महोत्तरी र उदयपुर विजयी
सर्लाही समाचारदाता
लालबन्दी, माघ २९ । लालबन्दी–५ स्थित खेल मैदानमा जारी रेडबुल सी डिभिजन जिल्ला लिग फुटवल प्रतियोगितामा महोत्तरी र उदयपुर बिजयी भएका छन् ।
मंगलबार यि दुवै क्लब सर्लाही र धनुषाबाट पराजित भएका थिए । बुधबार भएको पहिलो खेलमा बाराको कलैया फुुटवल क्लबलाई दुईका बिरुद्ध चार गोल गरेर महोत्तरीको न्यू एकेडेमी स्पोर्टस क्लब बिजयी भएको हो ।
दोस्रो खेलमा सिन्धुलीको शिवशक्ति युवा क्लबलाई एकको विरुद्ध दुई गोल गरेर उदयपुरको गाईघाट फुटवल युवा क्लबले नतिजा आफ्नो पक्षमा पारेको छ । मंगलबारदेखि शुरु भएको प्रतियोगितमा ६ जिल्लाका ६ फुटवल क्लबले सहभागिता जनाएका छन् ।
रेडबुलको प्रायोजनामा शुरु भएको प्रतियोगितका बिजेताले राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न पाउने आयोजकले जनाएको छ । सर्लाही जिल्ला फुटवल संघको आयोजनामा शुरु भएको प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुने खेल प्रशिक्षक अर्जुन चौधरीले जानकारी दिए ।
No comments:
Post a Comment