लाईसेन्स वितरणमा सिसिटिभी राखिने
सर्लाही समाचारदाता
हरिवन, माघ २० । यातायात व्यवस्था कार्यालय जनकपुरमा पनि सवारी चालक अनुमति पत्र (लाईसेन्स) वितरणमा सिसिटिभीको निगरानी गर्ने भएको छ ।
संविधान सभा निर्वाचनका क्रममा केही महिनादेखि रोकिएको सवारी चालक अनुमति पत्र वितरणको काम फागुन दोस्रो साताबाट सुर गर्ने गरि तयारी भईरहेको यातायात व्यवस्था कार्यालय प्रमुख रामकाजी खनालले बताए । ‘‘अब सिसिटिभीकै निगरानीमा लाईसेन्स वितरण हुन्छ ।’’ खनालले सर्लाही दैनिकसँग भने–‘‘प्रयोगात्मक विधि (ट्रायल) पनि नयाँ व्यवस्था अनुसार नै हुन्छ ।’’
काठमाण्डौमा सिसिटिभीको निगरानी केही वर्ष अघिदेखि नै सुरु भएपनि जनकपुर लगायत मुलुकका विभिन्न अञ्चल यातायात कार्यालयहरुमा भने कर्मचारी र ट्राफिक प्रहरीले हेरेर ट्रायल लिइने गरिन्थ्यो । सिसिटिभीको निगरानी सुरु भएपछि ट्रायलमा अनुत्तीर्ण हुने कसैले पनि सवारी अनुमति पत्र नपाउने यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment