाख ९६ हजार, क्षेत्र नं. ६ का तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरको ८ लाख ५१ हजार, क्षेत्र नं. ४ का सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको ९ लाख ७५ हजार ४ सय खर्च विवरण पेश भएको छ ।
त्यस्तै सद्भावनाका क्षेत्र नं. ५ का प्रमोद साहले ८ लाख ३१ हजार, कांग्रेसकी शुशिला कार्कीले ९ लाख ९५ हजार, तमसपाकी किरणकुमारी रायले ९ लाख ८७ हजार ५ सय ५०, एमाओवादीका क्षेत्र नं. ३ का भरतकुमार थापाले ४ लाख ५० हजार १ सय, तमसपाका क्षेत्र नं. ६ का शिवपुजन रायले ८ लाख ५१ हजार, कांग्रेस सर्लाहीका सभापति एवं क्षेत्र नं. ४ का उम्मेद्वार लक्ष्मण रायले ३ लाख १३ हजार ५ सय, सद्भावनाका क्षेत्र नं. १ का रुपनारायण सिंहले ८ लाख ९७ हजार १ सय ७५ रुपैंया खर्च भएको विवरण पेश गरेका छन् ।
त्यस्तै चुरे भावर लोकतान्त्रिक पार्टीबाट क्षेत्र नं. ३ बाट खडा भएकी संगीता वाग्लेले ८ लाख ३४ हजार १ सय ६५, तमलोपाका क्षेत्र नं. २ का विनयकुमार कर्णले ७ लाख ९९ हजार १ सय, कांग्रेसकी क्षेत्र नं. ३ की मिना पाण्डेले ८ लाख ९९ हजार, राप्रपा नेपालका क्षेत्र नं. ४ का इस्लाम मन्सुरीले ९ लाख ४० हजार, एमालेका क्षेत्र नं. २ का सुरेन्द्र लामाले ९ लाख ९६ हजार १ सय, कांग्रेसका क्षेत्र नं. ५ का नागेन्द्रकुमार रायले ५ लाख ८८ हजार रुपैया खर्च विवरण पेश गरेका छन् । स्वतन्त्र सहित सर्लाहीबाट २ सय ५५ जनाले उम्मेद्वारी दिएका थिए । जसमध्ये ६६ जनाले मात्र आचारसंहिताको पालना गर्दै खर्च विवरण बुझाएका छन् भने बाँकी १ सय ८९ जनाले आचासंहिताको उल्लंघन गरेका छन् ।
संविधान सभा निर्वाचन २०७० को आचार संहितामा प्रत्यक्षतर्फका उम्मेद्वारले अधिकतम १० लाख रुपैंया खर्च गर्न पाउने व्यवस्था रहेको छ । तर जिल्ला स्थित कतिपय उम्मेद्वारहरुले करोडौं खर्च गरेको समेत चर्चामा आएको छ । समयभित्र खर्च विवरण नआएको बारे आयोगमा सम्पर्क गरेर आवश्यक कार्वाही प्रकृया अगाडी बढाईने जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश अधिकारीले बताए ।

बलात्कार आरोपी प्रहरीमाथि थुनछेक सुरु

बलात्कार आरोपी प्रहरीमाथि थुनछेक सुरु
सर्लाही समाचारदाता
मलंगवा, पुस १४ । सदरमुकाम मलंगवामा एक किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका तीनजना प्रहरी विरुद्ध थुनछेकको प्रकया अगाडी बढेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी जवानहरु संजीत कार्की, राजकुमार फुयाँल र अरवीन्द महतोलाई गत शुक्रबार जिल्ला अदालतमा पेश गरिएको हो । जिल्ला न्यायाधिश शंकरराज बरालले उक्त मुद्धा हेरिरहेको जिल्ला अदालत स्रोतले बतायो । ‘‘मुद्धामा थुनछेकको बहस लगायत प्रकृया सुरु भएको छ ।’’ अदालतका स्रोतले भन्यो–‘‘सम्भवतः आगामी मंगलबार श्रीमानबाट आदेश हुन्छ होला ।’’
गत मंसिर १८ गते मंगलबार विहानदेखि १९ गते बुधबार विहानसम्म सदरमुकाम मलंगवा स्थित विभिन्न लज र भारतको सोनवर्षामा समेत एक किशोरीमाथि सामुहिक रुपमा जबर्जस्ती करणी भएको भन्दै किटानी जाहेरी परेपछि सो कार्यमा संलग्न भएको आरोपमा तीनजना प्रहरीहरु पक्राउ परेका हुन् । सिन्धुपाल्चोक निवासी पीडित किशोरीको भनाईका आधारमा महिला तथा बालबालिका कार्यालय मलंगवा अन्तर्गत महिला शान्ति केन्द्रले गत शुक्रबार तीनजना प्रहरी एवं रात्रीबसका मजदुरहरुको केही नाम सहित १२ जनाले सामुहिक बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएको थियो । किटानी जाहेरीमा नाम उल्लेख भएका अन्य भने फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मंसिर १९ गते बुधबार हिमालय लजबाट उद्धार गरिएकी ति किशोरीलाई महिला तथा बालबालिका कार्यालयले एकसातासम्म आश्रय दिएर राखेको थियो । घर जान नमानेपछि उनलाई काठमाण्डौ स्थित शक्ति समूहको संरक्षणमा रहने गरी पठाईएको छ । आÇनै दाजु लिन आएपनि किशोरीले घर जान नमानेपछि उनलाई लालनपालन एवं शिक्षा लगायत संरक्षण दिने जिम्मेवारी सहित शक्ति समूहले संरक्षणमा लिएको हो ।
करिब १६ वर्षिया उनलाई मलंगवा–काठमाण्डौ चल्ने रात्रीबसका एक मजदुरले काठमाण्डौबाट फकाएर मलंगवा ल्याएको र दुईदिनसम्म जबर्जस्ती करणी गरेको बताईएको छ ।

अपहरणकर्ताको आरोपमा दोस्रो म्याद थप

अपहरणकर्ताको आरोपमा दोस्रो म्याद थप
सर्लाही समाचारदाता
मलंगवा, पुस १४ । अपहरणमा संलग्न भएको आरोपमा पक्राउ परेका दुर्ईजनालाई जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतबाट दोस्रोपटक म्याद थप गरी कार्वाही प्रकृया अगाडी बढाएको छ ।
नेत्रगंज गाविस–६ का १५ वर्षिय धिरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा पक्राउ परेका धर्मेन्द्र यादव र विरेन्द्र ठाकुरलाई जिल्ला अदालतबाट दोस्रोपटक आइतबार जिल्ला अदालतबाट सात दिन म्याद लिएर  कार्वाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  नेत्रगंज गाविस–६ का धर्मेन्द्र यादव र वेल्ही गाविस–३ निवासी विरेन्द्र ठाकुरलाई प्रहरीले गत विहिबार पक्राउ गरेको थियो ।
पुरानो घर संग्रामपुर गाविस–९ मा रहेका र हाल नवलपुरमा बसोबासरत रामपुकार यादवका छोरा धिरेन्द्रलाई गत मंसिर २३ गते अपहरण गरेको बताईएको छ । शौचालय जाने क्रममा गत पुस १ गते सोमबार आफू भाग्न सफल भएको धिरेन्द्रले जाहेरीमा उल्लेख गरेका छन् । धिरेन्द्रले पक्राउ परेका दुईजना सहित ५ जनाविरुद्ध किटानी जाहेरी दिएको प्रहरी स्रोतले बताएको छ ।
गत मंसिर २३ गते दिउँसो दुईबजे नवलपुरदेखि केही दक्षिण लर्डब्राईट बोर्डिङ स्कुल नजिक बोलाएर आफूलाई अपहरण गरेको धिरेन्द्रले बताएका छन् । पक्राउ परेका धर्मेन्द्र अपहरित भनिएका धिरेन्द्रकै छिमेकी हुन् । फोन गरेर बोलाएपछि पुग्ने वितिकै मोटरसाईकलमा राखेर आफूलाई लगेको धिरेन्द्रले प्रहरी समक्ष बयानमा बताएका छन् ।
ब्रम्हपुरी लगायत विभिन्न स्थानमा बन्धक बनाएर राखेको धिरेन्द्रको दावी छ । अपहरण तथा शरिर बन्धक अन्तर्गत कार्वाही प्रकृया अगाडी बढाईएको र आरोपीत अन्यको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओलीले बताए । घटनाबारे विस्तृतमा अनुसन्धान प्रकृया जारी रहेको समेत प्रहरीले जनाएको छ ।

चलान पुर्जी बाँडेपछि उखु खेतमा मारामार

चलान पुर्जी बाँडेपछि उखु खेतमा मारामार
सर्लाही समाचारदाता
हरिवन, पुस १४ । इन्दु शंकर चिनी उद्योगले उखु ल्याउनका लागि चलानपूर्जी वितरण गरेपछि किसानहरुले उखु काट्न सुरु गरेका छन् ।
तेस्रो वर्षे खुट्टी उखु काट्न ढिलाई भईसकेकाले किसानहरु त्यस्तो उखु काट्न हतारिएका छन् । उखुको मूल्य विषयमा उद्योगपति र किसान प्रतिनिधिहरुबीच कुरा नमिल्दा चिनी उद्योग सञ्चालनमा भएको ढिलाईले किसानहरु चिन्तित बन्दै आएका थिए । उद्योगले चलानपूर्जी वितरण सुरु गरेपछि हाल जिल्लाभर उखु काट्न किसानहरुबीच तँछाडमछाड सुरु भएको छ । इन्दु शंकर चिनी उद्योग हरिवनले सोमबार विहानबाट उखु क्रसिङ गर्दैछ ।
‘‘आज राती २ बजेबाट उद्योग सञ्चालनको साईरन बजाउँछौं ।’’ आइतबार राती सर्लाही दैनिकसँग विजयकान्त झाले भने–‘‘भोली विहानबाट उखु क्रसिङ सुरु हुन्छ ।’’ चार दिनअघि नै उद्योगले उखु ल्याउन किसानलाई चलानपूर्जी वितरण सुरु गरेको भएपनि पर्याप्त उखु जम्मा नभएकाले उद्योग सञ्चालनमा ढिलाई भएको महाप्रबन्धक झाले बताए । झाका अनुसार कम्तिमा १० हजार क्वीन्टल उखु जम्मा भएपछि मात्र उद्योग सञ्चालन गरिनेछ । वर्षहरुमा दैनिक ३० हजार क्वीन्टल क्रसिङ गर्दै आएको उद्योगले यसवर्ष ५० हजार क्वीन्टल पु¥याएको छ । ‘‘उद्योगलाई दैनिक ५० हजार क्वीन्टल उखु क्रसिङ गर्ने क्षमतामा पु¥याएका छौं ।’’ महाप्रबन्धक झाले भने–‘‘कम्तिमा दैनिक ४० देखि ४५ हजार क्वीन्टल उखु क्रसिङ हुन्छ ।’’
यसवर्ष ४० लाख क्वीन्टल भन्दा बढी उखु क्रसिङ गर्ने लक्ष्य राखिएको समेत महाप्रबन्धक झाको कथन छ । गतवर्ष पुस ३ गतेबाट सञ्चालनमा आएको सो उद्योगले त्यस सिजनमा २६ लाख ५० हजार क्वीन्टल उखु क्रसिङ गरेको थियो ।

प्याब्सनमा पंजियार

प्याब्सनमा पंजियार
सर्लाही समाचारदाता
शंकरपुर, पुस १४ । निजी विद्यालय सञ्चालकहरुको संगठन प्याब्सन सर्लाहीको नयाँ नेतृत्व चयन भएको छ ।
एभरेष्ट एकेडेमी जब्दीका सञ्चालक गोपाल पंजियारको अध्यक्षतामा १३ सदस्यीय जिल्ला नेतृत्व चयन भएको हो । शनिबार राती ११ बजे सम्पन्न जिल्ला अधिवेशनले उपाध्यक्षमा लोकराज पौडेल, सचिवमा नवराज सुवेदी, कोषाध्यक्षमा आरडी मण्डल र सहसचिवमा डिबी फुँयाललाई चयन गरेको छ । यूरिका मावि शंकरपुरमा राती ११ बजेसम्म अधिवेशन चलेको सचिव सुवेदीले बताए ।

अनुगमन तालिम सम्पन्न

अनुगमन तालिम सम्पन्न
सर्लाही समाचारदाता
लालबन्दी, पुस १४ ।  जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख, योजना शाखाका कर्मचारी र कम्प्युटर अपरेटरहरुका लागी गरिवी अनुगमन विश्लेषण प्रणाली बारेमा ४ दिने तालिम लालबन्दीमा सम्पन्न भएको छ । जिल्ला विकास समितिको कार्यालय सर्लाहीको आयोजनामा भएको तालिममा कार्यालबाट गरिएको कामबाट सेवाग्राहीमा भएका लाभान्वित वारेमा बुझेर रिपोर्ट तयार पार्न सिकाईएको छ ।
तालिममा जिल्ला विकास समिती सिन्धुली सुचना शाखा प्रमुख दिपक कार्की र उदयपुर जिल्ला विकास समितीका सुचना शाखा सहायक प्रमुख सन्तोष पौडेलले प्रशिक्षण भएको थियो । तालिममा प्राविधिक तथा आर्थिक सहयोग यूएनएफपिए नेपालले गरेको जिल्ला विकास समिती सर्लाहीका सुचना अधिकृत पुष्करमणी घिमिरेले जानकारी दिए । तालिलमा ३० जना सहभागी भएका थिए ।

जोखिम न्यूनिकरण तालिम शुरु

जोखिम न्यूनिकरण तालिम शुरु
सर्लाही समाचारदाता
मलंगवा, पुस १४ । प्रकोप र जलवायु जोखिम न्यूनिकरणका लागि योजना तहसम्म मूल प्रवाहीकरण गर्ने उद्देश्यका साथ सरोकारबालालाई दिइएको चारदिने अभिमुखिकरण आइतबारबाट मलंगवामा शुरु भएको छ ।
यूएनडिपी र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहयोगमा स्थानिय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलले तालिमको आयोजना गरेको हो ।
जिल्ला दैविप्रकोप उद्धार समितिको पदाधिकारी, विषयगत कार्यालयका प्रमुख, सुरक्षा निकाय प्रमुख एवं स्थानिय निकायका प्रतिनिधी सहित २५ सहभागिलाई प्रतिष्ठानका प्रशिक्षकद्वय शैलेस चापागाई र ऋतुवर्ण सिलवालले सहजिकरण गरेका छन् । छलफल पश्चात स्थानिय स्तरकै समस्या बारेमा कार्य योजना समेत बनाइने प्रतिष्ठानका सत्रुधन चौधरीले जानकारी दिए । निमित्त स्थानिय विकास अधिकारी होमबहादुर बस्नेतको सभापतित्वमा भएको कार्यक्रम निमित्त प्रमुख जिल्ला अधिकार प्रकाशचन्द्र अधिकारीले उद्घाटन गरेका थिए ।

तस्करी सामाग्री पक्राउ

तस्करी सामाग्री पक्राउ
सर्लाही समाचारदाता
मलंगवा, पुस १४ । त्रिभुवननगर नाकाबाट आइतवार सशस्त्र प्रहरीले तस्करीबाट आउदै गरेका सामाग्री पक्राउ गरेको छ ।
भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा ४६ लिटर खानेतेल र तीनवटा ग्याँस चुलो  बोडर आउट पोष्ट त्रिभुवननगरको गस्ती टोलिले बरामत गरेको हो । साईकलमा सामान ल्याउँदै गरेका व्यक्ति भने प्रहरीलाई देखेपछि सामाग्री छोडेर भागेका सशस्त्र प्रहरी नायव निरिक्षक प्रमोद सिंहले जानकारी दिए । बरामत गरिएको सामान जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाईएको छ । पछिल्लो समयमा जिल्लामा भारतबाट खुल्ला नाकाहुँदै भन्सार छलेर माल सामान ल्याउने क्रम बढ्दै गएको छ ।

छोराको कुटाईबाट आमाको मृत्यु

छोराको कुटाईबाट आमाको मृत्यु
सर्लाही समाचारदाता
हजरिया, पुस १३ । एक युवकले आफूलाई जन्म दिने आफ्नी आमाको हत्या गरेका छन् । हजरिया गाविस निवासी करिब २९ वर्षिय एक युवकले कुटपीट गर्दा शुक्रबार राती उनको सहोदर आमाको मृत्यु भएको हो ।
हजरिया गाविस–७ निवासी रामकैलाश महतोको कुटाईबाट ४८ वर्षिया उनकी आमा कौशिलादेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार साँझ सात बजेतिर आÇना छोराछोरीलाई कुटपीट गरेपछि सम्झाउने क्रममा कैलासले आमा कौशिला देवीमाथि पनि कुटपीट गरेका थिए ।
कैलासको कुटाईबाट आमा कौशिलाको घटनास्थलमै मृत्यु भएको बताईएको छ । साँझ बजारबाट मदिरा सेवन गरेर ढिला गरि गएका कैलासले पहिला आÇना छोराछोरीलाई कुटपीट गरेको प्रहरीले जनाएको छ । ‘‘बजारबाट गएका कैलासले दुईजना आÇना छोराछोरीलाई कुटपीट गरेछन् ।’’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश सिंहले भने–‘‘छोराछोरी रुँदै छिमेकीको घरमा गएपछि आमाले गाली गरेको र उनलाई नै कैलाशले कुटपीट गरेछन् ।’’
रक्सी खाएर जथाभावी गर्ने भन्दै गाली गरेपछि कैलाशले आमालाई पनि बाँसको चिरपटले हिर्काएको प्रहरीले जनाएको छ । घटना लगतै फरार रहेका कैलासलाई प्रहरीले शनिबार विहान साँढे ५ बजे मानपुर स्थित नहरको बाटोमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।
घटना लगतै जिल्ला प्रहरी कार्यालयबाटै एकटोली कैलाशको खोजी कार्यमा खटिएको थियो । रातभर खोजीकार्य गर्दा पनि फेला नपरेपछि जिल्लाको टोली विहान साँढे ४ बजे घटनास्थल आसपासबाट फर्किएको थियो ।
कैलाशको मानसिक सन्तुलन समेत गुमेको बताईएको छ । स्थानीय गाउँमा झगडा गरेपनि उनलाई दुई–चार दिन अगाडीपनि हजरिया प्रहरी चौकीमा थुनामा राखिएको थियो । गाउँमा जोसुकै सँग झै–झगडा गर्ने र कुटपीट गरिहाल्ने स्वभावका कैलाशकी श्रीमति पनि हाल माइतिमै रहेको बताईएको छ । कैलाशको कुटपीट सहन नसकेर उनकी श्रीमति मधुवनगाउँ स्थित माईतिमै रहेको बताईएको छ ।
कैलासलाई हाल इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रण्मा राखिएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले बतायो ।

एमालेका सात जनामा तीन छानिए

एमालेका सात जनामा तीन छानिए
सर्लाही समाचारदाता
हरिवन, पुस १३ । नेकपा एमालेको समानुपातिक सभासद्मा सर्लाहीबाट तीनजना परेका छन् । सर्लाहीबाट ७ जना समानुपातिक उम्मेद्वार रहेपनि ३ जनामात्र सभासद्मा चयन भएका हुन् ।
शुक्रबार साँझ अवेर सम्पन्न एमाले स्थायी कमिटीको बैठकले गरेको निर्णय अनुसार सर्लाहीबाट तीनजना महिला परेका हुन् । नेकपा एमालेकी वैकल्पिक केन्द्रीय सदस्य कमलादेवी महतो, एमाले सम्बद्ध युवा संघकी केन्द्रीय सदस्य रञ्जना सरकार र एमाले सम्बद्ध नेपाल उत्पीडित जातिय मुक्ति समाजकी जनकपुर अञ्चल सदस्य दुलारी गिरी एमालेको समानुपातिक सभास्दको सिफारिस सूचीमा परेका हुन् ।
क्षेत्र नं. ५ अन्तर्गत सिमरा भगवतीपुर निवासी महतो एमालेमा लामो समयदेखि अनवरत लागि परेकी महिला नेतृ हुन् भने क्षेत्र नं. २ अन्तर्गत हरिपुर निवासी सरकार यूवा आन्दोलन लगायतमा पार्टीमा सकृय नेतृ हुन् । त्यस्तै क्षेत्र नं. ४ अन्तर्गत ब्रम्हपुरी निवासी गिरी एमाले अन्तर्गत दलित आन्दोलनमा सकृय जुझारु महिला नेतृ हुन् । महतोलाई लामो समयदेखि निरन्तर पार्टीका लागि योगदान दिएको मधेशी महिला, सरकारलाई अल्पसंख्यक एवं पार्टीको भातृ संगठन युवा संघको क्षेत्रमा सकृय र गिरीलाई दलित महिला नेतृको भूमिका निर्वाह गरेकाले समानुपातिक सभासद्भा सिफारिस गरिएको एक एमाले नेताले बताए ।
एमालेले सर्लाहीबाट ७ जनालाई समानुपातिक सभासद्मा उम्मेद्वार बनाएको थियो । सर्लाहीबाट ५० जनाभन्दा बढी सिफारिस भएपनि एमालेको समानुपातिक उम्मेद्वारको अन्तिम सूचीमा ७ जना परेका थिए । जसमा वैल्कल्पिक केन्द्रीय सदस्य समेत रहेका रविन्द्र वैठा, जनकपुर अञ्चल कमिटी सचिव लक्ष्मण पौडेल, हरिपुरका सुमन धामी र मूर्तियाकी रमा कुशवाहा लगायतको पनि समानुपातिकको अन्तिम सूचीमा नाम पनि रहेको थियो । कुशवाहा डा. सियाराम कुशवाहाकी श्रीमति हुन् ।
वैठाले चुनावको समयमा आÇनो गृह क्षेत्र नं. ४ का उम्मेद्वार राजनारायण साहलाई उचित सहयोग नगरेको भन्दै समानुपातिक सभासद्मा चयन नगरेको एमाले स्रोतले बतायो । वैठाले क्षेत्र नं. ४ बाट एमालेका पूर्व नेता एवं हाल तराई मधेश सद्भावना पार्टी नेपालका राष्ट्रिय अध्यक्ष रहेका महेन्द्र राय यादव उम्मेद्वारमा खडा भएपछि पार्टीका उम्मेद्वार साहलाई सहयोग नगरेको बताईएको छ । ‘‘वैठालाई पहिलापनि पार्टीले उचित अवसर दिईसकेको थियो ।’’ स्रोतले भन्यो–‘‘अहिलेपनि फेरी सभासद्मा चयन गथ्र्यो होला, तर उनले पार्टीका उम्मे्वारलाई गद्धारी गरेकाले सभासद्मा नपरेका हुन सक्छन् ।’’
त्यस्तै एमालेका पूराना नेता एवं जनकपुर अञ्चल सचिव लक्ष्मण पौडेललाई भने अन्य कुनै अवसर उपलब्ध गराईदिने प्रलोभन दिएर छनौटमा नपारिएको एमाले स्रोतले बतायो । ‘‘सभासद् भन्दा धेरै शक्तिशाली र राम्रो पदमा पौडेललाई अवसर दिने नेतृत्वले बचन दिएको छ ।’’ एमाले स्रोतले भन्यो–‘‘त्यसैले उनी समानुपातिक उम्मेद्वारको सूचीमा परेपनि सभासद्मा भने परेनन् ।’’
त्यस्तै धामी र कुशवाहालाई जातिय लगायत कारणले मात्र पार्टीले समानुपातिक उम्मेद्वारको सूचीमा राखेकाले सभासद्मा नाम सिफारिस नगरेको पार्टीका एक कार्यकर्ताले बताए । ‘‘उनीहरुको पार्टीमा खासै ठूलो योगदान थिएन ।’’ ती कार्यकर्ताले भने–‘‘त्यसैले समानुपातिक सभासद्मा परेनन् ।’’ जम्मा ८४ जना समानुपातिक सभासद्का लागि सर्लाहीबाट मात्रै ३ जना पर्नुमा पार्टीले सर्लाहीलाई ठूलै महत्व दिएको एक एमाले नेताले बताए ।

महिला शिक्षकको कार्यक्रम

महिला शिक्षकको कार्यक्रम
सर्लाही समाचारदाता
लालबन्दी, पुस १३ । नेपाल शिक्षक संघ महिला विभागको आयोजनामा शनिबार लालबन्दीमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अपरान्ह जनज्योती उमावि लालबन्दी परिसरमा कार्यक्रम भएको थियो । शिक्षक संघ सर्लाहीकी महिला उपाध्यक्ष विश्वलक्ष्मी उप्रेतीको सभापतित्व एवं संघकी केन्द्रीय महिला उपाध्यक्ष विष्णुदेवी पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
बढीभन्दा बढी महिलाहरुलाई नेतृत्वमा कसरी पु¥याउन सकिन्छ भन्ने बारेमा अन्तरक्रियामा छलफल भएको थियो । कार्यक्रमको नाम नै ‘म नेतृत्व लिन सक्छु’ भन्ने रहेको थियो । कार्यक्रममा संघका सर्लाही अध्यक्ष कौशलकिशोर राय, संघका धनुषा जिल्ला अध्यक्ष मेघनाथ यादव लगायत अतिथि रहेका थिए । कार्यक्रममा संघका सर्लाही उपाध्यक्ष यमनाथ उप्रेती, सचिव मनोज कुमार शर्मा लगायतले मन्तव्य राखेका थिए ।
तारा ढुंगेलको सञ्चालन रहेको कार्यक्रममा जिल्लाका अधिकांश महिला शिक्षकहरुको उपस्थिती रहेको जिल्ला अध्यक्ष रायले बताए ।

होस् गर्नोस्, ‘मर्निङ वाक’...

होस् गर्नोस्, ‘मर्निङ वाक’...
सर्लाही समाचारदाता
लालबन्दी, पुस १३ । पूर्व–पश्चिम राजमार्गमा ‘मर्निङ वाक’ (विहान दौडने) गर्दै गरेका लालबन्दीका एक सर्वसाधारणको सवारी साधनको ठक्करबाट मृत्यु भएको छ ।
शनिबार बिहान लालबन्दी गाविस–१ का ४५ वर्षिय सहदेव आचार्यको ट्रकको ठक्करबाट मृत्यु भएको हो । लालबन्दीबाट पुर्वतर्फ ‘मर्निङ वाक’ मा निस्केका अचार्यलाई  पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना. ३ ख ४५५२ नम्बरको ट्रकले कालिन्जोर पुलमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
आचार्यलाई ठक्कर दिनेवितिकै फरार रहेको ट्रक र चालकलाई हरिवनमा पक्राउ गरीएको प्रहरीले जनाएको छ । ‘मर्निङ वाक’ का क्रममा लालबन्दीबाट पूर्वतर्फ जाँदै गरेका आचार्यलाई विहान साँढे ५ बजे ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिनेवितिकै फरार रहेको ट्रकलाई हरिवनमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अत्याधिक हुस्सुका कारण दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । जाडो बढेसँगै हुस्सुको मात्रा समेत बढेकाले जिल्ला ट्राफिक प्रहरी कार्यालयले आम सर्वसाधारणलाई ‘मर्निङ वाक’ लगायत कार्यमा ध्यान दिन आग्रह गरेको छ । बाक्लो हुस्सु लागेको अवस्थामा शारिरिक स्वास्थ्यलाई मजबुत बनाउनका लागि मर्निङ वाक गर्दै गरेका आचार्यको सवारी साधनको ठक्करबाट ज्यान नै गएपछि आमसर्वसाधारणले त्यसबाट शिक्षा लिनुपर्ने देखिएको छ ।

छात्रावृत्ति तथा स्वागत कार्यक्रम

छात्रावृत्ति तथा स्वागत कार्यक्रम
सर्लाही समाचारदाता
पत्थरकोट, पुस १३ । पत्थरकोट ७ मा रहेको जनता निमाविमा शनिबार विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण तथा क्षेत्र नम्वर १ का नव निर्वाचित सभासद्लाई स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मण महतोको अध्यक्षता भएको कार्यक्रममा विद्यालयका १ सय २ जना विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गरिएको हो । साथै विद्यालयको आयोजनामा सर्लाही क्षेत्र नम्बर १ का सभास शम्भुलाल श्रेष्ठलाई स्वागत तथा अभिनन्दन गरिएको छ । उनलाई दोसल्ला ओढाई फुलमाला लगाएर स्वागत तथा अभिनन्दन गरिएको विद्यालयका प्रधानाध्यापक बिजय कुमार साहले जानकारी दिए ।
कार्यक्रममा नेपाली काँगे्रसका नेता राम सुरत महतो, एमालेका नेता लालसिंह लामा, एमाओवादीका नेता बिष्णु सापकोटा लगायतले मन्तव्य राखेका थिए ।

हरिवनमा चलान वितरण, महोत्तरीमा चल्यो

हरिवनमा चलान वितरण, महोत्तरीमा चल्यो
सर्लाही समाचारदाता
रामनगर, पुस १३ । इन्दु शंकर चिनी उद्योग हरिवनले चालु सिजनमा उखु क्रसिङ गर्नका लागि किसानलाई उखु ल्याउने चलानपूर्जी वितरण सुरु गरेको छ ।
उद्योगका महाप्रबन्धक विजयकान्त झाले चलानपूर्जी वितरण सुरु गरिएको बताए । ‘‘चलानपूर्जी वितरण सुरु भयो ।’’ उनले भने–‘‘एकदुई दिनपछि नै उद्योग सञ्चालनमा आउँछ ।’’ कम्तिमा १० हजार क्वीन्टल उखु उद्योग परिसरमा जम्मा भएपछि उद्योग सञ्चालनमा आउने महाप्रबन्धक झाले बताए ।
यसवर्ष उद्योगले दैनिक उखु क्रसिङ क्षमतामा समेत वृद्धि गरेको छ । गतवर्षहरुमा दैनिक ३० हजार क्वीन्टल क्रसिङ गर्दै आएको उद्योगले यसवर्ष ५० हजार क्वीन्टल पु¥याएको छ । ‘‘उद्योगलाई दैनिक ५० हजार क्वीन्टल उखु क्रसिङ गर्ने क्षमतामा पु¥याएका छौं ।’’ महाप्रबन्धक झाले भने–‘‘कम्तिमा दैनिक ४० देखि ४५ हजार क्वीन्टल उखु क्रसिङ हुन्छ ।’’
यसवर्ष ४० लाख क्वीन्टल भन्दा बढी उखु क्रसिङ गर्ने लक्ष्य राखिएको समेत महाप्रबन्धक झाले बताए । सो उद्योगले गतवर्ष २६ लाख ५० हजार क्वीन्टल उखु क्रसिङ गरेको थियो । गतवर्ष पुष ३ गते सञ्चालनमा आएको उद्योग उखु किसानका प्रतिनिधि र उद्योगपतिहरुबीच मूल्यका विषयमा वार्ता नमिल्दा यसवर्ष भने सञ्चालनमा केही ढिलाई हुने भएको छ । चिनी उद्योगपति र उखु किसान प्रतिनिधिबीच नेटपूर्जीमा शुन्य मूल्य लेखेर तत्काल उद्योग सञ्चालन गर्ने र माघ मसान्त भित्र उखुको मूल्य तय गर्ने सहमति भएको छ । मूल्यका विषयमा उद्योगपतिहरुसँग वार्ता नमिल्दा उद्योग सञ्चालनमा भएको ढिलाईले किसानहरु चिन्तित बनेका थिए ।
त्यस्तै महोत्तरीको रामनगरमा रहेको एभरेष्ट चिनी उद्योग शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको छ । किसानसँग सहमति भएपछि उद्योगले गएको बुधबारदेखि उखु कटानको लागि किसानलाई अनुमति पुर्जी (चलान) वितरण गरेको थियो ।
शुक्रबार दिउँसो सम्ममा १५ हजार क्वीन्टल उखु जम्मा भएपछि उद्योग सञ्चालन गरिएको उद्योगका प्रमुख उखु प्रबन्धक युगलकिशोर चौरसियाले जानकारी दिए । गत बर्ष ४५ लाख क्वीन्टल उखु क्रसिङ गरेको एभेष्टले यस बर्ष ५० लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ । महोत्तरीमा यस बर्ष २५ लाख क्वीन्टल भन्दा धेरै उखु उत्पादन भएको अनुमान गरिएको छ । उद्योगलाई चाहिने वाँकी उखु सर्लाही र धनुषा जिल्लाबाट ल्याइने उखु प्रबन्धक चौरसियाले बताए ।

सनराईजको १९ औं वार्षिकोत्सव सम्पन्न

सनराईजको १९ औं वार्षिकोत्सव सम्पन्न
सर्लाही समाचारदाता
हरिवन, पुस १३ । सनराईज उमावि हरिवनले १९औं वार्षिकोत्सवको अवसरमा शनिबार विविध कार्यक्रम गरेको छ ।
उमाविले उक्त अवसरमा अभिभावक भेला एवं विविध खेलकुद कार्यक्रम समेत गरेको छ । उमाविका सञ्चालक ज्ञानप्रसाद पोखरेलको सभापतित्व एवं जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत बासुदेव तिमल्सिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा नेपाली सेनाको रिपुमर्दन गणका गणपति मनोज वैदवार विशेष अतिथि रहेका थिए भने हरिवन गाविस सचिव राजकुमार थापा, नेपाली कांग्रेसका वयोवृद्ध नेता बासुदेवशरण कोइराला, संचारकर्मी चूडामणि वाग्ले, अभिभावक शिवप्रसाद लुइटेल, विद्यालयका प्रिन्सिपल सुदर्शन पोखरेल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा मार्चपास सहित विभिन्न खेलकुद प्रतियोगिता, नृत्य प्रदर्शन लगायत प्रतियोगिता भएको थियो । कार्यक्रममा महिला अभिभावकहरु बीच कुर्सी दौड प्रतियोगिता समेत गराईएको विद्यालयका प्रिन्सीपल सुदर्शन पोखरेलले बताए ।

सडक दुर्घटनामा दुईजनाको मृत्यु

सडक दुर्घटनामा दुईजनाको मृत्यु
सर्लाही समाचारदाता
नवलपुर, पुस १२ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरमा शुक्रबार भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा ललितपुर जिल्ला लामटार गाविस निवासी मन्तुराम तामाङ र हरिवन गाविस–९ निवासी लालु गोलेको मृत्यु भएको हो । मन्तुरामको घटनास्थलमै र गोलेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
हाल हरिवन गाविस–९ मा डेरा गरी बस्ने मन्तुरामले मोटरसाइकल चलाएर आएको देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । दुवैजना अत्याधिक मदिरा सेवन गरेर लालबन्दीबाट हरिवनतर्फ आएको बताईएको छ । मोटरसाईकल अत्याधिक तिव्रगतिमा रहेकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुईजना श्रीमतिलाई एउटै डेरामा राखेर जिविका चलाउँदै आएका मन्तुरामलाई लालु गोलेले शुक्रबार विहानै सिन्धुलीको क्यानेश्वर गाविसतर्फ लिएर गएका थिए । प्रहरीका अनुसार गोलेकी श्रीमति पोईल गएकाले खोज्दै जाने क्रममा उनीहरु क्यानेश्वर पुगेका थिए ।
क्यानेश्वरबाट फर्कने क्रममा उनीहरुको मोटरसाईकल दुर्घटनामा परेको थियो । अपरान्ह पौने ४ बजेतिर नेपाली सेनाको रिपुपर्दन गणदेखि केही पूर्वको लच्कामा उनीहरु चढेको मोटरसाईकल लडेको अवस्थाम फेला परेको थियो ।
दुर्घटना भईसकेपछि दुवैजनालाई सडक किनारमा सडक..........
रक्ताम्मे भएर लडिरहेको अवस्थामा देखेपछि स्थानीय प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगतै प्रहरी र स्थानीय बासिन्दाको टोलीले दुवैजनालाई उपचारका लागि स्थानीय नमूना अस्पतालमा पठाएको थियो । अस्पतालमा पु¥याउने वितिकै मन्तुरामलाई चिकित्सकले मृत घोषणा गरेका थिए भने गम्भिर घाईते लालु गोलेलाई थप उपचारका लागि भरतपुरतर्फ लगिएको थियो । भरतपुर अस्पताल पु¥याएर उपचार थालेको १५ मिनेटपछि लालुको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरु चढेको भनिएको ना. १७ प ४४३५ नम्बरको मोटरसाईकलको अगाडीको चक्का पूर्ण रुपले ध्वस्त अवस्थामा रहेको छ । प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले अचम्म खालको दुर्घटना भएको देखिएको बताए । मोटरसाईकलले राजमार्गको लच्का स्थित दक्षिणी भागका तीनवटा पिलर भाँचेको छ ।
मोटरसाईकल अनियन्त्रित भई पछारिएको र सोही मोटरसाईकलले पिलर भाँचेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले बताएको छ । एकजनाको घटनास्थलमै मृत्यु भएकाले र तत्काल घाईते अवस्थामा फेला परेका अर्का एकजनाले पनि विस्तृतमा नबताएकाले घटनाबारे एकिन हुन सकेको छैन । प्रत्यक्षदर्शी समेत कोही नभेटिएकाले घटनाबारे एकिन हुन नसकिएको हो ।
घटनामा घाईते अवस्थामा फेला परेका लालुले कहिले आफू पैदल यात्री रहेको त कहिले मोटरसाईलकको पछाडी बसेको बताएकाले प्रहरी दुर्घटनाबारे अन्यौल देखिएको छ । घटनाबारे विस्तृतमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

लालबन्दी फिडरलाई विद्युतको नमूना बनाईने

लालबन्दी फिडरलाई विद्युतको नमूना बनाईने
सर्लाही समाचारदाता
लालबन्दी, पुस १२ । नेपाल विद्युत प्राधिकरण मलंगवा वितरण केन्द्रले शुक्रबार लालबन्दीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
विद्युत प्राधिकरणको हरिपुर सबस्टेशन अन्तर्गत लालबन्दी फिडरलाई नमूना फिडर बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा प्राधिकरण क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख विभुतीनाथ मिश्र, सहायक प्रमुख राजिव सिंह, प्राधिकरण सर्लाहीका प्रमुख दिपेन्द्रराज द्विवेदी लगायतका अधिकारीहरुको उपस्थिती रहेको थियो ।
लालबन्दी स्थित जानकी निमाविमा भएको कार्यक्रममा बोल्दै स्थानीय उद्योग वाणिज्य संघका अध्यक्ष बाबुकाजी प्रधानले प्राधिकरणले उपभोक्तालाई हित हुने गरी अगाडी बढ्नुपर्ने बताए । राष्ट्रिय लोडसेडिङको तुलनामा अतिरिक्त लोडसेडिङको भार थमाएर सर्लाहीका उपभोक्तालाई विद्युत प्राधिकरणले अन्याय गरिरहेको प्रधानले गुनासो गरे । ‘‘एक–दुई घण्टा हैन, लोडसेडिङ बाहेक पनि पाँच–छ घण्टासम्म निरन्तर विद्युत आउँदैन ।’’ उनले भने–‘‘चोरी गर्नेहरुमाथि कडा कार्वाही गर्नुपर्छ, त्यसका लागि जे सुकै सहयोग गर्न हामी तयार छौं ।’’ प्राधिकरणले चुहावटको नाममा आम जिल्लाबासीलाई होलसेलमा दण्डित गरिरहेको प्रति समेत उनले आपत्ती जनाए ।
कार्यक्रममा बोल्दै स्थानीय शुशिल थपलियाले गाउँ–गाउँमा विद्युत चुहावटका लागि अभियान चलाउनुपर्ने माग गरे । ‘‘प्राधिकरणले चुहावट नियन्त्रणका लागि गाउँ–गाउँमा अभियान चलाओस् ।’’ उनले भने–‘‘जस्तोसुकै सहयोग गर्नपनि हामी तयार छौं, केही व्यक्तिले विद्युत चोरी गरेको बहानामा सबै उपभोक्तालाई एउटै तराजुमा राखेर हेर्ने काम नहोस्, जसले चोरी गरेको छ उसैलाई कार्वाही होस् ।’’
प्राधिकरण क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख मिश्रले सुधारका लागि प्रयास भईरहेको र त्यसमा सबै पक्ष, तह र तप्काको सहयोग जरुरी रहेको बताए । प्राधिकरण सर्लाहीका प्रमुख द्विवेदीले ढल्केबर सबस्टेशनको ट्रान्सफर्मर जलेकाले तत्कालिन समस्या देखिएको बताउँदै उक्त ट्रान्सफर्मर बनेपछि केहीहदसम्म अतिरिक्त लोडसेडिङको समस्या नदेखिने बताए । ‘‘ढल्केबरको ट्रान्सफर्मर विग्रेका कारण चुहावट बाहेकको थप लोडसेडिङ हुँदै आएको छ ।’’ उनले भने–‘‘ढल्केबरको बनेपछि र बरहथवामा पनि बन्दै गरेको सबस्टेशन चालु भएपछि धेरै हदसम्म अतिरिक्त लोडसेडिङको मार घट्ने छ ।’’
प्राधिकरण सर्लाहीका प्रमुख द्विवेदीले गाउँगाउँमा चुहावट नियन्त्रण अभियान सञ्चालन गरेर विद्युत चोरी विरुद्ध कार्वाही चलाईने प्रतिबद्धता समेत जनाए । ‘‘हामीले कार्ययोजना बनाएरै माथिल्लो निकायमा पेश गरिसकेका छौं ।’’ उनले भने–‘‘सबै पक्ष, तह र तप्काको सहयोगमा चुहावट नियन्त्रण अभियान चलाउँछौं र सँगसँगै विद्युत पोल, तार लगायत सामग्रीहरुको मर्मत संभारको काम पनि सुरु गर्नेछौं ।’’ सिमित स्रोत र साधन एवं जनशक्ति हुँदा समेत विद्युत चोरी नियन्त्रण्मा प्रभावकारी कदम चाल्न कठिनाई भईरहेको प्राधिकरण सर्लाहीका प्रमुख द्विवेदीले बताए ।
द्विवेदीले लालबन्दी फिडरमा हाल ३९.६ प्रतिशत मात्र चुहावट रहेकाले अतिरिक्त १ घण्टाभन्दा बढी लोडसेडिङ नगर्न माथिल्लो निकायमा पत्र समेत पठाईसकेको बताए । ३५ प्रतिशतभन्दा बढी र ४० प्रतिशतभन्दा कम चुहावट भएमा १ घण्टामात्र अतिरिक्त लोडसेडिङ गर्ने विद्युत प्राधिकरणले नियम राखेको छ ।

शितलहरबाट बचाउन दाउरा बाँडिने

शितलहरबाट बचाउन दाउरा बाँडिने
सर्लाही समाचारदाता
मलंगवा, पुस १२ । जिल्ला दैवीप्रकोप उद्धार समितिको शुक्रबार बसेको बैठकले जिल्ला स्थित आमसर्वसाधारणलाई शितलहरबाट बँचाउनका लागि दाउरा उपलब्ध गराउने निर्णय गरेको छ ।
मलंगवा नगरपालिका सहित जिल्लाभरका गाविस कार्यालयहरुले चोक चौराहामा बाल्नका लागि दाउरा उपलब्ध गराउने र त्यसका लागि सुरक्षा निकायले सहयोग गर्ने लगायत निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । केही दिनयता बढिरहेको चिसोले आम सर्वसाधारणलाई कठिनाई भईरहेकाले त्यसको समाधानतर्फ उचित प्रयासका लागि पहल गर्ने बैठकले निर्णय गरेको सहायक प्रजिअ अधिकारीले बताए ।
सर्वसाधारणलाई शितलहरबाट बचाउँनका लागि आगो ताप्ने दाउराको प्रबन्ध लगायतबारे बैठकले निर्णय गरेको सप्रजिअ अधिकारीले बताए । आगो बाल्न दाउरा उपलब्धताका लागि जिल्ला वन कार्यालय, सागरनाथ वन विकास परियोजना लगायत सरोकारवाला निकायमा आवश्यक प्रकृया अगाडी बढाईएको समेत उनले बताए । त्यसैगरी चिसोबाट प्रभावित निमुखाहरुलाइ कम्वललगायतका सामाग्रीकालवगि सम्बन्धित निकायमा पहल गरिरहेको जिल्ला स्थित विभिन्न गैर सरकारी संस्थाले जनाएका छन् । केही दिनयता बढेको चिसोका कारण जिल्लाको जनजिवन प्रभावित बनेको छ । चिसो बढेसँगै सदरमुकाम मलंगवा लगायत जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयमा सेवाग्राहीको चाप घट्दै गएको छ भने चोक चौराहामा सर्वसाधारणको चहलपहल घट्दै गएको छ ।

बैंक यूनियन तथा वृद्धिविकास अन्तरक्रिया

बैंक यूनियन तथा वृद्धिविकास अन्तरक्रिया
सर्लाही समाचारदाता
मलंगवा, पुस १२ । नेपाल बैंक लिमिटेडको कार्य चुस्त दुरुस्त पार्दै प्रभावकारी ढंगले संचालनका लागि शुक्रबार मलंगवामा अन्तरक्रिया गरिएको छ ।
नेपाल वित्तिय संस्था कर्मचारी संघ (नेपाल बैंक लि.) क्षेत्रिय समितिले आयोजना गरेको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष सुदर्शन घिमिरेले उद्घाटन गर्दै नेबैली पूरानो (मुलुककै जेठो) बैंक भनेर पूराना ढर्रा छाडेर नयाँ विकासे बैंकसँग प्रतिस्पर्धा गरेर बढी मूनाफा गराउनुपर्ने बताए । अध्यक्ष विनोद कुमार दुवे लगायतले बैंक सफल भएमात्र यूनियन सफल हुने भएकाले नेबैलीलाई जनता  (सेवाग्राही) हरुको प्यारो बैंक बनाउनका लागि छिटो छरितो एवं पारदर्शि रुपले कार्य सञ्चालन गर्नुपर्ने बताए । क्षेत्रिय समितिको अतिरिक्त क्रियाक्लाप भित्र परेको सो कार्यक्रमको सहजीकरण यसपटक मलंगवा शाखाले गरेको नेबैली मलंगवाका शाखा प्रबन्धक विद्याकान्त झाले बताए । क्षेत्रिय समिति अन्तर्गत पर्ने चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, धनुषा र सर्लाहीका इकाई समितिका प्रतिनिधि सहितको कार्यक्रममा सहभागिले उठाएका विभिन्न प्रश्नहरुको केन्द्रीय अध्यक्ष घिमिरे, क्षेत्रिय अध्यक्ष दुवे लगायतले जवाफ दिएका थिए । कार्यक्रम विभिन्न शाखाहरुमा क्रमशः गरिने बताईएको छ ।

हरिवनको प्रहरीलाई दुईकरोडको भवन बन्ने

हरिवनको प्रहरीलाई दुईकरोडको भवन बन्ने
सर्लाही समाचारदाता
हरिवन, पुस ११ । इलाका प्रहरी कार्यालय हरिवनका लागि झण्डै दुईकरोडा हाराहारीको सुविधा सम्पन्न नयाँ भवन बन्ने भएको छ ।
भवन निर्माणका लागि प्रहरी प्रधान कार्यालयले टेण्डर आव्हान गरेको छ । भ्याट बाहेक १ करोड ९३ लाख ३९ हजार ८ सय १३ रुपैयाको लगत इष्टमेट अनुसार टेण्डर आव्हान भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
गत असोज १४ गते पहिलो पटक टेण्डर आव्हान भएकामा दुईवटा मात्र टेण्डर परेको र त्यो पनि रितपूर्वक नआएकाले पूनः दोस्रो पटक गत मंसिर १८ गते टेण्डर आव्हानको सूचना प्रकाशित भएको छ । हरिवन गाविस–९ स्थित नमूना अस्पताल नजिक रहेको जग्गामा भवन बनाउने प्रकृया सुरु भएको हो । त्यहाँ इलाका प्रहरी कार्यालय हरिवनको नाममा ७ कठ्ठा जग्गा रहेको छ ।
नेपाल सरकारको आÇनै स्रोतबाट भवन निर्माण हुन लागेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । इलाका प्रहरी कार्यालय हरिवन २०६४ सालदेखि अर्काको घरमा भाडामा सञ्चालन हुँदै आएको छ । भाडाको घरमा बस्नुपर्दा त्यहाँ कार्यरत सुरक्षाकर्मीले कठिनाई व्यहोर्दै आएका छन् । कार्यालय, व्यारेक (सुत्ने÷बस्ने ठाउँ) र मेस (खाना खाने ठाउँ) गरी तीनवटा ठूला भवनहरु बन्ने बताईएको छ ।
नयाँ भवनमा महिला र पुरुषका लागि छुट्टाछुट्टै थुनूवा कोठाहरु समेत बन्नेछन् । हाल इलाका प्रहरी कार्यालय बसेको भवनमा सुरक्षाकर्मी मात्रै हैन थुनूवा राख्ने कोठा समेत उपयुक्त नभएको गुनासो आईरहेको छ । सुरक्षाको हिसावले कार्यालयको संरचना कमजोर देखिँदा केही समय अगाडी थूनामा राखेका एक थुनूवाले आत्महत्या गर्न सफल भएका थिए ।
हाल इलाका प्रहरी कार्यालय बसेको भवन जीर्ण हुँदा त्यहाँ बस्ने सुरक्षकर्मीलाई समस्या हुँदै आएको छ । भवन जीर्ण र काम गर्न समेत समस्या हुँदा त्यहाँबाट मुद्धा चल्ने लगायत कामहरु गर्न समस्या बन्दै आएको छ । प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले इलाका प्रहरी कार्यालय हरिवनको नयाँ भवन निर्माणका लागि टेण्डर आव्हानको प्रकृया सुरु भएको बताए ।
निकट भविष्यमा प्रहरी नायव उपरीक्षक (डिएसपी) कै दरबन्दी कायम हुनसक्ने सम्भावना भएकाले अन्य इलाका प्रहरी कार्यालयको तुलनामा हरिवनमा बढी बजेट लागतमा केही ठुलो भवन बन्न लागेको प्रहरी स्रोतले बतायो । डिएसपीको दरबन्दी कायम भएपछि सुरक्षाकर्मीहरुको संख्या बढी हुने भएको र जिम्मेवारी समेत बढ्ने भएकाले सोही अनुसारभवन निर्माणको प्रकृया सुरु भएको बताईएको छ ।

धाँधली विरुद्ध जवाफ दिन लर्को

धाँधली विरुद्ध जवाफ दिन लर्को
सर्लाही समाचारदाता
मलंगवा, पुस ११ । क्षेत्र नं. ६ मा धाँधली भएको भन्दै संविधान सभा अदालतमा परेको उजुरी उपर जवाफ दिन जिल्ला न्यायाधिश सहित सुरक्षा अधिकारी एवं सम्बन्धित कार्यालयका प्रमुखहरु काठमाण्डौतर्फ लागेका छन् ।
निर्वाचनका क्रममा ६ नं. क्षेत्रको निर्वाचन अधिकृतको जिम्मेवारी सम्हालेका जिल्ला न्यायाधिश दलबहादुर केसी, प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरे, प्रहरी उपरीक्षक (एसपी) रविन्द्रबहादुर धानुक, जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश अधिकारी लगायत अन्य सम्बन्धित निकायका प्रमुखहरु उजुरीउपर जवाफ पेश गर्न काठमाण्डौ गएका हुन् ।
संविधान सभा सदस्यको निर्वाचन २०७० मा तराई मधेश सद्भावना पार्टीको तर्फबाट क्षेत्र नं. ६ का उम्मेद्वार शिवपुजन रायले निर्वाचनमा धाँधली भएको दावी सहित उक्त निर्वाचन बदरको माग राखेर गत मंसिर २४ गते उजुरी हालेका थिए । रायले ६ नं. क्षेत्रमा निर्वाचित भएका नेपाली कांग्रेसका उम्मेद्वार डा. अमरेशकुमार सिंह, निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय मलंगवा, मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६ नं. क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको खैर्वा स्थित अस्थायी क्याम्प तथा त्यसका प्रमुख लगायतलाई विपक्षी बनाएर निर्वाचनमा धाँधली गरेको भन्दै उजुरी हालेका थिए ।
उजुरीका विपक्षी निकायहरुलाई जवाफ पठाउन भन्दै संविधान सभा अदालतले पठाएको पत्र गत साता जिल्लाका सम्बन्धित निकायहरुमा आईपुगेको थियो । उक्त क्षेत्रबाट विजयी घोषणा भईसकेका र विपक्षी बनाईएका नेपाली कांग्रेसका उम्मेद्वार डा. अमरेशकुमार सिंह बाहेक सम्पूर्णलाई संविधान सभा अदालतको पत्र बुझाइसकिएको जिल्ला अदालत स्रोतले बतायो । अदालतको पत्रमा विपक्षी बनाईएकाहरुलाई पत्र बुझेको मितिदेखि बाटोको म्याद बाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न र १० दिनभित्र आफै उपस्थित हुन आदेश दिईएको छ ।
उजुरीकर्ता रायले नेपाली कांग्रेसका उम्मेद्वार सिंहले निर्वाचनका क्रममा मतदानको दिन मतदाताहरुलाई कुटपीट एवं गोली प्रहार गरि घाईते बनाईएको र विभिन्न मतदान केन्द्र कब्जामा लिएर  मतपत्रमा एकतर्फी छपाई गरेको दावी गर्दै उजुरी हालेका हुन् । उक्त कार्यमा सहयोग पु¥याएको दावी गर्दै उनले विभिन्न सरकारी एवं आयोग सम्बद्ध निकायलाई पनि विपक्षी बनाएका हुन् ।

सेनाको गण सर्दै

सेनाको गण सर्दै
सर्लाही समाचारदाता
नवलपुर पुस ११ । नेपाली सेनाको रिपुमर्दन गण साविकको स्थानबाट केही दिनभित्रै सर्ने भएको छ ।
नवलपुर चोक स्थित तेलबाली अनुसन्धान केन्द्रको भवनमा रहेको सेनाको गण नेत्रगंज गाविस–१ स्थित पाँचकुमारीमा सर्न लागेको हो । ‘‘यो साताभित्र पूर्ण रुपमा सरिसक्छौं ।’’ गणपति मनोज वैदवारले भने–‘‘धेरैजसो सरिसके म लगायत केही अधिकृतहरुको सामान मात्र सार्न बाँकी छ ।’’ टेलिफोन लाईनको व्यवस्था मिलाउने लगायत कामका कारण केही ढिलाई भएको समेत उनले बताए ।
सेनाले गणको स्थायी संरचना निर्माणका लागि केही वर्षअघि नै पाँचकुमारीमा जग्गा किनेर भवनहरु बनाउन थालेको थियो । तत्कालिन नेकपा माओवादी र राज्यपक्षबीचको द्वन्द्वका क्रममा नवलपुरमा सेनाको गुल्म स्थापना भएको थियो । सेनाले केही वर्षपछि गुल्मलाई नै गणमा परिणत गरेको थियो ।

इन्दुशंकरमा तलब भत्ता बढ्यो

इन्दुशंकरमा तलब भत्ता बढ्यो
सर्लाही समाचारदाता
हरिवन, पुस ११ । इन्दु शंकर चिनी उद्योग हरिवनको व्यवस्थापन र मजदुरहरुबीचको वार्ता मिलेको छ । उखु किसान प्रतिनिधिसँग तत्काल उद्योग सञ्चालनका लागि उद्योगीहरुको कुरा मिलेपनि मजदुरहरुको आन्दोलनका कारण उद्योग सञ्चालनमा भएको व्यवधान यो सहमतिसँगै सल्टेको छ ।
विहिबार अपरान्ह वीरगंजमा सम्पन्न उद्योग व्यवस्थापन र कामदार मजदुरहरुबीचको वार्ताले तलब भत्तामा वृद्धि गर्ने सहमति गरेको हो । नयाँ सहमति अनुसार तलबमा गाभिने गरी ग्रेडमा ९० रुपैया, तथा औषधी भत्तामा १ सय ५०, शिक्षा भत्तामा १ सय २५, खाजा भत्तामा १ सय २०, पोशाक भत्तामा ६ सय र स्थानीय कामदार कर्मचारी भत्तामा ३ सय रुपैंया वृद्धि भएको छ ।
हरेक दुईवर्षमा तलब भत्तामा वृद्धि हुनुपर्ने श्रम ऐनको व्यवस्था अनुसार आफूहरुले तलब भत्ता वृद्धिको माग राखेको संयुक्त कामदार कर्मचारी युनियनका अध्यक्ष सुरज खनालले बताए । विगत ४ दिनदेखि उद्योगका सञ्चालक राजेश केडिया एवं महाप्रबन्धक विजयकान्त झा र १२ जना मजदुर प्रतिनिधिबीच वीरगंजमा वार्ता भईरहेको थियो । ‘‘वार्तामा सहमति भएको छ ।’’ खनालले भने–‘‘अब हामी काममा फर्कन्छौं ।’’
उद्योगका महाप्रबन्धक विजयकान्त झाले मजदुरहरुसँग सहमति भएको उल्लेख गर्दै दुईचार दिनभित्रै उद्योग सञ्चालन गरिने बताए । ‘‘अब उखु किसानलाई चलानपूर्जी वितरणको प्रकृया सुरु गर्छौ ।’’ उनले भने–‘‘२–४ दिनभित्रै उद्योग सञ्चालन हुन्छ ।’’
उखु किसान प्रतिनिधिहरुसँग चिनी उद्योगीहरुको गत मंगलबार नै तत्काल उद्योग सञ्चालनका लागि सहमति भईसकेको छ । चिनी उद्योगी र किसान प्रतिनिधिबीच नेटपूर्जीमा शुन्य मूल्य लेखेर तत्काल उद्योग सञ्चालन गर्ने र माघ मसान्त भित्र अर्को वार्ता गरी मूल्य तय गर्ने सहमति भएको थियो ।

शीतलहर सुरु, जनजीवन प्रभावित

शीतलहर सुरु, जनजीवन प्रभावित
सर्लाही समाचारदाता
हरिवन, पुस ११ । सर्लाही सहित तराईमा शीतलहर सुरु भएको छ । शीतलहरका कारण सर्लाहीलगायत तराईको जनजीवन प्रभावित बनेको छ । शीतलहरसँगै चिसो हावा चलेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन् ।
दुई दिनदेखि दिनभर कुहिरो लाग्दै आएको छ भने घाम उदाएको छैन । कुहिरोका कारण राजमार्गमा सडक दुर्घटनाको सम्भावना बढेको भन्दै सवारीसाधन सीमित गतिमा चलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।
चिसोबाट बच्न अहिले घरघरमा घुर (आगो) ताप्न थालिएको छ । शीतलहर चल्न थालेपछि चिसोबाट बच्न अहिले स्थानीयवासीलाई दिनभरी घरमा नै आगो तापेर बस्न बाध्य हुनु परेको बताइएको छ । चिसो बढेसँगै बजारमा सर्वसाधारणको चहलपहल घटेको छ । चिसोले विशेषगरीे मजदुरहरु बढी मकामा परेका छन् । विद्यालयमा बालबालिकाको संख्या पनि जाडोकै कारण घटेको पब्लिक  मावि मलंगवाका शिक्षक कौशल रायले जानकारी दिए ।
जाडोका कारण बजारमा बाक्लो कपडा किन्नेको संख्या ह्वात्तै बढेको छ । सर्लाहीको मलंगवा, गैरबजार, नवलपुर, लालबन्दी, हरिवन बयलबास, बरहथवालगायतका बजारका कपडा पसलमा आजभोलि दिनभर बाक्लो कपडा किन्नेको भीड रहन्छ ।
चिसोका कारण मनिसहरुमा रुघाखोकी, कोल्डडायरियालगायतका बिरामीको चाप बढेको हरिवनका स्वास्थ्यकर्मी श्याम कुशवाहाले बताए ।

जनज्योती शिक्षालयका विद्यार्थीको चेतावनी

जनज्योती शिक्षालयका विद्यार्थीको चेतावनी
सर्लाही समाचारदाता
लालबन्दी, पुस ११ । जनज्योती प्राविधिक शिक्षालय लालबन्दीले शैक्षिक भ्रमणका लागि उचित सहयोग नदिएको भन्दै उक्त शिक्षालयका विद्यार्थीहरुले गुनासो गरेका छन् ।
पाँच दिने शैक्षिक भ्रमणका लागि आग्रह गर्दा पनि शिक्षालयले कुनै सुनवाई नगरेको विद्यार्थीहरुले गुनासो गरेका छन् । तीनवर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ्गमा अध्ययनरत विद्यार्थीहरुले पाँच दिने शैक्षिक भ्रमणका लागि शिक्षालयले कुनै चासो नदिएको गुनासो गरेका हुन् ।
विद्यार्थी संघर्ष समितिको तर्फबाट संयोजक विश्वमणि थापा, सहसंयोजक अञ्जना शिवाकोटी, सचिव कृष्ण सापकोटा र सदस्यहरु रुपेश क्षेत्री, आसनारायण चौधरी लगायतको हस्ताक्षर रहेको एक विज्ञप्ति प्रकाशित गरी विद्यार्थीहरुले शिक्षालयसमक्ष शैक्षिक भ्रमणका लागि उचित सहयोग गर्न समेत जनज्योती आग्रह गरेका छन् । विज्ञप्तिमा विद्यार्थीउपर धम्कीपूर्ण व्यवहार गर्ते प्रवृत्तिबाट अत्यन्त चिन्तित भएको उल्लेख गर्दै त्यसबाट विद्यार्थीहरुको अधिकार कुण्ठित भएको महसुस गरिएको समेत उल्लेख छ ।
समस्या समाधानका लागि उचित अन्तरक्रियात्मक छलफल र बहुपक्षीय वार्ताबाट समाधानको पहल नभए कडा आन्दोलन गर्ने विद्यार्थी नेताहरुको विज्ञप्तिमा उल्लेख छ ।

एडिएसएल सेवा अवरुद्ध

एडिएसएल सेवा अवरुद्ध
सर्लाही समाचारदाता
मलंगवा, पुस ११ । नेपाल टेलिकमको इन्टरनेट सेवा एडिएसएल अवरुद्ध हुँदा विहिबार दिनभर सेवाग्राही मर्कामा परेका छन् ।
विहिबार विहानैदेखि अवरुद्ध बनेको एडिएसएल इन्टरनेट सेवा साँझ पाँचबजेदेखि आंशिक रुपमा सुचारु भएका छ । सदरमुकाम मलंगवा सहित सर्लाहीभर एडिएसएलको इन्टरनेट सेवा अवरुद्ध भएको थियो । इन्टरनेट सेवाबाट सुचारु हुने बैंकिङ सेवा, साईबर लगायत विभिन्न सरकारी तथा गैरसरकारी प्रतिष्ठान, संचारकर्मीहरु मारमा परेका छन् ।
एडिएसएल अवरुद्ध भएका कारण त्यसमा आश्रीत संचारमाध्यम एवं संचारकर्मीहरु समाचार संप्रेशण एवं प्रसारण गर्नबाट वञ्चित भएका थिए । ‘‘दिनभर एडिएसएलको इन्टरनेट नहुँदा साह्रै समस्या बेहोर्नु प¥यो ।’’ कान्तिपुर दैनिकका पत्रकार अमन कोइरालाले भने–‘‘एडिएसएल इन्टरनेट सेवाले पटक–पटक यसरी धोका दिँदा समस्या बोहोरी राख्नु परेको छ ।’’ संचारकर्मीहरु आ–आफूले संकलन गरेका समाचार संप्रेषण गर्नका लागि विहिबार दिनभर वल्र्डलिंक, वेभसर्फर लगायत नीजि इन्टरनेट सेवा भएका स्थानहरुमा दौडादौड गरिरहेका थिए ।
सर्लाहीमा एडिएसएल इन्टरनेट सेवाका झण्डै ५ सय हाराहारीमा प्रत्यक्ष ग्राहक रहेका छन् भने त्यसबाट हजारौं सर्वसाधारणको काम हुने गर्दछ । नेपाल टेलिकमले भने फाईबरमा समस्या देखिएका कारण रौतहटदेखि पूर्व एडिएसएल सेवा अवरुद्ध हुन पुगेको जनाएको छ ।

सभासद् भन्छन–“हामी बन्धक बन्दैनौं”

सभासद् भन्छन–“हामी बन्धक बन्दैनौं”
सर्लाही समाचारदाता
लालबन्दी, पुस १० । संविधान सभा निर्वाचन २०७० अन्तर्गत प्रत्यक्षतर्फ निर्वाचित भएका जिल्ला स्थित सभासद्हरुले तोकिएको समयसिमा भित्र लोकतान्त्रिक संविधान निर्माणका लागि सकृय भूमिका निर्वाह गर्ने बताएका छन् । बुधबार लालबन्दीमा आयोजित नयाँ संविधान र मानव अधिकार प्रवचन गोष्ठीमा बोल्दै सभासद्हरुले ठूला नेताहरुको बन्धक नहुने र आगामी दिनमा जनताको चाहना अनुसार संविधान निर्माणमा सकृय भूमिका निर्वाह गर्ने समेत प्रतिबद्धता जनाए । ‘‘अब हामी कसैको बन्धक हुँदैनौं ।’’ सभासदहरुको धारणा थियो–‘‘समयसिमा भित्र मुलुकलाई नयाँ संविधान दिनका लागि सकृय भूमिका निर्वाह गर्दछौं र त्यसका लागि नेतृत्वलाई समेत दवाव दिनेछौं ।’’
बुधबार एम्नेष्टी इन्टरनेशनल नेपाल शाखा काठमाण्डौ, एम्नेष्टी इन्टरनेशनल लालबन्दी समूह ७८ लालबन्दी, शान्तिद्विप युथ नेटवर्क लालबन्दी र जनज्योती युथ नेटवर्क लालबन्दीको संयुक्त आयोजनामा भएको प्रवचन गोष्ठीमा बोल्दै सभासद्हरुले सो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा बोल्दै क्षेत्र नं. १ बाट निर्वाचित सभासद् शम्भुलाल श्रेष्ठले तोकिएको समयसिमा भित्र मुलुकलाई नयाँ संविधान दिनका लागि पार्टीको नेतृत्वमा दवाव दिने बताए । ‘‘हामीलाई गुमराहमा राखेर संविधानबारे अमुक व्यक्तिहरुले गर्ने निर्णय मान्दिन ।’’ एकिकृत नेकपा माओवादीबाट निर्वाचित उनले भने–‘‘जनताले दिएको म्याण्डेट अनुसार नयाँ संविधान निर्माणका लागि सकृय हुनेछु, र नेतृत्वलाई समेत त्यस अनुसारको दवाव दिनेछु ।’’ आम नेपाली जनताको मानव अधिकारको रक्षाप्रति आफू प्रतिबद्ध रहेको समेत उनले बताए ।
क्षेत्र नं. ३ बाट निर्वाचित सभासद् हरि उप्रेतीले राजनैतिक, आर्थिक, सामाजिक, लैंगिक लगायत सबै प्रकारले विभेदमा परेका वर्गको हित हुनेगरी नयाँ संविधान निर्माणमा सकृय हुने र पार्टी नेतृत्वलाई समेत दवाव दिने प्रतिबद्धता जनाए । ‘‘सबैखालका विभेदहरुलाई सम्बोधन गर्ने गरी नयाँ संविधान निर्माणमा सकृय भूमिका निर्वाह गर्नेछु ।’’ नेकपा एमालेबाट निर्वाचित उप्रेतीको भनाई थियो–‘‘पार्टीका नेताहरु मुलुक अनि जनचाहना विपरित फेरी पनि दलिय भागवण्डामा लागे भने बरु राजीनामा दिनेछु ।’’ उप्रेतीले आफू जागिर खाने भन्दा पनि जनताको आकांक्षा पूरा गर्नेतर्फ दृढ रहेको दावी गरे । आम नेपाली जनताको आधारभूत आवश्यक्ता परिपूर्ति गर्नका लागि पहलकदमी गर्दै मानव अधिकारको संरक्षणमा प्रतिबद्ध रहेको समेत उप्रेतीले बताए ।
क्षेत्र नं. २ बाट निर्वाचित सभासद् रामचन्द्र चौधरीले आम जिल्लाबासी एवं जनताको चाहना अनुरुप संविधान निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाए । ‘‘जनताले दिएको जिम्मेवारी पूरा गर्नका लागि प्रतिबद्ध छु ।’’ नेपाली कांग्रेसबाट निर्वाचित चौधरीले भने–‘‘मानव अधिकारको प्रत्याभूति सहितको लोकतान्त्रिक संविधान निर्माणमा लागि पर्नेछु ।’’
सुरेन्द्र न्यौपानेको सञ्चालन रहेको कार्यक्रममा एम्नेष्टी इन्टरनेशनल नेपालका उपाध्यक्ष सूर्यबहादुर अधिकारी, पूर्व अध्यक्ष कृष्ण कँडेल लगायत आधा दर्जन केन्द्रीय पदाधिकारीहरुले मानव अधिकारको संरक्षण र आगामी संविधानमा त्यसको प्रत्याभूति दिलाउने सवालमा सबै पक्ष, तह र तप्का गम्भिर हुनुपर्ने बताए । कार्यक्रममा शुशिल शर्मा, राधा घिमिरे, मुना उपाध्याय लगायत एक दर्जन भन्दा बढी स्थानीय राजनैतिक व्यक्तित्व, अधिकारकर्मी लगायतले बोलेका थिए । होटल साईनोमा भएको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष मनोज देवकोटा, नेपाली कांग्रेसका वयोवृद्ध नेता बासुदेवशरण कोइराला लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा जिल्लाका सबै क्षेत्रबाट निर्वाचित सभासद्हरुलाई निमन्त्रणा गरिएको भएपनि तीनजनाको मात्र उपस्थिती भएको एमनेष्टी इन्टरनेशनल नेपाल शाखाका केन्द्रीय सदस्य चेतबहादुर मगरले बताए ।

सिडिओ र एसपी अदालतमा जवाफ दिन गए

सिडिओ र एसपी अदालतमा जवाफ दिन गए
सर्लाही समाचारदाता
मलंगवा, पुस १० । क्षेत्र नं. ६ मा धाँधली भएको भन्दै संविधान सभा अदालतमा परेको उजुरी उपर जवाफ दिन जिल्लाका सुरक्षा अधिकारीहरु काठमाण्डौतर्फ लागेका छन् ।
प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरे, प्रहरी उपरीक्षक (एसपी) रविन्द्रबहादुर धानुक लगायत अन्य सम्बन्धित निकायका प्रमुखहरु उजुरीउपर जवाफ पेश गर्न काठमाण्डौतर्फ लागेका हुन् । प्रजिअ घिमिरे, प्रहरी उपरीक्षक धानुक लगायत सुरक्षा अधिकारीहरु बुधबार विहान काठमाण्डौतर्फ लागेका हुन् ।
संविधान सभा सदस्यको निर्वाचन २०७० मा तराई मधेश सद्भावना पार्टीको तर्फबाट क्षेत्र नं. ६ का उम्मेद्वार शिवपुजन रायले निर्वाचनमा धाँधली भएको दावी सहित उक्त निर्वाचन बदरको माग राखेर गत मंसिर २४ गते उजुरी हालेका थिए । रायले ६ नं. क्षेत्रमा निर्वाचित भएका नेपाली कांग्रेसका उम्मेद्वार डा. अमरेशकुमार सिंह, निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय मलंगवा, मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६ नं. क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको खैर्वा स्थित अस्थायी क्याम्प तथा त्यसका प्रमुख लगायतलाई विपक्षी बनाएर निर्वाचनमा धाँधली गरेको भन्दै उजुरी हालेका थिए ।
उजुरीका विपक्षी निकायहरुलाई जवाफ पठाउन भन्दै संविधान सभा अदालतले पठाएको पत्र गत साता जिल्लाका म्बन्धित निकायहरुमा आईपुगेको थियो । अदालतले उजुरीमा विपक्षी बनाईएकाहरुलाई बाटोको म्याद बाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न भन्दै पत्र पठाएको हो ।
उजुरीकर्ता रायले नेपाली कांग्रेसका उम्मेद्वार सिंहले निर्वाचनका क्रममा मतदानको दिन मतदाताहरुलाई कुटपीट एवं गोली प्रहार गरि घाईते बनाईएको र विभिन्न मतदान केन्द्र कब्जामा लिएर  मतपत्रमा एकतर्फी छपाई गरेको दावी गर्दै उजुरी हालेका हुन् । उक्त कार्यमा सहयोग पु¥याएको दावी गर्दै उनले विभिन्न सरकारी एवं आयोग सम्बद्ध निकायलाई पनि विपक्षी बनाएका हुन् ।

इन्दुशंकर चाँडै चल्ने

इन्दुशंकर चाँडै चल्ने
सर्लाही समाचारदाता
हरिवन, पुस १० । इन्दु शंकर चिनी उद्योगका महाप्रबन्धक विजयकान्त झाले केही दिनभित्रै उद्योग सञ्चालनमा आउने बताएका छन् ।
उखु किसान र चिनी उद्योगपतिबीच तत्काल उद्योग सञ्चालन गर्ने सहमति भएकाले सोही अनुसार उद्योग सञ्चालनका लागि तयारी सुरु गरिएको महाप्रबन्धक झाले बताए । ‘‘हामी तयार हालतमा छौं ।’’ उनले बुधबार सर्लाही दैनिकसँग भने–‘‘अहिले मजदुरहरुको आन्दोलनका कारण केही कठिनाई देखिएको छ, वार्ता गरेर समस्या समाधानको प्रयास गर्दैछौं, समाधान हुने वितिकै उद्योग सञ्चालन गर्नेछौं ।’’
नेटपूर्जीमा शुन्य मूल्य राखेर तत्काल उद्योग सञ्चालन गर्ने र माघ मसान्त भित्र अर्को वार्ता गरी मूल्यतयबारे सहमति गर्ने बुधबारको चिनी उद्योगी र किसान प्रतिनिधिहरुको बैठकले निर्णय गरेको थियो । तेस्रो वर्षे खुट्टी उखु काट्न ढिलाई हुँदा किसानहरु मर्कामा पर्दै आएका छन् ।
इन्दुशंकरले गत मंसिर १९ गते नै डोंगा पूजा गरेर उद्योग सञ्चालनका  लागि तयार अवस्थामा रहेको संकेत गरिसकेको छ । गतवर्ष पुस ३ गते नै उद्योग सञ्चालनमा आईसकेको थियो । यसवर्ष उद्योगको क्षमता समेत बढाईएको महाप्रबन्धक झाले बताए । गतवर्षसम्म ३० हजार क्वीन्टल दैनिक क्रसिङ क्षमता रहेको इन्दु शंकर चिनी उद्योगले यसवर्ष दैनिक ५० हजार क्वीन्टल क्रसिङ क्षमता पु¥याएको छ ।

चिसो बढ्यो

चिसो बढ्यो
सर्लाही समाचारदाता
मलंगवा, पुस १० । केही दिनदेखि चलेको चिसो हावाका कारण सर्लाही सहित तराईको जनजिवन प्रभावित बनेको छ ।
पारिलो घाम लाग्न छाडेपछि र चिसो हावा चलेका कारण केही दिनयता चिसो बढेको छ । बिहानैदेखि प्रायः दिनभर मौसम प्रतिकूल भएपछि सार्वजनिक स्थानहरुमा सर्वसाधारणको चहलपहल घटेको छ । अत्याधिक भिडभाड हुने जनसरोकारका सरकारी कार्यालयहरूमा बढ्दो चिसोका कारण सेवाग्राहीहरूको उपस्थिति पातलिँदै गएको छ । सर्वसाधारणहरु घरआगन एवं चोक चौराहामा आगो (घुर) तापेर बस्न थालेका छन् ।
चिसो बढेसँगै आलु, गोलभेँडा लगायत तरकारी खेती बढी प्रभावित हुन थालेको कृषकहरुले बताएका छन् । शितलहर एवं तुषारोका कारण कम फल्ने र लागेका फलहरुमा समेत अनेकखाले प्रकोप देखिने गरेको किसानहरुको गुनासो छ ।
जाडोमा खास गरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने गर्दछन् भने आर्थिक विपन्नता हुने कतिपय सर्वसाधारणहरु ओड्ने ओछ्याउने अनि लगाउने न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिएर मर्ने गर्दछन् । चिसो बढेसँगै बजारमा जाडोमा प्रयोग हुने न्याना कपडाको व्यापार बढेको छ । स्वास्थ्य केन्द्रहरुमा रुघामर्की, खोकी, निमोनिया लगायतका विरामीहरुको चाप बढ्न थालेको छ ।

Tuesday, December 24, 2013

चिनी उद्योग चल्ने ः मूल्य अझै टुंगीएन

उखु किसान र उद्योगपतिबीच तेस्रो चरणको वार्ता
चिनी उद्योग चल्ने ः मूल्य अझै टुंगीएन
सर्लाही समाचारदाता
हरिवन, पुस ९ । उखुको मूल्य तय गर्ने विषयमा उद्योगपति र कृषक प्रतिनिधिबीच मंगलबार राती सम्पन्न तेस्रो पटकको वार्ताले पनि मूल्य तय गर्न सकेन । वीरगंज स्थित भिश्वा होटलमा झण्डै साँढे ९ घण्टा चलेको वार्तामा उद्योगी र किसान प्रतिनिधिहरुले आ–आÇनै अडान राखेपछि मूल्यका विषयमा सहमति जुटाउन नसकेको हो । राती साँढे ११ बजे सम्पन्न वार्ताले नेटपूर्जीमा शुन्य मूल्य लेखेर किसानले उखु दिने र तत्काल उद्योग सञ्चालन गर्ने निर्णय भने गरेको छ ।
नेपाल उखु उत्पादक किसान संघका राष्ट्रिय अध्यक्ष राजकुमार उप्रेतीले उद्योगपति र किसान प्रतिनिधिबीचको वार्तामा लामो विवादपछि तत्काल उद्योग सञ्चालनमा ल्याउने सहमति भएको बताए । ‘‘किसानको उखु खेतमै सुक्ने अवस्था उत्पन्न भएकाले मूल्यका विषयमा पछि सहमति गर्ने गरी तत्काल उद्योग सञ्चालनमा ल्याउनका लागि उद्योगपतिहरुलाई बाध्य बनाएका छौं ।’’ वार्ता स्थलबाटै उप्रेतीले सर्लाही दैनिकसँग भने–‘‘माघ मसान्त भित्र पून वार्ता गरी मूल्यका विषयमा निश्कर्ष निकाल्ने सहमति भएको छ ।’’
साँढे ९ घण्टे वार्ताले मूल्यदरमा शुन्य राखेर तत्काल उद्योग सञ्चालन गर्ने र मिलगेट क्षेत्रका किसानलाई प्रति क्वीन्टल ४ सय तथा अन्य क्षेत्रका किसानलाई ३ सय ७५ रुपैंयाको दरले पेश्की भुक्तानी लिनेदिने सहमति गरेको छ । उद्योगपतिहरुले शुन्य मूल्य राखेर उद्योग चलाउन नमानेका कारण बैठक लम्बिएको समेत उप्रेतीले बताए । ‘‘हामीले सुरुमै उद्योग तत्काल सञ्चालनमा ल्याऔं, मूल्यका विषयमा पछि सहमति गरौंला भनेका थियौं ।’’ उप्रेतीले भने–‘‘तर उद्योगपतिहरुले शुन्य मूल्य राखेर उद्योग नचलाउने भन्ने अड्डी लिएकाले बैठक लम्बियो ।’’
शुन्य मूल्य राखेर उद्योग चलाउने, मिलगेट क्षेत्रलाई प्रति क्वीन्टल ४ सय र अन्य क्षेत्रका किसानलाई ३ सय ७५ रुपैया पेश्की भुक्तानी दिने र मूल्यका विषयमा तय गर्नका लागि सरकारको मध्यस्थतामा वार्ता गर्ने लगायतमा दिउँसै सहमति भएपनि किसानहरुको एक समूहले सरकारी मध्यस्थताको बारेमा असहमति जनाएपछि पूनः वार्ता लम्बिएको थियो । भ्याट बाहेक गतवर्षको मूल्य प्रति क्वीन्टल ४ सय ३३ रुपैयामा उद्योगपतिहरु पनि करिब–करिब सहमति भएको उप्रेतीले बताए । सरकारी भ्याट सहित गतवर्षको मूल्य ४ सय ८१ रुपैंया प्रति क्वीन्टलमा नघट्ने गरी आधार मानेर सहमति गरिएको उप्रेतीको दावी छ । उप्रेतीले मंगलबारको सहमति अनुसार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका चिनी उद्योगहरु सञ्चालनमा आउने दावी गरे ।
मंगलबारको वार्तामा उद्योगपतिहरुको तर्फबाट चिनी उद्योगीहरु इन्दु शंकर चिनी उद्योगका राजेश केडिया, रिलायन्स सुगर मिल्स बाराका विरेन्द्र संघाई र एभरेष्ट सुगर मिल्स रामनगरका मुन्ना सहभागि थिए । त्यस्तै किसानहरुको तर्फबाट उखु उत्पादक संघका अध्यक्ष कपिलमुनी मैनाली, मिलगेट उखु उत्पादक समितिका अध्यक्ष बेदबहादुर बुढाथोकी, डिल्ली उप्रेती सहित सर्लाहीका विभिन्न उखु किसान सम्बद्ध संघ संगठनका प्रतिनिधि, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, बारा, पर्सा, नवलपरासी, कैलाली लगायत जिल्लाबाट किसान प्रतिनिधिहरु सहभागि रहेका थिए ।
यसअघि पनि काठमाण्डौमा मंसिर २१ गते र हेटौंडामा पुस ३ गते बुधबार उद्योगपति र किसान प्रतिनिधिहरुबीच दुईचरणमा वार्ता भएको थियो । मंगलबार बीरगंजमा भएको तेस्रो चरणको वार्तामा तत्काल उद्योग चलाउने सहमति गरेपनि मूल्यका विषयमा भने निश्कर्ष निकाल्न सकेन । वार्तामा किसान प्रतिनिधिहरुले उखुको उत्पादन लागतमा वृद्धि एवं हरेक उपभोग्य सामग्रीको मूल्यवृद्धि भएकाले उखुको मूल्य गतवर्षको भन्दा कममा विक्री गर्न नसकिने र उद्योगपतिहरुले चिनीको मूल्य घटेकाले उखुको मूल्य गतवर्षको जतिपनि दिन नसकिने आ–आÇनो अडान राख्दै आएका छन् ।
पुस दोस्रो साता लाग्दा समेत उखु मूल्यको विवाद नसल्टिदा चिन्तित बनेका किसानहरुलाई मंगलबार भएको वार्ताबाट तत्काल उद्योग सञ्चालन गर्ने भन्ने सहमतिले केही राहत दिलाएको छ । तेस्रो वर्षको खुट्टी (उल्टाएर अर्को बाली लगाउनुपर्ने) उखु सुकेर नष्ट भई पीडित बन्ने अवस्थामा पुगेका किसान तत्काल उद्योग सञ्चालनमा ल्याउने सहमतिबाट बढी लाभान्वित हुने छन् । जतिसक्दो चाँडो उद्योग सञ्चालनमा आए त्यस्ता उखु काटेर विक्री गर्न किसानहरु हतारिएका छन् । हरेक वर्ष उखुको मूल्य विषयमा उद्योगपतिहरुसँग कुरा नमिल्दा उद्योग सञ्चालनमा ढिलाई हुने गरेकाले किसानहरु मर्कामा पर्दै आएका छन् । जिल्लाको दक्षीणी क्षेत्रका किसानहरुले त स्थानीय सख्खर उद्योगहरुमा प्रति क्वीन्टल ३ सयमै उखु विक्री सुरु गरिसकेका छन् ।
इन्दु शंकर चिनी उद्योगका महाप्रबन्धक विजयकान्त झाले उद्योग सञ्चालनका लागि तयारी अवस्थामा रहेको दावी गरे । उक्त उद्योगले बुधबार नै डोंगा पूजा गरिसकेको छ । हाल मजदुरहरु आन्दोलनमा रहेकाले उक्त समस्या समाधान हुने वितिकै उद्योग सञ्चालन गरिने उद्योग प्रशासनले जनाएको छ । गतवर्ष पुष ३ गतेदेखि इन्दु शंकर चिनी उद्योग सञ्चालनमा आएको थियो । सर्लाहीमा मुलुकभरीमा सबैभन्दा बढी अर्थात १७ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती हुने गरेको छ । इन्दु शंकरले गतवर्ष साँढे २६ लाख क्वीन्टल उखु क्रसिङ गरेको थियो ।

‘अपहरित’ भनिएका साहले प्रहरीलाई जिल्याए

‘अपहरित’ भनिएका साहले प्रहरीलाई जिल्याए
सर्लाही समाचारदाता
मलंगवा, पुस ९ । अज्ञात समूहको अपहरणमा परेका भनिएका एक इट्टा व्यवसायीले प्रहरीलाई जिल्याएका छन् ।
सोमबार साँझ ७ बजेतिर सखुवा–भेल्ही क्षेत्रबाट अपहरणमा परेका भनिएका इट्टा व्यवसायी श्याम साहलाई छुटाउन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराई मात्र हैन अस्थायी प्रहरी चौकी चन्द्रनगर, इलाका प्रहरी कार्यालय भक्तिपुर, इलाका प्रहरी कार्यालय केशरगंज र त्रिभुवननगर प्रहरी चौकीको टोली हस्याङफस्याङ गर्दै खटेको थियो । प्रहरीको टोली चौतर्फी रुपमा खटेपछि साह अपहरण मुक्त पनि भए । अपहरण मुक्त भएलगतै उनलाई उपचारका लागि जिल्ला अस्पतालमा रातभर राखियो ।
विहान अस्पतालबाट बाहिरिएका साह प्रहरीलाई कुनै खबर नगरी भारततर्फ लागेका छन् । प्रहरी नायव उपरीक्षक भट्टराईले भने–‘‘साह अपरहणमा परेको खबरले राती ११ बजेसम्म तनाव भयो, राती अस्पतालमा ल्याएर उपचारमा राख्यौं, उपचारमा भएकाले राती केही बुझ्न सकिएन, विहान त हामीलाई केही नभनी भारततर्फ पो लागेछन् ।’’ हाल जिल्ला प्रहरी कार्यालय साह अपहरणमा परेको हो की हैन भन्नेमै द्वुविधामा रहेको छ । ‘‘अपहरणमा परेका हुन की हैनन् भन्ने नै एकिन हुन सकेन ।’’ प्रनाउ भट्टराईले मंगलबार राती सर्लाही दैनिकसँग भने–‘‘हिजो राती अस्पतालमा स्लाईन चढाएर राखेको मान्छे त आज विहानै सम्पर्कै नगरी भारततर्फ लागेछन् ।’’

काठ व्यवसायीबाट विद्युत अवरुद्ध

काठ व्यवसायीबाट विद्युत अवरुद्ध
सर्लाही समाचारदाता
हरिवन, पुस ९ । स्थानीय काठ व्यवसायी हरि शिवाकोटीले रुख कटाउने क्रममा हरिवन गाविस–६ मा आधा दर्जन विद्युत पोल भाच्चिएको छ ।
२–३ सय मिटर क्षेत्रफलमा ४ वटा विद्युत पोल भाँच्चिएपछि सो क्षेत्रमा विद्युत अवरुद्ध भएको प्रहरीले जनाएको छ । अपरान्ह साँढे १२ बजेतिर शिवाकोटीले रुख कटाउने क्रममा विद्युत पोल भाँच्चिएको प्रहरीले जनाएको छ ।
घटना लगतै फरार रहेका शिवाकोटीलाई इलाका प्रहरी कार्यालय बरहथवाले साँझ पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार उनलाई बुधबार विहान ८ बजे इलाका प्रहरी कार्यालय हरिवनमा उपस्थिती हुने शर्तमा साँझ छाडिएको छ । शिवाकोटीको स्थानीय सः मिल समेत रहेको छ ।

हिंसापीडित महिलाको विषयमा छलफल

हिंसापीडित महिलाको विषयमा छलफल
लालबाबु राय÷सर्लाही दैनिक
मलंगवा, पुस ९ । हिंसा पिडित महिलाको न्यायको अवस्थाबारेमा सरोकारवाला निकायहरु सँग छलफल भएको छ ।
देशभरि चलिरहेको बलात्कार विरुद्ध राष्ट्रिय अभियान अन्र्तगत “महिला हिंसा अन्त्य गरौं, सभ्य सामाजको निर्माण गरौं” भन्ने नाराका साथै मानव अधिकार रक्षक महिला संजाल र सरोकारवाला बीच मंगलवार सदरमुकाम मलंगवामा छलफल भएको हो । कार्यक्रममा बलात्कार पिडित महिलाको न्यायको अवस्थालाई कार्यान्वयन गरी सफल पार्नुपर्ने र सरोकारवाला निकायहरुले पिडितलाई व्यवस्थापनका लागि सकारात्मक भुमिका खेल्नुपर्ने विषयमा केन्द्रित भएर छलफल भएको हो । महिला मानव अधिकार रक्षक संजाल सर्लाहीको आयोजना र राष्ट्रिय मानव अधिकार रक्षक संजालको सहयोगमा छलफल सम्पन्न भएको हो । महिला मानव अधिकार रक्षक संजाल सर्लाहीकी अध्यक्ष भारती देवी झाको अध्यक्षतामा  कार्यक्रम सम्मपन्न भएको हो । कार्यक्रममा मानव अधिकार सम्बद्ध, सरोकारवाला निकाय, नागरिक सामाज, बुद्धिजिवी, राजनिति दल, प्रहरी, पत्रकार लगायतका उपस्थिति रहेको थियो ।

दुर्घटनामा एक घाईते

दुर्घटनामा एक घाईते
सर्लाही समाचारदाता
नवलपुर, पुस ९ । म्याजीक भ्यान र मोटरसाईकल एकआपसमा ठक्कर खाँदा मंगलबार साँझ एकजना घाईते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ज. ३ प ८९८० नम्बरको प्लाटिना मोटरसाईकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. २ च ३५०४ नम्बरको म्याजीक भ्यान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर बजार नजिक एकआपसमा ठक्कर खाँदा एकजना घाईते भएका हुन् ।
मोटरसाईकलमा सवार जब्दी गाविस–७ निवासी ज्ञानचन्द चौधरी गम्भिर घाईते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ । स्थानीय जया हेल्थ क्लिनिकमा प्राथमिक उपचार पश्चात चौधरीलाई थप उपचारका लागि साँझ नै भरतपुरतर्फ रेफर गरिएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा संलग्न म्याजीक भ्यान र त्यसका चालकलाई नियन्त्रणमा राखिएको प्रहरीले जनायो ।

आँखा शिविर सम्पन

आँखा शिविर सम्पन
मुकेश  यादव÷सर्लाही दैनिक
मलंगवा, पुस ९ । मंगलबार हरिपुर्वामा आँखा शिविर सम्पन भएको छ ।
आँखा शिविरमा ७ सय ४० जनाले आँखा परिक्षण गराएका छन् । जसमा २ सय ४० जनामा मोतियाबिन्दु फेला परेको बताईएको छ । मोतियाबिन्दुका बिरामीहरुलाई मलंगवामा निःशुल्क शल्यक्रिया गरिने छ । पुस १४, १५ र १६ गते मलंगवाका रौनियार धर्म शालामा निःशुल्क शल्यक्रिया गरिने समाज कल्याण परिषद्का सद्स्य सचिव इन्जिनियर रविन्द्र कुमार यादवले बताए । समाज कल्याण परिषद् र राष्ट्रिय स्वास्थ्य कोषको आयोजना तथा ग्रामिण विकास समाज हरिपुर्वाको सहयोगमा आँखा शिविर सञ्चालन भएको हो ।

Monday, December 23, 2013

यस्तो छ राष्ट्रिय अध्यक्षहरुको खर्च विवरण

यस्तो छ राष्ट्रिय अध्यक्षहरुको खर्च विवरण 
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, पुस ८ । संविधान सभा सदस्यको निर्वाचन २०७० मा सर्लाहीबाट भाग लिएका प्रत्यक्षतर्फका उम्मेद्वारहरुले आचार संहिता अनुसार आ–आÇनो खर्च विवरण बुझाउने क्रम जारी छ । सोमबारसम्म ३९ जना उम्मेद्वारहरुले आ–आÇनो निर्वाचन खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । हालसम्म नेकपा एमालेका राष्ट्रिय अध्यक्ष झलनाथ खनाल, तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो सहित ३९ जनाले खर्च विवरण बुझाएका छन् । निर्वाचनताका राष्ट्रिय अध्यक्षहरुले उम्मेद्वारी दिएको क्षेत्रमा करोडौंको चलखेल भएको चर्चा चलेपनि निर्वाचन कार्यालयमा उनीहरुले पेश गरेको खर्च विवरणमा भने १० लाखभन्दा कम उल्लेख छ । सर्लाहीबाटै उम्मेद्वारी दिई निर्वाचित समेत भएका तराई मधेश सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादवले भने सोमबारसम्म खर्च विवरण बुझाएका छैनन् । आचार संहिता अनुसार निर्वाचनको मत परिणाम घोषणा भएको ३५ दिन भित्र उम्मेद्वारहरुले निर्वाचनमा भएका खर्च विवरण पेश गर्नुपर्ने हुन्छ । जसअनुसार सर्लाहीमा आगामी पुस १४ गते आइतबार खर्च विवरण पेश गर्ने अन्तिम म्याद हो । खर्च विवरण पेश गर्नका लागि उम्मेद्वारहरु आउने क्रम चलिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयमा जिल्ला स्थित ६ वटै निर्वाचन क्षेत्रबाट विजयी उम्मेद्वारहरु मध्ये क्षेत्र नं. ३ का हरि उप्रेती, क्षेत्र नं. ५ का जंगीलाल राय र क्षेत्र नं. ६ का डा. अमरेशकुमार सिंहले मात्र खर्च विवरण पेश गरेका छन् भने क्षेत्र नं. १ का शम्भुलाल श्रेष्ठ, २ का रामचन्द्र चौधरी र ४ बाट विजयी भएका महेन्द्र राय यादवले सोमबारसम्म खर्च विवरण बुझाएका छैनन् ।
क्षेत्र न.ं १ का नेकपा एमालेका राष्ट्रिय अध्यक्ष झलनाथ खनालको ९ लाख ९६ हजार, क्षेत्र नं. ६ का तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरको ८ लाख ५१ हजार, क्षेत्र नं. ४ का सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको ९ लाख ७५ हजार ४ सय खर्च विवरण पेश भएको छ । एमाले अध्यक्ष खनालको गत बुधबार एमाले सर्लाहीका नेता गोविन्द अधिकारीमार्फत, तमलोपा अध्यक्ष ठाकुरको गत मंसिर १३ गते सोही पार्टीका केन्द्रीय प्रतिनिधि केदारनन्दन् चौधरीले र सद्भावना अध्यक्ष महतोको गत मंसिर १७ गते सद्भावनाका सर्लाही नेता नागेश्वर महतोले खर्च विवरण पेश गरेका हुन् ।
त्यस्तै क्षेत्र नं. ३ मा विजयी हरि उप्रेतीले गत मंसिर ३० गते ९ लाख ९६ हजार १ सय २५, क्षेत्र नं. ५ मा विजयी जंगीलाल रायले गत मंसिर १६ गते ९ लाख ९३ हजार र क्षेत्र नं. ६ मा विजयी डा. सिंहले गत पुस ३ गते बुधबार ९ लाख ४४ हजार १ सय ९७ रुपंैया खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेश गरेका छन् । त्यस्तै सद्भावनाका क्षेत्र नं. ५ का प्रमोद साहले ८ लाख ३१ हजार, कांग्रेसकी शुशिला कार्कीले ९ लाख ९५ हजार, तमसपाकी किरणकुमारी रायले ९ लाख ८७ हजार ५ सय ५०, एमाओवादीका क्षेत्र नं. ३ का भरतकुमार थापाले ४ लाख ५० हजार १ सय, तमसपाका क्षेत्र नं. ६ का शिवपुजन रायले ८ लाख ५१ हजार, कांग्रेस सर्लाहीका सभापति एवं क्षेत्र नं. ४ का उम्मेद्वार लक्ष्मण रायले ३ लाख १३ हजार ५ सय, सद्भावनाका क्षेत्र नं. १ का रुपनारायण सिंहले ८ लाख ९७ हजार १ सय ७५ रुपैंया खर्च भएको विवरण पेश गरेका छन् । त्यस्तै चुरे भावर लोकतान्त्रिक पार्टीबाट क्षेत्र नं. ३ बाट खडा भएकी संगीता वाग्लेले ८ लाख ३४ हजार १ सय ६५, तमलोपाका क्षेत्र नं. २ का विनयकुमार कर्णले ७ लाख ९९ हजार १ सय, कांग्रेसकी क्षेत्र नं. ३ की मिना पाण्डेले ८ लाख ९९ हजार, राप्रपा नेपालका क्षेत्र नं. ४ का इस्लाम मन्सुरीले ९ लाख ४० हजार, एमालेका क्षेत्र नं. २ का सुरेन्द्र लामाले ९ लाख ९६ हजार १ सय खर्च विवरण पेश गरेका छन् । संविधान सभा निर्वाचन २०७० को आचार संहितामा प्रत्यक्षतर्फका उम्मेद्वारले अधिकतम १० लाख रुपैंया खर्च गर्न पाउने व्यवस्था रहेको छ । तर जिल्ला स्थित कतिपय उम्मेद्वारहरुले करोडौं खर्च गरेको समेत चर्चामा आएको छ ।

हाम्रा सय दिन

प्रकाशकीय
हाम्रा सय दिन
यो अंकसँगै तपाईहरुमाँझ हामीले दैनिक भेट्न थालेको १०० दिन पुगेको छ अर्थात यस सर्लाही दैनिकको सयौं अंक तपाईहरुको हातमा छ । दैनिक भेट्ने गरि तपाईहरुमाँझ हामी २०७० भदौ १८ गतेबाट प्रस्तुत भएका थियौं । यसक्रममा हामीलाई धेरै सुखद तथा दुःखद क्षणहरु सँगसँगै आइरहेका छन्् तथापी हामी ‘सुुखमा नमातिनु र दुःखमा नआतिनु’ भन्ने पुरानो भनाई जस्तै निर्भिकताका साथ निरन्तर बढिरहने छौं । जसका लागि आम पाठक, विज्ञापनदाता र शुभेच्छुकहरुको उतिकै सहयोग, सद्भाव र उचित मार्गदर्शनको हामीले अपेक्षा गरेका छौं । पाठक, विज्ञापनदाता र शुभेच्छुकहरुबाट पाउने माया नै हाम्रो अग्रगामी पाइलाका लागि प्रमुख आधार हो । सर्लाहीमा लामो इतिहाँस नभएपनि गुणस्तरीय र व्यवसायिक पत्रकारिताका लागि हामी प्रयासरत रहने प्रण गर्दछौं ।
व्यवसायिक रुपमा दैनिक पत्रिका चलाउनु आफैमा एउटा चुनौतीपूर्ण काम हो । तुलनात्मक रुपमा सर्लाही जस्तो आर्थिक संभावनाका स्रोतहरु कमजोर भएको र संचारको महत्वबारे पर्याप्त जागरण नभएको जिल्लामा नियमित रुपले व्यवसायिक ढंगबाट पत्रिका चलाउनुलाई फलामको चिउरा चपाउनु सरह मान्न सकिन्छ । त्यसमा पनि कुनै ‘निहित उद्धेश्य’ परिपूर्ति एवं ‘पूर्वाग्रहीयुक्त’ समाचारहरु प्रकाशित गर्नका लागि मात्र पनि पत्रिका चलाउने र ‘दुई दिनको घामछाँया’ भने जस्तै नयाँ वर्ष, दशै तिहार जस्ता महत्वपूर्ण चाडबाडहरुमा शुभकामना विज्ञापन छाप्नका लागि मात्र बजारमा आउने प्रचलनले हाम्रो जस्तो नियमित रुपमा व्यवसायिक ढंगले प्रकाशित हुने पत्रिकालाई अझ बढी चुनौती देखिएको छ ।
राज्यले पनि संचार जगतलाई समान दृष्टिले हेर्न नसकेको र विज्ञापन वितरण सम्बन्धि औपचारिक नीति नभएकोले नियमित रुपले प्रकाशित हुने पत्रपत्रिकाहरु बारम्बार संकटग्रस्त भईरहेका छन् । नियमितता भन्दा पनि आक्कल झुक्कल प्रकाशित हुने पत्र पत्रिकाहरुमा कर्मचारीहरुको ‘निकटता’ वा ‘नीहित स्वार्थ’ का कारण सरकारी तथा गैरसरकारी क्षेत्रका विज्ञापनहरु प्रकाशित भईरहेको छ । कतिपय सरकारी तथा गैर सरकारी कार्यालयहरुले आफू सम्बद्ध समाचारहरु प्रकाशनका लागि अनेकखाले हत्कण्डा अपनाउने र विज्ञापन वा सूचना चाँही भित्ता वा सूचना पाटीमा टाँस गर्ने प्रचलन अंगीकार गर्दा व्यवसायिक पत्रकारितामा टेवा नपुग्ने समेत आग्रह गर्न चाहन्छौं  ।
आर्थिक संकटसँगै समाचारको विषयमा दवाव सृजना गर्ने व्यक्ति वा समुह र अपराधीहरुबाट समेत प्रताडित हुनबाट संचारक्षेत्र अछुतो रहेको छैन । पछिल्लो समय जिल्लामा पार्टी पत्रकारिताको रुपमा मुखपत्र जस्तै बनेर केही पत्र पत्रिकाहरु प्रकाशित भएको भन्दै व्यापक जनगुनासो समेत बढिरहेको छ । जुन व्यवसायिक पत्रकारिताको मूल्य र मान्यता तथा आमजनताले खोजे र सोचे जस्तो निश्पक्ष पत्रकारिता विपरित हो भन्ने हाम्रो ठहर छ । ‘सत्य, तथ्य र निश्पक्ष पत्रकारिताः हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ हामी अगाडी बढ्ने छौं ।
साथै हाम्रो दैनिक प्रकाशित हुने पत्रिका सर्लाहीका विभिन्न पत्रपत्रिका पसलहरुमा एवं पत्रिका वितरक (हकर) को माध्यमले पाठकहरुको हातहातमा पु¥याउनका लागि हामी मरिमेटेर लागि परेका छौं । पत्रिका वितरण गर्ने हकरको कमजोरीका कारण कतिपय अंकहरु तपाईहरुको हातहातमा नपुगेको हुन सक्छ, त्यसका लागि क्षमाप्रार्थी छौं र यसको सुधारमा निरन्तर लागिरहेका छौं ।
आम नागरिक र संचार जगतले एक अर्कालाई बुझ्न र फराकिलो सोच विकसित गर्न जरुरी छ । राज्य लोकतान्त्रिक गणतन्त्र र समावेशी हुँदै संघीय संरचनाको समेत संघारमा उभिईरहेको वर्तमान अवस्थामा संचार जगतले पनि आफुलाई त्यस अवधारणा बमोजिम स्पष्ट गर्नै पर्छ । नयाँ नेपाल निर्माणको अभियानमा सबैका भावनाको सम्मान र सकारात्मक दिशामा परिस्थितीलाई लैजान संचार माध्यमले आफुलाई बदल्न सक्नुपर्छ । त्यस्तै आन्दोलनरत पक्ष, नागरिक समाज, राजनैतिक दल र विभिन्न समुहहरुले प्रेस स्वतन्त्रताको महत्व, सिमा र मापदण्डहरु बारे स्पष्ट हुनु जरुरी छ । प्रेस स्वतन्त्रता विना लोकतन्त्रको कल्पना पनि गर्न सकिदैन भन्ने तथ्य प्रति सबैले हृदयंगम गर्दा अझ बढी यस क्षेत्रको उन्नती प्रगति हुने कुरामा दुईमत छैन ।
खासगरी स्वतन्त्र र निर्भिक पत्रकारितासँगै त्यसको आचारसंहिता पालनामा पनि संचारजगत गम्भिर हुनुपर्छ । संघीय गणतन्त्रात्मक शासन, लोकतान्त्रिक पद्धती र परिवर्तनप्रति संचारजगतको प्रतिबद्धता नै जनविश्वासको मुख्य आधार हो । त्यसक्रममा आम पाठक एवं शुभेच्छुकबाट पाउने प्रतिक्रिया, सरसल्लाह र सुझावले सञ्चार माध्यमलाई महत्वपूर्ण प्रेरणा प्राप्त हुन्छ । हामी निरन्तर पाठक, शुभेच्छुक एवं विज्ञापनदाताहरुको सेवामा प्रतिवद्ध रहने प्रण पूनः गर्दछौं र आवश्यक सल्लाह एवं सुझावको अपेक्षा समेत हामीले राखेका छौं ।
हाम्रो अर्को मुख्य लक्ष्य भनेको सर्लाहीलाई नै मुख्य कर्मथलो मानेर समाचार प्रकाशन गर्ने र जिल्लाबासीकै पीडामा मलमपट्टी लगाउन हरदम प्रयासरत रहने छौं । स्थानीय समाचारलाई बढी प्राथमिकताका साथ प्रकाशन गर्नेतर्फ हाम्रो दृढ विश्वास रहेको छ । स्थानीय कला, संस्कृतिको जगेर्ना गर्ने मात्र हैन अनियमितता उजागर गर्ने र ‘आवाज विहिनहरुको आवाज’ बन्नका लागि हामी मरिमेट्ने छौं । सर्लाहीकै विषयबस्तुलाई मुख्य समाचार बनाउने र भरसक स्थानीय समाचारलाई नै बढी प्राथमिकता दिने कुरामा हामी रतिभर कञ्जुस्याँई गर्ने छैनौं  र यस दैनिकको सयौं अंकसम्म आईपुग्दा स्थानीय समाचारलाई नै मुख्य समाचारको रुपमा प्राथमिकताका साथ प्रकाशित गरिरहेका छौं । जसले गर्दा हामीलाई चौतर्फी रुपमा हौसला एवं प्रोत्साहन मिलिरहेको छ, जुन अमूल्य सम्पतिको रुपमा लिदै हामी निरन्तर अगाडी बढ्ने छौं । बढीभन्दा बढी स्थानीय समाचारहरु नै प्रकाशित गर्नका लागि आम पाठक, सरोकारवाला निकाय अनि दुरदराजका गाउँबस्तीका अगूवाहरुले हामीलाई समयमै सूचना अनि खबर गरिदिएर आÇनो आवाज बुलन्द पार्ने मात्र हैन यस दैनिक पत्रिकाको अभियानमा सहयोग पु¥याउनु हुनेछ भन्ने अपेक्षा गरेका छौं ।
– टंकबहादुर क्षेत्री
प्रकाशक

प्रहरीले अपहरण मुक्त गरायो

प्रहरीले अपहरण मुक्त गरायो
सर्लाही समाचारदाता
मलंगवा, पुस ८ । अज्ञात समूहको अपहरणमा परेका एक इट्टा व्यवसायी सोमबार साँझ प्रहरीको प्रयासमा मुक्त भएका छन् ।
साँझ ७ बजेतिर सखुवा–भेल्ही क्षेत्रबाट अपहरणमा परेका भनिएका इट्टा व्यवसायी श्याम साहलाई प्रहरीको टोलीले मुक्त गराएको हो । चन्द्रनगर गाविस नाडिमन स्थित आÇनो इट्टा भट्टाबाट घरतर्फ जाँदै गर्दा उनी अपहरणमा परेको बताईएको छ । एउटै मोटरसाईकलमा दुईजना जाँदै गर्दा पछाडी बस्नेलाई भगाएर साहलाई अपहरण गरेको बताईएको छ ।
पछाडी बस्ने व्यक्तिले स्थानीय बासिन्दा सहित प्रहरीमा खबर गरेपछि तत्काल प्रहरी सहितको टोलीबाट चारैतर्फ खोजीकार्य तिब्र भएकाले साह मुक्त भएको बताईएको छ । उनलाई सखुवा–भेल्ही क्षेत्रको उखुबारीबाट उद्धार गरिएको प्रहरी स्रोतले बतायो ।
प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले उद्धार गरिएका साहको सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा उपचार भईरहेको बताए । ‘‘भेल्ही क्षेत्रबाट उद्धार गरिएको हो ।’’ सोमबार राती साँढे ९ बजे प्रनाउ भट्टराईले सर्लाही दैनिकसँग भने–‘‘उनी अहिले अस्पतालमा बेहोस अवस्थामा छन्, त्यसैले विस्तृतमा केही थाहा पाउन सकिएको छैन ।’’ अपहरणमा परेका व्यक्तको नाम, थर र ठेगाना पनि विस्तृतमा नआईसकेको प्रनाउ भट्टराईले बताए ।
राती साँढे ७ बजे जिल्ला प्रहरी कार्यालय सहित स्थानीय प्रहरी युनिटमा अपहरणको खबर पुगेको थियो । ‘‘अपहरणको खबर आउने वितिकै भक्तिपुर, चन्द्रनगर, त्रिभुवननगर, जिल्ला सबै ठाउँबाट प्रहरीहरु एकसाथ खटिएका थिए ।’’ प्रहरी स्रोतले भन्यो–‘‘सबैतिरबाट प्रहरी परिचालन भएपछि अपहरण गर्ने समूहले कतै लान सकेनन् र उखुबारीमै लुकाएर राखेका रहेछन्, त्यहीबाट उनी अपहरण मुक्त भए ।’’ अपहरणमा परेका साह ब्रम्हपुरी निवासी भएको बताईएको छ ।

अनौपचारिक कोटामा अनुगमन गरिने

अनौपचारिक कोटामा अनुगमन गरिने
सर्लाही समाचारदाता
मलंगवा, पुस ८ । जिल्लामा वितरित अनौपचारिक शिक्षा कोटामा कक्षा अवलोकन पश्चात मात्र बजेट निकासा गरिने निर्णय भएको छ ।
जिल्ला शिक्षा कार्यालयद्वारा आयोजित छलफल कार्यक्रममा सो निर्णय गरिएको हो । निमित्त स्थानिय विकास अधिकारी होमबहादुर थापाको सभापतित्वमा सहायक प्रमुख जिल्ला अधिकार प्रकाशचन्द्र अधिकारी, जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्मा, गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष हरिकान्तलाल कर्ण एवं सम्पूर्ण शिक्षक व्यानरका प्रतिनिधीको सहभागितामा भएको छलफलले अनौपचारीक शिक्षाको प्रतिवेदन नआएका संघ संस्थाहरुलाई बजेट रोक्का गर्ने र स्थलगत अनुगमन गरेर कक्षा संचालन भएका स्थानहरुमा मात्र रकम उपलब्ध गराउने निर्णय भएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत कर्ण बहादुर बुढाथोकीले बताए ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका प्राविधिक सहायक सुनिल कुशवाहाले जिल्लाका ११ वटै श्रोतकेन्द्रमा एकहजार दुईसय ९८ अनौपचारिक कोटा (तीनसय ९३ संस्थाका सहित) रहेको र जिल्लामा २५ हजार नौसय ६१ कुल निरक्षर रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पछिल्लो समयमा अनौपचारिक शिक्षा तर्फको बजेट कक्षा संचालन नै नगरी दुरुपयोग भएको जनगुनासाहरु बढ्न थालेपछि सो निर्णय गरीएको र यसलाई तुरुन्त कार्यान्वयन गर्नेतर्फ अगाडी बढिएको शिक्षा कार्यालय श्रोतले जनाएको छ ।

अखिल क्रान्तिकारी पुनर्गठन

अखिल क्रान्तिकारी पुनर्गठन
सर्लाही समाचारदाता
कर्मैया, पुस ८ । आदर्श जनता बहुमुखी क्याम्पस कर्मैयामा संगठनको इकाई कमिटी पूनर्गठन गरिएको नेकपा–माओवादी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जनाएको छ ।
सोमबार क्याम्पसमा एक भेला गरी प्रदिप ढुंगानाको अध्यक्षतामा १३ सदस्यीय कमिटी पुनर्गठन गरिएको क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष विश्वमणि थापाले बताए । पुनर्गठित कमिटीमा सुस्मिता श्रेष्ठ उपाध्यक्ष, बविन मण्डल सचिव, दावा दोर्जे लामा र माधव पुलामी सहसहचिव एवं समानता हमाल कोषाध्यक्ष रहेको जिल्ला कोषाध्यक्ष थापाले दावी गरे ।
क्याम्पस परिसरमा भएको भेलामा रुपेश क्षेत्री, कृष्ण सापकोटा लगायत विद्यार्थी नेताहरुले मन्तव्य राखेका थिए ।

इट्टा व्यवसायीको नेतृत्व चयन

इट्टा व्यवसायीको नेतृत्व चयन
सर्लाही समाचारदाता
हरिवन, पुस ८ । सर्लाही इट्टा उद्योग व्यवसायी संघको जिल्ला नेतृत्व चयन भएको छ ।
सोमबार भएको साधारण सभाले नागेन्द्र प्रसाद दासको अध्यक्षतामा १३ सदस्यीय जिल्ला नेतृत्व चयन भएको हो । समितिको उपाध्यक्षमा रघुनाथ राय यादव, महासचिवमा भगवान मैनाली, सचिवमा मदन प्रधान, कोषाध्यक्षमा संजय प्रसाद चौधरी र सह–कोषाध्यक्षमा विशेश्वर चौधरी रहेका छन् । त्यस्तै सदस्यहरुमा उमेश गजुरेल, उमेशप्रसाद अधिकारी, विष्णु मैनाली, राकेश चौधरी, रामकृष्ण यादव, अब्दुल अहमद र हिरा साह चयन भएका छन् । साधारण सभाले माधव सुवेदी, हरिप्रसाद मैनाली, निरसल साल र मनोज सिंहलाई वरिष्ठ सल्लाहकारमा चयन गरेको छ ।

मानव अधिकारमैत्री अन्तरक्रिया

मानव अधिकारमैत्री अन्तरक्रिया
सर्लाही समाचारदाता
लालबन्दी, पुस ८ । एम्नेष्टी इन्टरनेशनल समूह ७८ लालबन्दीले आगामी बुधबार मानव अधिकार मैत्री संविधान निर्माण विषयक अन्तरक्रिया गर्ने भएको छ ।
जिल्लाबाट प्रत्यक्षतर्फ निर्वाचित सभासद्हरुलाई राखेर एक दिने अन्तरक्रिया कार्यक्रम गर्न लागिएको एमनेष्टीका चेतबहादुर मगरले बताए । लालबन्दीमा हुने कार्यक्रममा एमनेष्टी इन्टरनेशनल नेपालका उपाध्यक्ष सूर्यबहादुर अधिकारी, पूर्व अध्यक्ष कृष्ण कँडेल लगायतको उपस्थिती रहने बताईएको छ ।

Sunday, December 22, 2013

चिनी उद्योग सञ्चालन गर्न किसानको माग

चिनी उद्योग सञ्चालन गर्न किसानको माग

शशी देवकोटा÷सर्लाही दैनिक
हरिवन, पुस ७ । चिनी उद्योग तत्काल सञ्चालनको माग गर्दै स्थानीय किसानहरुले हरिवन स्थित इन्दु शंकर चिनी उद्योगमा आइतबार ज्ञापन पत्र बुझाएका छन् । उखुको मूल्य तत्काल तय नहुने अवस्था भएमा उद्योग भने अविलम्ब सञ्चालनमा ल्याउनुपर्ने माग सहित उनहिरुले ज्ञापनपत्र बुझाएका हुन् । चालु सिजन (यसवर्ष) का लागि उखुको मूल्य गतवर्षको भन्दा पनि कम भने कुनैपनि हालतमा मान्य नहुने किसानहरुले उद्योगमा बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
उखु किसान सम्बद्ध चार संगठनहरु उखु उत्पादक संघ, मिलगेट उखु उत्पादक समिति, किसान हकहित संरक्षण केन्द्र र उखु विकास समितिको संयुक्त टोलीले ज्ञापन पत्र बुझाएको हो । शनिबार हरिवनमा भएको किसानहरुको वृहद् भेलाको निर्णय उदृत गर्दै चार संगठनहरुले औपचारिक रुपमा इन्दु शंकर चिनी उद्योगमा ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले ईन्दुशंकर चिनि उद्योगका उखु प्रवन्धक योगनारायण रजकमार्फत उद्योगको केन्द्रीय कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा चालु सिजनका मीलगेट क्षेत्रको उखुको न्यूनतम मूल्य चार सय ८१ रुपैयाँ प्रतिक्विन्टल भन्दा कम निर्धारण हुन नहुने, तत्काल मूल्य निर्धारण नभए उखुको शुन्य मूल्य निर्धारण गरी उद्योग तत्काल संचालन गरिनु पर्ने र दुईवटै माग पुरा नभए सडक संघर्षमा जाने चेतावनी समेत दिईएको छ ।
चालु क्रसिंग सिजनका लागि उखुको मूल्य निर्धारण गर्न किसान प्रतिनिधि र चिनी उत्पादक संघबीच दुई चरणमा काठमाडौ र हेटौडामा भएको बार्ता बिनानिष्कर्ण टुंगिएको छ । उद्योगपतिहरुले गतवर्षको भन्दा पनि कम मूल्य दिने र किसान प्रतिनिधिले गतवर्षको भन्दा कममा उखु नदिने आ–आÇनो अडान राखेका कारण मूल्यका विषयमा सहमति हुन सकेको छैन । गतवर्ष किसानले प्रति क्वीन्टल ४ सय ८१ रुपैया पाएका थिए ।
उद्योगीहरुले चिनीको मूल्य घटेकाले उखुको मूल्य पनि घटाउनुपर्ने तथा किसान प्रतिनिधिहरुले भने उखुको उत्पादन लागत मात्र नभई हरेक उपभोग्य सामानको समेत मूल्य वृद्धि भएकाले उखुको मूल्यमा पनि सोही अनुपातमा वृद्धि हुनुपर्ने माग राख्दै आएका छन् । उद्योगपति र किसान प्रतिनिधिबीच कुरा मिल्न नसक्दा पुसको पहिलो साता वितिसक्दा समेत उद्योग सञ्चालन त परैजाओस् मूल्य नै तय हुन सकेको छैन । गतवर्ष पुस ३ गते चिनी उद्योगहरु सञ्चालनमा आएका थिए ।
विगत वर्षहरुमा पनि उखुको मूल्य उद्योग सञ्चालन भईसकेपछि समेत दुईपक्षीय सहमतिबाट टुंगीएकाले तत्काल उद्योग सञ्चालन गरेर मूल्यका विषयमा पछि सहमति गर्न आफूहरुले आग्रह गर्दा पनि उद्योगपतिहरुले नमानेको उखु उत्पादक संघका अध्यक्ष कपिलमुनी मैनालीले बताए । ‘‘उद्योगपतिहरुले उद्योग सञ्चालनमा ढिलाई गरेर किसानलाई अत्याउने र त्यसको फाईदा स्वरुप मूल्य घटाउने प्रपञ्च रचेको जस्तो देखियो ।’’ उनले भने–‘‘गतवर्षको भन्दा पनि कममा हामी कुनैपनि हालतमा मान्दैनौं र तत्काल उद्योग सञ्चालन हुनुपर्छ ।’’
यसवर्ष पुस पहिलो साता वित्दा समेत चिनी उद्योगहरु सञ्चालनमा नआउँदा किसानहरु चिन्तित बनेका छन् । तीनवर्षे खुट्टी      (उल्टाउनुपर्ने) उखु काट्नका लागि ढिला भईसकेको किसानहरुले बताएका छन् । तीनवर्षे उखु काट्न ढिलाई हुँदा खेतमै सुक्न थालेको किसानहरुले गुनासो गरेका छन् ।