विद्यालयलाई कम्प्युटर
सर्लाही समाचारदाता
हरिवन, माघ २७ । वालपोषण योजना सर्लाहीले चुरे जनता निमावि हरिवनलाई दुईथान कम्प्यूटर सहयोग गरेको छ ।
योजनाले विद्यार्थीहरुका लागि प्राविधिक शिक्षामा सहयोग पुगोस् भन्ने आशयका साथ विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको व्यवस्थापन समितिका अध्यक्ष भरत कार्कीले बताए । योजनाले दिएका कम्प्यूटरबाट विद्यार्थीहरुलाई कम्प्यूटर शिक्षाबारेमा पनि अध्यापन सुरु गराईने विद्यालयका प्रधानाध्यापक डिल्लीराम भट्टराईले बताए ।
No comments:
Post a Comment