Thursday, February 13, 2014

सर्लाही र धनुषा विजयी

सर्लाही र धनुषा विजयी
सर्लाही समाचारदाता
लालबन्दी, माघ २८ । रेडवुल सी डिभिजन जिल्ला लिग फुटवल प्रतियोगिता अन्तर्गत विहिबार भएको खेलमा सर्लाही र धनुषा विजयी भएका छन् ।
वनदेवी माई यूवा क्लब धनुषाले शिवशक्ति यूवा क्लब सिन्धुलीलाई ३–२ गोलले पराजीत गरेको छ । धनुषाको तर्फबाट नानीबाबु थापाले २८, नेत्रबहादुर मगरले ५० र सिद्धकुमार मगरले ७६औं मिनेटमा गोल गरेका थिए भने सिन्धुलीकातर्फबाट निमेष धामीले २६ र सुमन मगरले २९औं मिनेटमा गोल गरेका थिए ।
त्यस्तै अर्को खेलमा एभरेष्ट एकेडेमी फूटवल क्लब सर्लाहीले कलैया फूटवल क्लब बारालाई ४–१ ले पराजीत गरेको छ । एभरेष्टको तर्फबाट सविर चौधरीले १५ र १६औं मिनेट तथा बेनीबहादुर कटुवालले ५९ एवं मदन स्याङ्तानले ७१औं मिनेटमा गोल गरेका थिए । त्यस्तै कलैयाको तर्फबाट रामनिवास चौधरीले ८१औं मिनेटमा सान्त्वना गोल गरेका थिए ।
आगामी शनिबार सर्लाही र धनुषाबीच फाईनल प्रतिष्पर्धा हुने भएको छ । महोत्तरी र उदयपुर समेत ६ जिल्लाका टिम सहभागि प्रतियोगिताका वीजयीले सि डिभिजन सुपर लिग खेल्न पाउनेछ । त्यहाँ पनि विजयी हुने टिमले २ लाख नगद पुरस्कार सहित बी डिभिजनमा प्रवेश समेत पाउने सर्लाही फूटवल संघका प्रशिक्षक अर्जुन चौधरीले बताए ।

No comments:

Post a Comment