Friday, April 4, 2014
नेपाली सेनामा महिला क्रेज ः
नेपाली सेनामा महिला क्रेज ः नेत्रगंज गाविसको पाँचकुमारी स्थित नेपाली सेनाको रिपुमर्दन गणमा खुलेको सैन्य (सैनिक जवान) पदमा भर्ना हुन आएका युवतीहरुको परीक्षण गरिंदै । सेनामा भर्ना हुन फारम भरेका एकसय ७२ जना महिलाहरुको शुक्रबार प्रि–मेडिकल र बेरिङ परिक्षण गरिएको गणका गणपति मनोज वैदवारले बताए । महिला समावेशीतर्फ १३ जनासहित जम्मा एकसय ५० जना सैन्य (सैनिक जवान) र ६ जना नाउ (कपाल काट्ने) मा भर्ना खुलेकामा एकसय ७२ जना महिला सहित जम्मा एकहजार तीनसय १७ जनाले आवेदन दिएका छन् । सर्लाही सहित तराईका विभिन्न जिल्लाबाट मधेशी समुदायका महिलाहरुले समेत आवेदन दिएको गणले जनाएको छ । गणपति वैदवारका अनुसार शुक्रबारसम्म प्रि–मेडिकल र वेरिङ परीक्षण सम्पन्न भएको र त्यसमा उत्तीर्ण हुनेहरुको आइतबारदेखि फिजिकल (शारीरिक क्षमता) परीक्षण हुनेछ । (तस्वीर ः टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment