Monday, February 3, 2014

यातायातले उत्पादन बिक्रीमा सहज

यातायातले उत्पादन बिक्रीमा सहज
सर्लाही समाचारदाता
नारायणखोला, माघ २० । सर्लाहीको चुरे क्षेत्रमा हिउँद लागेयता यातायात सञ्चालन भएपछि कृषि उत्पादन बजार क्षेत्रसम्म बिक्री गर्न सजिलो भएको छ ।
खोलाको बगर हुँदै यातायात सञ्चालन भएपछि स्थानीयलाई उत्पादन लालबन्दी लगायतका बजारसम्म ल्याएर बिक्री गर्न  सजिलो भएको हो । सर्लाहीको उत्तरी क्षेत्रमा पर्ने नारायणखोला र कालिन्जोर गाविसको चुरे भेगमा यातायात सञ्चालन भएकोले कृषि उत्पादनले बजार पाएपछि किसानहरु निकै खुशी भएका छन् ।
खोलाका बगर हुँदै यातायात सञ्चालन भएपछि त्यस क्षेत्रमा उत्पादन भएको तोरी, मकै, कोदो, बेसार लगायतका कृषि उत्पादनले बजार पाएको छ । हप्ताको सोमवार र बिहिवार यातायात सञ्चालन भएपछि आफुहरुलाई कृषि उत्पादन बिक्री गर्न लालबन्दी बजारसम्म ल्याउन सजिलो भएको कालिन्जोर–९ भित्रीखोलाका सन्तलाल तामाङ्ले बताए । बर्षातमा अवरुद्ध भएको यातायात सेवा हिउँद लागेसँगै सञ्चालन भएपछि आफुहरुलाई दैनिक उपभोग्य बस्तुहरु बजारबाट किनेर लान सजिलो भएको तामाङको भनाई छ ।

No comments:

Post a Comment