Saturday, February 1, 2014

मगर संघले सम्मान गर्ने

मगर संघले सम्मान गर्ने
सर्लाही समाचारदाता
लालबन्दी, माघ १८ ।  मगर संघ सर्लाहीले स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ ।
शनिवार लालबन्दीमा भएको संघको बैठकले  आगामी फागुन १५ गते संघको स्थापना दिवशमा आफ्नो समुदायको हक र हितमा काम गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्न लागेको हो । संघका केन्दी्रय सदस्य बेची लुङ्गेलीको प्रमुख आतिथ्यतामा भएको बैठकले दिवशको अवशरपारी राजघाटमा विभिन्न कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । यस्तै बैठकले फागुन २ र ३ गते काठमाण्डौमा हुने संघको २४औँ राष्ट्रिय सम्मेलनका लागी जिल्ला अध्यक्ष लेखराम जर्गा मगर सहित अन्य दुई जनालाई प्रतिनिधीको रुपमा पठाउने समेत निर्णय गरेको छ । त्यस्तैगरी बैठकले फागुन २ गते परेको लखन दिवस पनि विभिन्न कार्यक्रम गरी मनाउने निर्णय भएको छ ।

No comments:

Post a Comment