सर्लाही समाचारदाता
हरिवन, चैत १८ । जिल्लाकोे दुई छुट्टा–छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीनजना घाईते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हरिवन–९ बासाटोलमा दुइ र नेत्रगंज–६ मा ट्रकको ठक्करबाट एकजना गम्भीर घाईते भएका हुन् । विराटनगरबाट काठमाण्डौतर्फ जाँदै गरेको को. १३ प ४४ नम्वरको मोटरसाईकलाई वीरगंजबाट लहानतर्फ आउँदै गरेको ना ३ ख ३३१ नम्बरको ट्रकले हरिवनमा ठक्कर दिदा दुईजना गम्भीर घाईते भएका हुन् । ट्रकको ठक्करबाट विराटनगर १६ बस्ने २५ वर्षीय शिवनारायण यादव र उहाँको श्रीमती २३ वर्षीय जयन्ती कुमारी यादव गम्भीर घाईते भएका छन् । घाइतेहरुको काठमाण्डौको बीएण्डबी अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।
त्यस्तै नेत्रगंज ६ मा ट्रकको ठक्करबाट एक महिला गम्भीर घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ३९७५ नम्वरको ट्रकले ठक्करबाट लालबन्दी ६ की ४३ वर्षीय सुनमाया अधिकारी गम्भीर घाईते भएकी हुन् । अधिकारीको हरिवनमा नमूना अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौ रिफर गरिएको प्रहरीले जनाएको छ । घाईते अधिकारीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । चालक र ट्रकलाई ईलाका प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा राखिएको छ ।
No comments:
Post a Comment