Thursday, February 13, 2014

सुपानेट झुल वितरण कार्य सकियो

सुपानेट झुल वितरण कार्य सकियो
सर्लाही समाचारदाता
नारायणखोला, माघ २९ । मलेरिया रोगको उच्च जोखिम रहेको सर्लाहीका उत्तरी क्षेत्रका चार गाविसमा सुपानेट झुल वितरण गर्ने काम बुधबारबाट सकिएको छ ।
बुधबार अन्तिम दिन नारायणखोला गाविसमा झुल वितरण गरिएको हो । मलेरियाको उच्च जोखिम रहेको परवानीपुर, पत्थरकोट, नारायणखोला र अत्रौली गाविसमा १८ हजार थान झुल वितरण छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा उपचार गर्न जाने मध्ये अधिकांश यस क्षेत्रका मलेरिया रोगीहरु भएकाले यि गाविसहरुलाई लक्षित गरेर झुल वितरण गरिएको बताईएको छ ।
ग्लोबल फण्डको सहयोगमा रोग नियन्त्रण महाशाखा, पिएसआई नेपाल मार्फत ग्रामीण विकास आधार नामक एक संस्थाले झुल वितरण गरिरहेको छ । एउटा घरमा दुई जना बराबर एउटा झुल वितरण गर्न गरिएको  ग्रामीण विकास आधार संस्था जनकपुरका कार्यक्रम संयोजक इन्दे्रस चौधरीले जानकारी दिए । यस अघि सर्लाहीको अन्य गाविसहरुमा सुपानेट झुल वितरण गरिएको थियो । नेपाल सरकारले यसवर्ष १४ जिल्लामा मलेरिया रोग नियन्त्रण गर्न झुल वितरण गर्ने जनाएको छ ।

No comments:

Post a Comment